कथा


एउटा समयको अन्त्य,,,,,,

उसले बा-आमालाई धेरै पटक अनुरोध गरेको थियो ता कि उसको बिहे नगरियोस् । ऊ एक पटक विदेश जान चाहन्छ र पैसा कमाएर आएपछि मात्र विहे गर्न चाहन्छ । यस्तो वेरोजगार भएको बेला विहे गर्नु भनेको आफ्नो जिन्दगी बर्बाद गर्नु हो । यो उसको तर्क थियो ।
बाबु भने उसको विचमा थिए । आमा विहे नगरी नछाड्ने छोराको । दमको रोगी कुन बेला सिलटिमुर हुने हो मर्नु अघि छोराको जरामा पानी हालेको हेरेर मर्न पाए हने धोको थियो । बेरोजगार बस्ने रहर त कहाँ थियो र उसको । रोजगारको आशाले पटक-पटकको चुनावमा उसले पार्टिहरु फेर्दै प्रचार प्रसारमा लाग्यो । बिडम्वना । जुन बेला उसले ुचन्द्र ग्रहण ु नामको पार्टीको झण्डा बोकेर लाग्यो त्यसबेला प्रतिपक्ष अर्थात ुसूर्यग्रहणु नामको पार्टीले चुनाव जित्यो र त्यही दलको सरकार भएपछि कुन मुखले रोजगार माँग्न जाने हिजो त्यही दललाई उसले आफ्नै नेतृत्वमा गाउँ पस्न दिएको थिएन । तै पनि उसको पार्टि शसक्त प्रतिपक्ष थियो उसको नेताले सिफारिस गरिदियो धेरै पटक फोन पनि गरिदियो तर अन्ततोगत्वा सबै बेकार ।
देशमा रोजगारीको उसले कुनै संभावना देख्न छाडयो । कुसर्िमा बस्नेहरु केवल कुसर्ि जोगाउने भन्दा अरु काम गर्न नसक्ने भएका थिए । कहिले काहीं यस्तो पनि हुन्थ्यो आफ्नै कुसर्ीको खिलाफमा मत जाहेर गरेर आफ्नो कुसर्ी जोगाई राख्ने अभिष्ट पनि पालीरहेका हुन्थे कुसर्ीमा बस्नेहरु । उसलाई त्यस्ता कुसर्ीमा बस्नेहरुसँग धेरै आशा गर्नु झन् बेकार लाग्यो र यो सब छाडेर गाउँमै बस्न मन लाग्यो । केही समय तरकारी खेतीगर्ने विचार ग-यो । कहाँ छ र पढे लेखेको मानिसले खेती गर्नु हुन्न त्यो त झन् उत्तम कुरा हो । तर उसको सबै उत्पादन बेकार भयो राम्रो बजार पाउन सकेन । देशमा कुनै ठूला कलकारखाना खुलेनन् भने काम पाउने संभावना पनि रहन्न र यस्ता खाले उद्योग संचालन हुने योजना आयोजना बन्ने संभावना पनि क्षिण हदैं थिए ।
ू तीस वर्ष उमेर पुग्न आँटयो कहिले विहे गर्छस् छोरा ु आमाको यस्तो बारम्बारको कचकचले ऊ आजित भयो र स्वीकृति दियो । फलस्वरुप विहे भयो । छोरा र छोरी जन्मे । जिम्मेवारी बढ्दै गए । आर्थिक अवस्थामा कुनै पूर्णिमाको चन्द्र झुल्केला भन्नु परेन सधैं औशीको औंशी नै । बा-आमा झन् बुढा-बुढी हुदैंछन् । छोरा-छोरी हुर्किदैछन् । समस्याको बाढी जहिले साउने भेल जस्तै घट्ला भन्नै नपर्ने ।
ू जो छ म चािहं विदेश लागंे अब हेर सारै भएन । ु मनको वह कसैलाई न कह भनेपनि पत्नीलाई भन्नै प-यो सुनायो उसले । पत्नीले अँगेनाको बलेर कालो हुन थालेको दाउराको फेदमा समातेर खरानी झारी । ओ हो ! भीत्र त आगो रहेछ । उजेलो ! संभवतः उसले आफ्नो जीवनमा यस्तै नसाचेको उजेलो भित्रिन् सक्ने कल्पना गरी । एउटा सानो फिलिङ्गोलाई दाउरा थपेर फुक्तै सल्काउँदै अँगेनो उजेलो हुनेगरी खाना पकाईयो यत्रो खरानी जम्मा भयो त्यो पनि भाँडा मस्काउन काम लाग्छ । हाम्रो जीवनमा पनि कुनै यस्तो उपयुक्त फिलिङ्गोले सिङ्गै जीवन उजेलो पार्न सक्दैन र आफ्ना आँखालाई अँगेनाको मास्तिर डढेको कालो भित्तातिर हेरेर अडाई । जीवन यस्तै कालो मात्रै पनि हुनसक्छ सधैं मनमनै गम खाई । छोरा मान्छेलाई सदैव घरखेत मात्रै पनि त भन्नु भएन । गाउँमा अर्को समस्या पनि शुरु भएको थियो । जवान मानिसहरु एकाएक हराउन थालेका थिए । घरमा मात्रै बसिरहँदा हराउने संभावना पनि उत्तिकै थियो । हरेक दिन एक दुई जना हराईरहेका हुन्थे । कहाँ जान्थे कसले लान्थ्यो कसैले कसैलाई भन्दैनथे ।
ू हुन्छ जानुस् । ु पत्नीको मन नलागी दिएको सहमतीले उसलाई नयाँ उर्जा थपेको थियो । घर खेत बन्धकी राखेर भएपनि उसले जाने निर्णय ग-यो । जाने कहाँ के काम गर्न जाने कति कमाउन सकिएला कति लगानी लगाउनु पर्ला भिसा पाउनको निम्ति अब यस्ता धेरै प्रश्नहरु मनमा खेल्न थाले ।
ऊ भोली पल्टै काठमाण्डौ हिड्यो । सासु- ससुरा गाउँमा बस्छन् । सालोले घर बनाएर बसेको छ काठमाण्डैामा । एका विहानै सालोको घर खोज्दै पुग्यो ऊ । आफ्नै बाबु-आमासँग कुरा नमिलेर गाउँ नगएको दशौं वर्ष भैसकेछ उसको सालो । त्यस्तोले उसलाई के सहयोग गर्ला र तै पनि आफन्त भनेको यस्तै बेला त हो नि भन्दै मनमनै ऊ गन्तव्य सोझ्याएर उतै हिड्यो ।
कति मानिसहरु काठमाण्डौ ओइरिएका उसको सालोको श्रीमतीको दाई र भिनाज्यू पनि गाउँमा बस्न नसकेर गाउँबाट विस्थापित भई उसैकोमा बसिरहेका गाउँ कहिल्यै नपुगेकी शहरमा जन्मेर हुर्केकी सालोको श्रीमती अब लोग्नेको पनि भिनाज्यू आउँदा झनै अप्ठेरो महसुस गर्न थालिन् । बाध्यता र विवसताको भारीले थिचिएको मानिस जस्तो सुकै दःुख र कष्ट उठाउन पनि तयार हुने गर्छ । ऊ लाचार भयो बाध्य थियो अरु कुनै उपाय थिएन । होटेलमा बस्न खल्ती तातो थिएन । ऊ जस्तै कामको खोजी र विदेश जाने आशामा वषौं देखि काठमाण्डौमा हल्लिएकाहरुको भीड निकै ठूलो थियो । भोलीपल्टबाट उसले पनि आफुलाई त्यो भीडमा समावेश गर्न थाल्यो ।
हरेक दिन अनिश्चितता बोकेर उसको अगाडी आईरहेको देख्यो उसले । म्यान पावर कम्पनीमा आफ्नो सर्टिफिकेट र पासपोर्ट बुझायो उसले । अनुभवमा उसको कुनै थिएन । योग्यता भन्दा अनुभवको आवश्यकता थियो । कुनै व्यावसायिक तालिम र अनुभव हाँसिल गर्ने मौका उसले कहिले पो पायो र दिनभर सयौं म्यानपावर कम्पनिहरु च्ाहार्नु र साँझ पैदल हिडेरै सालोको घर पुग्नु उसको एक प्रकारको दैनिकी थियो ।
ू कहिले काही साथीकोमा पनि बस्नु हुन्न नि कहिले उड्ने हो भिनाज्यु अनि गाउँतिर फर्किने त छाँटै देख्दिन नि त ु
श्रीमतीको यस्तो प्रश्न सुनेर सालो एकोहोरो कोठाको भित्तामा हेरिरहन्थ्यो । सायद ऊ कुनै कुरा भन्न र बोल्न मनासबि ठान्दैनथ्यो ।
ू तिम्रा पनि त दाई र भिनाज्यु बसिरहनु भएको छ महिनौं देखुन् ु उसले यस्तो पनि भन्न सकेन ।
म्यानपावरहरुमा भेला हुन्ो बेरोजगार युवाहरुको बिचमा अकसर यस्ता कुरा हन्थे ।
पहिलो - ू मलाई पन्ध्र दिनमा यसले उडाएन भने त म यसलाई काट्छु । एक वर्ष भैसक्यो पचास हजार लेको ु
दोश्रो - ू के गर्ने यार साला यत्रो दुख पाईन्छ भन्ने थाह पाएको भए त बरु उतैतिर जान्थें । महिनाको दश हजार दिन्छु भन्दै थिए । ु भए बैकण्ठपुरीको राज नभए चपरी मुनीको बास त हुन्थ्यो ु अरु के नै हुन्थ्यो यस्ता ठग दलालहरुलाई त ठिक पार्न सकिन्थ्यो । ु
तेश्रो - ू म त एकपटक मात्रै उड्न पाए भनंे फर्केर के आउँथंे ।
चौथो - ू मलाई त बहिनीको बिहे र भाईलाई पढाउनु पर्ने समस्सेले च्यापेर हो नत्र त त्यस्तो मान्छे गिड्ने ठाउँतिर कल्लाई जाने रहर हुँदो हो ु
यस्तो लाग्थ्यो यो चौथो युवक जस्तोसुकै जोखिम उठाउन पनि तयार देखिन्थ्यो ।
उसले दिनहुँ यस्ता धेरै कुराहरु सुन्यो । बेला-बेला घर सम्झियो । परिवार सम्झियो । उसलाई विदेश जाने रहर नलागोस् भन्ने चाह्यो । गाउँ पनि धेरै दिन सजिलै बस्न नसकिने निक्र्योल ग-यो उसले । ऊ पुन ः पलायन हुनै प्रतिबद्ध भयो । उसले पढेको कलेजको छेऊबाटै हिडदा उसले आफ्नो अतित पनि संम्झ्यो । देश विकासमा सहभागी हुने ठूलो आकाङ्क्षा लिएर उसले पढेको थियो । तर विवस आज ऊ एउटा सामान्य अदक्ष शक्तिका रुपमा अर्को देशमा आफ्नो रगत र पसीना चुहाउन उत्सुक भएर लागेको छ । मनमनै सोच्छ ू ख्वै कहाँ छन् ती स्वर्णिम सपनाहरु जुन उसले हिजो देख्ने गरेको थियो ु
पढेर पनि देशको सेवा गर्न नपाई विदेशीनुपर्ने बाध्यताले उसलाई आफैं प्रति एक प्रकारको घृणा लागेर आयो । उसका अघिल्तिर सबै विकल्पका ढोकाहरु बन्द भएको देखेपछि मात्र ऊ यसरी विदेशिन पुगेको थियो ।
ू अचेल हुलाक चलेको छैन । फोन अबरुद्ध भएको पनि महिनौं भैसक्यो गाउँमा फोनबाट बोलाउँदा पनि खबर गरेर आउन २ दिन लाग्छ । मलाई वीस हजार जति ऋुण सहयोग गर तिमीले म जाने बित्तिकै पठाई हाल्छु । ु
सालोसँग उसले आफ्नो जिज्ञासा पोख्यो ।
सालो र उसको श्रीमतीको रातभर निकै चर्का चर्की परेछ क्यार यस विषयलाई लिएर । विहान केटाकेटीलाई पनि सालोले नै खाना खुवाएर स्कूल पठायो । आफ्नो भिनाज्यू र श्रीमतीको दाजु र भिनाज्यू दवैलाई आफैं पकाएर खानु म त अफिसमैं खान्छु क्यान्टिनमा भन्दै िहंड्यो । घरका पाहुनाहरुले एकले अर्काको अनुहार हेर्दै लुसुलुसु बाहिरिए । ऊ पनि एउटा आफन्तको घर खोज्दै निस्क्यो । बिहानको दश बजिसकेको थियो । ढोका ढङढङ गर्दा नोकर्नीले बरण्डैबाट घरमा कोही पनि नभएको संकेत गरी उसले बुझेनछ काठमाण्डौमा मानिसहरु विहान ९ बजे नै काममा पुगिसक्नुपर्ने भएकाले आठै बजे घरबाट निस्किन्छन् ।
ऊ पुन ः सडक र गल्लीहरु नाप्दै िहंड्यो । होटेलमा पसेर आलु र च्यूरा फँक्यायो । म्यानपावरको मानिसले पैंसा चाँडै लेऊ भिसा लगाईदिन्छु भनेको कुरा सम्झ्यो । म्यानपावरको अफिसमा पुग्यो । उसले तीस हजार पहिले बुझाई सकेको थियो । बाँकी वीस हजारको समस्या थियो । उसले धेरै जनालाई सम्झ्यो जो वर्षाैं अघिदेखि नै काठमाण्डौ आएर बसेका थिए उसका गाउँलेहरु तर उनिहरुबाट पनि खासै समस्या समाधान हुन सक्ने आशा उसलाई भएन कति जनाले त उसलाई ठाडै चिन्न अस्विकार गरिसकेका थिए ।
ू ल भाई तिमीले जहिले वीस हजार बुझाउँछौं त्यही दिन तिम्रो भिसा हातमा । ु
म्यान पावरको डाइरेक्टरले उसलाई आज पनि त्यही कुरा दोहार्यायो ।

उसले एकनासले डाइरेक्टरको आँखामा हेरिरह्यो । उसका आँखा कति निर्दयी थिए । उसको अनुहारले आफ्नो गरिबीको उपहास गरेको लाग्यो उसलाई । बाध्यताको अघिल्तिर सबैकुरा सैह्य हुनेरहेछन् ।
ू हस् म चाँडै बन्दोबस्त गर्छु । ु
यति भन्दै ऊ त्यहाँबाट निस्क्यो । उसका अगाडि धेरै बाटाहरु थिए । सडक र चोक गल्लिहरु थिए । उ भने मौन लक्ष विहिन थियो । साँझ कता जाने पैसाको जो हो कसरी गर्ने गाउँमा अचेल जग्गा त्यति सजिलै बिकि्र हुँदैन । बेचेर पनि बा-आमा अनि श्रीमती र केटाकेटीले केले पेट पाल्ने त्यो पनि अर्को समस्या थियो । गाउँकै एउटा व्यापारी जो वर्षौ देखिन् काठमाण्डौंमै व्यापार गर्थे उनैलाई भेट्ने निश्चित गरी त्यतै हानियो ।
ू महिनाको सयकडा पाँचले तिर्छु । मेरो समस्या बुझिदिनुस् मलाई तीस हजार ऋुण दिनुस् । ु
उसले टिकटको समेत बन्दोबस्त हुने गरी प्रस्ताव गर्यो । व्यापारीले उसको प्रस्ताब स्वीकार गरे । एक वर्षको भाखा राखेर पैंसा झिक्यो र अर्को हप्ता ऊ विदेशियो ।
विदेश जानेहरुको ताँती । एअरपोर्टमा उसलाई विदाई गर्ने कोही पनि थिएनन् । हवाई जहाजले काठमाण्डौं छाडेपछि उसले एकपटक रुमालले आँश पुछ्यो एक्लै । श्रीमती छोरा-छोरी र वृद्ध बा-आमालाई सम्झ्यो । उसले मनभरी कल्पना गर्यो । कमाएको पैसाले सर्वप्रथम ऋण तिर्छु । छोरा छोरीलाई बोर्डिङमा राखेर पढाउँछु । श्रीमतीलाई शहरमा डेरा खोजेर राख्छु अनि विस्तारै घडेरी किन्छु घर बनाउँछु ……॥आदि आदि ।
संझिदा संझिदै उसको हवाई जहाज दोहा एअरपोर्ट ओर्लिसकेछ । ऊ एअरपोर्टबाट के निस्केको थियो एउटा अग्लो दारीवालले उसलाई इशाराले बोलायो र अर्को अग्लो टोपीवाललाई फारसीमा के के कुरा गरेर उसलाई जिम्मा लगायो । गर्मी सहन नसकेर उसको ओठ मुख सुकिसकेको थियो । टोपीवालले उसलाई आफ्नो गाडीमा राखेर लिएर गयो । ऊ धेरै डराईरहेको थियो । यस कारण कि उसलाई यो मानिसले जे पनि गर्न सक्छ । सहरभन्दा धेरै टाढाको गाउँमा लिएर गएको थियो उसलाई । असाध्यै दु्रत गतिमा गाडी चलिरहँदा पनि उनिहरु दश घण्टामा त्यस नयाँ ठाउँमा पुगेका थिए ।
त्यो मानिसले उसलाई के के काम गर्न जानेको छ भनेर टुटे फुटेको अङग्रेजीमा सोधेको थियो र यसले पनि आफुले औपचारिक रुपमा कुनै व्यावसायिक तालिम प्राप्त नगरेको कुरा इमान्दिरीपूर्वक बताएको थियो ।
भ्ााेलीपल्ट बाट उसलाई भेडी गोठतिर लगियो र सयौंको सख्यामा भेडा चराउने जिम्मा दिइयो । यदि त्यो बथानबाट एउटै भेडा हरायो भने पनि उसको तलबबाट काटिने कुरा बताइयो । कुनै कामको निक्र्यौल र निधो नगरेर आएकोमा उसलाई पछुतो भयो । उसलाई मात्र यति भनिएको थियो ू जे होस् काम राम्रै हुन्छ । ु
उसलाई भेडी गोठको माथि सुत्ने बन्दोबस्त गरिएको थियो मानौं ऊ पनि एक प्रकारको भेडा हो । दिनभरको थकाई र रातभर भेडाको बेला बेलाको कराईले ऊ सुत्न सक्दैनथ्यो । दुई महिनाको यस्तो कष्टकर जीवनपछि उसले एक दिन त्यहाँबाट भाग्ने विचार ग-यो तर समस्या उसको पासपोर्ट र भिसा त्यही व्यक्तिसित थियो । यो विचमा ऊ धेरै पटक विरामी पनि परेको थियो । केटाकेटी र श्रीमतीको संझनाले ऊ धेरै आहत भएको थियो । उसले धेरै पटक आफु र आफ्नो भाग्यलाई धिक्कारेको थियो ।
एक दिन ऊ अचानक त्यहाँबाट भागेर सहर पस्यो । उसले सहरमा त्यहाँ भन्दा पक्कै कुनै गतिलो काम पाउने आशा गरेको थियो । काम खोज्दै जाँदा उसले एउटा ठूलो काठको कारखानामा काम पायो । त्यहाँ पनि उसले प्रशस्तै शाररिक श्र्रम गर्नु पर्ने भयो । ठूला - ठूला मुडालाई ओल्टाउने र पल्टाउने मेसिनमा राख्ने । साइज मिलाएर मेसिनबाट चिराउने । यो झन् कष्टकर काम थियो । केही महिना पछि उसले यो काम पनि छाडेर पुन ः भौतारियो । ऊ केही महिना काम गथ्र्यो र पुन ः केही महिना बेरोजगार बस्दा बचत हने कुनै संभावना रहन्न थियो । एक वर्षमा उसले बल्ल बल्ल ऋण तिरेको थियो । उसले धेरै ठाउँमा कामको खोजी गर्यो । ग्याँस लाईनमा काम गर्ने अवसर थियो तर कतिखेर ज्यान जान्छ ठेगान हँुदैन थियो ।
होटेल र रेष्टुरेन्टमा गार्डको काम पाइन्थ्यो तर यति थोरै पैंसामा काम गर्नु पथ्र्यौ कि महिनाको दई चार हजार नेपाली पैंसा पनि बचत गर्न हम्मे पथ्र्यो । कुकमा तालिम प्राप्त नभएको मानिस अयोग्य मानिन्थ्यो । गर्मीको कारण सबै प्रकारका शाररीक श्र्रमका कार्यहरु गर्न धेरै अप्ठेरो हुन्थ्यो । गाह्रो काममा केही बचत हन्थ्यो जुन गर्न ऊ असमर्थ हुन्थ्यो । सजीलो कामको वचत एकदमै कम हुन्थ्यो पेट पाल्न र सामान्य गुजेरा मात्र हुन्थ्यो ।
यस्तो अन्यमनस्क अवस्थामा उसले धेरै पटक आफ्नो देशलाई संझेको पनि हो । गाउँको दृश्य बारम्बार आईरहन्थ्यो उसको मन मस्तिष्कमा । बाध्यता भएपछि आखिर मानिसले जस्तोसुकै कठिन परिस्थितिलाई पनि सहज रुपमा लिनु पर्दोरहेछ । सुखको परिकल्पना बोकेर विदेशिएको ऊ आज दुख र पिडाको दल दलमा उ_िक्सनै नसकिने गरी भासिएको छ ।
उसले देखेका सबै सपनाहरु आँखाबाट एक एक गरी हराउँदैछन् छिचिमराको जीवनचक्र जस्ता भैसकेका छन् उसका सपनाहरु पखेटा लगाएर छिनभर उडेपनि पखेटा झर्दा नझर्दै मृत्यु वरण गरिसके झैं विदेशमा पुग्दा नपुग्दै उसका सपनाहरुले छिचिमराको जीवन वरण गरेको यथार्थ छ उसँग ।
आफु जस्तै विदेशिन थालेका धेरै उसका साथीहरुलाई उसले नआउन भन्यो । परदेश स्वदेश जस्तो सुगम र सरल हुँदैन । परदेशी जीवन अर्काको इशारामा चलेको हुन्छ । शाररिक र मानसिक दुवै पीडा भोग्नु परेको हुन्छ । दुखको भुँमरीमा अनेक हन्डर खाँदै उसले दुई वर्ष वितायो । ऊ आज अत्यन्त खुशी थियो । खुशी यसकारण थियो कि ऊ त्यो दुखको महासागरबाट पौडिदै किनारा लाग्ने तयारीमा थियो । उसले नेपालबाट ल्याएको पुरानो झोलालाई नयाँ झोला भित्र हाल्यो । श्रीमती र केटाकेटीको तस्विरलाई पनि जतनले झोलाको खल्तिमा हाल्यो । छोराछोरीलाई एकजोर लुगा किन्यो झोलामा हाल्यो ।
जहाजले अब खाडी मुलुकलाई विदाई गरिसकेको थियो । जसरी दुई वर्ष अघि ऊ देश छाडेर जाँदा उसका आँखामा असंख्य सपनाहरु थिए । आज भने उसका आँखामा कुनै सपना थिएनन् । उसको कुनै उद्येश्य थिएन उद्येश्यविहिन ऊ फर्किदै थियो । उसले भविष्यको बारेमा केही पनि सोचेको थिएन । उसले अब आफ्नो कुनै भविष्य पनि देखेको थिएन । ऊ किन विदेशिएको थियो किन फर्किदैछ स्वदेश उसले अब केही ठम्याउन सकिरहेको थिएन ।
रेडियो र टि।भि। बाट समाचार आइरहेको थियो  काठमाण्डौं एअरपोर्टमा अवतरण हुनु दश मिनेट अघी मौसमको खराबीका कारण खाडीबाट आएको चालिस नेपाली यात्रु सहितको एकसय वीस जना यात्रु बोकेको ………॥एअर लायन्सकेा जहाज पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त ……सबै यात्रीको मृत्यु भएको आसङ्का ………॥खोजतलास कार्य खराब मौसमका कारण अबरुद्ध ………ु एउटा समयको अन्त्य !
 अभिशप्त समय” कथा संग्रहबाट

-घनश्याम शर्मा
हेटौंडा मकवानपुर
नेपाल

कथा


छिरिङ डोल्मा र अनाम शहीदहरु....!

मलाई खाडी जानु छ । कति पैसा लाग्छ एकाएक मेरो अघिल्तिरबाट महिला स्वर निस्क्यो । एकाबिहानै म कम्पनिको कोठा खॊलेर बसेको मात्र के थिए आँखामा एकभारी सपना बोकेर हिडेकी अन्दाजी बाइस बर्ष होला यो उमेरको अनुहार देखा परिन् । धेरै विवश मान्छेका विकराल समस्याका पहाडहरुले म थिच्चीरहेको हुन्छु । उनीहरु समस्या सुनाउँछन् पैसा दिने कुरा गर्छन अनि त्यस वापत उनीहरुलाई मैले विदेश विशेष गरी खाडी मुलुकहरुमा काम दिलाई दिनु पर्छ । धेरैले मेरो अगाडि आँसु बगाएका छन् । उनीहरुका आँसुका धाराले मेरो मुटु पनि छियाछिया भएको हुन्छ । मेरो पनि पेसा पेसासँग जोडिएको बाध्यता हो । पैसा नलिकन म कसैलाई यस्तो सहयोग गर्न सक्तिनँ । बस्नोस् मैले उनलाई सालिनतापूर्वक अगाडिको कुसर्ी देखाए । उनले मेरो कोठाको चारैतिर भित्तमा हेरीन् । रङ्ग उडेका कोठाका भित्ताहरु उनको रङ्गहिन जीवन जस्तै ठानिन् होला उनले । दुब्लो शरिरमा कुर्था सुरुवाल यसरी झुण्डिएका थिए तिनलाई जबरजस्ती झुण्डाइएको होस् । कहिले लिपिस्टिक नलगाउने मानिसले पहिलो पटक लिपिस्टिक लगाएका आंेठ हांस्न नचाहेरै जबरजस्ती हंास्न खोजिरहेको जस्तो लाग्ने मुहार ।
घर कता
मेरो प्रश्न थियो यो
उनको उत्तर
मानेपोखरी
मलाई थाहा छैन यो मानेपोखरी भन्ने स्थान नेपालको भूगोलमा कहाँ पर्छ । उनले यसरी जवाफ दिएकी थिईन्कि म पनि मानेपोखरी छेउछाउकै बासिन्दा हुँ अथवा म उनको मानेपोखरीलाई राम्रेासँग्ा चिन्छु ।
उनको बारेमा मनमा अनेक विचार आइरहे यो उमेरको यो केटी विदेशमा गएर काम गर्ने आट गरेकी छ । यसको हिम्मतलाई मान्नैपर्छ तर जुन आत्मविश्वास म उनको आँखामा देखिरहेको छु त्यो आत्मविश्वासका साथ डटेर संर्धष गर्दै काम गर्न पाए त आफ्नै मुलुकमा पनि यसले राम्रै प्रगति गर्दी हो ।
खाडीबाट माग भै आएको मेनपावरको सूचि मैले उसलाई देखाएँ । कामको किसीम मासिक तलब अनुभव तालिम आदिको चार्ट थियो त्यो । उसले एकनास त्यसमा आँखा अड्याई । उसले पढ्न सकि या सकिन तर प्रयास गरेको देखिन्थ्येा । उसको अनुहारमा अनेक प्रकारका भावहरु एकपछि अर्को प्रकट भैरहेको म देखिरहेको छु । सानो हाते झोला भुँईमा राखेर सोधी-ः
ूतपाईँ नै पढि दिनोस् न मलाई अङ्रेजीमा लेखेको आउँदैन ।ू
कति कक्षा पढेकी छ्यौँ
आठ कक्षामा फेल भएँ । त्सपछि स्कुल जानै पाईँन ।
स्कुल पढ्ने इच्छालाई थाति राखेर यतिका बर्षमा उसले के गरेकी होली ऊ घरी भित्ता हेर्छे घरी टेबुलमा राखिएको फोनको सेट । फोन सेटका अंंकमा आँखा डुलाइरहेकी छ मन अन्तैतिर होला म यस्तै अनुमान गर्छु ।

कुकको तालिम लिएकी छौ
छैन
उसो भए कुनै सिप तालिम केही छ त
मैले यसो सोधीरहँदा उसको अनुहारमा निराशाका छायाहरु देखिन थाले उसको अनुहार एक प्रकारले रंगहिन जस्तै देखिन थाल्यो । उसलाई डर लागेको अनुभव गरे मैले । कुनै तालिम नलिई विदेशीनु त्यति सजिलो छैन भन्ने उसले बल्ल थाहा पाई धेरै बेरको मौनतालाई तोड्दै भनि ः
सर घरेलु तालिम लिएकी छु । स्वेटर बुन्ने । यसो भन्दा उ आफूलाई सहज बनाउने कोशिस गरिहरेकी थिई । उसको आत्मविश्वास केही बढिरहेको म देखीरहेको थिएँ । खाडिमा त स्वेटर बुन्ने काम पाइन्न नि ! त्यहाँ त घरेलु कामदार गार्ड कापर्नेटर इलेक्ट्रिेसियन पेन्टर ड्राइभर प्लम्वर आदि आदिको पो काम हुन्छ । त्यसमाथि पनि त्यहाँ महिलालाई काम गर्न त्यति सजिलो छैन । हामी पठाउन त पठाइदिन सक्छौँ तर बाँकी सबै जिम्मा आफ्नै हो नि !
हुन्छ सर मलाई पठाइ मात्र दिनुस् न ! हाम्रो गाउँँतिरका ल_िप्सबोटे कान्छा पनि त्यतै छ । सुन बुढाको माइलो छोरा पनि पोहोर गएको हो उतै छ । धोरसिङे काका अन्तरकी सुन्तलीे टिके सूर्जेको बाऊ सबै त्यहि त छन् नि ! सबैले त्यहाँ केही हुँदैन आए हुन्छ भनेका छन् ।
उसको जसरी भएपनि जाने नै निर्णय सुनेपछि मैले उसको व्यक्तिगत विवरण टिप्न थाले ।
नामः छिरिङ डोल्मा
वर्षः २४
ठेगानाः मानेपोखरी आदि आदि………

मैले उसलाई चालिस हजार लाग्ने र पासपोर्ट लिएर अर्कोदिन भेट्न भने
ऊ विश्वासका साथ फर्केर गई । म उसको बारेमा सोच्न थालें उसले किन यसरी विदेशीनु पर्ने बाध्यता भयो । हुन त द्वन्द्वको कारण युवाशक्ति पलायन भै रहेका छन् ।
प्रत्येक दिनजसो एउटै म्यानपावर कम्पनिले दशदेखि पन्ध्रजना पठाउने गर्छन् । एअरपोर्टमा विदेश ओइरिरहने संख्या प्रत्येक दिन आठसय जस्तो छ । यस्तो कहाली लाग्दो युवा पलायनको अवस्था देख्दा मुटु भक्कानीएर आउँछ । गाउँहरु बुढाबुढी मात्र बस्ने थलोकॊ रुपमा रुपान्तरण भैरहेको देख्दा हामी कता लाग्दैछौँ होला सोच्ने बेला कहिले आउने होला ।
ऊ अर्कोदिन मेरो कार्यालयको कोठामा आइपुगी । सर घरमा बा आमा र एउटा दाइले सारै गरे जाँदै नजा भन्छन् । एउटा दाई आर्मीमा जागिरे छ उसलाई त भनेकै छैन मैले । थाहा पाए त जानै दिन्न ।
तिमी जाने अन्तिम निर्णय गरेरै आएकै हो त
हो !
उसले यति मात्र भनि । उसले भन्न खोजेका थुप्रै कुराहरु अव्यक्त रुपमा नै बुझ्न सकिन्थ्यो । गाउँमा बस्ने अवस्था छैन
शहरमा रोजगारीको अवसरहरु छैनन् । सधैँ अर्को अर्को साथीकोमा पाहुना लागेर कतिन्जेल पेट पाल्ने कतै पनि केही गरीखाने अवसरका ढोकाहरु बन्द हुन थालेपछि बौलाउनु भन्दा मर्नु निको भन्ने जस्तै पलायन हुन विदेशीनु भन्दा खै के गर्न सकिन्छ सधै निराशा कुण्ठा र अनिश्चितता बोकेर बाचिरहुनको पीडा बाँच्नेहरुलाई थाहा हुन्छ । आदि आदि भन्न खोजेको र भन्न नसकेको सङ्ग्रह हो - छिरिङ डोल्मा ।
मैले पनि उनलाई पठाइदिने बाचा गरंे । हाम्रो लेनदेन भो । कागजपत्र छोडेर ऊ गई ढोकाबाट बाहिर निस्केपछि ऊ पूनः भित्र आएकी थिई मलिनो फुङ्ग उडेको अनुहार बनाएकी थिई ।
सर मैले के विसे्र जस्तो लाग्येा । के छाडेछु भनेर फर्केकी छैन रैछ ।त्यसै पो ए भैगो जान्छु है े !
मलाई भन्न मन लागेको थियो छिरिङ तिमीले आफ्नो सिङ्गो युवा रगत विदेशीलाई बेचेको कागज छाडेकी छौ । तिमीले आफ्नो युवा जोस र जाँगरलाई अरुकै निम्ति बन्दकी राख्ने निर्णय गरेकी छ्यौ बाआमा र आफ्नो खातिर । बेरोजगारको अत्यास लाग्दो पीडा खप्न नसकि विदेशीने भारी मलाई विसाइदिएर गएकी छ्यौ ।
केही महिनाको अन्तरालपछि छिरीङलाई मैले भिसा र टिकट थम्याएँ । यस पटक उसले मेरो अनुहारमा हेर्न सकिन । मैले उसको भविष्यतिर चियाइरहेका आँखालाई हेर्न खोजेको थिएँ । उसले मुख अन्तै मोडी । भिसा र पासपोर्ट बोकेर ऊ फटाफट निस्कीे । लाग्थ्यो ऊ निकै हतारमा छे । तैपनि मैले एकछिन रोकेरै भने -ः
तिमीलाई कुनै समस्या परे मलाइ सम्झिनु सम्पर्क गर्नु ।
हस् धन्यवाद
यति भन्दै ऊ हतारहतार आफ्नो बाटो लागि म आफ्नो काममा व्यस्त भएँ ।
धेरै दिनसम्म मलाई छिरिङ डोल्माको छायाँले पछ्याइ रह्यो । उसको दैनिकी कस्तो भयो होला काम कस्तो गर्दैछे होला विस्तारै समयको व्यस्ततासँगै अरुको जस्तै मेरो मानसपटलबाट छिरि डोल्माको चित्र हराउँदै गयो ।
यो चार वर्ष अघिको कुरा थियो ।
समय यसरी बदलिदै थियो अत्यन्त उत्तारचढावका साथ । कुनै दिन युद्ध विरामको घोषणा गरियो मानिसहरु हतार हतार सहरबाट गाउँ फर्किन थाले । युद्ध विराम लम्बिन सक्छ । स्थायी शान्ति हुन सक्छ । यस्तो आशा बोकेर गाउँ फर्किएका मानिसहरु पुनः गाउँबाट सहर ओइरन थाले । भन्न थाले -
गाउँमा त के बसीखानु छ र अलिअलि भएको जग्गा जमिन पनि बिक्री नहुने भै गो दोहोरेा कर तिरेर के सम्भव हुन्छ र दुईदुई वटा सरकारको राज्य यस्तोमा कसरी बाँच्न सकिन्छ र बरु जे सुकै होस् सहरमा त ढुक्कले सास फेर्न पाइन्छ ।
फेरी युद्ध विराम भङ्ग भयो ।
सेना र प्रहरीहरुका ब्यारेकहरुमा आक्रमण सुरु भयो । प्रहरी चौकी जलाउन थालियो सदरमुकामहरु काँडेतार बेरेर निदाउन थाले । काठमाडौँमा घर जग्गाको भाउ आकाशियो विस्थापित मानिसहरुको ओइरो नजिकका सहर बजार र सदरमुकामहरुले थेग्नै नसक्ने भए गाउँहरु बुढाबूढीको कुर्ने थलो हुन थाल्यो ।
एकथरि गर्जिन थाले-

निमुखा मानिसहरुको नाममा कहिलेसम्म शासन गर्ने हामी यो निरङ्कुशता मान्दैनौ । जनता हाम्रो साथमा छन् । हामी लोकको शासन चाहन्छौ ।
अर्काथरि गर्जे-
राज्यको नियम कानुन आफ्नो हातमा लिन पाइदैन । कसैलॆ जनतालाई बलिको बोका बनाउन पाइदैन । आतंक सिर्जना गर्नुहुँदैन । संसारले हामीलाई समर्थन गर्छ त्यसैले राज्य हामी चलाउँछौ ।
मानिसहरु कोही कसैसित बोल्न डराउनु पर्ने समय आयो हरेक मानिस प्रत्येक मानिससित ससङ्कित भैरह्यो ।
धेरै रगत बग्यो । यस बीचमा धेरै परिर्वतनहरु भए हाम्रो म्यानपावर कम्पनिमा युवाहरुको लाम यथावत नै रह्यो । परिर्वतन पछि पनि मानिसहरु भन्न थाले-
अहँ केही हुनेवाला छैन । रोजगारीको निम्ति विदेशीनुको कुनै विकल्प छैन ।
यो लाममाा कसैले केही सन्देश सुनाउने हिम्मत गरिएको देखिएन । यी पलायन मनमस्तिष्कलाई रोक्न साहस गरेको देखिएन । यी पौरखी हातहरु अरुको निम्ति पौरख बेच्न हिडिरहे ।
एकविहान अपिसको कोठा खोलेर म बस्न पनि भ्याएको थिइन । एकजना अपाङ्ग झुम्री महिला खोच्याउँदै भित्र पसेको देखे । म एक छिन त झस्के विस्मृतीबाट हराइसकेको यो अनुहारलाई म संझने प्रयत्न गरिरहेको थिएँ ।
भो भो दुःख नगर्नोस । चिन्नु भएन होला म छिरिङ डोल्मा । चारवर्ष अघि तपाईकै मेन पावरबाट खाडि पुगेको थिई नी ! म असमंजसमा परंे । िकंकर्तब्य बिमूढ उसको अनुहारमा हेरिरहेँ । मलाई पटक्कै विश्वास भै रहेको थिएन के यो त्यहि छिरिङ हो जसले आफ्नो चम्किला आँखा र मनभरि विश्वास बोकेर विदेश गई रोजगार गर्ने र पुनः नेपाल फर्केर कुनै सानो तिनो व्यवसाय गर्ने अठोट लिएर बिदेशिएकी थिई । म छाँगाबाट खसे जस्तै भएको थिएँ अचानक ।
अनि के भो
मैले यतिमात्र भन्न सकंे । त्यसपछि छिरिङ डोल्माले जे सुनाएकी थिई त्येा सुन्नको लागि मैले धेरै धैर्य बटुल्नु पर् यो ।
म यहाँबाट खाडी पुगेपछि एअरपोर्टबाटै मलाई एउटा गाडिमा राखेर चार घण्टा हिडाइयो । बाहिर पचास डिग्री भन्दा माथिको तापक्रम भएता पनि गाडि भित्र भने चिसो नै थियो । गाडी हाक्ने सेतो टोपी र लामो दाह्री भएको डरलाग्दो अनुहार थियो । ऊ गाडीको सिसाबाट घरिघरि मलाई हेर्ने गथ्यो । मसँगै सिटमा बसेको मानिस संभवतः उसको र मेरो पनि मालिक हुनुपर्छ । आफ्ना ठूलाठूला आँखा र ठूलो टाउको गाडिको सिसाबाट बाहिरतिर चिह्याइरहेको थियो । उसले मलाई इसाराले पानी पिउँछौ भनेर संकेत गर् यो । मलाई एअरपोर्टमा नै प्यास लागेको थियो तर पानी माग्ने हिम्मत गरिन ।
मैले बोतलबाट पानी दुइ घुट्का पीए । मलाई बल्ल रोकिएको सास पुनः चल्न थालको अनुभव भयो । उनीहरु दुईजना आफ्नो भाषामा सायद फारसीमा कुरा गरिरहेका थिए । भोक लागेर पेट अलिअलि दुःखीरहेको थियो । भन्न सकिनँ एकछिन त अत्यन्त नरमाइलो लाग्यो । बित्थामा आएजस्तो लाग्यो । अब पश्चाताप गरेर पनि केही फाइदा छैन जस्तो लाग्यो र मनलाई बुझाएँ । मन बुझाउन साह्रै गाह्रो हुँदोरहेछ ।
यसो भनिरहँदा उसका आँखा भरिएका थिए । म टेबलमा कुहिनो अड्याएर टाउकोमा हात राख्दै उसको कुरा सुनिरहेको छु ।
सूर्यको प्रचण्ड रापमा पोलिरहेको बलौटे फाँटहरु सिधासिधा घुम्ती नभएका पक्कि सडहकहरु तातेर अगाडितिर आगोको ज्वाला टल्के जसरी पर्ने छाया । मेरो जीवनमा घर छाडेर पहिलो पटक यति टाढा आएको क्षण । हामी अब सहरभन्दा टाढाको बस्तीमा पुगेका थियौ । मलाई मूलतः भाषाको समस्या थियो । यो ठाउँ पुरै गाउँजस्तो पनि लागेन मलाई । सहरको जस्तो सबै सूविधाहरु पनि नभएको । मलाई एउटा तीनतले घरमा पुर् याइयो । दिउँसोको समय भएर होला केही महिला र केटाकेटी बाहेक त्यहाँ अन्य पुरुषहरु थिएनन् ।
मलाई एउटा लिष्ट थमाइयो । जसमा मेरो उठ्ने र सुत्ने समय अनि गर्नुपर्ने कामकॊ विवरण लेखिएको थियो । बिहानः ४ः०० बजे उठेर तयार हुनुपर्ने दिउँसो १ः०० बजे खाना खाने र राती आवश्यकता अनुसार काम गर्नुपर्ने । मलाई िरंगटा चल्न थाल्यो । बाआमालाई सम्झेँ । म गरीब भएकै कारणले यो दुःख खेप्नु आइपुगे वा मेरो महत्वाकाङ्क्षाका कारण म आएँ । यस्तो असमन्जसको अवस्थामा म पुगेँ । मेरो दुई बर्षको सम्झैाता थियो । यो पहिलो दिन थियो सातसय उनान्तीस दिन बाँकी नै थिए । म अन्धकारको भूमरीमा आफू भासिएको महसूस गर्न थालंे । त्यसपछि मेरो दैनिकी सुरु भयो । दैनिक के थियो र रौरव नरकमा म जीवनका क्षणहरु काट्न थालंे । बिहान चार बजे उठेर पानी तताउनु पथ्र्यो । कहिले सुँगुर काट्नु पथ्र्यो सफा गर्नुपथ्यो । मासु लिन आउने गाडिमा लोड गर्नुपथ्यो । म मासु व्यापारीकोमा पुगेछु । उसले धेरै थरि व्यापार गथ्र्याे । उसका तीनजना जवान छोराहरु थिए । चार वटा श्रीमती थिए । ऊ त्यो घरको बडेमाको राक्षस अनुभूत हुन्थ्यो । उसका श्रीमतीहरु उसको छेउ पर्न र बोल्न डराउँथे कुनै गल्ति गरेमा बेसकन पिट्थ्यो ।
त्यो घरको खानेकुराको गन्धले मलाई धेरैदिनसम्म खाना खान पनि मन लागेन । बाँच्नको निम्ति खानै पर्ने बाध्यता ! त्यतिकै मर्न पनि सकिदो रहेनछ ! घर सफा गर्ने भाँडाकुँडा सफा गर्ने लुगा धुने खाना बनाउने अनि मासु तयार गर्ने कामको बोझले मलाई िरंगटा चल्न थाल्यो । म उभिन नसक्ने भै बेहोस जस्तै हुन थालें । उनीहरुले मलाई यस्तो बेला समातेर सुइ लगाउन थाले । खै के को सुइ हो कुन्नी त्यसको असरले म पुनः जस्ताको तस्तै प्रुेस हुन्थे । र पुनः काममा जुट्थॆ ।
दिनहरु कति लामो हुन थाले म छट्पटाउन थालंे । रातहरु कति छोटा हुन्थे मलाई निन्द्रा कहिले पुगेन । राती बाह्र एक बजेसम्म उनीहरुलाई खाना खुवाइरहनु पथ्र्याे । कहिलेसम्म यसरी सुरक्षित भइएला मेरो सात्तो जाने गथ्र्यो । गाउँमै बरु तरकारी खेती गरेर बसेको भए हुन्थ्यो । सानो व्यापार गर भन्दै थिए बा आमाले त्यही गरेको भए हुन्थ्यो । हरेक दिनजस्तै हामीसँग क्रान्तिमा हिँड भन्दै आउने मानिसहरुसँग डराएर बिदेशिएँ बरु त्यतै क्रान्तिको निम्ति हिँडेको भए पनि मर्दा त आफ्नै देशको निम्ति मरिन्छ भनेर चित्त बुझाउन सकिन्थ्यो । यहाँ त अकालमैै मरिने भो ! यस्तै सोचेर दिनहरु बित्दै गए ।
मैले जुन अनर्थ सोचेकी थिए अन्ततोगत्वा त्यही नियती भोग्नुपर् यो । म उसका तीनभाइ छोराहरुबाट पटक पटक बलात्कृत हुन पुगेँ ।
उसको कुराले मेरो टाउको रिङ्गायो । अब म यो भन्दा पनि अघि सुन्न सक्ने अवस्थामा रहिन । मेरो टाउको बेसकन दुख्यो । घाँटी सुक्दै आयो । बोतलबाट पानी दुइ घुट्का पिएँ । उसलाई पानी पिउछ्यौ भनेर इसारा गरंे । मेरो पनि गला अबरुद्ध थियो । उसले हातले नाइँ भन्दै इशारा गरी ।
ऊ भन्दै गई-
म प्रतिरोध गर्ने अवस्थामा थिइनँ । दैनिक लगाइने सुइले मेरो शरिर जर्जर भैसकेको थियेा । मैले श्रम बेचेकी थिएँ तर मेरो सबै कुरा शोषण भो । भन्न जाने र हार गुहार गर्न जाने ठाउँ थिएन । भाग्ने प्रयास पनि गरेको थिए तर सफल भइनँ । त्यसपछि म झन कडा निगरानीमा परें । मेरो पासपोर्ट र भिसा उनीहरुसँगैै थियो । बेलाबेला पेस्तोल र बन्दुक देखाएर तसा्रउँथे उनीहरु ।
मैले गाई काट्नु पर् यो । गाईको मासु बेच्नु पर् यो । मैले राँगा काटे । ठूलो बिजुलीबाट चल्ने आराले । ट्वाइलेट सफा गर्नु पर् यो । चरम भन्दा चरम अमानवीय कार्यहरु गराइए मबाट । मेरा हातहरु सुन्निएका छन् अझैे यी हेर्नोस ।
मेरो खुट्टा यी हेर्नोस् सुन्निएर अझै टेक्न सकेकी छैन ।
मेरो भिसाको म्याद सकिदा पनि उसले मलाई फर्किन दिएन । दुई वर्षपछि मलाई अर्कै ठाउँमा उसले बिकि्र गर् यो र त्यो दुई वर्षको तलव पनि दिएन । तलब माग्दा उसले मलाई उल्टै दैनिक लगाइने सुइको बील र औषधिको बील थमाइदियो ।
ूतिम्रो निम्ति मैले यत्रो खर्च गुर्नपर् यो अझै तलब माग्छ्यौ ू
यस्तो जवाफ दियो । त्यो नयाँ ठाउँमा म केही राहत त महसूस गर्थें । तर मलाई कामकॊ बोझ भने उत्तिकै थियो । यिनीहरु मलाई खानपानमा भने राम्रो गर्थे । तर म खान्थे के नै अब झण्डै चार वर्षपुग्न आटेको थियो । कुनै नेपालीको सम्पर्कमा आउन पाए यहाँबाट भगाइदिन्थे कि भन्ने आशले बाँचिरहेकी थिएँ ।
अचानक एकदिन नेपाली जस्तो लाग्ने मानिस त्यो घरमा फोहोर उठाउन आएको देखेँ । उसले पनि मलाई नेपाली नै ठाँनेर निकैबेर घुरेर हेर् यो । मलाई त्यहाँ कसैसँग बोल्ने अनुमती थिएन । एकदिन फोहोर फाल्ने बेला मैले उसलाई आँखाको इशाराले आफूले फोहोरसँगै फालेको कागजको टुक्रा देखाएँ । उसले टपक्क टिपेर खल्तीमा राख्यो ।
त्यसपछि त्यहाँबाट उद्धार गरियो । मलाई सबैै नेपाली मिलेर काठमाडौँ पठाइ दिए । म यो जिर्ण शरिर बोकेर बल्ल बल्ल गाउँ पुगेँ । मेरो सपनाहरु सबै भत्किसकेका थिए । म निरुद्देश्य गाउँ त आएँ तर सोच्दै थिएँ बा आमा र दाईको अघि यो शरिर कसरी देखाउने
हा हा हा ………। ऊ अट्टहाँस गरेर हाँसी म एकदम झस्कंे । मेरो मथिङ्गल घुम्न थाल्यो । हरे ! यो त बिचरा पागल भै सकिछ । मैले डराइ डराइ सोधे -
अनि के भो त
के हुनु हा हा हा………… हुन अब के बाँकी थियो र जे बाँकी थियो सबै भयो ।
म चार वर्ष सम्पर्कविहिन भएँ । आर्मीमा हुने दाइ सदरमुकाम आक्रमणमा परेर …………।
उसका आँखाबाट बलिन्द्र धारा आँसु चुहिरहेका थिए । मुखबाट र् याल निस्किईरहेको थियो । भक्कानिएर भन्दै थिई-ः
घरमा भएको दाइ पनि उतातिर पो लागेछ । त्यो पनि दोहोरो भिडन्तका क्रममा मारियो रे !
बाफ रे ! म यो के सुनिरहेको थिएँ । मलाई नै विश्वास लागिरहेको थिएन । एउटै परिवारले यस्तो पीडा खप्नु परेको यथार्थ । जुन उसले सुनाइरहेकी थिई । दुईटै दाइको मृत्युको पीडा खप्न नसकेर तीन महिनामैं आमा बित्नु भो उहाँ पचास वर्ष भर्खर पुग्नु भएको थियो । त्यसपछि उसले बेसकन भक्कानो छाडि । म अन्यमनस्क अवस्थामा पुगेँ ।
बा नि मेरो प्रश्नको जवाफमा उ एकदम उत्तेजित भइ ।
हो म त्यही त तपाईँलाई सोध्न आएकी । काठमाडौँमा राहत बुडिदैछ भन्ने सुनेर गाउँबाट हिडेको बालाई खोज्दा खोज्दा थाकिसकंे । कतै भेट्दिन तपाइर्ँकोमा पो आ छन कि भनेर खोज्न आकि ।
म उसलाई के जवाफ दिउँ उसलाई दिने जवाफ मसँग थिएन । उसलाई सम्झाउन सक्ने क्षमता मसँग थिएन । उसलाई के भनेर सम्झाउँने म एकहोरो अगाडिको ढोकामा हेरीरहें ।
छिरिङ्ले उठ्न खोज्दै बेकसन भुइँमा हात टेकि उसका आँखा भित्तामा झुण्डाइएका लोकतन्त्रका सहिदहरुका तस्वीरमा परे । उसले निकैबेर त्यसमा आफ्नो दुबै दाइहरुका अनुहार खोजी मैले उसलाई के हेर्दैछ्यौ । भनेर सोध्न सकिनँ ।
जान्छु है ।
ऊ फुत्त कोठाबाट अनिश्चित गन्तव्यमा बाहिरीई उसले तानेको ढोकाको हावाले भित्ताको तस्वीर भुइँमा झारिदिएको थियो । म त्यहि तस्वीरमा अनाम सहिदका अनुहारहरु खोज्दै थिएँ ।

घनश्याम शर्मा
हेटौंडा नेपाल
२०६४। १०।१६
हेटौडा
Email:ghanashyamsharma@hotmail.com
सहीद दिवस
[गरिमा बर्ष २७ अंक ५ पूर्णाङ्क ३१७ बैसाख २०६६ मा प्रकाशित]

कथा

समयको परिबन्द
(भाग एक)

कोहि भन्छन भाग्यले मान्छेलाई बनाउछ । कोहि भन्छन मान्छेले खुद आफ्नो भाग्य बनाउछ । तर भन्छु समयलॆ मान्छेलाई कुबेर पनि बनाउछ अनि समयले मान्छेलाई सुदामा पनि बनाउछ । सबै भन्दा बलवान नै समय हो त्यसैले समयले हरेकलाई जे पनि बनाउछ । त्यहि भएर होला बिधान आज समयको श्रापबाट उम्कन सकेको छैन । बिधान सानो छदा उसको आमा बाबा उ बाट दैबले खोसेर लग्यो । उसले आमा बाबाको न्यानो काख र मिठो मायाँ पनि राम्ररी महसुस गर्न पाएन । जति बेला उसले आफ्नो चेतना समाल्नु थाल्यो त्यति बेला उसको आमा बाबा परलोक भई सकेका थिय । सानै देखि जिन्दगीको लागी उसले कठोर सघर्ष गर्नु पर् यो । त्यसैले बाल्य कालका खुसिहरु उसलाई थाहै भएन । पढनु उसको लागी कहिले प्रथकितामा परेन । सानै उमेरमा उसले घर छाड्यो । हरेक टुहुराहरुको जुन बेहाल हुन्छ उसले पनि त्यहि बेहाल भोग्दै बेहोर्दै पार गर्नु पर् यो । दैब पनि कति निष्ठुरी बन्न सकेको होलान

न गन्तब्य छन त उसको कुनै उदेश्य नै छ तै पनि उ घर बाटै बेखर्ची हुदै निस्कन्छ चुटिएको चङ्गा सरी बाटो हराएको यात्रु सरी । जहाँ पुग्छ त्यो नै उसको गनतब्य हो जे पाउछ त्यो नै उसको लक्ष्य हो । यस्तै लक्ष्य बिहिन यात्राको क्रममा कहिले भोक खाएर अघाएर आकाश ओडी सडक मा नै सुत्छ भने कहिले फोहोरको डंगुरहरुमा फलिएको ती फेहोर हरुलाई नै मिठो मान्दै पेट भर्छ । कसैले मायाँले दिएको थोत्रा कपडा हरुले लाज छोप्नु पथ्र्यो त्यो पनि भने जति भए त कति जाति पो हुने थियो । जिन्दगी जति कष्टकर भए पनि जिउनु पर्छ नै त्यहि भएर उ पनि बाच्न चाहान्थ्यो । यस्तै क्रममा भौतारीदै जादा उसले काठमाण्डौ मा एउटा टैम्पुमा खलासि काम पाउछ । त्यो पनि उसको लागी स्वार्ग नै भयो कम से कम अरु केहि नभए पनि खाना र बस्न त पायो ।

त्यहि रुट भएर एउटी केटि दैनिक स्कुल जान्थीन । प्रायः उसैको टैम्पुमा आउने जाने गर्थिन । एक दिन उसले आफ्नो पस्र र आइ डि कार्ड टेम्पु मा नै खसाए छिन ॥ त्यो पस्र बिधानले भेटेछ । उसको नाम सझौता रहेछ । बिधानले सझौताको पस्र सुरक्षित गरि राखि दिएको थियो । त्यस दिन बेलुका उनिहरुको भेट भएन भोलि पल्ट बिहानै उहि समयमा त्यहि ठाँउमा भेट हुन्छ तर सझौताले केहि कुरा गरीनन । उसैलाई याद रहदैन कि कहाँ खस्यो भनेर ! बिधानले सोध्छ सझौता कस्को नाम हो हतार हतार मा जवाफ दिन्छीन मेरो हो । अँ तिम्रो पर्श हराएको छ उसले लजाउदै हो मेरो हो भनि जवाफ दिईन । बिधानले आफ्नो गोजि बाट निकालेर उसलाई पस्र र आइ डि कार्ड दियो । सझौताले बिधानलाई धेरै धेरै धन्यावाद दिईन । बिधान केहि नबोली हेरी रर् यो । उसलाई मन भित्र भित्रै खुसि लागी रहेको थियो । मैले निक्कै ठुलो र राम्रो काम गरेछु भनेर ।

भाग्यले नै होला एक दिन दुई दिन हुदा हुदै निक्कै लामो समय सम्म यिनिहरुको यसरी नै भेट भई रर् यो । एक दिन बिहानै एउटा चिठी को बन्द खाम बिधानलाई दिइन । बिधानले डराउदै डराउदै समात्यो । दिन भरी गोजीमा बोकी साँझमा कोठामा गएर खोल्यो । भ्यालेन्टाईन डे को उपाहार रहेछ । बिचरा बिधान लाई के थाहा भ्यालेन्टाईन डे को बारेमा । त्यहा भ्यालेन्टाईन डे शुभकामना लेखिएको रहेछ अनि अन्तमा म तिमीलाई मायाँ गर्छु भनेर पनि लेखिएको रहेछ । बास्तवमा उ डरले मात्र मुख खोल्न सकेको थिएन । मन भित्र त बिधानले पनि धेरै मन पराउनु थाली सकेको थियो । उसको लागी पनि ढोका खुल्यो त्यहि दिन देखि उनिहरुको बाल प्रेम कहानी सुरु हुन्छ । दैनिक उनिहरुको भेट हुन्छ हेरा हेर हुन्छ तर कुरा गेर्ने समयानुकुल मिल्दैन । एक दिन सझौता स्कुल जान भनेर घर बाट निस्कीन्छीन तर नेपाल बन्द भएकोले स्कुल पनि बन्द हुन्छ । कुनै सवारी सधान पनि चल्दैन । सझौताले बिधानलाई पशुपती घुम्न जाउ भनि प्रस्ताव गर्छिन र उनिहरु पशुपती घुम्न पनि जान्छन् । त्यति बेला सझौताले बिधानलाई सबै कुरा भन्छ । त्यस दिन देखि उनिहरु खुलेर बोल्न सक्ने भए । मायाँ यसरी बड्दै जादाँ सझौता कक्षा १० पास गर्न नपाउदै बिबाहा बन्धन मा बाधिन पुग्छन । त्यस्ता कमै भाग्यमानि हरु हुन्छन जो आफुले मन पराएको मान्छेलाई नै जिवन साथीको रुपमा पाउछन् । तिनै अतिकम भाग्यमानि मध्येको एक भाग्यमानि जोडि हुन बिधान र सझौता । महाकवि देबकोटा ज्यू ले भने जस्तै हातको मैला सुनको थैला के गर्नु धनले साग र सिस्नो खाएको बेस आनन्दी मनले यहि भनाइको याद आउथ्यो उनिहरुको आनन्दीत जिवन देख्दा उनिहरुको अनुपंम खुसि देख्दा ।

समय आफ्नै गति दौडि रहन्छ । समयको बेग सगै उनिहरुको सृर्जना रुपी एउटी छोरीले पनि जन्म लिन्छीन । सझौता आमा र बिधान बाबा भए त्यति बेला उनिहरुको खुसिको अर्को सगरमाथा थपन्छि । दैनिक आकासिदै गरेको महंगी त छदैछ आफ्नो घर खर्च पनि बड्न थाले पछि त्यो सानो कमाईले कति नै धान्छ र त्यसैले बिधान बैदेशिक रोजगारमा जाने सल्लाहा गर्छन । कतारको भिस्स पनि मिल्छ र उ कतार तिर लाग्छ ॥

नयाँ ठाँउ नयाँ परिबेष नयाँ साथीहरु र नयाँ काम धेरै गाह्रो हुन्छ । उसलाई भाषाको पनि ठुलै समस्या हुन्छ । तै पनि यस्तो गाह्रोहरुलाई त पहिला देखि नै उसले सामना गरेकै थियो । सहदै झनै कठोर सघर्ष गर्दै गयो । एका तिर उसको टाउको भरी साहुको रिन थियो अनि अर्को तर्फ उसको आफ्नो श्रीमति सझौता र छोरी श्रृष्टिलाई सुखमा पाल्नु पनि थियो । राम्रो शिक्षा दिनु थियो एकै पल भए पनि सुखको जिवन जिउनु थियो । हण्डर त भने जति नै पायो तर उ पनि सजिलै हार्ने मान्छे थिएन । यसरी नै उसले आफ्नो दिनहरु बिताउदै गयॊ । एक दिन उ बिरामी भएर अस्पताल जादा एउटी नेपाली छोरी मान्छेलाई भेट्यो चिनजान भयो साधरण बोलचाल पनि भयो उसको नाम रचना रहेछ । पछि फोन बाट सम्पर्क हुन थाल्यो । अलि अलि गर्दा गर्दै उनिहरुमा आत्मीयता बड्दै जान्छ ।

भनिन्छ छोरा मान्छे को चरित्र पनि बुझि नसक्नु नै हुन्छ । अलि कति दुःखमा मनलाई धैर्यता र सुखमा मन सम्हाल्न नसक्ने यो छोरा मान्छे हरु नशिल छोरी मान्छेहरुको सामुमा फुटानी नगरे हन्छ । बिधानले आफ्नो सिता जस्तै श्रीमति जसले दुःखको बेला मा आफ्नो जिन्दगी नै दिएर साथ दिएकी थिईन आज कति सजिलै भुलेको होला र जसको लागी भनेर बिदेशियो आज उसले त उनिहरुलाई नै लाई बिसे्रर पराई छोरीमान्छेहरु सग मोज गर्न अघि एक पटक पनि सोच्न सकेन मेरो आशामा रात दिन तड्पिएर बसेको अर्धाङ्गगीणि सझौता पनि छिन भनेर । बिधनाले पनि छोरा मान्छेहरुको चरित्र माथी गरीने शंकालाई थप बल पुर् याएको छ । कमाएको पैसा उ सग हिड्दा र उसैलाई फोन गर्दा ठिक्क हुन्थ्यो सुरु सुरुमा त अलि अलि पैसा पठायो तर पछि पछि त पठाउनु नै छाड्यो उ त कुहिरो बिचको काग जस्तै रनाभुल्लामा फस्यो । दुबैले परदेशमा एकान्तको फाईदा उठाउने दाउमा अग्रसर देखिन्थे । यीनिहरु त केवल एकान्तको फाईदा उठाउन चाहान्थे बिदेश बसिन्जेल मनोरन्जन गर्न चाहान्थे । जसरी तसरी समय काट्न चाहान्थे ।

एक दिन रचनाले आफ्नो महिनावारी हुन छाडेको जानकारी बिधानलाई गराउछिन तर बिधानले त्यो कुरालाई त्यति गम्भिर लिदैन । एक दिन दुई दिन हुदै जव दुई महिना बित्छ । पेट पनि बड्दै जान्छ । कतारमा कडा कानुन भएको ले यस्तो कामलाई कुनै हालतमा मान्यता दिदैन । त्यसो भएकोले दुबै जनाले नेपालमा गएर गर्ब पतन गर्ने निर्णय गरे । दुबै जना नेपाल पनि आए तर नेपाल आए पछि रचनालाई गर्व पतन गर्न मन लागेन । हुन पनि आमाको आत्मा हो । महिनौ सम्म आफ्नो पेटमा मायाँ गरी पालेको आफ्नो रगतको आफै कसरी हत्या गनर्ं आट पनि आउछ र । त्यसैले उसले बिधान सग प्रर्थाना गर् यो बरु मलाई र मेरो बच्चालाई केहि गर्नु पर्दैन । म तपाईको जिन्दगीमा कहिले बाधक पनि बन्दिन तर म मेरो बच्चा जन्माउन चाहान्छु । यहि मेरो अनुरोध छ हजुरलाई भनि पाउ समाउन थालिन रुन थालिन कराउन थालिन । आफ्नो बच्चाको लागी आमाको यति धेरै पुकार सुनिसके पछि बिधानको पनि मन पग्लिएछ उसले पनि कर गर्न सकेन । त्यसैले गर्व पतन गराएनन । बच्चा जन्मीनु थियो जन्मियो । तर जन्मी सकेपछि सबैले कसको हो भनेर सोध्न थाले हाम्रो समाज यस्तै त छ आफ्नो आङको हाती नदेखे पनि अर्काको आङको जुम्रा भने परै बाट देख्छ । हुन पनि उनको श्रीमान परालोक भएको पनि १८ बर्ष भएको रहेछ । समाजले त सोध्ने नै भयो । सच्चाईको कसिमा रघेटिदा सत्य कुरा ओकाल्नु नै पर्छ । सारा सत्य कुरा भन्न करै लाग्यो । रचनाले सबै सत्य कुरा सुनाई दिईन । सबै गाउले हरु एक जुट भएर बिधानको घरमा भित्रयाई दिए यो जायन र मनासिपै पनि हो । जस्ले गल्ति गर्छ उसैले सजायको भोग्नु पर्छ । तर सामान्यतया हामी कल्पना पनि गर्न सक्दैनौ यर्थाथमा त्यो नै घट्ना घट्यो बिधान सझौता र रचनाको जिन्दगीमा । रचना जस्को घरमा भित्रिन पुगीन उ त आफ्नो आफ्नो छोरीे सझौता पो रहेछ । यो नमिठो सत्यको उद्घाटन जब हुन्छ सबै अवाक हुन्छन ।

नोट ः कथाले कतातिर मोड लिन्छ हेर्दै गर्नु होला भाग दुई ।
चकेन्द्र राई "कैदी"
Next page
Blog Widget by LinkWithin