कबि दीप्स् शाहजी लाई शुभकामना!


 
मैले हुन दीप्स शाह जीको पहिलो कृति आगोमा पनि आफ्नो छोटो मनभित्र आगोले उब्जाएको पाठकिय मन समेटेको थिएँ, आज आएर फेरी पुन: दोस्रो कृतीले झनै हर्षबढाई गर्न उत्ताउलो बनायो।
 
सर्बप्रथम उहाँकै सम्मुख रहेर धेरै कुराको सान्निध्यता महसुस गरेको छु। दीप्स् शाह प्रथमत मैले भन्नै पर्दा एक सारै सहयोगी, मिलनसार लगनशिल कबि वा साहित्यकार हुनुहुन्छ। उहाँको हरेक लगनशिलताका साथ  गरिएको साधनाको उपज हुन उहाँको साहित्य अहिलेको यो एटम रुपी दुई कृतीहरु। साहित्यभित्र एक अर्कै झंकार जो धरतीका बुँद बुँद पानी सँग अञ्जुलीमा कस्नु हुन्छ। पञ्च तत्व साक्षी राखेर सृजना गर्नु भएको आफ्नो कृती। यि कृतीहरु हरेक पाईलामा देखिने, भेटिने हरेक प्रकृती अनि प्रत्ययका & बिगत, बर्तमान र भबिष्यका सम्बाहक हुन। उहाँको कबिता र सृजनाहरु डायस्पोरा मात्र भनेर म अलग्याउन र अलम्ल्याउन चाहन्न, किनकी देश भरिको पिंडाको रातो लाभा बगेको छ। क्रान्तीभित्रको एउटा क्रान्ती छ कबिता भित्र। घर बाहिर बसेर सृजित फूल भएपनि उहि लेकबेंसीको गन्ध छ कबितामा, कबिता देशकी छोरी भनेर देशलाई शिरमा सजाउनुहुने कबि दीप्स शाह जीको मात्र डायस्पोरा भनेर भन्दिन। कबितामा हिटलरको कथा र कहानी छैन न छ यहुदीहरुको बृतान्त चित्र, सबै कबितामा देशकी छोरीको पाईलाले चाटेको अनुभवहरु बोलेका छन। उहाँको साधनाको लम्बेतानभित्र यसरी अटाएका छन:
 
"ड्याफोडिलको चहकमा गुनकेशरी बिर्सिएछु
म्यारिगोल्डको महकमा सयपत्री हराएछु
बदलिएछु खोइ म त कहाँदेखी!
उतादेखी यता लम्केछु
यता नपुग्दै कतै अल्मलिएछु
मकै भुलेर पप्कर्न चपाउँछु अचेल
जिब्रोले सम्झौता गरे जस्तो गर्छ
तर मन मान्दैन
हाँडीको तातो र माटोको गन्ध जो खोजी रहन्छ…….."
 माथीका प्रस्तुत हरफहरु…..
मुस्कानी फूलहरू
शिर्षक: बदलिएछु म त
पृष्ठ: ८०,
हो उहाँको पाईलाले जति फराकिलो धरती चुमेर अवस्था फराकिलो छ सिँगो यथार्थ त यो हो की सिंगो ब्रह्माण्डनै कबिमा समाहित छ,  दुईटै कृतीभरि देशको अस्थिपञ्जर अटेको छ। देशको अराजक स्थितीको चिन्तन मनन छ।
मुक्तीका सपना उनेर
क्रान्तीका लाल झण्डाहरु निर्बाध फहराइए
तर कस्ले जान्दथ्यो
झण्डाको मुलायम किनाराले
योद्दाहरुकै घाँटी रेटिरहेथ्यो…. रेटिरह्यो….
चुपचाप….. चुपचाप…….
 माथीका प्रस्तुत हरफहरु…..
मुस्कानी फूलहरू
शिर्षक: भूतपुर्ब योद्दा
पृष्ठ: ५०,
 कबि एउटा सर्जक भने उनिबाट सृजित सृजना, उनको सिद्दान्त र बिचार हो। सिद्दान्त भित्र हरेक मान्छे, समय र परिस्थितीसँग चल्न सक्ने क्षमताको उर्जा हुन्छ र हुनुपर्छ। दीप्स शाह आधुनिकताको मक्किएको खम्बाहरुलाई उखेल्दै उत्तरआधुनिक सृजनाको नौलो खम्बा स्थापना गर्न सक्ने क्षमतावान साधक हुनुहुन्छ।
……….
संस्कारको गरिबीमा
चिन्तनको दरिद्रतामा
स्वाँठहरुको जगजगी छ
बदमासहरुको चिच्याहट छ
त्यहिंनेर
भग्न आगनको डिलमुनी
केही आँखामा चमक छ
सँगै गुञ्जन पनि छ
स्वरमा सुरिलो पन छ
हो मन्द छ तर सत्य छ……………..
 माथीका प्रस्तुत हरफहरु…..
मुस्कानी फूलहरू
शिर्षक: त्यो आवाज मन्द छ तर सत्य छ
पृष्ठ: ६८,
 दीप्स् शाहजी द्वारा मनोबिश्लेषणलाई तिब्र रुपमा फराकिलो पार्दै कोर्नुभएको कबिताको गुजुल्टो भित्र त्यस्ता थुप्रै घटित वा हुने परिकल्पनापद्दति [ Imaginary order ] को पृथक मोडहरु छन।
\\मान्छे//
मान्छे
जे बोल्छ त्यो गर्दैन
जे गर्छ त्यो बोल्दैन
क्षणभङ्गुर हुन्छ फूलको याम……..
-माथीका lines….
मुस्कानी फूलहरु
पृष्ठ-३९
शिर्षक; मान्छे
दीप्स् शाह लाई जटिल, प्रयोगशील, बौद्दिक र सौन्दर्यपुर्ण अभिब्यक्ति बढी मन पर्छन। मेरो नजरमा दीप्स् शाह एक स्वच्छन्दताबादी कबि हुनुहुन्छ।  कबिता भित्र कुतत्वको बिद्रोह, बिचारका उत्खनन, प्रणयका अग्ला-अग्ला चुचुरा भेटिन्छन।   
 ओ! यादहरु हो
आओ!
छातीको छेऊ दुखाएर जाओ
भो सक्दिन सुक्न अझै अरु
यि शुष्क परेली भिजाएर जाओ……
मुस्कानी फूलहरु
पृष्ठ : ८६
 
यसै गरी कबिका आफ्ना यात्रा सुगम रहुन यहि भन्दै मेरो दुई शब्द शुभकामना भेट र आगमी कृतीको हार्दिक उत्तारोत्तर कामना।
 

कबि दीप्स् शाहजी को छोटो बिबरण:
उहाँका कृतिहरु:

 प्रसून [साहित्यिक संगालो २०६२]
आगो [ कबिता संग्रह २०६७, दो सं, २०६८]
मुस्कानी फूलहरु [कबिता संगह २०६९]
[बिभिन्न सामुहिक कृतिहरु लगायत पत्रपत्रीका वेबपेजहरुमा फुटकर कबिता, कथा, गीत, मुक्तक, गजल र स्तम्भ लेखन प्रकाशित]
 

संलग्नता:

अनेसास आजीबन सदस्य
साहित्य सञ्जाल नेपाल आजीबन सदस्य
अनेसास ईजरायल च्याप्टर सचिव

पुरस्कार सम्मान:

 -जिल्लास्तरिय नारी दिवस बक्तृत्वकला' प्रथम पुरस्कार[२०५६]
-वाग्मती अञ्चल स्तरिय बक्तृत्वकला' तृतिय पुरस्कार[२०५८]
-अनेसास ईजरायल च्याप्टर बाट अभिनन्दित[२०६७]
-नई गणेशदुर्गा पुरस्कार [२०६७]
- अनलाईन लिटरेचर डटकम पुरस्कार तथा सम्मान [ कबिता मार्फत सन् २०११]

प्रस्तोता: बिजे "बिद्रोही"

कथा


:- टुकुचा, मुसो र मुरलीवाला
 मध्य युग तिर जर्मन, सैक्सनीमा प्रचलित किंवदंती अनुसार  हेमेलेन शहर निवासीहरुलाई मुसाहरुले साह्रै दुख दिएका थिए । खेत बारीका आन्न पात नष्ट गर्दै सडक, खाना खजाना ढिकुटी लगायतका ठाँउमा मुसाको सासन थियो । केटाकेटी सर्वसाधारण हैरान थिए । हुँदा हुँदा घर भरी जता ततै, ओछ्यान र लगाउने लुगा कपडा  कोटका गोजीमा समेत मुसाहरु ब्याप्त थिए । मुसाको बिगबिगीका कारण शहर विपत्तिपूर्ण अवस्थामा थियो । मान्छेका अमन चयन लुटिएका थिए । यो महामारीको समाधान खोज्ने क्रममा एउटा बहुरंगी भेषमा देखापरेको 'मुरलीवाला'ले आफ्नो चमत्कारी धुन बजाउदै सारा छुद्र मुसाहरुलाई वैज नदीमा लगेर बगाइदिएको थियो । इत्यादी,,,,,,

त्यसको झन्डै साडे सात सय वर्ष यता एकाइसौं शतकमा आइपुग्दा पनि हामी कहाँ सामाजिक र राजनीतिक रुपले जनतालाई हैरान बनाउने भद्र मुसाहरुहरुको उस्तै बिगबिगी देखिन्छ ! एकथरी लोकतन्त्रका हिमायतीहरु कतै बिद्रोह, कतै धम्कीको भाषा बोलेर देशमा बिद्यमान परिस्थितीलाई झन चर्काउदै लादै छ्न भने अर्कातिर नेपाल हिन्दु राष्ट्र हुनुपर्ने माग सहितको रथारोहण, पूजा अर्चना हुदै आएका छ्न । जिम्मेवार ब्यक्त्तीहरुबाट नै यस्ता विभिन्न अभिव्यक्ति आउनु र ताना-तान, हाना-हानका जात्रा रुपी घटनाक्रमले लोकतन्त्रको भविष्यमाथि आम चिन्ता- शंका हुनु स्वभाविक नै छ । यस्ता खराब र मै मात्र हुँ भन्ने हठी प्रवृत्ति (हेमेलेनको बिकराल समस्या मुसा भए जस्तै) लाई कुनै चमत्कारी मुरलीवालेको धुनले स्वात्तै बगाउन पाए वाह !! कति सुन्दर शान्त अनि सम्पन्न हुन्थ्यो होला हाम्रो देश  नेपाल !!


कथा अब सुरु हुन्छ ।
टुकुचा, मुसो र मुरलीवाला
घाम डुब्नु अघिको हतारो चटारो बोकेर पुतली सडक बगिरहेको थियो आफ्नै तालमा । म घर जाउ कि कतै जाउको ह्याम्लेट सिन्ड्रोमबाट दोधार भैरहदा एकै क्षण टुकुचाको पुलमाथि उभिन पुगे । सानो पुल मुनि शहरका सारा गन्धको सास्ती खेपेर मुस्किलले बग्दै गरेको टुकुचा खोलोको(!?) गंध ग्रहणले मेरो नाक अष्ट बक्र जस्तै भयो । खोलाको धर्म रित्तिएर मुस्किलले बगिरहेको त्यहि कालो पानीमा भर्खरै चार तले घरको कुनै झ्यालबाट फु'''''त्त फालेको फोहोरको पोकोसंग केहि भुस्या कुकुरहरु लड्डी खेलिरहेछ्न । त्यहाँ त्यसरी नै फालेका र बग्न नसकेका थुप्रै फोहोरका पोकाहरु नजिकै रहेको प्राज्ञिक प्रतिष्ठान सम्म दुर्गन्ध फैलाउन सफल भएका छ्न ।  अनि धुलो, धुँवा र दगुर्ने साधनका अनियन्त्रीत ध्वनिले पुतली सडक, टुकुचा आस पासको वातावरण वास्तवमै कुनै विपतकालिन क्षण जस्तै लाग्छ ।


यसै बीच पुलको एक कुनामा फोहोर र प्लास्टिकको झोला भित्र केहि सानो प्राणी चटपटाएको भान हुन्छ । नियाल्छु, त्यहाँ एउटा डुहुरे मुसो जीवन मृत्युको दोसाँधमा छटपट्टीरहेको थियो । उसको शरीर शिथिल थियो । सधैं जस्तो अन्य प्राणीबाट सरपट ठोक्न सक्ने तागत थिएन उसमा । उ निरिह बनेर मृत्यु पर्खिरहेको थियो । त्यहि बेला कुदिरहेको मोटर बाइकको चक्काबाट एउटा ढुङ्गा बतासिएर मुसाको छेउ हुदै टुकुचामा खस्छ । मुसाले कुनै प्रतिक्रिया जनाउदैन । मृत्युको अन्तिम सास फेरिरहेको बेला त्यस्ता धक्काहरुले सायद असर नगरेको हुन सक्छ उसलाई !
कतै चोट नलागेको त्यो मुसालाई पक्कै पनि कसैले विष खुवाएर मरो भन्ने भानमा फालेको हुनुपर्दछ । जिज्ञासाका साथ छेउमा बसेर छाम्छु शरीर, अझै तातो छ, चल्दै छ उसको ढुकढुकी । मानव स्पर्शको अनुभुत गरे पछि उसले साउती मार्यो र भन्यो:-

" मेरो सानो यो पेटको खातिर मैले तिमीहरुका अन्न खाए हुँला, निजी - सरकारी बैंकका ढिकुटीमा पसेर मनोमानी उपद्रो पनि गरे हुँला, सिंहदरवार जता ततै गुड बनाए होला, अगणित बच्चा हुर्काए होला । सीमाना वारि-पारी सुरुङ्ग खोलेर तथाकथित मेलोमेसो पनि गरे हुँला ! मलाई देखेर  सर्वसाधारण, केटाकेटीहरु भयभीत, अनि अशुरक्षित पनि भए होलान तर मैले के अपराध गरे? के विराए त्यस्तो जुन तिमी मनुष्यहरुले गरेका छैनौं !  भन त?
तिमीहरुले जे गर्यौ, जे गरिरहेका छौं त्यसै गर्दा मलाई विष दियौं "!
वास यत्ती बोल्यो घाइते मुसो !!
मुसाको क्रन्दनले म अलमलिए । के सहि के झुटो ! बिना जबाफ उभिए र नियाले वरिपरी, सुर्यास्त संगै रंगीन हुदै गैइरहेको छ पुतली सडकको परिवेश । आफ्नै सरोकार, राग अनुरागमा लिप्त छन मान्छेहरु । सडकको पल्लो पट्टी रहेको 'भुँइ रेष्टुराँ तथा वार'मा तरुनीका अट्टोहाँस र कालो पदार्थ खाएको मान्छेको बैस उत्तिकै मात्तिएको सुनिन्छ । गाँउमा जस्तो किलोमिटर टाडा देखि कसैको आवाज सुनेर भुक्ने कुनै भोटे कुकुरको भुक भुक भुक भुक आवाज सुनिदैन यहाँ । शहर निस्फिक्री छ दिन दहाडै मातेर । साँडा बाँचेर !

  पुन एकपट मुसामा नजर लगाए, उहि विलौनाको आवृत्ति भयो मस्तिष्कमा । लाग्यो यदि हामी कहाँ पनि हेमेलेनको जस्तै जादु गर्ने मुरलीवाला हुँदो हो त उसको चमत्कारी धुनमा यी खराब प्रवृत्तिका मानव मुसाहरुलाई, आरोप प्रत्यारोपका बखेडियाहरुलाई कतै बागाई दिनु हुन्थ्यो ! र महामारीबाट मुक्तिको सास फेरेको हेमेलेन शहर जस्तै हामी कहाँ पनि राष्ट्रीय चेतना सहित सगौरव उल्लासमय बाँच्न पाइन्थो कि !! मंत्रमुग्ध पार्ने त्यो चमत्कारी धुन, ( सायद त्यो बीन बाजा जस्तै जस्तै हुनुपर्छ, केहि फरक मिश्रणमा )  अनि खोजिरहेछु मुरलीवा'ला, खै कहाँ हुन सक्ला र त्यो?!
कुराले भाँड भैलो मच्चाईरहदा पुन एक सभ्य नागरिकले तिन तला माथिको कुनै झ्याल उघारेर यताउता पल्याक पुलुक हेर्यो अनि उस्तै फोहोरको पोको टुकुचामा हुत्यायो र हत्तपत्त बन्द गरो फग्ल्याटो ! यो पटक त्यो फोहोरको पोको त्यहि घायल मुसामाथि बजारिन्छ र संग सँगै खस्दछ टुकुचामा ।


उत्सव नेपाल
सिक्तेल भोजपुर
हाल: क्याणडा




कथा

प्यारी संगीनीको अन्तिम जीवन यात्रा

समय र बाध्याताले मानिसलाई कहाँ कहाँ पुर्याउँदो रहेछ । नसोचेको,नपुगेको,नसुनेको ठाउँमा पुग्नु पर्ने रहेछ । नभोगेको,नगरेको काम गर्नु पर्दो रहेछ । आज म सात समुन्द्रपारी पुगेर खुल्ला आकाशमा उड्न नपाएकी चरी पिंजडामा छट्पटिए झै जिन्दगीको सुनौलो दिनको कल्पना गर्दै ,खोजी गर्दै  यो बिरानो देशको बिरानो  शहरमा छट्पटी रहेछु म एक नारी हुँ, नारी भए पनि पुरुष सरह कर्तब्य र जिम्मेवारी बोकेकीछु । हरेस खान जानेकी छुईन त्यसैले जिन्दगीमा  दे,समाज,परिवार र आफ्नो निम्ती केही गरेर मरौ लागि रहेको छ ।
आज र्इजरायलमा मुटु नै चुडीएला झै धेरै जाडो बढेको ,एकैछिन नरोकी बर्षात भै रहेछ। हावा,हुन्डरी,तुफान चलिरहेको  छ। र पनि मलाई भने  पश्चिमतिरको झ्याल बिस्तारै खोलेर समुन्द्रतिर आँखाहरु हुत्याउँन मन लाग्छ। समुन्द्रका छालहरु सामुन्द्रीक आँधी आए झै बिशाल अनगिन्ति छालहरु उर्लिएर ढुङ्गामा ठोक्कीदै फर्कन्छन् मलाई त्यो सुन्दर दृष्यले  लोभ्याउँदा उतै दौडीएर जाउँ झै लाग्छ ।त्यही छालको छल्कोसंगै रमाउँ झै लाग्छ। किन हो किन आज अत्यान्तै रमाईलो महशुस भै रहेकोछ।तर यस्तो रमाईलो वातावरण हुँदाहुँदै पनि हावा हुन्डरीसंगै घनाघोर बर्षात भएकोले एक्कासी  मेरो छाती चसक्क घोच्यो।अनायासै मेरो बालापनको झझल्को यि आँखा वरीपरी नाच्न थाल्यो।म सानो छँदा बर्षात असाध्यै मन पराउँथे।जब आकाश गड्याङगुडुङ गरेर झरी पर्न थाल्थ्यो तब म हतार हतार लुगा खोलेर मेरी साथी तारालाई बोलाई हामी दुई पानीमा रुझ्न थाल्थिउ।उनीसंग बिताएको ति क्षण अब मेरो निम्ती सम्झना मात्र बनेको छन।सायद उनी यतैकतै आँधी हुरी भएर मेरै वरीपरी होलीन भन्ने भान भैरहेकोछ।त्यो समुन्द्रको छाल हुन्डरीले हुईक्याएर पानीको छिटा चिसो मेरो अनुहारसम्म आईपुग्दा म झस्किए।अनि हतार हतार झ्याल बन्द गरे। ढुकढुकीको तेज एक तमामले बडीरहयो।

 मलाई लाग्छ दुख र सुख ,मिलन र बिछोड,रुनु र हाँस्नु नै जिन्दगीको संगम हो।तर यिनै जिन्दगीमा सुखदुखका कुईनेटाहरुसंग सम्झौता गर्न नसक्दा मानिसले आफ्नो जिवनलाई कलङकीत बनाउँछन् ।मृत्युको मुखमा पुर्याउँछन  र आत्महत्या गर्दछन |

आज यस्तै कुराहरुले मलाई धेरै पोलि रहेकोछ।यो मनमा त्यसै उकुसमुकुस भैरहेको छ।मेरो बाल्यकालको संगिनीको धेरै याद आर्इरहेको आज | संगसंगै एउटै आँगनमा खेलेर हुर्केका हामी, उनले यति अमुल्य  जिन्दगीलाई चिन्न ,बुझ्न र सम्झौता गर्न नसक्दा जीवन यात्रा नै अन्त्य गरीन् ।
 
आज म उनीसंग बाल्यकाल बिताएका क्षणहरु यसरी  सम्झिदैछु।

जबदेखी मलाई बाल्यकालको स्मरण छ त्यही बेला देखी हामीसंगै हास्दै,खेल्दै,नाच्दै,झगडा गर्दै हुर्किएका थियौ | त्यो समय कति रमाईलो थियो।त्यो बालापनको आनन्दमय पलहरुमा | हामीसंगै स्कुल जान्थ्यौ र फर्कन्थ्यौ | दिनमा एक चोटी हामी झगडा गरेकै हुन्थ्यौ | एकैछिन भेट भएनौ भने खोजाखोज गर्थ्यौ  र एकै छिनमा मिल्थ्यौ | हामी सारै झगडालु भएकोले दशैको साईत पारी आमाबाबाहरु मिलेर हामीलाई भालु मित लगाई दिएका थिए | यसरी नजानिदो तरीकाले हामी मितीनीको सम्बन्धमा बाधीयौ र त्यसपछी भने कहिल्यै झगडा गरेनौ | हाम्रो उमेर पनि लगभग आठ बर्षको भएको थियो | सारा सारै राम्री थिईन, उन्को आमा जातमा बाहुन थिईन र बाबा प्रधान भएकोले सबैले ठ्याम्बर भएकोले सारै राम्री भएकी भन्थे | उन्लाई हेर्दा पुरानो फिल्म की हिरोईन स्वर्गिय नबिना श्रेष्ठ जस्ती देखिन्थिन |उन्लाई सबैले जिस्काएर नबिना भनी बोलाउँथे | हामी एउटै उमेरका थियौ | केही महिनाले मात्र उनी म भन्दा ठुली थिईन |पढ्नमा ज्यादै तगडा र खेलकुदमा पनि ज्यादै ईच्छुक थिईन | प्रत्येक सालको  महिला दौडमा उनि नै प्रथम हुन्थिन।दौडको पुरस्कार उन्कै हातमा हुन्थ्यो | म भने खेलमा ईच्छा भएर पनि खेल्न सक्दिन थिए |हाजिरी जवाफ र बादबिवादमा मात्र भाग लिन्थे | हाम्रो घरबाट स्कुल पुग्न लगभग पचास मिनट हिडेर जान लाग्थ्यो |बाटोभरी हास्दै,चल्दै,खेल्दै जाने आउँने गर्थिउ | राम्रो फिल्म हलमा लाग्यो भने स्कुल नगईकन भागेर सिनेमा हेर्न पुग्थ्यौ | शनिबारका दिनहरुमा चारकोसे झाडीमा कुसुम टिपेर खान पुग्थ्यौ | दिनभरी जङ्गलमा रमाईलो गरेर साँझपख घर फर्कन्थ्यौं | कहिलेकहि त बाबाआमाको पिटाई पनि खानु पर्थ्यो खेदाउँनु हुन्थ्यो अनि भाग्थ्यौ |उनि संगको बाल्यकाल लगभग दश बर्ष यसरी नै  रमाईलो गरी बित्यो |

समयको अन्तरालसंगै बड्दो उमेर हामी चौध बसन्तको खुड्किलामा हिड्दै थियौ।उनिसंगको त्यो रमाईलो क्षण ,त्यो रमाईलो दिन सायद दैबलाई पनि पचेन होला।हामीलाई समयले,बाध्यताले,परिस्थितीले यसरी छुट्याई दियो धेरै टाढा टाढा।तर हामी टाढा रहे पनि तन,मन,चाहनाले नजिक थियौ र बारम्बार पत्र मार्फत भेट भै रहन्थ्यौ।म बर्षमा एक पटक गाउँमा आउँथे।अनि सबैभन्दा पहिले उनिलाई नै भेट्थे।अनि उहि पुरानो हर्कतहरु दोहोर्याउँने गर्थ्यौ सिनेमा हेर्न जाने,मिठा मिठा कुरा गर्ने गर्थ्यौ |र फेरी म फर्कने बेलामा छुट्न उस्तै गार्हो हुन्थ्यो | आफ्नो घर जानु दुईचार दिन अघिबाट नै  उनको मेरो रुवाई सुरु हुन्थ्यो। हामी धेरै रुन्थ्यौ

सोह्र,सत्र बर्षकी हुदै गएपछी    उनी झनै स्वर्गकी परी जस्तै देखिन्थिन | भनेर साध्य नै छैन,जो कोही केटाहरु उनलाई देखेर  भुतुक्कै हुन्थे  | कैयौ प्रेम प्रस्तावका पत्रहरु आउथे |अघीपछी केटाहरु बोल्नलाई तात लाग्थे उनि त्यति राम्री थिईन | बिवाहको लागी पनि धेरै  प्रस्ताबहरु आउँन थाल्यो | तर उनि पढाई सकेर मात्र बिवाह गर्ने लक्ष्यमा थिईन |

साराले  एस्.एल.सी. पास गरेर मेची क्याम्पसमा भर्ना भएकी थिईन………

बिहान कलेज जाने र साँझपख घर आउँने गर्थिन।एक छोरा एक छोरी मात्र थिए।सुखी परीवार थियो बाबा ईलाममा शिक्षकको जागिर गर्नु हुन्थ्यो।घरमा तारा उनकी आमा र दाजु बस्दथे। एक दिनको कुरा हो सारा कलेजबाट आउँदै थिईन।बाटोमा आफ्नै गाउँको भुलनसंग भेट भयो।भुलनले मिठो हाँसोको साथमा सारालाई बोलायो। साराले पनि मुस्कुराउँदै मिठोसंग बात गरिन सारा भुलनसंग नजिक हुन चाहदिनथिन किनकि भुलनको राम्रो बानी,नियत थिएन।बिचरीलाई के थाहा त्यही भुलनले उस्लाई मन पराएकोछ भनेर।भुलन ज्यादै फटाहा थियो । गुन्डा गर्दी गर्थ्यो । तास,जुवा,जाड्,रक्सी,चुरोट,बिडी सबै चिजको सेबन गर्थ्यो। भुलनले यसरी सारालाई एकाएक उस्को मनमा लागेका कुराहरु दिनहुँ गर्न थाल्यो | सारा म तिमीलाई मन पराउँछु, माँया गर्छु , म तिमीलाई बिवाह गर्न चाहन्छु । तिमीलाई म यो कुरा धेरै अगाडीबाट भन्न चाहेको थिए तर समय नमिलेर भन्न सकिरहेको थिईन। तिमीले मेरो कुरालाई अस्विकार नगरी देउ।म सच्चा दिल देखी नै चाहन्छु, मायाँ गर्छु।यस्तो कुरा सुनेर सारा छाँगाबाट खसिन अनि उन्ले भुलनको कुरालाई बिस्तारै साहश गरेर अस्विकार गर्दै गईन | स्विकार पनि कसरी गर्लिन भुलन जस्तो एक चरित्रहिन ब्याक्तीसंग । जो कोहीले आफ्नो जीवन सुम्पन सक्दैन थियो।
तर साराले जती अस्वीकार गरे पनि भुलनले आफ्नो जिद्दी भने छोडेन।  साराले पटक पटक उस्को कुरालाई अस्विकार गरे पछी भुलनले आफ्नो रिस र धम्की देखाउँन थाल्यो। राम्रोसंग तिमीलाई भन्दा मानेनौ भने म जे गर्न पनि सक्छु |आजबाट कोहीसंग बोलेको,हिडेको देखे भने राम्रो हुने छैन भनी सारालाई बारम्बार  धम्क्याउँन थाल्यो | साराका आमा बाबालाई पनि गएर भुलनले त्यही भन्थ्यो | सारालाई कोही केटासंग बिवाह गरी दिने कोशीस गरेमा राम्रो हुने छैन | यदी गरी हाल्यो भने म दुबैलाई मारेर जेल जान्छु | मलाई मेरो ज्यानको प्रवाह छैन,यस्तो धम्की दिए पछी साराका बाबाआमा छक्क पर्थे र डराउँथे पनि | नडराउँन पनि कसरी र ? उस्ले कैयौ पटक जेलनेल भोगी सकेको थियो।उस्लाई कुनै कुरासंग डर हुदैन थियो।उस्ले चाहेको कुरा जे गरेर भए पनि प्राप्त गरेरै छोड्थ्यो।फटाहासंग कसैको केही नलाग्दो रहेछ।

त्यसपछी साराले पुलिशमा रोपोर्ट गरीन | पुलिशले पनि कैयौ पटक चौकीमा थुनेर हार खाएका थिए।उस्लाई फेरी लगेर थुनामा राखे केही दिन र छोडी दिए। गाउँका समाजहरुले भुलनलाई हदसम्म सम्झाउँने प्रयास गरे तर पनि उस्ले कान ठाडो लाएन | त्यस पछी साराका बाबाआमाले त्यो गाउँठाउ छोड्ने बिचार गरे। उनीहरुको पुर्खौली घर दार्जिलिङ् थियो र उतै जाने निर्णय गरे | तर सोचे जस्तो कहाँ हुने रहेछ र ? उनिहरुको घर जग्गा कैयौ प्रयास गर्दा पनि बिक्री गराउँन सकेनन | अनेकौ गर्दा पनि उनिहरुले सोचेको काम पुरा भएन | सारा बडो पिरमा परेकी थिईन|उन्को अनुहारमा मुस्कान हुदैन थियो | दिन रात भुलनको डर त्रासमा साराका दिनहरु बित्थ्यो | हुदाहुदै एक बर्ष पनि बित्यो |

एकदिनको कुरा  सारा धरान आफन्तकोमा गएर फर्कदै थिईन।बिर्ताबजार देखी तल बिराट पोखरामा आई पुगेकी थिईन| त्यहाँ अलिकती एकान्त चिया बगान छ।अचानक भुलन त्यहाँ देखा पर्यो। सारा एक्लै थिईन डरले भुतुक्कै भएर बोल्नै सकिनन।र भुलनले भन्यो सारा तिमीलाई राम्ररी बाबा आमा संग तिम्रो हात मागेरबिवाह गर्छु भन्दा मानिनौ लौ अब मसंग हिड म यहाँ तिमीलाई नै पर्खी रहेको हुँ।यदी चिच्याउँने,पुलिश बोलाउँने चेष्टा गरेउ भने राम्रो हुने छैन| किनकी तिमीले मलाई राम्ररी चिनेकै होला हैन ? सारा छक्क परीन।न उनी त्यहाँबाट उम्कनै सकिन न केही गर्नै सकिन। आखिर भुलनले आफ्नो कब्जामा बनाएरै छोड्यो। त्यस्को केही दिन अघी मात्र भुलनले उन्लाई बिहे गर्ने कुरा गरेको थियो। तर साराले म बिहे नै गर्दिन भनेकी थिईन। त्यहाँ साराको केही लागेन | उन्लाई जबरजस्ती अपहरन गरेर भुलनले लग्यो | यहाँ लग्यो भनेर पत्तै नलाग्ने ठाउँमा | एक महिनासम्म पुलिसको, गाउँलेहरुको सहायता लिएर उन्का बाबाआमाले खोजतलास गरे तर केही पत्ता  लागेन |कही  पनि भेट्न सफल भएनन | एक महिना बिती सके पछी उनिहरु आफै गाउँमा आए | बाबा आमाले छुट्याउँने प्रयाश पनि धेरै गरे तर सारा मानिनन  | किनकि उनले सम्पुर्ण आफ्नो नारी अस्तित्व गुमाई सकेकी थिईन  | दानबरुपी त्यो भुलनसंग सारा बच्न पनि कसरी सक्लिन | उनले भुलनसङ्ग छुट्नुको कुनै अर्थ थिएन | सारा आफ्नो जिन्दगीलाई धिक्कार्दै धेरै धेरै रोईन ,कराईन,चिच्याईन | अन्त्यमा उनले मेरो भाग्य नै यस्तै रहेछ भनेर चित बुझाईन र भुलनलाई स्विकारीन । छोरीको बाँकी जिबन के होला कस्तो होला भनेर उन्का बाबाआमा पनि धेरै धेरै रोए
साराले धेरै कुराहरु सोचिन मलाई साचो माया गर्छ भने मैले भनेको पनि भुलनले  मान्नु पर्छ | जति नराम्रो काम आजसम्म गरे पनि अबबाट यि कामहरु म गर्न दिने छैन भनि साहश गरीन | त्यहि दिनदेखी उन्ले ति सारा जाड,रक्सि,जुवा,तास,गुन्डा,गर्दिबाट मुक्त गराउँनलाई आफ्नो प्रयास सुरु गरीन |
हुदाहुदै अठार महिना बित्यो उनिहरुबाट एक छोरा पनि जन्मियो नितेस

तर साराको प्रयास भने सफल बनेको थिएन  | भुलनको घरको अवस्था पनि कम्जोरी थियो | उनि सानो नानीसङ्ग काममा ज्यादै खट्थिन| ,भुलन बिहान हिडे पछी साझमा मातेर आउने अनि झगडा गर्ने,रात भरी कराउने गर्थ्यो | उनीहरु बिचमा बर्षौसम्म यस्तै क्रम चली नै रह्यो। हुँदाहुँदै  सात बर्ष पनि बितेछ| उनिहरुको तिन सन्तान भै सकेको थियो नितेस, निरुता, निस्मा शुन्दर बच्चाहरु थिए गुडिया जस्ता तर भुलनलाई बच्चाहरुको वास्ता थिएन | उ त खाली साँझमा घर आयो सारालाई मन परी भन्ने,अनि पिट्ने ।जब उ मातेर घर आएको थाहा पाए पछी सारा  आफ्नो साना नानीहरु लिएर छिमेकी घरमा साहरा लिन पुग्थिन |अर्काको साहरा पनि कतिन्जेल लिनु, बिचरीले | यसरी अत्याचार भए पछी त छिमेकीले पनि वास्ता गर्न छाडे  दिक्क भएर  | वास्ता पनि कति गर्नु एक दिन हैन दुई दिन हैन दिनहुँ, कति कचहरी बस्नु ,कति पुलिश लाउँनु | अब भने साराको घरमा जतीनै झगडा भए पनि छिमेकीहरु कान थुनेर नसुन्ने भै ढोका थुनेर सुत्थे |

उनको शरीरमा सबै निलडाम मात्र हुन्थ्यो |कही बाहिर जानु पर्यो भने पछ्यौरीले मुख छोपेर हिड्थीन् |नछोप्नु पनि किन ? बिचरीको अनुहार देखाई नसक्नु निलैनिल हुन्थ्यो | साराले भुलनलाई सुधार्न बर्सौ कोशीस नगरेकी हैन तर उ कहिल्यै  सुधारिएन |अत्याचारको पनि सीमा पो हुन्छ त | यसरी अत्याचार अन्त्य नभए पछी यातना खप्न नसकेर बिस्तारै साराले पनि लत्ता छाड्दै गईन  |उन्ले पनि बिस्तारै बिस्तारै रक्सी जाडको सेवन गर्न थालिन | हुदाहुदै भुलन र सारा बराबर रक्सी पिउन थाले | टन्न रक्सी जाँड पिएर साराले आफ्नो गतिमति इज्जत सबै बिर्सन थालिन | उनि बेहोश बनि आफ्नो पिडा भुल्न चाहन्थिन | यो अवस्थामा उनीलाई मैले धेरै पटक भेट्टाए।कुनै बेला त उन्ले मलाई पनि चिन्दिन थिईन। अनि म सम्झाउँदै भन्थे साथी यसरी रक्सी पिएर समस्याको समधान हुदैन | मेरो कुरा मान्नु हुन्छ भने भुलनसंग पारपाचुके गर्नु होस।आज सम्म जति हुने कुरा भयो तर अबको बाँकी जीवनमा परिबर्तन ल्याउँनु होस।यो बच्चाहरुको भबिस्य राम्रो चाहनु हुन्छ भने रक्सी पिएर हुदैन।सबै भन्दा पहिले आफुले राम्रो बाटोमा हिड्नु पर्छ।अनि मात्र नानीहरुलाई हिडाउँन सकिन्छ |

मेरो कुरा सुनेर रुदै भन्छिन यि साना नानीहरुलाई छोडेर म कही जान सक्दिन।म कहाँ जाउ ? र उस्को पासमा छोड्न पनि सक्दिन।फेरी म जहाँ गए पनि मलाई खोजतलाश गर्छ।मुर्ख छ घमन्डी  छ।के गर्नु मुर्खको लागी कानुन पनि नहुदो रहेछ।केही पनि नहुदो रहेछ। भर पनि नहुदो रहेछ |
पारपाचुकेको बारेमा उन्लाई केही कुरा सम्झाउँदै बुझाउँदै पुन भने साथी नानीहरु उस्कै साथमा छोड्नु पर्छ भन्ने छैन यस्मा नियम हुन्छ।भुलनको यो स्थिती हेरेर कानुनले उस्को साथमा बच्चा छोड्ने आदेश नै दिदैन।तर अहिलेको तपाईको यो स्थितीमा तपाईको साथमा बच्चा दिन पनि कानुन असमर्थ हुन्छ किन की तपाई पनि पुरै नशाको साहरा लिन तल्लिन हुनुहुन्छ।यदी तपाई चाहनु हुन्छ भने पहिले आफुलाई यो नर्कबाट बाहिर ल्याउँनु होस|  त्यस पछी आफै समस्याको समाधान हुदै जान्छ। यस्मा सक्दो सहयोग गर्नेछु |

मेरो कुरालाई बेवास्ता गर्दै उनि भन्छिन साथी म टन्न पिउछु |अनि मेरो सारा  दुखाईका दर्दहरु, पिडाहरु भुल्छु | यि साना साना लालाबालाको मायाले गर्दा मरी हाल्न पनि सक्दिन | बाँचेर पनि केही गर्नु सक्दिन ।म जस्तो बेसहरालाई कस्ले मद्दत गर्छ।यो मसिना नानीहरुलाई कसरी मैले एक्लै पढाउँनु, हुर्काउँनु केही मेरो आयस्रोत नै | त्यसैले छोडी दिनु होस साथी यो कुरा, मेरो जस्तो हालत त्यही मलाई बाँच्न दिनु होस।
उन्का शाहस बिनाका कुरा सुनेर म हैरान हुदै भन्छु।हिम्मत हार्नु हुदैन साथी केही गर्छु भनेर आँट गर्नु पर्छ।सबै मानिसको आचरण उस्तै हुदैन।सहयोगी हातहरु हुन्छन।गरिब निमुखाकोलागी बिभिन्न संघ संस्थाहरुछन।भुलनसंग पारपाचुके गर्ने निर्णय मात्र गर्नु होस।तपाईको निम्ती म जुट्नेछु। तर मैले दिएको सल्लाह सुझाबमा उन्ले खासै चासो राखिनन।

 समय सङ्गसङगै मानिसको जिन्दगी यसरी परिबर्तन हुदोरहेछ | तर मैले कहिल्यै सोचिन,त्यति राम्री मेरी सङ्गीनी स्वर्गकी परी भन्दा कम थिईन | हेर्दाहेर्दै उन्को रुप यसरी बदलिन्दै गयो | रातदिन बुडाको कचकच, पिटाई, मसिना बालबच्चा, रक्सीको रिएक्सनले होला | दिनदिनै काली, काली, हाडी जस्ती हुदै गईन | जो कोही पहिले देखेको मान्छेले उनिलाई ठम्याउन गार्हो हुन्थ्यो  | उन्को दिमागले काम नगर्ने अर्ध पागल जस्तै भै सकेकी थिईन। म सङ्ग भेट हुदा सारै रुन्थिन, जिन्दगीमा भोग्नु परेका सारा बेदना सुनाउथिन । भन्ने गर्थिन कतै म मरी गए भने त मेरो नानीहरुको ख्याल गर्नु है ।ति सारा कुराले मेरो पनि सारै मन रुन्थ्यो | मनमनै भन्थे के गर्नु साथी मैले दिएकी सल्लाह पनि मान्न मन्जुरी भईनौ। राम राम पो भन्न सक्छु काँधै हाल्न कहाँ सक्छु

दशै आउँन लागेको थियो।मानिसहरुको गाउँघरमा चहल पहल छ।बजारहाट जाने मालसामन किनमेल गर्ने,घरको रंगरोकन सजीसजावट गरी रहेछन।सबैको मुहारमा चाडको उज्यालो छाएको छ।तर पनि आज आकाश खुलेको छैन।पानी पर्ला जस्तो भएको छ।आकाशमा जताततै कागहरु रमाउँदै कराई रहेछन। साराले नानीहरुलाई मिठा मिठा खानेकुरा बनाएर खान दिईन | राम्रा राम्रा कपडा लगाई दिईन र नानीहरुलाई स्कुल जाने आधा बाटोसम्म पुर्याउन गईन। अनि आँखा भरी भरी आँसु बनाउँदै उनीहरुलाई आँखाले भ्याउन्जेल हेरी पठाई | नानीहरु स्कुल गैसके पछी  उनी फर्केर घर आईन।भुलन पनि घरमा थिएन। साराले घरको भित्र पसी दैलो थुनेर बिष पिईछिन कसैले थाहा पाएनन।बिहानको साडे नौ बजे बिष पिएको, दिउँसोको तिन बजे भुलन घर आउँदा मात्र बल्ल थाहा भयो। सारा बेहोस भै सकेकी थिईन।उस्लाई हतार हतार गाउँका सबै भेला भएर मेची अस्पताल भद्रपुर लगीयो तर उन्लाई बचाउन सकेनन।उनले यसरी अत्याचारलाई खप्न नसकेर सधैको लागी आत्महत्या गरेर  आफ्नो जीवन यात्रा समाप्त  गरीन ....
आज आएर भुलनको होस खुलेको साराले आत्महत्या गरेको पनि सात बर्ष बित्यो |तर भुलनले बिवाहको लागी एउटै पनि केटी पाउँन सकेको छैन |सारा माथी गरेको अत्याचार ,पाप सम्झेर  पुर्पुरोमा हात राखी पश्चातापको आगोमा जल्दैछ ।
अहिले साराको ठुलो छोरा नितेस पन्ध्र बर्षको भएकोछ।उस्लाई सबै यादछ आमामाथी बाबाले गरेका अत्याचारहरु | पुन उस्ले आमामाथी बाबाले गरेको अत्याचारलाई भुल्न नसकेर बदलामा बाबालाई यातना समेत दिन थालेकोछ। साराले केही बर्ष धैर्य धारणा गरेकी भए आज आफ्ना बाल बच्चाबाट सहयोग पाउँनेथिन।आज निरुता पनि तेह्र बर्षकी भईन र निस्मा एघार बर्षकी भएकी छिन।यि तिन जना आज आमाको यादमा छट्पटिन्छन ।आमाले आत्महत्या गरेकोमा तड्पीन्छन् मलाई भेट्दा आमाको तिर्सना मेट्दछन।आमा नहुनुको पिडा र दुखको बेदना म मा पोख्ने गर्दछन।

अझै पनि हाम्रो देशमा नारी माथी गरीने अत्यचार, शोषण, निच घृणित कामहरु गर्न भने पुरुहरुमा हटेको छैन।पुरुहरुले जबसम्म महिलालाई आधा अंग हो भनेर सम्झदैन तबसम्म नारीलाई एक असल जिवन संगीनीको रुपमा साथ दिन सक्दैन।तर यो चेतना कहिले आउँला हाम्रो समाजमा ? [7/22/2011.Friday]
कृष्ण कला वनेम
झापा नेपाल.
हाल: तेल अभिब ईजरायल।
Next page
Blog Widget by LinkWithin