katha

सिला

रातको प्रहर्, समय आफ्नै तालमा दौडिरहेको थियो। बाहिर कुकुरहरु आफ्नै गतिमा भुकिरहेका थिए। कोठाको भित्तामा भित्ते घडी आफ्नै रफ्तारमा छक छक आवज दिएर दौडी रहेको थियो। कुनामा मधुरो दीप बलिरहेको थियो, मधुरो प्रकाशलाई चिरेर हेर्दा सीला एक्लै खटियाको एक छेउमा ब्लाङ्केटहरुको थुप्रोमा डल्लिएर बसिरहेकी थिइ। बस्ती एअरपोर्टको नजिक नभएता पनि प्लेनको बाटो त्यही सीला माथिको आकाश हुनाले एउटा प्लेन घर्ररर आवज दिंदै आकाशमा उड्यो। सीलाले आँखा यसो घडी तिर रातको १२ बजेको रहेछ अनयासै २ हातले जोड जोडले कान थुनी र आफ्नो जीवनलाई धिक्कार्न थाली यस्तो पनि के जिन्दगी? कोही चाँही यसरी आकाश माथी हावाईजहाज चढेर यात्रा गर्छन्, कोही चाँही यी यसरी कुना रुँग्दै बस्नु पर्ने। रिसले चुर हुँदै अनुहार कालो पारी मनमनै बात मार्न थाली समयले पनि के के रूप फेर्दो रहेछ। जिन्दगीको गोरेटोमा यात्री बनाई कहाँ कहाँ कस्तो कस्तो मोडमा पुर्‍याई छोड्दो रहेछ। पोहोर साल जस्तो लाग्छ सीलाको दाइले फोनमा नानी तँ पनि यु.एस.ए. आउन पाउछेस जस्तो छ। तर यो पटक पढ अलि पछि बोलाउला भन्नु हुँदा सिलाको मन कति फुरुङ्ग भएर उडेको थियो। कल्पनामै एकछिन ति यु एस ए का अग्ला अग्ला घरहरुमा पाईला टेकिएको थियो। अनि यसरी नै आकाशमा अनि यसरी नै आकाशमा उड्ने हवाईजहाज भित्रको त्यो लामो यात्राको अनुभव मनमनै बटुलेकी थिईन उनले। सिलाको मन यु एस ए पुग्न पाईने खुशीले हिउँदको कठ्याङरिने जाडोमा उत्तरपानीको र हिलेको डाँडोमा पोतिने सेतो तुषारो टल्केर रमाएझैं रमाएको थियो। मानौ बसन्तको ॠतुमा आरु, आरुचाको फुला ढकमक्क फुलेको बेला कोइलीको सुमधुर गीतले गुन्जायमान भएझैं।


.
तर तर...... समयले डाँडो काट्दै गयो, मार्घा, चप्लेटी, चुलिबनको सल्लेरीले नयाँ काँचुली फेरी सक्यो, गाँउको घरजाने बाटो चिरा फाटेर एकातर्फी हिले बाट उत्तरपानी, धर्मशाला, मन्सी, चौतारा हुँदै गम्भिरे अनि मुगा र नकुवाको दोभान भएर अरुण पुगिसकेको थियो। अर्को चिरा मार्घा, आँखिसल्ला, खोकु, छिन्ताङ हुँदै त्रीबेणिको तमोर भेटाइ सके को थियो। अहँ दाईले दिएका ति बचन फेरी दोहोराउला जस्तो छाँट काट पटक्कै आएन, पैंयु फुलेर झरेर गयो, आरु पाकेर झर्न थाले, आरुचा पाकेर कुहिन थाले सिला यु. एस. ए. जाने चाहना पनि त्यसै कुहिएर झर्न लाग्यो। १० कक्षामा पढ्दाको यो बचन् १२ पास गरी सक्यो अझै पुरा भएन हुँदा हुँदा डिप्लोमा पनि सकी सकिन सिलाले चाहना चाहनामै सिमित हुन लाग्यो। अब उच्च शिक्षाको लागि सिला गाउँको त्यो सुन्दर देवीस्थान फाँट्, त्यो एक्ले बर, बजार आउँदा जादाको थकाई मार्ने चप्लेटी ढुंगा, साथीभाईसँग लुकामारी खेल्ने त्यो तकुवाको फाँटलाई टाढा राखेर काठमाडौं पसी सकेकी थिइ।
.
उता अघिल्लो सालसम्म खाली रहेको सिलाको मनमा बास बस्न चाहने ठिटाहरुको पनि घुईचो लाग्न थालेको थियो। जब उनि नै चाहदिनन त फेरी के को कर अनि ढिपी ? माया भने चीज जबर्जस्ती गरेर वा मागेर पाईने हो र थोरै ? ताली बज्न लाई त दुई हात चाहिन्छ भन्ने कुरा बुझी बुझी मानिसहरु मुर्ख भएको देख्दा मलाई भने अचम्म लागेर आउथ्यो, नरुचेको र खान मन नलागेको गाँसले त बिसाउछ भन्ने सुनेकी थिए तर त्यही बिसाउने बिष पिउनलाई मरिहत्ते गरेको देखेर मानिसहरुसँग दया पनि लाग्थ्यो। प्रेम प्राप्ती मात्र होइन त्याग पनि हो भन्ने कुरालाई स्वीकार्न नसकेको देख्दा घृणा पनि जागेर आउथ्यो। बिचरी सिला घरका बुज्रुक अनि अग्रजहरुको कुरा नकाट्ने आफ्नो नैतीकताको पालना गर्ने ज्ञानी हुनाले आफ्नो जवानी नै घाडो बनेको थियो। यही बिषयलाई लिएर धेरैलाई रुवाई सकेकी थिइन त्यसैले कसैले घमण्डी, कसैले नक्कली उपनाम समेत पाईसकेकी थिइन तर बास्तबिक्ता त त्यो त होइन उनी घमण्डी पनि होइन समयले उनलाई घमण्डी बनाएको थियो, परिस्थितीले उनलाई नक्कली बनाएको थियो । उनको त्यो सलक्क परेको जिउडाल्, कालो लामो केश, अग्लो चिटिक्क परेको नाक्, लोभ लाग्दो लजालु ओंठ अनि त्यो मृगनयनी आँखा, साथै चन्चले स्वाभाब वा उनको यो यौवन नै पो अभिषाप थियो। जे जस्तो गरेर भएपनि ३,४ जना लाई त बाटो पन्छाई सकेकी थिइन तर .......... यो पटक भने उनि निकै अप्ठेरो बाट गुज्रीनु परेको परेको मैले महसुस् गँरे। भनुन त कसलाई भनुन? नभनुन त मनको वह मनैमा राखेर त्यही कुराले पिरोलेर आधामासु, बिचरी दुई महिनामा ५ के जी घटेको त त्यसै होइन नि? हृष्ट पुष्ट छोरी अहिले सिध्रा झै सुकेको छ ज्यान पनि। कसै आवाराले हुन्न नाई म चाहन्न कसैलाई यो साईनो मन्जुर छैन, यो समबन्धबाट खुशी छैन भन्दा पनि एकोहोरिने ८,९ दिनसम्म खाना नखाई रात रातभर रुंदै फोन गर्नेहरुले बिचरीलाई हुनसम्म हैरान बनाएको रहेछ, बिचरीको होस् चेत नै अर्धगुम भैसकेको, सम्झाउछिन अरुलाई तर उनको अरु अरु दुखी र पिंडित भएको हेर्न नसक्ने महानता भनौ या कमजोरी नै उनलाई रुवाएको छ। अरुलाई ए फलाना यस्तो गर्नु हुन्न भन्यो उल्टै आफैमा आइ पर्छ अनेकका झमेला। भगवान भगवानको शहररे काठमाडौं तर ढुंगाको मुर्ती मात्र रहेछन यहाँ त। यो दुनियामा कुन देवस्थलको नाम जपिनन होला रुँदै रुँदै कति गुहार मागिनन होला भगवान सँग्, तर खै आपत्त बिपत्तको बेलामा साथ पाइन्न भने खै के मन्दिर धाएर पूजा अनि भक्ती गर्नु ? ? अघिल्लो महिना मात्र म सँग मनको कथा ब्यथा यसरी पोख्दै थिइन ओइ नीमा म के गरु ? हेर न कसलाई के भन्नु ? मेरो गल्ती के हो ? तँ आफै भन के काम परेको बेला चिनेको मान्छे भनेर सहयोग लिए बदलामा म अब चित्त नबुझेको ब्यक्तिलाई सहर्ष स्वीकार गरुँ ? ? मेरो भित्री हृदय देखि नै खुशी छुइन त अझै म साथ दिऊ? ? त्यसको परिणाम भोली के होला ? ?फेरी दाइहरुले मलाई यहाँ सम्म ल्याउनु भएको छ आफुले खाई नखाई यती सम्म पढाउनु भएको छ । मलाई सँगै पो लानु भएन त तर यतिका पढ्ने बातावरण त मिलाइ दिनु भएकै छ नि, यती धेरै म माथि बिस्वास गर्दै आउनु भएको छ के म यो बिस्वास एकै झटकामा तोडिदिउ?? के म अज ऊ पागल प्रेमी बनेको छ भनेर मेरा सम्पूर्ण परिवारको भरोसालाई कमजोर बनाई दिउ???? भनन नीमा केही त सल्लाह दे तै त छस् नि मलाई बुझ्ने मै माथि यतिका बज्र एकै चोटि किन खस्छ यसरी ? ? म के गरु नीमा मेरो माया नपाएर बहुलायो भन्दैमा के म त्यही साथ दिई मेरो भबिस्य अन्धाकरमा डुबाउँ ? के साँच्चै मैले आफ्नो साथ दिनै पर्ने हो त ? फेरी तलाई थाहा छैन नीमा साथ माग्ने त्यो मात्र होइन अर्को पनि छ्, साथ दिउँ त फेरी कुनलाई दिउँ ? ? म त चाहन्छु मेरै मनको राजाकुमार लाई साथ दिउँ तर तर .... भक्कनिदै भए पनि यती बोलेर टक्क रोकिएको थियो उनको बोली, तर के सिला ? ? बिचैमा मैले नि प्रश्न तेर्साउन थाले भ्याइहालेँ थाहा छ तलाई मेरो मनको हिरो को हो? ? खिस्स मुस्कान छोडि ऊ त एउटा आकाशको तारा म परे धर्तिको झार मलाई थाहा छ निमा उ सँग मेरो कुनै पनि हालतमा सम्बन्ध गासिन्न र पनि उ मेरो आइडिएल पर्सन हो म आदर गर्छु, म एक्लै भए पनि माया गर्छु। मन पराउँछु र त्यसमै रमाउँछु मलाई उसले मन पराउँनु माया गर्नु पर्दैन र उ मेरो साथ हुनै पर्छ भन्ने पनि छैन तर बस् म मन पराउँछु माया गर्छु, उसको बारेमा बयान गरुन्जेल निकै उत्साही भएर बोली अनि मलाई फेरी सोधी ओइ नाम सोध्दिनस??? मैले थपे धाराप्रबाह पानी बगे झैं बकिबस्छेस् कुन बेला नाम सोध्नु तलाई अँ भन्न त को हो? त्यस्तो बिध्न बयान??? क्रान्ति आले मुसुक्क हाँस्दै लजालु स्वरमा मनको वहाँ खोली फेरी ति नै युवाहरु सँग आफ्नो प्रसंग जोडी, न त तिनिहरु सँग म टाढिन नै सक्छु सधैंका लागी न त म साथ नै दिन?? किन भने ति तिनै जना मेरा लागी बराबर छन अब हेर नरेश मेरो बच्चा देखिको साथी ऊ सँग मेरो २५ औं बसन्तको सुख दु खका कहानी जोडीएको छ। त्यो त्यती धेरै मिल्ने साथी हो, कि उसले मलाई यस्तो नजरले हेर्ला अथवा म बाट यस्तो आशा राख्ला भन्ने सय मनमा एक मन पनि सोचेकि थिइन। अस्ती उसको ममी सँग उसको विवाहको के कुरा मात्र कोट्याएकी थिएँ जवानीको के रौनक चढेछ, मेरै बयान मै माथि पो? ? कुनै कुरा पनि म भन्दा ठुलो केही छैन रे, २ करोड नेपाली मध्य भगवानको मलाई भनि बनाएको तिमी नै हौ अनि के के के के??? तिमीले कसरी मलाई यस्तो सोच्यौ म बाट यस्तो कुरा सम्भब हुन्न मात्र के भन्या हुन्छु भक्कानिदैं रुना थाल्छ। जती सम्झाएनी रोइ मात्र रहन्छ। रात दिन सँगै बस्न खोज्छ,भएन भएन दिनरात फोन गर्दै रुदैं गर्छ । उता दिवस ढिलै भए पनि उसले मलाई हरेक कुरामा सहयोग गरेको छ । सुरुमा अर्कै दाई मार्फत चिनेको भएतापनि भाउजुको कलेज भर्नाको कामले गर्दा अलि बढी भेटघाट भयो र एस एम एस भै रहेको कारण हामी बिचको मित्रता अलि चाडै नै गाढा भयो। तर मैले उसलाई त्यो रुपले कहिल्यै पनि सोचेको थिइन कि जुन उसको मनमा तरङ्गित भएर महल खडा भै सकेको रहेछ । मलाई अत्तो पत्तो छैन बोल्दा म भन्दा अलि सिनियर भएको ले म दाई को सम्बोधन नै गर्थे तर ब्यबहार भने साथीको झैं हुन्थ्यो उसले फ्रेन्स वाला एस एम एस हरु धेरै पठाई रहन्थ्यो, हरेक कुरामा सहयोग गर्थ्यो, कुनै काम गर्नु पर्ने थाहा भएमा अघिनै गरी दिन्थ्यो मैले किन गरेको भनि प्रश्न गरेमा किन म तिम्रो साथी होइन र ? ? ? मैले गरी दिएँ त के बिगारेँ र ? ? ? भनि प्रश्नमा प्रश्न थप्थ्यो । १२ तथा स्नातक पढ्दा पनि निकै मिल्ने साथीहरु भएका कारण उसलाई पनि म त्यही र्‍याङ्कमा राखेर हेर्ने गरेको थिएँ कहिलेकाही उनिहरुले फोन गर्दा पनि फुर्किएर सुनाउथे हेर मैले तिमीहरु जस्तै मिल्ने अनि सहयोग गर्ने साथी पाएको छु पो त। तर म सधैं सबै सँग चाडै घुलमिल हुने छिट्टै बिश्वास गरी मनका कुराहरु सबै सुनाउने हुनाले उस्ले मलाई मन मनै आफ्नो बनाउन तिर तल्लिन भाई सकेको रहेछ । यहाँ सम्म कि एक एस एम एस र एक कल फोन नगरि उसलाई निन्द्रानै नलाग्ने भैसकेको रहेछ । म पनि उस्तै लाटी तिमीहरु अनि सिबेन्, प्रदीप नबिनाहरु झै सम्झेर रिप्लाई गर्दै रहें उसले नपठाए पनि अरु साथीहरुलाई फर वार्ड गर्दा पठाई रहे ।तर पछि पछि बिस्तारै मात्र उस्को आसय बुझ्न थाले र उसको मनोकांक्षा मैले पुरा गर्न नसक्ने कारणहरु खुलाई तिमी अहिले सम्म जुना ठाउँमा आइ पुगेको छौत्यो भन्दा अगाडि नवढ । म त्यो कदमको लागि साथ दिन सक्दिन भनि मेल गरें अनि पछि भेटेरै पनि सम्झाए तर उसले त आफैलाई नशामा डुबाई जीवन नै अन्त्य गर्न लाग्यो रातभर रुंदै फोन गर्न थाल्यो । मेरो साथीले पहिला देखिनै मेरो ऊ सँगको हेलमेल त्यती नरुचाएको हुँदा उसलाई पनि सुनाउन सक्दिन थिएँ । झन प्रत्येक दिनको फोनले ऊ निकै ससंकित थियो फेरी त्यो एक रात पनि उहि तरिकाले रातको ११ बजे तिर फोन गरेर बोल्न शुरु गर्‍यो र जे भन्नु छ भनि हाल अहिले नै भन नत्र भोली बिहान सम्ममा ढिलो भै सक्ने छ । म अब चाडै नै यो संसार छोडेर टाढा जादैछु, तिमी देखि धेरै टाढा कहिल्यै नभेट्ने गरी । तिमीले भन्न चाहेको कुरा भनिहाल म सँग समय छैन आज भन्यौ भने भनि हाल्यौ नत्र त्यो मौका भोली देखि पाउने छैनौ भनि रह्यो भन्न बाँकी यो पनि पनि राखेन कि म अब मेरो अस्तित्व आज बाट समाप्त गर्दैछु, यसको सम्पूर्ण जिम्मेवार तिमी हौ मात्र तिमी पापिमन नै त हो के के सोचे के के? मनमा हरेक प्रकारका कुराहरु खेल्न थाल्यो, साँच्चै अहिले ऊ होसमा छैन आबेगमा आएर ज्यान नै बर्बाद गर्‍यो भने?? कतै आत्महत्या गर्‍यो भने ? ? सम्झे मेरो एक बचनले उसको ज्यान बच्छ भने ? ? ? कोशीस् गरौं न त भन्ने मनमा आयो र एउटा गतिलो निश्कर्ष निकाले, फोनमा आएको उसको आवाज अनि शब्दहरुले म निकै त्रसित र भयभित थिए साथै भावबिह्वल पनि .......... कि आबेग अनि हतासमा आएर बिस्तारै मुख बाट शब्द निकाले दिवस दाई तपाईं के चाहनु हुन्छ ? ? ? यदि तपाईं मेरो साथ अनि मेरो माया चाहनु हुन्छ नै भने ठिकै छ म कोशीस् गर्छु तर ............ तर तपाईंको यो अवस्था सह्य भएन । अहिले तपाईंलाई ठीक छैन भोली फोन गरौला प्लीज आफुलाई सम्हाल्नुस् अनि मैले फोन काँटे । फोनकाटे पनि गरेको गरेकै गर्‍यो उताबाट मानौ ऊ त्यो दिन नशामा पागल भैसकेको थियो । बाराबराको बरबराकै भयो भनन सिला म सँगा धन छैन मन मात्र छ तर त्यही मन पनि तिमीलाई दिसकेको छु । तिमीले लिए लेऊ नलिए कुच्चाएर फाल मलाई केही मतलब छैन । म तिमीलाई भौतिक सुख सुबिधा त दिन सक्दिन तर म खुशी दिने प्रयास गर्नेछु । भाडोमा मकै पड्के झै पड्केको पड्केकै भयो । मेरो छेऊ एउटा साथी लेखिरहेको थियो साथीलाई डिस्टर्ब भएको महसुस् गरी फेरी फोन राख्न र नगर्न अनुरोध गरें । त्यसबेला रातको १ बज्न लागि सकेको थियो । मैले फोन काँटे उसको पागलपनालाई एकछिनको लागि भए पनि कन्ट्रोल गर्नु थियो, नत्र उसले जे पनि गर्न सक्ने थियो । आफ्नो भने कलेजमा परिक्षा नजिकिइ रहेको थियो, साथी जहिले छेउमबसेर पढि रहेको हुन्थ्यो । कहिले काही त रिस् उठ्थ्यो होला र पनि रिस् देखाउदैन थियो,उनको यो बानी चाँही राम्रो थियो । यही बिबिध झमेलाले मेरो चाँही तिर धेरै नै बाधा पुगिरहेको थियो । यो कुराको महसुस् आँफैले पनि गरेको थिए र सँगैको साथीले पनि पटक पटक भनिरहन्थ्यो । उसको पागलपन कम गर्न एउटा एस.एम.एस. पठाउने निधो गरें र बी फ्रेस म्यान्,आइ विल कल यु टुमरो, आइ लभ यु लेखी एउटा एस एम एस पठाएँ । मलाई लागेको थियो ऊ अहिले नशामा छ अहिले सुत्न सक्यो भने बिहान त नशाले छोड्ला र ठीक होला । साच्चै त्यो एउटा एस एम एस ले काम गर्‍योत्यो रातलाई । त्यसपछिका दिनहरुमा पनि भेंटे, उसले गरेको त्यो हरकदमको क्षमा मागेन बरु उसको साथीहरुसँग भन्छन रे मलाई कुनै गुनासो छैन मलाई जे भन्न मन लागेको थियो मैले भने तर म सँग भने केही भन्दैन थियो पहिलको जस्तै व्यबहार गर्थ्यो र अझै सहयोग गर्नुपरेमा गर्छ । कही जादैछ भने पनि फोन गरेर मात्र निस्कनछ । आशा त मेरो त्यही शब्द कै त हो नि हेर तर म अझै पनि खुशी छैन मनलाई जती सम्झाए पनि त्यो मान्छेलाई घृणा गर्छु । मलाई थाहा छ कि मैले त्यो मान्छेलाई धोका दिई रहेकी छु । जुन सही होइन किनकी मैले उसलाई मात्र धोका दिएकी छैन । आफैलाई पनि धोका दिइरहेकी छु तर वाध्य छु म नीमा त आफै भन तं त्यो अवस्थामा के गर्ने थिइस?? मेरो त्यो मान्छेलाई ज्यान जाला जीवनसाथी स्वीकार्न सक्तिन । सिला बररररर आखाबाट मोतिका दाना झै आशुका ढिक्का झार्दै एक छिन रोकिइन एकै छिनमा लामो सास तान्दै फेरी अर्को प्रसङ्ग जोडीन । हेर निमा जिन्दगी जिन्दगीले मानिसहरुलाई कस्तो कस्तो मोडहरुमा खडा गरेर अग्निपरिक्षा लिंदो रहेछ । मेरै जीवनकहानिलाई हेर के के भयोके के??? तँलाई थाहा छैन फेरी उता अर्को केटा पनि छ उसको नाम हो पवन्, बेला बेला मौका पर्नसाथ नजिकिन खोजिरहेको छ । काठमाडौं आउने बितिकै देखेको साथी हो ऊ । तुलना गर्नु पर्दा दिवस भन्दा धेरै राम्रो छ । दिवस भन्दा धेरै पुरानो पनि हो हाम्रो मित्रता चिनजान पुरानै भएता पनि फोनमा त्यती खर्च नगरेको । जे होस् ऊ एउटा असल साथै भलाद्मी मान्छे हो, अङ्ग्रेजीबाट स्नाकोत्तर सकेर अहिले समाजशास्त्र मानवशास्त्रको बिधार्थी हो । ऊ दिवस जस्तो नहतारिने भएता पनि मेरो हरेक कुराको ख्याल गर्ने गर्छ । मलाई थाहा नभएको कुराहरु वा बिर्सेको कुराहरुपनि सम्झाइ रहन्छ । उसको सारा कहानी , उसको पारीवारिक कुराहरु म सँग पोखाउन मन पराउछ । मलाई पनि सोध्छकेही सल्लहा सुझाब अनि अर्ती उपदेश पनि दिन्छ । जसको कारण म पनि अलि हौसिन्छु । पढाइमा होसा या अन्या काममा मलाई निकै उक्साई रहन्छ । हेर्दामा पनि क्रान्ति आले जस्तै छ पो त । उसको कुरा गराईमा म पनि थोरै थोरै मुल्याँकन गर्न सक्ने भएं कि त्यो केटालाई चाँही सिलाले पनि मन पराउँदी रहिछ । यसो जिस्काउने मौका छोप्दै बसेकी थिए म पनि तर मैले जिस्काउनु भन्दा अघी आफैले भेद खोली शायद उसलाई चाही म पनि ,मन पराउछु कि?? आँफै खिस्स हाँसी उसको हाँसोमा मैले पनि पर्म लगाउन भ्याईहाले र मपनि हाँसी दिएँ । छिनमै घोरिएर बक्न थाली हेर निमे मैले मात्र र उस्ले मात्र मन पराएर के गर्नु? तलाई राम्रै सँग थाहा छ मेरा दाईहरुले मलाई उसँग जीवन बिताउन दिनु हुन्न ऊ एउटा साधारण परिवारको छोरो हो अहिले नै उसको कमाई पनि छैन। अस्ती नै पोखरा घर भाई हाल यु एस ए तिर इन्जीनियरिङ्ग पढ्दै गरेको केतो सँग मेरो विवाहको कुरो चलाएर आउनु भएछ। त्यो भन्दा अगाडि पनि भाउजुको साथी मार्फत अष्ट्रेलिया तिर डक्टरी गर्दै गर्ने मान्छे सँग पक्का गरेर आउनु भएको थियो मैले यो पढाइ पुरा नगरुन्जेल केही नगर्ने अडान लिए पछि कुरा अलि साम्य भएको छ। फेरी मलाई ठुल्दाईले एउटा बाचा पनि गराउनु भएको छ �म तलाई तैले चाहे जती पढाई दिन र देश बिदेश घुमाउन तयार छु तर तैले पनि मैले भनेको मान्नु पर्छ, मैले तँ म्याथएए गरेको बिस्वासको बिस्वासघात गर्न पाईन्न� यसको आसय एउटै थियोकी उहाँले खोजी दिनुभएको मान्छे सँगा नै जीवन बिताउनु। बिबश छु निमा म कसलाई साथ दिइ कसलाई रुवाउँ त??? हुन त एक दिन न एक दिन मैले एउटाको साथ दिनै पर्छ । तर मैले कसैलाई खुसि राख्न पनि त सक्दिन्, हेर दाइहरुको बिस्वासघात पनि गर्न सक्दिन म त सोच्दैंछु यस्तो सबै सहनु भन्दा त म आफैलाई र मेरो अस्तित्व लाइनै मेटाई दिनु पर्ला न रहन्छ बाँस् न बज्छ बाँसुरी आखिरी कारण त यही मै त हुँ नि । भन्छन संसारका आत्महत्या गर्नेहरु लाछी हुन्छन रे, समाजको कलंक हुन रे तर बाध्यता नपरुन्जेल मात्र हो। यदि त्यसैले भन्छन भने पनि केही छैन काठमाडौंको बिच सडकमा यत्रतत्र छरिएर गाडीहरु हुईंकिरहेकै छन नी बिचमा पसे पछि हुन्छ दुर्घाटना आफ्नो अस्तित्व पनि मेटिने देख्नेहरुले आत्महत्या पनि नसम्झिने । हेर निमा म यो भन्दा धेरै मनमा पीर बोकेर बाँच्न सक्दिन म अरुलाई रुवाएर एउटालाई साथ दिदी हस्न सक्दिन। म यसै गरी आफ्नो अस्तित्व मेटाई दिन्छु। बस् यती मात्र बोली त्यो भन्दा अरु शब्द निकाल्न सकिनन आँखा बाट बलिन्द्र आँशुका धारा साउनाको भेल भै उर्लिरहेको थियो। धत लाटी यस्तो पनि कुरा गर्नेहो। मेरो पनि घाटी समातिसकेको थियो। यी दुई नयनबाट आँटी नआँटी आँशुका बर्षा भैरहेका थिए।

५,१० मिनेटको स्तब्धता पछि आफुलाई बल्ल तल्ल सम्हाली सम्झाएँ। फकाइ फुल्याइ गरी केही आदर्शका गफ छाट्न पनि भ्याइदिए। केही साहसिक नारीहरुका उदाहरण जोडन पनि भ्याइदिए। त्यस दिन देखि आफुलाई समाप्त गर्ने कुरा त गर्दिनन तर खै के भेको हो मन मस्तिष्क अनि दिमाग नै काम नगर्ने अर्ध मृत झैं भैसकेको छ। बाबा र दाईहरु भनेपछि त्यती धेरै माया गर्नु हुन्छ र पनि डरले थरथर काम्छे। करिब एक महिना जती भयो पहिलाको सिला जस्ती अहिलेको सिला कुनै कोणबाटपनि छैन। जहिले हासी रहने,बोलिरहने, जिस्किरहने सिला अहिले अध्यारो कोठाको जीवन साथी बन्न पुगेको छ। सबैलाई फोन गरी हालखबर सोध्ने मोबाईल पनि प्राय स्विच अफ नै रहन्छ। उनमा रहेको पिँडाको कारण मोबाईलको घण्टी र हावाईजहाजको आवाजबाट आक्रोस् ब्यक्त गरी आफै नै पागल बन्न गैइरहेकी छिन उनको मनमा रहेको पिडा अहिले सम्म न त घरमा आमालाइ भन्न सकेकी छ न त दिदिहरुलाई नै?? यहाँसम्मा कि उनका ति आवारा अनि दिवानाहरुलाई समेत केही पत्तो छैन । मैले भन्न खोज्दा समेत तिनिहरुको हृदयमा चोट वा ठेस पुग्छ भनि दिन्नन। अनेकौ कसम खुवाई म माथि बिन्ती बिसौँछिन अरुको चोट पनि आफै नै शिरोपर गरी बाँच्न चाहन्छिन्र उदाहरण दिन्छन मैन बत्तिको।

अरुको चोट पनि आफैमा गाभी रमाउन चाहन्छिन हाम्री सिला
तर संसार यती स्वार्थी छ कहाँ त्यती सजिलै बिस्वास गर्छन र यो बेला
बरु पछि पर्दैनन भन्न धोकेबाज र नौटङ्की अनि उपनाम अरु देला
अरुको मनको घाउको मलम बनेर मेटिन लागिन हाम्री सिला ।।।।

कथा: मनु ठाडा मगर
धनकुटा, हाल: काठमाडौं

7 comments:

  1. sansaar saayad yastai chha, silaa jastai sukha jati sabai baadera aru ko sabai dukhalaaii jibanko sahaaraa bachnu parne yo kathaa maa yo dam chha ki shaayad sila jastai yo duniya bhitra dherai nai chhan taki ma pani parrna jannchhu
    yo katha padhdaa padhadai maaafno bhawana ra bigat bhitra churlumma dubulki marna pugechhu, anyasai aashukaa balindra dhara sahit malai dherai ramro lagyo tapai ko srijanaa lekhikaa jyu pls feri feri pani didai garnu hola......

    uhi euta paathak Asim Baraal

    ReplyDelete
  2. असिम जी
    मेरो कल्पनामा फुरेको कथा तपाईंको वास्तविक जीवनमा
    मिल्न गएछ । त्यो सम्योग भएपनि कथा तपाईंहाम्रै जीवनको हो भन्ने मलाई अनुभव भयो । त्यस्को लागि तपाईंलाई धेरै धेरै धन्यवाद । लामो कथा पढेर प्रतिकृया दिनु भएकोमा फेरिपनि आभार प्रकट गर्छु ।

    ReplyDelete
  3. Anu ji katha Sarai Marmasparsi Ra
    Bastabit Jastai Lagyo.feri pani astei-astei katha haru padna pau la,,
    Sangam Bantawa

    ReplyDelete
  4. सबै जना ले लामो कथा लाई पनि धैर्य गरेर पढि प्रतिकृया दिनु भएको म धेरै धेरै धन्यवाद, वास्तवैक नवए पनि वास्तवैक जस्तै मानी दिनु भएको ले अरु थ प कथा लेख्ने जोस् चलेर आएको छ तसर्थ म फेरी पनि लेख्ने कोशीस् गर्ने नै छु ।

    ReplyDelete
  5. मनु जी ,
    नमस्ते............

    वास्तविकता नजिक पुगेर लेखिएको कथा सिला हिर्दय स्पर्सी छ। आगामी दिनमा पनि यस्तै कथाको अपेक्षा गर्दछु। धन्यवाद

    शान्तराम थापामगर
    कलंकीस्थान-१४,पो.ब.न-१९१७४ काठमाडौं
    ईमेल:shantaramt@hotmail.com

    ReplyDelete
  6. Dhanyabaada sabaima ja jasle aafno amulya sujhaaba diera lekhakaharuko hausala badhaaii rahanu hune mahaanubhaawaharyumaa.

    ReplyDelete
  7. No words....touching my hearts.....

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin