'कथा'
२०६४ वर्षको बडादशैंमा म दाङको लागि बस स्ट्यान्डमा गएर बस चढ्न थाले । एकछिन पछि दाङको लागि बस आइपुग्यो । दाङको यात्रुहरु बस चढ्नको लागि हतारिइएका थिए। केहीबेर पछि बस खचाखच भरियो। सो बसको खलासी एउटा फच्चे केटो थियो। उसका कपडाहरुले विपन्नता दर्साउँथ्यो। उसका कपडाहरु पुराना र फाटेका थिए। परबाट झलक्क हेर्दा उ एकदम बाठो र चलाख देखिन्थ्यो। यात्रीहरुसँग उ समान व्यवहार र राम्रो गर्दथ्यो। बस भरिएपछि चालकले बस कुदाउन थाल्यो। बस गुडिरहेको बेला एउटा यात्रुले त्यो फच्चे लाई हेर्दे हेला गर्दै थियो ‘ए फुच्चे तेरो नाम के-हो अनि त कति वर्ष पुगिस हँ?’ अघिसम्म राम्ररी बोलिरहेको सो बालक यो प्रश्न सुन्ने वित्तिकै रिसायो। उसका गालाहरु राता-राता भए । उसले रिसाउँदै उत्तर दियो तपाईलाई मेरो नाम र उमेर किनचाहियो। आदर र सम्मानको अपेक्षा गरिरहेको सो यात्रुलाई यो जवाफ असहय हुन गयो र उसले अन्याय अत्यचार देखाउदै फुच्चेलाई एक झापड हिर्कायो। विचरो खलासी केही बोल्न सकेन। उल्टै माफी पो माग्नु पर्यो। एकछिन पछि सबथोक शान्ति भयो। चालक बडो भलादमी शैलीमा बस हाक्दै थियो । खलासी केटो मेरो अगाडिको यात्रु सिटमा आएर बस्यो।
२०६४ वर्षको बडादशैंमा म दाङको लागि बस स्ट्यान्डमा गएर बस चढ्न थाले । एकछिन पछि दाङको लागि बस आइपुग्यो । दाङको यात्रुहरु बस चढ्नको लागि हतारिइएका थिए। केहीबेर पछि बस खचाखच भरियो। सो बसको खलासी एउटा फच्चे केटो थियो। उसका कपडाहरुले विपन्नता दर्साउँथ्यो। उसका कपडाहरु पुराना र फाटेका थिए। परबाट झलक्क हेर्दा उ एकदम बाठो र चलाख देखिन्थ्यो। यात्रीहरुसँग उ समान व्यवहार र राम्रो गर्दथ्यो। बस भरिएपछि चालकले बस कुदाउन थाल्यो। बस गुडिरहेको बेला एउटा यात्रुले त्यो फच्चे लाई हेर्दे हेला गर्दै थियो ‘ए फुच्चे तेरो नाम के-हो अनि त कति वर्ष पुगिस हँ?’ अघिसम्म राम्ररी बोलिरहेको सो बालक यो प्रश्न सुन्ने वित्तिकै रिसायो। उसका गालाहरु राता-राता भए । उसले रिसाउँदै उत्तर दियो तपाईलाई मेरो नाम र उमेर किनचाहियो। आदर र सम्मानको अपेक्षा गरिरहेको सो यात्रुलाई यो जवाफ असहय हुन गयो र उसले अन्याय अत्यचार देखाउदै फुच्चेलाई एक झापड हिर्कायो। विचरो खलासी केही बोल्न सकेन। उल्टै माफी पो माग्नु पर्यो। एकछिन पछि सबथोक शान्ति भयो। चालक बडो भलादमी शैलीमा बस हाक्दै थियो । खलासी केटो मेरो अगाडिको यात्रु सिटमा आएर बस्यो।
त्यो फुच्चे खलासी केटो सँग नजिकिन खोज्दै सोधेँ तिम्रो घर कहाँ होनि बावु घर त झापा हो उसले निरास भएर जवाफ दियो केटोको निरासाभित्र कुनै ठूलो दुःख लुकेको कुरा र बेदना मलाई शंका भयो अनि मैले फेरि सोधेँ तिमी किन घरमा नबसेर खलासी भएको छौ? तिमी खलासी कन भएको त भन्ने मा पनि ठूलो कथा छ दिदी । उसले मलिन अनुहार पारेर जवाफ दियो। कस्तो कथा के तिमी मसँग आफ्नो दुःख बाँड्न सक्छौ मैले गम्भीर भावमा प्रश्न गरे। केटोले नम्र स्वरमा हुन्छ भन्ने जवाफ दियो। तर अहिले म तपाईलाई केही भन्दिन खाना खादा सबै कुरा भन्नेछु। त्यो भनेर उ आफ्नो काम तिर लाग्यो। केही समय पछि खाना खाने ठाउँ आयो। केटोले नम्र स्वरले मलाई दिदि मसँग बसेर खाना खाने त्यो सुनेर म त्यो फुच्चे सँग अर्कै टेवलमा गएँ त्यो फुच्चेले मलाई खाना आफैँ ल्याई दियो हामीदुवै जनाले खाना खान थाल्यौं। फुच्चेले मलाई बेला-बेला मासु खाने खाना खाने के खाने दिदी भनेर सोध्थ्यो तर मैले केही नखाने बरु तिम्रो कुरा भनन मलाई भाई। त्यो सुनेर उ को आँखा बाट आँसु बर खसाल्यो मैले सोंधे के भयो तिमी लाई भन्दा दिदी तपाईले मलाई भाई भन्नुभयो आजसम्म कसैले यसरी कुरा गरेको थिएन सबै नराम्रा शब्द भन्ने गरेका थिए मलाई। मैले उसलाई सम्झाउन थालें आँखा बाट आँसु पुछ्दै भन्यो आफ्ना कुराहरु। सबै कुरा भन्नेछु फुच्चेले नम्र स्वरले हुन्छ भन्ने जवाफ दियो। उसले सम्झदै भन्यो म एउटा सामान्य किसान परिवारमा जन्मिएको हुँ । हाम्रो एउटा सानो घर नजिकको बारी र अलि टाढा सानो खेत थियो बारी र खेतबाट थोरै मात्र आम्दानी हुने गर्थ्यो। सानो आम्दानीबाट हाम्रो परिवार चल्न मुस्किल नै थियो। त्यसैले म पनि गाउँघरमा अरुहरुको खेतालाको रुपमा काम गथैँ। हाम्रो परिवार सामान्य रुपमा चलिरहेको थियो। म ५ वर्ष पुग्दा मेरो बुवा बित्नुभयो त्यसपछि म र आमा दुःख सुख गर्दै जीवन धान्दै थियौँ। उहाँले नै बुवाको माया र ममता दिदैँ हर्काउनु भयो। उहाँको माया पनि मलाई धेरै दिन प्राप्त हुन सकेन। बुवा बित्नुभएको एक वर्ष पछि उहाँ पनि बित्नुभयो । अनि तिम्रो आमा चाहि के भएर बित्नुभयो मैले चिन्तित हुँदे सोधेँ। असारको महिना थियो। एक हप्तासम्म लगातार वर्षा भयो। सबै खोलाहरुमा बाढी आयो र सबै ठाउँहरु जलमग्न भए। हाम्रो सानो संसार पनि खोलाले बगायो। गाउँका सबै मानिसहरु खोला तरेर तल्लो किनार जाने निर्णय गर्यौं अरु थुप्रै मानिसहरु पनि एक अर्काको हात समातेर खोला तरिरहेका थिए। हामी पनि एक अर्काको हात समातेर खोला तर्दै थियौँ तब वेगले आउदै गरेको खोलाले आमालाई बगाएर लग्यो। मलाई चाहिँ अर्कै मान्छेले समातेर बचायो। जसोतसो गरेर हामी खोला तर्यौं। उसले आँखाबाट तप्प दुई थोपा आँसु झार्यो ।
हामीलाई उद्धारकर्मीहरुले सुरक्षित स्थानमा लगे। उनीहरुलाई मैले आमा हराउनुभएको सूचना दिएँ। आमालाई खोजिदिनुहुन अनुरोध पनि गरे। उनीहरुले मलाई आमालाई खोज्ने आश्वासन दिए र खोज्न गए उसले थप्यो। त्यसपछि के भयो मैले उत्सुक हुँदै सोधेँ। एक दुई दिनपछि उद्धारकर्मीहरुले खोलाको बगरमा एउटा लास फेला पारे सो लासको पहिचान गर्न मलाई बोलाए। मैले सो लास आमाको नहोस् भनेर बाटोमा प्रार्थना गरिरहेँ। तर भरे हेर्दा त सो लास आमाकै पो रहेछ। म त्यतिबेला छाँगाबाट खसे जस्तै भएँ। त्यहीँ लासलाई अँगाले मारेर रुन चिच्याउन थालेँ। सब काम सकिएपछि मलाई काका काकीले विराटनगर लगेर पाल्ने कुरा गर्नुभयो र म पनि उहाँहरुसँग जान राजी भएँ।
अनि के भयो, मैले पुनः प्रश्न गरेँ।
अनि के भयो, मैले पुनः प्रश्न गरेँ।
म काका काकीकोमा राम्ररी बस्न पाउने र पढ्न पनि पाउने आशा लिएर गएको थिएँ । एक दुई दिन त उहाँहरुले मलाई खुब माया गर्नु भयो। मीठोमीठो खान दिनु भयो र एकजोर लुगा पनि किनिदिनु भयो। म सधै त्यस्तै हुन्छ होला भनी आश्वस्त थिएँ। तर त्यस्तो हुन सकेन। केही दिन पछि त उहाँहरुले उल्टै मलाई नोकरसरह पो व्यवहार गर्न थाल्नु भयो। निकै दलाउनु पनि भयो। मैले त्यहाँ घरको खाना पकाउने भाँडा माझ्ने लुगा धुने जस्ता कामहरु गर्नुपथ्यो। मेरो भाग्य नै यस्तै रहेछ भनेर मैले चित्त बुझाएँ। दिनानुदिन उहाँहरुको अत्याचारले सीमा नाघ्दै गयो। म दिक्क भएर त्यहाँबाट भागेँ। त्यसपछि म सडकमा पुगेँ। मैले त्यहाँ न खान पाउँथे न सुत्न नै। मैले सडकमा रहँदा कुकुरले नपाएको दुःख पाएँ। त्यसपछि म ईट्टा भट्टामा काम गर्न गएँ। दिनभरि शारीरिक काम गर्दा नै मलाई खोकी र छाती दख्ने रोगले समात्यो। त्यहाँको मालिकले पनि मलाई निकै दुःख दियो। कष्ट सहन नसकेर म त्यहाँबाट भागेर सडकमै पुगेँ उसले रुँदै भन्यो। अनि तिम्रो घरखेत के भयो त मैले जिज्ञासा पोखेँ। म पछि गाउँ फर्केको थिए। घरखेत सबै बाढीले बगाएछ। काकाकाकीले खेत हत्याउनका लागि पो मलाई पालेको नाटक गर्नुभएको रहेछ भन्ने कुरा मैले एकजना गाउँले दाइबाट थाह पाएँ। उसले अनुहार निन्याउरो बनायो। अघि तिमीलाई त्यो दाइले नाम सोध्दा किन रिसाएको त मैले सोधेँ। एकपटक एउटा संस्थाले मलाई तिम्रो उद्धार गरिदिन्छु भनेर लिएर गयो र संस्थाले २/३ दिन मलाई त्यहीँ राख्यो। उसले मेरो बारेमा सोध्यो र मैले सब घटनाहरु भनी दिएँ। उसले सबथोक सि.डि.मा भर्यो र मलाई त्यहाँबाट पठाइदियो। अब मेरो जीवन सुध्रने भयो भनी म ढुक्क परेँ तर पछि त म सडकमौ पो पुगेँ। त्यसपछि मलाई कसैलाई पनि आफ्नो परिचय दिन मन लाग्दैन। म सडकमै भएको बेलामा ड्राइभर दाईले खलासी काम गर्छस् भनी सोध्नुभयो। म उहाँसँग काम गर्न थालेँ। अहिले त उहाँसँग काम गर्न थालेको एक वर्ष पुग्न आटिसक्यो उसले भन्यो। ड्राइभर ले गाडीको हरन बजायो फुच्चले आफ्नो कुरा बन्द गर्यो यहि हो मेरो जीवनका दुःखका कुराहरु अब जिवन यसरी नै चल्दै जाने छ होला। सबै यात्रुहरु बसमा चडे म पनि विस्तारै बसमा गए। सबै जना आ-आफ्ना गन्तव्यस्थान तिर लागे। फुच्चेले मलाई सोध्यो दिदी काठमाडौँ कहीले जानुहुन्छ। म दशै मानेर जान्छुहोला फुच्चे मुस्काउदैथियो, गाडी हाक्यौ ड्राइभरले म घरतिर लागे।
-समाप्त-
-अनिता दुलाल
दाङ
हाल- काठमाडौं
its really nice story, keep it up anita ji.....
ReplyDeletesangam sharma
Sarai Marmasparsi katha lekhnu bhayechha sangita Ji
ReplyDeleteRamro lagyo,
shiva kirati
Kosis dherai nai ramro chha prayash garnuhosa kinaki dherai mihinet kaa babjud safaltako sidhi uklana paiinnchhe re tapailai pani tyahi kamana bykta gardachhu
ReplyDeleteसर्व प्रथम त नमस्कार नै भन्नु पारला है अनिता जी ! अँ तपाईको कथाले त साँच्चिकै मलाई बेहाल नै बनायो नि ! साँच्चि है ......अनिता जी ओरालो लागेका हरुलाई त बाच्छा ले पानि लखेट्छ नि होईन ? तै पनि दैवको खेल लाई कस्ले मेटाउन सक्ने र ? पैसाको पछि लाग्ने द्रव्यपिशाचहरुलाई खै के गर्ने र ? यस्तैछ रिति यस्तैछ परम्परा । तै पनि यो कथाको लेखन मार्पत चेतनाको दियो बाल्ने कोशीस् गर्नु भएकोमा पुन एक पल्ट हृदया देखि नै धन्यबात छ है ।
ReplyDeleteअनि आगामि दिन हरुमा पनि तपाईका हृदया स्पर्सि कथाहरु हेर्न पाउने आशा लिएको छु ।
तपाईंहरु सबै लाई धेरै धेरै धन्यवाद । कथा पढदै गर्नु होला
ReplyDeleteतपाईंहरुको प्रतिकृयाको अझै अपेक्षा गरिरहने छु
ramro rahi6 katha ta anita g
ReplyDeletehey miss anita i just saw your story's title because it's too lengthy to read. Fewer people will have such a long time to read your story. So plz as far as possible try to make it short so that it won't make people bored just by seeing the size of story. ok keep writing
ReplyDeletekatha dherai dukha lagdo chha mero jiban ma pani mel khanchha tara k garne phucche ko thauma patra ma huna paina.
ReplyDeleteRamro chha keep it up
ReplyDeleteशिर्षक सुन्दा त एक छिन हाँसो लग्यो जब पढ्दै गयाँ खलासी भाई को कथाले त आशु नै झर्यो मेरो आँखा बाट अनिता जी एउटा भाई को बस्ताबिकतालई कथामा पर्स्तुत गरि पस्कनु भयकोमा धन्यवाद ! राजु कुँवर simankunwar@yahoo.com
ReplyDelete