katha

कथा

वक्षमा हराएको होली

कति उमँगकति हर्ष अँगालोमा अटाइ नसक्ने।रँगै रँगको जात्राहरियोरातोपहेलोप्याजीगुलावींंंंं…।अनेक थरी।यही रँगको जात्राले गर्दा सडकहरुले आफ्नो वास्तविक रुप त्यागेर कुरुप हुनु परेको छ।विभत्स चित्कारमा कराउदा पनि मानिसहरु रँग पोख्न छोड्दैनन्।सुन्तलीले प्याजीलाईपिँकीले गुलावीलाईंं…॥यस्तै यस्तै एकले अर्कालाई छ्यापेको रँग उनिहरुको वदन हुदै मुर्छ सडकहरुमा अनि अनायासै हुन्छ छताछुल्ल त्यही उमँग भित्र फागु।sति रमाइलो यो रँगको चाड होली वा फागु।sाेही भन्छन् होली कोही भन्छन् फागुआखीर जे भने पनि दौतरी मिलाएर एकले अर्कोलाई रँग छ्यापिने पर्व न हो एकपटक फागुन महिनामा।हर्ष र विस्मात हरेक पर्वका विशेषता हुन्।तरहर्ष र विस्मात नै त जीवन भित्रको मिश्रण हो यथार्थमा।यस्तै पर्वहरुकै दिन कयौँ आकृतिहरु यो चक्ष्ाहरुवाट अलप हुन्छन् भने कैयौँ नयाँ रुपले परेली भित्र स्मृति वन्छन्।नियतीले सँयम हुनै पर्छयहि नै त हो मनुवा चेत।त्यै चेतनाले भरिभराउ शुन्य दिमागमा विगत र वर्तमानका रेखाहरु कोर्दै छे जुनु घरको कौसीमा वसेर।जहाँवाट अनन्त क्षितिज लाइ नियाल्न सकिन्छ।अल्पाधुनिक शहरलाइ धाँजा पारेर लम्पसारिएका सडकहरुमा छताछुल्ल पोखिने होलीको दृश्यावलोकनमा व्यस्त छे ऊ।जति वेला उसको हृदयको राजकुमार उज्वल उसको वाहुमा थियो काखमा लुटपुटिन्थ्यो त्यति वेला शायद उसले सोच्थी मात्र उसैको लागि हो मात्र उसैको लागि हो होली पर्व ।शहर भरीका दृश्य र अदृश्य मायालु जोडिमा आफु मात्र खुशी भएको पाँउथी र अरुहरुलाइ निरर्थक र वेकम्मा।नपावस पनि कसरी त्यो दिन उसको कुमारित्वनारीत्व अँमु भनौँ वैँश वा उमँगका सम्पुर्ण गहनाहरु विभिन्न रँगहरुले रँगिने निहुँमा कुण्ठिएको यौणिक आनन्दानुभुतिमा मख्ख हुन्थी ।वैँश पोखिएर जवानीमा छताछुल्ल हुन्थ्यो कसैका काख भरी ।त्यति वेला चन्द्रइन्द्र र मत्र्यलोक मानौ सवै लोकहरुमा उसको सयर हुन्थ्यो।sिनकि त्यति वेला उसको सारथी उज्वल थियो। तरआज त्यही समयको सारथीले दुवैलाइ एक सिक्काका दूई पाटा वनाइदिएको छ।
ठूलो शहरको ठूलै रममुमठूलै जमात ।sिनकि त्यहाँ देशका सवै क्षेत्रवाट ओइरिन्छन मानिसहरु कामगर्नपढ्नजागिर गर्नगुण्डागर्दीचोरी यस्तै यस्तै गर्नयस्तै ठूलो जमातवाट छानेकि एउटी केटीलाइ अँगालेर पढ्न गएको उज्वल त्यै शहरमा लठारिएको छ।जीवनका सवै भोग विलासहरु उतै पाएको छ।शहर पसे दॆेखि नै उसले जुनुलाइ लत्याएको छ।सानो छँदा सँगै पढ्दा देखि शहर पस्ने वेला भन्दा अघि सम्म देउरालीका वरपिपल साक्षी राखेर खाएका कसमहरुवराहाजीको मन्दिरमा लुकिचारी उसको सिँउदोमा हाल्दिएको सिन्दुरवेलामौकामा उपहार स्वरुप दिएका राता चुराहरु आज सव फगत भएका छन् उसका वाचाहरु तोडिनाले।शायद उ आजैको दिन जावलाखेलगोदावरीधुलिखेल आदि जस्ता रिसोर्ट र पार्कहरुमा प्रेमिकाको काखमा टाउको राखेर चुल्ठि खेलाउदै होलासँसारको सवै भन्दा खुशी र सुखी आफुलाइ मात्र ठानेर ।तर…।व्यर्थ …।sुनै वेलाकि उसकि ढुकढुकी कौशीवाट कसैले खेलेको होलीमा आफनो प्रतिछायाँ कल्पिदै छेआरिसले थुक घुटुघुटु निल्दै छे।यदि उसमा साहस हुन्थ्यो भने धर्ती फाट्ने गरी चिच्याइदिन्थी उज्वल॥उ…ज्व…॥लतँ पापी होसधोकेवाज होस…।यस्तै ॥यस्तै।धैर्यतामा वाँधिएको पक्की वाँधले उसको स्वर च्यातिदैन मात्र थरथराउछन् उसका ओठहरु ढुकढुकिन्छ उसको छाती।sाल्पनिक दुनियामा हावा हुरि चल्छ अनि सव स्वाहा…॥तर ऊ आफुलाइ कम्ति ठान्दिन अँमुै।ऊ भित्रको जवानी मरेको छैन।छातीमा फुलेको नारीत्व अमुै सकि्रय छ वैँशका वटवृक्ष उस्तै मुकिमुकाउ छन्लटरम्म फलेकै छन्एक दुईले टिपेर खाँदैमा कहाँ सकिन्छ र यो फल भनौँ जवानीको रस।म पनि फेरी यो सँसारमा नयाँ होली अन्माउन सक्छु।sसैका सामु मेरा लाजका गहना होलीका लागि सुम्पन सक्छु।त्यसैले मैले आज नयाँ होली सुरु गर्नै पर्छ ।ऊसका यी सोचाइहरु पानी विनाको कूरवाट माछा निश्किए मुै एकेक निश्कन्छन्।ऊ भित्र जान्छे र आकर्षक तर अलि मैला कपडा लगाएर रँगका प्यालाहरु लिएर सडकमा निश्कन्छे।उसका निशानाका शिकारहरु भने उमेर पुगेका केटाहरु हुन्छन्।नजिकैको समुहमा मिसिन्छे अफसोच सवै ऊ सँग तर्किन खोज्छन्वेवाश्ता गर्छन्।हातवाट छुटेको रँगको प्याला हातमै अडिन्छ धेरै वेर सम्म।
परिस्थितीले समय सँग हार खाए पनि हरेस नखानु भन्ने उसको हजुर वुवाको भनाइ सँमिुन्छे ऊ।अनि फेरि उत्सर्ग हुन्छ उसको ईच्छामैले किन हरेस खाँउ जीवन देखि ।मैले आज होली खेल्नु नै छ त्यसैले दौतरी खोज्नै पर्छ जसले मेरो हातको रँगको प्याला खोसेर मेरो अनुहारमा दलिदेवस्।अनि म चाहान्छु कि अन्जानैले उसका हातहरु मेरो वक्षमा सयर गरुन्।उसले खन्याएको रँगले मेरो छातीलाइ दूई चिरा पार्दै नाभी ।हुदै अनन्त सम्म चुहियोस्।लामो समय सम्म स्पर्शविहन मेरा हातका औँलाहरु पुरुष देहमा लुट्पुटियुन् र रँगै रँगको मद्होसीले वदन लत्पतियो।शरीरमा वैँशको आगोले मन मथिँगलको खडेरीलाइ शितलता देवस् र म एउटा भाज्याँगको शिरशिरे हावाको मुाेक्कामा अनन्त क्षितिज वीच हराउन सकुँ।वाहक्या मिठो कल्पना मदहोस भित्र जीवन हराउन सक्ने ।ऊ धेरै समुहहरुमा रँगको प्याला वोकेर पोखिन खोजी तर समिप पर्ने जति सवै तर्किए पन्छीए उसको चेहरा सँग अनि भाग्न खोजे विगत सँग।हरेक क्षणपलपल भौतारिन्छे ऊ सवै समुहहरुमा तर उसको प्रयाश निरिहमा हराउछ व्यर्थ वनेर।s्रमशउसको जीवनको एउटा स्वर्णिम दिन ढल्दै जान्छ।अस्ताचलका लागि घामका पाइलाहरु छिटोििछटो वढ्दै जान्छन्।उसका विश्वास र भरोसाहरु च्यातिदै जान्छन्।जुन ईच्छा र उमँग लिएर ऊ कोठावाट वाहिरिएकी थिई ती सवै फगत महाशुन्य भएका छन्।हातका दूई प्याला रँगहरु जस्तको तस्तै भित्रिदै छन् उसको चार दिवार भित्र।हरेक गल्ली गल्ली र सडकहरु रँग विरँगले खुलेका छन् मुश्कुराएका छन् हौसला र उमँग भित्रको एउटा पर्वको विदाइमा फेरि भेट्ने वाचा सहित ।तर जुनुको लागि त्यो दिन निर्रथक सावित भैदिएको छ।sामवासनाले उन्मुक्त उसको वदनमा एउटा छिटो रँग सम्म परेको छैन ।उसले आफैलाइ धिक्काछे्र चिच्याउछे…के कमजोरी छ म भित्रमेरो जवानीमावदनमावैँशमा ऐं…।हिजडा पुरुषहरु हो …॥रुपकि धनि नहुन सक्छु तर चाहा पनि त छ नि नयाँ सँसर्गको स्पर्शको अरु नारी जस्तैआउ गोतमा लेउवाहुमा कसछरपष्ट पार मलाई…।ऊ हुत्तीदै जान्छे कोठा भित्र।उसलाइ दिनले इन्कार गरेको छपर्वले अस्वीकार गरेको छ।मानौ सिँगै एउटा उन्मुक्त जिन्दगीले वहिस्कार गरेर पनि अर्को जवनीले त्यागेको छ।ऊ आफुलाइ ऐना अगोडी ठड्याउछे र आकृति सँग एकालाप गर्छेकराउछे चिच्याउछे अनि दोष दिन्छे आफनो भाग्यलाइ त्यहि आकृति सँग।अकस्मात खित्का छोडेर हाँसिदिन्छ आकृति ।वेजोडले फुल्छ उसको छाती ।अनि हेर्दा हेर्दै विलिन हुन्छ ऐनावाट उसको आकृति र ऊ आकृति विहिन हुन्छे ।आकृति वा प्रतिछाँया विनाको जिन्दगी देखि उसलाइ विरक्ती लागेर आउछ।घृणारोष जाग्छ आफ्नै जीवन र जगत सँगत्यसैले मुल्यहिन ठान्छे आफुलाइ ।अनि फगत तृप्तिको लागि मरिमेट्ने यस दुनियामा आफ्नो औचित्य देख्दिन ऊ।नजिकैको भित्तामा निधार ठोक्छे वेजोडले धेरै पटक।रगतका निर्दोष धाराहरु प्रवाहित हुन्छन् उसको निधार हुदै वक्षस्थल चिर्दै टेकेको पैतला सम्म।मानौ पुरै शरीर होलीमय भएको छ।धेरै वर्ष पछि खेल्न आँटेको आजको होलीमा ऊ रँगिन पाईनभेट्न चाहेकी थिई हराएको उसको अर्को उज्वल।तर ऊ हरेक क्षण असफल भई ।लाग्छ उसले सम्भवतः छोटो जिन्दगीको लामो होलीको अन्तिम आनन्द लुटिसकि सदासदाको लागि।२०६५ फागुन फागुपुर्णिमा के एल
कथाका सबै पात्रहरु काल्पनिक हुन् कसैगरि मिल्न गए सँयोग मात्र हुनेछ

टङ्क  चन्द
तुल्सीपुर दाङ
नेपाल

0 लेखक लाई प्रतिकृया यहाँ:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin