ढुकुटी कुरुवा कुमारी आमा !!
दन्त्य कथा जस्तै लाग्ने अमानबिय संस्कार बाट गुज्रदै आएको हाम्रो समाज दास प्रथा देखी पती बर्ताको नाममा ज्युदै सती जाने प्रथा पनि थियो भन्ने कुरा बुडापाकाको मुख बाट र अबषेश ईतिहासले गर्दा पत्याउन करै लाग्छ । जातिय उड्पीडन र लिङ्गिय दमन त छदै थियो । धनी मान्छेहरुले गरीब निमुखा मान्छेहरुलाई जनवर जस्तै किन बेच हुने गरेको कुरा पनि सुन्न पाईन्छ । मन परेको केटी लाई एक हुद्दा मान्छे लिएर घिसार्दै भित्र्याउने चलन पनि थियछ । अनी बुडा बुडा मान्छेहरुले भर्खरकी तरुणीहरुलाई बिहे गर्ने अनी मरे पछी जल्दै गरेको चितामा हाम आफु पनि सगै जल्नु पर्ने नमिठो बाध्यता पनि थियो रे । सती जादै गर्दा जे सराप दिए पनि सुन्यो भने सुन्ने लाइ नै श्राप लाग्थ्यो रे । त्यसैले त्यती बेला गाउ भरिका मान्छेहरु जम्मा भएर बाजा गाजा सहीत लगिन्थ्यो रे । ता कि उसले दिएको श्राप कसैले नसुनोस र नलागोस भनेर । त्यसैले त भनिन्छ - "हाम्रो देश सतिले सरापेल्प देश भनेर" ।
त्यस बेलाका धनी महाजनहरु गाउ गाउमा खेती बारी किनेर गाउ भरी ठेक्क र अधियामा कमाउन दिने चलन पनि थियो । अनी अन्न बाली उठाउने समयमा सुनपाटको ठुलो ठोलो बोरा अनि ताबे पाथि लिएर खला खलामा गएर आफ्नो कुत उठाउथे ।गाउ भरिको अन्न एक ठाउमा जम्मा गर्थे । त्यसैलाई धुकुटी भनिदो रहेछ । त्यस्तो ढुकुटी हाम्रो गाउमा पनि थियो ।
मैले केही थाहा पाउदिन त्यही ढुकुटी कुरुवा एक जना बुढा थिए रे । ति महाजनले उनलाई कहाँ बाट उठाएर ल्याएका हुन या को बाट कतिमा किनेर ल्याएका हुन । सायदै थाहा होला । त्यति बेला महाजनहरु सग त्यसरि सोध्न पनि पाइदैन थियो रे । उनको दुइटी छोरीहरु थिए उनिहरुलाई चाँही थाहा पाउछु । ठुलिको नाम "कालि" र कान्छिको नाम "झ्याप्लि" भन्थे ।
आफ्नो बाउ मरेर गए पनि ति दिदी बहिनीहरु त्यही बस्थे । जस्को घरमा ढुकुटि भरि अन्न छ उनिहरु नै खाना पाउदैन थे कस्तो अचम्म ? त्यही महाजनले अलिकती बारी कमाइ खान लाई दिएका थिए । फेरी पनि खान नपुग्ने भएकोले गाउ घरमा बनी बुतो गरेर आफ्नो गर्जो टार्थे । उनिहरुको गाउमा कोही आफन्त पनि थिएन ,बङ्श पनि थिएन । उनीहरु दुबै जना लाटी पनि थिए त्यसैले पनि उनिहरुको विवाह हुन सकेन । यसरी नै दुई जना दिदी बहिनि बाचेका थिए ।
समय बित्दै जादा दिदी चाँही दुई जिउको भएछन । अनी बच्चा पनि जन्मियो । तर कस्को हो कसैला थाहा छैन । बिना बाउको बच्चा जन्मियो । एउटी कुमारी आमाले जन्माएको बच्चाको कुनै चर्चा भएन । समाजले पनि त बाठोहरुकै कुरा न सुन्छ । लाटी हरुको कुरा कस्ले सुन्छ र ? हुन त लाटी नै भए पनि बाउ त्यो भनेर देखाएको रे । गाउमा उनै को हुकुम चल्थ्यो रे कस्ले पो बोल्ने र ? बलात्कृत हुँदै पनि बाच्दै गए । धन्न छोरी चै बाठी नै भएछिन ।
छोरीको जात न हो कसैको घरमा त जानु नै पर्ने थियो । बिहे गरेर गएछन । समय बित्दै जादा धेरै राजनीति उथल पुथल र ब्यबस्था परिवर्तन हुँदै गयो । चलाख महाजनले सुटिक्कै अरु अरु लाई जग्गाहरु बेच्दै गएछन । आखिरीमा ति महजनले बस्दै गरेको अनी कमाउदै गरेको बारी पनि बेचि दिएछन् । त्यहि पिर चिन्ताले दिदी पनि परलोक भएछन ।
अहिले उनकी बहिनी रहेछिन । न उनी सग नाम छ , न ठेगाना छ , न त नेपाली नागरिकता नै छ । सिङ्गो जिन्दगी एउटाको दासी भएर अर्को बाट बलात्कृत हुँदै कुमारी आमा बन्दा सम्म पनि एक जना नागरिक नेपाली हुन सक्दैन । न्याय नपाउनु यो कस्तो कमजोरी हो ? त्यहाको समाज दोषि ही होकी ? यो राज्य दोसी हो ? या फेरी ति महाजन दोसी हुन ? आज तिनको यो दुनियाँ मा कोही छैन । कतै माग्दै पेट पाल्दैछिन रे त्यो पनि सकिन्जेल मात्र त हो । कोही छैन केही छैन । छ भने केवल अपहेलना र तिरस्कासको एउटा नामा छ त्यो हो - छि ढुकुटी कुरुवा कुमारी आमा !!
-चकेन्द्र राई
धनकुटा, नेपाल
0 लेखक लाई प्रतिकृया यहाँ:
कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)