katha

कथा

तायाहाङमा....!

एकचोटि हेरेपछि फेरि पनि फर्किएर हेरेका छन् हेर्नेले । यस्तो ठाउँमा यस्तो राम्रो फूल  सायद बगरमा फुलेको सिरु देखेर कसैले यस्तै भन्दो हो । उनको चाल ढाल मोहनी बोली र मुस्कानले एक चोटि जो कोही भित्रभित्रै उम्लिएर पोखिने गर्छ ।
यै माथि हो । कसैले उनलाई सोधेको छ-तिम्रो घर काहाँ हो  उनको सोधीखोजी गर्नेहरु थाकेर हैरान भएका छन् कतिसम्म भने सुतिरहेकाहरु पनि राति-राति उठेर लाइटरको उज्यालोले उनलाई छोएका छन् । सुडौल ज्यान लोभलाग्दा नितम्ब र अबोध अनुहार । केशका केही केस्रा ओठभित्र छुपेका छन् । केही घाँटीमा बेरिएका र आधा खाटबाट भूईँतिर लम्किएका । हावाले दिएको तरंगमा केशराशी निरन्तर बयेली खेल्दो छ ।
बुढोले ख्वाक्-ख्वाक् खोकेपछि मात्र घडी चरो नदी किनार वारपार हुने गरी बास्छ । उनले सोतेमा आफ्नो सासको हावा ठूटोको कोइलेटोमा झोसेर छानामाथिको खीर्राको पात धुँवाले सुस्त हल्लाउन थालेपछि मात्र लाग्दछ बगर फेरि अर्को दिन ब्यूँझेको छ । दल्सिन ढुंगाको चुलाहरुमा जब कालो चियादानीको पिँध टक्रन्छ अनि फेरि एउटा दिनले आफ्नो उस्तै रुपको सुरुवात गर्छ ।
हिउँदको चौपट्ट पोषिलो घाम आज पनि बुवा खोलामा उम्लेको छैन । डुम्रीबोटेबाट झरेका एक हुल ढाकरेहरु पिच्च-पिच्च थुक्दै र खलेङमलेङ गर्दै खोलामाथि तेसर्िएको बलो टेकेर बलेसीमा बिसाउन आइपुगेका छन् र गफिदैंछन् आफु आफै कुरामाथि कुरा खापेर । ुकति बटुका रे दाजै  उनको बोली मिठासले घ्याम्पाको स्वाद थाहा लाग्छ । खोइ बिजुली चुरोट खाम् न । ढाकरेले कमिजको थैली छाम्छ । ुपुष्टकारी र सुठुनीको पनि रक्सी छ है दाजै । बटुवा र ढाकरेहरुको आऊजाऊ उस्तै छ । बुढोको गति बाँसको खाटमा फेरि उस्तै छ-ख्वाक्…ख्वाक्…खोटाङ्ग पौवासेराको फेद । दुधकोशीको हावाले हम्काइरहने एक चोक्टो बगरको टापु । धिन्ताङ्गमा केराको दाम्चामा तिर्तिर् शुरु भएको बुवा खोलाको दुधकोशी दोभान । किनारमा छरिता दुइ दर्जन हिउँदे कटेराहरु । नजिकैको बुंगाजोर घाटमा नाऊ तरेर आउनेजाने परदेश लाग्ने र घर फिर्नेहरुको बगरभरि धर्कैधर्को लर्को । बेल्टारतिर नुन लिन जाने र फिर्ने ढाकरेहरुको दिनमा हजारको आऊजाऊ । कटेराहरु तातो र चिसो चिया दुइ चार त्यान्द्रो थुक्पा बिजुली चुरोट र सिमल तरुल रुङेर बसेका छन् । बलेसीका किलामा दुइ चार खापा केरा पनि झुण्डिएका छन् । सबैलाई लागेको छ खाजापानी बेच्नकै लागि कटेरोका भाटे धुरी ठडिएका हुन् । गाऊँभन्दा धेरै पर बालुवाको आँगन भएका कटेरोहरु बाटो हिड्ने मध्येका मध्ये सबैको कुनै न कुनै बेलाको बासस्थान भइदिएका छन् । बिहान मिर्मिर हुनु पूर्व बस् ढाकरेले यति सोचेर आफ्नो बाटो समाउँछ-बगरले बटुवालाई धर्म गरेको छ ।
तायाहाङमा कस्तो नयाँ नाम  बेग्लै खाले एक्लो यात्री एउटा कटेरोमा बास बस्न छिरेको छ । किन र उनी आफ्नो नाममाथिको आश्चर्य र अघिल्ला मसिना प्रश्न माथि प्रतिप्रश्न गर्छिन् । यात्री अगेनो छेऊमा कोही सोध्दै र टोलाउँदै मध्धे रातसम्म आफ्नो साप्रो सेकाउँदछ । ख्वाक्…ख्वाक्…। कुनामा कम्बलले बेरिएको बुढो ज्यान फेरि आफ्नो गतिमा निरन्तर छ ।
तायाहाङमा ! जिन्दगीलाई फेरि म यहाँ पढ्न पो आइपुगेछु । यात्री आफ्नो मन-मनमा अटेस मटेस कुराको छेऊ लाउँछ र विचतिर पुग्न होरा फर्काउँछ-मैले यति राम्रो फूल शहरको कुनै बार्दलीमा फुलेको देखेकै छैन । त्यहाँ त सबै-सबै निन्याउरा ओइलिएका हाँगाहरु मात्रै देखिन्छन् । भमराँ बस्न कहाँ सक्थ्यो होला जहाँ डालीले भाँचिने कुनै निहुँ खोजिरहेको होस् !
धेरै पढोस् र जान्ने होस् भनेर मेरो बजैले किराती भाषामा तायाहाङ्मा नाम राखिदिएको । उनका मसिना भार्रभुर्र भाइबैना पत्थरको डिलतिर मुख फर्काएर घुरिरहेका छन् । यात्री लामो बेलो पछ्याउन तम्तयार छ ।
धेरैले यस्तै भनिरहेका छन् समयलाई मान्छेले जितिसकेका छन् । किनभने समयको झोक्काले मान्छेलाई जहाँ थुपारेको होस् मान्छे हार्न मानिरहेको छैन । सबैलाई प्रविधिले खुवाउँछ पियाउँछ र दिसाउँछ । सबैले संसारलाई खल्तीमा बोकेर हिड्छन र दम्भसाथ भन्छन्-अ वल्र्ड विदिन अ वल्र्ड । यै आँगन भएर हिँडेकाहरु धेरै उकालो र ओरालो हिडिसकेका छन् । छेवैको नाऊ चढेर दुधकोशी तर्नेहरुले समयको खुट्किलोलाई निरन्तर फड्को हान्दै होलान् । तर एउटा सपना देवीथान गाउँको गाँछबाट हिउँद खुत्रुक्क बगरमा झर्छ र कटेरोमा बदलिन्छ जब बाढीले कटेरोको शिरलाई आफ्नो बाटो बनाएको हुन्छ त्यही बेला तलतिर नजिकैको पुलका भित्तोमा फेरि सपनाको त्रिपाल टाँगिन्छ । हेर्ने र हेरेर खप्नै नसकिने सुन्दरता बगरमा टाँ_िक्सन्छ र भित्तोमा टाँसिन्छ । यात्री यस्तै यस्तै के-के सोचिरहेछ निकै गम्भीर देखिन्छ ।
शहर जान पढ्न कसलाई मन लाग्दैन र दाजै  चोलियामा मैलाको हैन पसिनाको रेखा छ । नथिया लाएकी यी उन्नाइ वर्षे बाऊ आमा मास छर्न गएपछि मसिना पिउसा र एक्लो बाजेको परान धान्न बगर र भित्तोलाई हिउँद र बर्खाको भाग लगाएकी छिन् । यात्रीलाई यस्तै लाग्छ-जूनेली रातमा बगरका ढुंगा चम्किए जसरी यिनको भाग्य चम्किएको छैन । यिनको जीवन कान्लामाथिको सिक्किमटार हुन सकेन तर पारी पट्टिको भालुखोपको ओरालो खोल्सो भइरह्यो जो दिनरात नमजाले सुसाइरहन्छ । यै जीवन कोही सगरमा कोही बगरमा कोही डगरमा छ । कुनै जीवन हवेलीमा पिङ खेल्छ तर फेरि किन जीवन त्रिपन्न सालको बाढीले ढुंगा बिच्छ्याएको उबडखाबड सेराखेती भइदिन्छ  यात्री निकैबेरपछि झस्किन्छ र उनलाई फेरि सोध्छ-ुके तिमी शहर गएकी छौ त
उत्तरले यात्रीलाई फेरि चकमन्न बनाउँछ-तायाहाङ्मा ! शहर तिम्ले सोचेभन्दा बेग्लै छ । त्यहाँ तिमीजस्ती राम्री अहँ मैले कोही देखेकी छैन । यात्री गतिलै सोच्न थाल्दैछ सायद र फेरि सोचिरहेकै छ-तिम्रा उमेरकाहरु क्लिक गरेको भरमा संसारका दौतरीहरुसँग बात मार्छन् । तिमीले हिजोअस्ति नुनथलामा गट्टा खेलेको जस्तो कहाँ हो र शहरमा त्यहाँ त संसारका मान्छे आफ्नै अगाडि हुन्छन् । तिम्रो संसार र त्यो संसार अर्के हो । यात्री यसरी मनमनै कसैलाई संसार बताइरहेछ ।
ब्रीट्नी र केटरीनाहरु नगरकोटमा हावा खाइरहने बखत तिमी भीरकोटमा भेडीखोलाको चर्को हावा सहँदै खर काटिरहेकी हुन्छ्यौ । स्वीटि र पि्रयंका गोदावरीमा फूलसँग भिडियो खिचिरहेको बखत तिमी पाखाबारीमा फूलभित्र लुकामारी खेलीरहेकी हुन्छ्यौ । तिनीहरु प्रसुति गृहको नरम बेडमा जन्मिए तर तिमी भैंसीले कुँडो खाने खलोमा धर्ती टेक्न झर्यौं । म देख्दैछु तिम्रो बाँया क_िन्सरीको मुसे दाग जुन तिमी जन्मिदा भूईंमा बालुवामा जोतिएको हुलिया हो त्यो । तिमीले झानेको जाँड पियौं र उनीहरुले शक्तिदान दुध पिए । तिमीले अहिले उठाउने भारी र तिमीले देखाएको काँध अहँ शहरका कुनै फूलबुट्टेसँग दाँज्नै मिल्दैन । उनीहरु पिज्जा र बर्गर मगाउँछन् तिमी भोलिको लागि फापरको रोटो बेलिरहेकी छौं ।ु यात्री गम्भीर देखिन्छ र झोला टिपेर बाटो लाग्नु अघि मुख खोलेर भन्छ-तायाहाङ्मा जिन्दगी बार्दलीको फूल होइन ।
ती यात्री हिउँद म घरबाट काठमाण्डु लाग्दै गर्दा्र छुइलाको उकालोमा भेटिए र बुवाखोला बगर कुलोबाँधको एक रातको बसाइ र उनका अनुभूति बारे मलाई सबिस्तार भन्न थाले । मैले भनें-नेपाली नियति यहीनेर आएर निष्कर्षमा पुग्छ । घरायसी बाध्यताले न मान्छेलाई संसार चिन्ने बनाउन सक्यो न देशलाई उकास्न सक्यो । यो सबै नेपाली हुनुका बिडम्बना हुन् । मान्छेले समयलाई जितेको छैन । जीवन नियतिमा टक्क अडेर बसेको छ । भावुक लेखक तथा कवि ती यात्रीलाई मैले उदयपुर बेल्टार माथिको अप्राहामा भनेको थिएँ-दोस्त जिन्दगी बार्दलीको फूल हो जिन्दगी बार्दलीको फूल होइन ।

समाप्त ।
निराजन बतास
कीर्तिपुर ।

1 comment:

  1. Raju Dangol U.S.A.June 7, 2009 at 7:51 PM

    Wow! Nirajan g good, I like the story keep it up.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin