katha

यात्रा सस्मरण

आशामा बाचेँको हजुर आमा ......!

जिन्दगी संयोग रहेछ । नत्र कहाँ भेट हुने थियो र मेरो यउटी बिदेशी युबती संग । कुरा निक्कै बर्ष पहिलेको हो । जती बेला म गाउकै बिद्यालयमा आध्यायन गर्दै थिय । होरेस कादुरीको सहयोगमा बनियको यो बिद्यालय धनकुटा जिल्ला कै राम्रो बिद्यालयको रुपमा चिनिन्थ्यो । अग्रेजी ई डिजाइनमा बनियको उक्त्त बिद्यालय बनाओटी जती आकर्शक छ त्यती नै गुणस्तर शिक्षा पनि । धेरै बिद्यार्थीहरुले धेरै पल्ट जिल्लाकै सर्बोउत्कृष्ट भयर यो कुरा पटक पटक प्रमाणीत भई सकेको कुरा हो । बजार देखी अलिक पर सुनसन वातावरण भयको ले पनि होला पढ्ने बिद्यार्थीहरु को लागि यो बिद्यालय छनौट को बिद्यालय भयको हुन सक्छ । यहाँका ब्यबस्थापकहरु र शिक्षकहरु लाई पनि प्रशशा गर्नै पर्छ । यही बिद्यालयमा म अध्ययन गरी रहेको थिय ।

यक दिन अमेरिकी यक जना युबती हाम्रो बिद्यालयमा आइन । उनलाई यक जना मान्छे चाहियको रहेछ । १५ दिनको लागि उनी सगै जानु पर्ने । हेडसर ले कोही जान्छौ भने जान सक्छौ भने पछी मलाई जान मन लाग्यो अनी मैले जाने इच्छा जाहेर गरे । म उस्को भारी बोकेर १५ दिनको लागि बाटो लागे । जिन्दगी यात्रा पनि त रहेछ । त्यसैले त हिजो सम्म नदेखेको मान्छे को आज म सहयात्री भन्दै थिय । यो यात्रामा कती आफन्तहरु बिछोडिन्छ , कती पराइहरु भेटिन्छन् यो त्यसैको एउटा निरन्तरता मात्र हो । मैले बोक्ने भारी एउटा झोला रहेछ , मैले पनि त्यो झोला बोकेर गन्तब्य तिर लाग्यौ भरिया भयर । उसले एउटा थेसिस लेख्नु पर्ने रहेछ । त्यो पनि नेपाली जन जीवन को बारेमा हिमालि जन जिवको बारेमा ।

आधी नेपाली र आधी अङ्ग्रेजी बोल्ने ति अमेरिकी युबती को नाम ''लिजा '' रहेछ । मैले चाँही मेरो नाम ''राइ'' हो भनेको थिए । पहाड को हाम्रो यात्रा अलिक कठिन नै महसुस हुदै थियो । तर उस्लाइ त यौटा केहि देख्यो कि ''ओ सो नाइस '' भन्दै फोटो खिच्न थाल्थिन । झरना होस या खोला उसलाई सबै नाइस । अनी कहिले कही मेरो पनि फोटो खिची दिन्थिन र कहिले कही चाँही उस्को पनि खिच्न लगाउथीन । ति पहाड को बाटो हरुमा कहिले नफुकायको बधुवा भैंसी जस्तै गरी हिड्थिन । कहिले कही आफ्नो शरिर थाम्न नसकेर पुरै शरीर मैले थामी दिनु पर्थ्यो । अनि ओ माइ गड सरि ! भन्दै मुसुक्क हास्थिन पनि त्यति बेला इज ओके / नो प्रोबलम भनि दिन्थे । उसलाई त्यो यात्रा फलाम को चिउरा चपाय जस्तै भयको थियो । तर पनि त्यो पिडालाई खुशीमा बादलनु चाहान्थिन । त्यसैले त्यो यात्रामा के के कुरा गरी रहन्थिन । कहिले सगरमाथाको कुरा त कहिले गौतम बुद्ध को कुरा गर्थिन । मलाइ कहिले कहि त रिस रिस पनि उठ्थ्यो " इन्द्र को सामु स्वर्ग बणर्न भने जस्तो" तर पनि म या / यस / ओके भनी दिन्थे । वाट इज दिस ? वाट इज ड्याट ? हाउ ? होयन ? होयर ? यस्तै यस्तै कुनै यक ब्याबसाहिक पत्रकार जस्तै ………! जान्ने उत्सुकता पनि कती धेरै ?? अनी कुरा गर्दै जादा कती कुराहरु त मलाई नै थाहा नभयको कुराहरु पनि उसलाई थाहा रहेछ अनी चुपचाप लागेर सुनी रहे । सोचे यो त्यही उत्सुकता परिणति होला………।

यिनिहरु को मुखमा '' आइ लभ यू " भन्ने शब्द पनि कती प्रिय र कती सस्तो ? जसलाई पनि '' आइ लभ यू " भनी दिन्छन । मलाई कहिले कही त यो माया भन्ने शब्दकै अपमान त गरेको होइन ? भनेर आफु लाई नै प्रश्न गर्थे । अगालो मार्नु र किस गर्नु त हाम्रो नमस्कार र हात मिलाय जतिकै रहेछ । सामु मा पर्ने हरेक मान्छेलाई मुसुक्क हासेर स्वागत गर्ने यिनिहरुको संस्कार नै रहेछ । यिनिहरु त औपचरिकता मा बाच्दो रहेछन र औपचारिकाता मर्दो पनि रहेछन । हाम्रो जस्तो रुडिबादी पराम्परा यिनिहरु को देशमा रहेनछ । न त हाम्रो जस्तो उच्च र निच्च भनिने जातहरु नै । सबै मान्छे यकै हो भनेर सोच्ने यिनीहरु को उच्च सोचाइ मलाइ धेरै मन पर्यो । शायद यही होला यिनिहरुको आफुलाई अघी बडाउने मुल मन्त्र ।

बाटोमा ५ रात बितायर ६ दिनमा हाम्रो गनतब्यमा पुग्यौ । निक्कै नै जाडो थियो । हिमाल को फेदिमा अबस्थित त्यो गाउमा शायद बहिरा बाट कोही गयको पनि थियन होला । प्राय: यो गाउ बादलको घुम्टो ओडी रहदो रहेछ । अलिक पर बाट हेर्दा कती रमाइलो द्र्श्य………। त्यहा को मान्छेहरु पनि त्यस्तै खादीलो जिउ डाल रातो रातो गालहरु बाट रगत नै चुहियला झै हेर्दा पनि सुन्दर सुन्दर हेरी रहु जस्तो । त्यहा का मान्छेहरु जती सुन्दर छन उनिहरु को आत्मा पनि त्यति नै सुन्दर रहेछ । त्यही माथि देखियको हिमाल जस्तै सफा र कन्चन पनि ।

आज का मान्छेहरु धनको पछी लागेर मानबततालाई भुलेका छन , आफन्तलाई नै बिर्सियका छन । भन्नु पर्छ धनकै पछी लागेर आजको हाम्रो समाज पथभ्रस्ट मात्र भयको छैन, किङ्कतर्ब्यबिमुड नै भयको छ । आफु मात्र बाँच्न चाहने आजको भौतिकबादी मान्छेहरु लाई यो गाउले राम्रो सन्देश दियको छ । हुन पनि यो समाज नितान्त भिन्न छ । यहाँको संस्कार र चलन हेर्दा यो हामीले बस्दै गरेको यो धरती नै होइन अर्कै कुनै ग्रहका मान्छेहरु हुन कि जस्तो लाग्छ ।

यहाँ का मान्छेहरु मानिस जातिलाई नै आफन्त ठान्दो रहेछन । यक परीवर को सदस्य मान्दो रहेछन । यिनीहरु मा अलिकती पनि शक्ती र सम्पत्ति को घमण्ड छैन । छ त केवल यक अर्कामा अपार समर्पण,आदर, आत्मा सम्मान अनि मिठो माया छ । कसैलाइ कसैको डर छैन। अलौकिक विश्वाश छ, सुमधुर आत्मियता छ र अनौठो सद्भाव । त्यसैले सबैको अनुहारमा यौटा कुरा हेर्न पाइन्थ्यो त्यो हो - स्वर्गिय आनन्द । सदियौ देखिको जिबिकापर्जन को लागि यहाँ का मान्छे हरुले खेतिलाई नै आफ्नो पेसा बनायका रहेछन । खेती पनि आलु र फापर मात्र हुदो रहेछ । कसै कसैले भेडा,च्याग्रा र चौरी पनि पाल्दो रहेछन । हामी यही धरतिको यही लोभ लाग्दो द्रिश्यको साक्षी बन्दै थियौ । यो गाउलाई हेरे पछी मलाई महाकबी देबकोटा को मुना- मदन को याद आयो :-

''हातको मैला सुन को थैला के गर्नु धनले

साग र सिस्नो खाएकै बेस आनन्दित मनले'' आहा ! जीवन बिताउने क्या गजब को शैली………।

पर क्षितिज मा घाम ले बिदाहिका किरणहरु छर्दै थियो । रात मा त चराचुरुङिहरु पनि आ- आफ्नो बासस्थान फर्कन्छन् । हामिलाइ पनि यउटा बास चाहियको थियो । नजिकै को घरमा बास माग्न पुग्यौ । सुन्सान त्यो घरमा कोही छैनन कि जस्तो पनि लाग्यो । तै पनि बोलाउनु पर्‍यो भनेर मैले बोलाय - घरमा को हुनुहुन्छ ? निक्कै पल्ट बोलाय पछी मात्र भित्रबाट मलिन आवाज आयो - को हो ? भित्र आय हुन्छ नी । अनी म र लिजा भित्र पस्न लागेको त भित्र त बाहिर भन्दा पनि अन्धकार रहेछ । चुक जस्तै निस्पट अध्यारो । हामी सग भयको पेन लाइट बालेर भित्र पस्यौ । अघेन कुना मा यउटा सुकुल माथि पल्टीयको हजुर आमा लाई देखे । हजुर आमा ले सोध्नु भयो - पल्लो घरको साइला हो ? म बोल्नु कि नबोल्नु भय ति हजुर आमा बिरामी मात्र होइन रहेछ आँखा पनि नदेख्ने रहेछिन् । म यस्तै सोच्दै थिय यतिकै मा फेरी हजुर आमाले भन्नु भयो - बस साइला आज किन बोल्दैन यो ? यक मनले भन्दै थियो - नबोली फिर्नु पर्‍यो फेरी कहाँ जाने ? जाने पनि त ठाउँ थियन । अर्को मनले भन्यो - यस्तो हजुर आमालाई ढाट्नु त पापै लाग्ला । सयौ मान्छे मारे जती नै अपराध लाग्ला भन्ने सोचेर म पल्लो घरको साइला होइन नि आमा भन्दै हजुर आमाको खुट्टा तिर बसे । कोहो त नानी तिमी ? भन्दै फेरी प्रश्न गर्नु भयो । हामी पर्देशी हो आमा मैले जवाफ दिय । खै के भयो कुन्नी ति हजुर आमा त रुनु थाल्नु भयो । म चुप लागेर के / के सोच्न थाले । मैले त केही पनि भनेको थिइन मात्र आमा भनेको थिय । आमा भन्दा ति हजुर आमाको आशु किन खस्यो ? भनेर मेरो मनमा प्रश्न उब्जियो मैले सोचे - कसैले उनकै काख बाट जबर्जस्ती गरेर उहा को सन्तान लगेको हुनु पर्छ । या फेरी उनी आमा बन्न चाहन्थिन तर आमा बन्न नसकेको बर्शौ देखी को चाहना आज मैले पहिलो पल्ट आमा भन्ने सम्बोधन गरेर उहाको चाहना पुरा गरी दिदा अनयास आशु त खसेको होइन ? या फेरी कुनै म जस्तै अन्जान पराइ मान्छेले निर्मम लुटेको हुनु पर्छ । अनी मलाई पनि त्यही सम्झेर मेरो सामु जीवनको याचना गरी रहेको त होइन ? भनेर म शङ्का शङ्कै मा यकै क्षण हराय । नानी तिमी कसरी यहाँ आइ पुग्यौ ? फेरी हजुर आमा ले सोध्नु भयो । आमा हामी घुम्दै घुम्दै तपाईंको घरमा आइ पुग्यौ । यहाँ आइ पुगे पछी रात पनि पर्‍यो तपाईंको घरमा नै बस्नु पर्‍यो भन्ने बिचार गरेर आयको आमा । ति हजुर आमाले ए ! पर्देशी हो नानीहरु ? घर त के भन्नु बाबु ओडार छ । फेरी पनि म बस्तै आयको छु मेरो लागि त यही घर यही हो मेरो संसार यही हो मेरो दुनियाँ । साझाको पाहुन देउता भन्छन । आजको ४ पहर रात त यतै बिताउला तर बाबु

मेरो घरमा खाने कुरा केही पनि छैन, सुत्ने खटिया पनि छैन , यहाँ त धेरै जाडो पनि हुन्छ । ओढ्ने पनि छैन………।

अनी मैले भने आमा - हामीलाई टाउको लुकाउने ठाउँ मात्र चाहियको छ । खाना र ओढ्ने कपडा त हामी सगै छ नि आमा । फेरी पछुतो मान्दै - "आयको पाहुन लाई यक छाक खाना पनि दिन नसक्दा मलाई नै दु:ख लागेको छ नि बाबु'' यती बेला ति हजुर आमको आत्मा मा मात्रित्वको सगरमाथा देखे , स्नेह को सुमेरु देखे , ममता को सिङो आकाश गंगा देखे । त्यति बेला मैले सुधामाको कथा सम्झिय । दुनियाँकै सबै भन्दा मनकारी बिचरी ………।

यक छिन पछी लिजा ले खाने ईशारा गरिन अनी हामी ले नै लियर गयको चिउरा र भुजिया खायौ । हजुर आमा लाई पनि अलिकती दियौ । अनी तिनै जना खाइ सके पछी लिजा अली कती पर तिर सिलिपिङ बेड ओच्छायार उततिर फर्कियर निदाइन । मैले मन मनै "सोचे यही हो नेपाली जन जीवन को बारेमा हिमालि जन जिवको थेसिस '' तर मलाई चाँही हजुर आमाको पिडा के रहेछ ? भनेर जान्ने उत्त्सुकता जाग्यो । तर कुरा कसरी थालनी गर्ने भनेर अलमल परे ।

यक छिन पछी मैले सोधे - आमा अरु खै त ? बाबु ! छन भनु कि छैनन भन्नु ? मेरो यक जना तिमी जस्तै छोरा छ । "भन्छन छोरा भनेको आशाको लौरी हो । दु:खको उकालो मा टेक्न सकिने, आभव को दुवाली छेक्न सकिने " तर छोरा पनि सबै यकै खालको हुँदैन रहेछ । कोही जन्माउनु पर्छ बडाउनु पर्छ पखेटा उम्रेर आफ्नो गूड देखी उडेको चरा फेरी फर्केरा गूडमा नआय जस्तै घर फर्कन नै बिर्सिदो रहेछन यिनीहरु छोरा होइनन यिनिहरु त चरा हुन । यक खालको छोराहरु घरमा नै बस्छन, जाड रक्सी पिउछन, झगडा गर्छन् । आमा बाबा लाई रुवाउछन् कहिले पनि शान्ती दिदैनन । यस्ता सुकुनगुण्डा र धुन्धुकारी छोरा होइनन । आकाश बाट खसे जस्तो धर्ती बाट जन्मे जस्तो गर्छन् यिनिहरु त मोराहरु हुन । अनी अर्को खालको छोराहरु साच्चो छोराहरु हुन्छन । आमा बाबा लाई आदर गर्छन्, सत्कार गर्छन् । घरमा बसे पनि पर्देश गय पनि आमा बाबालाई २ पैसा कमायार दिन्छन । माया गर्छन्, बुहारी नाती नतेना हुन्छन अनी घर रमाइलो घर हुन्छ । अनी त भनेको तर सबै छोराहरु छोरा हुँदैनन। सबैले छोरा नै खोज्छन तर मलाई त छोरी जतिको विश्वाश छोरा माथि छैन नानी । यदी मेरो छोरी भयको भय म यती धेरै दु:ख नै कहाँ पाउथे र ? यि हजुर आमाको छोरा प्रर्तिको अविश्वाशले मनमा अलिकती छोरा हुनु को अनर्थ र पिडा दिलायो । र आफु पनि असल छोरा बन्न नसकेको पिडाले मुटु च्वास्स घोच्यो । सोचे- कुरा ठिकै पनि त हो । अझै पनि मैले जान्न खोजेको कुरा थाहा पाउन सकेको थिइन । मनमा झन झन उत्सुकता बड्दै गयो ।

मैले फेरी सोधे- आफ्नै छोरा सम्झेर अरु पनि बताउन मिल्छ आमा ? मेरो कुरा सुन्न सक्छौ त बाबु ? भन्दै अघाडी भन्न थाल्नु भयो - नानी ! "आमा बाबा को मन छोराछोरी माथि , तर छोराछोरीको मन ढुङ्गा मुडा माथि " यस्तै भयको छ नानी म माथि पनि । दुइटै हातले अनुहार छोपी उता फर्केर आशु पुछिन । सकभर हजुर आमा आफ्नो आशु लुकाउन चाहन्छिन। यक छिन पछी के के सोचे जस्तो गरेर बाबु यो गाउमा कोही पनि सावा अक्षर पनि जानदैन , कोही पनि पढे लेखेका छैनन । मैले छोरालाई असल मान्छे बनाउने सपना बोकेर शहरमा पढ्न पठाय । अरु को छोरा छोरीहरु ले उज्यालो हुँदा जङल बाट घास दाउरा घरमा ल्याइ पुराउथे । आमा बाबा लाई सघाउथे तर मेरो छोरालाई कहिले पनि भेडा बाख्रा चराउन पठाइन , शहर गयर राम्रै पढ्दै पनि गयो ।

दसैं तिहारमा घरमा आउँदा ठुलो ठुलो किताब बोकेर आउँदा छोराले धेरै पढि सकेछ भनेर खुशी लाग्थ्यो । बाबु यहाँ त मत्तितेल पनि पाइदैन , मैले छोरालाई असल मान्छे बनाउन आधा रात सम्म राको बालेर उज्यालो देखाउथे । उस्ले पनि भन्थ्यो आमा ! म धेरै पढेर पैसा कमाउछु अनी तपाईंहरु लाई पनि शहरमा लगेर सुखमा पाल्छु । यही सुक्कुल मा सुत्दै आधा आङ नाङै बसेर आधा पेट खायर पढायको पनि काम लागेन नानी भन्दै कम्बलले गुर्लुम्म मुख छोपिन । अनी लामो श्वास तानेर अघाडी बताउन थाल्नु भयो - अलिकती आलु फल्ने बारी थियो त्यो पनि पाच साल पहिले साहुँ ले आफ्नो बनाय । त्यही बेला देखी हामी बुडा बुडी यही झुपडी मा बस्दै आयको छौ । छोरा कहिले आउँला र त्यो बारी उकासौला र आनन्द को दुई छाक खाउला भनेर कुर्दा कुर्दै पाच बर्ष नै भयो । नानी न खबर आउँछ न त छोरा नै । मैले बिचै मा सोधे - बाबा नि त आमा ? कहा जानु भयको नि ? कहा जानु नि बाबु छोरा लाइ खोज्न जान्छु भनेर गयको '' कहा गइस बिलाउने हरौने को देशमा भने जस्तो " यक महिना पहिले छोरा खोज्न जान्छु भनेर घर बाट निस्कियको मान्छे । मैले त जानु पर्दैन भनेको तर मानेनन् । ज्युदै छन् कि मरि सके………।

म पनि त्यसको भोलि पल्ट देखि बिरामि भय । यउटा आशा लियर हरेक रात निदौछु - आज त आयन मेरो छोरा भोली आउछ र मलाई आमा भन्दै बोलाउदै खुट्टा मा ढोग्ला भनेर निदायको पनि पाच बर्ष भयो नानी भनी सुक्क सुक्क रुन थाल्नु भयो । उहाको यो कथा सुने पछी मरो पनि आशु खस्यो । मैले पनि मेरो दुई थोपा आशु हजुर आमा लाई चढाइ दिय । यतिकै मा मेरो पेन लाइट को ब्याट्री पनि सकिय छ , लाइट निब्यो । अनी यसो बाहिरा हेरेको त उज्यालो पनि भई सकेको रहेछ । मैले भने आमा उज्यालो पो भई सकेछ आज तपाईंलाई मैले सुत्त्न पनि दिइन भनी नसक्दै बाबु म त सुतेको पनि यही हो र उठेको पनि यही हो । लिजा पनि उठिन त्यहा बाट आफ्नो गन्तब्य तिर लाग्ने तरखर गर्न लाग्यौ ।

भेटिनु र छुटिनु को अर्को नाम रहेछ जीवन । मैले मन नलागी नलागी बिदा माग्न लाग्दा ति हजुर आमा ले भन्नु भयो - नानी ! धेरै बर्ष देखी मनमा जम्मा भयर बसेको मनको कुरा आज तिमीलाई सबै सबै भनी दिय । लामो समय बाट बोकेको भारी आज बिसाय जस्तै भयो । मलाई त आमा आज सच्चो भागवातिको देवी को दर्शन पाय जस्तै भयो आमा अब जान्छौ है आमा भन्दै खुट्टा मा ढोग गर्दा मेरो टाउको मा हात राख्दै भाग्यमानी हुनु , चिरन्जिबी हुनु भन्दै आशिर्वाद दिनु भयो । राम्रो केटी सग बिहे होस । ज्ञानी र असल बन्नु तिम्रो जीवन खुशी मा बितोस ………। यस्तै धेरै धेरै आशिर्बाद दिनु भयो । अर्को जन्म लिय भने तिमीलाई जन्म दिन पाउ भनेर आफ्नो चाहना बताउनु मैले पनि मनमनै भगवान सग यही प्रर्थाना गरे । अनी जाने बेला मा लिजा ले $ ५० हातमा राखी दिइन । बाबु मलाई यो पैसा किन चाहियो ? खान मिल्दैन । यो कुरा सुने पछी लिजा ले आफ्नो झोला बाट आधा किलो जती चिउरा रहेछ त्यो झिकेर हातमा राखी दिदा हजुर आमाको अनुहार खुशी ले चम्केको देखे । त्यती बेला मलाई पनि स्वर्गिय आनन्दको महसुस भयो । हामी बाटो लाग्दै गर्दा हजुर आमले भन्नु भयो - कतै मेरो छोरालाई देख्नु भयो भने तुरुन्त घर पठाइ दिनु है बाबु हो । हवस आमा भनेर हामी आफ्नो अनतब्य तिर लाग्यौ ।

हामी ले त्यो गाउमा तीन दिन बितायौ । बाटोमा फिर्दै गर्दा त्यहा को बारेमा सोच्दै आय । केही समय मात्र भय पनि त्यहा को जनजीवन संग नजिक भयर बस्ने सौभाग्य पाय धेरै कुरा सिके जस्तो लाग्यो । त्यहा न बन्द नै हुन्छ न आन्दोलन नै । न राजनीति को झन्डा बोकेर काटकाट गरेका छन । त न जातिय नाममा मारामार नै अनभिज्ञ भयर पनि उनिहरु त महान छन, प्रबुद्द छन । नयाँ नेपालको यस्तो महान नेताहरु भई दिय हामीले कल्पना गरेको नयाँ नेपाल अबश्य बन्ने थियो । पुन: ६ दिनको पैदाल यात्रा पछी फेरी पाख्रिबास नै आइ पुग्यौ । लिजा हतार हतार गर्दै अमेरिका तिर फर्किन ।

लिजाले आफ्नो थेसिस लेखिन या लेखिनन तर मैले चाँही एउटा गतिलो थेसिस लेखे जस्तो लाग्यो । आज म तेन्जीङ जतिकै भाग्यमानी ठान्छु । जो हिलारी को साथमा भरिया भयर सगरमाथा गयका थिय तर सर्वप्रथम उनी नै त्यो सर्वोउच्च शिखर सगरमाथामा पाइला टेक्न सफल भयका थिय । यही अनन्त खुशी को पलहरु मा पनि ति हजुर आमाको याद आइ रहन्छ । त्यसैले मैले भेटेको हरेक लाई सोधी रहन्छु - हजुर आमाको छोरालाई देख्नु भयन ?

चकेन्द्र राई कैदी
धनकुटा नेपाल
हाल दोहा कतार

5 comments:

  1. chakendra ji lekha dherai ramro lagyo . pargati ko lagi hardik kamana chha hai . rajendra ,qatar

    ReplyDelete
  2. yo kathale man chhoyera tappa jhareka duithopa aanshu puchhdai cakendra ji, hajurlaai hirdaya dekhinai dherai dherai dhanyabaad takraudachhu!yahaka pratek pailaa sadhai yasarinai agaadi padhun yahi chha mero kamana!Geeta thapa(doshi)

    ReplyDelete
  3. निक्कै नै लामो लेखलाई आफ्नो ब्यस्तताको बावजुद पनि आफ्नो समय खर्चेर पढि दिनु भयकोमा अनी मिठो प्रतीकृया पनि दिनु भयको मा यहाँ हरु राजेन्द्र जी र गिता जी लाई मुरिका मुरी धन्यवाद छ ।

    चकेन्द्र राइ "कैदि''

    ReplyDelete
  4. namaste dai sharai ramro katha lekhanu bhaye ko rahechha. tee ama ka kasta chhora ek patak pani ama nasamjhane.
    ajha ramra lekha padha na paiyos yahi kamana garda chhu .

    ReplyDelete
  5. yati mitho saino lagaune bhai ko nam janna pay manko khulduli metine thiyo . dai ko lekha haru hernu hudo rahechha ,aaja ta comment pani garnu bhaya chha,yasko laagi ma dherai dherai aabhari chhu hai .

    chakendra rai "kaidi''

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin