katha

[उपान्याँस] बिबिध


"उपान्याँस"
"जारज शब्द मेटाइनु पर्छ"



जोसेफ[Joseph] सँग सायद "मेरी" को शारीरिक सम्बन्ध भएको थिएन तर कुनै दोश्रो ब्यक्तिसँग भएको थियो। यो कुराप्रति चर्चका धेरै मानिसहरु बिस्वास गर्दैनन। कैथोलिक रैंक हेनिमुनले भनेका थिए यिसु " A Monstrous product of sexual fabtasy." (बिकृत वा राक्षसी भावनाले प्रेरित आनन्द लिने यौनाभुती) हो। यसको लागि वैटिकनले निर्णय दिएक थिए" The Church doesn't have problem with sex, the world does"(यौन संम्बन्धसँग चर्चको कुनै आपत्ति छैन संसारले गरेपनि)

पुरुषको "स्पर्मारोयोजा" नामक पदार्थबिना स्त्रीको गर्भाशयले अनेक प्रकारका सन्त्रासलाई त जन्म दिन सक्ला तर सन्तान कुनै हालतमा सक्तैन। यो कुरा कुनै पनि स्वस्थ्य मस्तिष्कवाला मान्छे मान्न तयार हुन्छ। कुनै कुमारीले गर्भधारण गर्नु बैध मानिदैन। पुरुषले बनाएको यस जन्जालमा हरेक स्त्रीको गर्भाशय कैद छ। जसरी कुनै स्त्रीलाई स्वतन्त्रता छैन त्यसै गरी उसको पाठेघरपनि स्वतन्त्र छैन। यिशु यस "जारज" शब्द बाट बचे। "ईश्वर" ले उनको रक्षा गरे तर ईश्वरले गरी सोह्र बर्षीय कुमारी आमाको सन्तान लियो नार्दो द भिन्चीको लागीनै " लास्ट सपर", " वर्जिन अफ द रास्क", "द एडोरेसन अफ द मेगीर" जस्ता अद्दितिय कलाकृति सम्भव थिए। यसै जारज सन्तानका कला आज पनि बिभिन्न गिर्जाघरमा सम्मानित छन। फिलिप्पीको जन्मपनि कुनै ठिक हैन तर उनको अध्यात्मिक अन्तर्दृष्टि अनेक " द वर्किन एण्ड चाइल्ड विथ सेण्ट डोमेनिक" चित्रकलाको पृष्ठभुमिमा " शुभ बसन्त पुष्पको पबित्रता र स्तिग्नधा" तथा तरुश्रेणी र दिगन्त नम्र निलाकाशमा अपार अगाध शान्तिको अनन्त आश्वासन छ।

बुद्दिबादी रेनेसांका सुत्राधार मार्टिन साथी र रोटाडमका बिख्यात बिद्द्वान इरासमसपनि एक जना धर्मगुरूका अबैध सन्तान थिए। उनलाई अलग गर्ने हो भने, रेनेसांको कल्पना नै गर्न सकिन्न-"He is considered by many scholars the greatest humanist of the entire Renaissance: Doris van de Bogart Introduction to the Humanities, New York" कबि एलेक्जेण्डर पोपले आफ्नो पुस्तक "एस्से अन कृटिजम[Eassys on Criticism]" एबं "द नाईट वाच" मा प्रकाश र छायाको चमत्कारिक खेलले सबै मान्छे मुग्ध भएका छन। त्यस अन्तरमुखी कलाकारले हेनड्रेकिए ष्टाफैलस नामक एक युवतीलाई जिबनभर साथी बनायो तर सामाजिक बिबहाको आवश्यकता नमानेर विवाह गरेन। हेनड्रेकेए गर्भावती भएपछि कैलविनिष्ट चर्चका पुरोहितले आमाका पापले जन्मेका सन्तान नरकमा पर्ने डरसम्म देखाए।

फ्रान्सका बिद्द्वान, चिन्तक, दार्शनिक एबं श्रेष्ठ गणितिय ज्यारे दालेमवेयर, मेडम धाँ ज्याँ स्याँका अबैध सन्तान थिए। उनका पिता सेवालिए देशतुसे सेनाका गोलन्दाज बाहिनीका कमिस्नर जनरल थिए। उनले छोरालाई यस्तो शिक्षा दिलाए, कि ऊ आफ्नो समयको श्रेष्ठतम गणितिज्ञ बन्यो। फ्रेन्च कथाकार मोयासका पिता गुस्ताफ क्लावेयर थिए । प्रसिद्द मोयासाकी आमा लबसँग उनको अबैध संम्बन्ध थियो । त्यसले मोपांसाको प्रतिभाको कुनै असर परेन । हामीहरु कन्फ्युशियससित धेरै परिचित छौं। उनको वास्तबिक नाम "कंफू-से" हो। तिनै प्रशिद्द दार्शनिक कन्फ्युशियस आफ्नो ज्ञान, मनीषा र पाण्डित्यको बलले ईशापुर्ब ४९७ मा चीनका महान बिचारक र प्रधानमन्त्री बने। कन्फ्युशियस निति र सदाकारका प्रबक्ता थिए। उनले चिनिया समाजलाई सभ्य, सदाचारी, महान र सुसंस्कृत बनाउने काम गरे। उनले रचना गरेका ग्रन्थवलिलाई धर्मग्रन्थको रुपमा त्यहिसम्मान प्राप्त भयो, जुन सम्मान हिन्दुले देद र गीतालाई, क्रीश्चयनले बाईबललाई र मुसलमानले कुरानलाई दिएका छन।"[The most sage ancient teacher]द मस्ट सेज एन्सिएन्ट टिचर" को रुपमा श्रद्दा ब्यक्त गरिरहेका छन। उनका पिता शान तुं प्रदेशका एउटा जेलका जेलर थिए। तर मान्छेको धारणा के छ भने कन्फ्युशियसको जन्म आफ्ना पिताको भएको हैन।

संसारमा कैयौं असभ्य शब्दको जन्म भएको छ । जसमा "जारज" शब्द पनि एक हो । मान्छेका सबै जन्म बैध हुन । कुनैपनि सन्तान अबैध हुदैनन । सबै सन्तान मनब-सन्तान हुन। "जारज" र "अजारज" सन्तानमा कुनै अन्तर हुदैन र सबै सन्तान बैध हुन् पबित्र हुन्।

कुनै स्त्रीलाई जुन शारिरिक कारणले गर्दा "असती" भनिने गर्छ, त्यस्तै कारणले कुनै पुरुषलाई यस्तै कुनै नामले अपमानित गरिदैन । यसै प्रकारले "असती" जस्ता अश्लील र असभ्य शब्द सामाजबाट हटाउन जरुरी छ, त्यसै गरी "जारज" शब्द पनि खारेज हुनुपर्छ।

-तस्लिमा नासरिन [Taslima Nasrina]

Source by- "बिग्रेकी केटी"

Note : उपान्याँस भित्रको एकटुक्रा पुरा पढ्नको लागी कृपया पुस्तक खरिद गर्नुहोला।

0 लेखक लाई प्रतिकृया यहाँ:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin