
निराजन बतास
थिदिङ्खा -१ भोजपुर
डिसेम्बर २७ बिहानको ८ बजेको छ। बाहिर सिमसिम पानी परिरहेको छ । झेयालबाट बाहिर हेर्दा छिमेकिघर र नजिकैका बस्तिहरुका घरको आँगनतिर थुप्रै दिदी बहिनिहरु काममा जान ठीक्क परिरहेक देखिन्छन । भन्दैछन " यो पानीले त हो अन्त जाडो ल्यायो हो" कर्सङ दार्जीलिङ भन्दा करीब ३० किलो मिटर दक्षिण पूर्वको अर्को रमणिय ठाँउ हो । यो ठाँउ भन्दा केही तल पर्ने मकैबारी चियाकमान बीचतिर पर्ने फुलबारी र कोदोबारी बस्तिको कुरा हो यो ।
दोस्रो पल्टको पाहुना बसाइ थियो मेरो त्यहाँ । आफ्नै दिदिको घर भए पनि बारम्बार गैराख्नु के के नमिलिरहेको हुन्छ। यसपल्ट त्यहाँ पुग्दा निकै कुसाइतमा हिंडेछु भन्ने भयो । पहिले त । हिउँदे पानी र बाक्लो भुइकुहिरोले त्यहाँका रमाइला दृस्यहरु आँखभरि पर्न पाएनन। यस क्षेत्रका लगभग सबै बस्तिहरु मकैबारी,कमसिरि,स्पृङसाइत करसाङ नाम का चिया उत्पादक मानिन्छ,यस कमान वर पर नजिक नजिक्मा बस्तिहरु छन्। बस्तिका घरहरु त्यती ठुला छैनन । तर पनि सफा , चितिक्क, आकर्षक् राम्ररी रंगरोगन् गरिएको झ्यालामा सफा सिसा वरी परी फुलबारी रहनु त्यहाँका प्रत्यक घरका बिशेषताहरु हुन । यस्ता प्रत्यक घरहरु त्यै चियाकमानकै भरमा बाँचेका छन । रोजगारीको एक मात्र बिकल्प भन्नु नै चिया कमान हो ।
दिउसो अलि दिन उघ्रेको बेला म चिया कमान बिचतीर हराउन कोठा बाहिर निस्किए। कोदोबारीको खासै चर्चित नभएको दुरबिन डाँडा दृस्यावलोकन्को लागि निकै उपयुक्त बिन्दु रहेछ । त्यहाँ देखि लभर पोइन्टको रुपम खुब चर्चित करसाङ बजारको दुरबिन डाँडोपहरोको टोपी झै देखियो । मैदानमा सिलिगुढी,काँकड् भित देखिए भने हिजो सिलिगुढी गुडेर आइको बाटो पनि फनफनी घुमेको देखियो । गिद्देभिरलाइ चिरेर गूडेको मसिना गाडीहरु पनि निकै पर देखिए । पंखबारी छेउछाउ भिरालोमा चाट्टन टेकेर उभिएको घरहरु आँफै भिरालो पाखाबाट रमिता हेरिरहेका झै थिए । आम्मामा ! यस्तो भीरमा पनि घरहरु हेर त! म सँगै जानु भको बिष्णुकला दिदिको आश्चर्य उहाको पहिलो भ्रमणले पनि होला मेरो भन्दा बढी थियो । त्यतका कुनाकन्दरहरुमा गुडिरहेका गाडी र एउटै घर पनि नछोडिकन फैकिएका बिजुलीका तारहरु एखेर भौगोलिक रुपमा त्यो ठाउँ भन्दा धेरै सघन तर त्यहाँको जस्तो बिकास सपनामा मात्र देख्ने म नेपाली गाउको ठिटोलाई यस अघी नै डाह लागेको थियो । अपरहान्नतिर करसाङ्को दुरबिन डाँडो टेक्ने र बजारको चक्कर लाउने बिचारले म फेरी जाडोमा उकालो लागे । चिया कमान मा डेयुटी रहेकाहरुको हुलहरु कमान भित्र यत्र तत्र छरिएका देखिन्छन । हिउदको याम कामदारहरु कलमी गरिएका चियाका ठुटाहरु सफा गर्दैछन । कामदारहरु को काम गर्ने आफ्नै नियम छ । कस्ले कहाँदेखि कुन समुहमा बसेर काम गर्ने ?सबै तोकिएको हुन्छ । ८ बजे बिहान देखि १२ र दिउसो १ देखि साढे १ बजेसम्म कामको समय तोकिएको हुन्छ । उनिहरु काम गर्दा त्यती हतार गर्दैनन्, अन्त हाजिरा बसिहाल्छ हो के हत्तार गर्नु । आफ्नै शैलिमा बोल्ने ती दिदिबहिनीको दैनिक हाजिरा भने ८० देखि १०० सम्म हुने गर्दछ । समुहको काम गराइ ख्याल ठट्टा हाँसी मजाकमा उनिहरु काम गरेको चालै पाउदैनन। तर काम गराइ को मुल्याङ्कन गर्न बरोबर खटिएका सि आइ डि हरुको चियाउने आँखाहरु डाँडामा पटक पटक देखिन सक्छन त्यतिखेर भने उनिहरु बढी ...............क्रमश:
0 लेखक लाई प्रतिकृया यहाँ:
कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)