katha

मेचीपारी एक फन्को................. (संस्मरण)

निराजन बतास
थिदिङ्खा -१ भोजपुर
पटक - पटक देखिन सक्छन । त्यतिखेर भने उनीहरु बढी इमान्दार देखिन्छन । काम गर्दा उनीहरुसँग हातमा छुरी, गोड्दा प्रयोग हुने सानो तिखो कोदाली, सिकल आदी हतियार हुन्छन । उनीहरु प्लष्टिकाको जुत्ता लागाउ छन र अगाडि बाक्लो बाक्खु बेर्छन । पानी पर्दा होस् या अरु बेला ठीक समयमा काममा पुग्नु र समय नभैइनफर्कन्नु यहाँका मानिसका असली बिशेषता हुन । चियाकमानका कामदारहरुको ज्याला रकम भन्दा सुविधा निकै आकर्षक छ । कामदारको बच्चा स्याहार गर्न छुटै नियुक्तिमा कर्मचारीहरु खटिएको छन । बच्चाको लागि दुध र पौष्टिकाको ब्यावस्था हुन्छ । नियमित मट्टितेल्, बच्चाको लागि दुध्, बार्षिक ८ मन दाउरा, हप्तामा ४ किलो आटा उतीनै चिनी लगायतका खुद्रा मसिना सुविधाहरु लोभलाग्दा छन । औषधोपचारको समेत ब्यावस्था छ,कामदारको लागि । ६० को उमेरपछि पेन्सनको समेत प्रावधन छ । अढाइ दशक कामनामा काम सरेर केश फुलाएका हर्क बहादुर राई का अनुसार पहिले पहिले काम गर्न चाहनेले सजिलै काम पाइन्थ्यो तर अचेल त्यस्तो छैन । काम गरिरहेका मध्यबाट कोही काम गर्न नचाहने अवकाश लिएकाहरु वा कारणबश काम गर्न नसक्ने ठाँउमा लिखित गरी मात्र अर्को कामदार नियुक्ती गरिन्छ । उक्लिन्दै गर्दा दाउरा कात्न हिंडेका अर्पणा र सालीना राई सँग एक छिन बात चल्यो ।अन्त कामनामा काम गर्नै पर्छ । कहाँ भ्याइन्छ र? भाइहरु भने स्कुल जान्छन । कलकलाउदो उमेरमा पढ्न नपाएका ति ठिटीहरु बोल्न पनि ज्यादै लजाए । निर्दोश ओठ्का लाली र गजलको बालीमा नारी बेदना र बाध्यताका नमिठा रङहरु वारपार भए । दिउसो हुस्सुमा भुइकुहिरो छाम्दै शाहीदपार्क रहेको दुर्विन डाँडो पुगे । जोडीहरुको सदावहार हाट लाग्ने त्यहाँ फगत म एक्लाई जाडोमा काम्दै पुग्नु , हेर्नको लागि म मायालाग्दो थिए । कुहिरो यती थियो कि आफ्नै अगाडिको शाहीद स्तम्भको फोटो खिच्न पनि सम्भब थिएन । करसाङ्को पिरो मो मोले मात्र आङ ततायो । अन्त कतै गैएन ।कबि उधानका भानुभक्तलाई क्यामेरामा छोपेर सरासर म झारे । अर्को दिन दार्जीलिङ पुगियो, त्यसको अर्को दिन दार्जीलिङ नजिक नजिकाका ठाँउहरु घुमियो । यस अघि पुगेका पुरानै ठाँउहरुमा मात्र पाईलाहरु पुग्न सके । अरु ठाँउ जान समय छोटो थियो । तर बिष्णु दिदी र भन्जी प्रजुको लागि घुमेका ठाउँ नयाँ थिए । त्यस्तो भिरालो पहाड्मा अवस्थित सुन्दर दार्जीलिङको रुपको सौन्दर्य अबर्णणिया नै रहन्छ । यस् अघी आउँदा देख्न नपाईएका बाघ र भालु भने दिउँसो एक चाइनाको घामको दर्शन गर्न निस्केका बेला तस्वीरमा कैद गर्न भ्याइयो । बजारभरि सबै कुना डुलेपछि दुई दुई पेला थुक्पाले गोडामा इन्धन भर्‍यो । फेरी दार्जीलिङमै अर्को बिहानीको भाले बस्यो । मेचीपारीको गाँउबाट कन्चनजंघा सँग एकछिन हेराहेर पछी हामी चढेको मारुतीले पशुपतिनगरलाई ताक्यो । फिक्कल र कन्यामका सुन्दरताहरु छिचोल्दै कहिल्यै नसिद्दिने जीवनका शाश्वत यात्राका बाटो झै लाग्ने कोलबुङका कुइनेटाहरुमा जिन्दगीमा आइरहने अनेकन यात्राहरुको साक्षत्कारको लागि स्वयम जिन्दगि एक तमास गुडुल्किरह्यो

0 लेखक लाई प्रतिकृया यहाँ:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin