रेडियो कार्यक्रम संस्मरण
निराजन बतास
अघिल्लो सँझा सबेरै देखि म बिहान अबेर सम्म ओछ्यानमा ओल्टिरहे। कुन् ठुलो भो र? कार्यक्रम सन्चालन गर्न मलाई आत्मबिश्वास बढेछ क्यारे । एक छिन त हो, गरिहालिन्छ नि , यै सोचेर उदाउदो रापले ओछ्यानमा नै आङ तातुन्जेल मलडिरहे । स्थानीय चिनारु साथी बिनोद कार्यक्रमका लागि सहभागी जुताउन उनका छिमेकिलाई बेलुकी देखि नै धाइरहेको थिए ।गत १८ गते सोमबार सप्तकोशी एफ एम मा बान्तवभाषी रेडियो कार्यक्रमको प्रत्यक्ष प्रसारणको छैटौ श्रीङ्खला समाउदै थिएँ म । र संभवत जनासंख्याको हिसाबले आनुपातिक रुपमा सबैभन्दा बढी राईहरु र त्यसमा शतप्रतिशत बान्तवा भाषिहरु रहेको एक गाँउमा पहिलो चोटि थिएँ । धनकुटाको महाभारत गाबिसको माँझ गोलखाडी । गाँउ मेरो लागि पुरानो थिएन एक खेप पुगिसकेको । भिरालो गाँउ सिमित उब्जनी स्थानियहरु गाँउसँग त्यती चित्त बुझाई कुरा गर्दैनन । बिहान शिक्षक वीर बहादुर राईले गाँउलाई कुरले छेके "अदुवा र खोल्साको अलैचिले मात्र बुढाहरुले यो गांउ नछोडेको" । उहिले मधेसमा औलो लाग्ने गरेकोले बुढाहरुले यो डाँडा कटेर सम्म ( तराई) झर्न सकेनन्,।
महाभारतमा यो मौसमामा डोकोमा अदुवा बोकेर मेलो झर्ने र उक्लने ताँती जता आँखा ठोकिन्छ त्यतै देखिन्छ । भेडेटार देखि डेढ घण्टा खुट्टे बाटोको महाभारतमा अहिले बिजुलिको तार्ले सबै साना ठुला घुमाउने घरहरु जोडीएका छन । पोहोरदेखि पारीबाट रातमा आफ्नो गाँउ उज्यालो देखिएकोमा गाँउबासी दंग छन । अग्लाइमा भएको घाम्ले महाभारतलाई शुरुमा उज्यालो बनाउँदो रहेछ । गांउका मान्छे सबौ उज्याला रहेछन्, खुलेर कुरा गर्ने फर्साइला । राजनैतिक चेतना र बिकासले छुन थालेपछि अँध्यारो मासिन लागेको रहेछ । यस अघिका कार्यक्रमहरु सुनिसकेका त्यहाँका स्रोतालाई कार्यक्रमका बारे बुझाउन त्यती गाह्रो परेन । किसानी काममा एक छिन बिसाउन नपाउने गाँउका मान्छेलाई फकाउन र खोज्न बिनोद लागेकैले मलाई सन्चो थियो । अघिल्लै दिन लालमाया राई दिदिको फोन चलाऊने कबोल गरेको थिएँ । यस् पल्ट पनि अल्छी गरेर सदरमुकाम आफ्नै कोठाको आँगनवाट कार्यक्रम चलाऊन संयोजक सिद्दिराज राईलाई भनि टोपालेको थिएँ ।त्यसो होइन, उनले हकारेका थिएँ, "अल्छी नगर गोलखाडी जाउ" ।
आईतवार बेलुकी त्यहाँका बिद्युत प्राविधिक गोपाल सरसँग हामी टक्कर गर्यौ, त्यो ब्यक्तिगत र पार्टीगत थिएन तर हामी चुनावी कृयाकलापका बारेमा विश्लेषणमा थियौ र दलका राम्रा र नराम्रा पक्षहरु चामलबाटबिया टिपेझै टिपिरहेक थियौ । न हामी त्य त्रो बडा मान्छे हो र? तर हाम्रो गफ केवल सर्बसाधारणको गोठाले कुरा मात्र थियो । गाँउमा एक पछी अर्को दलहरुले आँगनैपिच्छे भोट मागिसकेका रहेछन्, बाटोमा,बाटो मुन्तिर त मास्तिर मसिना झन्डा बोकेको राजनैतिक कार्यकर्ताहरु ओहोर दोहोर गरिरहेको देखिन्थे । एकले अर्कोलाई लखेटेका, गोदेका र धपाएका घाटनको कथान पनि स्थानिय ले सुनाए। रेडियो कार्यक्रमको समय नौ बजेपछि दश पछिसम्म हो । नौ नवज्दै गोलखाडीमा वारिपरिका स्रोता (जनता) भेला भए । मैले जानकारी गराए अनुसार महाभारतकै सामुदयिक बन उपभोक्ता महसंघका केन्द्रिय सदस्य बलबहादुर राईको अन्तर्वाता रेडियोमा आउने भए पछि भेलाको अनुपात बढी नै भयो । मैले बीचमा रेडियो राखिदिएँ । स्टुडियोबाट सन्चालक टंकलाल राई र अतिथी बलबहादुर राई निर्वाचन प्रकृया र मतदाता शिक्षा सम्बन्धी बिषयमा प्रश्न सोध्ने त त्यसको उत्तर दिने गर्न थाल,महाभारतबाट टेलिफोनमा त्यही बीचमा प्रत्यक्ष प्रसारण गराउनु पर्ने। म बुझेर रेडियो सुन्न भेलालाई अहृरहेको थिएँ । सुनेर स्थानिय बुझाई र सोधाई उनि हरुबाटै रेडियोमा बजाउनु मेरो जिम्मा थियो, सिद्दराजले टेलिफोन जोडेपछि मैले कुराको छेउ शुरु गरे महाभारतको बारेमा बोलेर ।
शहर मान्,लालमाया,बिनोद लगायत स्थानिय ७ जनाले बान्तवा भाषामा मेरो सहजीकारणमा रेडियोबाट बोल्न र निर्वाचन प्रकियाका बारे जिज्ञासामा आफ्न बोली फ्याँके ।कार्यक्रम सिद्दियो । राम्रो भो । स्टुडियोबाट तार आयो । तीन महिने करारको कार्यक्रम पाक्षिक भएकोले त्यो छैटौ तथा अन्तिम थियो । मैले मेलो फिराएर कार्यक्रम सिद्दिनु अघिस्रोतालाई सलाम र नमस्कार गरे ।
खाना खाएपछि पानीले होला पेट कट कटि दुख्यो । बिछ्याउनामा पेट बिसाएपछि सन्चो भो । म राजमार्ग फेदी ताकेर गूड्डु ओह्रलिएँ, खोलामा मुख डुबाउँदै र पेटको निम्ठो निम्ठो पानी उघाउदै ।

sasmaran ramro chh,ajhai tapaika yestai lekh haru padhna paai rahu.
ReplyDelete