"राष्ट्रको माया", हामी नेपालमा जो जन्मेका छौ सबैलाई मातृभूमिप्रति अबश्य माया त छ नै l कुनै अर्कै देशको मान्छेले तिम्रो देश त यस्तो छ, उस्तो छ, न्युजमा सुने, टी.भी. मा देखे इत्यादी भन्दा रिस नउठ्ने सायद कमै होलान l तापनि के गर्न सकिन्छ र अब नेपाल सुध्रिन्दै छ भनेर ती बिदेशी मित्रहरुलाई झुठो आस्वासन भन्दा अरु भन्नै कुरा नै हुदैन l
हामी नेपालीहरु कति विदेशमा रोजीरोटीको लागि भौतारिएको छौ, भन्ने सरकारसंग कुनै निश्चित गणना नै छैन, करिब २०-२५ लाख नेपाली विदेशमा रोजगारमा होलान भन्ने अनुमानित आकडा मात्र थाहा छ l हामी कतिपय नेपाली साथीभाइहरु सुनौलो भबिष्यको कल्पना गर्दै बिदेशिएका र दु:ख सुख गरी केहि पैसा बचाएर नेपालमा परिवारलाइ आर्थिक सहयोग पुर्याई दैनिक आबश्यकताहरु पुरा गरिरहेका छौ l हामी विदेशमा भए पनि मन त नेपालमा नै हुन्छ, कहिले कहिँ नेपाल छुट्टी जादा नेपालमा रहनु भएका जागिरे साथीहरुको गुनासो यस्तो हुने गर्छ " तिमीहरु भगुवाहरु डराएर विदेश गएका छौ, देशको चिन्ता छ भने नेपालमा नै बसेर दु:ख जिलो गरी देश बिकाश कार्यमा लाग्नु नि" किन विदेश बसेर नेपालको चिन्ता ! नेपालमा यो भएन, त्यो भएन, नेता यस्तो उस्तो, कर्मचारी यस्तो भनेर किन भन्छौ, खोइ हामी बाचेका छैनौ त? मतलब हामी विदेशमा बसेर नेपालप्रतिको चिन्तालाइ, सहज रुपमा लिदैनन नेपालमा रहनु भएका जागिरे साथीभाइहरु l एउटा महत्वपुर्ण पक्ष सबैलाइ थाहा भए कै हो, आफ्नो देशमा रोजगार भएको भए किन पो बिदेशमा दु:ख गर्न, परिवारसंग टाढिएर बस्न मन छ र l अझ तिमीहरुले विदेशबाट पैसा पठाएकोले यहाँ महंगी बढ्यो, भन्ने खालका कुराहरु आरोप लागेको पाइन्छ l के यो आरोप कति सार्थक छ? अहिले पुरै देश विदेशमा कमाएको रेमिटान्सले चलेको परिप्रेक्षमा यो कुरा कति जायज छ? यदि हामी विदेशमा भएका सबै जना नेपाल आएर बसेको अबस्थामा राष्ट्रको हालत के होला?
अब राष्ट्रलाइ टेवा दिने सवालमा हामी विदेशमा बसेर जागिर खाने नेपालीहरुको पनि अतुलनीय योगदानलाइ नकार्न मिल्दैन l हामीले दु:ख गरी कमाएर पठाएको पैसाले परिवारले खर्च गर्न पाएका छन्, छोराछोरीहरु पढ्न पाएका छन्, आमा बाबाहरुले बुढेस कालमा दुक्कसंग खान बस्न पाएका छन्, श्रीमती श्रीमानहरु मजाले पैसा चलाउन पाएका छन् l हामी एक किसिमले इमान्दार भएर राष्ट्रलाइ रेमिटान्स तिर्दै परिवार खर्च चलाएर जिबिकापार्जन गरिरहेका छौ l
अब कुरा आयो नेपालमा रहनु भएका जागिरे साथी भाइहरुको कर्तब्यको कुरा: के म कर्तब्य निष्ठ भएर राष्ट्रप्रति बफादार भएर काम गर्दै छु त? सामाजिक, आर्थिक, शैक्षिक क्षेत्रमा जानेको कुरा लगानी गर्दै छु त?
राजनीतिक तहका नेतागणहरु: के राष्ट्रप्रति ओतप्रोत भएर देश र जनताको लागि मरिमेट्ने मेरो भूमिका ठिक छ? देश र जनताले कस्ता परिवर्तन चाहेका छन्, के म सहि छु?
यस्तै नै ब्यापारी वर्ग सधै सामग्रीहरुको भाउ बढाउनलाइ मौका छोपी रहेको हुन्छ l गरिब जनताको ढाड सेकेर कमाएको धन, के जायज छ? कति पुस्ताको लागि जम्मा गर्ने हो?
कुनै पनि राष्ट्रमा नियम संगत राष्ट्रप्रति बफादार भएर कामहरु गरेमा वा कार्यान्वन भएमा मात्र त्यो राष्ट्र सजिलोसंग अगाडी बढ्न सक्छ l एउटा राम्रो घर बन्नलाइ सबै चिजको उतिकै भूमिका भए जस्तै देश बन्नलाइ हामी सबै राजनीतिक नेता, ब्यापारी, सरकारी कर्मचारी प्रशासन, सुरुक्षा प्रशासन, किसान बर्ग, समाजसेवी, शिक्षक, बिद्यार्थी सबैको उतिकै योगदान अनिवार्य हुन्छ l र आफ्नो आफ्नो क्षेत्रबाट सबैले इमान्दार भएर काम गरेमा अबश्य हाम्रो देश सफल राष्ट्र बन्न सक्छ र यो नै गणतन्त्र नेपालको खाका हो l
-बुद्ध चेम्जोंग
राजारानी १, धनकुटा
हाल : न्युयोर्क अमेरिका
Subscribe to:
Post Comments (Atom)
बुध्द चेमजोङजीको लेख राम्रो लाग्यो !
ReplyDelete