निराजन बतासको कृति खोक्चिलिपा बारे
यस कृतिले विगतमा विरलै हुने गरेको किराँती लोकसाहित्य अध्ययन र अभिलेखीकरण परम्परालाई समावेशी बनाउने प्रयत्न गरेको छ । यसर्थ विगतको शाहकालीन राजनीतिमा ओल्लो माझ र पल्लो किराँत भनी विभाजित गरिएको तीन किराँत क्षेत्रहरुमा बसोबास गर्दै आएका किराती जातिको सृष्टि आदिम मानव समाज तथा इतिहासलाई यस कृतिमा लिपिबद्ध गरिएको छ । मूलत अलिखित भएरै इतिहास नभई मिथक बन्न गएका प्राचीन लोकाख्यानलाई पहिलोपल्ट लोककथाभन्दा फरक तरिकाले ुमिथकुको रुपमा कारणसहित ब्याखया गरिएको छ । यो पुस्तकमा मिथकहरुलाई विविध किराती समुदायगत समावेशीकरण मात्र गरिएको होइन कि अध्ययनको परम्परा तिनीहरुको वर्गीकरण र विशलेषणसमेत तथ्यगत गरिएको छ तथा सबै किराती भाषाहरुलाई वंशवृक्षरेखामा प्रस्तुत गरिएको छ तदनुरुप ुखोक्चिलिपाु किराती व्यक्तिवाचक नामलाई पनि पुनर्निमाण गर्ने प्रयास गरिएको छ ।
समुदायको प्रचलित भाषा साहित्य र संस्कृतिलाई अभिन्न राखी मिथकहरुको संकलन र सम्पादन गरिएकोले तीनआटै किराती क्षेत्रका ऐतिहासिक मानवशास्त्रीय र समाजशास्त्रीय विशेषता र सम्बन्धलाई राम्ररी बुझ्न सकिन्छ । यी मिथकहरु आदिवासी ज्ञान र सभ्यताको झ्यालको रुपमा हामी र हाम्रा सन्ततिका लागि पुखर्यौली सम्पत्तिका रुपमा आज उप्रान्त रहने नै छन् भन्ने विशवास गरिएको छ ।
प्रा.डा. चुडामणि बन्धु
ुखोक्चिलिपा’ निराजन बतासको मिथक कथाहरुको सङ्कलन हो । यी मिथक कथाहरु नेपालका भोजपुर खोटाङ धनकुटा उदयपुर सोलुखुम्बु तेह्रथुम मोरङ र ओखलढुङ्गाका विभिन्न व्यक्तिहरुबाट लिइएका छन् । निराजनले आफ्नो पुस्तकमा मिथकहरुलाई ६ खण्डमा विभाजित गरेका छन् । यिनमा
१ सुम्निमा र पारुहाङको सृष्टिसम्बन्धी मिथक २ किराँती चाडपर्व साकेवा-साकेलाको मिथक ३ किराँती संस्कार र संस्कृतिको मिथक ४ सभ्यता विकास सम्बन्धी मिथक ५ उत्पत्ति सम्बन्धी मिथक र ६ अनुवंश स्थाननाम र आचरणसम्बन्धी मिथकहरु । यिनमा सुम्निमा र पारुहाङको मिथक र साकेन्वा-साकेलाको मिथक सृष्टिबारेका मिथक हुन् । यिनमा हामी किराँती संस्कृतिका सृष्टिबारेका धारणा पाउँछौ । यी मिथकहरुमा ठाउँ अनुसारका भिन्नता पनि हामी पाउँछौ र यस्तो हुनु स्वाभाविक नै हो । सङ्कलनमा परेको संस्कार र संस्कृतिका मिथकहरु किराँती जातिका जीवन संस्कार तथा धार्मिक अनुष्ठानसँग सम्बन्धित छन् । यिनले जातीय व्यवहार र विधि निषेधका कुरा गर्छन् । नदी पोखरी पहाड र प्राकृतिक वस्तुहरु विभिन्न ठाउँका नामका साथै छोकुभेन औतारी तथा बुढाहाङका िकंवदन्तीहरु किराँती संस्कृतिमा आस्थापूर्ण प्रकृतिका रुपमा रहेका छन् ।
निराजनले यी मिथकहरुलाई किराँत क्षेत्रमा गई त्यहाँका जान्ने-सुन्ने बूढापाकाहरुबाट सङ्कलन गरेका हुन् । सङ्कलनपछि विभिन्न व्यक्तिहरुसँग सम्पर्क राखेर सोधपुछ गरी पुनर्लेखन गरिएको छ । निश्चय नै यो निराजनको किराँती मिथक कथाहरुको प्रारम्भिक वर्गीकरण हो । पछिका अध्ययनमा थप विश्लेषण र वर्गीकरण हुदै जानेछन् । यी मिथक कथाहरु वि।सं। २०६२-६६ का अवधिमा विभिन्न व्यक्तिबाट लिइएको छ यिनको पुनर्लेखन र प्रस्तुतिमा एकरुपता स्थापित गर्ने प्रयास गरिएको छ । यसले निराजनको भाषिक दक्षता र सम्पादन क्षमता देखाउँछ । मलाई आशा छ नेपली पाठक समुदायबाट निराजनका यी कथाको स्वागत हुनेछ र उनलाई यस विषयमा अझ गहिरिएर अध्ययन गर्न प्रेरणा मिल्नेछ ।
प्रा।डा। नोवलकिशोर राई
सङ्कलकले निकै लामो समय खर्चेर अनेक ठाउँहरुमा पुगेर खोजेर छानेर सोधेर सुनेर बटुलेका यति महŒवपूर्ण सामग्रीहरुमा आफ्नो मन्तव्य दिने कुनै ँऔकात’ ममा छैन भन्ने लागेको छ । एउटै मात्र मेरो ँऔकात’ भनेको म किराँती हुँ । यसमा संकलित प्रायः जसो मिथकहरु लोककथाहरु किराँत परम्पराका छन् र धेरै जसो मैले पनि आफ्ना परिवेश र पुर्खाहरुबाट सुन्दै आएको हुँ । आजको वैज्ञानिक युगमा लोकसाहित्य र मिथक परम्परा निकै अगाडि बढिसकेको र राम्ररी अभिलेखन गरिएको भए तापनि नेपालमा यो काम अति न्यून रुपमा भएको छ । त्यसकारण निराजन भाइले आफ्नो किराँती परम्परा र आफ्नै घर आँगनमा छरिएर रहेको बहुमूल्य सामग्री बटुलेर हामीलाई उपलब्ध गराएकोमा भाइलाई धन्यवाद दिनैपर्छ र कृतज्ञता पनि जनाउनुपर्छ । यो काम ज्ञान सीप र जाँगरको संयुक्त उपलब्धि पो हो† सबैले गर्न सक्ने र आँट्न सक्ने काम भने पटक्कै होइन ।
यो सङ्कलनले नेपाली समाजमा एउटा तरङ्ग फैलाउने छ भन्ने कुरामा म विश्वस्त छु । पहिलो कुरा यो सङ्कलन महŒवपूर्ण र चाखलाग्दो छ । दोश्रो यसको प्राक्कथनले परम्परागत सोचाइमा फरक-फरक किसिमले सोच्न बाध्य पारेको पनि देखेको छु । निराजनले लोककथा र मिथकमा फरक देखाएर आफ्नो प्राक्कथन सुरु गरेका छन् । यसैले सङ्कलक निराजन बतास ँसुनेर’ लेख्ने’ मात्र नभएर सैद्धान्तिक आधारमा विश्लेषण गर्ने व्यक्ति पनि हुन् भनेर ठूलो प्रमाण दिएका छन् । उनले थालेको ँवैज्ञानिक÷सैद्धान्तिक छलफललाई पलेँटी कसेर छलफल गर्नु’ आजको आवश्यकता पनि हो भन्ने मलाई लागेको छ ।
निराजन भाइले बटुलेका मिथकहरु कथाहरु मैले आफ्नै स्वजनहरुबाट पटक-पटक सुन्दा मेरा आँखा रसाएका छन् र मेरो मुटु दुखेको छ । म रुँदारुँदै हाँसेको पनि छु अनि हाँस्दै रोएको पनि छु । मैले आफ्नै दुई ँनाना’हरुमा टाङवामा र ँखियामा’को प्रतिबिम्ब पाएको छु र म पटक-पटक ँहेच्छाकुप्पा’ भएको छु । मेरो गाउँमाथिको ँएप्मा भर’ मा अनेक पुर्खाहरुको संसार देखेको छु । गडेरे खोलाको ँछाबुक्ला’मा नानीहरुको रुवाइ पनि सुनेको छु । मंगरे भीरमा खरुकी काट्दा तल-तल ँनुवा’ खोलामा टल्केको पानीमा चाअ्वामाङ पानी देवता को उज्यालो मुहार देखेको छु । हेच्छाकुप्पाले देखाएको ँभकिम्लो’ मात्र सम्झदा मेरो मुख पनि रसाएको छ । यी मिथकहरुमा मेरो संस्कृति परम्परा र जीवन्त प्रचलनहरुको आधार पाएको छु र मेरो अलिखित इतिहासको जरो पाएको छु ।
आफूले गरेको कामको प्रसङ्गमा आफूभन्दा अघिको व्यक्तिहरुको काम समेत खोजेर हेरेर तिनका ब्याख्या-विश्लेषण गरिएको निराजन बतासको काम सराहनीय छ र आफ्ना श्रोत व्यक्तिहरुको उल्लेख गरेर इमान्दारीपन पनि प्रमाणित गरेका छन् धेरैले यसो गर्दैनन् । यो सङ्ग्रह एउटा मानव सभ्यता र परम्पराको स्रोत-सामग्री हुने नै छ भन्ने मेरो ठम्याइ छ र गोरेटो कुनै दिन राजमार्ग हुनेछ भनी म निराजन भाइलाई स्याबास मात्र भनेर आफ्नो अभिभारा पूरा गरेको भनी ठान्छु ।
लाल-श्याँकारेलु रापचा
युवा साहित्यकार तथा शिक्षार्थी कीर्तिपुर त्रिवि निराजन बतासकृत सङ्कलन-सम्पादन खोक्चिलिपाः किराँती मिथकहरुको संगालो यलम्बा थोचे÷दोङ÷तङ्बे ५०७० स। २०६७ ई। २०१० कृति किराँतविज्ञान अध्ययन संस्थान च्भकभबचअज क्ष्लकतष्तगतभ ायच प्ष्चãतययिनथ छोटकरी च्क्ष्प् रिक काठमाडौँको चौथो प्रकाशन शृङ्खला हो । मूलतः यस प्रकाशन शृङ्खलाले नेपाल राष्ट्र तथा नागरिक साथै विश्व मानवसभ्यताको लागि तीन क्षेत्रमा केही योगदान पुर् याउला भन्ने आशा छ ।
सर्वप्रथम त यस कृतिमा नेपाली भाषा माध्यम प्रयोग भएकाले इण्डो-आर्यन परिवारको नेपाली साहित्यसागरमा एक थोपो थपियो विशेष गरेर लोकआख्यान साहित्य क्षेत्रमा । आज गुरु प्रा।डा। नोवलहरुले जस्तो हेच्छाकुप्पालाई आत्मसात् र अनुभूत गरी भक्कानिने नेपाली नागरिक किराँतीजनहरुमा कमी आउँदैछ । स्वजनहरुबाट पनि यी आख्यानहरु अचेल सुनिने क्रम कमी हुँदै गएको महसुस गरिएकोले आँखा रसाउने र मुटु दुख्ने क्रमले अर्कै रुप लिन थाल्दैछ । साथै रुँदारुँदै हाँस्ने अनि हाँस्दा हाँस्दै रुने नाना दिदीहरु टाङवामा र खियामाको निछो भाइ हेच्छाकुप्पाहरु समकालीन परिवेशमा सुदूर-पूर्व मध्य-पूर्व पश्चिमा औ युरोपतिरको म्याक्डोनल्ड संसारतिर विस्थापित हुने क्रम बढ्दो छ । र स्वभाविकै रुपले पनि हामीलाई र हाम्रो एकांकीपनलाई आज विज्ञान तथा प्रविधिले लछार्दै विश्वभूमण्डलीय गाउँको भँगालोमा मिसाइ रहेछ । गल्लाबाट ननिफनिएका हेच्छाकुप्पाहरुले ूअरुका अरगाँसे पटकाू खेलाउने क्रमले पनि २०० बर्ष पूरा गर्न लाग्दैछ । सो क्रमभङ्ग हुनु त परै जावोस् बरु जरैसहित उखेलिएर त्यतै विस्थापित हुँदैछन् हेच्छाकुप्पाहरु । यो मानेमा नेपाली साहित्यसागरमा एक थोपो थपिएको छ किनभने नेपाली समाजको विभिन्न बहुल पाटाहरुमध्येको किराँती अनुवांशिक सांस्कृतिक तथा सामाजिक ऐतिहासिक र उत्पत्ति चिन्तनको मिथकीय पाटो अभिलेखीकरण भएको छ यस कृतिमा । यी आख्यानहरु हाम्रा पुर्खाहरुले हामीलाई सुनाउदै आएका हाम्रो चिनारीको नासो पनि हुन् ।
दोस्रो गुरु प्रा।डा। चूडामणि बन्धूले ँमिथक कथा र खोक्चिलिपा’ भूमिकामा मिथकको विश्लेष्णात्मक सैद्धान्तिक तथा बौद्धिक पाटोको कुरो उप्काउनु भएभैष यस सँगालोमा परेका ५९ मिथकहरुले गल्लाबाट निफनिएका हेच्छाकुप्पाहरुको घोत्ल्याइँलाई ऊर्जा थप्ने काम गर्नेछन् । त्यसको ज्वलन्त उदाहरण भनेका प्रा।डा। करेन एच एबर्ट युरोप र डा। मार्टिन गेन्सले युरोप नै हुन् । उनीहरुले संस्कृत तथा भारतीय अध्ययन विभाग हार्डभार्ड विश्वविद्यालय अमेरिकाबाट राई मिथोलोजीः किराँती ओरल टेक्स्टस् २००८ प्रकाशनमा ल्याएर सो घोत्ल्याइँ अध्यायलाई खुला गरी सकेका छन् । खोक्चिलिप्पाले यही बौद्धिक संसारकै डा। काले दोवालिछा उर्पु स्वामी प्रपन्नाचार्य लाई पनि प्राचीन किरात पछि अब ूअर्वाचीन किराँतीू लेख्न हौसाएको छ आगनात्मक ९ष्लमगअतष्खभ० विधि को प्रयोग गरेर । साथै हाम्रो मूलजरो वइरात ओइरातकिरात
किराँतकिराती किराँती यजुर्वेद महाभारत रामायण विष्णु-पुराण किरातार्जुनीय आदिमा मात्रै खोज्ने आर्यपरम्परालाई खोक्चिलिपा ले विनिर्माण गरी दिएको छ । अनुवंशशास्त्रको अध्ययन आधार ज्ीब्ब् र द्य ीयअष् ब्लतष्नभलक ले पनि हाम्रो मूलजरो आर्यशास्त्र र आर्यपरम्परा होइन भन्ने पुष्टि गर्दछ । भाषाशास्त्रले पनि सोही भन्दछ अलि कम चिनात्मक ९क्ष्लयकउजभचष्अ० र अलि बढि हिन्दात्मक ९क्ष्लमयकउजभचष्अ० विशेषताहरुलाई छोडेर वा जोडेर । डा। काले दोवालिछाले लेखेको र भिराएको किराँतीको परिभाषा ूसुनार सुनेल क्षेत्रिय र तीनडोरे जनै होू भन्ने प्रमाण खोक्चिलिपा ले दिदैन ।
तेश्रो खोक्चिलिपाले अब उसो मातृभाषा पठनपाठनमा पनि मिथकीय पाठको रुपमा स्थान लिन सक्ने छ । हालसम्म किराँती-कोँइच सुनुवार भुजुवार पृथवार सुरेल मुखिया किराँती-रोदुङ रोदोङ चाम्लिङ किराँती-किरावा वान्तवा वान्तावा वुन्टावा किराँती-याक्खा देवान मझिया जिमी किराँती-याक्थुङ चोङ लिम्बू सुब्बा मा प्राथमिक शिक्षा शुरु भएको र सोही स्तरको शिक्षामा किराँती-राडु वाम्बुले जेरुङ किराँती-बायुङ बाहिङ रुम्दाली र किराँती-कुलुङ भाषाहरु पनि तम्तयार रहेको परिप्रेक्ष्यमा खोक्चिलिप्पालाई आ-आपुनो मातृभाषाहरुमा समावेशी र याड्याप्टेसन बमबउतबतष्यल अनुवाद पस्कन सकिने छ । तीन वटा त किरावा मातृभाषामै पनि समावेश गरिएको छ । साथै अङ्ग्रेजी भाषामा पनि अनुवाद गरेर चेली टाङवामा खियामा र माइतिहेच्छाकुप्पाको अनुभूतिलाई अन्तर्राष्ट्रिय घर-समाजसम्म पुर् याउन सकिने छ ।
यिनै तीन मूलभूत उपादेयतालाई मध्यनजर गरेर रिकले युवा साहित्यकार तथा नवोदित अनुसन्धाता बतासको परिश्रमलाई कदर गर्दै रिकले प्रकाशनमा ल्याएको छ । रिकले आगामी दिनहरुमा पनि आफ्नो उद्देश्य मुताविक बढी भन्दा बढी युवा तथा अग्रज अनुसन्धाताहरुको वौद्धिक खुराकलाई प्रकाशमा ल्याउन काङसोरे प्रयास गर्दै जानेछ ।
-निराजन बतास
Subscribe to:
Post Comments (Atom)
कृति पढ्न नपाई भन्नु पर्दा पनि किराँती संस्कृति र सिङ्गो नेपाली वाङमयमा एउटा नयाँ आयाम थपिएको महसुस हुन्छ । सबैले यसरी नै संस्कृतिलाई उधिन्ने हो भने संस्कृतिको विकास र प्रसार हुन्छ । निराजन बतासलाई बधाई !
ReplyDelete