katha

संसमरण कथा

कोप्चेलाईनको बाङ्गे वजार

घाम ढल्दै छ रिमरिमको साँझ संगै झयाऊकिरीको आवाज
व्ााटो उत्तर चारकोशे झाडी महेन्द्र राजर्मागमा फाट-फुट मोटर गाडी वरपर खोला नालाहरु विहिवारे हाटको रौनकोले वुढापाका देखी युवा-युवतीलाई समेत मन खिचेको छ । सिध्रालाईका माछा ब्यपारी माछा फिजाएर च्याखे दाउमा हान्दैछ ढाटै पिच्छे राँगा सुगुर खसी र कुखुराको मासुहरु तन्द्रङ्ग-तुन्द्रुङ्ग झुण्डी रहेको देखिन्छ । छेऊ-छाउमा तिनपाने देखी छपनी र्छिकेहरु मचिएर विकि्र-वितरणमा लागी परेको छ । भावना पनि पसल फिज्जाएर टुक्रुक वसिरहेको थिईन । पोको पतुरो छेउमा राखेर मलिन मुहारमा काँखे वच्चोलाई डोको भित्र सुताएर दाऊ कुरीरहेका थिईन । अलिक परतिर जुवाडेहरु कौडी लिएर छात्तीठोक्दै चौक्का पाजा भनदै हल्ला मचाइरहेका थिए कोही चारै तिर वसेर तोङवा तान्दै तिन पति तास फलास खेलीरहेका थिए भावनाले मज्जाले दाऊ हनिन दाऊको रौनकोमा डोको भित्र रोइरहेको वच्चाको वास्ता नगरी दाऊ हानीरहे साँझ धेरै ढली सके छ अझै र्तिसना मेटिएको छैन्न वच्चो रोइरहेको थियो । कुकुरहरु एकोहोरो आवाजमा होऊ-होऊ गरिरहेको थिए लाटकोसेरोहरु कच्रयक-कुच्रुक गर्दै कुर्लिरहे अलिकत्ता भएको पैसा पनि च्याखे दाऊमा थाप्दा -थाप्दै िसंदाए वल्लहोस आयो मेरो वच्चा भन्दै उठाईन वच्चो रुवैले विहोस भएको थियो वुवु निकालेर चुसाईन तर चुस्न सक्दैन के भयो मेरो वावुलाई भन्दै अत्तालिन रुइन सवै आफनै धुनमा मस्त थिए कसैले सोधेन्न । भावाना फिज्जाएको पसल उठाएर वच्चोलाई च्यापेर लुरु-लुरु घर तर्फ लागीन चोक गल्ली सुन-सान थियो । घर वेटी बा -आमा मस्त निन्द्रमा निदाई रहेको थिए । विरालोको चालमा कोठा भित्र छिरिन लाइट जलाईन वच्च्ााेलाई खाट माथि राखिन वच्चोको होस आयो मज्जाले दुध चुसाईन । विहान हुन्छ फेरी तिनपाने पार्न थाल्छीन अर्को तिर जाँडको भान चलाउदै छिन ् पोल्टामा राखेको मोबाई धेरै दिन पछि टिरिङ्ग-टिरिङ्ग आवाज बज्छ फोन उठाउदै हेल्लो को वोल्नु भाँ उत्तरमा म मेलेशिया बाट के मलाई नचिनेको म रोशनिको डेडी क्या अनि के छ तिम्रो खवर आराम हो । भावना सुक-सुक गर्दै रुन्छिन आँशु पुच्छदै रुन्चे स्वरमा हजुर हामी अझ सम्म त वाँच्चे कै छौ त्यहाँ तपाई लाई कस्तो छ यत्रो महिना सम्म कत्ता हुनुहुन्थियो किन फोन नगर्नु भएको न त चिठ्ठी फोटो पठाउनु हुन्छ अब धेरै कन्जुस हुनु भए छ है तपाईलाई कस्तो हेर्न मन लाग्छ । फोटो पठाई दिनु है मलाई नभए पनि वच्चा लागी मात्रै भए पनि ल मलेशिया वाट ल ल हुन्छ पठाई दिऊला ओके वावा ! कुराहरु दुवै विच मोडीन जान्छ विगतका ति सम्झनाहरुमा त कहिले मिठा सपना र कल्पनाहरुमा फोन मार्फत धेरै वेरिन्छ । मलेशिया बाट रोशनिको डेडीले ओके वाई फेरी भराई भोली फोन गरौला भन्दै फोन राख्छ । रोशनिको ममी न्यास्रो मान्दै ल ल हुन्छ वाई ! र_िक्सको भाहान उतार्र छिन सेलाए पछि सुगुरलाई कत् चारो दिन्छीन मन भित्र कुराहरु खेल्दै पुन एक पटक आफनो मान्छेलाई सम्झिदै कस्तो भयो होला कमाई कस्तो होला के काम गर्दै के खाँदो होला अब त छोरी पनि ठूली भैसकी … यतिकैमा परबाट दगुरेर ममी -ममी भन्दै आई पुग्छे भावना झसङ्ग झस्किन्छिन् ॥ कोप्चेलाईनमा हप्ताको दुई चोटी वजार लाग्छ फेरी दाऊ कुर्दै बाङ्गे वजारमा पसल फिज्जाईन छ । यहाँ कसैको जीन्दगी चलाईन छ त कसैको जलाईन छ !! केप्चेलाईनको वाङ्गे वजार

सूर्यविक्रम याक्खा
मोरङ्ग, नेपाल
हालः- साउदीअरव रियाद

0 लेखक लाई प्रतिकृया यहाँ:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin