मैले हुन त दीप्स शाह जीको पहिलो कृति आगोमा पनि आफ्नो छोटो र मनभित्र आगोले उब्जाएको पाठकिय मन समेटेको थिएँ, आज आएर फेरी पुन: दोस्रो कृतीले झनै हर्षबढाई गर्न उत्ताउलो बनायो।
सर्बप्रथम म उहाँकै सम्मुख रहेर धेरै कुराको सान्निध्यता महसुस गरेको छु। दीप्स् शाह प्रथमत मैले भन्नै पर्दा एक सारै सहयोगी, मिलनसार र लगनशिल कबि वा साहित्यकार हुनुहुन्छ। उहाँको हरेक लगनशिलताका साथ गरिएको साधनाको उपज हुन उहाँको साहित्य र अहिलेको यो एटम रुपी दुई कृतीहरु। साहित्यभित्र एक अर्कै झंकार जो धरतीका बुँद बुँद पानी सँग अञ्जुलीमा कस्नु हुन्छ। पञ्च तत्व साक्षी राखेर सृजना गर्नु भएको छ आफ्नो कृती। यि कृतीहरु हरेक पाईलामा देखिने, भेटिने हरेक प्रकृती अनि प्रत्ययका &
बिगत,
बर्तमान र भबिष्यका सम्बाहक हुन। उहाँको कबिता र सृजनाहरु डायस्पोरा
मात्र भनेर म अलग्याउन र अलम्ल्याउन चाहन्न, किनकी देश भरिको पिंडाको रातो लाभा बगेको छ। क्रान्तीभित्रको
एउटा क्रान्ती छ कबिता भित्र। घर बाहिर बसेर सृजित फूल भएपनि उहि लेकबेंसीको गन्ध छ
कबितामा, कबिता देशकी छोरी भनेर देशलाई शिरमा सजाउनुहुने कबि दीप्स शाह जीको मात्र डायस्पोरा
भनेर भन्दिन। कबितामा हिटलरको कथा र कहानी छैन न छ यहुदीहरुको बृतान्त चित्र, सबै कबितामा देशकी छोरीको पाईलाले
चाटेको अनुभवहरु बोलेका छन। उहाँको साधनाको लम्बेतानभित्र यसरी अटाएका छन:
"ड्याफोडिलको
चहकमा गुनकेशरी बिर्सिएछु
म्यारिगोल्डको
महकमा सयपत्री हराएछु
बदलिएछु
खोइ म त कहाँदेखी!
उतादेखी
यता लम्केछु
यता नपुग्दै
कतै अल्मलिएछु
मकै भुलेर
पप्कर्न चपाउँछु अचेल
जिब्रोले
सम्झौता गरे जस्तो गर्छ
तर मन
मान्दैन
हाँडीको
तातो र माटोको गन्ध जो खोजी रहन्छ…….."
मुस्कानी फूलहरू
शिर्षक: बदलिएछु म त
पृष्ठ: ८०,
हो उहाँको
पाईलाले जति फराकिलो धरती चुमेर अवस्था फराकिलो छ सिँगो यथार्थ त यो हो की सिंगो ब्रह्माण्डनै
कबिमा समाहित छ, दुईटै कृतीभरि देशको अस्थिपञ्जर
अटेको छ। देशको अराजक स्थितीको चिन्तन मनन छ।
मुक्तीका
सपना उनेर
क्रान्तीका
लाल झण्डाहरु निर्बाध फहराइए
तर कस्ले
जान्दथ्यो
झण्डाको
मुलायम किनाराले
योद्दाहरुकै
घाँटी रेटिरहेथ्यो…. रेटिरह्यो….
चुपचाप….. चुपचाप…….
मुस्कानी फूलहरू
शिर्षक: भूतपुर्ब योद्दा
पृष्ठ: ५०,
……….
संस्कारको गरिबीमा
चिन्तनको दरिद्रतामा
स्वाँठहरुको जगजगी छ
बदमासहरुको चिच्याहट छ
त्यहिंनेर
भग्न आगनको डिलमुनी
केही आँखामा चमक छ
सँगै गुञ्जन पनि छ
स्वरमा सुरिलो पन छ
हो मन्द छ तर सत्य छ……………..
मुस्कानी फूलहरू
शिर्षक: त्यो आवाज मन्द छ
तर सत्य छ
पृष्ठ: ६८,
\\मान्छे//
मान्छे
जे बोल्छ त्यो गर्दैन
जे गर्छ त्यो बोल्दैन
क्षणभङ्गुर हुन्छ
फूलको याम……..
-माथीका lines….
मुस्कानी फूलहरु
पृष्ठ-३९
शिर्षक; मान्छे
दीप्स् शाह लाई जटिल, प्रयोगशील, बौद्दिक र सौन्दर्यपुर्ण अभिब्यक्ति
बढी मन पर्छन। मेरो नजरमा दीप्स् शाह एक स्वच्छन्दताबादी कबि हुनुहुन्छ। कबिता भित्र कुतत्वको बिद्रोह, बिचारका उत्खनन, प्रणयका अग्ला-अग्ला चुचुरा
भेटिन्छन।
आओ!
छातीको छेऊ दुखाएर जाओ
भो सक्दिन सुक्न अझै अरु
यि शुष्क परेली भिजाएर जाओ……
मुस्कानी फूलहरु
पृष्ठ : ८६
यसै गरी कबिका आफ्ना यात्रा
सुगम रहुन यहि भन्दै मेरो दुई शब्द शुभकामना भेट र आगमी कृतीको हार्दिक उत्तारोत्तर
कामना।
कबि दीप्स् शाहजी को छोटो
बिबरण:
उहाँका कृतिहरु:मुस्कानी फूलहरु [कबिता संगह २०६९]
[बिभिन्न सामुहिक कृतिहरु लगायत पत्रपत्रीका वेबपेजहरुमा फुटकर कबिता, कथा, गीत, मुक्तक, गजल र स्तम्भ लेखन प्रकाशित]
संलग्नता:
अनेसास आजीबन सदस्य
साहित्य सञ्जाल नेपाल आजीबन
सदस्यअनेसास ईजरायल च्याप्टर सचिव
पुरस्कार सम्मान:
-अनेसास ईजरायल च्याप्टर बाट अभिनन्दित[२०६७]
-नई गणेशदुर्गा पुरस्कार [२०६७]
- अनलाईन लिटरेचर डटकम पुरस्कार तथा सम्मान [ कबिता मार्फत सन् २०११]
प्रस्तोता: बिजे "बिद्रोही"
साहित्यकार तथा पत्रकार दिया चन्द को यो लभ स्टोरी अबस्य पढ्नुहोला
ReplyDeletehttp://www.imandarmedia.com/2017/01/diya-chand.html
Such a Fantastic & Really Nice and original Post .Keep Posting Good ContentLike This .Thanks For Sharing .
ReplyDelete2020 Toyota Urban Cruiser
Mahindra Thar SUV 2020 Review
Automobile Cars MotorBike Travel Vlogs
Construction Cleaning Service Auckland
Everything about UV300
Mahindra XUV 300 Variant Explained
Mahindra XUV 300 Variant comparison