
"सिरानीमा सप्तकोशी"
निराजन बतास
खोकी खोकी साफ गरेको स्वरले बोलाएको भान्जा मलाई लिन भनुचौकमा आइपुगे । उनी घोपा क्याम्पको मुखैमा औषधी पसल गर्ने सेवक पनि हुन । र सहयोगी भएकोले शरण भान्जा मेरा निकै प्यारा पात्र बनेका हुन । मामा ! बिहे कहिले खुवाउने? तन्नेरी भान्जाको मिठाइ खाने प्रश्न थियो । थाकेकोले उनले उत्तर नपाई म भुसुक्कै निदाएछु । रातभर सिरानीमा सप्तकोशी बगिरहेयो। म ओछ्यानमा पल्टिएको सप्तकोशीको दिल थियो । जुनेलीमा सप्तकोशी सतहमा मोती छरे झै जुन छल्किरहेको थियो । मेरो मनोबाद थियो ।" यो मध्यरातमा जागा भन्नु म र सप्तकोशी मात्र हुँदो हौ "। सप्तकोशीको त्यो रात्री सौन्दर्यमा डाह मलाई यती लाग्यो म पटक - पटक ब्युझिरहनु पर्यो । त्यो चतराघाटको सप्तकोशी हो ।
घाटदेखि मान्छे वारपार गर्न थालेको ईतिहासमा त्यहाँ कुनै अप्रिय घटना भएको छैन । वारपार गर्नेहरु पहिले ढोगेर र धुपको धुँवा चढाएर मात्र सप्तकोशी जलयात्रा अनुमती मागदछ । साउन भदौको भेलामा पनि निर्बिकल्प डुंगा तार्दा सप्तकोशी मुस्कुराउँछिन । पुग्नु पर्ने बसाहा थियो। बेला रहे पनि अनिस्चित बन्दले मलाई त्यही डिलमा अड्न भनेको थियो । ठाउ उदयपुर प्रबेश मार्ग सोमबारे बन्दले धनकुटादेखि धरान झर्न पनि कार्यक्रमका संयोजक सहकर्मी सिद्दराज राइले गाडी रिजर्व गरेकोले सम्भब भएको थियो । त्यस अघी सप्तकोशी एफ एमका स्टेशन म्यानेजर र म बीच बन्दले पर्ने अप्ठ्यारो र तोकिएकै ठाँउबाट कार्यक्रम चलाऊनु पर्ने कुरा बिच एक छिन मुखा मुख चलेको थियो । म्यानेजर भन्दै थिए । ५, ६ दिन लागे पनि हिंडेर ठाँउमा पुग्नुपर्छ ।त्यसो हो भने उत्तम हामीले कार्यक्रम सन्चालन नगर्नु नै हो । मेरो सोझो बोली थियो । कार्यक्रम नचलाऊदा हामीलाइ बेफाइदा थिएन। पछि उनले नै कुरा मिलाएर ,होइन पहिला यहाँ ( इटहरी) त झर्नोस् ,अनी उपाय मिलाउला । त्यसपछि रिजर्ब् मा धरान सम्म र धरानदेखि महंगो भाडाको टेम्पोबाट चतरा हुँदै त्यो डिलमा मेरो बास् पुगेको थियो ।
तेस्रो पटकको कार्यक्रम प्रसारणको लागि म त्यहाँ थिए । र बास् थियो त्यही चोकमा पसल गरी बस्ने त्यही बेला चिनेकी पवित्र दिदिको घरमा। । मैले बढी राई गाँउ डुलेकोले मात्र पनि यो अनुभुती भएको हुनसक्छ । बसेका घरमा यै खाले सत्कार हुने गर्छ । म अलमल्ल थिए । होइन, मैले कति घर का भाले सितैमा खाने हो? । त्यही सत्कार् ले मलाई ज्यादै अप्ठ्यारो समेत हुने गरेको छ ।हत्तेरी! बटुवालाई यात्रो विधी मान नगर्नु न हौ । यती भन्दा मैले धेरैको गाली खाने गरेको छु । केरे, तिमी हाम्रो आफन्ता होइनौ? चिनजान भएपछि आफन्तै हो। यसो भन्ने तिम्ले? कति ठाउ पैसा लिन अनुरोध गर्दा कतिले त कुटनै सम्म खोजेक छन्। ए पख्, त्यस्तो अप्ठ्यारो मान्ने तिम्ले हाम्लाई के ठान्या छौ? । के तिमी हाम्लाई आफन्त ठान्दैनौ हँ?
म पुगेको बेलुकी त्यही पवित्र दिदिको पसल मा पाकेको भात खाँदैथे । डबुकामा भालेको पखेटा खुट्टा सबै अटेका थिए । मैले भाँडो पनि रित्याएको हुनु पर्छ । ड्कार्दै मैले भने," खुब मिठो हुदो रै छ सोमबारेको भात " वरिपरि २ /४ जनाले अध्यरोतिरैबाट बोले "होइन है दाजै पनि सितैमा त्यसो भन्नुहुन्छ "। त्यो गाउँसित त्यही बेलुकी मैले अचम्म माने । त्यहाँ भेला भएका किशोरी बहिनिहरु पनि मेरो लागि अचम्म थिए । किन भने त्यो गाउँ यस्तो रहेछ । जहाँ कुनै किशोरी अविवाहित बाँकी रहेनछन । औसतमा १५ बर्षसम्मा सबै किशोरी पोइला जाने गर्दा रहेछन । अनि त्यो सिंगो गाउँमा बहुपत्नी नभएका पुरुषको नाम नै रहेनछ । प्रबेशिका उत्तिर्ण महिला अनुहार त्यहाँ दुर्लभ । २/ ४ कक्षा पढ्दै बिहे गर्ने र सबका सब पुरुष युवा बिदेशिएको रहेछन । मलाई भात खुवाउने दिदी पनि मेरो उमेर भन्दा बढ्ता लागेकी थिइनन ।तर उनका ५ र ७ बर्षका २ सन्तान छन । कुरैको श्रीङ्खलामा उनले भनिन, "१३ बर्षमा बिहे भयो । अलि बढी खुलिन ,बिहे कसरी गरियो ? कसरी बच्चा जन्माइयो के - के गरियो ? सम्झनै छैन ।"
त्यहाँ भेला भएका १५/ १६ बर्षका नानीहरु सबैका रुने, कसैका बामे सर्ने, कसैका दगुर्ने बच्चा थिए । " के गर्ने त बाउआमाले यसै गरी ल्याए" ।उनिहरु बेखुशी मान्दैनन ठीक छ नि जैले नि बिहा गर्नै पर्छ" । अनि त्यो गाउमा १० श्रीमती ल्याउने २ जान रहेछन । ४ श्रीमती मध्यकी साइली रुमाकुमारीसँग मैले कुरा गरे । उनले भनिन "बुढाले अझै ल्याउन सक्छन्" । उनिहरुबाट मैले बुझ्नु आवस्यक यति थियो ।" बहु विवाह त्यहाँ सामान्य हो" । म बास् बसेको घरकी पवित्र दिदिको पति पनि विवाह गरेर छुत्तै बसेको रहेछन । उनको कुराको फेरो मारेर पाखुरा सुरक्याइन " क्या को डर , अझै २ ४ ठाम गाइन्छ । बेलुकी गफगफमा निकै बेर बितेछ ।त्यस्पछि देखाइएको सिकुवामा म लडे र सप्तकोशी सँग बात मार्दै अलिनो निद्रामा म एक रात त्यसरी बिताए ।
अर्को दिन सुती , उठि म स्नानको लागि सप्तकोशी झरे । माछाहरु एका बिहानै सतह छिचोलेर उफ्री रहेको कम रमाइलो नहुदो रहेछ । प्रत्यक्ष प्रसारणका लागि ८ जना भेला पार्न १६ जना जतिले सघाए । नानी च्यापेरै भए पनि निकै बहिनिहरु त्यहाँ भेला भए । सप्तकोशी स्टुडियोमा रेडियो नेपाल धनकुटाका सम्पादक अधिकृत कामले केश फुलाएर पत्रकार मिलन राई सोमबारेका स्थानियको उत्तर दिने तयार् थिए।कार्यक्रम शुरु भयो । सञ्चालक टंकलाल राईले स्टुडियोमा छलफल शुरु गरे ।प्राबिधिक कक्षबाट सिद्दराजले सोमबारेलाई ईशारा गरे "ल ठीक पर निराजन" ? आठै जनाले आफ्नो प्रश्न रामरी सोध्न भ्याए।" ए कैले फेरी आउने"? मैले फिर्न झोला बोके पछि ति गाँउले दिदी बहिनिले मलाई सोधे? १५ दिन पछि ।(मैले मुख फर्काए) " हाम्रो गाँउ यस्तो छ । सम्झेर आउन नभुल्नु होला" सुन्दै म बिदा भए । निराजन आज राजा भयो, धनकुटा फिर्दा भेडेटर मुन्तिर सिद्दराज ,गाडीमा रहेका टंकलाल र मिलन राई सँग गाफिए (केटोले सोमबारेमा केटी नै केटी भेला गरेछ )। मैले नै कुरा थपे- भेला गर्ने मात्र होइन मैले ........................
क्रमश्:
Email: nirajan_batas@yahoo.com
0 लेखक लाई प्रतिकृया यहाँ:
कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)