katha

सुम्ला.................(कथा)


भक्तिप्रसाद सापकोटा आफ्नो लामो समयको विस्थापित जीवनबाट मुक्त भएर गाउँ र्फकने तरखरमा छन् । आफ्नै गाउँको माध्यमिक विद्यालय तहका स्थायी शिक्षक हुन् उनी । द्वन्द्वका कारण उनी विगत चार बर्षेखि राजधानीमै विस्थापित जीवन बिताइरहेकाछन् । उनले काज सरुवा गरेका हुन् । माओवादी र सात दलबीच भएको शिखर सहमति पछि उनी निक्कै खुसी छन् । आफ्नो ज्यान अकालमै जाने छैन भन्ने कुरामा उनी निक्कै आशावादी भएका हुन् । त्यसो त लोकतन्त्र पुनस्थापना भएको बेलानै बैशाखमा उनी काज सरुवा फिर्ता गर्ने मनस्थितिमा थिए । उनी आफ्नै गाउँ ताप्लेजुङको हाङपाङ र्फकेर पढाउन तम्सिसकेका थिए । "तर स्थिति अझै स्पष्ट भइसकेको छैन," धेरैले उनलाई सुझाए,"कमसेकम माओवादीले हतियार बिसाएपछि मात्र गाउँ र्फकदा वेश होला गुरु ।" सापकोटा गुरु भनेपछि उनी गाउँभरि प्रख्यात छन् । बनारसमा पढेका र साहित्यमा शास्त्री गरेकाछन् उनले । उनले शास्त्री गरेका बेला गाउँमा उनका समकक्षीहरु औंलामा गनिने संख्यामा पनि थिएनन् । विद्यार्थीहरु सापकोटा गुरुको नाम सुन्नासाथ छुल्छुली हुन्छन् । जहिले पनि एउटा हातमा बाँसको छडी हुनु गुरुको विशेषता हो । अत्यन्तै कडा भनिएका ती गुरुको विस्थापनको दिन त्यो दिनदेखि सुरु भयो, जब उनैका एक विद्यार्थी याङनिमहाङ लिम्बू जंगल पसेको खबर उनको कानमा पर्‍यो । त्यो खबर पाएपछि विद्यालय परिसरमा हुने गरेको गुरुको सदाबहार हाँकोडाँको पनि अलि मत्थर हुनपुग्यो । एकदिन उनी कक्षा लिइरहेका थिए । त्यसैबेला एक विद्यार्थी हस्याङफस्याङ हुदै आइपुगे । कक्षामा पुग्नासाथ उनले भने,गुरु गुरु, माओवादीहरु यतातिरै आउँदैछन् रे, चुङ्वाखोला तरिसके रे। यो खबर पाएपछि सापकोटा गुरु खङ्ग्रङ्ग भए । सोधे,"त्यो याङे पनि छ- -गुरुको आफ्ना हरेक विद्यार्थीको नाम पछाडी एकलखे लगाउने बानी पुरानै हो।) "यता आउने टोलीको नेतृत्व पनि उसैले गरेको छ रे" विद्यार्थीले जवाफ दियो । त्यसपछि गुरुलाई केही थाहा भएन, हाङपाङबाट कुलेलाम ठोकेर फुङलिङ बजार पुगिसकेपछि पो उनको होश आयो, पाँच घण्टाको बाटो कसरी तीन घण्टामै छिचोलिएछ गाँठे ।" शिक्षकले त ज्यान बचाए, तर उनको ज्यान बचाउन खबर गर्ने विद्यार्थी पो सुराकीको आरोपमा नराम्रो घतले पिटिए । सापकोटा गुरुका विषयका विद्यार्थीहरुमध्ये केही विद्यार्थीहरु पर्ढाईमा कमजोर थिए । कमजोर विद्यार्थीहरुमा पनि अत्यन्तै निम्न कोटीका विद्यार्थीको सूचीमा याङनिमहाङको नाम थियो । कक्षा उकालाको भरमा कक्षा चढेका उनी सेन्ट अप परीक्षामा तीन बर्षअनुत्तीण भइसकेका थिए । जहिल्यै पनि अनिवार्य नेपाली विषयमा उनी असफल हुन्थे । उनको नाम सुन्नासाथ गुरुको कन्सिरी तातिहाल्थ्यो । त्यसबेला याङ्निमहाङ सानै कक्षामा थियो । एकदिन गुरुले कक्षामा कितावको चित्र देखाउँदै विद्यार्थीहरुलाई सोधे, ल भन त यो केको चित्र हो-" चित्र भ्यागुताको थियो र सबैले उत्तर दिदै थिए । पालो आयो उही याङ्निमहाङको, गुरुलाई सबैभन्दा मन नपर्ने विद्यार्थी । उनी चुप थिए त्यतिखेर । गुरुको प्रश्नको जवाफ दिन उनी केही भन्न खोज्दै थिए । भन्न ए याङे, यो केको चित्र हो ? गुरुले यति भनिसक्दा उनको कलिलो ढाँडमा बाँसको छडीको एक सुम्ला बसिसकेको थियो र उनले आफ्नो कट्टु छुलुक्क भिजाइसकेका थिए । अर्का सुम्ला बस्ने सम्भावनालाई मध्यनजर राखी उनले चित्र हेरेर हत्तपत्त जवाफ दिइहाले, यो पेदोक हो गुरु । जवाफ सुनेर उनका सहपाठीहरु गलल हाँसे, उता गुरुको तनाव उत्कर्षा पुग्यो । त्यतिखेर सम्ममा याङनिमहाङको कलिलो ढाँडमा तेस्रो सुम्ला बसिसकेको थियो । त्यसपछि गुरु कडि्किए, फेरि भन् त ? पे...दो...क... याङनिमहाङले भक्कानिदै भने । "हरे राम, तेरो भाषामा पो यो पेदोक सेदोक होला, भ्यागुता भन्न जान्दैनस्, उल्टै मलाई सिकाउँछस्- गुरुले तालुमा हत्केला राख्दै भने। त्यसपछि याङ्निमहाङलाई सहपाठीहरुले उनको नयाँ न्वारान गरिदिए । "पेदोके पेदोके" भन्दै जिस्काउन थाले । घरमा आमाबाबुले उनको ढाँटभरिको सुम्ला हेरेर छोरोका यहीँ रहेछ प्रगति भनी चित्त बुझाए । उनी सपनामा पनि "गुरु गुरु" भन्दै झस्कन थाले । सानै उमेरदेखि पेलिदै जादा उनको प्रगति पनि करिब करिब सुन्य हुन थाल्यो, तिखारिदै जानुपर्ने दिमाग अझै भुत्ते हुन थाल्यो । अन्य बिषयमा समेत उनले असफलता हात लगाउन थाले। एकदिन उनले विद्यालय नजाने निणर्य गरे । तीन पटक त सेन्टअपमा अनुत्तीण् भइसकेका थिए । र चौथो पटक पनि १० कक्षामै पढ्न उनलाई उचित लागेन । विद्यालय छाड्नुमा एउटा अर्काे घटनाको महत्वपूण भूमिका थियो । त्यसमा पनि सापकोटा गुरुको रबैया छदै थियो । त्यसदिन गुरुले गृहकार्य दिएका थिए, "राष्ट्रिय पर्वका बारेमा निवन्ध लेख्ने । गुरुबाट प्राप्त गृहकार्य प्राय सबैले बुझाए । तर गृहकार्यकै बिषयलाई लिएर याङनिमहाङ भने अलमलमा परेका थिए । उनले "राष्ट्रिय पर्व"का बारेमा केही पनि बुझकै थिएनन् । ओई याङे लेखिस् त-? याङनिमहाङ निशब्द उभिरहृयो । यसको स्पष्ट अर्थ थियो, उनले गृहकार्य लेखेका छैनन् । ओई के हेरिराख्या, लेखेको छैनस्-? अहँ मुन्टो हल्लाएको इशारामा उनी बोले ।"तलाईं राष्ट्रिय चाड के हो भन्ने थाहा छैन-" अहँ" फेरि याङ्निमहाङले मुन्टोकै इशारालाई उपयोग गरे। सबैभन्दा ठूलो चाड क्या- गुरु कडि्कए। गुरुले घरमा मनाइने सबैभन्दा ठूलो पर्वका बारेमा सोच्दासोच्दै मंसिर पूणिर्माको दिन आफ्नै घरमा मनाइने पर्वलाई उनले सम्झे । गुरुको कडा स्वरले तर्सिएका उनी अलि उत्साहित भए । चासोक थिसोक हो गुरु सबैभन्दा ठूलो चाड भनेपछि अलि उत्साहित हुदै याङ्निमहाङ बोले, तर परिणाम उल्टो पर्न गयो। थुइया यसको बुद्धि बाह्र बर्ष.. गुरुले बाह्र बर्षकुकुरको पुच्छर ढुङ्ग्रामा राखे पनि बाङ्गाको बाङ्गै" भनी याङ्निमहाङको कान निमोठ्न नपाउँदै अलि अलि पर हटे, र भने,"छि छि छि, के खाएर आइस् हँ आज- -त्यस दिन गुरुले त्यस दिन बाँसको छडी बोक्न बिर्सेका रहेछन्) आफ्नो कान निमोठिन लागेकै बेला याङनिमहाङले डकार गरेका थिए । बिहान भातसित किनिमाको तिहुन खाएर आएका थिए, डकारमा आएको गन्धले गुरुलाई भाउन्न भएको थियो । तर त्यहीँ डकारले आफ्नो कान थप निमोठिनुबाट जोगिएकोमा उनी गर्विएका थिए । उनी मनमनै गमे,"कमसेकम आमाले बनाउनुभएको किनिमाले त जोगिए । हो त्यसै दिनदेखि उनले आफ्नो पर्ढाईका पूर्ण विराम लगाए । पर्ढाईलाई पूण् रुपमा विदा गरे तापनि उनी जीवनप्रति आशावादी नै थिए । पञ्चमी मेलामा ढुंगेसाँघुकी सोल्टिनीसित भएको चिनाजानी, धाननाच र मायापिरतीको आँचलले उनीलाई घप्लक्क ढाकेको थियो। सोल्टिनीसित अंकुराएको प्रेमले उनलाई जीवनप्रति थप आशावादी बनाएको थियो । उनी मनमनै भन्थे, त्यस्ता मुला पर्ढाई छाडेर के भयो त - भर्ती भिडेर देखाइदिन्छु म । तर उनलाई आफ्नो योजनाको पहिलो प्रयासमै झड्का लाग्यो, गल्ला भिड्दाखेरि । गाउँमा आएको गल्लामा उनी पनि सामेल भएका थिए । हट्टाकठ्ठा ज्यान, स्वस्थ सरीर, आकर्ष अनुहार र उचाई । गल्ला भिड्दा यिनै योग्यता र मनभरिको आशा उत्साह बोकेर उनी छाँती नपाउन गएका थिए । तर उनको यो योग्यता पनि काम लागेन । कारण थियो पर्ढाई, लाहुर भिड्नका लागि एसएलसी पास न्यूनतम योग्यता थियो । यस योग्यताको अभावमा उनको आशाका त्यान्द्राहरु पनि चुडिए । फेरि उनी आफ्नी सोल्टिनीलाई भेट्न पञ्चमी मेलामा पुगे । मेलाभरि सोल्टिनीको खोजी गरे । ढुंङ्गेसाँघुबाट आएकाहरुलाई आफ्ना सोल्टिनीको खोजखबर गरे । ढुंगेसाँघुकै एक जनाले उनको हातमा एउटा सानो चिठ्ठी थमाइदिए । चिठ्ठीको भाषा कनिकुथी पढे । त्यहाँ लेखिएको थियो,"कर्मको खेल यस्तै रहेछ सोल्टीज्यू, रिसानी माफ होला ।" तर एक सिंगापुरे लाहुरेसित सोल्टिनीको तिन साताअघि नै विवाह भइसकेको रहेछ । जीवनको अन्तिम आशा पनि सकियो अब । चौतर्फीको असफलताले उनी जताततै अध्यारो देख्थे। घरपरिवारबाट पनि उही हेलाहोचो । कहिले पासो लागूँ जस्तो लाग्थ्यो, कहिले तमोर नदीमा हेलिएर हराऊँ जस्तो। चवन्न चोट त्रिपन्न ठक्कर खाएर बाँचिरहेको बेला गाउँमा अर्का भर्ति खुल्यो। छाँती पनि नपाउन नपर्ने, जान चाहन्छु भने पुग्ने । विश्वयुद्ध ताका आफ्ना बाबुबाजे खसिबोका छानिएसरह भर्ति खुलेको थियो आफ्नै गाउँमा त्यो भर्तिको लाममा उनी पनि थपिए । मनभरि निराशाको बादल मडारिएको बेला उनले जंगल पस्ने कठोर निणर्य गरे । प्रतिशोधको भाव आगोसरि दन्किएको थियो । दिमागभरि आफूलाई लाहुरे हुनका लागि पनि योग्यता राख्न नदिने सापकोटा गुरुको तस्वीर उनले केन्द्र भागमा राखेका थिए । जंगलमा सिरुपाते खुकुरी उद्याइरहेको बेला, गोलाबारुदको तालिम लिइरहेको पनि उनको मनभरि बारम्बार उनै गुरुको विम्व नाचिरहन्थ्यो । उनी सोचिरहन्थे,"फलानोको सफाया... सफाया... सफाया...।" उनी जंगल पसेको सूचना पाएदेखि नै यता सापकोटा गुरुको मनमा बेचैनी सुरु भयो । बेचैनी मात्र होइन, ज्यान बचाउन गाउँनै छाड्नुपर्ने भयो । उनी फुङलिङ बजार पुगे, त्यहाँ पनि असुरक्षा महसुस हुन थालेपछि झापाको विर्तामोड पुगे । त्यहाँ पनि अनेकौं धम्की आउन थालेपछि आफ्नो सुरक्षाको खातिर उनी राजधानी पसे र विस्थापित शिक्षकको रुपमा काज सरुवा गरे । अहिले शिखर सहमतिपछि उनी गाउँ फिर्ता हुने निष्कर्षा पुगेकाछन् । राजधानीको कोलाहलमय वातावरणबाट उनी दिक्क पनि भएकाछन् । गाउँमा गर्ने गरेको रवाफिलो क्रियाकलाप गर्न त पाएनन् नै उनले गाउँमा शिक्षकलाई गर्ने गरिएको मानभाउ राजधानीमा विल्कुलै महसुस गर्न पाएनन् । त्यसैले उनी यथासक्य चाडो गाउँ र्फकन चाहेका हुन् । तर पनि उनी पूण् रुपमा ढुक्क हुन सकेका छैनन्। आफ्नो ज्यान लिन सक्ने उही याङे उर्फयाङनिमहाङलाई सम्झन्छन्। त्यसैले उनी आफूलाई अझै खतरामुक्त भएको ठान्दैनन् । त्यसैले उनी उनै याङनिमहाङलाई भेट्न आतुर छन् र केही शिखर सहमतिपछि सर्म्पर्क सूत्रको खोजीमा पनि छन् । उनी हिजो सिर्जना भएका सारा समस्याहरुको समाधान गर्दै मेलमिलापको वातावरण बनाउन चाहन्छन् । सभार ,साहित्य ओर्ग
राजकुमार दिक्पाल
काठमाण्डौ

0 लेखक लाई प्रतिकृया यहाँ:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin