katha

वाराणसीका सौन्दर्यहरु....


"भ्रमण संस्मरण"
जय छाङ्छा
छङ्छा खिम, वानेश्वर्, काठमाण्डौ
हाल: नयाँ दिल्ली, भारत

Jaya chhanchha ,Bastimभारतको उत्तर प्रदेश राज्यमा रहेको एउटा प्राचीन शहर बाराणासी बिभिन्न दृष्टिकोणबाट प्रसिद्विको शिखरमा रहेकोछ भन्दा कुनै अयुक्ती हुँदैन। यसको प्राचीन नाम बाराणासी भएतापनि जनजिब्रोमा बनारस भएर प्रिय रहेको छ। बाराणासी अ र्थात बनारस प्रसिद्व हुनमा थुप्रै चीज हरुको योगदानरहेको पाइन्छ । जस्तै बाराणसी पान, बनारसी साडी, बाराणासीका घाटहरु गंगाको किनार तथा गंगाजल आदी। बाराणसी बसाइका समयमा प्रसिद्व घाटहरु हेर्ने तिब्र इच्छा नहुने भन्ने सवालै उठ्दैन, किनकी धेरै नेपालीहरुको मन मस्तिष्क र मुखमा झुन्डिएको हुन्छ बरणासीका घाटहरु। त्यसैले बाराणासी आइपुगेका समयमा ति प्रसिद्व घाटहरु हेर्न नजानुभनेको ठुलै मुर्खता हुन सक्छ भन्ने लागिरहेछ मलाई, त्यसैले यस्तो सुनौलो संयोग र अपूर्व समयको सदुपयोग गर्ने ध्ययले घाटहरुको अबलोकन गर्ने कार्यक्रम राँखे मैले। डिसेम्बर ३०,२००६ का बिहान सवा आठ बजे लाहुरवीर स्थिता होटल अजयबाट प्रस्थान गरे गंगा नदी जानलाई । होटेलबाट एक प्रकार नजिकै भएकोले हिड्दै गोदोलिया पुगें र त्यहाँबाट बायाँ लागेर थाना चेतगन्ज, चेतगन्ज, सेनपुर्, चेतगन्ज छौराहा हुँदै देब्रेतर्फ बढीरहें एक तमासले ।बिहानि भएकोले मोटर्, ट्याक्सी, बस तथा रिक्साहरुको त्यती चाप छैन। बाटोका दाँया बायाँका पसलहरु पनि ब्युंझिसकेका छैनन्, अहिले । तर म भने बाराणासीका घाटहरुको दृस्याब्लोकन गर्ने क्रममा पवित्र गंगा नदिको तिरतर्फ हान्निइरहेकोछु एकनासले। यस्तै क्रममा सराय गोबरधन्, चेतगन्ज,बेनियाबाग्,नै सडक, कोदाइ चौकि,गिर्जा घर हुँदै प्रसिद्व बिस्वनाथ मन्दिरको अगाडिबाट दशास्वमेघ घाट छेउमा पुगे पछि गंगा नदिसँग भेट भयो मेरो । गंगा नदिलाई देख्नसाथ धार्मिक भावनाले औतप्रोत भएर मेर सम्पुर्ण मनहरु छरिए अबयबभरि । मेरो मनमा एक प्रकारको खुल्दुली भने भई नै रहेको छ यसबेला।के साचै मैले स्वर्गको सिँढी चिंठे त पवित्र गंगानदिको तिरमा पाईला राख्दा ? गंगा स्नानले मेरा सबै कालामनहरु पखालीन्छन त ? गंगाजल शरिरभरि छार्किएर मेरा काला कर्तुतहरु सेतामा परिणत हुन्छन त ? मैले जानी नजानी गरेका दुष्कर्महरुबाट मुक्ती पाउँछु त? यदि यस्तै हो भने बेस्सरी अनैतीक कार्य,हत्या,पाप्,दुष्कर्म्,अन्याय,अत्याचार,भ्रष्टचार,आदी भलिभाँती गरेर गंगा स्नान गर्नेहरुका सबै पखालीएर चोखिएका कुनै प्रमाण कोहि सँग त? त्यसैले मेरो ब्यक्तिगत बिचारमा यी सबैकुराहरु रुढीबादी सोंच्, छलकपट र कुटिल सिधान्तमा आधारित रहेजस्तो अनुभुती भै छ मलाइ। साथै यस्ता खालका अफबाहले सिधासाधालाई मुर्ख बनाउने संगीन धुत्याईको अन्तिम भित्त जस्तो पनि लागि रहेको छ । तर जे जस्तो भएता पनि उपयुक्त भनाइ र सोचको प्रतिकात्मक अर्थ भने पहिला जानी नजानी गरेको सम्पूर्ण दुष्कर्महरुलाई बिर्सने शक्ति र आगामी दिनहरुमा असल कर्ममा दृढ भएर जुटने प्राणका साथ गंगाजल् आँजुलीमा राखी मन र मस्तिष्कले सङ्कल्प गरी मन लाई शुध्दिकरण गर्न सक्नु हो भन्ने लाग्यो मलाई । यसरी पवित्र गंगाको तिरमा जिज्ञासा र तिनीहरुको सच्चाइका बारेमा बाकलै लहर चलिरहेयो मेरो मनभरि । यि सबै मनोबैज्ञनिक कुराहरुलाई थाती राखेर बर्तमान्लाई आगाले मैले र हेर्न थाले गंगा नदीको सेरोफेरोका चहलपहललाई सल्वलाईरहेका रहेछन मोटरवोटहरु पवित्र गंगा नदीको छातीभरि। यसबेला गंगा नदीलाई जर्मनीको वोन स्थित राइन नदी र गंगामा सल्वालाइ रहेको मोटरवोटहरुलाई ठुलाठुला पानी जहाजको रुपमा देखिरहेको छु। मैले । सन १९८६ को जनवरीमा संघीय जर्मनीको वोनमा थियौ रत्न, दिपेश र म । संघीय जर्मनी को नेपाली राजादुतबासमा खटिएको हुनाले नेपालको बास्तिम गाँउ पछिको घर जर्मनीको वोन भएको थियो हाम्रो । नेपाल भु परिवेष्ठित देश भएकोले समुन्द्र र पानी जहाँज केवल कागजका चित्रमा देखेको थियौ हामीले। त्यसैले राइन नदीको विशालता त त्यसमा अनवरत रुपमा आवात जावात गर्ने पानी जहाँज हरुलाई हेर्न समय पाउनसाथ जाने गर्थ्यो रत्न र म । रहर्लाग्दो गरी पानीमा तैरिएका पानी जहाँज हरु देख्दा अचम्म अचम्म मान्ने गर्थ्यो हामीहरु । आज वाराणसीको गंगा नदीमा देख्दा राइन नदीको किनारमा रहेको अनुभुती गरिरहेको छु मैले । र दुई दशक अघिको समय ताजा भएर एका एक सम्झनामा आउँदा ज्यादै रोमान्चित बनेको छु एकाबिहानै गंगा नदीको तिरमा । दशाश्वमेध घाटको अगाडि उभिइरहेको छु म यसबेला ।काठमाण्डौमा हुँदासम्म घाट भनेकै अन्तिम संस्कार गर्ने स्थान हो भन्ने कुरा सँग परिचित थिएँमा । तर यहाँका घाटहरु त पशुपतिको आर्यघाट भन्दा भिन्न रहेका पाएँ मैले । यहाँका घाटहरु त नुहाउने स्थान पो रहेछ । यसरी घाटको अर्थ वाराणासीमा बेग्लै रहेको पाँउदा अलिकति अनौठो पनि लाग्यो मलाई । यसबेला पारम्परिक सोचलाई बिस्तार गर्ने काम भ्रमणले गर्दछ । भन्ने कुराको सुत्र फेला पारे झै लाग्यो मलाई । गंगा नदीमा हुने बिहानिको चाहलपहल हेर्ने क्रममा दशास्वमेध घाटबाट दक्षिणतर्फ लागे म । शितलघाट, राणामहलघाट ।चौसठ्ठी घाट , वापु पाण्डेय घाट, राजामहल घाट, हुँदै नाराद घाट सम्म पुगें म । पर्यटकहरु, पानी जहाजमा काम गर्ने हरु, धोबी तथा धोबीनीहरु, पण्डाहरु, माग्नेहारु र बिनसितीमा म जस्तै लखर लखर हिंड्नेहरुको भिड पनि हेर्न लायककै छ । पर्यटन जस्ता लाग्नेहरुलाई मोटरवोट ब्यवसायीहरुले वोटमा चढेर रमिता हेर्ने अनुरोध गर्ने एउटा ठुलै पल्टन नै छ । जती हिंडे पनि छिचोली नसक्नु भए पछि फर्कन्ने बिचार गरे मैले ।
फर्कने क्रममा चौसठ्ठी घाट मुनि बसेर आठ जना सिकारु पेन्तरहरुले पाण्डेय घाट र राजा महल घाटको दृश्य उतारिरहेको देखे । एकै छिन उभिएर हेरेँ ती कलिला चित्रकारहरु लाई। आपसमा सोधासोध गर्दै उक्त घाटहरुलाई रेखाचित्रमा उतरिरहेका छन । कलिला हातहरु। र तीनिहरुले रंगसंयोजन गर्दै ब्रशले रंग पोतिरहेका दृश्य देखेर साह्रै आनन्दित भएँ म । गंगा नदी निर्मल पानी बनेर बहिरहेकी छिन किनारै किनार । म चाँही पश्चिमे किनारको घाटहरुको पेटी पेटी भएर अहिले दक्षिण पूर्व हानिन्दै छु । अनि दशाश्वमेध घाटमा फर्किएर आए पछि पूर्व उत्तरतर्फ पाईलाहरु बढाएँ मैले ।किन कि नेपाली मन्दिरमा पुगेरै छाड्ने तीब्र ईच्छा साँछेको छु मैले । दशाश्वमेध घाटबाट अगाडि बढ्ने क्रम्मा मन मन्दिर घाट, मिर घाटपछि लालिता घाट पुगे । यसैको पूर्व उत्तरमा रहेको छ नेपाली मन्दिर ।नेपाली मन्दिर गंगाको किनारबाट ढुंगाले चिठेको सिढिबाट चढेर परिक्रमा लाउने काम गरे । ललिता त्रीपुरा सुन्दरीले बनाउन लगाएकी रहेछिन ललितघाट र नेपाली मन्दिर । मन्दिर को छेवैको एउटा घरमा संस्कृत पाठशाला र बृदाश्रम पनि रहेछ । केही बिद्यार्थीहरु र तीस जना बृदाहरु तथा पूजारी बस्ने रहेछन यहाँ । बृद्द भत्ता पैतिस् जनालाई नेपाल सरकारले बितरण गरिरहेको र पाँचजना स्थान नभएको ले आश्रम बाहिरै बस्ने गरेका कुरा त्यही अध्ययनरत बिद्यार्थी केदारमणी निरौलाजीले बताउनु भयो मलाई । उनी जनकपुरबाट आएका रहेछन्, सस्कृतको ज्ञान नेपाली मन्दिरबाट प्राप्तगरी सके पछि आफु उच्चा अधययनको लागि काशी (बनारस) हिन्दू बिस्वबिधालयमा जने कुरा पनि केदारमणी जी ले बताउनु भयो मलाई । आजैका दिन अर्थत डिसेम्बेर ३०-२००६ मा काशी हिन्दू बिस्वबिधालयका नेपाली बिभागका प्रमुख श्री संजय बान्तवा र श्रीमती अरुणा ठुलुङ ( संजयजीको धर्मा पत्नी) ले लन्चको लागि निमन्त्रणा गर्नु भएको छ । संजयजी दार्जीलिङका राम्रा कथाकार मध्यमा पर्नु हुन्छ ।त्यसैले पनि उहाँसँग भावनात्मक सम्बन्ध भएको धेरै लामो समय भैसकेको छ । तर भेट भने बाराणसीमा आएपछि नै भयो हाम्रो । लेखनको हिसाबले लामो समयदेखिको परिचय थियो हाम्रो बीचमा । दार्जीलिङ र सिक्किमका साहित्यकारहरुको पुस्तकहरु स्रस्टा साहित्यिक पत्रीका ( गेजिङ पश्चिम सिक्किमबाट प्रकाशित हुने)का सम्पादक श्री केदार गुरुङ्जीले बराबर उपलब्ध गराइरहनु हुन्थ्यो मलाई । त्यसैले संजय बान्तवाजीका बारेमा केही ज्ञान छ मलाई ।पहिलो भेट पनि खासै नौलो र बिरानो अनुभुती भएन मलाई । उहाँलेहरुले दिनु हुने लन्चमा उदय पत्रीकाका सम्पादक श्री दुर्गाप्रसाद श्रेष्ठ्, काशी हिन्दू बिस्वबिधालय ( बि एच यु) का पि एच डि बिद्यार्थी श्री यदुनन्द निरौला र म सहभागी भयोँ । परिकारयुक्त्ता खान मज्जाले स्वाद लिएर खायों हामीले अझै भर्खरै संजयजीका सासुले दार्जीलिङबाट ल्याउनु भएको अचारको स्वाद बर्णन गरी नसक्नु थियो । दार्जीलिङ त वाराणसी मिष्ठान्नको स्वाद लिइसके पछि फोटो खिच्ने काम गर्‍यों र केही वेर आगामी कार्यक्रम ( (रेम्बेरिङ्ग बि पि इन वाराणासी यस् बारे बिस्तृत विवरण साहित्यमक बाराणसी नामक लेखमा प्रस्तुत गरेको छु,) का बारे समेत कुराकानी गर्‍यो । उक्त कार्यक्रमामा प्रस्तुत गरिने नाटक मन्चनका लागि उदघोषणा गर्ने कार्य अरुणा ठुलुङ्जी लाई जिम्मा दिने बारे कुरा उठायैं दुर्गा दाई र मैले । तर उक्त बिषय दुई जन(संजयजी र अरुणाजी) ले सल्लाह गरेर निर्णय दिने भनि संजयजी ले बताउनु भयो, " अरुणाजी पनि काशी हिन्दू बिस्वबिधालयकै नेपाल सेन्तरमा कार्यरत हुनुहुन्छ ।कुराकानीकै क्रममा संजयजीले भन्नु भयो, नेपाली बिभाग काशी हिन्दू बिस्वबिधालयका (बि एच यु) मा भए पनि बिद्यार्थी पाउन निकै कठिन छ । त्यसैले नेपाली बिभागलाई निरन्तरता दिन पनि निकै कठिन परिरहेको छ । केही उपाय हुन्छ कि यहाँ नेपाली बिभागलाई बचाउने? कतिपय बिद्यार्थीलाई त आँफैले छात्रबृति दिएर पनि पढाईरहेको कुरा पनि बताउनु भयो उहाँले ।उहँको यस कुरले कता कता चसक्क हुने गरी दुख्यो मन । तै पनि के पो गर्न सक्छु र मैले । यसरी एउटा नेपाली मन बाराणसीमा पुगेर दुख्यो । अन्य देशका भाषाहरु संसारका बिभिन्न देश्हरुमा पढाई भाई रहेक छन । तर नेपाली भाषा दुर्गती आफ्नै छिमेकको भुमिमा भोग्नु परेको पिडा ढुंगाजस्तै बनेर सुन्नु परिरहेको छ अहिले । भारतमा लामो संघर्षको बाबजुद प्राप्त हुन सकेको भाषा मान्यता पनि खोसिन्ने तर्फ उन्मुख भएको छ निरीह बनेर । यस् बारेमा सोच्ने फुर्सद कस्लाई छ र? नेपालको राष्ट्रिय भाषा र भरतको सबिधानमा समेत आठौ अनुसुचीमा परेको नेपाली भाषा भनेर छाती फुलाउन जानेको छौ आडम्बरी खुशी ओकल्दै । तर यही भाषा घरको न घाटको अवस्थामा पुगेको कुरा संजयजी सुनाउनु हुन्छ । म जस्ता धेरै आए होलान सुनेर भावुक बन्ने । तर बचाउने पहल कस्ले गर्ने? के एक्लो संजय बान्तवले थाम्न सक्नु हुन्छ होला र? अबस्य पनि उहाँ एक्लै सगर थाम्न सक्नु हुन्न । त्यसैले नेपाली भाषाको संरक्षण र बिकासको लागि केही न केही उपाय खोज गर्ने दायित्वा सम्पूर्ण नेपाली भाषीको हुनुपर्छ भन्ने लाग्यो मलाई । काशी हिन्दू बिस्वबिधालयमा नेपाली अध्ययन त अध्यापन कार्यलाई निरन्तरता दिन छात्र छात्राहरुलाई हौसला प्रदान गर्ने खालका उपायको खोज र आकर्षण बढाउने खालका कुनै पनि योजनाको शुरुवात गर्न सकेमा नेपाली भाषाले काशी हिन्दू बिस्वबिधलयमा निरन्तरता पाउने कुरमा दुईमत नहोला यस्तैमा अरुणाजीले मिठो चिया तयार पारी ल्याउनु भयो र चिया पिएर बिदा भयो एउटा देखेको मन साथमा लिएर ।
आजै बेलुकीलाई सम्पादक श्री दुर्गाप्रसाद श्रेस्ठलेडिनरको निम्तो भएको छ मलाई । हुन त डेसेम्बेर २८-२००६ को दिन पनि डिनर खाएको थिएँ । काठमाडौंबाट ज्वाई पनि आउनु भएको छ अहिले । चिनजान पनि हुन्छ आउनै पर्छ भन्नु भयो उहाँले । त्यसै अनुरुप अठार बजे श्री अभिषेक श्रेष्ठ ( दुर्गा दाईको भातिजा) लिन आउनु भयो मलाई होटेल अजयमा । अभिषेकजी मिजसिलो ब्यक्तित्वका धनी देखिन्नु हुन्छ र हाल काशी हिन्दू बिस्वबिधालयमा नै अध्ययनरत रहेछन उनी । अभिषेकजी निकै फरासिला र मिजासिला भएकोले निकै कुराकानी भयो बाटोभरि । होटेल अजय लाहुरवीरबाट चौखम्वा छेउको गोलघरसम्म रिक्सामा गयोँ दुबैजना । त्यसपछि साँघुरा गल्लीमा पहिलो पटक दाहिने मोडियोँ, अनि सिधै अगाडि बढेर बायाँतर्फ मोडियोँ । फेरी दाँयातिर मोडिएर सीधा अगाडि बढ्ने काम गर्‍योँ । अर्को गल्ली निस्कने बेलामा दाँया भित्तामा ठुलो हनुमानको मुर्ति बनाएर टाँसिएको रहेछ। हनुमानको मुर्तिलाई पछाडि पर्दै बाँया बढेयोँ सुरुसुरु । अलिकति अगाडि बढेपछि बोर्डमा लेखेर टाँसिएको देखेँ - के २५,९७ चौखम्वा, बाराणसी २२१००१ ।
हामीले हिड्दै आएको गल्लीकोबाट दश खुडिकिला चढेपछि दुर्गा दाइको सम्पादन गर्ने, पढ्ने र आगन्तुक भेट्ने भब्य कोठामा पुगिन्ने रहेछ । कोठामै हुनुहुदो रहेछ दुर्गा दाई । उहाँले उदय बर्ष ७० पूर्णङ्का १२७ पुष २०६३ उपहार दिनु भयो मलाई । मैले पनि नियात्रा र कविता तथा अ्एरिका जानेहरुका लागि लेखिएको गाइड बुक आदी उपहार स्वरुप दिएँ दुर्गा दाईलाइ। चौखम्बा सांगुरो गल्लीमा रहेको तर एकदमै दिलभने पुरा बाराणसी जत्रै भएको घरमा पुग्दा अत्यन्तै खुशी लाग्यो मलाई । उक्त घरमा हाल दुर्गा दाई उहाँको धर्मपत्नि,उहाँको भाई बिजय र भाइकी धर्मपत्नी तथा बिजयका दाइका छोरा अभिशेक बस्नु हुने रहेछ । पत्रीकाको कार्यालय दोस्रो तलामा तथा भन्सा,बैठक कोठा र बेडरुमहरु रहेछन्, तेस्रो तलामा
केही छिन दुर्गा दाइसँग गफिए पछि चढयो तेस्रो तलामा । र बसे गजधम्म तरिकाले पलेटी मरेर। बिजय दाइले पानी ल्याइदिनु भयो स्वागत खातिर । सामान्यता भारतमा कोही अथिति आए भने सर्बप्रथम पानी ल्याइदिने प्रचलन आमरुपमा जसरी नेपालमा कोही अतिथी आए भने चिया दिने प्रचलन छ ।त्यस्तै प्रचलनलाई स्विकर्दै पानी ल्याइदिनु भएको छ बिजय दाइले ।त्यस पछि भुजिय, बिस्कुट तथा चिया पनिल्याइदिनु भयो उहाँले फेरी केही समय पछि चना मटर सहित बनेको परौठा, लेदो आलु चना टमतरको अचार त्यस्तै पुरानो अचार, गाजर हलुवा र लड्डु आदी पनि आइपुग्यो मेरो अगाडि । एक प्रकार खानकै लागि आइपुगेको रहेछुजस्तै लाग्यो मलाई । विविध ब्यन्जनले छोपिएर मज्जाले खयौ सबै मिलेर । नयाँ दिल्लीबाट वाराणसी पुगी पलेटी मारेर टन्न खाना पाउँदा आफ्नो जन्म घरको सम्झनाले बेस्सरि सतायो मलाई काठमाण्डौमा बिद्यार्थी भएर वस्दा डेरामा आफै खाना पकाएर खाने गर्थे र दसैंको लामो विदामा कलेज बन्द हुने भएकोले भोजपुरको वास्तिम स्थित आफ्नो घरमा जाने गर्थे म ।यस्तै क्रम २०३४ देखि २०४० सम्म चलेको थियो मेरो । यसरी लामो समय आँफै पकाएर खाने र बिदामा घर जाँदा आमाले खाना पकाएर थपी थपी ख्वाउने गर्नु हुन्थ्यो मलाई । र आज वाराणसी मा खाना खाइरहँदा वास्तिमको घरमा काठको पिर्कामा बसेर खाना खाईरहेजस्तै अनुभुती भयो मलाई ।मिठो खानाको परिकार र आत्मिय व्यबहारले बिगत सम्झिएँ वाराणासीको छौखम्भामा । खानाको कार्यक्रम समाप्त भए पछि अभिषेक जीले नेपाली धर्मशालाहरु देखाउन लैजानु भयो मलाई । २ वटा रहेछन नेपाली धर्माशालाहरु । एउटाले मर्मत सम्हार पर्खिरहेको रहेछ । मर्मत गरेर उपयोग ल्याउन सके निकै लाभदायक हुने देखे मैले । त्यस्बारे सम्बन्धितले अवश्यै सोचेकै होलन ।तयसैले त्यस् बारेमा लेखिरहनु आवश्यक ठानिन मैले ।फेरी २ मिनेटका लागि आएको मजस्ता तर्काले के नै भै हाल्छ र? तै पनि अरुको कमजोरी देखौन सक्नु नै नेपालीत्व भएको त्यही विडो थाम्न सोचेको सम्मा हुँ मैले पनि । यस्तै प्रकारले अर्को नेपाली धर्मशाला विधा धर्म प्रचारणी समिति के २३ ४५ दुध विनायकमा गयौ हामीहरु । रानी जग्दम्बाको अग्रसरतमा बनाईएको रहेछ यो धर्मशाला ।सर सफाई, मर्मत तथा सम्भार राम्ररी गरिएको पाएँ यहाँ । यसको हेरचाह बिजय श्रेष्ठ(दुर्गा दाईका भाई)ले गर्नु हुने रहेछ, साथै नेपाल्बत मदनपुरुस्कार गुठीका अध्यक्ष एबं प्रतिष्ठित साहित्यकार श्री कमलामाणी दीक्षितजी आउनु हुँदा पनि यही गस्नु हुने कुरा पनि बताउनु भयो अभिषेकजीले यसरी केही वेर दुध बिनयाकको धर्मशाला अवलोकन पाश्चात पछि गमस्तिश्वर भएर गंगा नदिको किनरातर्फ लाग्यौ बेलुकिको घाटहरुको दृस्य हेर्न ।यस्तैमा अभिशेकजी र म मणिकर्णिका घाटमा पुग्यौ ।यस घाटम चाँही शव जलाउने काम हुने रहेछ ।गंगा नदिको तिरमा रहेको ५२ वटा घाटहरु मध्य ५ वटा घाट्मा शव जलाउने र नुहाउने दुबै कार्य हुने कुराको जानकारी समेत गराउनु भयो अबिशेकजी । ती घाटहरुमा आसी, दशाश्वमेघ, हरिश्चन्द्र, पंचगंगा र मणिकर्णीका रहेछन । अभिशेकजीले कुनै झण्झट नमानी वियाँलोसँग फनफनी घुमाउनु भयो वाराणासीका गल्लिहरु र गंगानदिको पश्चिम किनारमा रहेका घाटहरु, काशी हिन्दू बिश्वबिधालयका बिद्यार्थी अभिशेकजी निकै भलादमी, सज्जन र मेधाबी हुनु भएको कुरालाई परिचित जो सुकैले नकार्न सक्दैनन । यसरी वाराणासी का गल्लिहरु र घाटहरुको सर्सर्ती हेर्न कार्य समाप्त गरे पछि भोली सारनाथ जाने कार्यक्रम बनाउदै डिसेम्बर ३०-२००६ को दिन लाइ बिदाइ गर्‍यो हामीले ।
लाहुरवीर, बाराणसीको होटेल अजयको रुम नं १३४ बाट सुरु भयो इस्बी सन २००६ सालको अन्तिम दिन । बिहान उठेर नुहाइ धुवाइ सके पछि ब्रेक्फास्ट मांगे - चिया, टोस्ट र आम्लेट । त्यसपछि न्युज हेर्न टि. भी. खोले । नराम्रो खबरहरुले सनसानी मच्चाएको रहेछ दुनियाँलाइ । हेर्न पनि मन लगेन मलाई । हिजो इराकी पूर्व राष्ट्रपति सद्दाम हुसैन लाई झुण्डाएर हत्या गरिएको दृस्य र समर्थन तथा बिरोधका दृस्यहरु । त्यसरी नै भारतकै उत्तर प्रदेश राज्यको नोयडा छेउको निठारी भन्ने गाँउमा केटाकेटीलाई दुर्व्यबहार गरी कुखयात अपराधी मोहिन्दर सिंह पान्धार र सुरेन्द्र कोहलीको कालो कर्तुतका कुराहरु अस्तिकै दिन अर्थत डिसेम्बेर २९ वाटैटि. भी. च्यानलहरुको प्रमुख खबर भएर रहेको छ । अन्ष्णकै क्रमामा निठारीमा १७ जनाको अस्थि पंजर फेला पारिएको खबरहरु टि भी हरुका लागि सनसनीपूर्णको खबर भएको छ ।हेर्दा नै बिराक्त लाग्दो दृस्यहरु । मान्छेहरुले कस्ता कस्ता अपराध गर्छन यस् दुनियाँमा । कल्पना सम्म पनि गर्न न सकिन्ने अपराधहरु गर्छन मान्छे हरु । राम्रो खबर कुनै च्यानलामा न रहेकोले टि भी बन्द गरी सारनाथ यात्राको लागि तयारी हुने तर्फ लागेँ म ।
ठीक १० बजे आइपुग्नु भयो अभिशेक जी होटेल अजयमा । उहाँ आइपुगेको सुचना पाउनसाथ रिशेप्सनमा झरे म । म ओर्लनासाथ सारनाथ यात्राकालागि पाइला बढायौ लाहुरवीरबाट । हामीलाई बोकेको अटो क्रमश्: बढ्न थाल्यो हुकुलगन्ज, पाण्डेयपुर , प्रेमचन्द स्मारक्, पाण्डेयपुर चौकी, पहाडीय मण्डी तथा दौलतपुर हुँदै । यि स्थानहरु पार गरिरहदा खासै नौलो स्थान अनुभुती भएन मलाई । नेपालको धरान, दमक्, बिर्तामोड्जस्तै लाग्यो एक प्रकारले । असरल्ल उम्रेका घरहरु र खाल्टाखुल्टी परेका बाटोहरु । बिकासको सुगन्ध पुग्न नसकेका गल्लीहरु हुँदै अटो दौडिरहेको छ सारनथातर्फ। घरहरुले साइनबोर्ड भने उचालिरहेको छन बटुवाहरुको सुबिधाका लागि। प्राय साइनबोर्डहरुमा बाटोको नाम तथा स्थानको नाम भन्दा पसलको नाम्, मालिकको नाम र मोबाईल नम्बर लेखिएको देखेँ मैले । बिकास पनि कतातिर दौडिरहेको छ बर्तमानमा। बुझ्न पनि निकै कठिन भएको महसुस् भै रहेको छ मलाई । त्यसैले ती रमाइला साइनबोर्ड हेर्दै यात्रामा जुतिरहेको छु म । यस्तैमा पहाडीया मण्डी, पहाडीया चौराह,सारनाथ रोड्पहाडिया, मवाइया सडकमा दौडने क्रममा धर्मचक्र बिहार र हर नारायण बिहर पार गरेपछि १० बजे २५ मिनेट जाँदा सारनाथमा पुग्यौ हामीहरु । हाम्रो ठीक अगाडि उभिएको साइनबोर्ड लेखिएको देखेँ "बौद्दनगरी सारनाथामे आपका स्वागत है" सारनाथ आइपुगे पछि शान्तिले छाए जस्तै लाग्यो मलाई, बौद्द तिर्थयात्रीहरुका लागि महत्वपुर्ण चारधाम मध्यको एक धाम हो सर्नाथ । यसरी सारनाथ मा आइपुगेको हुनाले पनि शान्ति मिलेको आभस् भएको हुनु पर्छ मलाई ।अन्य तीन धाममा नेपालीको लुम्बिनि,जहाँ गौतम बुद्दको जन्म भएको थियो । बिहारको बोधगया, जहाँ भगवान बुद्दले सिद्धी प्राप्त गरेका थिए र अर्को हो उत्तर प्रदेशको कुशिनगर्, जहाँ बुद्दले महानिर्बाणा प्राप्त गरेका थिए । सारनाथ भने बुद्दले सिद्धी प्राप्त गरी सके पछि आफ्नो चेलाहरुलाई पहिलो धर्मोपदेश व्याख्या गर्ने काम गर्नु भएकोले बौद्दमार्गिहरुको लागि बिशेष स्थान रुपमा रहेको छ ।
छिमेकी देश नेपालबाट ई सन २००६ को अन्तिम दिनमा आइपुगेको छु सारनाथमा तर म भन्दा १३६६ बर्ष अगाडि चिनिया यात्री व्हेन साङ्ग आइपुगी सकेका थिए सारनाथमा । हर्षबरधनको राज्य थियो त्यसबेला र अहिले राष्ट्रपति ए पि जे अब्दुल कलाम हुनुहुन्छ । भारतको राष्ट्रद्यक्ष्यमा । जे भएतापनि संयोग् ले सारनाथ आइपुग्दा खुशीले फुलिएको छु म बेलुनजस्तै । एउटा नेपालीको पराक्रमले मग्मगएको पाएँसारनाथलाई। त्यसैले नजानिदो तरिकाले गौरबको पहाड चुलिदै गएको चाह म भित्र। अबिसेखजिले मुल पवित्र अबशेष राखीएको बुद्वको स्तुपामा जाने भनि अबगत गराउँदै हिंड्नुभयो अघी लागेर । मुला गान्धाकुटी रहेछ यो । जुत्त खोलेर स्टाण्डमा राखी भित्रीयौ मुलागान्धाकुटिमा । सुनौलो बुद्वको प्रतिमा अगाडि उभिएर श्रद्वा ब्यक्त गरें बुद्वालाई। पर्यटकहरुको निकै घुइँचो छ यहाँ । त्यसैले केही बेर वरिपरी भित्तामा राखिएका फोटोहरु र ज्ञानबाणी आदी पढ्दै ध्यानमग्न बुद्वको फोटो आउने गरी फोटो खि क्ने काम गर्यौ हामीले । मुलगान्धाकुटी बिहारबाट बाहिरिएर परिक्रमा लगायौं स्तुपाको। त्यसपछि छेउको साइनबोर्डमा आँखा लगएँ- बिहान चारा बजे देखि साढे ११बजे सम्म र अपरान्ह साढे १३बजे देखि बिसबजे सम्म पर्यटकाहरुका लागि खुला गरिने रहेछ मुलगान्धाकुटी बिहार । मुलगान्धाकुटिको दाँया छेउमा रहेको पिपल बृक्षलाई राम्ररी संरक्षण गरिएको रहेछ । अभिसेखजीले यसै पिपल बृक्षमुनी भगवान गौतम बुद्वले आफ्न चेलाहरुलाई सर्बप्रथम आफ्नो सिद्वी बारे व्याख्या गर्नुभएकोले यसको निकै महत्व रहेको बताउन भुल्न भएन मलाई । सारनाथकोबोधिबृक्षलाई चक्कर लगाएपछि मुलगान्धाकुटिकै ठीक पिछाडी रहेको साराणाथ बनबिहार तर्फ लाग्यौंहामीहरु । बयस्कहरुलाई प्रबेस शुल्क बापत भारु २ र ५ बर्ष देखि १२ बर्ष सम्मका केटा केटीलाई रु १ लाग्ने रहेछ प्रबेश शुल्क । प्रबेश टिकाट खरिद गरी रमाइलो बनको यात्रामा जुट्यौ अभिसेखजी र म । यत्रतत्र सग्बगाइरहेकाछन हरिण तथा मृगहरु । हरिण तथा मृगहरुको दौडाइ, उफ्राई र हिंडाईको मनोरमपलहरुलाई पछयाउँदै निकै बेर घुम्यौं । बना बिहार भित्र सहेली रेस्टुरेन्ट समेत रहेको छ पर्यटकहरुको सुबिधाकोलागि । त्यस्तै हरिण तथा मृगहरुलाई खुवाउने इच्छा भएकाहरुले खरिद गरी ख्वाउन लागि१० र ५ क पोकाहरु बनाएर बेच्न राखिएका रहेछन खानेकुराहरु । खासगरी साना नानीहरुसंग घुम्न आएकाहरुले खरिद गरी ख्वाएको देखियो त्यहाँ । दुई वटा सिंगे भन्ने मल्लयुद्वमा ब्यस्त भएको देख्यौं सारनाथ बनबिहारमा बिचरण गर्ने क्रमामा सानो बगैचामा सिमित गरिएका ति बाह्र सिंगेहरु कुना उद्वेश्यका लागि युद्वमा उत्रीएका होलान मनमनै सोचें मैले । तर पर्यटखरुलाई भने रमिताको श्रोत बनेको छ बाह्रसिंगे को युद्व । हामी मध्यकै केही पर्यटखरुले भने सम्झनका लागि फोटो खिच्ने काम गरे युद्वरत प्राणिहरुको। सारनाथ बन बिहार गर्ने क्रममा सम्झिरहेको छु म यस ठाउँको नामंकारणको बारेमा । सुने अनुशार पूर्व जुनिमा सारनाथ नाम लिएर हरिणको रूपमा बुद्वले जन्म लिनुभएको थियो रे ।सारनाथको अर्थ हुन्छ "हरिणको स्वामी" । कालन्तरमा सारनाथको अपभ्रंस भ इ यस स्थानको नाम सारनाथ हुन गएको भन्ने सुनेको थिएँ । आदिकालमा यहाँ हरिणहरुको बथान कुनै डर र त्रास बिना जंगलमा बिचरण गर्थे रे । तर जे जस्तो तरिकाले नामंकारण हुन गएपनि आज यस पवित्र स्थानमा घुम्न पाउँदा भाग्यमानी भने मानेको छु आफुलाई । सारनाथ बना बिहारको चक्कर लगाएर सकिएपछी निस्कियौं हरिण पार्क बहिरा । एकदम उदास उदास लाग्यो बहिरको बातावरण देख्दा । पुराना पुराना पर्खाल्, स्तुपा तथा बिहारहरुको कुनै चिनो चपेटा नै देखिएनन । इसा पूर्व ५३२ देखि बाह्रौ शताब्दीसम्म सारनाथको उन्नती प्रगती र संरक्षण भएको थियो सुत्गास, कुसन गुप्ता तथा मौर्यकालमा । मुसलमान सुल्तानको शासन शुरु भएपछि भवन तथा स्मारक ध्वस्त पारीएको रहेछ सास्रनाथको र अठारौं शताब्दिसम्म पुरिएर रहेका अबशेषहरुको जिर्णोद्वार गर्ने काम धमाधम भैइ रहेको देखें अहिले । अबषेसहरुको माझैमाझ भएर अगाडि बढयौं हामीहरु । अबशेसहरुकै बिचमा कतिपय ठाउँमा भक्तहरुको सुनौलो कपडा ,खाना तथा अन्या कुराहरु अर्पण गरेको पनि देखें मैले । मान्छेहरु कति संबेदनशिल हुन्छन धर्मका लागि ? मान्छेहरु कति प्रतिबध्दा हुन्छन्धर्मका लागि ? मान्छेहरु कति सचेत हुन्छन बिश्वासका लागि ? हुन पनि बिश्वासको अभाबमा संसारनै टिक्न सक्दैन । बिश्वास भनेको एक प्रकारको अन्धकारनै हो । त्यसैले अन्धकारलाई उज्यालो अनुवाद गर्ने भक्तहरुको प्रसंसानीय कार्य देखेर श्रद्वाको एउटा क्षणलाई त्यही सुनौलो भित्तामा टाँसे मैले पनि । वास्तवमा धर्मको प्रतिकात्मक अर्थनै अध्याँरोलाई छोडि उज्यालो तर्फ उन्मुख हुनु हो भन्ने लाग्छ मलाई। जिर्णोद्वारको काममा संलग्न कामदारहरुको तप्किरहेको पसिना पुछ्ने हावाजस्तै भएर धमेख स्तुपाको परिक्रमा लगाउन त्यतै तिर बढयौं हामीहरु । अभिशेखजीले ताढैबाट धमेख स्तुपालाई आधर बनाई फोटो खिची दिनुभयो मेरो । हरिणसँगको जम्काभेटका क्षणहरु, हरिणका रखवारीकलागि लगाइएका होचा पर्खालहरु र त्यसमाथि तानिएका फलामे काढें तारहरुको स्मरण हुनेछन। फोटो देख्नसाथ । र ति धमिला प्रतिबिमबहरु हेरेर बिगतलाई बर्तमान बनाउन सक्नेछु मैले । बिगतलाई बर्तमान बनाउन सक्नेछु मैले । यस्तैमा सुल्तानहरुको जग्जगीबाट बचेर एक्लै सुनसानमा उभिइरहेको धमेख स्तुपाको समुन्नेमा आइपुग्यौ हामीहरु। बयालिस् मिटर अग्लो धमेख स्तुपा काठमाडौंको बौद्व स्तुपा झैं लाग्यो मलाई। केही बेर धमेख स्तुपाको वरिपरी घुम्ने काम गरयौं हामीले। साथै सारनाथको सतही घुमाई पछि म्युजियमतर्फ लाग्यौं हामीहरु। म्युजियमको प्रबेशको लागि शुल्क भा रु दुई लाग्ने भएकोले भुक्तानी गरी भित्र प्रबेश गर्न खोज्दा मोबाईल लैजान नपाईने नियम रहेछ । त्यसैले पालैपालो जाने बिचार गर्यौ हामीले। त्यहीं अनुरुप पहिले गएँ म। म्युजियम एकदमै भब्य रहेछ। चारवटा टच स्कीन्, औंलाले छोएर सुचना निकाल्ने प्रबिधी जडान भएको कम्प्युटर जडान गरिएका रहेछन यहाँ। टच स्किनबाट हिन्दी, अङ्ग्रेजी, जापानी र फ्रेंन्च भाषाका सुचनाहरु मिल्ने रहेछन। म्युजियममा प्रथम शताब्दिदेखि बाह्रौ शताब्दीसम्मका पुरातात्विक बस्तुहरु संग्रह गरिएका छन । फलामको बन्चरो, कोदालो, तथा प्रस्तरका बुद्व, शिव्, बिष्णु, पार्वती, गणेश, यक्षका मुर्तिहरु, माटाका भाँडाकुडाहरु साथै अशोक चक्र पनि संग्रहित छन यहाँ।यसरी एक घण्टा दस मिनटसम्म जीवनको महतवपूर्ण क्षणअहरुलाई सारनाथमा बिताएर होटल अजयका लागि अपरान्ह पुन्: यात्रामा जुट्यौं अभिसेकजी र म । बाराणासिका यात्राले धेरै कुरा सिकायो मलाई । हिन्दूहरुको पवित्र भुमिमा पण्डाहरु,साधु-सन्तहरु र मन्दिरहरु यात्रा तत्र रहेका छन्, भने मस्जिदहरु छन जहाँ मुल्लाह र बुर्का पहिरेकी महिलाहरु कुनै डर र त्रास बिहिन घुमिरहेका देखिन्छन । अनि बौद्व स्तुपा, गुमबा, लामा, भिक्षुणि पहेंलो बस्त्राधारि मान्छेहरु सजिलै देख्न सकिन्छ भने गिर्जाघर पादरी र शिरमा सेतो टोपी जस्तो लगाई कालो कपडाको ओभरकोट लगाएका महिलाहरु पनि देख्न पाइन्छन बाराणसिमा । अझ भन्ने हो भने नेपाली सपुता गौतम बुद्वले मग्मगाएको छ बाराणासी । त्यसैले पनि लाग्यो मलाई, बाराणसी बिस्वका सबै धर्म्, जाती र समुदायको साझा थलो हो । दिलदार मान्छेहरुको बस्ती छ । भाषासेविहरु छन । समाजसेविहरु छन । तिर्थस्थल्हरु छन । भक्तहरु छन । समष्टिमा सुन्दरताको अनुपम मेल भएको शहर ब्रम्हान्डमा कहीं कतै छ भने त्यो बाराणसी नै हुनुपर्छ भन्ने लाग्यो मलाई । यसरी बाराणसिको सौन्दर्यतामा मुग्धिएर जीवनका केही खुशीहरु बतुल्न सकें मैले ।
समाप्त
(छन गेडि सबै मेरी, छैनन गेडि सबै टेढि -नेपाली उखान)

3 comments:

  1. jaya chhangchha Sir,

    you visited so countrys i saw your all history on so many site, please you try to write about nepal also about our neplease real history about our custom and culture that would be respectable for your step, i am wishing you will give time for neapl also.

    and once again i would like to say happy the new year 2065.
    f or you and all of your career

    ReplyDelete
  2. Dai
    It is really good. I thought, I was also visiting with you.
    Send me sometime.

    Namrata

    ReplyDelete
  3. Dai
    It is really good. I thought, I was also visiting with you.
    Send me sometime.

    Namrata

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin