katha

गरिबी र नबितेको लामो रात


                                         "कथा"
दिनभरि छेउघरे काइलाको हलो जोत्न गएको भक्ते साँझा पख लखतरान भएर फर्कियो । उसलाई यति बिध्न थकाई लागेको थियोकी खाना पनि नखाई यही कतै पल्टु जस्तो लाग्यो, भएको थियो भक्तेलाई मुढो झै लडिरहन मन लाग्यो । त्यसैले पिढिको छेउमा टुक्रुक्का बसेर एक चिलिम गाजा तान्यो, भक्तेकी जीवन संगीनी भनुदेवीले खाना खान बोलाए पछि भक्ते बिना जागर खाना खान बस्यो मन नलागे पनि खाना आधा मात्र के सिद्दाएको थियो। छोरी जुनेलिले बोली: आज दिउसो रमेश्वर साहु आएक थिए । भक्ते ठुलै नोक्सानी भए जस्तै झासँग भयो अनि बाँकी खान थालमा छोडेर उठ्यो । भनुदेवीले खाना खान आग्रह गर्दै थिइन्, भक्तेले रुखो स्वरमा खाना खाने मन छैन भन्ने जवाफ दियो ,"दिउसो रमेशवर साहु आएका थिए" जुनेलिले भनेको त्यही वाक्य उसको कानमा बार बार गुन्जियो, भक्तेलाई बेचैन भयो । अनि ओछ्यानमा पल्टेर टोलाई मात्र रहेयो। न जगार न आल्स्य उसको थकाई कहाँ दुख्यो उसले छ चाल पाएन, निदाउने प्रयास गरिरहेयो तर रातको एघार बजे सम्म पनि उस्को आँखामा निद्र आउन सकेन भनुदेवीले काम धन्दा सकी टुकी निभएर सुतीन तर भक्तेलाई बेचैन मात्र भै रहेयो।
एकछिन पछि भक्ते उठेर सीको फाइव घडी हेर्‍यो । बल्ल बाह्र बजेको रहेछ,भक्तेलाई एकजुग बिते जस्तै लाग्यो । तर अझै सिङ्गो आधारात बाँकी छ, जुन घडी भक्तेले पहिल्ला दर्वनीको काम गर्दा किनेको थियो । भक्तेको घरमा र भक्तेको जीवनमा पनि सबै भन्दा किम्ती चिज यही थियो ।त्यसैले भक्तेलाई यो घडीको खुबै माया पनि थियो ।

उता पाखातिर स्याल कराउन थाले यता प्रती उत्तरमा कुकुरहरु भुक्न थाले, तर भक्तेलाई निदको एक झरको पनि आएन, भक्तेले घडी हेर्‍यो बल्ल एक बजेको रहेछ । भक्तेलाई अर्को जुग बितेजस्तै लाग्यो, भक्ते उठेर एक आम्खोरा पानी खायो, फेरी ओछ्यानमा पल्टियो छतपटाई रह्यो, कोल्टे फेरी रह्यो । अब त भक्तेलाई त्यो ओछ्यान पनि यति पट्पाट लाग्दो भैसकेको थियो । कि उ फेरी उठेर आगेनाको छेउमा बस्यो ।भक्तेले खरानी खोस्ररियो बेलुकी खरानीमा गडेको भुङ्रो भर्खरै उछालान कि जस्तै गरेर बलिरहेका थिए । आफु त्यती जाडो पनि होइन, तर भक्तेले अगेना माथि हात सेक्यो केमुनाको पात र गाजाको धुलोबाट बनाएको भुक्कड चिलिममा भरेर तान्यो, नजानी लामो श्वास फेर्‍यो थकाई होकी, बिस्रम उसले छाल पाएन । चिलिमबाट धुवा आउन छाडे पछि हतपति र हुटहुटी मात्र भैरहेको थियो । भक्तेलाई त्यहाँ बस्न मनलागेन र त्यहाँ बाट उठेर कताइ जान पनि मन लागेन मनले के के सोच्यो अनि स्तब्ध भएर मुर्तिवन बसिरह्यो, दाम्लो बनाउन बेलुकी निकालेको आलो पातको धरै नमिठो गन्ध आइरहेको थियो, उसलाई त्यो गन्ध मिठो पनि लागेन र नमिठो पनि लगेन।

कुखुराहरु बास्न बेला भैरहेको थियो, तर भनुदेवी उठेकी थिईनन्" अब त कुडो पकाएर डिंगालाई खुवाउनु पर्छ नत्र अबेर हुन्छ" भक्तेले सोच्यो अनि भानुदेवीलाइ उठाउँन कोठीमा गयो भानुदेवी मस्त निदै राखेकी थिईन उसले एकहोरो भानुदेवीलाइ हेर्‍यो र केही नबोली फर्कियो , हिजो घटटामा गएर मकै पिधेर आएकी भनुदेवी थकाईले चुर पारेको उस्ले अनुमान गर्‍यो ।घाटटा सम्म पुग्ने बाटो कमको होरा टिके खोलाको तिरै तिर ठाडो उकालो मकैको भारि सँग भानुदेवी जान मनेकी थिईनन कति जातोमा मात्र पिस्नु रात भर भानुदेवीको दु:खलाई हेरेर मायाले उस्ले नै पठाएको थियो । बेलुकी सुत्ने बेलामा पनि पिडुला दुखेको खुबै गुनासो गर्दै थिईन भानु देविले। भक्तेले सहनुभुती देखाउन बाहेक अरु केही गर्न सक्या होइन ।


भक्तेले अगेनामा दाउरा जोर्‍यो कुडो बसाल्यो तर पनि उस्को छटपट्टिले छाडेन। उस्ले केही काम खोज्यो, काम पनि पाएन, भनु देवी भएको भए उन्को लागि प्रसस्त कामहरु पुग्ने थिए । कसिङ्गर लगाउनु, दैलो पोत्नु, पानी ल्याउनु, तर कसिङ्गर लगाउनु भएन । दैलो पोत्ने कुरा आएन नजर पैनेटोको गाग्रीमा पर्‍यो , भक्तेले गाग्री टिप्यो र पिढीबाट यसो तल के झरेको थियो ।उसलाई उस्को पुरुषत्व र शंकाले जलायो " छ्या लोग्ने मान्छे भएर पधेरमा पानी लिन जान्छन्" देख्ने मान्छेहरुले के भन्लान फेरी यती बिहानै पढेरोमा आईमाईहरु नुहाउदै पनि त हुन सक्छन्" भक्तेले पानी लिन जान उचित सम्झेन र उठाएको गाग्री फेरी भुईमा नै राख्यो ।एक्काइसौ सताबदिको लाचार भक्ते, उस्को अगाडि सिङो परिबेश छ, सिङो समाज छ, उ त्यो समाज बाट उडेर माथि जान सक्दैन, किन भने उ सँग उड्ने पखेटा छैन ।

रमेशवर साहु किन आए ? भक्तेले आँफैले आँफैलाई प्रश्न गर्‍यो । तर उत्तर पाएन, उस्लाई पिरलोले छोप्यो । लाचारीले गाल्यो, यही भदौमा ऋणको भाका सिदिदै छ । तर कहाँ बाट कसरी तिर्ने हो ?, उपायको बिउ सम्म निस्क्या होइन, साहुहरु अहिले देखि दैलो धाउन थाले भक्ते झनै चिन्तामा पर्‍यो त्यसो त भक्तेका पीरका कारणहरु अरु थुप्रै छन ।

असार निख्रन थाल्यो पानी परेको हैन, अहिले सम्म खेतहरु बाँझै छन ।अधिया पालेर बडो मुस्किलले हुर्काएको पाडी अस्ती मात्र ब्याउन नसकेर मरी । यसपलिको मकै पनि त्यती राम्रो छैन । तारे गोरु साह्रै बुढो भएको छ । त्यसलाई नफेरी हुँदैन ।यदि वाली लगाए भाग्य,थोरै पाडी ब्याउन तीन महिना मात्र छ भन्दा फेरी उलटिई, छोरो मुङ्लान गएको छ महिना भैसक्यो चिट्ठी पत्र खवर केही आएको छैन ।आफ्नै बारी मुन्तिरको सन्तेको बारी पहिरोले लाग्यो अब आफ्नो पनि लान के बेर ? मान्छेलाई भएको हानी भन्दा हुनसक्ने सम्भावनाको हानीले धेरै सताउछ, घर नछाएको पनि पाँच बर्षा भैसक्यो । दुई चार ठाँउ बाट त चुहुन पनि थलिसकेको छ ।बुहारी माईत गाएकी घर आउने कुरै गर्दिन ,नाती केटो दुई कक्षामा फेल भएछ र जातो जस्तै गरुहाङ्गो उसको घरमा बढेकी एउटी तरुनी कुमारी पनि छे, अझै गाँउमा एउटा नयाँ मास्टर आएको छ ।त्यसले यही घरको नजर लगाउछन भन्छन ।त्यसैले पीर माथि शंका शंका, माथि पीर अब उ पनि बुढो भैसक्यो यही कार्तिक देखि चालिसमा टेकदैछ ।

उफ! यहाँ त भवसगार पो रहेछ, भक्तेले सोच्यो र त्यसै बासिरह्यो खैर फेरी के सोच्यो जस्तै भए पनि मान्छेलाई पहिला आफ्नै ज्यानको चिन्ता हुन्छ । भक्तेले एना निकाल्यो र मुहार हेर्‍यो कता कता चाउरी परे जस्तै मान्यो यसो हातले गाला मुसार्‍यो "साच्चै उमेरले नेटोकाटे छ" यही सोच्यो कपाल फुलेर कालो कपाललाई जित्न तछाड मछाड गरी रहेका थिए । भक्तेले यसो हातकेला पछाडि हेर्‍यो हातका नासा पनि देखिन्न थलिसकेछ ।

उसले धेरै लामो, चिसो सुस्केरा हाल्यो । भक्ते यस्ता पीरका भारी अरु पनि धेरै छन ।भक्ते सोच्दै सम्झन्दै जान्छ त जहाँ तही जति गए पनि गाहिराई मात्र भेटिन्छ पिध त कतै भेटिन्दैन ,यस्ता पीर त कति छन कति छन उ सँग, भानु देवीलाई एउटा उनीको खास्तो ल्याएको चारबर्ष पार भो फेरी अर्को ल्याउन सक्या होइन, बर्ष दिनमा जम्मा तीन दिन लाग्ने हाट बजार जान जुनेलीले खुव रहर गरेकी थिई फुट्टी पैसो बिना भक्तेले जुनेलीलाई बजार पठाउन सकेन पर्सिछिमेकी छोरो पर्नेको बिहे छ । जन्ती जदा लगाउने उ सँग राम्रो कपडा पनि छैन ।
रहर बिनाका प्रशस्त आवस्यक्ताहरुको शिकार भक्ते अगेनाको आँगो ठोसेर दन्कायो अनि पिढिमा निस्केर ब्याग्रताले यता उता नजर लगाउदै आँगनको डिलमा झार्‍यो ।उसलाई त्यहाँ पनि रहन मन लागेन छटपटिले लगारिरह्यो अनि भित्र पसेर फेरी लामो सुस्केरा लगायो र रात छिटो छिटो बितोस् भन्ने असिम चाहना बोकेर फेरी चिलिममा भुक्कड भर्‍यो ।


कथा: दुर्गा भुसाल
माकर -४ उपहार नगर
नवलपरासी

1 comment:

  1. दुर्ग भुसाल जि ! साच्चै तपाईको कथाले घउले परिवेशको धरिद्रता र आत्माको अन्तरद्वन्द लाई बोकेको रहेछ । वास्तवमा नै पिडा र अन्तरद्वन्द भन्ने चिज नै खै कस्तो भन्नु है ?anyway.... तपाईको कथा राम्रो लाग्यो । कथाको लेखनको लागी धेरै धेरै शुभकामना ता कि तपाईको लेखन गति लै अग्रताको शिखर चुमोस् । म जितेन्द्र राई

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin