बि जे बान्तवा / भोजपुर
कुरो झण्डै ८ बर्ष अघिको हो,आज पनि त्यो दिन मेरो जीवन मा कहिलेकाही बल्झेर आउने गर्छ । कुरो हो २०५८ फाल्गुन २२ गतेको, म तराई तिर आफन्तको भेटघाटको लागि गएको थिएँ । आफन्तको भेटघाट पस्चात म २०५८ फाल्गुन २२ गते तराई बाट घर तर्फ बाटो लागें । एकै दिनमा घर पुग्न नसके पनि बिहानै हिड्दा राम्रो हुने हुँदा बिहानै बाटो लागें । धरान आइपुग्दा शायद ७ बजेको थियो होला । धरानमा गाडी बदलनु पर्ने भएको ले मेरो पहिलो स्टेसन धरान बन्यो । सबै यात्रु बस देखि उत्रेर आ-आफ्नो गन्तब्य तिर लागे । मेरो त अझैं उकालो चढ्नु नै पर्ने थियो । त्यसैले म आफ्नो झोला बोकेर टिकट काउण्टर तिर लागें । धरान बसन्तपुर टिकट काउण्टर बाट हिले सम्मको टिकट लिएर म म्याङ्लुङ जाने मिनी बस तर्फ लम्किएँ । थुप्रै यात्री हुलका हुल बस भित्र छिरी रहेका थिए । म पनि आफ्नो झोला च्यापी बसतर्फ लागें । सबै यात्री हरु आ-आफ्नै धुनमा माल समान हरु मिलाई रहेका देखिन्थे । म पनि पछाडिको सिट भन्दा एक स्टेप अगाडिको सिटमा बसें मेरो छेउमा म्याङ्लुङकै एक जना दिदी बस्नु भयो ।
गाडी हिंड्न अझै २५ मिनट जती बाँकीनै थियो । बसको शिसा मा नक नक गर्दै चटपटे बेच्नेहरु को घुइचो अनि नरिवल काँक्रा बेच्नेको पनि थुप्रै भिड । मलाई केही केही किन्न मन लाग्यो गाडी भित्र खान, किनकी सबै कोइ केही, कोइ केही चपाई रहेका थिए, म पनि मेरो मन ले मानेन त्यसैले झोला त्यही सिटमा छोडेर बाहिर आएँ अनि गणेश टाकिज (फिल्म हल्) गेट नजिकै सुन्तलाको थुप्रै थुप्रो देखें । मनमनै त्यही सुन्तला किनेर बोक्नु पर्ला भनेर म सुन्तला छेउमा मात्र के पुगेको थिएँ एकजना दिदी ले भनिहाल्नु भयो भाइ सुन्तला दिउँ यो खोकुले सुन्तला हो भाई लैजाउ एकदम गुलियो छ भाई, म पनि एक किलो सुन्तला किनेर बस तर्फ फर्किएँ । गाडी गूड्ने समय पर्खेर बस्न थाले । घडीको काँटाले जब ७:३० बजायो, ड्राइभर, कन्टेक्टर र खलासी सबै भित्र छिर्दै ल ल छिटो गरौ म्याङ्लुङ बजार जाउँ है ढुङ्गा देखि खुन आउने ठाउँमा लहै भन्दै खलासीले उर्दी लाउन थाल्यो । गाडी बिस्तारै अगाडी बढ्न थाल्यो भनु चोक लाइ छिचोल्दै को अ च नं५९ धरान- बसन्तपुर्-म्याङ्लुङ बजार को लागि उकालो हुइकियो ।
धरान देखि भेडेटार सम्म घुम्ती नै घुम्तीको बाटोमा थुप्रै घुम्ती काट्दै भेडेटारमा गाडी बिसाउन पुग्यो । १५ मिनटको समयलाई ध्यान दिदै शौचालय जानेहरु शौचालय नास्ता गर्ने हरु नास्ता आ-आफ्नै धुनमा लागे म पनि गाडीको घच्याक घुचुक हल्लाई ले भोको महसुस् भयो अनि म एउटा चमेना गृहमा छिरे । नास्ता गरी सके पछि सबै यात्रीहरु आफ्न सिटमा फर्के अनि म पनि । यसरी सबै बसमा पसी सके पछि बस हुइकियो । मुलघाट तर्फ, पहाडी गोरेटो हेर्दा नै रमाइलो हरियो जंगलको बिचमा धर्सा नै धर्सा यसरी गाडी धेरै नै द्रुत गतिमा दौडी रहेको थियो । मुलघाट पुग्न २ किलो मिटर मात्र बाकी थियो, स्पीड गाडी को रफ्तार बिच मा कता लेक तिर बाट राँगा भैंसी खरिदेले राँगा भैंसी को हुल नै त्यही बाटो ल्याई रहेको रहेछ । अचानक दुर्भाग्यबस ति लेकाली राँगा भैंसी हरु तर्सिएर रोड नै भरि यात्र तत्र दौडन थाले स्पीडमा दौडी रहेको बसले आफ्नो गती कन्ट्रोल गर्न सकेन, अ:त हामी चढेको को अ च ५९ नं धरान तेह्र्थुम रोड देखि उछिट्टिएर ३ बल्ड्याङ खायो । ड्राइभर बस छोडी झ्याल देखि हाम फाल्ने हुँदा बसको ऐना राख्ने स्टान्ड मा कपडा अड्किएर बसले अचार पिसे झैं पिसेर लगेछ । मलाई त आधा घण्टा पछि होस आयो । जब होसमा आइ हेर्छु, सबै सिटहरु उक्किएर कता कता शिसा एउटै नरहेको, अनि २/३ जना अलि शरिर मोटो मोटो दिदी हरुको शरिरनै भरि शिसै शिसा, मेरो पनि खुट्टा मा चोट अनि कुहिनो को छाला सबै खुइलिएछ । धन्न जाडोको मौसम ले गर्दा मैले ज्याकेट दह्रो लगाएकोले मलाई त्यती बहिरी असर त परेन तरै पनि घुडा दुखेर सम्पूर्ण शरिरको अंग अंग दुखी रहेको थियो । म दुखाई लाई ध्यान दिइन बस् आफ्नो ब्याग निकाल्ने कोशीस् मा रहे । मेरो ब्याग थुप्रै शिसा नै शिसा भित्र अनि बसका सिटहरुले थिचिएको हुना ले खोतल्न थाले कोइ चाँही ड्राइभर कता भाग्यो भन्दै कुर्लिन्दै थिए, कोइ मुर्छित यात्रे हरुलाई उतार्न ब्यस्त थिए । द्रवेर कसैले नदेखे पछि ड्राइभर भागेको भनेर ड्राइभर खोज्न पर्छ भन्दै यता उता यात्रुहरु दौडी रहेका थिए । मेरो झोला खोतली सकेर झोला तान्दा ड्राइभरको खुट्टा देखियो शरिर् त पुरै बसले किचिएको थियो ।उसको शरिर पुरैनै बसले किचिएको थियो । मैले भने हेर्नुस् हाम्रो ड्राइभरले संसार छोडि सकेको छ, खोज्ने कोशीस् नगर्नु, भने पछी पनि बिचरा ड्राइभर लाई नै धेरै ले गाली गरी रहेका थिए ।अनी म घाउ नै घाउ संगै हिले सम्म अर्को बस चढी पुगें अनि मेरो घौ हरु मल्हम पत्ती गरेर दुखाइ कमि हुने दबाई ब्रुफेन किनेर बिस्तारै बाटो लागें रेडियो बाट समाचार आयो हामी चढेको गाडी दुर्घटना भएको अनि ४ जनाको मृत्यु भएको ड्राइभरको नाम रहेछ बिशाल श्रेष्ठ त्यो पनि त्यही रेडियो मार्फत थाहा पाएँ त्यती बेला मलाई एकपल्ट नयाँ जिन्दगी पाएको महसुस् भयो । अनि अधेरि घाट सम्म बल्ल तल्ल पुगें त्यतिन्जेल् सम्म त ब्रुफेन अनि ताजा ताजै घाउ भएको ले हिड्न सकें त्यहाँको बास पछि त बिहान जिउ चलाउनै सकिन, त्यस्पछि मैले घरमा खबर पठाएर घरबाट लिन आएर मात्र घर पुगेको थिएँ। मैले मेरो जिन्दगिमा पाएको नयाँ जिन्दगि त्यहि दिन थियो जुन् २०५८ फाल्गुन २२ गते। आज पनि त्यो घट्ना सम्झिदा अनि त्यो ड्राइभरलाई गर्दै गरेको गाली सम्झिदा बिचरा एउटा निर्दोष मान्छे उस्को गल्ति बिना नै जिन्दगि गुमाउदा समेत धरै नपाउदाको क्षण भने साह्रै नराम्रो महसुस हुँदो रहेछ। मलाई त्यो महसुस भयो।
bicharaa driver, sayad hami driver lai yastai hola. malai pani dukha lagyo..!
ReplyDeleteBantawajee, your travel has humanity and full of pain. I could not say it is interesting because of the an unfortunate accident. Might be it will get bit color of life if you had ellaborate the side of accident, the passenger who lost their lives and sound of wounded passengers. I think they need last justice from the eyewitness. But the sory is wonderful.Thnk you for sharing your the bitter journey of the life.
ReplyDeleteJaya