katha

नियात्रा साकाइसानको माटो

यो मेरॊ पोखराको उत्पादन हो त्यसैले यस्मा आधा नेपालकै गन्ध आइरहेका देख्छु ।”
चिनजानको पहिलो डिनरसंगै साकाइसानले एक प्याक् जापानी ओसाके घुट्क्याएर भनेका थिए । मैले उन्को कुरा अझै प्रस्ट रुपमा बुझ्न सकेको थिइँन । एक हप्ताको नेपाल भ्रमण गरेका साकाइसानले के भन्न खोजेको हो एक पटक म पनि अलमल्लमा परें । पछि उनले आफै गांठो फुकाए नेपाल भ्रमणमा हामी दम्पती पोखरा पुगेका वेला हनिमुनको उपहार स्वरुप यही छोराको गर्भधान यिनले गरिन् । पोखरामै यस्को विजारोपण भएकाले यस्मा नेपालको पनि केही अंश छू।

बल्ल मैले कुरो बुझें उनले आफ्नो छोरालाई भन्न खोजेका रहेछन् । सोह्र वर्ष अघि नेपाल आएका साकाइसानको नेपालसंगको साइनो कस्तो रहेछ भनेर । सामान्य वजन भन्दा केही बढीनै तौल थियो छोराको । उमेर भन्दा बढी तौल बोकेको छोराले अस्वभाविक रुपमा मोटाउन थालेपछि साकाइ दम्पती केही चिन्तामा फसेका रहेछन् । पढ्न भन्दा खेलमा ज्यादा हौसिने आफ्नो भुसतिघ्रे छोरासंग केही असन्तुष्ट पनि रहेछन् उनीहरु । तेसैले घरमा ज्यादा मोटाउछ भनेर बोडर्स गरिदिएका रहेछन् छोरालाई । उसैपनि नेपालमै मोटाउनुलाई राम्रो मानिदैन जापानमा । जेसुकै पनि मोटाउनुलाई चिन्ता र रोगको कारण ठानिन्छ जापानमा । तेसैले पातलो वा ठिक्कको मान्छेलाई मन पराइन्छ जापानमा । अविवाहित र महिलाहरु त शरीर घटाउनकै लागि सधै प्रयासरत रहन्छन् जापानमा ।

साकाइ अर्थात मानाबु साकाइ जापानको सम्मानित विश्वविद्यालयका सेरामिक्स प्रोफेसर हुन् । मानाबु साकाइ कवि हुन् र मौका पर्दा कहिलेकाहंमाटो पनि गजवकै रहेछ । यस्को परिकार पनि पत्याइ नसक्नु पाराको रहेर फैलिदो रहेछ । एउटै माटाले खुसार्नी उमारे झै सुन्तला फलाए झै निमपत्ता निकाले झै बस्तुमा पर्गेलिएर मूर्ती र आकर्षक भाडाकुँडाहरु पनि उत्पादन गरिरहेको थियो । धन्य छ माटोको शक्ति । धन्य छ माटोको महिमा ।

साकाइसानले सेरामिकबाट हाइकुबाट र मूर्तीबाट बाँच्ने कला सिकेका छन् जापानमा । प्रत्येक नयाँ भाँडाको सिर्जनामा उनी बाँच्ने कलाको दर्शन उमार्दछन् । जीवन भनेको साकाइको माटो जस्तै संझेको छु मैले पनि । जस्तो अनुहारमा यस्लाई बनायो त्यही आकारमा यो पनि बाँधिन्छ । यस्लाई परिस्कार गर्न माझ्न र टल्काउन प्रयोगसालामा पाकिएझै पाक्न अध्यायन अनुसासन र निष्ठा हुनै पर्ने हुन्छ । परिस्कार बिनाको अनुसासन बिनाको र निष्ठा छोडिएको जीवनको कुनै महत्व हुँदैन । यस्तो जीवन कहिलेकाही झुक्किएर फुट्ने गरेका साकाइसानका एकाध् मूर्ती वा भाँडाहरु जस्तो हुन्छ ।

मलाई लागिरहेछ मानव जीवनको प्रारम्भिक पुस्तक काँचो माटा हो । प्रयोगसाला एउटा माटाको स्कुल हो र गुरु स्वयं साकाइ जस्ता मान्छे हुन् । उन्को माटोलाई मेरो पनि नमस्कार छ । साकाइसानको माटोलाई मेरो पनि अभिवादन छ ।

धेरै दिन पछि मैले आज साकाइसानले वनाएर उन्लॆ उपहार दिएकॊे सोरामिस्स एष्ट्रेलाई हेरेँ । जापानमा नेपाली सातहजार मूल्यमा बेच्ने गरेको यो एष्टे र मेरा लागि प्रयोगहीन थियो तर मैले त्यो सुन्दर एष्ट्रेमा साकाइसानको अनुहार हाँसिरहेको देखेँ । यतिबेला उसलाई पनि पक्कै वाडुली लागेको हुनुपर्छ ।

 आख्यानतिर पनि कलम चलाउछन् । तर जति हइकु कविता चुट्किला र सेरामिक्स कलामा पॊख्त छन् त्यति सफल अख्यानमा छैनन् । यो उनी आफैले आफुलाई नापेको मूल्यांकन हो ।

दुई दशक अघि जापानकै भीडभाड युक्त शहर टोकरोजावा बाट वसाइ सरेर साइतामाको निकै पहाडी र गाउँले इलाका ओगानोमा आएका हुन् उनी । शहर मन नपरेर नै पहाड रोजेका हुन् उनले । त्यसैले उन्को घर यस्तो ठाउँमा छ जहा भन्दा माथि मानव वस्ती नै छैन । मात्र पहाड छ र पहाडले बोकेको जङ्गल छ । आफु बस्ने घर बाहेक दुइवटा स-साना घर छन् उनका । ती दुवै घरमा सेरामिक्सको प्रयोगशाला छ । माटो गलाउने मिलाउने पोल्ने मेसिन छ उनको । सकाइसान मौका पर्नासाथ कि त कविता लेख्छन् कि त काँचो माटोसंग खेल्न थाल्छन् । काँचो माटो साकाइसानको बढी मनपर्ने वस्तुमा पर्छ । तर उनले खेल्ने माटो जहितही नपाइने र साधारण माटो भन्दा केही फरक र महंगो हुन्छ ।

माटोसंग खेल्न अभ्यस्त साकाइसान कहिलेकाही आफुभन्दा दोब्बर बढी उमेर भएका बृद्धबृद्धाहरुसंग खेल्छन् । कहिले अपाङ्गहरुले गिजोलॆको माटोसंगै खेल्छन् कहिले मानसिक रोगीहरु भएका अस्पतालमा रोगीहरुसंग खेल्छन् । यस्तो माटासंगको खेलमा सहभागी भएर उनीसंग धेरै पटक म पनि विभिन्न ठाँउमा पुगेकोछु । प्रत्येक ठाँउमा जव माटोसंग बटुका वनाउने कलामा एष्टे र बनाउने कलामा पेनस्टेण्ड बनाउने कलामा र घरायसी सेरामिक्सका भुडाकुडा वनाउने कलामा उनी खेल्न जान्छन् । यस्ता कार्यक्रममा बाहिर जानुपूर्व घरबाटै उन्ाले तयारी अवस्थाकै काचो माटो आफ्नो गाडीमा बोकेर लाने गर्छन् र आफुले एउटा नमुना तयार पारेर सोही अनुसारको वनाउन अरु सहभागीलाई सिकाउछन् । अरुले बनाएका काँचा माटाका सामानहरु वनाएका मान्छेको नाम सहित घरमा ल्याउछन् र त्यसलाई प्रयोगसालामा पोलेर तयारी अवस्था भएपछि प्रदर्शनी स्थलहरुमा बेच्नकालागि लगिन्छन् । गजवको कुरा के छ भने यी सम्पूर्ण कामहरुमा उनी आफै खटिन्छन् आफै हिड्छन् र आफै वेचविखन समेत गर्छन् । विश्वविद्यालयको प्रोफेसर भईसकेको कुनै पनि मान्छेले नेपालमा यसरी गरेको पाइन्न । विकशित मुलुकहरुमा कामको पुजा हुन्छ । जस्तो सुकै काम भएपनि त्यसलाई सानो ठूलो उचनीच आदि उपमा लगाएर मूल्यङ्गकन गरिनु हुन्न भन्ने मान्यता हुन्छ । नेपालमा जस्तै कामको वर्गिकरण हुदैन विकशित मुलुकहरुमा । जति कठिन र तल्लो स्तरको काम गर्यो त्यति नै वढी पारितोषिक वा ज्याला पाइन्छ विदेशमा । श्रम अनुसारको ज्याला हुने गर्दछ विकशित मुलुकहरुमा ।

नव्वे पन्चानव्वे वर्ष उमेरका बृद्धाश्रममा आश्रित बुढापाकाले वनाएको कला भनेर प्रायः भैरहने भाँडाकुँडा प्रदर्शनी स्थलहरुमा वनाउने मान्छेको नाम र उमेर अंकित माटाको कला बेच्दा तपाई हामीले सोचे भन्दा धेरै मुल्य तिर्नुपर्ने हुन्छ जापानमा । पत्याउनै सक्नु हुन्न तपाइले ती कलाको मुल्य कसरी निर्धारण गरिन्छ जापानमा भनेर ।

माटो संग खेल्ने अद्भुत कला भएका मानावुसाकाइ संग मैले ओमायोमा बिताएको छु । टोक्योमा रमेको छु । ओमियामा जमेको छु र साइतामामा संगसंगै सहयोगी भएको छु । प्रत्येक पटकको यात्रा र उठवसमा सधै नौला लाग्ने उनलाई मैले ९६ वर्षकी बृद्धलाई हाइकु सुनाएर बृद्धाले ताली पिटेको देखेको छु । अन्धा-अपाङ्गहरुको आश्रममा गएर उनीहरुलाई समेत माटोसंग खेल्ने कला पढाएको बुझाएको र वनाउन समेत लगाएको देखेको छु ।

एकताका त हामी घुमन्ते यात्रु जस्तै भईसकेका थियौं जापानमा । कहिलेको कला प्रदर्शनी कहिलेको वनजंगलको एकोहोरो घुमाई कहिलेको ड्राई पिकनिक कहिलेको पागलखानाभित्रको यात्रा कहिले अपाङ्गहरुको स्कूल कहिलेको बृद्धाश्रमको माटो खेलाई कहिलेको स्थानीय जात्राले हामी दाजूभाई जस्ता भइसकेका थियौं । कतिकुरा हामी इसाराले गर्दथ्यौ । कति कुरा हामी दुवै आधा बुझेकैमा रमाएथ्यौं र कति काम नबुझेपनि अन्दाजले गर्दथ्यौं । हामीमा भाषिक वेमेल थियो । भाषिक समस्या थियो । मेरो जापानी भाषामा पूर्ण ज्ञान नहुनु र उनको अंग्रेजीमा अल्प ज्ञानहुनु भित्र चलेको थियो हाम्रो संसार । मनको भाषा आँखाको भाषा र कलाको भाषाले काम चल्थ्यो कहिलेकाँही । यति भएर पनि हामी दुवै कलाका कविताका पारखी थियौं । कलाको भाषा वुझेपछि अरु कुनै भाषा वुझ्नै परेन एक किसिमले हामीलाई ।

मातेका वेलामा झर्झरि आगो जस्तै रातो हुने उन्ाको अनुहारलाई मैले कहिले पनि रिसाएको भेटिन । ठट्टा रमाइलो गरिरहनुपर्ने उस्ालाई दर्शनसंग पनि असाध्य लगाव रहेको मैले पाएको थिए । विवाह हुनुभन्दा अघाडि अर्कै केटीसँग प्रेम गरेका साकाइसानले सामान्य विवादमै प्रेम सम्बन्ध टुटाएको कुरा सुनाउन पनि धक् मान्दैनन् उनी । तर जब अझैसम्म उनकी प्रेमिकाले विवाह नगरी बसेको थाहा पाउँछन त्यसपछि भने धेरै मर्माहत हुन्छन उनी । यो थाहा पाएर आफ्नी पुर्व प्रेमिकासँग आफै माफी माग्न गएको कुरा सुनाउन पनि बिस्रदैन्न् उनी । आजभोलि पनि कहिलेकाँही श्रीमती नभएको मौका पारेर लुकेर फोन गर्छन रे उनी । यी सबै कुरा साकाईसानले कसैलाइ नभन्ने सर्तमा भनेका हुन मलाई । उनकी श्रीमती अलि शंकालु नै छिन उनी प्रति । पत्नी पट्टिका परिवारमा दुइजनाले आत्महत्या गरिसकेकाले कुरा नचुहियोस र पत्नीले कुनै त्यस्तो दु:खान्त समय आफुलाइ नदिउन् भन्नेमा सजग छन उनी । त्यसैले पनि मलाई बाचा गराएका हुँदा हुन मैले यस्तै सम्झेको थिए ।

साकाइसानमा रहेको कविता लेख्ने शैली पनि अचम्मकै थियो । एक दिन टोकियो सहरमा अवस्थित जापानकै दोस्रो ठूलो बुद्ध मुर्ती र मुर्ती छेउमै त्यहाँ भेटिएको जलकमल हेरेर हामी बृद्धाश्रमको कार्यक्रम स्थलतिर फर्किरहेका थियौ । हामी हिडिरहेको सानो बाटोमा साकाइसानले एउटा चिप्लेकिरा बाटो काटिरहेको देखेछन् । त्यसपछि त पुगिगयो उन्लाई । लामो जुङ्गे सुढ् निकालेर अघि बढिरहेको चिप्लेकिराको बिभिन्न कोणबाट उनले आफनो क्यामेराले फोटो खिचे र तत्कालै छेउमा अडेस लागेर डायरीमा दुइवटा हाइकु लेखे । उनको सृजनाको कालिगडी कवितामा पनि त्यती सजिलै र छिटै फुरेको देखेर मलाई्र पनि अचम्म लाग्यो । पछि उनले त्यही कविता बृद्धाश्रममा सुनाएर नब्बे नाघेका धेरै बुढाबुढीहरुलाई हसाए । मलाई समेत नेपाली भाषामा कविता सुनाउन अनुरोध गरे । मेरो कविता जापानी बृद्धबृद्धाले सुनेपनि बुझन सकेनन् तर नेपाली भन्ने बित्तिकै गोर्खा सैनिकको स्मरण गर्ने नब्बे नाघेका एक जापानीले मेरो कविता माथि सैनिकी सलोट हाने । मलाई पनि खुसी नै लाग्यो कमसेकम मेरो कविताले बिदेशी भूमिमा सलोट खाएको देखेर । पछि बुझदा मेरो कवितालाई सलोट हान्ने सिपाही दोस्रो विश्वयद्धमा गोर्खाली सिपाहीहरुसगँसगै लडेका र उनीहरुको बहादुरी बुझेका अवकास प्राप्त जापानी सैनिक रहेछन । बुझदै नबुझेको मेरो कविता माथि मायाले शलामी सलोट हान्ने ती पूर्व सैनिकलाई मैले पनि छेउमै गएर उनको हात सुम्सुम्याएँ । रुद्राक्षको माला र नेपाली टोपी लगाइदिए र आफु पनि सन्तुष्ठ भएको अनुभूत गरे ।

बेलुका हामी दुबै साइतामा पुगेपछि सुत्नेबेलामा मैले मनमनै गमे साकाइले खेल्ने गरेको माटो जबसम्म धर्तीमा हुन्छ त्यो देशको माटो राष्ट्रको माटो र जापानको माटो रहन्छ । त्यो माटो राष्ट्रियतासँग गासिन्छ । त्यो सार्वभौम माटाको लागि संसारमा ठूलाठूला युद्धहरु भएका छन् । लाखौं मान्छेले ज्यान गुमाएका छन् । तर धर्तीबाट झिकेर परिस्कार सहित पगालेपछि त्यो कुनै माटो रहदैन । माटो कला या बस्तुमा परिणत हुन्छ । जव माटो बस्तु हुन्छ त्यो बेच्न मिल्छ र सौदामा परिणत हुन्छ । सौदा गर्न मिल्ने भएपछि त्यो राष्ट्रिय र अन्तराष्ट्रिय दुवैको हुन्छ । त्यो व्यक्ति बिषेशको कला हुन्छ । त्यो आकार र उचाइको आधारमा बिक्री हुन्छ ।

माटो पनि गजवकै रहेछ । यस्को परिकार पनि पत्याइ नसक्नु पाराको रहेर फैलिदो रहेछ । एउटै माटाले खुसार्नी उमारे झै सुन्तला फलाए झै निमपत्ता निकाले झै बस्तुमा पर्गेलिएर मूर्ती र आकर्षक भाडाकुँडाहरु पनि उत्पादन गरिरहेको थियो । धन्य छ माटोको शक्ति । धन्य छ माटोको महिमा ।

साकाइसानले सेरामिकबाट हाइकुबाट र मूर्तीबाट बाँच्ने कला सिकेका छन् जापानमा । प्रत्येक नयाँ भाँडाको सिर्जनामा उनी बाँच्ने कलाको दर्शन उमार्दछन् । जीवन भनेको साकाइको माटो जस्तै संझेको छु मैले पनि । जस्तो अनुहारमा यस्लाई बनायो त्यही आकारमा यो पनि बाँधिन्छ । यस्लाई परिस्कार गर्न माझ्न र टल्काउन प्रयोगसालामा पाकिएझै पाक्न अध्यायन अनुसासन र निष्ठा हुनै पर्ने हुन्छ । परिस्कार बिनाको अनुसासन बिनाको र निष्ठा छोडिएको जीवनको कुनै महत्व हुँदैन । यस्तो जीवन कहिलेकाही झुक्किएर फुट्ने गरेका साकाइसानका एकाध् मूर्ती वा भाँडाहरु जस्तो हुन्छ ।

मलाई लागिरहेछ मानव जीवनको प्रारम्भिक पुस्तक काँचो माटा हो । प्रयोगसाला एउटा माटाको स्कुल हो र गुरु स्वयं साकाइ जस्ता मान्छे हुन् । उन्को माटोलाई मेरो पनि नमस्कार छ । साकाइसानको माटोलाई मेरो पनि अभिवादन छ ।
0                   0                          0
धेरै दिन पछि मैले आज साकाइसानले वनाएर उन्लॆ उपहार दिएकॊ सोरामिस्स एष्ट्रेलाई हेरेँ । जापानमा नेपाली सातहजार मूल्यमा बेच्ने गरेको यो एष्ट्रे र मेरा लागि प्रयोगहीन थियो तर मैले त्यो सुन्दर एष्ट्रेमा साकाइसानको अनुहार हाँसिरहेको देखेँ । यतिबेला उसलाई पनि पक्कै वाडुली लागेको हुनुपर्छ ।

कृष्ण प्रसाई
अनमनगर, काठमाण्डौ

0 लेखक लाई प्रतिकृया यहाँ:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin