katha

प्रेस विज्ञप्ति

भारत-एशियाई साहित्य अकादमी

ई १०७० सरस्वती विहार
दिल्ली ११००३४
दूरभाषा : ००९१ ११ २७०१०३६८


प्रेस विज्ञप्ति
जय छाङ्छालाई साहित्य सृजन सम्मान


नयाँ दिल्ली । भारत एशियाई साहित्य एकेडेमी पंजीकृत न्यास ले नभेम्वर २३ २००८ का दिन सरस्वती विहार नयाँ दिल्लीमा एक भव्य समारोहको आयोजना गरी नेपाली साहित्यकार श्री जय छाङ्छालाई उक्त एकेडेमीको तर्फबाट साहित्य सृजना सम्मान २००८ नेपाली कविताको सेवा गरे वापत कार्यक्रमका विशिष्ट अतिथि एवम् प्रख्यात लेखक श्री अजित कुमारले ट्रफी साल तथा प्रमाण पत्र अर्पण गर्नु भयो ।
उक्त समारोहमा एकेडेमीका मुख्य प्रवन्ध निर्देशक तथा सम्पादक श्री अशोक खन्नाले सम्मानित व्यक्तित्व नेपाली दूतावास नयाँ दिल्लीमा कार्यरत द्वितीय सचिव श्री छाङ्छाका लेखन तथा श्रृजनाका बारेमा वताउनु हुँदै उहाँका प्रकाशित कृतिहरुमा नियात्रा विधाका कंगारुको देशदेखि आइफेल टावरसम्म चाँप फुल्ने पहाड मुन्तिरू बादल रुँदाको झरेछ तथा भर्खरै प्रकाशित विव्लेटो आकाशको धरातलतिरू एवम् कविता विधामा अन् द वैँक अफ पोटोम्याकू तथा छाङ्छाका प्रेम कविताहरु का सम्वन्धमा संक्षिप्त चर्चा समेत गर्नु भयो ।
सोही कार्यक्रममा अर्ध वार्षिक रुपमा प्रकाशित गर्ने आफ्नो साहित्यिक पत्रिका इण्डो एशियाई लिटेचरू को नेपाल विशेष अङ्कका नेपालका स्थापित कविहरु एस्.पी. कोइराला, दिनेश अधिकारी, डा. शिव गौतम, शैलेन्द्र साकार, भीष्म उप्रेती, विक्रम सुव्वा, श्याम रिमाल, जय छाङ्छा, गोवर्दन पूजा, व्याकुल पाठक, टंक उप्रेती, प्रकाश सिलवाल, यशोदा अधिकारी लगायत करीव तीस कविहरुका कविताहरु अंग्रेजीमा अनुवाद रहेको पत्रिका बजारमा छिट्टै आउन लागेको जानकारी गराउँदै उक्त पत्रिकाको ज्याकेट पानाको विमोचन समेत विशिष्ट अतिथिले गर्नु भएको थियो ।

सोही समारोहको अन्त्यमा अन्त्यमा विशेष कविगोष्ठी समेत आयोजना भएको थियो । उक्त कवि गोष्ठीमा विशिष्ट अतिथि सम्मानीत व्यक्तित्व भारतीय साहित्य अकादेमीका उप सचिव श्री व्रजेन्द्र त्रिपाठी सम्पादिका सुश्री सन्तोष खन्ना प्रोफेसर डा. एन्.पी. सिंह भारतीय सुपि्रम कोर्टका एड्भोकेट सी.एस्. आश्री डा. के.बी. राय डा. धन प्रकाश गुप्ता डा. वि.वि. रामाराव श्री अशोक खन्ना लगायत अन्य विशिष्ट कवि एवम् कवयित्रीहरुले आ-आपुना रचना पाठ गर्नु भएको थियो ।


अशोक खन्ना
प्रवन्ध निदेशक तथा सम्पादक
इण्डो एशियन लिटेरचर नयाँ दिल्ली ।
(हिन्दीबाट नेपालीमा रुपान्तर जय छाङ्छा)

0 लेखक लाई प्रतिकृया यहाँ:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin