katha

समय सन्दर्भ

"सयपत्री मासेर सिउँडी रोप्नु हुन्न"
" न्याय नपाए गोर्खा जानू, चैन नपाए अयोध्या जानू, खेती नपाए झापा जानू, केटी नपाए ईलाम जानू, बन्दुक नपाए रोल्पा जानू...।" यी भनाइहरुले कत्तिको सार्थक्ता बोकेका छन् त्यो त थाहा छैन। तर अब एउटा उदाहरण पक्का सत्य बन्दै छ - " नेपालमा नेपाली संस्कृति हराए दार्जेलिङ जानू खोज्न... ।" धन्य दार्जेलिङगे सपुतहरु हो , नेपालमा रहेका रैथाने नेपालीहरुले निकम्मा ठानेर त्यागेको नेपाली भेश-भूशा तिमीहरुले थाम्दै छौ। दशै, तिहार, र नेपाली चाड पर्व भरी दौरा-सुरुवाल र फरिया-चोली अनिवार्य लगाउने अभियान थालेर नेपाल आमा प्रती असाध्यै ठुलो गुन लगायौ । सलाम, तिमीहरुको महान कर्मलाई ।

प्रसंग नेपाली संस्कृति, परम्परा, र भेश-भूशाको हो । हामी हाम्रा मान्यता र अमूल्य निधी प्रती कत्तिको जिम्मेवार र बफादार बन्दै छौं भन्ने साझा सवालको हो। भर्खरै हामीले दशै धान्यौं जसो-तसो। दसैंले हामीलाई एक बर्षको बाटोमा छोडिदिएर बिदा भाईसकेको छ हामीबाट । अब हाम्रो दोश्रो ठुलो सान्स्कृतिक पर्व तिहारले आँगन टेक्दैछ। २०६४ सालको दसैंको छेक पारेर कान्तिपुर टेलिभिजनको 'कल कान्तिपुर' नामक कार्यक्रम मा पूर्व नेपाल सुन्दरी माल्भिका सुब्बाले प्याच्च ओकलिन् -"दसैंमा टिका थाप्न जाँदा गुन्यु-चोलोमा स्कूटर चढ्न अफ्ठ्यारो हुने भएकोले पाइन्ट नै उपयुक्त हुन्छ ।" कृत्रिम सिङगार र मुलायम छालाको मापदण्डमा महान बनेकी बिचरीलाई आफ्नो संस्कृति र भेश-भूशाको महत्व थाहा नहुनु अनि उनले प्रयोग गर्ने एउटा पाइन्टको मूल्यले सिङगै एउटा दशै टर्ने परिवार पनि हाम्रो देशमा छन् भन्ने कुराको बोध नहुनु स्वभाविक बन्न सक्छ। त्यसो त अहिले राष्ट्रको कार्यकारीणिको बिल्ला भिर्ने हरु पनि टाई-सूटमा धडिएर विश्व बिचरणमा भका भक निस्कदै छन् । दसैंमा आफ्न बाबुको हातको टिका-आशिर्वाद नथाप्नुले उनी कत्तिको मर्यादा पालक र संस्कृतिप्रेमी रहेछन भन्ने कुरालाई संकेत गर्छ। उनले यसमा आफुलाई जत्ती परिवर्तनकारी ठानेर फुलाए पनि ति ब्रिद्द पिताश्रीको मन कती अमिलियो अड्कलको बिषय बन्न सक्छ।

हामी हाम्रा सोचाइका खुम्चाइ र फुकाइ लाई कसरी आँक्दै छौं ? जहाँ घर बालेर खरानी तापिन्छ। क्रान्ति भनेको कोरा परिवर्तन मात्रा होइन, विश्व मानचित्रमा आफुलाई चिनाउने परापूर्व कालदेखी चलीआएको अमूल्य सांस्कृतिक धरोहर हरुको संरक्षण पनि हो। भारतका प्रधानमन्त्री अमेरिका जाँदा आफ्नै राष्ट्रिय पोशाकमा सजिन्छन यता हाम्राले भने उतैतिरको सूट पहिरिन्छन। बाहिरी आवरण फेर्नुलाई मात्रा नयाँ नेपालको परिकल्पना र परिवर्तनको नमूना ठान्ने हो भने मेची देखी महाकाली सम्म रङ रोगन गरेर सप्त रङगी टल्काए भाईहाल्यो नि, किन ठुल-ठुला योजना बुनेर टाउको दुखाइरहनु ? होइन भने देशका कती प्रतिशत जनताले दुई छाक खान पाएका छन, एक आङग लाउन पाएका छन् र देशका कती बिकट भू-भागले मोटर बाटो देखेका छन् सोच्नु आवश्यक छैन र ?

आफु वर्माको भ्रमणमा रहेका बेला गैर आवासिय नेपाली संघ मस्कोकी महिला विभाग प्रमुख तथा महिला साहित्यकार रन्जना उदासलाई छोएर त्यहाका मनिस हरुले पवित्र भूमी नेपाल र त्यहाका आरध्य देव श्री पशुपती नाथ लाई छोएको र नेपाल पुगेको महशुस गरी आफुलाई धन्य ठानेछन। बिदेशमा पनि उनले साडी चोलो नछोड्नुले अब स्वदेशमा भन्दा देश बाहिर बस्ने नेपालीले मात्र राष्ट्रिय संस्कृतिको माया गर्दा रहेछन भन्ने कुरालाई पुश्टी गर्छ। नत्र किन राष्ट्रिय पोशाकको सट्टा टाई-सूट र पेस्तोल का साथ सभा हलभित्र पस्छन हाम्रा जनप्रतिनिधीहरु ? एउटा साझा सवाल जटिल बन्दैछ अहिले।

आफ्न बिशौं वशन्त नेपालको शिक्षा क्षेत्रमा खर्च गरेकी स्पेनी नागरिक 'विकी शोभराना' ले संसारको सबै भन्दा राम्रो पहिरन नेपाली हो तर यसैलाई नेपालीले भने छोड्दै जानु दु:खको कुरा हो भनेर कान्तिपुर टेलिभिजनको 'भोलिको नेपाल' कार्यक्रमको प्रमुख आतिथ्य जनाइन् एक बर्ष अघि। नेपाली पोशाकमा सजिएकी उनी फुल जस्तै धपक्क देखिन्थिन्। तर पनि हामीलाई एक रत्ती चासो छैन त्यतातिर। यसले हामीलाई गती छाड्नुको पराकाष्ठातिर धकेल्दैन र ? राष्ट्रको चौथो अङगको रुपमा पुकारीएको हाम्रो संचार जगत र यसका सारथीहरुको ताल देख्दा फेरी हाँस उठ्छ। शुद्द नेपाली उच्चारण गर्न नजान्नेहारु कथित आर.जे.र भि.जे. को पण्डित्याईं छाँट्छन्। टेलिभिजनमा समाचार हेर्दा लाग्छ- हामी नेपाली समाचार होइन, कुनै बिदेशी फेशन च्यानल हेर्दै छौं। क्रान्ति र परिवर्तनको यस्तो कुन प्रतिफल हो यो, जसले हामी आँफैलाई लज्जास्पद भोगाई बनाइ रहेछ। उमेर छउन्जेल हड्डी टोक्न बिर्सेंकी कोमल वली बुढेसकालमा दाँत उद्ध्याउँदै आफ्नो पहेंलिएको बैंशको बिज्ञापन देश-बिदेशमा गर्न ब्यस्त छिन्। ब्वाइज कट बाट हब्सी स्टाईल मा अपभ्रंश उनको केशले दुई चुल्ठिको भाका कहिल्यै बुझेन। न त उनी स्वयमले कुनै पनि हब्सी ले आफ्नो घुम्रिएको कपाल सोझ्याएर नेपालीको जस्तो सिधा बनाउँदैन भन्ने बस्तुनिश्ठ सत्यलाई आफ्नो किलकिलेमा अँटाइन । फेरी नेपाली लोक जीवनले पचाउनै नसक्ने छाडा खालका कोठे शब्दजालका लोक गीत गाएर आफुलाई संस्कृतिप्रेमी र लोक गीतको हर्ताकर्ता भनाउन रत्ती सरम रहेनछ उनलाई। हिन्दी फिल्मका परम भक्त दुई हट गर्ल रेखा र रिचाले मजाले साथ दिएका रहेछन उनलाई यतिबेला ।

समयले यो घडी फेरी एक बर्ष पछि अर्को तिहार ल्याएर फालिदिएको छ हाम्रो माझेरिमा । अनेकतामा एकताको प्रतिक, राष्ट्रिय संस्कृतिको अग्लो धरोहर, आपसी सद् भाव र भाईचाराको सेतु, नेपाली मात्रको महान सांस्कृतिक पर्व । सयपत्री, मक्खमली, गोदाबरी र बाबरी ले आँगनको डिल झकिझकाउ बन्दैछ। राम-रौस गर्ने मौसम हो यो बर्षभरिको दु:ख पीडा भुलेर। चेली र माइती बिचको भावनात्मक सम्बन्धलाई अझ बढी बलियो बनाइदिन्छ तिहारले । आफ्नो माइती प्रति बक्र दृष्‍टिले हेर्ने दुश्मनको खप्पर ओख्खरको दाना सँगै फोरिदिन्छिन चेलीले। अभावले थाङ्थिलो गृहस्थिका कारण बिदेश बस्न विवश माइतिहरु र आफ्नो माइतिको अभावमा सयपत्रीको माला ओइलाउन वाध्य चेलीहरु, जे भए पनि संस्कृति हाम्रो हो, जसो-तसो धान्नु पर्दछ। सप्तरङ्गी टिका र फूलसँगै आफ्नो माइतिको दिर्घायु र प्रगतिको कामना गरे पुग्छ भन्छन्। असारमा रोपेको धानको गाभोले मंसिरमा सूनको रौनकता दिए जस्तै दु:खमा प्रवासिएको माइती एक दिन छातीभरी खुशी बोकेर आउने कुरामा ढुक्क हुनु पर्दछ। समाय परिवर्तन भयो,संसार फेरिंदैछ भन्ने बहानामा कहिल्यै पनि आफ्नोपन त्याग्नु हुँदैन। तिहारमा देउसी-भैलो खेल्नै पर्छ, सयपत्री फुलाउनै पर्छ र आफ्नो औकातले भ्याए सम्म सेल रोटी खानै पर्छ । किनकी संसारमा हामी चिनिने भनेकै यिनै हाम्रा मूल्य सांस्कृतिक परम्परा र निधिहरु हुन् । जसले जे भने पनि, जत्ती नै मिठो गाए पनि कागले कोइलीको स्थान ओगट्न कहिल्यै सक्दैन, न त गधा लाई धोएर गाई नै बन्छ। भनाइको सार तत्व- आफ्नो छोडेर अर्काको नक्क्ल गर्नु हुँदैन भन्ने हो। तिहार हाम्रो हो, बर्षमा एक पटक यो सधैं आउँछ। त्यसैले कहिल्यै पनि हामीले सयपत्री मासेर सिउँडी रोप्नु हुन्न ...! अस्तु ....

-गणेश खड्का " प्रतिक्षा "
तिवारी भञ्ज्याङग -४ भोजपुर
हाल : भिक्टोरिया ( सिसेल्स )

8 comments:

  1. बहुमुखी प्रितीभाको धनी गणेश जी ,मुरी मुरी धन्यवाद बिदेश बसेर आफ्नो अती ब्यस्त समयबाट पनि समय फुत्काएर छातीभरी आफ्नो देश र
    संस्कृतिलाई आलै राखी हाम्रो समक्ष्य एस्तो राम्रो लेख पस्किनु भएकोमा । तपाईं जस्तो प्रतिभा देश बाहिर हुनु भएको घाऊ ले पिडा दिएको भयता पनि तपाईंको रचना हरुले नेपाल आमाको घांउमा मलहम राख्ने काम गरेको छ। मलाई विश्वाश छ तपाईं माथि सधैं नै नेपाल आमाले गर्व गर्ने छिन् ।चिन्ता नगरनुस असल मान्छेको कामना दुर्गा माताले अवस्य पुरा गर्नु हुनेछ र एक दिन नेपालीको आगंन भरी मात्र होइन मन भरी पनि सयेपत्री फूल्ने छिन् ।दार्जिलिङ का नेपालीहरुको देश र संस्कृति पर्तिको प्रेम,एकता त सदैव अनुकरणीये छ।त्यो एकता त्यो संस्कृति पर्तिको समर्पणले नेपालका सम्पूर्ण नेपाली हरुको आत्मालाई पनि जगाउन सकोस येहि छ दिपावलीमा झल्मल्लिने हजारौं हजारौ दियो भरिको मेरो शुभ कामना सम्पूर्ण नेपाली दाजु भाईलाई।

    ReplyDelete
  2. गणेश जी सारै राम्रो प्रसङ उठाउनु भयो,हुन त यो कुनै नौलो कुरा होईना हामि नेपालिहरुको लागी राम्रो कुराको नक्कल कहिल्यै गर्दैना अनि यो हरेक फेशनहरुको मत्रै नक्कल गर्छ।यो हाम्रो लागी दुर्भाग्यको कुरा हो।अनि दार्जिलिङे दिदि बहिनिहरुलाई हृदयदेखि नै मुरी-मुरी धन्यबाद।।तपाईहरुको पहिरनले हाम्रो नेपालि दिदिबहिनिहरुले पनि केहि पठ सिक्छ की?

    ReplyDelete
  3. hoina tapaiko hridaya kati thulo ho? sahitya sirjana ta variyeko variyekai chha ni ganes g. nirantartaako kamana la.


    monica
    uk

    ReplyDelete
  4. Chaye hami desh ma basau ya pradesh ma jata base pani yo mann ta nepali naai ho.Hami aafno bhaasa ani saskriti laai aafno herdaya dekhi naai maya gharnu parchha.Hajur ko lekh ma yahi kura ko aabhas,maya chha.Darjeling ka sabai saskriti ra aafno bhesh bhusa laai maya gharnu hune nepali haro ma salam chha hami sabai desh ma basnu hune ra pradesh ma basnu hune nepali ko taraf bata.yo lekh bata sabai laai aafno bhasa ani saskriti ani lop huna lageko bhesh bhusa laai jagerna gharnu parne pran kaasnu parchha bhanne malai lagchha.Bhabisema pani yasta lekh ko aapekshya hami sabai le gharchhau . sanju grg Deradun

    ReplyDelete
  5. मेरा सिर्जनाहरु पढेर प्रतिकृया ब्यक्त गर्नु हुने सम्पूर्ण मेरा शुभचिन्तक हरु सबै धन्यवाद का पात्र हुनुहुन्छ। सर्व प्रथम हामी नेपालीहरुको महान साँस्कृतिक पर्व " शुभ दीपावली" को पावन घडीमा तपाईंहरु सबै र सबै नेपाली हरुमा सुख, शान्ती, सम्ब्रिद्धी र उत्तरोत्तर प्रगतिको लागि माता लक्ष्मी सँग प्रार्थना गर्दछु। सिर्जनाको फाँट मा अक्षर को खेती फस्टाउदै छ कि जस्तो लागेको छ मलाई यतिबेला । नत्र तपाईंहरुको यत्ती बिघ्न माया कसरी पाउन सक्नु मैले...??? तपाईंहरुको मायाले नै त मेरो कलम र मलाई अगाडि बढ्न मार्ग प्रसस्त गर्ने छ । अनी मोनिका जी, निरन्तर तपाईंको प्रतिकृयाले तपाईं मेरा सिर्जना हरुको नियमित पाठक हुनुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्छ। यदी सम्भव छ भने तपाईंको संपर्क पाउन पाए हुने थियो ।
    -Ganesh khadka " pratiksha "

    ReplyDelete
  6. I did not see Daura, Suruwal and Topi on your photo either. Please do not be hypocrite. Yes, Darjilinge Nepalis are doing good. I salute them. But, culture and attire should be accepted by people's heart not state imposition. Please you put on Nepali attire and suggest others to do so.

    ReplyDelete
  7. Hoina naam binaako saathi, kasto comments ho yo?katai tapai pani nepali thet sanskritiko birodhi ho ki kya ho?aafu ta nepal ra nepali sanskritilaai maya garne pakka gaaule pariyo.aafno parampara bhulera arkako naajayaj nakkal garne pakhandi haruko dimaagi birko kholna ramro sallaha dieko chha yo lekh le.desh chalaune manchhe nai patha bhrasta bhae bhane bholi tyo deshka janata naangai sadakmaa hidna paaunu parne maag raakhe bhane pani swikarnu ta? peoples heart pani ta sahi hunu pary.jathaa-bhaavi rahar a nakkal garna ta bhaena ni. malai ta yo lekh le kamtima kehi manchheko ghaitoma ghaam lagayo ki bhanne lageko chha.ajha sambandhit byakti harule hernu parchha yaslai. Dherai-dherai Dhanyabaad lekhak jyu, ajhai yastai yastai gyaan bardhak khuraak haru haamro laagi paski rahanu hola. tapai jasto sirjanshil byaktilaai hami sabai desh bhakta ra sanskriti premi haruko saath rahirahane chha.dhilai bhaye pani dashain tathaa tihaar ko shuvakamana.

    ReplyDelete
  8. ganesh g its really nce to c ur creation here.
    keep it up.ani giti katha haru n natak ....?
    mousam rai
    uk,london

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin