katha

बिविध (समय सन्दर्भ)

 (मैले खोजेको देश)

हाम्रो देश नेपाल स्बातन्त्र छ,सदावहार र स्बातन्त्रै रहने छ । हाम्रो देश वीर गोरखली बहादुरको प्रतिमाले बिस्व बिख्यात छ । तर स्बातन्त्र को देशमा किन भ्रस्टाचारी नेता र आतंककारी देश द्रोही, हिंसा र अत्याचारी मान्छेहरु मौलाई रहेका छन ?स्बातन्त्र को हकमा देश स्बातन्त्र भए पनि मान्छेहरु किन स्बातन्त्र छैनन्, जुनै राजनीतिज्ञ हरुलाइ हेरे पनि उनिहरुलाइ कुर्चिकै दौढ धुपमा ब्यस्त रहेको देखिन्छ । यही कुर्चिको ललाचीमा नेताहरुले गरीब निरही र सर्वहाराहरुलाई एक आपसमा द्वन्दको सिर्जना गराएका छन्, र एउटा औजारको रुपमा प्रयोग गरिरहेका छन । हाम्रा देशका दाजु भाइ, दिदी बाहिनिहरु , किन भ्रस्टाचारी नेता र राजनीतिजहरुको पछी लागेर उनिहरुलाइ उच्चाइमा पुर्याउछौं ?


मलाई भन्नुछ कि त्यही नेताहरु उनिहरुलाइ नै लुत्छन्, उस्लाइ पजेरोमा बस्ने बनायो , नेताहरु तिनिहरुलाई नै मर्छन्, जो उनिहरुले नै सदनमा पुरायो । तर ए नेताहरु, लुत्नु छ भने तिनिहरुलाई लुता, जस्ले हाम्रो देशको स्वप्निल भविस्य बिगारेको छ । तिमीहरुले तिनलाई मार, जस्ले देशका अस्तित्वाको हत्या गरेकोछ । अब तिनिहरुलाई कारवही गरा, जस्ले हाम्रो माटोको अबहेलना गरेर राष्ट्रियता बेचेको छ ।

अब म भन्छु, ए क्रान्तिकारीहरु, तिम्रो पालो आएको छ , तिम्रो हात बाट भ्रस्टाचारीहरु, अवसारबादीहरु कोही नबाचोस, ए वीरंगनाहरु, देशका थाति सपुत सपुतनाहरु, अब तिमीहरुको युग आएको छ, राजतन्त्र, ताना शहि, उल्ट बिकृति, प्रति प्रबृतिहरुको पहाड्लाइ चेस्काएर समाथार पार । आज गरिमाको हैसियतले हेर्नेहो भने स्वच्छा क्रान्तिकारीहरु उपर कार्ल माक्स घासेर ति कृतिम मान्छेहरुले क्रान्तिकारी हुन भन्दै अपमानित तुलाएकोछ र दलित पीडित सर्वहाराहरुलाई लुटपीट गरिएको छ । १२ बर्षा देश को मुहार फेर्छु भन्ने क्रान्तिकारी नेता हुन भन्नेहरु आज कुर्सी पाए पछि आफ्नो स्वार्थ सोझ्याउन बोलेका वक पटुहरु, प्रतिबद्दतहरु, बिर्सेर आफ्नै पलङ र महल सजाउछन । अहिले यही जानेर पनि हामी उनिहरुकै मादल र बासुरीको धुनमा हामी नचिरहेका छौं । तिनिहरुलाई जब हाम्रो आवस्यक हुन्छ तब हाम्रा हाडका पुल बनाएर समस्या र संकट बाट पार तर्छन ।

राजा हताउदैमा संघिय गणतन्त्र आउँदैन, आज राजा जरुर हाटेको छ तर पनि संघिय गणतन्त्रको अनुहार स्पष्ट देखापरेको छैन । यदि संघिय गणतन्त्र आएको हो भने किन देशमा अझ शान्ति र सुरक्षा छैन ? किन मान्छेहरु सडक भात्काइ रहेका छन ? किन मान्छेहरु टायर बाली रहेका छन ? किन आज्ञात समुह द्बारा दिनै निर्दोष जनता मरी रहेका छन? किन मान्छेहरु महंगी बाट पीडित छन ? किन एक रात दुक्काले निदाउन आँखामा अरामको निन्द्रा पाउदैनन मान्छेहरु ?लुट मार हिंशा झन किन फास्टाइ रहेको छ? देशमा राजा मात्र अपराधी हैनन्, मन्त्री भनौदा अवसारबादिहरुको संशोधन अर्थत यिनिहरुलाई समुल परिवर्तन गरिन्नु पर्दछ भन्ने हामी नेपाली जनताले देखेको कुरा हो । र राजनीतिज्ञ मनचित्र परिवर्तन गरेर नयाँ बिकासमुलक प्राणाली अपनाउनु पर्दछ, तब मात्र जनताको आँखाले खोजेको देश प्राप्त हुने छ।
तथस्तु

दिले पुन
खगेन्द्रपुर- ५ कपिलवस्तु

0 लेखक लाई प्रतिकृया यहाँ:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin