katha

कथा

साईवर क्याफे र बेइमनी केटी (कथा )


एउटा सुखद आईतवार्, साईबर क्याफे भित्रको मोज मस्तिमा साथीहरु सँग मग्न थिए , म पनि साथी दिले पुन र राम लिम्बु घरि घरि मरिन्जेल खित्का छडेर हाँस्दै थिए। मेरो छेउमा एक भियतनाम की केटी थिई। त्यो आफु भन्दा हाम्रो मनोरन्जन प्रति अकर्षित थिई । घरि घरि त्यसको बक्रा दृस्टिले मेरो कम्प्युटर तिर चोरी चियो गर्दै थिई । हामी एउटा हाँसो एउटा ठट्टा सँगै समय बिताउने सुरमा थियौ । अझ अनलाईनमा हुनेहरु त कहिले यथार्थ बोल्दैनन । केटाहरु केटीको ID मा अरुलाइ उल्लु बनाउन उस्ताद हुन्छन ।कति पटक आफु पनि उल्लु भैसकेको मान्छे तर अरुलाइ जोकर बनाउने कला म सित छैन । Enjoy को लागि Chatting नै गरी रहेको थिए। त्यस्ताक कहाँ बाट सरोजा नामको ID मा Invite गर्न पुगे, पत्तै भएन , र कति खेर सरोजा मेरो Invite लाई Accept गरेर मेरो Line मा आई HI भन्दै । हुन सक्छ उ पनि एउटा हेण्डसम केटाको खोजिमा हुनपर्छ । आधुकिन केटीहरु लाई चरित्र जंगली किन नहोस् तर सुन्दरता भए पुग्छ । यही आधारमा सरोजा केही बेर म सँग सहभागी भई । उस्ले परिचयको अधारमा आफ्नो घर गोरखपुर ईन्डिया बताई र आफ्नो नाम सरोजा । च्याटमा थुप्रै कुराहरु भए, बिहे भए नभएको , उस्ले आफु अविवाहित प्रस्तुत गरी । मैले उस्लाइ असल मित्रता मागे । उस्ले खुशी खुशी भएर दिई , मैले इच्छाको बारदान पाए । जब फोन Number मागे पछि केही बेर अक्मकाइ । फेरी सम्झाए , एउटा मित्रताको हैसियतमा मात्र मागेको हु, अन्यथा क्षमाप्रार्थी छु । त्यस्पछि बिदा माग्न पहिल्य उस्ले भनि के मलाई Call गर्नु हुन्छ ?
मैले भने, यदि बाधा  हुन्न भने ...........
 त्यसपछि उस्ले आफ्नो Number दिई । त्यस् रात पहिलो पटक सरोजालाई मैले Call गरे । निस्चय त्यो बेलाको बार्ता जीवनको पहिलो पटक भयो । उस्को थेगो "अच्छा" गजब लाग्यो । अनि कुराहरुको मेसो नपाउन्दा "अरु भन्नुस" अति उत्तम लाग्यो ।सम्बन्ध यसै बाट प्रगाध भयो । यसरी सरोजा मेरो जीवनको नयाँ बशन्त भएर पाहुलीई । त्यस्ले आफुलाइ गुरुङ्सेनी बताई । अब हरेक रात १२ बजे देखि १, २ बजे सम्मा हामी बिच भलाकुसारी नभए सम्म आँखाले हामी बाट निन्द्रा नपाउने भयो । मैले मेरो धेरै दु:खका कुराहरु गरे । उस्ले सान्तवना दिएर भनि, म छु नि म हजुरलाइ चाहिएको साथ दिन सक्छु । अनि त्यही अच्छा, त्यस्माथि अनेकौ हिन्दी मिश्रीत नेपाली शब्द हरु ............। यो क्रमश टुंगिन्ने पराकष्ठमा रहेन । अब रुपन्तरण भयो हाम्रो सम्बन्ध प्रेममा । मैले जब Love Process गर्न बितिकै उस्ले भनि " अच्छा हजुर मलाई प्रेम पनि गर्नुहुन्छ ?" के हामी एउटा असल मित्र मात्र बन्न सक्दैनौ ? मैले भने, तर मैले त तिमीलाई मनपराई सकेनी । उस्ले फेरी भनि, यो त सोच्न पर्छ,फेरी त्यस्पछि हामी क्रमश प्रेम बर्तामा अनगिन्ती रातहरुलाई बाली चाढयौ । म उस्को प्रेममा पगल भै सकेछु । तर घुम्तिमा कहिले कही दिक्दार बनाउथि सरोजाले मलाई । म भवुक मान्छे, गफ गर्दा लाग्थ्यो हामी एकान्त सडकको यात्रामा छौं । सरोजाले मेरो हात समाएकी छे , मन्द गतिमा चलिरहेको पाईलाहरुको गन्तब्य त्यहाँ देखि निकै टाढा छ । उस्ले कहिले बिवाहित हु भन्न शुरुगरी, छोरी पनि छे भनेर भनि, मलाई थाहा छ यो सर्वस्व झुट हो । मलाई तड्पाउने वहियात कुराहरु उ प्रतिको माया जोख्ने फर्मुला हो, जब म गम्भिर बन्थे उ तुरुन्त भन्थी, रोएको हो कि कसो ? झूट बोलेकी हु झूट । म अविवाहित हु । अनि फेरी के भन्थी, मेरी छोरी छे, म डिभोर्स गरेकी आईमाई हु, रुचाउनु हुन्छ त ? छोरीको साथ मलाई पनि लैजानु होस् । मैले भने, मलाई तिमी प्रति प्रेम मात्र हैन दाँया पनि छ, आउ छोरी सँगै म सँग मलाई मन्जुर छ । त्यस् पछि प्रेम डोरीले फ्यान फ्यानएर कसेर गाठो पार्थी मलाई उस्मा । अब कुनै हालतमा उ बाट फुस्कन सक्ने सम्भावना छैन । त्यो सुन्दर छे, Web Camera मा स्पष्ट देखिसकेको छु । उ मार्फत मैले उसका साथी कृष्टी , रुजा , र रोजिनाहरु सँग पनि बोल्न पाए । मलाई रोजिना प्रति अत्यन्त गर्व छ, उ मेरी बहिनी भई, र आजीवन मेरी बहिनी नै रहने छ ।अनि एक दिन अचानक सरोजाले भनि म नेपाल गैरहेकी छु केही दिन Call नगर्नुस् है । त्यो मैले माने, तर जब २ दिन बिते पाश्चात पनि मैले उ बाट Miss Call सम्म पाइन ।तर मैले Call गर्दा उसैले भनि, म सरोजाको साथी, तब मैले फोन राख्न अवागै उस्ले भनि, चिन्नु भएन र ? तर मलाई दु:ख लाग्यो । दुई वटा रात हरु जो पानीका नरम थोपाहरु झैं फुटेर गए ।
उस्ले भनि मलाई अरु पन्ध्रा दिन Call नगर्नुस् । म बिक्षिप्त भए , त्यो किन म बाट टाढा हुने चेष्टामा छे । तर मैले केही दिन पाश्चात फोन गर्दा थाहा भयो, सरोजाको ईङ्गेजमेन्ट भएछ एउटा लाहुरे सँग । उनिहरु नविन जीवनको मोजमा हातेमालो गर्दै मृत्यु पर्यन्तको यात्रा एकसाथ शुरु गर्न लागिरहेको छन । मैले प्रेमको सट्टा गाली पाए , म बिदिर्न भए, उस्ले भनेकी थीइ, जब म Miss Call गर्छु , तब फोन गर्नु होला । मेसेज गर्नु भयो भने तपाईंको सरोजाले यातन पाउन्छे यातना ।
हो उस्ले आफ्नो माजाक मा लुट्पुट पारी मलाई, उनिहरुको परिवारले म माथि अनादर र दुर्बचन गरे । यि सब स्वीकार छ , तर सरोजा स्पष्ट हुनुपर्थ्यो छर्लंगा हुनुपर्थ्यो म मा । मैले बिश्वास गर्ने आधार पाइन,शायद त्यो मेरो त्रुटी होला, त्यस् पछि म मा नारी प्रति श्रद्दाको मृत्यु भयो, र आस्थाहरुलाइ चित्तामा जलाएर फर्के सुसुप्त जीवन तिर
झन्दै महिना दिन पाश्चात , मैले एक पटक फेरी उसलाई Online मा भेटे । मैलेनै Invite गरे, हुन सक्छ उ आफ्नो भावी मान्छे सँग रसिलो भलाकुसारीमा ब्यस्त हुनुपर्छ । बल्ल मेरो Invite Accept गरेर म कहाँ आइ । बार्ता हरु दु:खका थिए , मेरो भने उसको शब्द म प्रतिको असिम घृणाको , कतु अबहेलनाको............, मैले भने, सरोजा यो आखिरी पटक "अच्छ " भनिदिन सक्छ्यौ ? तर उस्ले अभिमान स्वरुप ब्यक्ता गरी, यि सब मैले बिर्सि सके बरु मेरो फोन Number Delete गरिदेउ, ब्यार्थ धेरै किन तड्पाउनु । मेरो Miss Call पर्खेर बसिरहेको छौ भने धोका पाउने छौ, किनकी यो त मेरो तिमी बाट परा सर्ने वहाना मात्र हो । म तिमीलाइ कहिल्य Miss Call गर्दिन । गजबले मेरो इमान्दारिताको खिल्ली उडाइदिई त्यस् बेइमानी केटीले । त्यस पछि लामो समयलाइ त्यसको यादमा तिलान्जली दिए , तर एक दिन सहसा उ प्रति घृणा उत्पन्न भयो, मैले मेसेज गरिदिए , तिम्रो पर्दाफासको लागि इन्टेरनेट पत्रीकाको सहयोग लिएको छु, तिम्रा ति सब पार्दा पछाडिका कला, नटकहरुलाइ खोलिदिदैछु बिस्वको कुना कुनामा,
उस्ले भनि मलाई Call गरेर किन , हजुर प्रति रुची छैन मलाई, मैले भनि सके फेरी पनि हजुर किन मेरो यात्रामा अबरुद्द गर्ने पहाड बन्नुहुन्छ ? काँढा ओछएर मेरो कदामहरुलाई रोक्न चाहनु हुन्छ ? उसको बिशम सवालहरुको गोताले बिद्रोह गर्न वाध्य भए म । सरोजा तर मलाई तिमी प्रती रुची छ, मलाई पुतली झै नाचयौ तिम्रा स्वार्थी भावना सितको इख छ । तसर्थ यो SMS नै मेरो तिमी सम्म पुग्ने आधार हो ।यस्ता धेरै धेरै मेसेज दिएर म तिमीलाइ दिक्क बनाउन चाहन्छु, उस्ले क्रोध पुर्ण स्वारमा मलाई हप्काइ,थाहा छ ? मलाई हजुरको मेसेजले झोँक चलाऊछ, त्यसको त्यो कुरा मलाई पटक्क मन परेन, कुती शैलिमा मैले भने, के गर्न सक्छ्यौ तिमीले ?तिम्रो इति ब्रतान्त यो ईन्टरनेट पत्रीकामा छराएर बिस्वको कुना कुना पुर्याइदिन्छु, तिम्रो नाम तिम्रो ठेगाना ज्युन त्युन समावेश गरेर तिम्रो भवी जीवनलाई मंगलामुखी बनाइदिन्छु बेकार बनाइदिन्छु । भन्नु केही छ ?
उसले भनि, म के गर्न सक्छु ? हजुर त छोरा मान्छे, तर यसो गर्नमा तपाईंलाई फायदा के छ ? फायदा के छ भन्ने शब्द हरु खुब घात पर्‍यो मलाई, स्वार्थी हरु दुनियाँमा फायदा र काइदा सिवाय के हेर्छन र ? त्यसतै त्यस्ले म मा, केही फायदा र काइदा नदेखेर म बाट बसाई सरीदिइन निश्चयनै थाहारियो यि शब्द शैलिहरुले ।
मैले जवाफ त दिनै पर्छ र भने, म पूर्ण सन्तुष्टा हुनेछु, यदि कहाली लाग्दा तिम्रा बार्बदिका खवर सुन्न पाए भने र म यो उमंगमा रमाएर संसारको सुखी ठान्नेछु एति हो । त्यसले नम्र भएर भनि, हुन्छनी त मेरो बार्बदिमा हजुरले सुखानुभुति प्राप्त गर्नु सक्नुहुन्छ भने यि सब गर्नुहोस्, तर म एक पटक भन्छु यसो नगरि दिएमा म तपाईंको गुण कदापी बिर्सन्ने छैन, मैले तुरुन्त भनिहाले फेरी यो गुणको कुरा कहाँ बाट आयो ? तिमीहरु जस्तो अबगुणी मान्छेहरुमा पनि गुण र अबगुणको मान्यता हुने गरेको छ ? म त एक्सुरे भै सकेकोछु, र म पुकार सुकार सुन्न सिता सरोकार राख्दिन, मेरा कान तिम्रा बिभात्स् बर्बादी सुन्नमा आतुर छन्, मेरा युगल आँखा तिम्रा घृनताम्य परिएको दृश्य हरु हेर्न लालयित छन्, म अब यो आफ्नो निर्णय मेत्ने सस्तो ब्यक्ति हुन सक्दिन ।
झान्डै रोई त्यो, मैले भने, त्यतिका माया लाग्दो हो त , जो सिता हाम्रो प्रेम प्रणय वार्तालापको सुनौला क्षणहरुछन । त्यो बाट आफुलाइ चुडालेर नयाँ रथहरु खोज्न निस्कदा फर्केर एक पटक क्षमा याचना गरेकी थियौ आ-आफ्नो भुलहरुको ? झन उल्टै घुर्की लगाएकी थियौ, के के नै पाए भनेर बेवास्ता गरेकी थियौ मेरो , तर किन तिमीले भावी खतराहरु तिर मुन्टो फर्काएनौ ?
त्यो अक्माकाइ, मलाई हजुर सिता बोल्न मन पनि लाग्छ,तसर्थ नेटमा मलाई बोलाउन सक्नुहुन्छ र बेस्सारी गाली गर्न सक्नुहुन्छ,र जसलाई पाउन मैले ठुला अभिलाषा राखेकी छु,एउटा स्वर्णिम स्वप्ना आँखा भरि टाँसेर पुकालीत छु, कृपया नगुमाइ दिनुहोस् त्यो मेरो अनमोल बस्तुलाइ, आफ्नो स्वार्थ सोझ्याउने उदेश्यमा वाक पत्तु बोल्न पनि सिपालु भैसकेकी रहेछ त्यो,जुन वाक्य हरुका एकै शब्द पनि उन्को हृदय बाट निस्केका हैनन्, मैले फेरी हाँसेर भने, गजबको छ बा तिम्रो संसार! दाँया लाग्छ तिम्रा यि दाँयानिय स्थितिहरुलाई अनुभुती गर्दा, तर मैले भनि सकेको छु, मेरो निर्णय सस्तो छैन, तिम्रो बर्तमान जोखिममा छ, आँफैले सुरक्षा देउ, इत्यदि बहाना गरेर आफुले नविनता हासिल गर्न पल्केका केटीहरु के गर्न पछि पर्दैनन ? यिनिहरुका लागि आदर्शता, इमान्दारिताको काम छैन । बैमान पनि गर्न जान्नु पर्छ मान्छेहरुले, तसर्थ आज भने म यिनी हरुको प्रतिशोध चुकाउने काइदामा छु, र उनिहरुको बर्वादी लिने कठोर निर्णयमा छु । त्यस्ले डराउदै भनि, कृपया आफुलाइ बर्बाद पर्ने जोखिमहरु सिता भयभित छु म । त्यसो नगरिदिए आभारी हुनेछु । म त किन नभन्नु , उसलाई छुरा बनेर अतेस् मतेस् भएका कुराहरुलाई गुम्साएर राख्नु पनि त हुन्न । पाएको बेला चबुक लगाउनु पर्छ र पाउनु पर्छ, त्यसपछि मैले उसलाई भन्नु पर्ने कुरा भने,
आफुखुशी तिमीले मलाई अति निन्दा पूर्वक परित्याग गर्यौ, त्यसबेला तिमीले अभिमनको धुनमै एक शब्द बोल्न पर्दैनाथौ ? त्रुति गरेर बचनको माध्यम सच्चाई लिने दुषप्रयास नगर, भुलको प्रयासचित गर्नै पर्छ, यदि यसो भयो भने मात्र तिमी लाइ हेरेर दुनियाँ गल्ती बाट डराउने छन । र त्यही नमुना तिमी बन्दैछौ, हुन देउ वहियात कुरामा समयको किन नाष्टा गर्नु राखिदेउ फोन ................
अनि मैले पनि फोन राखि दिए । त्यसपछि त झन यस् बारे लेख्न शुभ मन भरि पलायो । त्यस् पछि त्यस् स्वार्थी केटीका प्रत्यक वाक्यहरु स्मरण पुनराबृत गरे, जहाँ बाट कलमले एउटा बियोगान्तक कथा पाउन सक्छ, ति उसको ब्याजाती प्रेम दुर्घटना लाई समेतेर कथाको बिषय खुशाउन सक्छ, मैले त्यही लेखेर ईन्टरनेट पत्रीका लाई दिए , कलम चलाऊनेहरु आफ्नो अठोट र कर्तब्यावन हुनुपर्छ, कठोर पनि हुनुपर्छ , त्यति भएन भने कलमको सत्य कसरी बचाउन सक्छ ? तर मैले कलमको निपलाई त्यहाँ सम्म पुग्नमा रोके, जहाँ सरोजाको बर्बादी थियो, उ डराईरहेको उसको भविष्य भष्मा हुने आर्यघाट थियो, जाल्दै गरेको चिता थियो उस्को अभिलाषाहरुको, दाया भावको धनी मान्छे मनको दरबार छ मेरो छाती भित्र, जहाँ उसलाई सजाउने एउटा निर्धा इच्छ पालेको थिए , मैले त्यही कारण उसलाई फेरी एक पटक उसको इमान बचाइ दिन उसको सुखद स्वार्थ हरुलाइ साकारता दिन बडो गजबले मन भरि मुस्कुराउदै कथा टुंगाए । आनन्तगोता यो स्वार्थ नहोस्, मान्छेमा माया हुनु पर्छ, मानवत हुनुपर्छ, मैले केही भन्नु थिएन उसलाई र अन्तमा भन्छु मैले ब्युताइ दिएकोछु तिम्रा इमन र प्रतिष्ठालाई , आफु भित्रको घृणित सरारत अफालेर हामी बिचको अनुस्मृतिहरु मलाई देउ र तिमी आफ्नो दिलको मान्छे लिएर जाउ, शुभकामना ।


देविन बाबु राई

बसाह -१ उदयपुर

1 comment:

  1. Sarojaa Stupid Lady, she most understand what is the love, should sign with money her damn life. I really too angry with her, and I wanna advise you Babu you know chating means cheting. you shouldn't take any chating seriouse, Bom Bahadur ho mero name.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin