"आमा दशैं आयो"
आमा, कदम कदाचित बिर्सन्न ति तिम्रा न्यानो काख्,त्यहाँ मैले आफु लुट्पुटिएको फराकिलो आँगन पाएको छु । म कहिल्य बिर्सुला र ति तिम्रा मामताभरि आँगलो , जहाँ मैले संसार पाएको छु । धन्य होस् मेरी आमा, तिम्रा यि सब गुणहरु चुकाउन मैले कुन काइद अपनाउनु पर्छ । भन न मेरी आमा, म त तिम्रो लागि आगोको धरातल टेकेर खरानीको रुप धरणा पनि गर्न सक्छु । आज तिम्रो यादभरिमा मेरो आँगन , मेरो दैलो अष्रुसिक्त छ, मेरो दशै मेरो परिवार शोक मग्न छ तिम्रा पुन्य पुन्य स्मृतिहरुमा ।
तिम्रा अभावको छट्पटह हरुमा अरु धेरै आमाहरु सिता आफु प्रतिको स्नेहता माग्ने , तिम्रा बियोगको सुक्सुक्तमा मैले धेरै आमाहरु सिता आफुमा अभिशेक गर्ने सहनुभुती र सन्त्वनाहरु मागे, तर आमा यसपटक बल्ल मैले थाहा पाए , म त सद्दे तुहुरो पो रहेछु । हो मलाई दु:ख छैन यो तिम्रो भुल हैन आमा, मलाई यो धरातलमा सुम्पी राखेर गयौ । यो पनि तिम्रो दोष हैन आमा । यदि यो संसार मृत्युको रितमा मन्जुर नभदिएको भए सधैं भरि आफ्नै आँगलोमा कसेर सम्पूर्ण संसारका दु:खहरु बिर्सिरहने थियौ, तै पनि आमा म पशु झैं अबस्य मर्दिन किनकी तिमीले मान्छे भै बाच्ने कला सिका कि छौ । म नामर्द भैकन पनि कहिल्य पछि हटदिना , किनकी सहसको ओजनयुक्त बोझहरुले मेरो म्याथ बेरिदिएकी छौ ।
मलाई यो पनि थाहा छ आमा, सन्तानहरुले संसारकै समस्याको बोझ हरु आफ्नो आमामा मात्र बिसाउने चौतारी पाउन्छ । अनेकौ परिस्थितीबस् पाएका क्रुर यातनाका औषधीहरु सन्तानले आफ्नो आमाको मिठो बोलिमा मात्र पाउन्छ । जठ र यातना भोग्दै पुत्र पुत्री जन्माउने आमा कहिल्य सन्तानका दुष्ट हुन्नन । हुन सक्छ बरु अबोध छन्दा तिम्रै काखमा लुट्पुटिन्दै तिमीलाइ नै कति गालीहरु गरे र अज्ञानताले सानो निहुमा तिम्रै अङ्कमाल भित्रै बाट पनि तिमी लाइ नै धिक्कार्दै कति पतक तिम्रै अपमान गरे मेरी आमा,मलाई एक पटक यातना देउ तिमी, मेरो शौभाग्यको आँशुमा सँगलेर ति मिठा यातनाहरु लाई जन्म जन्म नचुहाइ राखिदिन्छु ।
आमा यती खेर त संसार अर्कै रङ मा छ । आमाका हात समय र हर्शका पर्ब मनाई रहेका छन उनका सन्तानहरु । अपार मामतामा पुलपुलिएर आमाको काखमा मनोमानी लदिबुढी गरिरहेकाछन उनिहरु । निस्चय नै म पनि एक दिन यही अलौकिक खुशीको क्षणमा थिए, जो ईतिहास सम्म हुन पाएन । तिम्रा कान्छी औंला समातेर त्रीबेनीको मेलामा तिमीले खुवाएका सेल रोटी को खुशीले यो भन्दा ज्यादा थिएन , जो कथा सम्म हुन पाएन ।सञ्चै मलाई थाहा थिएन कि एक दिन मैले मेरी यति महान आमा गुमाउने कहाँली लाग्द मृतक दिन आउछ भन्ने कटु यथार्थ । यदि थाहा पाएको हुन्थे भने एक छिन नछुतेर तिमीलाइ पच्छ्याइ रहने थिए यो अनभिज्ञा जीवन यात्रामा । तिम्रो कान्छी औंला समएर मेरो आँखा आघी नविराइकन उभ्याइरहने थिए ।
अफसोच यही छ मेरी आमा । ए हिन्दू पुत्री, मेरी मातृ वात्सल्य, आज प्रत्यक हिन्दूहरु न्योता गर्दैछन दशमीलाई । छातिमा राष्ट्रियता पहिरेर रग मल्श्री घन्काउन्दैछन गाउ घरमा । आमा तिमी पनि त साँझमा दियो जलाएर यही राग गाउन लगाउन्थ्यौ मलाई । तर खै आज तिमी स्वर्गको कुन बाङ्गलामा छौ ? झ्याल खोलेर यो धर्तिमा हेर्यो झिलिमिली परिबेश पनि म कति शोकाकुल छु । कति दुखी छु । म रोइरहेको छु मेरी आमा । "ए आमा, रुने हरुलाइ हेरेर संसार नरौ भन्न जरुर सक्छ तर किन रोयौ भन्न सक्तैन, किनकी रुवाइ सित सरोकार राखेर उस्लाइ दुखी हुनु छैन ।",ए मेरा भाइ बहिनी हरु, ए आमा सँगै रहेका आमाका पुत्र पुत्री हरु, के मलाई मेरी आमा खोज्न सघाउन्छौ ? " अनमोल आमाको अभावमा सम्पन्न सन्तानहरु पनि अत्यन्त गरीब हुन्छन्" त्यसैले मलाई यो दशमीको अवसारमा मेरो निधार रंगाउन तिम्री आमा लाई बोलाई पाइचो दिएर मलाई सुखी बनाउन सक्छौ ?
देविन बाबु राई
बसाह-१ उदयपुर
0 लेखक लाई प्रतिकृया यहाँ:
कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)