katha

कथा

नोटबूकमा गरिमाको देश प्रेम..................!

"गरिमा धेरै निराश छिन" मनु भाउजु ले भन्नु भयो। "निराश समस्याको समधान होइन" मैले भने। "उनि स्वदेस नै फर्कन चाहन्छिन" भाउजु फेरि बोल्नु भयो। "मलाई पनि यहि बिन्ति जाहेर गरेकि छिन" मैले भने। "एक हप्ताको छुट्टी मिलाएर तिमी हरु २ जना कतै घुम्न जाउ अनि गरिमाको मुड फ्रेस् हुन्छ कि!" बिजय दाई ले भन्नु भयो। बिजय दाई, मनु भाउजु र म वोस्टन् हस्पिटलमा सिमालाई भेट्न जाँदै थियौ, ३ दिन देखि सिमा उक्त हस्पिटलमा प्रेग्नेन्स केस मा उपचारर्थ भर्ना भएकी थिई। गाडी गुडि रहेको थियो आफ्नै गतिमा, म भने गरिमाको बारे सोंच्न थाले मन मनै। गरिमा जो थिई, एकदम चञ्चल, तर यहाँ आए देखि नुन खाएको कुखुरा झैं भएकि छिन, उनी निराश हुनु स्वभाबिक पनि हो किन भने एकै अपार्ट्मेन्ट र एउटै कोठामा बसेर पनि गरिमाले मलाई भेट्न सन्डे नै कुर्नु पर्छ, सन्डे बिदा हुने हुँदा त्यो दिन बाहेक हाम्रो भेट हुनलाई कि त बार्षिक बिदा नै एप्लाई गर्नु पर्छ कि त होलिडे नै नै कुर्नु पर्ने हुन्छ। फेरि निरासाको अर्को कारण गरिमा लाई भर्खरै देखि छाडेको राष्ट्र प्रेमको भुत पनि हो। गरिमाले एउटा सपिङ कम्पलेक्स् मा डे सिफ्ट डीउटी गर्छिन, म साईबर क्याफे मा नाईट सिफ्ट डीउटी गर्छु, सिफ्ट चेन्ज हुदैन हाम्रो, गरिमा डे को डे नै भने म नाईट को नाईट नै, यहि करण सन्डे बाहेक हामी २ जनाको भेट असम्भब भएको हो। स्वदेशमा हुँदा गरिमा कति चञ्चल थि, नोर्थ बङाल युनिभर्सिटी बाट ब्यबस्थापन मा स्नातक गरिमा भित्र पनि उतैको सँस्कृति गढेको थियो। बोलि चाली रहन सहन भेषभुषा सबै ग्रहन गरेकि थिइ दार्जीलिङकै गरिमाको बोली सुन्दा एक किसिम मलाई अनौठो आनन्द आउँछ, जस्तै- म भन्छु "गरिमा ! तिमी सारी चोलो लाउ न!" उनि भन्छिन "नही हाम्लाई त्यस्तो रद्दी हुन्छ ल !" हामीले यस्लाई सच्याएर भन्नु पर्दा शायद यसो भन्छौ " नाइ मलाई त्यस्तो मन छैन" तर गरिमाले मलाई भन्नु पर्ने ठाउँ मा बहुबचन "हम्लाई" उच्चारण गरेकी छिन, नाइ भन्नु पर्ने ठाउँमा हिन्दी शब्द "नही" भन्ने शब्द उच्चारण गरेकी छिन र अन्त्यमा ल! भन्ने शब्द अनावस्यक प्रयोग मा आएको छ, साथै रद्दी भन्ने ठाउँमा अरु कुनै त्यस्तै अर्थ लाग्ने शब्द प्रयोग गर्दा सभ्य र सरल हुन जान्छ, त्यस्तै दाजु लाई दाजु र गरिमाले पटक पटक बोली रहने शब्द "अबुइ ............." ले निक्कै रमाइलोको अनुभुती दिन्छ मलाई ।
सन्डे बाहेक अरु दिन हाम्रो भेट कोठामा राखेको नोटबूक मार्फत हुने गर्छ, मनका कुरा हरु उक्त नोट बूक मा हामी लेख्छौ, म दिनमा उक्त नोट बूक पढेर केही लेखी छाड्छु, उन्ले राती पढेर केही लेखी छाड्छिन । गरिमाले नोटबूक मार्फत पनि मलाई अनुरोध गरेकी छिन कि "हामी जसरि पनि स्वदेश फर्कौ" भनेर । उनको दरिलो अडान एउटै छ "राष्ट्रियता", उन्ले लेखेकी छिन "म राष्ट्रियता त्याग्नु लाई आफ्नो आमा प्रतिको ठुलो गद्दारी सम्झन्छु" यत्ती मात्र होइन उन्ले आफ्नो परिसरमा आफ्नो जन्मभुमी मै गर्नु पर्ने जिकिर पनि गरेकी छिन्, गरिमा नोट बूकमा लेख्छिन "राष्ट्रिय जनसक्ती राष्ट्र मै समर्पित हुन सके मात्र देशले बिकासको गती लिन सक्छ जस्ले आफ्नो परिसरमा आफ्नै देशलाई दिन्छ त्यो नै सच्चा देश प्रेमी हो"
म त छ्क्कै पर्छु, करिबन ७ बर्ष उनि अध्ययनको सिलसिलामा नेपाल बाहिर नै बसिन दार्जीलिङ मा। त्यस बेला उनि भित्र रास्ट्रीयता थियो थिएन, यहाँ आउने अन्तिम समय सम्म पनि उनले राष्ट्रियता प्रति गहिरो चिन्ता लिएकि मलाई थाहा छैन, तर आज अचानक गरिमा राष्ट्रियताको मोह मा यति लिप्त भएकि छिन कि उनका यि शब्द हरुले मलाई स्तब्ध बनौछ । गरिमा नोट बूकमा लेख्छिन "आफ्नो मातृभुमीको सिमाना दिनानु दिन अतिक्रमन भैरहेको छ, बिस्तारबदी सेना हरुले मातृभुमिको छाती टेकेर परेड खेल्ने हिम्मत गरी रहेका छन, तर हाम्रा नेपाली नौ जवान हरु वीर गोर्खालिको पगरी गुथेर अर्काकाको खातिर ईराक मा लड्छ्न, कास्मिर मा लडछन अफ्गानीस्तानमा तालिवान हरु सँग लड्छन बृटिसका गोरा हरु लाई बुट बजारेर स्यालुट गर्छन, राष्ट्र र राष्ट्रियता भन्दा पैसा र प्रतिस्था मै सबै थोक देखि रहेकाछौ हामी नेपाली हरुले" । यो शब्द चाँही गरिमाले बिजय दाई लाई छुएर नै लेखेकी छिन । हुन पनि गरिमाको देस प्रेम र राष्ट्रियता सच्चा नेपाली नगरिकमा अनिबार्य हुनु पर्ने एउटा गुण हो, गरिमाका हस्ताक्षरहरु पनि बिचारनिय छन, नेपाली हरुले ईन्डिया को पक्षमा भारतिय माटोको सफत खाएर कस्मिरमा लडे, कर्गिलमा लडे कयौ नेपाली नौ जवान हरु भारतकै माटोको लागि वीर गतिको प्राप्त गरे, तर बद्लामा भारतले नेपाल लाई के दियो?? टनकपुर साँढ र कोशी बाँध देखि लिएर सुस्ता र कालापानि अतिक्रमनको दर्दनाक घाउ बाहेक?? बृटिस को माटो छुएर नेपाली हरुले इन्डोनेशिया, भियतनाम, फोल्कल्यान्ड देखि मलाया हुँदै बर्मा ईराक र अफगानिस्तान सम्माअ लडेर ज्यानको आहुती दिए मातृभुमिले के पायो?? यो सोच्नै पर्ने भएकोछ । त्यस्तै नेपाली श्रम खाँडी राष्ट्र हुँदै बिस्व बजार भरी खर्च भैरहेको छ, नेपालीकै पसिनाले बिदेसी हरुले आकसे पुल बनाए आफ्नो देस हराभरा बनाए बदलामा मातृभूमिका ति उर्बर भुमीहरु बाँझै रहनु पर्‍यो, अब सबै नेपाली हरुले गरिमाको जस्तै राष्ट्रियता पालेर स्वदेस फर्किन जिकिर किन नगर्ने?? अचानक गाडीको घ्याच्च ब्रेक ले मेरो कल्पनाको पर्दा झारि दियो, गाडी हस्पिटल आएर रोकिएको रैछ, हामी हस्पिटल भित्र छिर्यौ, सिमाले आफ्नो सन्तान लाई जन्म दि सकेकी रहेछिन्, सिमाको साथैमा सुती रहेकी त्यो रहर लाग्दो बच्चा लाई देखे पछि मैले नेपालीको ३ वटा पाता देंखे, एकातिर गरिमा जस्ता हरुको देस प्रेम अर्को तिर मेरो जस्तो दोहोरे लालच र अर्को सिमाको जस्तो एन. आर. एन.[NRN] मोह।
                                                             समाप्त
कथाकार : राज रोबर्ट “अजनबी”
Email: atm_sms6pal@yahoo.com
नेपाली टाईप : भोजपुरे ब्लग

4 comments:

  1. Dherai sandarvik katha ani samai sapechha katha nikkai ramro chha katha padda paddai sakiyeko thaha nai bhayena , asha chha agami din ma pani herna paune chhai,

    ReplyDelete
  2. पैसा कमाउन विदेशमा बसी काम गरीरहेका नेपालीको मनोविज्ञानलाइ सटिक रूपमा उतार्नु भएकोमा कथाकार राज रोबर्ट लाइर् धन्यवाद छ

    ReplyDelete
  3. wa.....! raj sarai satik katha lekhnu vayechha. bidesma basnu rahar vanda pani bvadhyata nai dherai ho jhai lagchha ni malai ta,
    sima subba. uk

    ReplyDelete
  4. katha sarai daami lekhnu vayechha. aba aru pani padhna pau hai raj ji

    ranju moktan, darjiling india.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin