कान्छो दाई समाजमा नपढेको भएनि गाउँ र समाजको हितका लागि मरि मेट्थ्यो। ऊ समाजमा सबैको हितका लागि लागिपर्थ्यो,उस्को घरमा गरिबीले बास गरेपनि ऊ जहिले हाँसेर सबैलाई हसाउने मान्छे थियो। समाजमा कुनै पनि आपद बिपत्त सम्पुर्ण गाउँलेलाई सहयोग गर्दै आएको हुनाले उसलाई नराम्रो भन्ने हरु कमै नै थिए।
यसरी समयले कोल्टे फेर्यो, एक दिन कान्छा दाइको परिवारमै बिरामी परे, थाङ्ने ज्वरो भएको कारण महिनौ सम्म सबै बिरामी परे। एकदुई दिन त दाजुभाई र छिमेकिले यसो हेर्न सम्म आए, पाछि पछि त आफ्नै दाजु भाई कोई पनि हेर्न त के त्यो बाटो हिंड्न पनि छाडी दिए। महिनौ पछि कान्छोदाईको परिवार अलि अलि बिमारले छोड्ला छोड्ला जस्तो हुन्छ किनकि रेडक्रसको सहयोगले रेडक्रस कार्यकर्ता बाटै उदार हुन्छ, दबाई पानी गरिन्छ। अनि ऊ निको भए पछि , उसले बिरामी हुँदा भोगेका एक एक सिनेमाको पर्दा सरि आँखा अगाडी झल्किन्छ। यसरि अरु पर्दा आफु मरि मरि गर्ने आफु पर्दा कोई न कोई हुँदा बिरक्त लाग्छ अनि गाउँघार छाडेर बसाँई सर्छ। अहिले पनि त्यो कालो दिनको समबेदनाहिन समाजलाई सम्झेर र उस्ले गरेका त्यो समाज प्रतिको योगदान आफैलाई धिक्कार्छ र समबेदनाहिन समाज प्रति घृणा गर्छ।
बि. जे. बान्तवा राई
ठुलो दुम्मा-९, भोजपुर
soo nice katha bantawaa jee,, thnx for post
ReplyDeleteThank you for coments Sikkaru jee.
ReplyDeletepretty good! Keep on writing.
ReplyDeleteKris
Michigan