katha

भावना

मेरो अन्तिम भेट तिमीलाई......!

मुटु चिरेर हेरें त्यहाँ तिम्रो एउटा तस्बिर भेटें, तिमी अर्कैको भएपछि त्यहिं तस्बिरले मुटु रेटेको भेटें

मलाई धेरै चोट दिएर जाने संगीता तिमी खुसी छौ रे, अनि तिम्रो शहरिया जिबन खुसीका साथनै बितिरहेको छ रे, मलाई धेरै खुसी लाग्यो। इटहरीको कुनै ठाउँमा छौ रे, मलाई मायाको आशा देखाई अरुको अँगालोमा बेरिन पुग्यौ। म अरु त के नै भन्न सक्छुर, तिमीले मेरो उपहास बनायौ, मेरो इज्जतलाई एउटा खेल सम्झ्यौ। के गरिबको यो दुनियाँमा केहि हुन्न? उस्लाई जे गरेनि हुन्छ? ठिकै छ संगीता तिमीले जुन बाटो राम्रो लाग्यो त्यो रोज्यौ तर तिमीले यदि कसैलाई सहारा दिन सक्दैनथ्यौ त आशा नै देखाउनु हुन्नथ्यो। मलाई थाहा भयो जब म पर्देश बाट आएं तिमी धरानमा काम गर्थ्यौ रे, अनि इटहरीको कुनै केटा सँग तिम्रो बिबहा भयो रे, हो मलाई यी सब भनिरहन जरुरी पनि थिएन, तर आज म यो सब मेरो आत्मा भित्र रहेको ब्यथाहरु भोजपुरे ब्लग मार्फत पोखेर रित्याउन चाहन्छु। अनि म आफ्नो जिबन सम्हाल्न चाहन्छु। तिमीले जसरि सम्हालेको छौ त्यसरि नै,
तिमी हाँसो पिएर बाँच्न चाहन्छौ त म पनि तिमीले जस्तो ठुलो हाँसो नभएनि आफ्नो दुखी संसारमा रमाएर नै बाँच्ने छु। मलाई थाहा भए अनुसार तिमी कसैको बहकाई मा लागेकि रे, तिमीले कसैलाई पस्चातापको सानो पोका खोलेकि रहिछौ, मैले त्यो पनि थाहा पाएँ तर तिमीले त्यो पस्चाताप मा बहनु भन्दा पहिला मलाई पनि एउटा मान्छेको को रुपमा देखेको भए र मेरो मायालाई एउटा हिलोको छिटा नसम्झि, अमृत नै सम्झेको भए आज गुनासोहरु पोखिरहन पर्दैनथ्यो। तिमीले जे गर्‍यौ शायाद हाम्रो लेखान्तमै कोरिएको थिएन होला हाम्रो प्रेम-मयसंसार। जे होस तिमी खुशी भएर बाँच्नु यो तिमीले पढ्न त शायद यतिकै होला तरै पनि कुनै दिन तिमीलाई बहकाउनेहरुले पढ्ने छन। जो शहरको सपना बोकेर धराने गल्लीहरुमा हावा खाईरहेका छन।उनीहरुले प्रेमको साँचो अर्थ एकदिन अबस्य थाहा पाउनेछन यदि उनिहरु पनि मान्छे नै भए यदि उनीहरु मान्छेका खोल ओढेका दुष्ट राक्षस हुन भने केहि पनि लाग्ने छैन। मैले तिमीलाई कसरी मायाँ गरेको थिएँ मेरा चिट्ठीहरुमा कहिलेकाहिं पढ्छ्यौ होला तिम्रो माइत गएको बेला, ती चिट्ठीहरु सबै मलाई फिर्ता पठाइदिनु, तिम्रा लागी ति सबै एउटा मसीको दाग भएनी मेरो लागी त्यो सबै हृदयको दर्पण थियो जो तिमीलाई जिबनभरि साथ दिने कसमहरु पोखिएका। त्यसैले तिमीले यो पढ्न पायौ भने यो नै मेरो अन्तिम चिट्ठी सम्झि सबै मेरा पत्रहरु फिर्ता पठाईदिनु। हवस्त आज देखि म तिम्रो समिपमा बिरहका पोकाहरु कहिल्यै खोल्ने छैन, म तिम्रो शहर छोडी धेरै धेरै टाढा कहिल्यै तिमी सँग नभेट्ने त्यो ठाउँमा रहनेछु, यदी तिमीलाई कहिँ घुम्तीका मोडहरुमा भेटाइहाले भने त्यो म साह्रै अशुभ सम्झिने छु।
तिमीलाई पहिला धेरै माया गर्ने
अनि अहिले धेरै घृणा गर्ने ।
बियोग "बेसहारा"
आफ्नै बस्ती बाट

1 comment:

  1. Biyoga jee yastai ho haaso khusi dusukha Nidharai maa korieko, saayad ma pani sahamat chhu kinaki Abhagikai khappara ta jaha ni Thakar lag6 re tyasile samhaalina siknu par6 hai biyog jee malai dherai khusi lago, tapai ko bhawanaa padhera, feri feri yastai gari lekhdai garnu hola.

    Nirmala Regmi.
    Milaan, Italy

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin