katha

प्रसंग

नेपालीहरुले गौरब गर्नै पर्ने नेपाली छोराहरु............!
यो भर्खरै टप-३ मा प्रबेस गरेका ३ टप् इन्डियन आईडल मा फेरि पनि एक पल्ट नेपाली रगत नै इन्डियन आईडलको मुख्य दाबेदार देखिन थालेका छन। कपिल थापा, देहरादुन निबासी यी कपिल थापा भारतिय सेनामा कार्यरत अनि भरतिय सेनाको प्रमुख सहयोगमा उनी इन्डियन आइडल बन्ने मौका पाएको उनी सोनी च्यानल ले देखाएको ग्राण्ड सो मा नै बताएको र भोटिङ्ग को लागी देश बिदेश नेपालीहरु द्वारा सहयोग प्राप्त गरेको बताए। कपिल सँगै प्रतिस्पर्धी सौरभी बर्मा गुवाहाती आसम अनि तोर्सा कोलकत्ता निबासी यी दुईको पनि ग्राण्ड सो हरु देखाइएको थियो। तोर्सा कैयौं पटक स्टेजमा रुदैं भएनि टप-३ मा पुग्न सफल भईन भने, सौरभी गायन कला बाटै माथी उठिन। सौरभी बर्मा जब टप-३ मा पुगिन, उनको स्वागतमा गुवाहाटी निबासीहरु पुरै दौडधुप गरिरहेका देखिन्थे यसै बिचमा गत इण्डियन आइडल-३ का बिजेता प्रसान्त तामाङ पनि कानपुर एयरपोर्ट पुगेको देखाइएको थियो अनि सौरभी सँगै बिभिन्न मन्दिर र सौरभीको भोटको लागी "भोट फर सौरभी" भन्न पनि चुकेनन। प्रसान्तको सौरभी प्रतिको झुकाब किन यति ठुलो त्यो चाही भबिष्यको गर्भमै छ।

यता कपिलको स्वागतको लागि देहरादुनमा देखाइएको दृष्यमा चाहि नेपाली गितहरु नेपाली भेषभुषामा सजिएर नाचीरहेका बिभिन्न नौरङ्गी सो हरुलाई देख्न पाईयो। जुन स्टेजमा घन्किएको गितहरु प्रमुख रुपमा कुन्ती मोक्तानद्वारा गाइएको गितहरु “चोली राम्रो पाल्पाली ढाकाको,,,,,,,,,,” र अन्य गितहरु देखिन्थे, यहि गितमा कपिल थापा पनि सहभागी भएर नेपाली नाँच नाचेको देखाईएको थियो। कपिलले आफ्नो बिजयको लागी प्रमुख रुपमा नेपाली को जमघट हुने नेपाली सपिङ सेन्टरहरुमा अनि मुम्बई देल्हीको को प्रमुख नेपाली जमघट हरुमा भोट माग्दै गरेको पनि देखाइएको थियो। कपिल थापालाई नेपाली रगत भन्न यति पर्याप्त छ र नेपालीले डेढ सौं करोड जनता बिच भिंडेको यो सुपर स्टार महायुद्व अंग्रेजी महिना मार्च १ मा सोनी टेलिभिजन ले ग्राण्ड फिनाले सो गर्ने भएको छ।
र यदी कपिल थापालाई जिताउन चाहनु हुन्छ भने तपाईहरुले यी नम्बरहरु मा एस एम एस [SMS] गर्न सक्नु हुन्छ।
[INDIAN IDOL= SMS KAPIL 52525, or
CALL 505252502
MTNL & BSNL
1862888252505
VOTERS CAN ALSO VOTE
FROM NEPAL
SMD KAPIL
2722
2722 IS ALSO
THE SHORT
CODE OF THT LIVE.]
बि. जे. बान्तवा राई / भोजपुरे ब्लग परिवार

[प्रसंगबस मैले आज छोटो एउटा प्रसंग पेश गरेको छु, किनकि यो पनि कला र साहित्य सँगै जोडिएको र नेपाली रगतको परिचय भएको हुनाले समेट्न खोजेको छु, यदी तपाईहरुलाई थोरै पनि कपिल थापा प्रति केही भावना भए कमेन्टको रुपमा छोड्न नभुल्नु होला, कमेन्टलाई समेत यहि लेख सँगै जोडिने छ।]

2 comments:

  1. प्रसंग बश को त मैले हजुरको मेरा पलहरु संगै म मा प्रतिक्षा गरेको थिए b.j.jee तर यसमा प्रकासित भएछ राम्रै भयो जे होस जानकारि पाए त्यसको लागि धन्यबाद ।

    कपिलजीको प्रगतिको लागि नेपालि हरुको एकता नहुने त कुरै छैन । भोटको लागि इ मेल भएको भए हामि बिदेशिहरुको लागि राम्रो हुन्थ्यो होला तर मलाई एउटा चित्त नबुझेको कुरा चाहि तिनै नेपलिहरुको काधमा टेकेर अगाडि बढेका प्रशान्तले आज सौरभि लाई भोट दिन भन्नु कति सम्म जायज हो । सायद नेपालिहरुको मान सम्मान र भोट नपाएको भए उनि यो ठाउसम्म आउथे होला र? हो उनको सौरभि संग आफ्नो ब्यक्तिगत साइनो होला नहोला तर कमसेकम नेपालिहरुको बिस्वासलाई जिबित राख्नको लागि पनि त उनले vote for kapil भन्नु पर्ने होइन र?

    ReplyDelete
  2. सिकारु जी कपिल थापाले दुर्भाग्यबस दोस्रो स्थान मात्र सफल भयो

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin