katha

सडक नाटक

सडकमा पीडा एकः भाका अनेक


-नन्दलाल आचार्य-

पात्रहरु- १) सूत्रधार २) सन्तोष ३) युवती ४) युवक ५) अधवैँसे आइमाई

सुनसान सडक क्षणभरमै मान्छे नै मान्छेले भरिन्छ । सडक रत्ताम्मे छ कतै सडक कालाम्मे छ कतै । कतै सडक सुख्खा छ कतै पानीले हिलाम्मे छ । एक्कासी सूत्रधारको प्रवेश हुन्छ । ऊ बोल्दै जान्छ दर्शक बढ्दै जान्छन् । एक प्रकारले सडक जाम हुन्छ ।

सूत्रधार -आदरणीय दर्शकवृन्द सडकमा नै आज सबथोक हेरौँ । सडकमा नै सबथोक चिनौंँ । सडकमा नै सबथोक देखाऔँ । सडकको व्यथा सडकमा नै बुझौँ । सडकको गीत सडकमा नै उठाऔंँ र मनमा सुन्दर आकांक्षा भित्र्याऔँ । कर्ममा पारदर्शिता देखाऔँ । भोलिका पुस्ताका निम्ति यही सडकमा हिँड्ने पूर्वाधार आजै बनाऔँ ।

सन्तोष - सामान्य कपडामा असामान्य चित्राङ्कि पोशाक पहिरिएको छ । उसले लगाएको कपडामा ठूला साना सडक छन् । सडकका किनारामा रुख-विरुवा छन् । हरियाली फाँटहरु देखिन्छन् । कतै-कतै सुन्दर महल र सुन्दर बगैँचाहरु अङ्कित छन् । म नामको सन्तोष हुँ । त्यसैले सन्तोषी मुद्रामा पोशाकतिर औँल्याउँदै म आफ्नो दिनचर्या चलाइरहेको थिएँ । म अझै पनि सडके ठिटोको नामले कतै कतै पुकारिन्छु । तर पहिलेको सडके ठिटो र अहिले सडके ठिटो बीच कतै कतै पुकारिन्छु । तर पहिलेको सडके ठिटो र अहिले सडके ठिटोका बीच तपाईँहरु आकाश र जमीनको फरक पाउनुहुन्छ । त्यतिकैमा एक युवती उसलाई ठेल्दै अघि सर्छे र जोड जोडले बोल्न थाल्छे ।

युवती - फरक यहाँ फरक हरेक कुरामा छ । फरक हिमालमा छ । फरक पहाडमा छ । फरक तराई÷मधेशमा छ त यो सडके ठिटोमा हुनु कुन ठूलो कुरो भयो । समय तात्यो । फलाम त ताते पछि पग्लन्छ भने समय तातेपछि असम्भव पनि सम्भव हुन्छ । तर म किन परिचय विहीन भएँ

सन्तोष - असम्भवलाई सम्भवमा रुपान्तरण गर्न यस सडकलाई क्षत विक्षत पार्न पाउनुहुन्न । आक्रोशयुक्त स्वरमा म सडके ठिटो हुँ । म नै सडकको गीत हुँ । ममाथि कत्रो बज्रपात परेको छ त्यो आजसम्म कसैले कल्पना गरेको छ अहँ छैन । सुन्नुहोस् यस सडकले नौलो युग भेट्ने आशामा बज्रपात सहेको छ । यस सडकले समाजलाई नयाँ रुपमा रुपान्तरित भएको भेट्ने आशमा कालाम्मे हुन तयार भएको छ । अब यस सडकमा सज्जनले पनि सर्तक भएर रहनुपर्छ । यस सडकमा सज्जनको सचेत दृष्टि परे दुर्जनले पाइलो राख्न तस्रनुपर्छ । म त्यो सज्जन मनको ममताको खोजीमा छु ।

अधवैँसे आइमाई -एई सडक ! खबरदार ! प्रत्येक शब्दहरु तौलिएर बोल् । तँ यस समयको सुचो इतिहास होस् । तेरा छातीमा अनगिन्ती पीडाहरु सलबलाइरहेका छन् । तेरा अड्डप्रत्यड्डमा थुप्रै उपलब्धीहरु नाचिरहेछन् । तँ सज्जन र दुर्जनको कुरा गर्छस् । मैले तेरै छातीमा टेकेर मान्छेको मलमुत्र खानुपरेको छ । म बोक्सी हुँ रे ! मसँग अलौकिक शक्ति छ रे । म……।म कलिला नानीहरुको मुटु कलेजो खान्छु रे । म लैना गाई भैँसीको दूध सोँसेर लिन्छु रे । अट्ठाहासको साथ हाँस्दै एइ सडक ! यस सडकमा उभिएर मेरो विगत सुनिरहनु भएका दर्शक महानुभावहरु ! अझ मसँग त्यस्तो तागत पनि हुन्छ रे । म मलाई मन नपरेका मान्छेलाई क्षणभरमै विरामी तुल्याउन सक्छु रे । हो म कहिले कालो विरालो बनेर सुतेका मान्छेको खुन चुस्न सक्छु रे । हो हो तपाईँहरु पत्याउन सक्नुहुन्छ यदि पत्याउनु हुन्छ भने मेरो घोषणा पनि सुनिदिनुस् । म आज यसै सडकबाट घोषणा गर्दछु - मलाई मन नपर्ने मान्छेका विरुद्ध मेरो अलौकिक शक्ति लगाउनेछु । सबका सबलाई यही सडकमा नाङ्गेझार पार्नेछु ।

युवक - भन्नुस् तपाइर्ं को माथि के प्रहार गर्नुहुन्छ

अधवैँसे - मसँग त्यस्तो अलौकिक क्षमता हुँदो हो त सबैभन्दा पहिला यस देशलाई सामन्तीहरुको माँगी खाने भाँडो बनाउन पटक्कै दिने थिइन् । हरेक सामन्तीहरुलाई सडकछाप बनाई दिन्थेँ । हरेक भ्रष्टचारीहरुको मनमा सधैं सधैँ ढ्याङ्ग्रो बजाइदिन्थेँ । मलाई र मजस्तै मरनीदेवी र बसन्तीदेवी झालाई बोक्सीको आरोपमा मलमुत्र कोच्याउने आजका पारखण्डीहरुलाई यही सडकमा ताण्डवनृत्य देखाउन बाध्य पार्दिने थिएँ । अझै भनुँ भने मेरो यस भूमिलाई सुस्ताका नाममा कालापानीका नाममा हराउन दिन्नथेँ । मेरो भूमिलाई खिइन बन्दै दिने थिइन् । म सामान्य जनताको असामान्य रोदन सुनेर पनि बुझेर पनि बुझपचाएर पटक्कै बस्ने थिइन् । तर खुइय गर्दै शान्त मुद्रामा तर के गर्नु मसँग न त्यत्रो अलौकिक शक्ति छ न मसँग त्यत्रो समर्थनको लहर छ ।

युवती - अघि सर्दैै एई सडक म पनि मनको पीडा पोख्छु । आदरणीय महानुभावहरु मेरो पनि कुरा सुनिदिनुस् । मनमा गुनिदिनुस् र सक्नुहुन्छ भने शान्तवना दिनुस् । नसकेमा अपमान चाहि बन्दै नगर्दिनुस् ।

युवक - मौकामा मनको मैलो धुनुपर्छ । मैलो धुन आइतबार पर्खनुपर्दैन । बहिनी जोखाना हेर्ने र साइत पर्खने संस्कारलाई हामीले विदा गरिसक्यौँ । पुनर्जीवित गर्ने चेष्टा नगर्नुस् । आफ्ना मनका कुरा सडकभरि फिँजाउनुस् । आउनुस् यही सडकमा समाधान खोजौँ । सडकभरि समस्या जन्मियो सडकमै समाधान खोजौँ ।

युवती - रुन्चेस्वरमा तर खुशी हुँदै धन्यवाद ! धन्यवाद ! धन्यवाद दाइ ! आज मैले यही सडकमा दाइ भेटेँ । अब म निश्चित भएर मेरो विगतको तमतमाइलो पाटो उल्टाउनेछु । म ढुक्क छु म खुशी छु । आखिरमा सडक नै रमाइलो संसार रहेछ । मन रमाएको यस मौकामा नरमाइलो कुरो खोल्न मलाई गाह्रो परिरहेको छ ।

युवक - आखिरमा सत्यको भागमा तीतो नै पर्न आउँछ । तीतो भाग सिध्याएपछि पाइने मीठो भाग अझ आनन्ददायक हुन्छ ।

युवती -केही गम्भीर भएर म मरनीदेवी वसन्तदेवी त भइन् तर पीडाको घाउ उस्तै बोकिरहेकी छु । मनभित्रै पीडालाई लुकाएर फुस्रो हाँसोको टेकुवाले मेरो संसार थेगेकी छु । म अक्षरशः सत्य बक्दै छु धमिलो मेरो विगत अबका कुनै छोरी बुहारीले खप्न नपरोस् भन्ने मनोकांक्षा लिएकी छु ।

म कसैकी बुहारी त कसैकी पत्नी बन्न आइपुग्दा ठूलो धर्म संकटमा आइ पुगेँ । मनका धनी मेरा बाबु आमाले धनले मेरा श्रीमान् र सासू-ससुरालाई खुशी पार्न सक्नुभएन । दाइजो नल्याएको निउँमा मैले अनगिन्ती शारीरिक र मानसिक पीडा खेप्नुपर्यो । गहभरि आँसु पार्दै एक दिनको कुरा हो । श्रीमान्ले मेरो शरीरमा मट्टितेल खन्याए र सलाई कोर्न थालेँ । म फुत्किएँ । अझै पनि फुत्किरहेछु । म कहाँ छु न श्रीमान्लाई थाहा छ न आमाबुवालाई । आज दाजुसँग भेट्……।गला अवरुद्ध हुन्छ । उनी ओझलमा पर्छिन् ।

युवक - उत्सहित हुँदै बहिनीका कुराले मन मात्र छोएन मन रोयो पनि । मेरो पनि उस्तै बयान छ । मनमा नै लुकाएको छु ।

सन्तोष - कृपया सुन्दर मनमा कुरुप कुरा लुकाउने काम नगरौँ ।

सूत्रधार -हो जो सुन्दर छ सुन्दर हुन खोज्छ र सुन्दर भएर यस संसारलाई सौन्दर्ययुक्त बनाउन खोज्छ उसले कुरुपता ओकल्नुपर्छ कुरुपता विसर्जन गर्नुपर्छ । मन-मस्तिकबाट कुरुपताले राजिनामा दिनुपर्छ । हो आज हामी त्यसकै लागि यस सडकमा उभिएका छौँ । सुन्दर सपना बोकेर अप्ठ्यारा भायाड्ड उक्लिरहेका छौँ । विकट ओरालीहरुतर्फ ओर्लिरहेका छौँ । समथर मैदानमा विश्वासका पाइलाहरु टेकिरहेका छौँ । हामीलाई हिमालको हिउँ जत्तिकै मैदानको मलिलो मन प्यारो छ । मुक्तिनाथको जत्तिकै श्रद्धा जानकीको छ सबभन्दा पि्रय कुरो अखण्ड मन अखण्ड विचार र अखण्ड मुक्तिपथ छ ।

युवक - म चार हातपाउ भएको सद्दे मान्छे हुँ । मान्छेले मान्छेलाई मानवकै रुपमा हेर्नुपर्छ भन्ने सिद्धान्तको पक्षपाती हुँ । मसँग पुर्खेउली सीप पनि छ आर्जित सीपको कमी पनि गरेको छुइन । म कपडा पनि सिलाउँछु । पाचे बाजा पनि बजाउँछु । आइपरे खुकुरी कर्द पनि बनाउँछु जुत्ता-चप्पल पनि सिलाउँछु । समग्रमा म दलित कहलाउँछु तर समाजका कतिपय शुभकार्यमा सहभागी हुनबाट म नै बिाचत छु ।

एक दिनको कुरो हो । धनबीरको घरमा गोरु मरेछ । तीन दिन पछि त्यो सिनो फाल्नका निम्ति म डाकिएँ । सबै मिली फालौँ भन्दा म नै उल्लु बनाइएँ । सबै मिले मद्दत गर्ने नमिले एक्लै सिनो फाल्ने काम गर्न नसक्ने जनाउ दिए पछि म गाउँ निकाला गरिएँ । ठूलावडा भनाउँदाको पैतालाको धुलो बन्न नमान्दा आफ्नै मौलिक हकबाट म बिाचत गरिएँ ।

सन्तोष - केही उत्साहित हुँदै थरिथरिका नाम छन् मेरा । तर मसँग पनि मुटु चुडिने पीडा छ । मैले मेरो पीडालाई मुटुमै पटुकाले कसेको छु । मलाई लागिरहेछ- मैले पनि पटुका खोल्नुपर्छ र पीडाले बनाइको घाउ देखाउँनुपर्छ । यहाँ पीडकभन्दा पीडित बढी छन् । उच्च स्वरमा मुट्ठिभरका पीडकहरुलाई आफ्ना कर्तुत सम्झाउने घृष्टता मैले गरेँ । स्वेदश पराधीन हुन थाल्दा मुक्तिका लागि संंघर्ष गर्नुपर्छ भनेँ । अंग्रेजहरु विरुद्ध लड्दालड्दै वीरगति प्राप्त गर्ने सत्तरी वर्षे भक्ति थापा नेपालको अस्तित्व नै आफ्नो सर्वस्व ठान्ने अमरिसंह र वीर बलभद्रहरुको वीरताको उज्यालो पाटो स्मरण गराउँदमा म ढोँगी सावित भएँ । एक क्षण घोरिन्छ।

युवती - भन्नुस् दाइ भन्नुस् । सबभन्दा पाहिले आफ्नै गीत गुनगुनाउँनुस् । आफ्नै गीत पछि सबैको गीत अर्थात् सडकको गीत गाउनुस् ।

युवक - हो हिजोदेखि आजसम्म यसरी नै आइयो उसरी नै आइयो । तर भोलिदेखि एउटा ठोस तबरले हिँड्न पाइयोस् । तसर्थ भन्ने कुरा थाँती नराखौं ।

सन्तोष - मैलेँ त्यो समाजलाई अंग्रेज कवि सर वाल्टर स्कटको कविता पनि सम्झाएको थिएँ । मैले प्रष्टसाथ भनेको थिएँ । जुन व्यक्ति आफ्नो जन्मभूमिप्रति प्रेम प्रदर्शित गर्दैन त्यो जतिसुकै धनवान् र ज्ञानवान् भएपनि आफ्नो जातिको आदर सम्मान र प्रेमको पात्र हुन सक्दैन ऊ आफ्नै जीवनकालमा पनि आफ्ना बन्धुवर्गद्वारा अपमानको दृष्टिले हेरिन्छ । त्यसै गरी मरेपछि पनि उसको निन्दा हुन्छ ।ू मैले यसो भनिरहदा सुन्नेहरु मध्ये केहीको मनमा चिसो पसिसकेको थियो । अझ संकुचित मनोवृत्तिबाट माथि उठेर राष्ट्रिय एकता भातृत्व र देशभक्तिका लागि कलम हुनेले कलम उठाउनुपर्छ । आवाज हुनेले आवाज दिनुपर्छ । अन्याय-अत्याचारको समुल नष्टका लागि तन मन र वचनले कर्ममा धसिनुपर्छ भन्ने मेरो विचारलाई नाजायज विचार ठानियो । जो चुपचाप अन्याय सहेर र पीडा खपेर बस्छ ऊ सरासर समाजको अपराधी कहलाउँछ भन्ने मेरो ठहरलाई आतङ्ककारीको नीति ठानियो । धनवीरले मलाई पक्रायो । मलाई नमीठो गरी मानसिक र शारीरिक यातना दिइयो । म बाध्य भएँ धनवीरको विरुद्धमा लाग्न । जेल सजाय काटेर म घरको सट्टा वन पसेँ । जनताको पक्षमा भएको लामो जनयुद्धको महासंग्राममा म पनि सामेल भएँ । धनवीरे जस्ता जनताका दुश्मनहरुको पछि लागेको फुर्को हटाएँ । सामन्ती संस्कारका हरेक ढाँचाहरु परिवर्तन भए । संघीय लोकतान्त्रिक नेपालका वास्तविक मालिक हामी पौने तीन करोड नेपाली हुन पायौँ ।

तर अझैै दुःखको दह आँसुको पोखरी रगतको नदी हाम्रा नजिक कायमै नभएको अवस्था छ । चोखो रुपमा भन्नुपर्छ हामी हामी भएर रमाउन पाएका छैनौँ ।

सूत्रधार - विचार थरिथरिका आउँछन् । असन्तुष्टिी जन्मिन्छ जन्माइन्छ । असन्तुष्टि छ तर सन्तुष्टिमा परिणत गर्न सकिएको छैन । हो त्यसकै लागि विचार मन्थन आवश्यक छ । मन माझामाझको अवस्थाको खाँचो छ ।

सन्तोष - हो हामीले आफ्नो मनले बाँच्न पाएका छैनौँ । अर्काको इसारामा संकेतमा पाइला चाल्नुपरेको छ । अझै पनि हाम्रो मनबाट सामन्तकालीन कुसंस्कारी रहलपहल छँदैछ । निर्माणको पक्षमा हातगोडा तात्ने बेलामा अर्कालाई छिर्के लगाउन हामी व्यस्त छौँ । अर्काको खुट्टा तानेर आफू अघि बढ्नु ठूलो विजयको क्षण सम्झन्छौँ । अझै पिछडिएका वर्गले राहत महसुस गरिरहेका छैनन् । मनपरीतन्त्र जन्मिरहोस् संक्रमणकाल लम्बिरहेास् । देश दण्डहिनताको अवस्थामा अल्झिरहोस् भनेर एक झुण्डा दृष्य र अदृष्य रुपमा त्यस्ता काममा लागेको छ । तसर्थ म पनि दृष्य र अदृष्य रुपै सडक सडकमा देखा परिरहेछु । मैले निर्दोष जनताको आँसुको वह बुझेको छु ज्ञात-अज्ञात हजारौं सहिदहरुको बलिदानीको बदला लिने सपथ खाएको छु ।

सूत्रधार - आखिरमा केका लागि सहीदले ज्यान चढाएँ आज आज बुझ्नु परेको छ । जनताको साँचो व्यवस्था ल्याएर हरेकको मन मस्तिष्कमा उज्जवल विचार सम्पे्रषण गराएमा मात्र नयाँ नेपालको निर्माण हुन्छ ।


युवक - हो आजका युवाहरु उज्जवल विचारले कर्मपथमा अग्रसर हुनुपर्छ । संकुचित मानसिकताबाट बाहिर निस्कने प्रयत्न गर्नुपर्छ । सके अँध्यारो पाटोलाई सदासदाको लागि विदा गर्न अग्रसर बनौँ नसके हिजोको अँध्यारो युगलाई आज निन्तरता नदिऔँ ।

सूत्रधार - इतिहासले धिकार्ला कि सहिदको रगतले सराप्ला कि भन्ने त्रास मनमा पाल्नु आवश्यक छ ।

सन्तोष - हिजो गोरेटो घोरेटो र कच्ची र बाटाहरु प्रशस्त थिएँ । मेरो शरीरमा छापिएका जस्ता थुप्रै सुन्दर नालीबेली थिए । ती सब कुरामा विकास ल्याउन परेको छ । जटिलतालाई सरलतामा ढाल्नुपरेको छ सरलतालाई सुगममा परिणत गर्नुपरेको छ यसैको लागि म रुप रुपमा यहाँहरु सामु उदाइरहेको छु उदाइरहने छु ।

सूत्रधार - सन्तोष युवती युवक र अधवैंसे आइमाई सूत्रधार नजिक उभिन्छन् । उनीहरुलाई औल्याउँदै सूत्रधार बोल्दै जान्छ ।

आदरणीय दर्शवृन्द ! जनताको युद्धले सार्थक मोड लियो तर सार्थक गन्तव्यमा पुगेको छैन । जनताको युद्ध थामिएको छैन । जनुयुद्धले परिवर्तनका रुपान्तरका धेरै मोड र कुइनेटाहरु छिचोलिसकेको छ । हरेक जनतालाई आफ्नो हक अधिकारका निम्ति होसियार बन्न चेतना दिएको छ । आज आएर जनयुद्धको आवश्यकता थियो भन्ने कुरा हरेक वर्गमा महसुस भएको छ । सन्तोषलाई अघि सार्दै

राम्रो काम गर्न खोज्दा सन्तोष जस्तालाई आतङ्ककारीको विल्ला राज्यले बोकाएको प्रमाण हाम्रा सामु छ । युवतीलाई अघि बढाउँदै अठारौँ शताब्दीको जस्तो सामन्ती सोच र द्रव्यपिचासी प्रवृतिले पीडित बनाइकी यस्ती सुकुमारीहरु आज पनि हरेक घर-परिवारमा खुनको आँसु पिएर आफ्नो धर्म थामिरहेका छन् । दाइजो सामाजिक कलंक हो भन्दिने को त

युवकलाई आगाडि उभ्याउँदै आज पनि यस्ता युवकहरु दलित भएका छन् । दलित त त्यो हो -जो भ्रष्टचार गर्छ जनताको रक्षकको नाममा भक्षण गर्छ । अब त्यस्तालाई चुलाचौका बार्नुपर्छ । निम्न स्तरका काम चाहिँ कुनै वर्गको पुर्खेउली पेशा हो भन्नु र ठान्नु अपराध हो अत्याचार बाहेक अर्थोक केही होइन । यहाँ दलित कोही छैन । हैन छ नै भन्ने हो भने त्यस दलितले समाजका निन्ति अनिष्टकारी कार्य गरेको हुनुपर्छ ।

अधवैँसे आइमाईलाई अधि सार्दै बोक्सीको आरोपमा दानवीय व्यवहार लादिएकी यी नारी यस युगकी चेतना हुन् । अबका नारी कमजोरी हुनुहुन्न । नरले नारीमाथि अत्याचार थोपार्दै आएको यस समाजमा एउटी नारीले अर्की नारीको हक-अधिकारमा अंकुश लगाउनु अर्को घोर विपत्तीको अवस्था हो ।

यो र यस्तो सडकहरुमा यी र यस्तै अनगिन्ती अभिशापका कुराहरु जन्मिएका थिए तर अब जन्मन दिनुभएन । सडकहरुमा यी र यस्तो क्रन्दन र रोदनकमा गीतहरु गुन्जिरहेका थिए तर अब गुन्जन दिनुभएन । हातेमालो गर्दै आउनुस् नयाँ सोच नयाँ विचार र नयाँ उमड्डका साथ नयाँ नेपालको धर्ती टेकौँ । पुर्खाहरुको त्याग सहिदहरुको सपना र जनताको चाहना पुरा गर्न आजैदेखि नयाँ अध्याय शुरु गरौँ । सबैले ताली बजाउँछन् विजयीको मुस्कुराहटका साथ गर्विलो पाखुरी उठाउँदै पात्रहरु अभिवादन लाल सलाम टक्राउँछन् । धन्यवाद





1 comment:

  1. Lahai, badhaai chha nandalal jee

    shubhakaamana.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin