katha

सामाजिक कथा

"सामाजिक कथा"
सरला र प्रतिक एउटै कलेजका साथी थिएँ।तर पढाईको शिलशिलामा पाँच बर्ष देखी यता प्रतिक अमेरिकामा बस्दैआएको थियो। आज पाँच बर्षपछी सरलाको प्रतिकसँग अनयासै बाटोमा जम्का भेटभयो। प्रतिकलाई देखेपछी सरला मौन हुन्छे।आज फेरी सरलाले आँफु भित्र त्यो बितेको रमाईलो दिनलाई एकचोटि सम्झिन पुग्छे। साँच्चै कत्ती ईर्ष्या लाग्दा थिएँ। उनिहरुका ती कलेजका दिन। जो कोईले पनि सहजै कल्पना गर्न सक्छ। समय बितीनै रहेको थियो। जिन्दगीले पनि बदलाव ल्याउने क्रम तीब्र गतिमा उछाल्ता मार्दै आजलाई भुल्दै भोलीको कल्पनामा रमाउन थालीसकेको थियो। तर त्यो भोलीको दिन कती खुसी, कती बेखुसी बोकेर आउँने हो, त्यो त आउँदो दिनमानै टाढा छितिज पारीनै थियो। आहा फेरी एकचोटी फर्केर त्यो समय आउँदो होत । आज सरला आँफै देखी झस्किन्छे। उसलाई सपना लाग्छ।उसको आजको कहालीलाग्दो जिन्दगी। दिन र रात गर्दै प्रत्येक क्षण बद्ली रहेको थियो। तर आज किन हो उसलाई सधा-भन्दा साह्रै नरमाईलो महसुस भित्र-भित्रै बढेको थियो। सरलाले सोचेकीपनि थीईनकी प्रतिकसँग यसरी अपर्झट भेट होला केहीबेर त दुबैले चुप-चाप हेरी रहे अनी सरला के प्रतिकबाट आँखा झुकाएर हिंड्न खोज्छे। प्रतिकको आवाजले उस्लाई रोक्छ। प्रतिक भन्छ Hi सरला, अनी सरलापनी मधुरो आवाजमा हि प्रतिक भन्दै उत्तर फर्काउछे। अनी प्रतिक अचम्म मान्दै सरलातिर हेर्दै भन्छ। Common, सरला साथीलाई पनि यति छिट्टो भुलेकी तिमीले? कलेजमा-त तिमी कत्ती चञ्चल केटी थियौ, तर आज कहाँ गयो तिम्रो त्यो चञ्चलता विवाह गरेपछी। मैले त विश्वाशपनि गर्न सकिन तिमी कति चेन्ज भैइछौ, सरला के भयो तिमीलाई? तिमीत धेरै फरक भैइछौ।अनी सरला Sorry प्रतिक तिमीलाई त्यस्तो लाग्यो होला लामु समयमा देखेर। कुरालाई अर्कै मोड्तिर लान्छे।सुनाउन तिम्रा नयाँ नौला कुरा प्रतिक तिमी अमेरिकाबाट कहिले आएको?सरलाको सोधाईमा प्रतिक जवाफ दिन्छ। एकहप्ता भयो। सरलाको अर्को सोधाई अनी कस्ता भएनी तिम्रा अमेरिकामा बिताएका पलहरु? प्रतिक फेरी सरलाको अर्को सोधाईको पनि जवाफ उसैगरी फर्काउछ,खै सरला खुशि नै मान्नु पर्‍यो दिनभरी त काम-कामै सोच्ने टाईम नै हुँदैन थियो, राती पढाईमा ब्यस्त थोरै फुर्सदको टाईममा नेपालको यादले सारो सताउँथ्यो। बिशेष त हाम्रा कलेजका ती पलहरुले अनी त्यसपछि प्रतिक सोध्छ। सरलालाई तिम्रो सुनाउन सरला कस्ता छन, बैबाहिक जिवन? तिमीले विवाह गरेको कुरा मलाई अमेरिकामानै थाहा भयो। अनी तिमीले त कलेजपनी बिच्चैमा छोडेउरे किन? अनी सरला भन्छे टाईम नमिलेर भनौ होला प्रतिक शायद मेरो भाग्यमा यस्तै रेखाहरु कोरिएका थिए। प्रतिक नसम्झाउँ छोड ती-सब कुरा केहीदिन त नेपालमा बस्छौ होला? अनी प्रतिक भन्छ हेरौ मेरोपनि यसपाली अली लामु समय परिवारसँगै बिताउँ भन्ने सोचाई हो। तर के हुन्छ थाहा छैन सरला। अनी त्यसपछि सरला भन्छे। ल-त प्रतिक मलाई आज अली ढिलापनि भयो थोरै हतारपनी छ। म अहिले जान्छु है?अनि प्रतिक बल्ल-बल्ल यतिका लामु समयपछी भेट भएको हिडन जाउँ कफी पिउँ? अनी सरला भन्छे। होईन प्रतिक उहाँ आउने बेला भयो कुनै दिन खाउँलानी हुन्नर? अनी प्रतिक भन्छ हुन्छ तिमी भन्छेउ भने कसरी हुन्न भनौ म। तीम्रो उहासँग चाँही मलाई भेट गराउँदिनौ? अनी सरला प्रतिकलाई मलिनो स्वरमा जवाफ दिन्छे। भैहाल्छ नि प्रतिक यो कुन ठुलो कुरा हो र। लत कुरा गरदै गरौला, नी फेरी कुनैदिन भन्दै सरला बिदा माग्छे, प्रतिकसँग, अनी प्रतिक भन्छ, तिमीलाई टाईम छैन भने OK. सरला See you later ! ल-त Take care ! भन्दै दुबै आ-आफ्नो बाटो लाग्छन।

तर आज अली ढिलानै भएकोथ्यो, सरला घर आउँदा सरलाको पती मनोज घरमा आइसकेको थियो। सरला ढोकाबाट के भित्र पस्छे,उस्को पती मनोजको महाभारत शुरु हुन्छ। आज कोसँग रमाईलो मनाएर घर आउन धिला भयो नी? मनोजको शंका गर्नेबानी साह्रै नराम्रो छ। सरलाले उस्लाई कत्ती बुझाउन नखोजेकी कहाँ होर तर उस्को बानी भने कहिल्यैपनि सुध्रेको होईन। आजपनी मनोजले धेरैबेर नचाहिदा कुरामा रडाको मच्चायो। अब त सरला मनोज देखी हार खाइसकेकी छ। उसका बाँच्ने शाहस पनि केबल रित्तो भैसके, तर कस्ले बुझ्ने जस्ले अग्नी साँची राखेर मारे पाप, पाले-पुण्य भनेर उस्को हात थामेर जिन्दगीको दु:ख सुख मिलेर झेल्छु भन्ने नै अबुझ भएपछी। गएको सालबाट सरलाले स्कुलमा टिचर् गर्न थालेपछि त्यहाँबाट त झन मनोजको शंकाको सिमाले धेरै बाहिर नाघेको छ। तर के गर्ने एउटी नारी मजबुर छे। यो पुरुष प्रधान समाजमा केवल मौन भएर बाँच्न। आफ्नो पिडा कतिलाई सुनाएर साध्य। कतिको नजरबाट झरेर बाँच्नु त्यसैले आँसुसँगै पिउँछे उस्को दु:ख, हरेक दिन सरलाको लागि एउटा कष्टकर भएर आउँछ, फेरी रातसँगै अस्ताउछ, अनी दिनसँगै उदाउँछ, तर मनोजको त्यो बानी एउटा आदतमा परिणत भैसकेको कारणले ऊ धेरै-धेरै अबुझ बन्दै गएकोथ्यो। मनोज हरेक पल्ट सरलाको गल्ती देखाउँछ, जहिले ऊ एउटै कुरामा अडिग हुन्छ। उसलाई सरलाले कति भनेकी टाईम निकालेर डाक्टरकोमा चेक गराउँन जाउँ भनेर मानेको होइन मनोज जहिलेपनी सबै दोष सरलाकोनै टाउकोमा थुपार्छ। सरलाले उसलाई कुनै सन्तान दिन सकिन रे हो, सरलालाई पनि पिँडाभएको छ विवाह गरेको यतीका बर्ष बितिसक्दापनि आमा भन्ने कुनै मायालु आवाज सुन्न नपाउँदा, के यो सरलाको मात्र पनि त दोष नहोला किन? बुझ्दैन मनोज कुरा यो पनि बुझ्नु पर्छ। कि नारीको वैवाहिक जिवनपछि उस्को सबैभन्दा खुशीको क्षण उस्को सन्तान हो भनेर। बुझ्नेलाई भन्नुनै पर्दैन देखेरनै बुझ्छ। अबुझलाई कसले सम्झाउने कुरानै नखाएपछि। जिन्दगीमा धेरै खुशी सँगालेर जिउने इच्छा, मात्र एउटा दिवा-सपना भयो सरलाको लागि। सबैजना पढेर कहाँ-कहाँ पुगे सरलाको भने यि नै फजुल कुरामा अल्झिएर दिन गयो, हिजो कलेजमा छँदा कत्ती महत्व थियो। समयको तर आज त्यही समय बिताउन प्रत्येक पल्ट जिउँदै मरिरहेकी छ सरला,जब मनोज सरलाको हात-माँग्न सरलाको आमा-बुवा कहाँ आएको दिन कति मिठा कुरा गरेकोथ्यो मनोजले सरलाको आमा-बुवासित जत्ती पढेपनी पढाउनेछु। सरलाका आमा-बुवापनि कत्ती खुशी भएर सरलाको सुखी भविष्यको कामना सहित मनोजको हातमा आफ्नी छोरीको हात सुम्पिएका थिए, तर आज ती सबै कुरा सपनामा पनि सम्झिद सरम लाग्छ सरलालाई,उस्कोनै चिन्ताले कहिल्यैपनि आँखा नओभाईकन परलोक भयो। सरलाको आमा-बुवाको। एउटा भएको दाजुपनी भाउजुका कुरामा लागेर एउटै आमा-बुवाका सन्तान हौ हामी भन्ने कुरापनी उस्ले भुलेछ, सरलाको दाजु खानेपानी संस्थानको हाकीम छ। पोस्ट हाकीम भएर के गर्ने मनमा दयाधर्म नभएपछी। कति अनौठो कथा कापीमा लेख्दा तर पनि जिउनुनै पर्दो रहेछ।यो जिन्दगीको रितसँगै नत्र सुखै छैन। कत्ती हाँसो लाग्दो कुरा नानी नजन्माउनेको अनुहार हेर्नु हुँदैन रे? के गरोस सरलाले उसले चाहेर-त नानी नजन्माकी-त होइननी लेखान्त नै त्यस्तो भएपछी। नत्र कुन छोरी मान्छेलाई आफ्नो काखमा बच्चा खेलेको हेर्न मन लाग्दैन होला उपनी चाहन्छेकी एउटा सन्तानको मुख हेरेर हरेक दु:ख बिर्सिन तर के गर्नु भन्दैमा नहुने रहेछ त? सरला निकै गहिराईमा डुबिछे। सोंच्दा-सोंच्दै यो कस्टकर समयपनी झन्नै ओझेल भएछ। अनी हतार-हतार किचन तिर लाग्छे। अनी मनोजको आवाज सरला? मनोजको आवाजसँगै सरला मनोजको कोठामा छिर्छे, अनी मनोज मेरो लागी के तयार भयो? अनी सरला हुँदैछ। मनोज कोसँग आँखा लडाएर बसेउ नी? घाम यती माथी आउँदासम्म तिमीलाई थाहाँ छैन मलाई ओछ्यानबाट उठने बित्तिकै खाजा चाहिन्छ भनेर? । अनी सरला कुनै जवाफबिना चुप-चाप मनोजको कोठाबाट बाहिरिन्छे। र किचन तिर जान्छे, हतार-हतार उस्कालागी नास्ता तयार पार्छे तर मनोज नखाइँकन बाहिरिन्छ केही नबोली। दिक्क हुँदै सरला फेरी लामु-लामु सासको सुस्केरा फाँल्दै कुर्सीमा गएर बस्छे। केहीबेरपछी फोनको लामु-लामु घण्टी बज्छ। अनी सरला हेल्लो? चिरपरिचित आवाज उता बाट पनि हेल्लो सरला? प्रतिकको रहेछ। अनी सरला भन प्रतिक के छ तिम्रो खबर आरम छौ? प्रतिकले उत्तर दिन्छ। आरमनै भन्नु पर्‍यो सरला। अनी सरलाले सोध्छे मेरो नम्बर कहाँबाट पायौ नी प्रतिक तिमीले? प्रतिक भन्छ बिन्दुसँग रहेछ। म अहिले उस्कोनै घरबाट हो सुनन सरला तिमीलाई टाईम मिले आउँन? प्रतिकको भनाईमा सरला भन्छे होइन प्रतिक आज मलाई अली सञ्चो नभएर हो हेरन आज स्कूलपनी गईंन। अनी प्रतिक भन्छ तिम्रो उहाँलाई छोड्न मन नभएर होकी? भन्दै हाँस्छ।अनी सरला भन्छे छिया तिमीत कस्तो होइन त्यस्तो'त केही प्रतिक तिम्रो त अझै बानी उस्तै रहेछ। कतिपनी बदलेको छैन? अनी सरला प्रतिक अहिले ब्यी है?किनकी भेटेरनै कुरा गरौलानी। अनी प्रतिक भन्छ।OK सरला तिमीसित मेरो भेट्नुनै पर्ने छ, कहिले टाईम हुन्छ, भनन? अनी सरला भन्छे हेर प्रतिक म अहिले तिमीलाई Promise!गर्न सक्दिन तर टाईम निकालेर जरुर भेट्नेछु, हुन्न? अनी प्रतिक हेरन सरला मेरो दादाले एउटा बोडिङग स्कूल खोलौं भन्दै हुनुहुन्छ। तिमीत शिक्षिका धेरै अनुभव छ। त्यसैले Please थोरै टाईम दिन्छेउँकी मलाई भनेर? अनी सरला भन्छे प्रतिकलाई हुन्छनी जानेको सुझाब र सल्लाहा त पक्कै दिनेछु प्रतिक। यो सब कुरा भेट्मा गरौला है? Have a Good day! प्रतिक अहिलेलाई Byeeee भन्दै फोन राख्छे। प्रतिकपनि OK Take care! भन्दै हातको फोन टेबलमा राख्छ। अनी बिन्दु चिया बोकेर भित्र पस्छे। प्रतिक घोरिएर बसेको देखेर बिन्दु सोध्छे के भयो? प्रतिक निक्कै सोंचमा डुबेका छौनी। चिया लिउँ भन्दै दिन्छे। अनी प्रतिक बिन्दुको हातबाट चिया लिन्छ। र भन्छ बिन्दु? अनी बिन्दु हँ भनन प्रतिक कुरा केहो? अनी प्रतिक भन्छ बिन्दुसँग मलाई एउटा कुरा देखी साह्रै अचम्म लाग्यो बिन्दु| हाम्रो साथी सरलाको के त्यस्तो बोल्ने केटी कलेजमा छँदा तर कत्ता-कत्ता विवाह गरेपछी धेरै अनौठी भएकी होगी खासै मनलगाएर नबोल्ने भैछे । बिन्दु तिमीलाई केही थाहा छ? उस्को वारेमा सोध्छ प्रतिक बिन्दुलाई। किन त्यस्तो भयो कलेजमा हुँदा त कानुन पढेर कानुनविद हुन्छु अनी अन्यायमा परेका महिला दिदी बहिनीहरुलाई न्याय दिलाउँछु भन्ने केटी आज त विश्वाश नै लाग्दैन होगी बिन्दु अनी बिन्दु भन्छे खै प्रतिक हेरन हामी नजिक भएर पनि कहिलेकाँही बजारमा भेट्दा सञ्चो बिसञ्चोको खबर सोधा-सोध हुन्छ। धेरै कुरा गर्न टाईम पनि हुँदैन उस्लाई पनि रूममा पुग्न हतार मलाई पनि त्यहि हो सधैंको ब्यस्तता। कत्तीचोटि बोलाएँ भेट हुँदा कहिलेकाँही आउन घरतिर भनेर हुन्छ-हुन्छ भन्छे। तर कहिले पनि आएकी होइन। अनी प्रतिक सोध्छ बिन्दुलाई नानी भएको छैन? बिन्दु सरलाको!अनी बिन्दु भन्छे छैन। ए भन्दै प्रतिक भन्छ शायद त्यसैको चिन्ता होला उस्लाई भन्दै हातको घडी तिर हेर्छ।प्रतिक टाईमपनि साँझको सात बजेछ। अनी प्रतिक बुवा-मुवाले खाना कुर्नुहुन्छ भन्दै बिन्दुसँग बाट छुट्टीएर घरकोबाटो लाग्छ। यता मनोज रात छिप्पिएर मध्य हुँदापनि घर आएको छैन। सरला बाहिर बरणडाबाट टाढा-टाढासम्म आँखा डुलाउछे। तर मनोजको घर आउने कुनै छाँटकाट छैन।अहिलेसम्म अनी सरला ढोका बन्द गर्छे र बिस्तारमा गएर पल्टिन्छे। बिहानीले घामको किरण छोडिसकेछ तर मनोज हिजोको राती घर आएन। अनि सरला हिजोपनी स्कुल नगएको। आज जानेतयारीमा लाग्छे। उस्को यो कहिले स्कुलमा हाजिर हुने कहिले नहुने बिरुद्वमा कति चोटी हेड सरले सम्झाउनु भएको, तर के गर्ने सरला कतीचोटी बिना उत्तर कुरालाई टारिदिन्छे। हेड् सरले धेरै चोटि भन्नु भएको छ नियमितता दिन सक्दिनौ भने स्कुल छोड। तिम्रो कारणले हाम्रो बच्चाहरुको आउँदो भविष्यमा नराम्रो असर पर्नेछ । होपनि बच्चाको अहिलेको शिक्षाले आउँदो भविष्यको गोरेटोको निर्माण गर्छ। अनी आजपनि सरलाले अब देखी यस्ता गल्तिहरु नगर्ने बाचा गर्छे। उस्कोपनि आदत बनिसक्यो घरको सधैंको किचलोले तर अहिलेपनि केही बिग्रिसकेको भने थिएन। मनोजले बुझिदिए त तर मनोज झन दिनानुदिन खराब बन्दैथ्यो हुँदा-हुँदा हिजोबाट-त ऊ घरमा नै आउन छाडेको छ। कत्रो ठुलो सजाय। जिन्दगी यस्ता धेरै सरलाहरु छन। जिन्दगीका सजाय घरको चारदिवार भित्र भोग्ने बिना गल्ती तर चुप्-चाप सहनसिवाए केनै गर्नुर? आफ्नो भाग्यको लेखान्त नभोगी सुखनै छैन मान्छेले। सबै भन्दा नजिकको नाता एउटा पतिले आफ्नी पत्निको ब्यथालाई नबुझिदिएपछी, अनी एउटी नारीको ब्यथा अर्की नारीले नबुझिदिएपछी कुरा जहाँको त्यहाँनै हुन्छ। कहिल्यैपनि बदलिदैंन हाम्रो समाजका कुरितीहरु। आज सातदिनपछि मनोज घर आयो उल्टै भन्छ मनोज सरलालाई म नहुदा कति रमाइलो भयो होला हगी? अनी सरला मनोजलाई भन्छे तपाईंका यी नचाहिंदा कुराले अब धेरै-धेरै सिमा नाघिसकेको छ। आज कुरा गर्नुस म बाट के भुल भयो? के नानी जन्माउन नसक्नुनै मेरो भुल यदी हो भने कसरी सोंच्नु हुन्छ कि आँफुलाई चाहिं निर्दोष किन बुझ्नु हुन्नकी दुबैजना डाक्टर कहाँ जाउँ डाक्टरको सल्लह र सुझाब लिउँ भनेको किन मान्नु हुन्न? जवाफ दिनुश मेरा कुराको? अनी मनोज भन्छ स्वाङ पार्नु पर्दैन छैन मसँग कुनै जवाफ तिम्रा कुराको। म अर्कैसँग विवाह गर्दैछु। यही हो तिम्रो जवाफ अनी सरला भन्छे मनोजलाई किन? मेरो जिन्दगिको कुनै मोल छैन? अनी मनोजको तितो जवाफ के मोल जब एउटा सन्तान सम्म दिन नसक्ने आईमाईको। तिमी जस्ता सरलाको कमी छैन अझै जतिपनी पाईन्छन। अनी सरला वा-वा पतिदेब कति महान बिचार यहाँको आँफु खराब भएपछी संसारनै खराब देख्ने यहाँका आँखालाई कुनै जवाफ छैन मेरो । जबकी एउटी नारीलाई लत्ताएर अर्की नारीलाई अँगाल्दा योपनी सोच्नु भएन,के तपाईं सोच्दै हुनुहुन्छ की तपाईंकी प्रेमिकासँग बिहे गर्दैमा जिवनमा संघर्षको अन्त्य हुन्छ। यदी सत्यलाई प्रेम गर्नुहुन्न भने तपाईंको दाम्पात्य जिवनको सुख केवल ढोगंमा परिणत हुन्छ। जानुसबाटो खुल्ला छ । म रोक्न चाहन्न तपाईंको सुन्दर चाहनालाई किनिकी तपाईं पुरुष हो यो समाजले पुरुषलाई कुनै रोक लगाउदैन र त तपाईंहरु निर्धक्कसँग गल्ती गर्नु हुन्छ। जानुस सधैंकालागी बन्द भयो यो सरलाको मनको ढोका। नयाँ जिवनको शुभकामना पनि साथमा लिएर जानुस सधा-सधा खूशि भएर जिउनुस र यहाँकी उनीलाईपनि सधा सौभाग्यवती भएर बाच्नु भन्ने कामना लगेर सुनाईदिनु होला।यो कर्महाराको तर्फबाट अनी ढोकाबन्द गर्छे सरला ।

-गीता थापा
ईजरायल

4 comments:

  1. राजु याक्थुम्बा "पाँचथरे"August 3, 2009 at 12:58 PM

    You Rock,, Gita its really remarkable post.

    ReplyDelete
  2. हाई गीता जी तापैको सामाजिक कथा धेरै राम्रो छ
    तापलाई सुवकामाना छ
    योगेन्द्र
    धुपू-१ लेब्रांग
    संखुवासभा
    हाल- मलयेशिया
    email-yogendra.yogen@yahoo.com

    ReplyDelete
  3. गीता जी तपाईंको कथा एक दमै राम्रो छ । हो समाजमा मानिस् य्स्तै प्रकर्क हुन्छन्।कती मान्छे मुर्खातको घमन्द गर्छन् तर समाझ् म बसेर सबैको भावन लै बुझनु पर्ने हो तर किन बुझिदिन्दैनन्
    साएत् एक् अर्कामा आफ्नो सोच्ने छमता नै नभएर त होइन।नारी ले केहि गरेर देखेउनु परो नि कि कसो हो?

    ReplyDelete
  4. सम्पुर्ण भोजपुरे साहित्यिक ब्लगमा आफ्नो अमुल्य रचना पठाएर सहयोग गर्नु हुने मित्रहरुमा हामी भोजपुरे प्रकाशक समुहको तर्फबाट नमस्कार तपाईंहरुसँग पनि यस्तै रचना छ अनि पहिलो चोटी यो ब्लग हेरिरहनु भएको छ भने कृपया आफु सँगका पलहरु हामीसँग बाँड्नुहोस, भ्रमणको त्यो अबिष्मरणिय क्षणहरु, हृदयभित्रका उथलपुथल भावनाहरु कबिता बनाएर पोख्नुहोस वा गजल,गीत, रुवाई, मुक्तक, अनि कसैलाई हसाउँन चाहनु हुन्छ भने लेखीहाल्नुस चुटकिला अनि हामीलाई सरासर हाम्रो ब्लगको इमेल ठेगानामा पठाउन नभुल्नुहोला।
    Email us:
    bjbhojpure@hotmail.com
    rai_zone20@yahoo.com
    tawa_rai@yahoo.com

    धन्यबाद।
    सुखी रहनुहोस र अरुलाई पनि सुखी बनाउने प्रयासगर्नुहोस
    ईस्वर सदासदा तपाईंहरुको कल्याण गरुन।

    भोजपुरे ब्लग परिवार

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin