katha

भ्रमण

दिल्ली-काठमाडौँ बस यात्राका क्षणहरु .......!



भारतको राजधानी स्थित नेपाली दूतावासमा एउटा कूटनैतिक कर्मचारीको रुपमा परराष्ट्र मन्त्रालयबाट सरुवा भै माघ २ २०६२ जनवरी १५ २००६ मा आए पछि नयाँदिल्लीदेखि काठमाडौंसम्म बस सेवा भएको थाहा पाउँदा निकै खुशी भएको थिएँ म । किनकि यात्रालाई आपुनो जीवनको एउटा हिस्सा स्वीकारेर नै यात्रा लेखनमा करीव डेढ दशक विताइ सकेको छु मैले । हवाइ यात्रा रेल यात्रा बस यात्रा तथा पानी जहाजका यात्राहरु अव्वल श्रोत बनेका छन् मेरा । त्यसैले नयाँ दिल्ली बसाइको बेला उपयुक्त समयमा बसबाट यात्रा गरेर काठमाडौं पुग्ने धोको बोकेर प्रतीक्षारत रहेँ म ।
समय वगि नै रह्यो मेरो आँखाबाट । दिनमाथि दिन खप्टिदै उरुङ चाङ वन्दै गयो । तैपनि उचित समयको पर्खाइमा गमजस्तै टाँसिएर रहेँ म । बेलाबेलामा नयाँ दिल्लीमा बसोबास गर्दै आउनु भएका श्री कृष्ण गैरे आउनुहुन्थ्यो र बसको बारेमा सूचना दिइरहनु हुन्थ्यो उहाँ । व्यास नगरपालिका तनहूँ नेपालका निवासी गैरेजी बस व्यवसायसँग सम्वध्द भै करीव डेढ दशक विताई सक्नुभएको छ नयाँ दिल्लीमा । कुरै कुरामा दिल्ली काठमाडौँ बस यात्रा एकदम रोमान्चक हुन्छ र पश्चिमी नेपालको दर्शन पनि मनग्यै हुनसक्छ । त्यसैले सरले एकपटक बसयात्रा गर्नु भएमा जीवनको एउटा महत्वपूर्णपल वित्न सक्छ । समय मिलाएर एक पटक बसबाट काठमाडौँ जानुहोस् भनी भित्री योजनामा उत्साह जगाइ रहनु हुन्छ । एक दिन कुरैंकुरामा बसहरुको यात्रा मार्ग बारे जानकारी लिएँ मैले ।
दिल्लीबाट लखनउको वस्ती भन्ने स्थान भएर सुनौली रुपन्देही भएर जाने एउटा बाटो रहेछ भने अर्को बाटो कृष्णनगर बदनी कपिलवस्तु भएर नेपाल प्रवेश गर्ने कुरा वताउनु भयो । त्यस्तै प्रकारले नेपाल प्रवेश गर्ने अन्य नाकाहरुमा रुपैडिया भएर नेपालगन्ज वाँके र अर्को नाका वनवासाको गड्डाचौकीबाट महेन्द्रनगर कन्चनपुर रहेको कुरा वताउनु भयो । साथै विदेशीहरुका लागि कृष्णनगर नाकामा अध्यागमन सुविधा नभएको कुरा पनि वताउन भुल्नु भएन उहाँले ।
बसको मार्ग वारे जानकारी प्राप्त भएपछि नेपालको नक्सालाई सरसर्ती सम्झिएँ । अनि खुशवन्त िसंहको ूट्रेन टु पाकिस्तानू पढ्दाको क्षणलाई स्मरण गरेँ मैले । खुशवन्त िसंहले भारत र पाकिस्तान छुट्टिदाको समयलाई केन्द्र विन्दू मानेर उपन्यास लेख्नु भएको छ । मैले यात्रा गर्ने परिस्थिति ूट्रेन टु पाकिस्तानू भन्दा फरक छ । फेरि लेखाइमा पनि भिन्नता हुन्छ खुशवन्त िसंह र मेरो । त्यसरी अर्का प्रसिध्द यात्रा लेखक पावल थेरोउक्स ९एबगि त्जभचयगह० को ूगे्रट रेल वे बजारू नामक पुस्तकहरुको यात्रा भन्दा पनि फरक खालको यात्रा हुन्छ दिल्ली काठमाडौँको बस यात्रा । जे भए पनि दुई देशको वीचको यात्रालाई समेटेर लेख्नु भएकोले एकाएक सम्झना पुगेँ खुशवन्त सिँहलाई ।
यस्तैमा घरायसी काम विशेषले काठमाडौँ जानु पर्ने स्थिति आइपुग्यो मेरो सामन्ने । त्यसपछि रत्नसँग सल्लाह गरेँ बसबाट जानु पर्ला कि भनेर । गत वर्ष नभेम्वर १ २००६ मा छोरालाई भेट्न भनी अमेरिका जाँदा ल्याएका पुस्तकहरु दुई सुटकेश जति छन् । दिल्ली मै खरीद गरेका पुस्तकहरु र अन्य सामानहरु पनि छन् । नेपाली प्रचलन अनुसार नातागोता र साथीभाइलाई सानोतिनो उपहार पनि लैजानु पर्ने भएकोले दुई ठूला सुटकेश र तीन चारवटा मझौला कार्टुनभरि सामान भएकोले हवाइ यात्रा भन्दा सजिलो बस यात्रा हुनेजस्तो लाग्यो मलाई । फेरि हवाइ यात्रामा बीस के।जी।sा दरले मात्र निःशुल्क लैजाने सकिने र एक्सेस व्यागेज भएमा धेरै शुल्क लिने भएकोले महँगो सावित हुन्छ हवाइ यात्रा । त्यसैले साथमा सामान लैजान सजिलो हुने भएकोले बसबाट नै काठमाडौँ जाने योजना बनायौँ हामीले ।
बस यात्रामा जुट्ने निर्णय भएपछि कृष्ण गैरेजीलाई फोन गरेँ । तर उहाँको बस दिल्लीको जहाँगीर पुरीबाट विहान दश वजे पोखराको लागि प्रस्थान गर्ने र भोलिपल्ट दोपहरमा मुङ्लिन पुग्ने भएको कुरा थाहा पाउँदा त्यति सहज नहुने भयो । किनकि मुङ्लिनबाट काठमाडौको यात्रा असहज हुने कुरा स्पष्ट भयो । तैपनि उहाँले मुङ्लिनमा बस मिलाई दिए पछि पोखरातर्पु बस लाग्ने कुरा जिकिर गर्दै उनकै बसबाट जान अनुरोध गर्नु भयो । गैरेजीको बसबाट यात्रा गर्दा हिडेको दोश्रो बेलुकी काठमाडौँ पुगिने एकप्रकार निश्चितजस्तै छ । यदि वीच बाटोमा कुनै अवरोध नभएमा । त्यसैले उनकै बसबाट यात्रा गर्ने हो कि भनी दुई सीट आरक्षित गर्ने काम पनि गरेँ । तैपनि सामान यताउता गर्न कठिनाइ हुन्छ कि भन्ने लागिरहेथ्यो मलाई । सीधै मज्नुका टिलाबाट काठमाडौँ जाने बसबाट यात्रा गर्ने कि भनी सोचिरहेको थिएँ मनमनै ।
यस्तै क्रममा एकदिन नेपाल मंजुश्री यातायात प्रा.लि. अध्यक्ष श्री लाक्पा शेर्पा र संस्थाका अर्का पदाधिकारी श्री छिरिङ शेर्पा काम विशेषले दूतावास आउनु भयो । उहाँहरुसँग कुरै कुरामा बसबाट काठमाडौँ जाने विचार गरेको कुरा पनि सुनाएँ । मेरो कुरा सुनेर श्री लाक्पाजीले भन्नुभयो -त्यसो भए आफू पनि

फर्कनु पर्नेछ काठमाडौँ । एउटा बसमा जादा के फरक पर्दछ र बरु सँगै जाऔन कुरा गर्दै ।ू प्रस्ताव समेत राख्नुभयो लाक्पाजीले ।
ूमैले यही पुस ६ २०६४ शुक्रबार डिसेम्वर २१ २००७ का दिन प्रस्थान गर्ने निर्णय गरेको छु । तर काठमाडौँ सीधै नभएर पोखरा जाने बसबाट गई मुङ्लिनसम्म गई त्यहाँबाट अर्को बस फेरेर काठमाडौँ जाने विचार गरेको छु ।ू यो कुरा सुन्नु वित्तिक्कै श्री लाक्पाजी भन्नुभयो -ूसीधै नगएर किन अर्को रुटको बस छान्नु भएको हाम्रै कम्पनीको बसमा जानुहोस् । बरु एक जनाको भाडा नलिने गरी मिलाउँला ।ू
ूबस भाडासँग सम्झौता गर्दिनँ म । बरु केही सामानहरु छन् बसको डिकी बसको पछिल्तिर वा पेटमा सामान राख्न वनाइएको स्थान मा राखिदिने व्यवस्था मिलाई दिनु होला ।
कुनै चिन्त गर्नु पर्दैन । सामान सुरक्षितपूर्वक राखी दिने काम हाम्रो हो । श्री लाक्पाजीले एक प्रकार एउटै बसमा यात्रा गर्नु पर्छ भन्नु भएकोले स्वीकृति जनाएँ मैले । त्यसैले टिकट बुक गर्ने कर्मचारी श्री विट्टुलाई फोन गरी सीट आरक्षित गर्ने काम गरेँ । सीट नं। पाँच र छ राखी दिनका लागि अनुरोध गरेँ श्री बिट्टुलाई । त्यस पछि बस यात्राबाट काठमाडौँ जाने पक्कापक्की भयो ।
यात्रामा जुट्ने दिन विहान उठी काठमाडौँ लैजाने सामानहरुको लगेज तयार पार्ने काम भयो । काठमाडौँ छोडेर आएको पनि ७०६ दिन भएछ आज । वाहिर जाडो छ । सदा झैँ द एशियन एजू पत्रिका आइपुग्यो । तापक्रम हेरेँ आजको । अधिकतम् तापक्रम २२ दशमलव दुई डिग्री सेण्टिग्रेड र न्यूनतम् पाँच डिग्री सेण्टिग्रेड रहेको छ । गत वर्षको आजैको दिनमा क्रमशः २२ दशमलव सात र सात दशमलव आठ रहेको थियो । यसरी सरसर्ती तुलना गर्दा पनि जाडो बढेको स्पष्ट हुन्छ । तर यात्रामा निस्कनु पर्ने भएकोले हतारहतार सबै सामानहरु तयार पार्ने काम गरी नौ वजे राजदूतावासमा गई केही दिनका लागि मैले सम्पन्न गर्नु पर्ने कामहरु राजदूतावासकै सहचारी श्री बाबुकाजी डंगोलजीलाई जिम्मा लगाउने र कार्यकक्ष तथा दराजहरुको साँचोहरु जिम्मा लगाउने काम गरेँ । कामहरु जिम्मा लगाए पछि घरमा आइ खाना खाएर तयारीमा रह्यौँ हामीहरु ।
साढे वाह्र वजे चालक श्री राजेन्द्र भण्डारी आउनु भयो । उनले सामानहरु कारमा राख्ने काम गर्नुभयो । दूतावासकै परिचर श्री गणेश पौडेल पनि आउनु भै सामानहरु कारमा राख्न सघाउने काम गर्नुभयो । सामान सबै कारमा राखे पछि प्रस्थान गर्यौँ बाराखम्वा स्थित मण्डिहाउस गोल चक्करबाट मज्नुका टिलाका लागि । हामी चढेको कार विस्तारै मण्डिहाउस मेट्रो स्टेशन तिलक व्रीज विकास मार्ग भएर चक्रपथ समाएर वाँयातर्पु लाग्यो । राजघाट शक्तिस्थल विजयघाट दाँयातर्पु र दरियागन्ज तथा लालकिल्ला बायाँतर्पु पार्दै एकनासले हुँइकिदो छ मज्नुका टिला पुग्नलाई । क्रमशः मोटरले आइ।एस्।वी।टी। इन्टर स्टेट बस टर्मिनल भएर निगमवोध घाटलाई दाँया पार्दै अगाडि बढेर मज्नुका टिला पार्कमा पुगेर रोकियो मोटर ।
मज्नुका टिला पार्कभरि खयरका वोटहरु उभिएका छन् ठिङ्ग । दाँयापट्टि यमुना नदीको बगर डङ्ग्रङ्ग पछारिएकोजस्तै स्थितिमा रहेको छ । पार्कको वीचमा तीनवटा काठमाडौँ जाने बसहरु खुशीले उभिएका छन् । पार्कको पल्लो छेउमा शिलिङ हाल दिल्लीमा अनियमित तरीकाले वनाइएका घर टहरा मन्दिर एवं निवासका लागि वनेका घरमा रहेका पसल कवल वा शटर राखेको भए सो भत्काउने कार्य दिल्ली सरकारले गरिरहेको ले चिथोरेको शिव मन्दिरको छेवैमा साधुहरु धुनी जगाएर बसेका छन् । वगरभरि गाई भैसीहरु चरिरहेका छन् । यमुनाको प्रदुषित पानी धमिलोरुपमा वहिरहेको छ निरन्तर । बगरको पारिपट्टि घना जङ्गल र सुकेका काँसको फुस्रो वुट्यानहरु बस पार्कमा चनाचटपटे चिसो पानी जुस तथा आलु चिप्स बेच्नेहरुको हल्ला बसको छतमा सामान लोड गर्न डोरीले वाँधेर माथि चढाउनेको आवाजले गुन्जयमान छ मज्नुका टिला पार्क । पर पुलमा दिल्लीबाट पानीपत हरियाणा जाने यमुना नदी माथि वनेको पुलमा पानीपत सोनेपत तथा कर्नालतिरबाट आउने मोटरहरुको रहरलाग्दो भीडमा आँखा दौडाउँदै करीव दुई घण्टा विताएँ मैले ।
राजदूतावासमै कार्यरत काउन्सेलर श्री पुष्कर रेग्मी पनि बस पार्क पुग्नु भएको रहेछ भतिजी स्मृति चन्दलाई पुर्याउन । बस पार्कमै भेट भएर चिनजान र कुराकानी भयो । एक प्रकार रमाइलै क्षण भएर वित्यो मज्नुका टिला पार्कमा समय ।
लाक्पा शेर्पाजीको काम वाँकी रहेकोले दिल्ली मै बस्नु हुने भएको कुरा फोनमा बताउनु भयो मलाई । हाम्रो सामानहरु ना।१ ख। ९००७ को बसको डिकीमा राखी सकिएकोले बसकै सीटमा गएर बस्ने काम भयो । वाहिर धूलो उडिरहेकोले बसको भित्रै बस्न उपयुक्त सम्झियौँ हामीले ।
अपरान्ह पन्द्रवजेर वीस मिनेट जाँदा गुड्ने क्रममा लाग्यो बस । आइ।एस।वी।टी। शाहदरा दिलशाद गार्डेन आदि दिल्लीको स्थानहरु नाघेर उत्तर प्रदेशको साहिवावाद गाजीयावाद हुँदै सोह्र वजेर वीस मिनेट जादा हापुड सहरमा पुग्यो बस । साहिवावादको वीचमा बस गुडिरहँदा सडक नाटकका अगुवा सफदर हासामीलाई सम्झना पुगेँ मैले । गत वर्ष अर्थात् डिसेम्वर २५ २००६ का दिन मेरा एक मित्र देव नेपालसँग सफदर हासामीलाई सडक नाटक प्रदर्शन गर्दागर्दै बद्मासहरुले गोली हानेर हत्या गरेको स्थानमा पुगी श्रध्दान्जली चढाएको थिएँ मैले । हासामीलाई सन् १९८९ अपि्रल १२ का दिन ूहल्ला बोलू नामक सडक नाटकको मन्चन गरिरहेको समयमा गोली हानी हत्या गरिएको थियो साहिवावादमा । हासामी एक श्रष्टा र चिन्तक थिए । अनि थिए कैफी आजमीका मिल्ने साथी । तर अचम्म लाग्छ आवाराहरुको के विगारेको थियो र हासामीले तै पनि एउटा श्रष्टालाई काउछो सम्झेर कमजोर बाटो किन रोजे होलान् आवाराहरुले । मूर्खहरुको टाउको छाती र खुट्टामा एउटै चिन्तन हुन्छ । असल काम गर्नेहरुलाई पत्ता साफ गर्ने । तर तिनीहरुको विजय भौतिक शरीर माथि मात्र सीमित हुन्छ । निस्वार्थ सम्पन्न गरिएको कार्यबाट मिलेको सम्मान तथा आदरको महान व्यक्तित्व माथि कदापि विजय हासिल गर्न सक्दैनन् आवाराहरुले । तैपनि एउटा अव्वल श्रष्टाको असमायिक देहवसान भएको स्थानमा पुग्दा अत्यन्तै सम्वेदनशील बनेको थिएँ म ।
बसभन्दा धेरै पछि रहेछु म । बसले हापुर टोल रोड मसुरी धर्म काँटा नाघेर मुरादावाद टोल रोडमा वील लिएर केही रकम भुक्तानि गरिरहेको पाएँ । बाटोका दुवैतिर ऊखुका बोटहरु देखेर निकै रमाइलो लाग्यो मलाई । ऊखु बारीको दृश्य निकै रमाइलो लाग्यो मलाई । अझै एक लाक्रा ऊखु पाए झन् सुनमा सुगन्ध हुने थियो भन्ने सोचेँ मनमनैै ।
विकास खण्ड हापुरमा दौडिन थाल्यो बस । आँपका रुखहरु लहरै उभिएका छन् फाँटभरि । आँपका बोटहरुका छेउमा कालोकालोजस्तो रङ्गमा ऊखुहरु पनि उभिएका छन् । बस चलिरहेकै बेला बाटोका एक छेउमा ूअङ्ग्रेजी बोल्न सिखिएू भन्ने साइनबोर्ड सुनसानमा ठडिएको छ । त्यहाँ कुनै वस्ती छैन । घरहरु छैनन् । केवल लमतन्न सुतेको छ बाटो । आँपका बोटहरु र ऊखुको घारी छ । अचम्म छ कुन उद्देश्य र प्रयोजनका लागि राखिएको होला त्यो साइनबोर्ड बसबाट वरिपरि दृश्यपान गर्ने क्रममा घोरिन वाध्य पार्यो मलाई ।
फेरि अर्को टोल रोडको काउण्टरमा आइपुगिएछ थपक्कै । तोकिएको रकम बसको खलासीले तिरेर भुक्तानि रसीद हातमा लिएर हतारिँदै चढ्यो बस । फेरि उही रपुतार उही गति उही यात्रुहरु बोकेर उस्तै बाटोमा दौडिन थाल्यो बस ।
साँझ छिप्पिदो धमाधम । चिसो हावा ठोक्किंदो छ बसको शरीरभरि । तैपनि बसमा यात्रारत हामीलाई भने स्पर्श गर्न सकिरहेको छैन चिसो हावाले । बसको सम्पूर्ण भुयाल र ढोकाहरु बन्द गरिएका छन् । अन्धकारले मात्र लखेटिरहेको छ आँखाको रोशनीलाई । निकै भयानक र डरलाग्दो रुप लिएर अँगालो मारिरहेको छ सम्पूर्ण बसलाई । बसको अगाडितिरको बाटोमा केही देख्न सकिँदैन । तर बस भने आपुनो हेड लाइटको सहारा लिएर घिसि्ररहेको छ उत्तर प्रदेशको भूमिमा ।
पाँच घण्टा निरन्तर बस यात्रा गरेपछि मुरादावाद स्थित नन्दन कानन् रेष्टुराँ ९ल्बलमबल प्बलबल च्भकतबगचबलत० मा पुगेर रोकियो बस । मज्नुका टिलाबाट बस प्रस्थान गर्दागर्दै प्रत्येक यात्रुलाई एक÷एक वोतल मिनेरल वाटर वितरण गर्ने काम गरेको थियो बसकोतर्पुबाट । त्यसपछि आपुूले बोकेको खाने कुरा बाहेक केही खाना पनि पाइएको छैन । दिल्ली-काठमाडौँ बस यात्राका भुक्तभोगीले त खाने कुरा बोकेका रहेछन् । तर हामीजस्ता पहिलो पल्ट यात्रामा जुट्नेले त्यस्तो खासै प्रवन्ध गरेका थिएनौँ । तैपनि रत्नले भुजिया र निम्की बनाएर बोकेकी हुँदा बाटोमा यसो दाँतलाई एक्सरसाइजसम्म गराएका थियौँ । हामीजस्तै पहिलो पटक यात्रा गर्नेहरुले खानेकुरा नबोकेकोले भोकाइ सकेका छन् । त्यसैले बस रोकिनासाथ रेष्टुराँतर्पु वेगियौँ एकाएक । जसमा रत्न र म तथा हामीसँगै बस चढेर आएकी अग्रश्री स्मृति चन्द पनि थियौँ रेष्टुराँलाई गन्तव्य सम्झेर दौडनेमा ।
रेष्टुराँ ठिकै खालको छ । सफासुग्घर छ । र एकप्रकार निकै व्यवस्थित रहेकोजस्तो प्रतीत हुन्छ रेष्टुराँमा प्रवेश गर्दा । रत्न र मेरोलागि भिजिटेवल थाली माग्यौँ । एक भिजिटेवल थालीको भा।रु। सत्तरी लिने रहेछ यहाँ । बाटोमा यात्रा गर्दा सात्विक खाना खानाले राम्रो हुने हुँदा तामासी खाना हत्तपत्त खाने गरेका छैनौँ रत्न र मैले । त्यसपछि थप दुई चपाती सुख्खा पारेर आँटाको पीठोबाट वनाइएको रोटी मागेँ मैले । यसरी दुईजनाको डिनर भा।रु। नव्वेमा भयो । तैपनि चपातीको मूल्यभने निकै महँगो गरी असुल गरेको अनुभव भयो मलाई । हुन त मौका पर्दा चौका नहान्ने मान्छे कहाँ पाइन्छ र त्यसैले बाटोमा वल्छी थापेर ढुकिरहेका पसलेहरुले समयलाई मज्जाले फाइदामा परिणत गर्ने कुरा नौलो हुँदै होइन पटक्कै । झन् कुनै संयोगले बाटो अवरुध्द भयो भने पसलेहरुलाई काफल पाके सरह हुन्छ भने यात्रुहरुलाई फलामको चिउरा चपाउनुजस्तै अत्यन्त कठिन परिस्थितिमा जकडिएको तितो अनुभूति हुन्छ । त्यसैले चुपचाप तिरेँ मैले डिनर खाँदाको वील ।
मुरादावादको नन्दन कानन् रेष्टुराँमा खाना खान निकै समय लाग्यो यात्रु र बसका स्टाफहरुलाई । हिसाव गर्दा पूरै दुई घण्टा लागेछ खाना खाँदा । खाना खाएर बस चालकदलका सदस्यहरुलाई पर्खने क्रममा एक जना अरुणाचलका शेर्पासँग भलाकुसरी गर्ने मौका मिल्यो मलाई । मिजासिला र रसिक रहेछन् उनी । केही समय अगाडि कामको सिलसिलामा एक जना नेपाली केटीसँग भेट भई विवाह वन्धनमा वाँधिएर काठमाडौँको स्वयम्भूमा बस्दा रहेछन् उनी । कुरै कुरामा भने उनले अरुणाचलको नागरिक भएर पनि काठमाडौँ जानभन्दा अरुणाचल प्रवेश गर्न अप्ठेरो छ मलाई । अचम्म पनि लाग्यो मलाई उनको कुरा । आपुनै जन्मभूमिमा आफै विरानो हुने कस्तो अनौठो व्यवस्था र परिस्थिति हो अरुणाचलको त्यहीका वासीन्दालाई त असहज स्थिति रहेको छ भने अन्य पर्यटकको लागि कस्तो स्थिति रहेको होला । सहजै अनुमान गर्न सकिन्छ ।
ठीक वाइस वजे शुरु भयो पुनः बस यात्रा । अन्धकारको साम्राज्य खडा भएकोले बाहिरी दुनियाँ एकदम अन्धकारलाई आत्मसात् गरी चुपचाप बसिरहेको छ । केवल बाटोका दाया र बायाँमा उभिएका रुखहरुमा सेतो रातो र सेतो रङ्ग ट्राफिकका लागि कोरिएको धसा्र वाहेक अन्य केही देखिन्दैन । बजार क्षेत्र आइपुगे पछि झलझलाकार वत्तीले साइनबोर्ड भने यदाकदा पढ्न सकिन्छ । मुरादावादबाट हिँडे पछि रामपुरमा पुग्दा अक्षरहरुसँग जम्काभेट भयो आँखाहरुको । खुशीले भरियो आँखाहरु । गन्तव्य छोट्टिदै गएकोमा आनन्दको एउटा क्षण छेउमा आएर उभिएको आभास भयो मलाई । बसमा तीन जना चालक छन् । यात्राको शुरुमा एक जना दुव्लो पातालो चालकले हाँकेका थिए बस । बेलुकीको खाना खाए पछि होचो कदको मोटो शरीर भएका चालकले चलाउँदै ल्याएका छन् बस । जे जस्तो भए पनि बसको यात्रा आरामदायी र सुरक्षित नै रहेको छ यस बेलासम्म ।
यस बेला कति वजेको छ घडीको काँटा ठम्याउन पनि सकिन्दैन । तर टिकटिक आवाज भने कानमा ठोक्किइनै रहेको छ धमाधम । घडी र बस दौडिरहेको छ निरन्तर । यी दुवैको गतिमा अवरोध छैन पटक्कै । यी दुईकै गतीमा समाहित भएर हामी पनि वहिरहेकै छौँ सलल । बरेली भन्ने स्थानमा आइपुगेछौँ भन्ने कुरा सडक छेउको साइनबोर्डले बतायो हामीलाई । सहर र बजार क्षेत्रमा विजुली वत्तीको प्रकाशले अक्षरहरुसँग भेट हुने गर्छ यदाकदा । साइन बोर्डहरु देख्दा नियालेर बडो सावधानीपूर्वक पढ्ने गर्छु म । र सम्भव भएसम्म नोट बुकमा लेख्न पनि विसर्िन्न म । त्यसैले साइनवोर्ड बौलाहजस्तै छु म । किनकि यात्रामा सकेसम्म साना कुरा छोडिए भने रोचक हुदैन भन्ने मान्यतामा अडिग छु म ।
एकातिर नयाँ स्थानहरुको परिचय सङ्ग्रह गर्नु पर्छ भन्ने लागेको छ भने अर्कोतिर रातले एकछत्र साम्राज्य खडा गर्दै आएकोले निद्राले पनि लठ्याउन थालेको छ मलाई । बसको केविन चालकदल बस्न र आराम गर्न यात्रुहरुबाट छुट्याएको बसको अगाडि भागको स्थान मा बाहेक सुनसान छ चारैतिर । आँखा चिम्लिएर निदाउन खोज्छु म । केही बेर झकाउँछु पनि । बसको वाहिर हेर्यो केही देिखंदैन । जीवनका आगामी दिनजस्तै लाग्छन् मलाई बाहिरको अन्धकार । नदेखिएको स्थानभन्दा परतिर के छ होला भन्ने कुतुहल पनि जागिरहन्छ मभित्र । जसरी भोलिको दिन कसरी वित्छ होला भनेर प्रत्येक दिन सोच्ने गर्छु म । वास्तवमा यसरी नै अन्धकारमा नै धेरै समय वित्छ जीवनको ।
बसको केविनमा गुनगुनाएको आवाज सुनिन्छ हल्कारुपमा । शाहजहाँपुरमा आइपुगिएछ यसबेला । यदाकदा केविनको पर्दा हल्लदा सिगरेटको धूवा र गुट्का सूर्तीजन्य पदार्थसहित सुपारी आदिबाट तयार भएको एक प्रकारको नसादार खाने कुरा खाँदै हल्लाखल्ला गरिएको देखिन्छ केविनमा । सायद चालक ननिदाओस् भन्ने इरादाले हल्लाखल्ला गरेको होला कि भन्ने लाग्छ मलाई । केविनमा तीन जना चालक दलका सदस्य र तीन जना केटी मान्छेहरु पनि रहेका छन् । बेलाबेलामा ती केटीहरुसँग जिस्किने र इत्रिने काम पनि भएको देख्दा ती तीन जना यात्रु वा चालक दलका आफन्त नभै मनोरन्जनका साधान भएको अनुभव जो सुकैले पनि सहजै गर्न सक्दछन् ।
केही बेर झकाएछु म । राम्रै भयो । बस यात्रामा निदाउन सकिएन भने मज्जाले थाकिन्छ । तैपनि ओछ्यान सुतेर बिताउने समयभन्दा एकदम कम समय निदाएँ । कता हो कता निद्रा पुगेकोजस्तै अनुभूति भयो मलाई । एकै छिन पछि अर्को सहर झुलुक्क झुल्कियो बसको सामुन्ने । सीतापुर भन्ने स्थान रहेछ भन्ने कुरा पसलहरुका भित्तामा टाँगिएका साइनबोर्डहरुले बतायो मलाई । दिल्लीलाई छोडे पछि लगातार उत्तर प्रदेशको भू-भागमा दौडिरहेका छौँ हामीहरु । र उत्तर प्रदेशको भू-भाग नाघे पछि नेपालको भू-भागमा प्रवेश गनेर्ं छौँ हामीले ।
बसको गतिमा कुनै धीमापन आएको छैन । विहानको समय पनि भएछ । हावा अझै चिसिएर पौँठी जोरी खेल्न त_िम्सएको कुरा भुयाल खोलेर चियाउँदा थाहा भयो । हावाको वेगसँग केही चलेन मेरो । त्यसैले भुयाल तुरुन्तै वन्द गर्ने काम गरेँ मैले । फेरि हुस्सुले गम्लङ्गै अँगालेको छ वाहिरको वातावरणलाई । बसले लखिमपुर सहरलाई पनि सुटुक्कै छोड्यो । हेर्दाहेर्दै लखिमपुर टाढा बन्न थाल्यो । धेरै सहयात्रीहरु अझै गाढा निन्द्रामा रहेका छन् । फोल्डिङवाला सीट भएकोले केही हदसम्म सुविधा र आरामदायी नै रहेको छ बस यात्रा । एकदम चकमन्न र सुनसान छ बसमा ।
लखनऊ सहर छेवैको वहराइचको सानो सहरमा आइपुग्दा जागा भइसकेको रहेछ वहराइच । पातलोरुपमा सलबलाइ रहेका छन् वहराइच वासीहरु । विहानको साढे सात वजेको रहेछ अहिले । वहराइचलाई नाघे पछि रुपैडियामा पुगेर रोकियो बस । भारततर्पुको भन्सार रहेछ यहाँ । बसमा के कस्तो सामान निर्यात हुँदै छन् भन्ने जाँच्ने काम गर्ने रहेछन् भारतीय भन्सार कर्मचारीहरुले । बसमा ल्याइएका सामानहरु सरसर्ती हेर्ने काम गरे पछि बसको स्टाफहरुसँग खासखुस र एकान्त वार्ता पछि दौडियो बस नेपाली सीमा क्षेत्रतिर ।
पुस ७ २०६४ तद्नुसार शनिबार डिसेम्वर २२ २००७ को विहान नौ वजेर वीस मिनेट जादा प्रहरी चौकी जमुनाहा वाँकेमा पुग्यौँ हामीहरु । जमुनाहा नाकाबाट नेपाल भित्रिने भएकोले त्यस चौकीमा कार्यरत प्रहरीहरुले हाम्रो झोलीतुम्वाको राम्ररी मालिस गर्ने काम गरे । मानौ लामो यात्राको क्रममा बेस्सरी थेचारिँएकोले मालिस गरिएको होला भन्नेजस्तो लाग्यो मलाई । हुन पनि अठारा घण्टाको अनवरत यात्रामा ठोक्किँदाठोक्किँदा कचाक्कुचुक भएका झोलाहरुले नेपाली प्रहरीहरुको ममतापूर्ण मसाज पाएर ताजा हुन सके होलान् भन्ने लाग्यो हामीलाई ।
प्रहरी जाँच सकिए पछि जमुनाहा अध्यागमन कार्यालयमा पुग्यौँ हामीहरु । विदेशीहरु छन् कि छैनन् भनी बसमा चढेर नम्रतापूर्वक सोध्ने र हेर्ने काम गर्नुभयो अध्यागमनका कर्मचारीले । एक जना वृटिस नागरिक हाल क्यानाडा बसिरहेका सिमोन वैले ९क्षषयल द्यबष्भिथ० यात्रारत छन् बसमा । उनलाई वोलाएर राहदानी माग्नु भयो- अध्यागमनका कर्मचारी श्री टेक बहादुर भण्डारीले । सिमोन वैले विना प्रवेशाज्ञा नेपाल यात्रामा जुट्नु भएको रहेछ । प्रवेशाज्ञा नलिइ आउनु भएकोले प्रवेशाज्ञा लिन चाहिने दस्तुर अमेरिकी डलर तीस भुक्तानि गरेर प्रवेशाज्ञा लिन श्री भण्डारीजीले भन्नुभयो । श्री सिमोनसँग भा।रु। नौ सय मात्र रहेछ नगद । डलर पनि छैन । केवल क्रेडिट कार्ड रहेको वताए सिमोनले । सायद सिमोनले कुनै पश्चिमा मुलुकजस्तै होला भनेर सोचेका होलान् नेपाललाई । क्रेडिट कार्ड अर्थात् प्लाष्टिकको सानो कार्डले पेट भर्छ यात्रा गर्नलाई खुट्टा मिल्छ सुत्नलाई विछ्यौना मिल्छ मनोरन्जन गर्नलाई सबै साधान मिल्छ नाङ्गो आङ ढाक्नलाई कपडा मिल्छ भन्ने सोचले यात्रामा निस्किएका होलान् सिमोन । तर नेपाल अझै पनि आधुनिकतासँग परिचित हुन वाँकी रहेको कुरा भुलेर नै होला । उनले नेपाललाई वृटेन सम्झिए कि क्यानाडा जे सम्झिए पनि सिमोन नगद नलिई गए पनि विकसित मानसिकता र आधुनिकताको सोच लिएर अवश्य आएका हुन् नेपालमा ।
यसै वीचमा श्री सिमोनलाई केही प्रश्नहरु राख्न उचित लागेकोले सोधेँ मैले-मिस्टर सिमोन ! विना भीसा अर्काको देशमा जान सकिन्छ र ु
पाइन्दैन । तर एक जना पर्यटन व्यवसायीले सीमा अध्यागमनमा भीसा पाइन्छ भनी जानकारी दिनु भएकोले सीधै आएँ ।ु सिमोनले आपुनो कुरा सजिलै राखे ।
सीमामा भीसालिँदा कति रकम चाहिन्छ र कुन मुद्रामा भुक्तानि गर्नु पर्छ भनी जानकारी लिनु भयो त ु
त्यस बारे त जानकारी त लिइनँ मैले ।ु सिमोनले विना हिच्किचाहट आपुनो कुरा राखे हाम्रो सामु ।ु
नयाँ दिल्लीमा नेपाली दूतावास छ । त्यहाँ गएर वा फोन गरेर भीसा बारे सोधपुछ गर्नु भयो त ु
अँ हँ ।
यदि नेपाली दूतावासमा सोध्नु भएको भए सबै जानकारी मिल्ने थियो तपाईलाई । बडो लापारवाही र असावधानीपूर्वक यात्रामा निस्कनु भएछ मिस्टर सिमोन । यस्तैमा अध्यागमनमा कार्यरत रहनु भएका श्री टेक वहादुर भण्डारीजीसँग कुरा गरेँ । ुअब मिस्टर सिमोनलाई भारततिरै फिर्ता पठाउने कि के गर्नु हुन्छ यो प्रश्न गर्दा झलझली सम्झिएँ केही दिन अगाडि मेरै कार्यालयको कोठामा आएको एउटा निरीह मान्छेलाई । वेलायतको हिथ्रो विमानस्थलबाट त्यहाँ कार्यरत अध्यागमन कर्मचारीहरुले सूचना ढाँटेको अभियोगमा फर्काएर दिल्ली आइपुगेका एक युवालाई ।
अध्यागमन कार्यालयका कर्मचारी श्री टेक बहादुर भण्डारीले नगद नल्याएको भए एक उपाय छ । तीन दिनको लागि अन्तरिम भिसा पाँच डलर बराबरको परिवत्र्य विदेशी मुद्रा लिई प्रवेशाज्ञा दिन मिल्छ । तर काठमाडौँ पुग्नु वित्तिक्कै भीसाको म्याद थप्नु पर्ने हुन्छ भनी भन्नुभयो उहाँले । त्यही अनुसारको जानकारी मिस्टर वैलेलाई गराए पछि तीन दिने अन्तरिम भिसा जारी गर्ने निर्णय गर्नुभयो श्री भण्डारीजीले ।
भिसाको कुरा मिले पछि जमुनाह स्थित नेपालगन्ज भन्सार कार्यालयको अगाडि पुगेर रोकियो बस । भन्सार कर्मचारीहरु आएर सामानहरु निरीक्षण गर्ने काम भयो । भन्सारमा कार्यरत श्री पूर्णानन्द भट्टजीसँग सामान्य चिनजान भयो मेरो । भन्सारको औपचारिक निरीक्षण सकिए पछि अगाडि बढ्नको लागि बाटो खुला भयो बसको । व्यापारिक सामानहरु नभएकोले पनि खासै हैरानी सहनु परेन हामीलाई । यसरी नयाँ दिल्लीबाट प्रस्थान गरेको दोश्रो दिनमा भारतको भू-भागलाई छोडी नेपाल अधिराज्यको भू-भागमा प्रवेश गर्न समर्थ भयौँ हामीहरु ।
*****                                 ******                                 ******
विहानको साढे दश वजे अध्यागमन तथा भन्सारको औपचारिक काम समाप्त भएपछि नेपालगन्जका लागि प्रस्थान गर्यो बसले । नेपाल र भारत वीच खुला सीमा भए पनि एउटा अन्तरराष्ट्रिय सीमा पार गरेर स्वदेशी भूमिमा प्रवेश गर्दा अत्यन्तै हर्ष र उमङ्गले लपक्कै भिजेँ म । आपुनो जन्म भूमि भनेको आपुनै हो । आपुू हुर्किएको र खेलेको माटोका सुगन्ध जहिले पनि मगमगाएको हुन्छ । खोला नाला पर्वत सबैसबै आफन्तजस्ता लाग्छन् । प्रत्येक रुख विरुवा पुलहरु आफैले सिहारेर सिन्चेर हुर्काएको जस्तो लाग्ने रहेछ । एक प्रकार आफन्तमय भएको आभास मिल्ने रहेछ स्वदेशको माटोमा टेक्दा । हराएको खुशी पनि फेला पर्ने रहेछ । दविएको स्वर पनि खुल्ने रहेछ । साँच्चै आपुनो माटो संजीवनीको वूटीतुल्य हुने रहेछ । खोइ अरुहरुलाई कस्तो लाग्यो । तर मेरो तन र मनमा भने हर्षका तरङ्गहरु दौडिए चारैतिर ।
हामीले यात्रा गरिरहेको बस नेपालगन्जको सुर्खेत रोड वीरेन्द्र चौक पी। एल्। चौक हुँदै कारकादौँमा दौडिरहेको छ यसबेला । मभने नेपालगन्जमा २०५४ सालमा पुग्दाको क्षणलाई सम्झिरहेको छु यसबेला । त्यसबेलाको नेपालगन्ज र अहिलेको नेपालगन्जमा निकै फरक पाइरहेको छु मैले । कतिपय स्मारकहरु भत्किएको वा भत्काइएको अवस्थामा रहेका छन् । हुन पनि देशमा अशान्तिको वीउ रोपिए पछि धेरै घट्नाहरु घटिसकेको छन् । पूर्वाधारहरु भत्किएका छन् । धेरैको जीवन उजाडिएका छन् । यिनै कुराहरुले चिथोरिरहेको छ मेरो मन र मुटु ।
अहिले शम्शेरगन्ज गा।वि।स।sाे पार्वतीपुर भन्ने स्थानमा घसि्ररहेको छ बस । विहानको एघारा बजिसकेको छ । तैपनि हुस्सले साम्राज्य खडा गरिरहेको रहेछ पार्वतीपुरमा । मंसिर र पुस महिनाको दिल्लीको अनुभूति गराइरहेको छ पार्वतीपुरमा मलाई ।
एघारा बजेर दश मिनेट जाँदा कोहलपुर पुर्याएर चप्पर गौडी स्थित आँधीखोला होटलको अगाडि पुगेर रोकियो बस । सबैजना उत्रियौँ बसबाट । पर्वतारोहण सम्वन्धी प्रशिक्षक श्री महर्जनसँग कुराकानी भयो मेरो । हामीसँगै यात्रामा रहनु भएको छ उहाँ । भर्खरै इज्रयाल पुगेर आउनु भएकोले भारतीय अध्यागमनमा राहदानी छाप लगाउनु पर्छ भनी कस्ले सुनाई दिएछ उहाँलाई । भारत र नेपाल वीचमा खुला सीमा भएकोले प्रवेश गर्दा र वाहिरिँदा राहदानीमा छाप लगाउनु नपर्ने हुन्छ । तर श्री महर्जन बसका स्टाफ र भारतीय अध्यागमनमा कार्यरत कर्मचारीहरुलाई थाहा नभएरै होला त्यस बारेमा कुराकानी भइरहेको सुने पछि छाप लगाउन नपर्ने कुरा वताएको थिएँ मैले । र भारतीय अध्यागमन कार्यालयले उहाँको राहदानीमा छाप लगाएको थिएन ।
कोहलपुरको खाना मीठै लाग्यो हामीलाई । कुखुराको मासुको तरकारी एवं सागसव्जी र अचार त्यसमाथि थपीथपी खाना खाए वापत प्रतिव्यक्ति ने।रु। नव्वेका दरले तिर्यौँ हामीले । खाना खाएर एकछिन कोहलपुर वजार घुमेँ । वजारको विस्तार हुन बाँकी रहेछ । घरहरु निर्माणाधीन अवस्था रहेका छन् । त्यसैले बजार धेरै सानोजस्तो पनि लागेन र धेरै ठूलोजस्तो पनि लागेन मलाई । पूर्व पश्चिम राजमार्गको चौकजस्तो क्षेत्रमा रहेकोले भविष्यमा ठूलै बजारको विकास हुन सक्ने सम्भावना भने प्रवल रहेको पाएँ ।
बसका यात्रुहरु र चालक दलले खाना खाइसक्दा साढे बाह्र वजिसकेको छ दिनको । कतिपय यात्रुहरु आजै काठमाडौँ पुग्नु पर्छ भन्ने मत राख्ने खालका छन् भने कोही आपुनो प्रतिकि्रया नै नदिई चुपचाप बसेका छन् । बसका चालकहरु भने भोलि विहान मात्र पुग्न सकिन्छ भनिरहेका छन् । मध्य रातमा पुग्दा अप्ठेरो पर्छ । भोलि विहान आरामले आठ वा नौ बजे पुगेमा सबैलाई सुविधा हुने कुरा चालक दलको ठम्याइ रहेको छ । तर मभने आज राति बाह्र बजेसम्ममा पुग्दा पनि कुनै अप्ठेरो हुदैन । काठमाडौँ पुगेपछि रात्रि ट्याक्सी पाइन्छ । त्यही ट्याक्सी लिएर आपुनो निवासस्थानमा पुग्नलाई कुनै कठिनाइ नहुने कुरा राख्छु म पनि ।
यस्तैमा बाह्र बजेर चालीस मिनेट जाँदा यात्रा शुरु गर्छौ कोहलपुरबाट । बाटो एक प्रकार राम्रै छ । र वरिपरिका दृश्यहरु पनि सुन्दर लाग्छन् मलाई । प्रस्थान गरेको बीस मिनेट पछि शम्शेरगन्ज गण रहेको स्थानमा पुगे पछि बसका खलासीले बस इण्ट्री गर्छन् रजिष्टरमा । आउने र जाने बसहरुको इण्ट्रीहरु ठाउँठाउँमा भै नै रहेको छ बाटोमा ।

सुखार खोलाको पुलको वरिपरि हरियै दैखिन्छ जंगल । यसै क्रममा यात्रा अगाडि बढि नै रहन्छ । स्कू व्रीज थीन खोली पुल अगैया घण्टहवा पुललाई छोड्दै बस बढिरहन्छ अगाडि । बाटोका रमाइलो जंगल देखेर लोभिइरहन्छु मभने । यी जंगलहरुसँग अकस्मात् भेट हुँदा बाल्यकाललाई झलझली सम्झिन पुग्छु म ।

यस्तै जंगलहरुमा गाई तथा गोरुहरु चराएर बाल्यकाल विताएको थिएँ भोजपुरको बास्तिममा । गोठालोमा दौतरीहरुसँग गट्टी ढुंगाका टुक्राहरुको मद्दतले खेल्ने एक प्रकारको खेल हसिया घाँस काट्ने प्रयोजनका लागि बनेको सानोसानो दाँत राखी मुख खोलिएको प्रश्न चिन्ह आकारको फलामे हतियार ले कुनै रुखको हाँगो पालैपालो काट्ने क्रममा जस्को पालामा हाँगा छिनिन्छ उसैले जित्ने वल नामक एक प्रकारको खेल खेल्ने गथ्यौँ । यस्तै वल खेल्दा मसिनी दिदी काकाकी छोरी ले झुक्किएर रुखको हाँगाको सट्टा मेरो दाहिने हातमा काटिएको खतलाई हेर्न पुग्छु म । त्यसबेला नसामा नै चोट लागेको थियो मेरो । तर जंगली झारपात माडेर घाउमा लगाई रगत वहनबाट रोकेका थिए साथी संगीले । यसरी चाहिने नचाहिने काम गर्दै गोठालो गरेको विगत नाच्न थाल्छन् आँखै अगाडि । दिनभरिको उप्रुाई कुदाई र गाई गोरुलाई चरनमा छेक्दै चराउँदा थाकेको पनि पत्तै हुदैनथ्यो हामीलाई । अनि साँझ गाई गोरुहरुसँग घर फर्किए पछि दिनभरिको भोको मेट्ने गर्दथे मकै र भटमास खाजा खाएर । मकै र भटमास अमृत सरह लाग्दथ्यो मलाई । कति रमाइला र सुन्दर थिए ती विगतका दिनहरु । दुःख पीडा र अभावको बोझ बोक्नु पर्दैनथ्यो मैले । केही कुरा भए आमालाई दंग्याए पुगिहाल्दथ्यो । अहिले सम्झिरहेको छु आमा । तर यस दुनियाँमा नै छैनन् तिनी । धेरै कुराको जिम्मेवारी आपुनै थाप्लोमा खनिएको छ अहिलॆ । दुःख र पीडालाई पनि राम्ररी बुभुने र बेहार्नु पर्ने दिनहरु छन् मसँग । लाग्छ फेरि एकपल्ट बाल्यकाल फर्किएर आइ दिए कस्तो हुने थियो होला ! सबैभन्दा महत्वपूर्ण कुरो मेरी आमा हुने थिइन् मसँग । र लाडे स्वरमा कुरा गर्न सक्ने थिएँ मैले । राम्ररी नजानी र नबुझी नै वितेछ मेरो बाल्यकाल । अब कहाँ पाउनु र ती दिनहरु ।
बुटबल पुग्न अझै एक सय पन्चानव्वे किलो मिटर वाँकी रहेछ सुखार खोलको छेउबाट । बाटोको छेउको सानो स्तम्भमा लेखिएको देखेँ मैले । बाटोका दाँया बायामा बादरहरु सर्कस देखाइरहेका छन् अहिले । दिल्लीमा त बाँदरहरुले उधुम नै मचाएको खवर पढेको थिए अखवारहरुमा । दिल्लीको नगरपालीकाले बाँदरहरु समाउने डपुफाको नै नियुक्ति समेत गरेको छ । किनकि मान्छेसँग जम्काभेट भयो कि टोकी हाल्ने गरेको रहेछ वाँदरहरुले । आपुनो निवासमा बाँदर आएकोले धपाउने क्रममा दिल्ली महानगरका उप मेयर एस्। एस्। वाज्वा ९ क्।s्। द्यबवधब० आपुनै घरको छतबाट लडेर गत अक्टोबर २१ २००७ आइतवारको दिन दुखद निधन भएको पनि धेरै भएको छैन । त्यसैले यी दिनहरुमा दिल्ली नगर निगमले बाँदर समात्ने अभियान नै चलाएको छ । तर यहाँ भने बाँदरहरु निर्मग्न घुम्न डुल्न पाएको देख्दा अनौठो पनि लाग्यो मलाई । यसरी कोहलपुरदेखि बुटवल जाने क्रममा घना जंगलसँग लुकामारी खेल्दै यात्रा गर्न पाउँदा रमाइलो लागिरहेछ मलाई ।
दुई दिन भयो बसको यात्रामा जुटेको पनि । कुनै कुनै बेला मनमा जिज्ञासा पैदा भइरहन्छ कुन बेला काठमाडौँ पुगिन्छ होला भन्ने तर बाटोका लोभलाग्दा दृश्यहरु र पश्चिमी नेपालको बस यात्रा पहिलो पटक भएकोले ठीकै छ भन्ने पनि लाग्छ मलाई । साइनबोर्डहरुले वताइरहन्छ मलाई स्थानका नामहरु । भ्याएसम्म र देखेसम्म नोटवुकमा उतार्ने गर्छु म । गाँवर खोला काले खोला खोचे पुल सौरी पुल डोगी पुल वैरिया पुल नाघे पछि बाटोको दाँयापट्टि रहेको सानो तर सुन्दर बजार झुलुक्क देखिन्छ कुसुम बजार । कुसुम बजारको इण्ट्री पोष्ट पनि छ छेवैमा । खलासी झरेर बसको इण्ट्रि गराउँछन् पहिलेजस्तै ।
रानी गजुरी पुलको छेउछाउमा हरियो रंगमा रंगिएको देखिन्छन् खेतका गराहरु । बैस खोला उज खोला बाछखोर गार्ले खोला अमिलियाजस्ता सानातिना खोलाहरुलाई पछाडि छोड्दै जान्छ बसले । त्यस्तै प्रकारले भरतकुण्ड हात्तीसार खोला सतवरिया चौकीलाई पार गर्दै साढे चौध बजे दाङ जिल्लाको लमहीमा पुग्छौँ हामीहरु ।
राप्ती नदीको छेवैछेउ भएर यात्रारत छौँ हामीहरु । लमही बजार ठूलैजस्तो लाग्यो मलाई । लमहीमा विसाएर भलाकुसारी र हिमचिम गर्ने समय छैन हामीसँग । त्यसैले बसबाटै हेरेँ लमहीलाई र बसबाटै विदा भए लमहीसँग । यसरी वित्दै आएको छ मेरो जीवन पनि । फुस्रदले साथ नदिएर नै बेफुस्रदी भएको छु म । यसरी नै जीवनका कति उकाली ओह्राली खेप्नु पर्ने हो थाहा छैन मलाई । बाटोमय भएर यात्रा गरेर पनि कुनै बाटोको अङ्ग बन्न सकेको छैन म । केवल बाटोलाई आपुनो मान्ने सिवाय बाटोले कहिल्यै पनि आपुनो मान्ने गरेको छैन मलाई ।
बस अगाडि बढेर अनर्वा खोला कौरिया खोला पिपरी मौरीघाट लालमटिया मोइत्री खोला पार गरेर भालुवाङमा पुग्यौँ दिनको पन्द्र वजे । भालुवाङ्को छेवैमा वगिरहेकी छिन् राप्ती नदी । राप्तीको चिसो पानीले मुख धुन त मन लाग्यो । तर बसले ओर्लने अनुमति दिँदैन मलाई । राप्तीको पानीले हामीलाई नियाल्दै सलल वगिरह्यो तलतल । मानौ राप्तीमा पानी वग्दैन मेरो मन वग्छ निलो बनेर । राप्तीमा पानी
वग्दैन मेरो दृष्टि वग्छ पानी बनेर । राप्ती नदी पटक्कै नदीजस्तो लाग्दैन मलाई । बरु मेरो खुशी लहर बनेर सगवगाइ दिन्छ अमूर्त छाँयामा परिणत भएर । मैले देखेको जर्मनीको राइन नदी र राप्ती नदीको के फरक छ । मैले मेट्रोबाट तरेको वािशंगटनको पोटोम्याक नदी र राप्तीमा कस्तो तात्विक भिन्नता छ मनमनै तर्क गर्छु म । राइन र पोटोम्याक विकसित देशको विकसित माटोलाई चुम्वन गर्दै वग्छन् । राप्ती भने भर्खरै विकासको मुहार हेर्न थालेको अर्ध विकसित माटोलाई माया गर्दै वग्छे । पोटोम्याक र राइनमा पानी जहाजहरु सलवलाउँछन् । तर राप्तीले पानी जहाज देख्ने त के कुरा पानी जहाजको सपना पनि देख्न प्रतिवन्ध छ । आगामी दिनमा के कस्तो रुपमा वहने हो राप्ती नदी हेर्न बाँकी नै छ ।
यस्तैमा भालुवाङ बजारको साइनबोर्डसँग आँखा जुध्यो मेरो । र सम्भिएँ विसे्रको इतिहासलाई । सन् २००१ को नभेम्वर २३ का साँझ सरकार र विद्रोही माओवादी वीच युध्द भएको थियो भालुवाङ्मा । त्यो दिनको त्रासादपूर्णको रात विताएको थियो भालुवाङ्ले । दोहोरो युध्दको चपेटमा पिसिएको थियो भालुवाङ । अब त्यस्तो दिनहरु देख्न र सुन्न नपरोस् भन्ने कामना गर्दछु म । युध्दको चपेटमा होमिए पछि साह्रै खुम्चिन्छ देश । त्रासको ठूलो पहाड उभिन्छ मान्छेहरुमा । र हलचल गर्न नसक्ने विकलाङ्ग भइन्छ सबैजना । असुरक्षाको स्थितिमा पिसिइ रहन्छन् मान्छेहरु । विकासको मार्ग अवरुध्द हुन्छ । र जताततै नोक्सानी नै नोक्सानीको भागिदार भइन्छ देशवासी । त्यसैले युध्द र विनासबाट बाहिरिने वातावरणको श्रृजना हुनु नितान्त आवश्यक रहेको कुरा महसुस गरिरहन्थे म । यस्तैमा गत जेठ ११ २०६३ विहिबार मे २५ २००६ को दिनदेखि सरकार र विद्रोही माओवादी वीचमा युध्द विराम भए पछि छिटपुट सानातिना घट्ना र तनाव वाहेक शान्तिमा प्रवेश गरेको छ देशले । त्यसैको प्रतिफल पनि हो मेरो यो बस यात्रा । नत्र बसबाट यात्रा गर्नु निकै जोखिमपूर्ण हुनॆ थियो । भन्ने हो भने भारतको दिल्लीबाट नेपालको काठमाडौँसम्मको बसयात्रा केवल दीवास्वप्नजस्तो मात्र हुने थियो मेरो । युध्द विरामको कारणबाट धेरै राहत मिलोको छ हामीलाई । आउँदा दिनहरुमा पनि यस्तै सुअवसरका दिनहरुले अङ्कमाल गरिरहोस् नेपाल र नेपालीहरुलाई । सदैव यही छ मेरो कामना ।
पहिलेजस्तै आपुनै गतिमा अगाडि बढि नै रहेको छ बस । चिसा भन्ज्याङ कोप्चे र पाखाहरुलाई छोडेदै सोह्र बजे कपिलवस्तु जिल्लाको चन्द्रौटा वजार वीरपुर पुगेछौँ हामीहरु । बाँके जिल्लाबाट प्रस्थान गरेर दाङ जिल्ला छिचोली कपिलवस्तु जिल्लामा आइपुगेका छौँ हामीहरु । अर्थात् मध्य पश्चिमान्चल विकास क्षेत्रबाट पश्चिमान्चल विकास क्षेत्रको भूमिमा घसि्ररहेका छौँ यसबेला ।
कपिलवस्तु भन्नासाथ मनमा धेरै खुशीका लहरहरु सगवगाए मेरो । वुध्द र कपिलवस्तु एकाकार भै सकेका छन् मेरो विचारमा । त्यसैले एकैछिन बुध्दमय भूमिमा आपुनो पयरहरुलाई टेकाएर शान्तिका कणहरुलाई पैतालाहरुसँग एकाकार बनाएर आगामी दिनहरुमा बाँच्ने अठोट गरुँ कि भन्ने विचारले पनि गाज्योँ मलाई । र एकैछिन ओर्लिएर वुध्दको पदचिन्ह खोजौँ कि जस्तो पनि लागिरह्यो मलाई । तर निकै ढिलो भइसकेको छ समय । करीव तीन हजार वर्ष अगाडिको वुध्दको पदचिन्ह फेला पार्न सक्ने संयत्र पनि छैन मसँग । फेला पार्ने सम्भावना भएको भए सायद केही दिन कपिलवस्तुमा बसेर अनुसन्धान गर्ने थिएँ । तर मभन्दा विज्ञहरु इतिहास विद्हरु उत्खननकर्ताहरुको रणमैदानमा मजस्ता फुच्चेले के नै योगदान दिन सक्छु र तैपनि मेरो देशको वुध्द मेरै माटोमा मगमगाएको वुध्द मेरै देशको माटोले बनाएको वुध्द भएकोले केही न केही दायित्व भने अवशयै छ खोजी गर्नलाई । र त्यत्तिक्कै कत्र्तव्य पनि छ वुध्दत्व संरक्षण गर्न पनि । तर भावनामा वग्नु सिवाय केही गर्न सकिनँ मैले यसवेला ।
वीरपुरको चन्द्रौटा वजारसँग औपचारिक भेट भयो मेरो । त्यस पछि चम्पासुर जयनगर गोरुसिङ्गे भएर वाणगंगा नदीको छेउ भएर दौडिन थाल्यो बस । काठमाडौँको वागमति विष्णुमति र हनुमन्तेमा वालुवा निकाल्नेहरुको झुण्डजस्तै देखियो वाणगंगाको किनारमा पनि । नदी नालाको गहना खोसेर घर निर्माण गर्ने हाम्रो आकांक्षा पनि अनौठो लाग्यो मलाई । प्रकृतिलाई वनाउने संरक्षण गर्नेभन्दा विगार्ने पक्षमा लागिपरेका छौँ हामीहरु । तैपनि मैले बालुवा निकाल्न हुँदैन भनेर कस्ले सुन्ने र मेरो कुरा । यसरी आपुनो प्रतिकि्रया दिएँ भने निर्माण विरोधीको संज्ञा तुरुन्तै मिल्ने छ मलाई । फेरि वालुवा निकालेर जीवीकोपार्जन गर्ने मान्छेहरुले त जानी दुष्मन नै ठानी हाल्ने छन् । त्यसैले चुपचाप हेरेँ वाणगंगाको किनारलाई र वालुवाको भारी लगाउने मान्छेहरुलाई ।
बस अगाडि बढ्ने क्रममा कुनै रोकावट छैन । एकनासले बढ्दो छ बस । मोटरहरुको आवातजावत एकदम पातालो छ । काठमाडौँ र नयाँ दिल्लीमा छिचिमिराजस्तै दौडिएको देखिनँ मैलै बस ट्याक्सी टेम्पो मोटरसाइकल स्कुटर रिक्सा र साइकलहरु । ती सहरहरुमा यातायातको साधानमात्रै देख्दा पनि वान्ता आउलाजस्तो हुन्थ्यो मलाई । सासै वन्द होलाजस्तो । तर यहाँ एकदम सुनसान छ । त्यसैले नै होला यात्राले नयाँनयाँ अनुभव हुन्छ भनेको । नयाँनयाँ कुरा सिकाउँछ भनेको । आपुूले देखेको र भोगेको स्थिति र कल्पना गरेकोभन्दा फरक किसिमको स्वाद चखाउँछ भन्ने कुराको विश्वास जागिरहेको छ यसबेला मभित्र ।
सालझण्डी रुपन्देही मा प्रवेश गरिसकेछौँ लुसुक्कै हामीहरु । दुधरा बासगढी वनरहवा नदी रामपुर मुर्गिया भएर तिनाउ नदी पार गरेर दिनको सोह्र बजेर पचास मिनेट जाँदा बुटवल पुर्यायो बसले । बुटवल बजारमा अल्मलिनु पर्ने कुनै काम छैन हामीसँग । तिनाउ नदीको एकातिर खस्यौली र अर्को किनारमा बटौली )बुटवल बजार रहेको छ । खस्यौली बजार एक प्रकार अलपत्रे बजारको रुपमा देखिन्छ भने बुटवल बजार भने निकै व्यवस्थित रुपमा रहेको देखियो बस यात्राकै समयमा । बसबाट ओर्लिएर बजारको सेरोफेरो हेर्ने र घुम्ने समयको अभावले गर्दा बस रोकिएन बुटवलमा ।
बसले आपुनो गतिमा कति पनि धीमा नपारी नेपालगन्ज रोड बुटवल नयाँ बस पार्क लुम्विनी बस टर्मिनल मिलन चौक राजमार्ग चौराह हुँदै बौध्द मार्ग कटाएर सुनवल नवलपरासी जिल्ला मा भित्रायो बसले । लुम्विनी चिनी कारखानाको छेवैबाट चिप्लिएर वनकट्टी रामनगर सालवास वर्दघाट माकार गा।वि।स। हुँदै दाउन्ने गा।वि।स। ५ स्थित दुम्कीबास नवलपरासी मा पुगेर रोकियो बस एकाएक । दुम्कीबास बजार सानो भए पनि चिटिक्कै भएको पाएँ मैले । बस ट्रक तथा कारहरुको लामो लाइन रहेको छ यहाँ । त्यही लामो लाइनको पुछारमा गएर रोकिएको छ हाम्रो बस पनि ।
चिया पिउने समय भएछ भन्ने लाग्यो मलाई । तर सोचेकोभन्दा भिन्न परिस्थिति रहेछ यहाँको । यहाँभन्दा करीव तीस किलो मिटर टाढा रहेको कावासोतीमा कार दुर्घटनामा परि एक जनाले ज्यान गुमाएको रहेछ । र कारवालाले माग गरे अनुसारको क्षतिपुर्ति नदिएकोले पीडित पक्षले चक्का जाम गरेको रहेछ आजै दिनको वाह्र वजेदेखि । त्यसैले नारायणघाट जाने सवारी साधानहरु रोकिएका रहेछन् यहाँ ।
बसले आराम गर्ने मौका पायो मज्जाले । बसमा यात्रारत यात्रुहरुले पनि जवर्जस्ती बास वस्नु पर्ने स्थिति आइपर्यो दुम्कीवासमा । बसलाई त एक प्रकार ठीकै पनि छ । किनकि करीव सत्ताईस घण्टाको निरन्तर यात्रा गरिसकेको छ बसले नया दिल्लीको मज्नुका टीलाबाट नवलपरासीको दुम्कीबाससम्म आइपुग्दा । तर यात्रुहरु भने न घरका न घाटकाजस्ता भएका छौँ अहिले ।
दुम्कीबासको पसलमा चिया पिउने क्रममा पर्वतारोही श्रीमहर्जन धादिङकी मन्जु न्यौपाने नयाँ दिल्लीको पन्जाव हाउसमा बस्ने निर्मला कुँवर स्मृति चन्द तथा अर्को बसको कण्डक्टर श्री विल्लाका साथै स्थानीय व्यापारीहरुसँग कुराकानी गर्ने राम्रो अवसर भने मिल्यो मलाई । यस्तैमा एक व्यापारीले भन्नुभयो- कावासोतीको घट्ना आजको होइन । करीव एक हप्ता पुरानो हो् । एउटा कारले स्थानीय मोटर साइकालवालाई ठहरै पारे पछि यातायात वन्द भएथ्यो । पछि पाँच लाख पैतीस हजार क्षतिपूर्ति दिने भनी सम्झौता गरी कुरा मिलाइएको रहेछ । तर कारवालाले बोलकवोल गरे अनुसारको क्षतिपूर्ति नदिए पछि आजै वाह्र वजेदेखि यातायात अवरुध्द भएको हो । आजकल त वन्द पनि निकै सस्तो छ । श्रीमान् र श्रीमतीमा झगडा भए पनि चक्काजाम गर्ने गरेका छन्् । केही दिन अगाडि धादिङ्मा गरिएको चक्का जाम त्यसको उदाहरण हो भने आपुनी श्रीमती अर्कोसँग जाँदा पनि यस्तै चक्काजाम भएको थियो । अस्ति केही महिना अगाडि यतै नजिकैको ट्रक ड्राइभरको श्रीमती एउटा कारवालासँग भागे पछि मेरी श्रीमती लैजानेलाई कारवाही गरी क्षतिपूर्ति नपाएसम्म बाटो नछोड्ने भन्दै वीच बाटोमा ट्रक तेस्र्याएर चक्काजाम गरेको थिए । यसरी अहिले त नेपालमा यातायात अवरुध्द गर्ने फेसनको लहरै आएको छ ।ू उनको कुरा सुनेर रमाइलो र अनौठो दुवै लाग्यो मलाई । तर के गर्नु र आफै पनि त्यस्तै फन्दामा फसिएको छ अहिले ।
दुम्कीबासको कुरा सुनेर अचम्म मान्नु सिवाय अर्को केही उपाय छैन हामीसँग । आपसमा मुखामुख गर्न वाहेक केही गरेनौँ हामीले । किनकि बसमा यात्रारत हामी वीच लामो सहवास छैन । फेरि को कहाँ र कसरी यस भुमरीमा पषसेका छौँ कसैलाई थाहा छैन । बस चालकदललाई के हुन्छ भनी सोध्छौ -ूराति बाह वजे वा भोलि विहान एक वजेसम्ममा खुल्यो भने जाऔँला । तयारी अवस्थामा रहनु होला । नत्र भोलि विहानसम्ममा के हुन्छ विचार गरौला । त्यसपछि दुम्कीबास नै आज पुस ७ २०६४ शनिबार डिसेम्वर २२ २००७ को दिनलाई पूर्णरुपमा विदाइ गर्न तत्पर हुनु पर्ने छ । चाहेर भए पनि नचाहेर भए पनि हुने हुनामी कदापि टर्दैन भन्ने आहान लागु भएको छ हामीमा ।
वेलुकी निक्कै छिप्पिन थाले पछि खाना खायौँ हामीले । सबै यात्रुहरु खाना खाएर आ-आपुनो सीटमा गएर बस्न थाले । मभने यातायात वन्दको प्रतिकि्रया सुन्ने चाहना राखी मान्छेहरु जम्मा भएको स्थानतिर गएँ । धेरै मान्छेहरुको धेरै कुरा सुन्दा आश्चर्य लाग्ने खालको पाएँ मैल-
आराम गर्ने र मनोरन्जन गर्ने समय मिल्यो । पिकनिक खाना आएजस्तो अनुभव भै रहेछ मलाई ।
घरमा भए यत्तिको पिउन मनाही हुन्थ्यो । तर निश्चिन्ता एउटा हाफ पिउने सौभाग्य मिल्यो मलाई । यो वोतल हेर्नुहोस्न ।
ओछ्यानमा त सुतेकै हो । हिजो त यात्रा भएकोले कुनै नखरा गर्न पाइएन । तर आज त वाध्य भएर सानो सीटमा कुच्चिनु परिरहेको छ । भोलि उठ्दा बामपुड्के भइने हो कि क्या हो ूकहिले खुल्ला हँ बाटो ।
कवोल गरेको रकम नदिई किन हामीलाई पनि समस्यामा पारेको होला । कतिवटा रहेछ हँ त्यसको मुख
कावासोतीमै क्यू मा लगाएर बाटो खुल्नसाथ जान पाइन्थ्यो कि हामी धेरै टाढा छौँ अहिले ।
कावासोतीमा बाह्र रुपैयाँ पर्ने तैयारी चाउचाउको पचास रुपैयाँमा विक्री गरिरहेको छ रे ।
भोलि विहानसम्म पनि बाटो खुलेन भने बुटवल फर्केर सिध्दार्थ हाइ वे भएर पोखरा हुँदै जाने कार्यक्रम वनाउनु पर्ने हुन्छ । चालकदललाई भन्नु पर्ला कि आदि इत्यादि कुरा भै रहेको सुनेर एक प्रकार आनन्द माने मैले । सबैले आ-आपुनै डम्फू बजाइरहेका छन् दुम्कीबासमा । सबैलाई छटपटि पनि भै रहेको छ अवरुध्द यात्राले । यिनै विविध प्रतिकि्रया सुनेर चुपचाप आपुनै सीटतिर लम्किएँ म पनि ।
रात विताउन निकै कष्ट नै भयो मलाई । बेलाबेलामा चिसो हावाले जिस्काएर जान्छ हामीलाई । एउटा कष्टकै समयलाई जसोतसो पार गर्ने क्रममा दाह्रा किटेर लाग्यौँ सबैजना । बसको क्याविनमा हल्लाखल्ला निकै बढेको छ । जति साँझ छिप्पिदै जान्छ । त्यत्ति नै हल्ला बढेको आभास हुन्छ हामीलाई । बसका तीन जना चालक र एक जना खलासी छ । र क्याविनमा नै अन्य तीन जना केटीहरु पनि छन् । यदाकदा पर्दा यताउता सर्दा आपसमा हात लगाएर चलिरहेको देखिन्छ आक्कलझुक्कल । बस चलाउन नपर्ने भएकोले खोया विर्के याक चुरोट र पान मसलाको सेवन गर्दै आनन्दको समय विताइरहेका छन् क्याविनमा बस्नेहरु । उनीहरु बोलेको पनि कतिपय राम्रैसँग सुनिन्छ क्याविन वाहिर । कहिलेकाहीँ आपसमा आपुना घरका र परिवारका सदस्यहरुका बारेमा पनि सोधासोध गर्ने गर्छन् । यसरी के स्पष्ट हुन्छ भने ती युवतीहरु च्ाालकदलसँग पूर्णरुपमा परिचित भएकोजस्तो लाग्दैन । सायद बाटोमा कुरा गर्नु हुन्छ भनी चालकदलले क्याविनमा राखेको होला भन्ने अनुमान गर्न सकिन्छ सहजरुपमा । हुन त नजाने गाउँको बाटै नसोध्नु भन्ने आहान छ नेपालीमा । त्यसैले खासै चासो राख्ने काम गरिएन कसैले पनि ।
जसोतसो एउटा रात वित्यो दुम्कीबासमा । विहान उठेर मुख धुने चिया पिउने काम सम्पन्न गर्यौँ सबैले । र विहान छिप्पिदै गयो हाम्रो सामुन्नेमा । सात वज्यो । आठ वज्यो । वार्ता हुने भयो भन्ने कुरा यदाकदा सुनिन आयो । कावासोतीको प्रहरी स्टेशनमा फोन गरेको वार्ता हुने वाला छ भनी खवर आयो रे ।
विहानको नौ वज्यो । विहानीको खाना खाएर तयारी अवस्थामा रह्यौ सबैजना । तर बाटो भने खुलेन । दश वज्यो बाटो खुल्ने कुनै संकेत नै पाइएन । कावासोतीमा फोन गर्दा पीडीत पक्ष नआएकोले वार्ता हुन सकिरहेको छैन भन्ने हल्ला फिजियो वताससरि । त्यसपछि चालकदलसँग अनुरोध गर्न थाल्यौँ हामीले । अब बुटवल भएर पनि जाने काम गरौँ । नत्र अनिश्चित कालसम्म दुम्कीबासमा नै बस्नु पर्ने हुन्छ । धेरैको विदा दुम्कीबासमा नै सकिन थाल्यो । वृथिश नागरिक सिमोन वैलेको प्रवेशाज्ञा त सकिनै लाग्यो । त्यसैले जसरी भए पनि बाटो लागौँ भन्ने कुरामा एकमत भयो हाम्रो ।
चलकदलले अत्तो थाप्दै भने-ूवार्ता भए पछि बाटो त खुली हालःछ नि ! काठमाडौँ नजिक पर्छ यहाँबाट । यदि बुटवल भएर जाने हो भने दुई सय किलोमिटर फरक पर्छ । त्यसको लागि तेल पुग्दैन । करीव वाह्र हजार रुपैयाँ थप गर्ने हो भने जान सकिन्छ ।ू त्यसपछि यात्रुहरुको वीचमा एउटा तरङ्ग चल्यो र कतिपय सहमत भएनन् । तर अर्को वैकल्पिक उपाय नभएकोले अन्त्यमा सहमति जनाउनै पर्यो सबैले । प्रत्येक यात्रुबाट नेपाली रुपैयाँ दुई सयको दरले उठाउने काम भयो । पैसा जम्मा भए पछि विहानको एघारा वजे विधिवत प्रस्थान गर्यौ वुटवलका लागि ।
दुम्कीवासबाट हिजो आएकै बाटो भएर फर्कियौँ बुटवलतर्पु । एक प्रकार मज्जा नै लागेको छ मलाई । दुम्कीबासबाट कावासोती भएर नारायणघाट गएको भए तानसेन स्याङ्जा आदि स्थानहरु देख्नै पाउदिन थे । तर संयोगले नै मिलेको छ यो यात्रा मलाई ।
दिनको बाह्र बजे आइपुग्यौँ बुटवलमा हामीहरु । बसमा डिजेल भर्ने काम गरे चालक दलले कालीका नगर डिजेल पम्पमा । डिजेल भरे पछि अस्पताल लाइन ट्राफिक चौक पाल्पा रोड बुटवल क्याम्पस गोल पार्क मिलन चौक हुँदै पाल्पा स्वागत द्वारबाट भित्रिदा बस यात्राको तेश्रो दिनको एक वजेको रहेछ घडीमा ।
पाल्पा स्वागत द्वार काट्नसाथ साँघुरो र धूल्यान बाटोको यात्रामा जुट्यौँ हामीहरु । भीरको वीचमा खोपेर वनाइएको रहेछ बाटो । यहाँ यात्रा गरिरहँदा भोजपुरबाट धरान झर्दाको अनुभूति भयो मलाई । धरान आउँदा धनकुटा जिल्लाको सुनवालुवादेखि वराहक्षेत्र हुँदै चतराको बाटो पनि ठीक यस्तै प्रकारको छ । जसलाई अक्करको बाटो भनेर चिनिन्छ पूर्वी नेपालतिर । ढाकर बोकेर हिडेका भरियाहरु प्नि आपुनो पालो पर्खी पालैपालो हिड्नु परेको पनि देखेको थिएँ मैले । तर यहाँ त बस गुड्न सक्ने बाटो छ । तल कता हो कता तिनाउ नदी वगेको होला । तर वारिपारि अग्ला पहाड भएकोले राम्ररी लुकेको छ तिनाउ नदी । जसरी सुनवालुवादेखि चतरासम्म आउँदा बाटोबाट कता हो कता तल सप्तकोसी वगेको देखिन्थ्यो । ठीक त्यस्तै दृश्य छ यहाँ पनि । अझ भनौ सिलगढीदेखि कालिम्पोङ जाने टिस्टाको किनारै किनारको यात्रा गरिरहेजस्तै प्रतीत पनि भइरहेको छ यसबेला ।

पहाडका काखबाट सुन्दर झर्नाहरु झर्झर गर्दै झरिरहेका छन् । पारि भीरमा वन केराका भुयाङ्हरु देखिन्छन् । हरिया रुख विरुवा र पहिरोले पखालेका चिल्ला धसा्रहरु देखिन्छन् । मनै लोभ्याउने पाल्पाली डाँडा काँडासँगको जीवनको रंग र वहुमूल्य समयलाई साट्दै बढिरहेका छौँ हामीहरु ।
दोभान ५ पाल्पालाई एकै छिन भेट गरी भन्ज्याङ हुँदै श्री डाँडातर्पु लाग्यौँ हामीहरु । केराको खेती लोभलाग्दो गरी लगाइएको रहेछ यतातिर । यस्तैमा चितवनबाट काठमाडौँतर्पु जाने बाटोमा यात्रा गर्दा जम्काभेट हुने पहिरो गइरहने पहाड कृष्णभीर वा खसा्रङ्को गिध्दे पहराजस्तै डरलाग्दो पहाडसँग पनि जम्काभेट भयो हाम्रो । वृन्दावन मदनपोखरालाई नाघेर अपरान्ह दुई वजे तानसेन बजार मुनिको बर्तुङ बजारमा पुग्यो बस । नयाँ दिल्लीको आपुनो बसाइ पनि तानसेन मार्गकै छेउमा रहेको कुरा सम्झिएँ मैले । भारतका विख्यात संगीतकार तानसेनको नाममा राखिएको छ तानसेन मार्ग । धेरै पटक वङ्गाली मार्केट जाने क्रममा हिडेको छु तानसेन मार्गमा । तर आज आपुनै देशको तानसेन बजार छेउमा आइपुगेको छु । तर कसरी यस स्थानको नाम तानसेन भयो भन्ने बारे अनभिज्ञ नै छु म । केवल नेपाली साहित्यका मूर्धन्य नाटककार बालकृष्ण समले लेख्नु भएको ूतानसेनको झरीू नामक नाटकलाई मात्र सम्झिएँ मैले । नामकरणको खोजीमा लाग्ने हो भने अवश्यै केही न केही कुरा त फेला पर्ला । तर जिप्सी प्रकारको यात्रामा भएकोले केही सोच्न र गर्न नसक्ने अवस्थामा रहेको छु यस बेला ।
बर्तुङ बजारबाट पोखरा पुग्न एक सय सत्र कि।मी। रहने कुरा बजार छेउमा उभिएको खम्वाको सूचनाले बोर्डले जानकारी दियो मलाई । बर्तुङ बजारमा साना रोटीजस्ता या भनौ काठमाडौँतिर कालो मासको दालको वनाइने परिकार बाराजस्तै खानेकुरा पातका थालीमा वेच्दै गरेको देख्दा किनेर खाउ कि जस्तै लाग्यो मलाई । तर बाटोमा खुला तरीकाले बेचिने भएकोले धूलै मात्र हुन्छ होला भनी किन्ने काम गरिनँ मैले । हुन त बर्तुङको स्वाद र विशेषता जान्न खाएको भए पनि हुन्थ्यो होला कि भन्ने लागिरह्यो पछिसम्म मलाई ।
बर्तुङबाट दाँया मोडिएर उकालियो बस । वाँयातिर गएमा तानसेन बजार पुगिने रहेछ । टाढैबाट तानसेनलाई देखेर रमाए मनमनै । समयभावको कारणले तानसेनको माटोलाई सुम्सुम्याउन पाएनौँ हामीहरुले । किनकि तानसेन हेर्न थालियो भने काठमाडौँ पुग्न ढिलो हुनेछ । काठमाडौँ पुग्न ढिलाइ भएमा काम कुरा विगि्रन सक्छ । त्यसैले सबै कुरा छोडी यात्रालाई निरन्तरता दिन नै उपयुक्त भएकोले चुपचाप सीटमा बसेर दृश्यहरु बटुल्ने काममा जुटेँ म ।
चिर्तुङ धारा खोखारी पोखराथोक हुँदै रोका डाँडामा यात्रारत छौ हामीहरु । निकै उचाइमा पुगिसकिएछ यसबेला । टाढाका वस्तीहरु रमाइलो रमाइलो लागिरहेछ मलाई । बसको यात्राले धेरै स्थानहरु दृश्यहरु देखाउनका साथै परिस्थितिहरुसँग पनि जुध्न सिकाइरहेको छ हामीलाई । नेपालकै पनि पश्चिमका धेरै जिल्लाहरुको दर्शन गराउन सकेको छ यस यात्राले । त्यसैले यात्रामा धेरै समय खर्चनु परे पनि कताकता सन्तुष्टिका रेशाहरु प्नि सगवगाइ रहेका छन् मभित्र ।
चौध वजेर तीस मिनेट अर्थात् साढे दुई वजे आर्यभन्ज्याङ पाल्पा आइपुगेको सूचित गर्यो एउटा साइन बोर्डले । साइन बोर्ड नभएको भए कुन स्थान होला भनेर सोध्नु वाध्य हुन्थे म । तर साइनवोर्ड राम्रो काम गर्यो मलाई । यस्ता साइनबोर्डहरु आवश्यक पर्ने स्थानहरुमा राखिनु राम्रो हो । यस्ता राम्रा कामहरुको सिको सबैले गरुन् भन्ने लाग्छ मलाई । साइनवोर्ड कै कुरा गर्ने हो भने सबैले बुभुने र पढ्ने भाषाहरुमा लेखेर राख्ने गरेमा सुनमाथि सुगन्ध हुन्छ भन्दा कति फरक पर्दैन । मेरै अनुभवमा गत वर्ष बाराणसी जाँदा साइन बोर्ड त हुने तर त्यहाँ स्थानको नाम नलेखी मोवाइल नम्वर लेखेर सम्पर्क गर्न भनेर लेखिएको साइनबोर्डहरु देख्दा दिक्क लाग्यो । त्यस्तै अमृतसरमा घुम्दा जताततै पन्जावी लिपिमा लेखिएको साइनबोर्डले हैरानै पारेको थियो मलाई । अनि लाहोर पाकिस्तान जाँदा उर्दू भाषामा लेखिएको साइनबोर्ड पढ्न नजानी धेरै कुरा छुटाउनु परेको थियो मैले । त्यसैले मलाई प्रश्न गर्न मन लाग्छ साइनबोर्ड किन के प्रयोजन र कस्का लागि वास्तवमा साइनबोर्डको औचित्य भनेको पर्यटकहरु वा नवागन्तुकहरुको हुनु पर्ने हो भन्ने लाग्छ मलाई । स्थानीय वासिन्दाहरुका लागि साइनवोर्डको कुनै अर्थ नै हुँदैन । त्यसैले साइनबोर्डहरु राष्ट्रिय र कुनै एउटा अन्तरराष्ट्रिय भाषामा सँगसँगै लेखी राखिन जरुरी देखेँ मैले । फेरि साइनवोर्डमा स्थान विशेष वा पसल विशेषको नाम नलेखी मोवाइल नम्वर मात्र लेखेर टाँग्नुको औचित्य पनि देखिन मैले । तर जे भए पनि नेपालका कतिपय स्थानमा राखिएका साइनबोर्डहरुमा नेपाली र अंग्रेजी भाषा प्रयोग गरी लेखिएको पाउँदा खुशी नै लाग्यो मलाई । माफ गर्नु होला यात्राको सिलसिलाभन्दा वाहिर गएकोमा । तैपनि यात्रासँग नै सम्वध्द विषयवस्तु भएकोले केही छिन साइनवोर्डको विषयलाई उल्लेख गरेर अलमल गरँे मैले ।
बेरौटा पीपल डाँडा दर्लाम डाँडा हुँदै राम्दी पुल तरेर रमाइलो स्याङ्जा जिल्ला अवस्थित यालुङ्गा बजार आइपुगेछौ हामीहरु । त्यसपछि पनि नागवेली बाटोमा फनफनी चक्कर लगाउँदै बटुवा बरनडाँडा भन्ज्याङ बारी जगत्रदेवीलाई पार गर्दै गल्याङ बजार पुग्यौ पन्द्र वजेर वीस मिनेट जाँदा । गल्याङ् बजारमा
ओर्लिएर अंकमाल गर्ने समय छैन हामीसँग । यात्राकै क्रममा सम्झना पुगेँ- ूभैसे भीमफेदी देखिको दामान मकवानपुर को तीन दशक अगाडि गरेको बस यात्रा । सात घुम्ती तथा बाह्र घुम्तीको यात्रा तय गर्नु पर्दथ्यो काठमाडौँ पुग्नलाई । ती घुम्तीहरुमा वान्ता नगर्ने यात्रुहरु कमै हुन्थे । िरंगटा नलागी यात्रा गर्ने सायदै पाइन्थ्यो त्यस यात्रामा । अहिलेको यात्रा पनि झण्डैझण्डै उस्तै प्रकारको छ । आफैलाई पनि रिगटा लागेको अनुभूति भइरहेकोले कतिपय समय आँखा चिम्म गरेर यात्रामा संलग्न भैरहेको छु यसबेला ।
बसले क्रमशः चरौदी बजार तीन दोबाटे हुँदै आँधी खोला क्रसरको छेवैछेउ भएर दौडदै अपरान्ह सोह्र वजे वालिङ् बजारभित्र भित्रायो हामीलाई । । रमाइलेा र मनमोहकरुप लिएर उभिएको छ वालिङ् बजार । पत्रिका पसलहरु देख्दा आइतबार पुस १ २०६४ को ूसमय साप्ताहिकू किन्न पाइन्छ कि भन्ने लोभ लाग्यो । किनकि त्यस अङ्कमा मैले लेखेको कविता ूशङ्कर मार्केटको सूचीकारू कविता प्रकाशित भएको सूचना मेरा मित्र कवि श्री टङ्क उप्रेती तथा पत्रकार श्री छत्र कार्कीजीले इमेलबाट खवर गर्नु भएको थियो मलाई । तर समयाभावले रोकिएन बस वालिङ् बजारमा । त्यसैले चुपचाप संलग्न भै रहेँ यात्रामा ।
गैह्राथोक दहथुम हुँदै स्याङ्जा बजार पुर्यायो बसले । स्याङ्जा बजार निकै विकसित रहेछ भन्ने लाग्यो मलाई । घरहरु ठूलाठूला र अग्लाअग्ला रहेका छन् । फैसनमा सजिएका युवायुवतीहरुका झुण्डहरु पनि ओहरदोहर गरिरहेका छन् । बजारको वीचैवीच भएर दौडिरहेको छ हामीलाई बोकेको बसभने । एक प्रकारले सरसर्ती हेराइको आधारमा सुनसरीको धरान बजारजस्तै लाग्यो मलाई स्याङ्जा बजार ।
स्याङ्जा बजारको रमाइलो मनभरि नाचिरह्यो निकैबेर । बेलुकीको सत्र वज्दा नागडाँडा नाउडाँडा स्याङ्जामा पुर्याएर रोक्यो बसले । दिउसो हो वा बेलुकीको खाजा खाने काम भयो यहाँ । सेलरोटी तथा तरकारीहरु खायौँ सबैले । भोकाएकोले होला जे खायो त्यही अमृतजस्तो नागडाँडामा । त्यसैले पेट टन्न नभइन्जेलसम्म थपीथपी सेलरोटी तरकारी र चिया पनि पियौँ हामीले ।
खाजा खाए पछि फेरि चिप्लिन थाल्यो बस चिल्लो सडकमा । स्याङ्जा जिल्लाको भू-भागबाट विदाइ भएर कास्की जिल्ला प्रवेशको तयारीमा रहेको छ बस । यस्तैमा फेदी खोला नाघेर पोखरा भित्रिदा अठारा वजेर वीस मिनेट भइसकेको सूचना हातमा बाँधेको घडी वाइभेस सेण्ट लाउरेण्ट जापानी घडीले वताई रहेको छ मलाई । यो घडीको पनि कथा नै छ । म वाशिङ्गटन डी।सी।मा कार्यरत रहेको बेला सन् २००१ म् बडो श्रध्दापूर्वक टोकियोमा रहेकी भान्जी शशीले हुलाकबाट पठाई दिएकी थिइन् उपहार भनेर । हो त्यही घडी हो जस्ले समय बताइ रहेको छ मलाई । कहिले काहीँ बाटोमा हिड्दा अपरिचित मान्छेहरुले सोध्ने गरेका छन् मलाई समय । उनीहरुलाई पनि यही घडीको समय बताउने गरेको छु मैले । यस बारेमा धेरै गन्थन नगरौ । पछि समयले साथ दिएमा घडी बारे लेख्ने गरी अहिले यात्राकै परिवेशतर्पु फर्कन चाहन्छु म ।
पोखरा धेरै पटक आएको छु म । आज हतार पनि छ । अध्यारो पनि भै सकेको छ । त्यसैले पोखराको चहलपहललाई नजिकबाट नियाल्न निकै गाह्रो भएको छ मलाई । येनकेन प्रकारेण पोखरासँग संक्षिप्त भेट गरे पछि क्रमशः पोखरालाई छोड्दै एक्ले फाँट मार्की चौक दमौली तनहूँ घाँसी कुवा डुम्रे बजारहरुलाई अध्यारोमा नै नाघ्दै साँझको वीस वजे आठ वजे आवु खैरेनीमा आइपुगियो । पहिलेजस्तै वा वुटवल तथा दुम्कीबासमा यात्रुहरु ओर्लिएजस्तै एक हुल यात्रुहरु ओर्लिए यहाँ पनि । र बसका पछाडिका सीटहरु खाली हुँदै आएका छन् । ओर्लने मान्छेहरु ओर्ली सके पछि पुनः यात्रामा जुट्यो बस ।
अध्याँरोमा आइपुगी अध्यारोमा नै छोड्यौ आवु खैरेनीलाई । कुरिनटारबाट मनकामना केवल कार नचल्दा धेरै भीड हुन्थ्यो आवुखैरेनीमा । तर आज त्यति भीडभाड भएकोजस्तो पटक्कै लागेन मलाई । वि।सं। २०५४ सालमा बुबा काजीमान धर्मपत्नी रत्न र छोरा दीपेश मनकामना दर्शनको लागि आउँदा आवुखैरेनीमा बास बसेको कुरा सम्झिएँ मैले । अहिले रत्न र म बस यात्राबाट आइपुगेका छौँ आवुखैरेनीमा । बुबा काजीमान भोजपुरको बास्तिममा हुनुहुन्छ । छोरा दीपेश अमेरिकाको सिल्भर स्प्रिङ मेरील्याण्डमा रहेको छ यसबेला । यसरी एक दशक अगाडिकोजस्तो चहलपहल पटक्कै छैन आवुखैरेनीमा । विकासले पनि कतिपय व्यवसाय रोजगारी र अन्य कुरामा फरक पार्ने कुराको राम्रो उदाहरण बनेको छ आवुखैरेनी ।
ूलौ लौ बस चल्न आट्यो । सबै आआपुनो सीटमा बस्नुहोस् । खलासीले चेतावनीको स्वर उकेल्यो । सबैजना हतािरंदै चढ्यौँ बसमा । कोही त छुट्नु भएको छैन होला नि फेरि खलासीले चिच्यायो आवुखैरेनीको अध्याँरोलाई चिर्दै । ूसबै आयौँ । लौ अब जाऊ । यात्रुहरुको भीडबाट आवाज आयो । त्यसपछि गुड्न थाल्यो बस चिल्लो सडकमा ।
रात निकै छिप्पी सकेछ अहिले । अन्धकार लम्पसार परेर सुतिरहेको छ चारैतिर । सायद हामी चढेको बसले मात्र अन्धकारको विरुध्द युध्द गरिरहेको छ यसबेला । रातको एक्काईस वजेर चालीस मिनेट जाँदा मुङिलन -चितवन पुग्यौँ हामीहरु । मुङिलनका होटलहरु पर्खिरहेको रहेछन् हामीहरुलाई । तिनीहरु मध्येकै एउटा होटल अर्थात् पूजा होटलको अगाडि गएर रोकियो बस । सबै यात्रुहरुले खाना अर्डर गरेर इच्छा भोजन गर्ने काम तर्पु लागे । यसै क्रममा एउटा टेवलमा रत्न म स्मृति चन्द र मन्जु न्यौपाने बस्यौँ । तीन जनाले कुखुराको तरकारीसँग खाना खायौँ भने मन्जु वहिनीले मटनसँग । एक प्रकार यात्राको अन्तिम विसौनी पनि भएकोले आपसमा कुराकानी पनि भयो हाम्रो । स्मृति वहिनी क्यानाडाको प्रवेशाज्ञा लिन गएकी रहेछिन् दिल्लीमा । तिनको आपुनै समस्या रहेछ । उनको व्यक्तिगत समस्याप्रति सहानुभूति छ हाम्रो । त्यसरी नै मन्जु वहिनी वेल्जियमको प्रवेशाज्ञा लिन गएकी रहेछिन् दिल्लीमा । नसर्िङ गरेकी मन्जु वहिनी हाल एकवटा नन गभर्नमेण्टल अर्गानाइजेशनमा कार्यरत रहेछिन् । वेल्जियमबाट स्पन्सर आएकोले भीसाको लागि कागजपत्र मिलाउन दिल्ली पुगी पर्किन लागेकी कुरा वताउनु भयो हामीलाई । वास्तवमा भित्रभित्रै आ-आपुनै पीडा वोकेर मान्छेहरु भौतारिरहेका छौँ सबैजना ।
खाना खाए पछि पनि बसका चालकदल टसकामस नगरे पछि कराउन थाल्यौँ सबै यात्रु मिलेर । आज जसरी भए पनि काठमाडौँ पुग्नै पर्छ । नत्र निकै समस्या उत्पन्न हुन्छ । फेरि एक जना शेर्पेनी वहिनी ङीमा हो वा छिरिङले पनि कराउन सघाइन् । तिनी दिल्ली-काठमाडौ बस व्यवसायीकी धर्मपत्नी रहिछिन् । र तिनले जसरी पनि आजै जानु पर्छ भन्दै चालकदललाई भनिन्- ूमैले घरमा फोन गरेँ चार घण्टामा आइपुग्छ भनेको छ । त्यसैले छिटो गरेर जानु पर्यो । यसरी यात्रुहरुको दवाव खप्न नसकी चालकदलले लौ जाने हो भने फटाफट चढ्नुहोस् भन्ने काम गरे । ढिलो गरेमा भोलि विहानको एक वजेतिर मात्र जान्छ भन्दै घुर्की लगाउन पनि पछि परेनन् चालकदल ।
त्रिसुली नदीमा एउटा सुखद भेल उर्लियो । नदीको छेउमा पर्खिरहेका यात्रुहरुका चेहरामा खुशीको लेप लगाइ दियो समयले । पुूर्ति र उत्साह लिएर सबै जना चढ्यौँ बसमा । र बसले स्वर केलाउँदै जीउ तताउन थाल्यो धमाधम ।
रातको एक्काइस वजेर चालीस मिनेट जाँदा बसले बाटो समात्यो खुसुक्क । र बस जुका टाँसिएजस्तै टाँसियो बाटोसँग । हामी चुपचाप लागेर बस्यौँ आ-आपुनो सीटमा मूर्तिवन् ।
अन्धकारलाई पराजीत गर्दै बस कुरिनटार चितवन मलेखु धादिङ गजुरी महादेव वेसी हुँदै उकालिन थाल्यो नौवीसेसँगको दूरी छोट्याउन । यस्तैमा ठूलो साँझको छेउछाउमा नौवीसे पुगी नागवेली बाटो उक्लदै चौवीस वजेर पैतालीस मिनेट जाँदा थानकोट चेक पोष्टमा पुग्यो बस ।
एक प्रकार प्रतीक्षीत गन्तव्य आइ पुगेकोमा खुशीले पुरिएँ म । नयाँ दिल्लीको मज्नुका टीला पार्कदेखि थानकोट चेकपोष्टसम्म यात्रा गर्दा दिन गन्तीले चार दिन वा समयको हिसावले अण्ठाउन्न घण्टा लागेको पाएँ मैले । फेरि मैले काठमाडौँ छोडेको सात सय नौ दिन पछि आइ पुगेछु काठमाडौँसँग पुनःमिलन गर्न । त्यसैले पनि हर्षको सीमा रहेन मेरो । काठमाडौँले आफन्तको आभास दिलाउने चिसो हावाले मुसार्यो मलाई माया गरेर । मैले पनि आनन्दको स्वास लिए काठमाडौँमा बहने चिसो हावाको ।
यसबेला काठमाडौँ शान्त बनेर सुतिरहेको रहेको छ । मानौ शान्तिको भूमि हो काठमाडौँ । र हामी शान्तिको उपासक हौँ । विस्तारै बस कलङ्की स्वयम्भू वालाजू महाराजगन्ज चक्रपथ भएर चावहिल पुगेर रोकियो । हामी यात्रुहरु पनि सबै ओर्लियौ चावहिलमा । बस यात्राको अन्तिम पटक आपुनो नाडी घडीलाई हेरे विहानको एक वजेर पैतालीस मिनेट गएको रहेछ । यसरी एउटा जीवनको यात्रालाई समयको समानान्तर भएर चलेको अनुभूति गरेँ मैलेँ ।

जय छाङ्छा
छाङ्छा खिम बानेश्वर
हालः नयाँ दिल्ली ।

Bantawajee
Here is a travel story titled "Delhi-Kathmandu Bus journey". If you think it is useful in your blog that is fine. Otherwise leave it. It was published in UDAYA magazine and won the UDAYA Excellent travelogue Prize 2009.
Hope everything is fine with you.
With best wishes
Jaya Chhangchha
New Delhi

1 comment:

  1. Jaya Sir, it's really nice collection, I really selute you, thank you for all efforts.

    D.B. Subba
    Folkstone, U.K.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin