katha

लघु समलोचना

कमजोर सोचाई कोमल मनका धनी हामी नेपाली‏..........

कोमल मनका धनी नेपाली जसरी चारजात छत्तिसबर्ण एउटै बगैंचाका माली हुन भनेर चिनीन्छन । उसैगरी संसारको सबै कुना काप्चामा पसिना बगाउँन पनि पछीपरेका छैनन हाम्रा नेपाली। सबै देशमा पूगेर आफ्नो बाहादुरीको पहिचान छोडेकाछन।आफ्नो पाखुरीको बलमा रमाएका छन। मेहनत र पसिनाको कमाईमा रमाउँनुनै आफ्नो धर्म ठान्दछन। अरुको देशमा रमाउँन हाम्रो आज वाध्यता र मज्बुरी भएको छ। हामी सँग प्रसस्तो उपभोग्य जमिन जल जङ्गल नभएका पनि होइनन तर गर्दा भन्दा देशमा शासनकर्ताको फितलो पनले आजा हामी अरुको नोकरी र चाकरी गर्न वाध्यछौ।हामी सबै एक हुन सके हाम्रो देशमानै हामीले गरीखाने बातावरण बनाउँन सक्छौ! तर सबैको सयोग र सहि सुझाबलाई गहिरेर सोचेर सबैको भलोमा रमाउँने बानीको सुर्वात हामी भन्दा अग्रजबाट निस्पक्षरुपमा देखा परेमा एकदिन हाम्रो नेपाल सबैले सलाम ठोक्ने बन्छ भन्ने कुरामा हामी पूर्णविश्वाश गर्दछौ! तर यस्को लागि हाम्रो धर्यताको खाचो छ। किनकी हिजो जसरी पनि बितेर गयो अब आजलाई हामी सबैले बुझ्नु पर्छ। आजको यो युगमा आएर हामी नारीपुरुष धेरै थोरै जो जस्ले जहाँ जान सफल भयौ त्यहाबाट केही जान्ने र सिक्ने मौका भने पाएका छौ। मात्र खाचो छ। सानो ठूलोको यो अग्लो पर्खाल भत्काएर हामी सबै मिलेर गर्न भने जागरुक हुनै पर्छ। यस्को लागि समय लाग्छ तर असम्भब भने शायद गर्दै जादाँ नहोला। सबै कुरा सम्भब तुरुन्त हुँदैनन केही कठनाईसँग हामीले अझै जूध्न बाँकी पक्कै छ। तर हाम्रो यो अहङ्कारी जून हामी भित्र बसेको छ।म ठूलो त्यो सानो भन्ने मानसिक्ता बाट हामी नेपाली ग्रसित छौ!शायद यो शब्द भनेर मैले भूल गरिन होला की? त्यस्लाई थोरै हटाउँनु भने हामी सबैले पर्छ। हुनत जहाँ राम्रो छ त्यहा नराम्रो पनि सँगै हुन्छ यी दुबै एक अर्काका परिपूरक हुन। हामी चेतनशिल प्राणी हौ हामी यस्लाई हेरेर बुझेर छुट्टाउँन सक्छौ। सबै भन्दा पहिला केही कुरा पनि बुझेर गर्ने बानी बसाल्नु पर्छ। गल्ती मान्छे बाटनै हुन्छ। तपाईं हामी जो कोईबाट पनि हुन्छ। हेर्नुश त यो ईजरायल के थियो र आज मेहेनत र सबैको एकताले गर्दा आज हरेक देशका मान्छे रोजी रोटोको लागी आफ्नो जीवनस्थर उकासन यहाँ आउँछन। यहाँ बाट पनि हामीले राम्रो कुरा लिनसक्छौ। हुनत मेरो यो थोरै समय अरुको नोकरी गरेर बचेँको. यहाँका हरेक कुरा एक्किन का साथ भन्न सक्दिन.धेरै कुरालाई समेट्न सक्दिन.यो कम्प्युटरको जमनामा थोरै र छोटो लेखबाट हामीले पक्कै केही त्यस्को राम्रो पक्ष लिनसक्छौ। आज हाम्रो देशमा पनि महानचाँड बडा दशैले गाउँघर ढाँकेको छ। हामी सबै नेपाल देखी बाहिर छौ। सम्झेर कल्पेर बिताएका छौ। आफ्नो जन्मभूमी नेपालमा बस्नु हुने हाम्रा आफ्ना आफन्तहरु पनि टाढा भएका आफन्त सम्झेर बसिरहनु भएको छ। एकदिन सबै सँगै भएर बडादशै मनाऔला भनेर.तर बेडम्वना भयो हाम्रो गरीबी बिदेशीने क्रम अझै रोकिएको छैन। अझै रुने कराउँने दिन हाम्रा नेपालीका गएका छैनन।हुनत हरेकका आ-आफना पिडाबेथा दुखेसा पक्कै हुन्छन। हामीले प्रतेक देशको राम्रो क्षेत्रलाई निहाल्दा भने हाम्रो देश कहिले यिनिहरुको दाजोमा पुग्ला भन्ने चिन्ताले सताउँछ। यहाँ प्रतेक मानिसले उपभोग गर्ने सरसामनहरुको मूल्य र मान्यता रहेछ। हाम्रो देशमा त मान्छेको मात्र जन्म उत्सब मनाएको थाहाथ्यो तर यहाँ त रुख बिरुवा घर बसोबास गरेको तिथीमिती सबैको जन्म उत्सब मनाइदो रहेछ। त्यस्को मत्लब सबैको मानमर्यादा रहेछ भन्ने कुरा बुझ्नु पर्‍यो की कसो?र हामी छोटा लुगा मात्र अरुलाई सुन्दर देखाउँन लगाउँछौ। तैपनी फिल्म हेरेर तर यहाँ किन छोटा लुगा लगाएका रहेछन भनेनी काम गर्न सजीलो होस भनेर रहेछ। हेर्नुस त कती अर्थपूर्ण कुरा आहा। हाम्रो देशमा त काम र सिप केही जानेका हुन्नौ तर किरिम पाउँडर लाली दल्न हामी जो कोहिले जानेका हुन्छौ एउटा ग्रामीण भेगका महिला देखी लिएर शहरका पढेलेखेका सबैले! यस्तैछ हाम्रो देशको चलन तर यहाँ त नारीपुरुष हेरेक ठाउँमा एकसेएक छन। न नारीले पुरुष को भर न पुरुषले नारीको भर पर्नुपर्छ। हुनत यी सब कुरा को ताजोपाँजो मिलाउँन धेरै समय लाग्यो होला हामीले देखेर आहा कती राम्रो भनेर हुँदैन लागिमेली पनि गर्नुपर्छ। हाम्रो त रुप पहिला हेरिन्छ तर यहाँ त काम हेरिन्छ। प्रतेक मान्छेले बच्चा बेला देखिनै सम्मान्ताको पाठ सिकेका छन। र त सबैलाई एउटै आँखाले हेर्न सजिलै सकेका होलान। हामीलाई त्यो पाठ कस्ले सिकाउँने एउटा ब्यक्ती भन्दा माथि उठेर हेर्ने बानी नै छैन हाम्रो। घरमा आमाबुवाले सिकाउँन एउटाले काम गरेर घरका सबै परिवार पाल्नु पर्छ। गुरुहरुले सिकाउँन मात्र जागिरको सोझो गर्छन् देशको सेबकबाट सिकुन कुर्ची बचाएर नै फुर्सत छैन। अनी कलम प्रेमीले लेखेका कुरा पढुन्जेल याद हुन्छ। बाहिरको माहोलमा मिसिएपछी काही नियम र नितिको पालाना छैन अनी के गर्नु मान्छेले मान्छे सँग मिल्नुनै पर्छ। अनी कहिले सहि कुरा समातेर अगाडि बड्ने होला हाम्रो देश नेपाल साह्रै दु:ख लाग्छ. अनी लाज पनि लाग्छ। हाम्रो सधैंको पछौटे मानसिक्ता देखेर।हामी कहिले यीनिहरुको बराबरीमा पुग्ने होला खै? हाम्रो नेपालीको त सासू बुहारी सौता सौता को लडाईं त सिध्यको छैन देशको बिकास हुने कुरा त आकाश को फल नै हुने होला।हामीले कहिले सबैलाई सम्मान्ताको नजरले हेर्न सक्ने होला।यहाँ त ८० बर्षको बुडालाई पनि नाम बाट बोलाउँछन। सासूलाई ससूरालाई पनि नाम बाट यहाँ दु:ख पनि मान्दैनन किनकी यहाँ उनिहरुको बेलालाई भूलेर बुडाबुडी भएपछी आफ्नो सोचाई उमेरको मान्छेमा लाददैनन सबैको बेला बैश आउँछ यो प्राकृतिको नियम हो। यो सबैले बेला अनुसार उपभोग गर्न पाउँनुपर्छ. भन्ने कुरा राम्ररी बुझेको कारणले यहाँ समान्त भएको होला शायद। हेर्दा हाम्रा नेपाली यहाँका मानिस भन्दा केहीमा कमी छैनन तर जनचेतना मा पछी भएर आज हाम्रो देशले सबै भन्दा पछी पर्नु परेको छ।अब जनचेतना कसरी फैलिन्छ र अब मैले थोरै पैसा बटुले म ठूलो भएँ । मैले के सोचे मलाई खान लाउँन पुगीहाल्छ कसैको दैलोमा जानुपर्दैन। अनी अरुहरुले के सोच्नु हुन्छ हेरन फलानी के थोरै पैसा कमाउँने भै'खाकी भूईमा न भाँडामा छे कस्तो फूरफूर कुनदिन झर्छ यस्को फूरफूर हेरन पाईन्छ। यस्ता बिबिधी कारणले हामी जहिले पनि तलाका-तलनै भएका छौ। हामी खाली मान्छेका खिल्ली उडाउँने काम गर्छौ। हेरन फलानोको छोरा डाक्टर तर बाउँआमा कती नराम्रा लु हेर्नुश त अनी त्यो कुराले मान्छेको मनोबल कती गिराउँछ। अनी अली पढे लेखेका मान्छे के सोच्छन यिनिहरु सँग हाम्रो रहनसहन केही मिल्दैन त्यसैले हामी यहाँ बस्न उच्चित छैन। लु भन्नुश हाम्रो अचेतना र अज्ञानको कारणले हाम्रो देश कत्ती पछी परेको रहेछ त। हामी कसैको राम्रो कुरा देख्न सक्दैनौ त्यो माथी गयो हिजो किही थिएन यस्ताको सन्तान उस्ताका सन्तान बाउँबाजेका नाउँसँग जोडेर मूल्याङकन गर्छौ।अब हामी आँफै सोचौ यस्तो हाम्रो अबिबेकपूर्ण कुराले हामीलाई अरुभन्दा पछी पारीरहेको रहेछ भने के हामीले यी कुराहरुलाई सुधार ल्याउँनु पर्दैन होला त? हामी अझै यीनै झिना मसिना सोचाईमा अल्झेर कस्लाई फाईदा भयो त? हाम्रो समाजमा अझै छोरी मान्छे बिदेशमा गएको राम्रो रुपमा हेरिदैन पछी ऊ नेपालमा गएपछी गाउँसमाज का नराम्रा मनग्रणते कुरासँग लडाईं गर्नुपर्छ।अनी केही गर्ने जोस जागार पनि मरेर आउँछ अनी हामीले के बुझ्न जरुरी रहेछ त सबैले आ-आफ्नो तरीकाबाट जीवनजीउँने हक छ। सबैलाई यो ज्ञान हुन जरुरी रहेछ एउटा मानिस ऊ सधैं मानिस भएर बाँच्न पाउँनुपर्छ की कसो?आखीर हामी सबैले चाहेको शान्ति एउटै हो. भने हामी सबै एक हुनै पर्छ होइन त?अझै सोचौ हामी हाम्रो देशको उन्नती चाहन्छौ भने?सबैको एकतामै हाम्रो बल छ!
गीता थापा (दोषी)
बेलबारी मोरङ
हाल ईजरायल

0 लेखक लाई प्रतिकृया यहाँ:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin