katha

लघु कथा

रातको १२ बजेको हुदो हो, ढोकामा एकतमासको आवाज आएर ठोकिन्छ. बचाऊ-बचाऊ अनी म हतार-हतार लुगा लगाएर ढोका खोल्छु,साबीत्रा दिदी पो हुनुहुदो रहेछ,अनी म उहाको त्यो हालत देखेर त्रसित हुँदै सोध्छु. दिदी यती राती तपाईं यहाँ?तपाईंलाई के भयो? उहाको मलिन आवाजमा उत्तर आउँछ, हेर्नुन नानी अचेलभरी तपाईंको प्रदीप दाइलाई के भएको हो कोनी सधैं रक्सी खाएर आउँनु हुन्छ. अनी झगडा गर्नु हुन्छ,मैले केही बोल्नै हुँदैन केही बोलोकी त नानाभाती गाली गर्नु हुन्छ, म'त दिक्क भैइसके नानी उहाको सधैंभरिको यो बानीले मलाई'त आजभोली मरौं-मरौं लाग्छ। साबित्रा दिदीका दुखेसा एका-एक म'मा आएर पोखिन्छन. उहाको नाकबाट रगत बगिरहेको थियो।अनी म एउटा भाडोमा पानी राखेर सानो कपडाको टुक्राले पुछिदिन्छु। र उहालाई सम्झाउँछु, हेर्नुश दिदी आवेशको कुनै आँखा र सोच्न सक्ने बुद्दी हुँदैन, तपाईंले भूलेर पनि आवेशमा आएर त्यस्तो गल्ती कदम उठाउँनु हुँदैन प्रदीप दाइको लागि नसही हेर्नुश त राकेशको लागि भएपनी तपाईंले बाँच्नु पर्छ.यस्ता कुरा सोच्नु हुँदैन दिदी जीवन एउटा आँधिवेरी हो त्यो आँधिवेरी सँगै कत्ती मिठा-नमिठा आवेगहरु मिसिएर आउँछन हामीले तिनिहरुलाई पन्साएर पारी पुग्न सक्नु पर्छ दिदी यो नै हामी सच्चा मान्छेको धैर्यताभित्र पर्छ । भोली उहालाई जब रक्सिको मातले छोड्छ, अनी राम्ररी सम्झाउनुश शायद बुझ्नु हुन्छ होला। तपाईंहरुको यो रातदिनको घर झगडाले राकेशको फ्युचर कस्तो होला मलाई त साह्रै डर लागेको छ।के केही सोच्नू भएको छ. त्यस्कोवारेमा अनी तपाईंहरु नजिक बस्ने साथी भाईहरुलाई पनि नराम्रो असर पर्छ,मानी लिनुश झँगडा तपाईं र प्रदीप दाइको हो तर नराम्रो कुराको असर सबैलाई पर्छ,मैले उहालाई यिनै कुराले सम्झाए,उहा मौन कुनै प्रती उत्तर निहुरिएर आँसु खसालीरहनु भयो।अनी मैले उहाको मुन्टो उठाउँदै भने! रुएर कुनै कुराको सावधान हुँदैन दिदी बेलामा औषधी गरेन भने जीवन अभिसाप बन्छ,अहिले घरजानुस तपाईं म भोली अफिसबाट फर्किदा तपाईंको घरमा पसेर प्रदीप दाइलाई सम्झाइँदिन्छु.अनी मेरो भनाईमा साबीत्रा दिदीको जवाफ मैले कत्ती दुखदिए होगी नानी तपाईंलाई?अनी म भन्छु उहालाई मलाई यो दु:ख कुनै दु:ख हो जस्तो लागेको छैन दिदी एउटा मान्छेलाई एउटा मान्छेले जानेको र सकेको कुराले सयोग गर्नु राम्रो कुरा हो. तर गर्दा भन्दा पनि भोली कुनै नराम्रो घटना घट्यो भने सोच्नूस् त दिदी के म खुशी हुन्छु होला त?त्यसैले मेरो सयोगको खाँचो छ,अहिले तपाईंलाई दिदी कुनै अफ्ठारो नमानु भए हुन्छ,म पनि तपाईं जस्तै मान्छे हूँ हरेक दु:ख सुखको क्षणलाई महसुस गर्न सक्छु म. म भित्र पनि तपाईंको जस्तै दुख्ने मन छ। महलमा जन्मेका मान्छेले झुप्राको महसुस पनि गर्न सक्छ, र बास्मती खाएको मान्छेले खोले सिस्नुको पनि महसुस गर्न सक्छ,मात्र मन चाहिन्छ दिदी त्यस्को लागि,म'भित्रपनी तपाईंको जस्तै अनगिन्ती पिर ब्यथाहरुका चाँङग लागेका छन,अनी एकाएक साबीत्रा दिदी मेरो कोठाबाट बाहिरिनु हुन्छ,म भने चुपचाप त्यो अवस्थालाई निहाल्छु, जुनबेला प्रदीप दाई र साबीत्रा दिदी घरबाट भागेर विवाह गरेर डेरा खोज्दै यहाँ सम्म आउँनु भएको थियो,तेतिखेर दुबैमा एकअर्काको कत्ती माया थियो एकपल पनि आँखाबाट ओझेल हुँदापनी बाँच्न गाह्रो तर आज समयले एकआपसमा बोझको बातावरण तगारो जस्तै त्रेर्साईदियो म'मा मानौ सोचाईको बाडी'नै आयो मेरो मन केही खोजेको जस्तै तरङग बोकेर बसेको ठाउँबाट जुरुक्क उठ्छ,र झ्यालबाट बाहिर आँखा दौडाउँछ, टाढा-टाढा सडकमा मान्छेको दोहरि लत्यो छुट्टीरहेको थियो,शायद अफिस जाने बेला भएको होला अनी अनायासै मेरा जोडी आँखा हातको घडीमा गएर ठोकिन्छन साच्चै बेला भएछ, अनी म'पनी हतार-हतार गर्छु फेरी ढिला भयो भने हाकीमको गाली सुन्नु पर्छ,र म खाना खाएर कपडा फेरेर बस स्टप छेउँ पुग्छु सबै बस भरी-भरी मात्रै आउँछन केहीबेरको कुराईपछी अलीकम मान्छे बोकेको मिनीबस आउँछ, र म सोहिमा चढेर अफिस पुग्छु,सबै स्टाफहरु अफिसको परिषदभित्र प्रवेश हुने क्रम जारी थियो। सबै खूसि र प्रसन्न मुद्रामा देखिन्थे। मैले भने आज जिउँभारी भएको महसुस गरिरहेकी थिएँ।शायद हिजो राती निन्द्रा नपुगर होला के मेरो हातको घडीमा आँखा पुगेछन कती छिट्टो ब्रेकफास्टको टाईम पनि भएछ. मलाई भने आज केही खाउँखाउँ जस्तो लागेको थिएन मेरो मानसपटलमा तिनै हिजो रातीका कुरा खेलिरहेका थिए। साथीहरुले यसो पेट पूजा गर्न जाने होईन मिस भनेर सोध्दै हुनुहुन्थ्यो तर मैले जान्न भनिदिए,अनी बाँकी रहेका काम सकेर आज अली चाँडो अफिसबाट निक्लिने सोचबनाउँछु,र सबै हिसाब किताबको फाँइल बोकेर हाकीमको कोठामा पुग्छु ,तर त्यहा हाकीम फोनमा ब्यस्त देखेर केहीबेर चुपचाप वेटगर्छु अनी हाकीमको फोन कलका कुरा सकिएपछी सबै हिसाबको फाइँल हाकीमलाई बुझाएर भन्छु सर आज म अली चाँडो घरमा जानु पर्‍यो एउटा जरुरी काम छ, भनेर अफिसबाट बाहिरिन्छु,अरु साथीहरु सँग बिदा भएर,तर जब म साबीत्रा दिदीको आँगनमा पुग्छु धेरै मान्छेको घूईचो देख्छु, म आत्तिदै सबै मान्छेलाई घच्चेट्दै जब त्यहा पुग्छु, मैले सोच्न सकिन यो समयको महानता उहाको लाछ भूईमा लडाईंरहेको थियो। छेउँमा छोरा राकेश बिलौंना गरी-गरी रुदै थियो. तर साबीत्रा दिदीलाई त्यो छोराको अनयबिनय रुवाईको कुनै वास्ता थिएन,सबै रमिता हेर्नेहरु आ-आफ्नो तर्कबितर्कका कुरा गरिरहेका थिएँ। अनी केहीबेरको अन्तराल्पछी पुलिसको आँगमनसँगै लाछलाई एम्बुलेन्शमा राखेर हस्पीटलतिर लगिन्छ, अनी केहीबेरमा आँखाको रमिता सबैबाट ओझेल हुन्छ.मानौ एउटा जाँदुगरले जाँदु देखाएर गयो म ला-जवाफभएर घरमा आउँछु असफलताको घाऊ मुटुभरी बोकेर!!!

गीता थापा
उर्लाबारी, मोरङ
हाल: ईजरायल

2 comments:

  1. katha pain dherai nai ajakalko paribesh touch, ajhai lekhne garnu la Tnx.

    "Babu" sharma Rajib
    sundarpur, Morang

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin