katha

कथा

nanada

"जिउँदो साँढे"


भयावह समय तेसर्िएको हुन्छ । जताततै मुखौले कानूनले जरा गाडेको हुन्छ । बोल्न र भन्न पाइन्न । सुन्नु मात्र पर्छ । सुन्दासुन्दा कान पाक्छन् । जुन प्रश्न सोधिन्छ त्यसकै मात्र सटिक जवाफ पस्कनुपर्छ । राणाकालीन शैली निरंकुशताको पराकाष्ठा जताततै व्याप्त हुन्छ । मनभरि कुराहरु गुम्ास्याएर र भित्रभित्रै कुड्याएर धर्तीमा पाइला टेक्नुको विकल्प हुन्न । मानौंं जनताहरु धर्तीमा उत्पन्न भएका गुहेकीरा हुन् र मुखौले कानुनका निर्माता एवं संरक्षकहरु चाहिँ कथित स्वर्गबाट इन्द्रका आदेशले खटिएका देवदूत हुन् ।
तराईको ठाउँ । फागुन महिनाको न्यानो घाम तापेर किसन किताबका पानाहरु उल्टाइरहेछ । सडक सुनसान छ । एकाध मान्छेहरु साइकल गुडाइरहेका छन् । पैदल यात्रुहरु यात्रामा छन् । यातायातका अन्य साधनहरु रत्तिभर सडकमा देखिदैनन् । चारैतिर बन्दको हल्ला छ । किसनले पनि सुनेको छ- सरकारको अप्रजातान्त्रिक कार्यको विरोधस्वरुप जनयुद्धरत् शक्तिले बन्दको आयोजना गरेको हो । बन्दले सरकारको ध्यान खिचिदैन । सरकार जनताको आवाज सुन्न तयार हँुदैन । कुसर्ीको मोह प्रदर्शन मात्र गरिरहन्छ । सनातनी परम्परामा रत्तिभर सुधारको संकेत देखाउँदैन । उल्टै मुलुकमा संकटकाल थोपरिएको छ । जनताको मौलिक हक शासकको पोल्टामा परेको छ । जोसुकै जुनसुकै बखतमा पनि गिरफ्तार हुन सक्छ । कारणले वा अकारणले जोसुकै जुनसुकै बेला मृत्युको मुखमा पस्न सक्छ । मन आतङ्क र त्रासदीले नराम्ररी गाँजेको अवस्था छ । किसन किताबका पानातर्फ ध्यान खिच्न खोज्छ तर सक्दैन । उसले टेकेको धर्ती जलिरहेको छ । त्यही धर्तीमा जल्नेहरु अढाई करोड छन् भने धर्ती जलेको तापले तात्तिएका मात्तिएका र पात्तिएका मुीभर शासकहरु छन् । मुीभर शासकहरु र अढाई करोड निमुखाहरु बीचको फरक तुलना गर्नमा नै किसनको ध्यान खिचिन्छ ।
एकाएक किसनको मनमा स्कूल जाने कुरा मनमा आउँछ । साँढे नौ बजे स्कूल पुग्नुपर्ने नियम छ तर साँढे एघार बजिसकेको हुन्छ । बन्दको कारणले स्कुल पनि बन्द छ भन्ने सोच्न उसले भुलेको छैन । जताततै बन्द छ राष्ट्रकै स्पन्दन बन्द छ स्कुलका झ्याल ढोका बन्द नहुने कारण नै भएन । उसले यही कुरा सोचेर ढिलाई गरेको थियो । एक मनले उसलाई भनिरहेको थियो- शासकहरु चेत्दैनन् शासितहरु कत्ति जल्नु र पलपल ढलपल भइरहनु ! आफ्ना हक अधिकार र स्वाधिनताका लागि नेतृत्व दिन सकिन्न भने पनि नेतृत्व दिनेको छहारीमा बस्न कन्जुस्याइँ गर्नहुन्न्ा ।
मनभरि कुराहरु खेलाउँदै किसनका पाइलाहरु स्कुलतर्फ मोडिन्छन् । बीच बाटोमा नै एक सहकर्मी शिक्षकको मलिन स्वर उसको कानमा ठोक्किन पुग्छ -ूसर ! किसन सर भाग्नुस् । यो शहरबाटै भाग्नुस् । सेनाले स्कूल घेरेको छ । तपाईंलाई खोजिरहेछ । मलाई तपाईंलाई बोलाउन पठाएको हो । तपाईं भाग्नु भयो भने मैले सरलाई भेटिन भनिदिन्छु । तपाईँ बच्नुहुन्छ । कृपया भाग्नुस् ।ू सहकर्मी शिक्षकको कुराले उसको मनमा आँधी आउँछ । उसलाई ठूलो अनिष्टको पहाड थाप्लामा नै बज्रेजस्तो हुन्छ । परिस्थितिलाई अंगाल्नु नै पर्छ भन्ने ठान्न वाध्य हुन्छ । उसले भाग्ने कुरालाई रत्तिभर पचाउन सक्दैन । पचाउनुपर्ने कारण हुनुपर्यो । उसले कारण नै भेट्दैन । उसका पाइला अझ छिटोछिटो स्कूलतर्पु लम्किन्छन् ।
क्षणभरमै ऊ स्कूल पुग्छ । सैनिक मेजर विद्यालयका निर्देशक सरलाई केरकार गर्दै हुन्छन्् ।
-आज स्कूल किन बन्द
-स्कूल बन्द छैन सरहरु-मिसहरु हुनुहुन्छ । विद्यार्थीहरु चाहिँ आएकै छैनन् ।
-उसो भए तपाईँको किसन सर खोई किन भगाउनुभयो
-भगाएको छैन भगाउनु पर्ने कारण पनि छैन । सायद आउँदै हुनुहुन्छ होला ।
-किसनको आनीबानीको एकएक रिपोर्ट दिनुस् ।
ूसर नियमित स्कुल आउँनुहुन्छ । लगातार ५ वर्ष यस विद्यालयमा सेवा दिइसक्नुभयो । श्रेष्ठ शिक्षकको रुपमा गनिनुहुन्छ । मर्यादित कुरो गर्नुहुन्छ । यस वाहेक कुनै कुरा उहाँको बारेमा अरु छैन ।ू निर्देशक सरको कुरा सकिनासाथ मेजरको नजर किसन माथि पर्छ्र । उनी भन्न थाल्छन् ूउसो भए तपाईँको शिक्षकलाई सोधपुछ गर्नुछ । अहिले म उहाँलाई लग्छु । तपाईँको अनुमतीले अर्थोक केही गर्छु । बुझ्नुभो ू निर्देशक सर अक्कनबक्क परे । हेडम्याडमले घृर्णित नजर मेजर तर्फ फ्याक्दै मुख खोलिन् ूकिसन सर पनि आइपुग्नुभएछ । जे सोध्नुछ यहीँ सोध्दा भै गयो नि । शिक्षकलाई बाहिर लग्ने कुरा नगर्नुस् ।ू
ूकुन कुरा मिल्छ कुन कुरा मिल्दैन । त्यो शिक्षा मैले माथिबाटै प्राप्त गरेको छु । मलाई नपढाउनुस् । मेरो अनुसन्धानमा भाँजो हाल्ने काम गर्नु भयो भने बुझ्नुस् । तपाईँहरुले पनि मतियारको रुपमा दर्ता हुनुपर्छ । यो संकटकाल हो । यसबेला हक अधिकारको वकालत नगर्नुस् । यो संकटकाल निम्त्याउने तपाईँकै किसन सर जस्ता बुझ्झक्कडहरु हुनुहुन्छ । बुझ्नुभो ू मेजरले कुरो टुङ्गयाउँछन् ।
किसनलाई अघि लगाएर मेजर बाहिरिन्छन् । पछिपछि ५६ जना सशस्त्र सैनिक जवानहरु छन् । सैनिक गाडीमा किसनलाई अगाडि बसाइन्छ । अरु सबै सैनिक जवानहरु गाडीको पछिल्लो भागतर्फ बस्छन् । मेजर आफैँ ड्राइभरको रुपमा गाडी हाँक्छन् । गाडी विस्तारै गुड्छ । मेजर पनि विस्तारै कुरा कोट्याउँदै अघि बढ्छन् । सडकका पेटीमा घरका छतमा विद्यार्थी अभिभावक र अन्य शुभेच्छुकहरु कालोनीलो मुख लगाएर यो दृश्य हेरिरहन्छन् । गाडी गुडिरहन्छ । हरेकका मनमा हरेक थरीका प्रश्नहरु आशंकाहरु जन्मिरहन्छन् ।
किसन अबुझ व्यक्तिजस्तो भएर मेजरको मुहार नियाल्छ वरपरको दृश्यको अवलोकन गर्दछ । करिव १० मिनेटको यात्रापछि मेजर यात्रा मन्द पार्छन् । प्रश्नको थुप्रो ठड्याउन थाल्छन् । करिव २० मिनेटसम्म प्रश्नको झटारो आइरहन्छ । उत्तर पनि गइरहन्छ । मन्दगतिमै यात्रा पनि अघि बढिरहन्छ । त्यसै बीच मेजरले मनको मैलो देखाउँदै भन्छन्ूहेर्नुस् किसन सर ! तपाईँहरु जस्तो विद्वान् मान्छेको कलिलो ज्यान निमोठ्ने मन मलाई छैन । म कर्तव्यले बाँध्ािएको मान्छे हुँ । राष्ट्रका सिन्दूर पहिरेको छु । माथिका मनोकांक्षालाई बुझेर मैले काम फत्ते गर्नुपर्छ । मलाई सहयोग गर्नुस् । मेरो मन मानव मन हो । वाध्यतावस् यो मनलाई पत्थरको मनमा परिणत गर्न नलगाउँनुस् । चाँडै सत्य बक्नुस् । तपाइर्ँ कुन पदमा बसेर काम गर्नुहुन्छ तपाईँका हेड कमाण्डरहरु र सहयोगीहरु कुन ठाउँमा बसेर काम गर्छन् सबै नालिबेली बताउनुस् । नत्र पत्थर मनले नामोनिसान मेट्न सक्छ ।
मेजरका कुराले किसनको मथिङ्गल रन्थनिन्छ । उसका आँखाका सपनाहरु एकाएक च्यातिन थाल्छन् । ओठ तालु जम्मै सुक्न थाल्छन् । गरुडपुराणमा वर्णित रौरव नरकको नालिबेली ऊ सम्झन्छ । पढेको कुरा यथार्थमा परिणत भएको आभाष हुन्छ । त्यही विभत्सकारी दृश्यहरु दोहोरिदै गएर आफूकहाँ आइपुगेको आभाष हुन्छ उसलाई । ऊ मृत्युको भयले असाध्यै विचलित हुन्छ । ऊ आफ्नो भूत वर्तमान सम्झन थाल्छ । भविष्य विहीन रुपमा आफू दुई दिने पाहुनाको रुपमा मेजरको सामु उपस्थित भएको ठान्छ । मनमा कुरा खेलाएको तर ओठ नखोलेको देखेर मेजरका मुखरावृन्दबाट पुनः बोली फुट्छ ूकिसनजी हतास नबन्नुस् । सास रहेसम्म आश गर्नुस् । तपाईँका निम्ति म कसाई मात्र होइन हैन सहयोगी पनि हुँ । राष्ट्रका कलंकका निम्ति म कसाई हुँ राष्ट्रका भविष्यका ताराका निम्ति म सेवक हुँ । तपाईँलाई कलंक र तारामध्ये कुन दर्जामा राखूँ भन्ने सबालमा तपाईँकै मुखबाट खुल्ने गोप्य रहस्यबाट ज्ञात हुन्छ । राष्ट्रलाई बचाउन सहयोगी भूमिका खेल्नुभएमा म पनि सहयोगी पात्रकै रुपमा उपस्थित हुनेछु ।ू
मेजरले उसलाई सकेजति नचाउन खोज्छन् तड्पाउन खोज्छन् । ऊ भने चुप नै रहन्छ । तेजविहीन उत्साह विहीन मात्रै हैन ज्यान विहीन स्वरुपझै उसको शरीर देखिन्छ । किसनको मौनतालाई चिर्दै मेजर नै अघि सर्छन् ूकिसनजी निरास बन्दै नहुनुस् । यत्रो उमेर हुँदासम्म पनि विवाह भएको रहेनछ । विहे भएको भए घरभरि लालाबालाहरु हुन्थे । यत्रो उमेर कसरी एकलरुपमा विताउन सक्नुभएको हो सडकमा हिँड्ने राम्रा तरुणी देख्नासाथ तरुणो मनले माया खन्याइहाल्छ रे । तपाईँको मन पनि त्यस्तै भयो होला । कि तपाईँ कुनै तरुणीबाट धोका खाएको बबुरो हुनुहुन्छ ू
यस्तो अनावश्यक प्रश्नले किसनलाई अचम्भित पार्यो । मेजर कुन बाटोबाट आफ्नो मनका कुराहरु बुझ्न खोजिरहेछन् भन्ने कुरा किसनले बुझ्न सक्दैन । ऊ अझै मौन्ा हुन्छ । मेजर एकोहोरो बोल्दै जान्छन् ूम मात्र बोल्ने तपाईँ श्रोता मात्र हुने हो भने तपाईँको पक्षमा निर्णय कदापी हुन्न । तपाईँ आरोपित व्यक्ति हुनुहुन्छ । आफ्नो सफाइ पेस गर्न कन्जुस्याईँ गर्ने हो भने जरुर तपाईँ दोषी हुनबाट चोखिनुहुन्न । जो दोषी छ जो कलंकित छ उसले अस्तित्व सुरक्षित बनाउन हम्मे पर्छ । आफूलाई जोखिममा नपार्नुस् । म पुनः भन्छु सत्य बक्नुस् । यो संकटकाल छोट्याउन मद्दत गर्नुस् ।ू
किसनलाई्र खपिनसक्नु हुन्छ । ऊ अब मुख नखोलीकन थेगिने अवस्थामा रहन्न । उसका मुखबाट पनि आक्रोशयुक्त झिल्का देखिन थाल्छन्ूमलाई तपाईँ जे भन्नुस् जे देख्नुस् । मैले कुनै गलत काम गरेको छैन । मैले राष्ट्रका निम्ति कलंकित सावित हुने कुनै काम गरेको छैन । म युद्ध मैदानमा बम बन्दुक बोकेर खटिएको योद्धा पनि होइन । म कलमजीवि हुँ । कलमकै पौरखले बाँचेको छु । मेरो कलमले समयको तीतो क्षणप्रति आक्रोश पोख्यो होला । सत्यमा चल्ने न्यायमा विश्वास राख्ने र प्रगतिशील समाजको निर्माणका लागि मेरो कलमले थोरै मसी चढाउने कोशिस गर्यो होला । त्यो तपाईँहरुले नै ठम्याउनु भएको होला । अर्थोक मैले केही गरेको छैन । मैले कतै मेरो नैतिक समर्थन दिएँ होला । त्यो मेरो नैसर्गिक हक पनि हो । तपाईँ राम्रो काम गर्नुस् मेरो मन जित्ने काम गर्नुस् । मेरो पूर्ण समर्थन त्यस कामका लागि हुनेछ । मैले वा अरुले नै समाजका निम्ति पच्य काम गरेँभने तपाईँ समर्थन गर्नुहोला । यस्ता कुरा बाहेक मबाट केही काम भएकै छैन । कसैको गलत कामलाई आँखा चिम्लेर समर्थन गर्दै प्रचारप्रसार गर्दै हिँड्ने काम मबाट भएको छैन । मेरा यी हातले अक्षर कोर्नु बाहेक अर्थोक जानेका छैनन् । मेरा यी ओठहरुले स्वच्छ हराभरा सुखी शान्ति र प्रगतिन्नोमुख समाजको निर्माण बाहेक अर्थोकको चाहना राखेका छैनन् । समाजमा व्याप्त विकृति विसंगति र पूरातनवादी संस्कृतिलाई संसोधन गर्नु आवश्यक छ भन्न पनि म नपाउने हेर्नुस् मेजर साहव म मात्र भुसुनो हुँ म मान्छे बन्न लालायित भुसुनो मात्र हँु । मबाट यस राष्ट्रका लागि केही हुनसकेको छैन । म कलमले बाँचेको र राष्ट्रको समुन्नतिमा थोरै भए पनि देन होस् भन्ने चाहना संगाल्ने व्यक्तिलाई राष्ट्रकै कलंकित व्यक्तिको रुपमा चित्रण गर्नुहुन्छ भने सुन्नुस्- मेरो कुरा पनि सुन्नुस् । मेरो मनको कुरा सुनेर बुझेर र गुनेर मात्र अर्थोक कुनै निर्णय गर्नुस् । हेर्नुस् मैले २८ वर्षे जीवन विताइसकेँ । संसारलाई धेरै नजिकबाट चिनिसकेँ । यत्तिाजेलसम्म म न घर भित्रकाको भएको छु न वनभित्रकाको भएको छु । म मात्र भुसुनो हुँ । म भुसुनोले राष्ट्रलाई संकटको दलदलमा भसाएको हुँ भन्ने प्रमाण पेश गर्नुस् । मेरो हृदय सानो छैन म असाध्यै डरपोक पनि छैन । मलाई मृत्युदेखि पनि डर लाग्न छाडेको छ । मेरो चित्त बुझाउँनुस् । मलाई राष्ट्रको कलंकको टीकोको रुपमा सावित गर्नुस् । अनि तपाईँलाई नियम कानूनले जे गर्न अधिकार दिएको छ त्यही गर्नुस् । नत्र भने यसरी तड्पाई तड्पाई नमार्नुस् । पलपल मर्नु साह्रै दुःखदायी हुँदो रहेछ एकै पटक मर्नु बरु सुखदायक हुँदो हो ।ू


उसको लामो कथनपछि मेजर तीन छक्क पर्छन् । चुपचाप रहन्छन् । किसनले पनि आफ्ना कुरा माथि परेको अनुभव गर्छे्र र पुनः मुख खोल्छ-ूतपाईँ भ्रममा हुनुहुन्छ । तपाईँ सरकारी धन बेक्कारमा नष्ट गर्दै हुनुहुन्छ । मलाई यो सरकारी गाडीम्ाा बसाएर यात्रा गराइरहनुको कुनै औचित्य छैन । मेरो बारेमा भएको भ्रम पनि हटाउँनुस् र मलाई आफ्नै सार्वजनिक जीवन विताउन दिनुस् । म अर्थोक…॥ू उसका कुरा टुङ्गिन नपाउदै मेजरले गाडी किनारामा अड्याए र कुर्लन थाल्छन्ूए तपाईँ मात्र विद्वान् । मलाई मूर्ख नै सम्झनु भएको । याद गर्नुस्- म मूर्ख हैन । मूर्ख त तपाईँहरु जस्तै व्यक्ति हुनुहुन्छ । २० २२ जना विद्वान् शिक्षक शिक्षिकाहरु मध्ये तपाईँलाई चुनेर ल्याउँनु मेरो रहर हो तपाईँलाई यो १६ लाखको सरकारी गाडीमा शहरको सैर गराउँदा मलाई व्यक्तिगत के लाभ हुन्छ म मेरो ड्युटी गरिरहेछु । मेरो ड्युटीमा अवरोध पुर्याउने व्यक्तिका लागि एक गोली नै काफी छ । यस्ता एक गोलीका शिकार हुनेहरु धेरै छन् । तपाईँलाई पनि तिनकै पंक्तिमा उभिने मन छ भने त ठीकै छ । नत्र झुटको खेती गरेर मलाई अन्धकारमा नराख्नुस् । हैन उज्यालोको खेती गर्ने व्यक्ति हुनुहुन्छ भने सत्य बक्नबाट टाढा नरहनुस् । सम्झनुस् सुकरातले सत्य बकेर र सत्यकै लागि हेमलेट नामक विष पियर मृत्यु वरण गरेका थिए । त्यसैले पो उनको नाम संसारले लिइराखेको छ । विद्वान् भएर पनि मूर्खता प्रर्दशन गर्दै सबै नेपालीलाई भ्रममा नपार्नुस् ।ू
मेजर आफना तर्कहरु राख्दछन्ा् । किसन पनि आफना मतले आफू निष्कलंकित भएको पुष्टि गर्दछ । करिब ४ घण्टे प्रश्नोत्तर पछि मेजर गाडी लिएर किसनको डेरामा पुग्छन् । बाकस खोलिन्छ ट्रङ्क उघारिन्छ । एक एक किताब कापी पत्रिकाहरु उल्टाइन्छ । ओछ्यानमुनि भएका कागजपत्रहरु खोतलखातल पारिन्छ र ५ धोक्राहरु ठड्याइन्छ । ती धोक्राहरुमा खाली किताब कापी र पत्रिकाहरु मात्र हुन्छन् । तिनमा पनि कुनै किसन आफैले लेखिसकेका कापीहरु हुन्छन् कुनै प्रकाशोन्मुख कृतिका पाण्डुलिपीहरु हुन्छन् कुनै आफ्ना रचनाहरु प्रकाशित भएका पत्रिकाहरु हुन्छन् तर धेरै जसो आई।ए। बी ए। एम।ए। र शाखा अधिकृत परीक्षाका निम्ति संकलित पुस्तकहरु हुन्छन् । एकाध पुस्तकहरु मात्र कम्युनिष्ट पार्टी राजनीति राजदरबार हत्याकाण्ड सम्बन्धी हिन्दी अंग्रेजी भाषामा लेखिएका पत्रिकाका कटिङ्ग र नेताहरुका बारेमा हुन्छन् । ती पुस्तकहरुमा पनि धेरै जसो साझा प्रकाशन र प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित पुस्तकहरु हुन्छन् । सैनिक जवानहरु यी सबै आतङ्ककारी दस्तावेज हुन् भन्दै धोक्रामा हाल्ने गर्छन् । किसनको असहमतीका कारणले केही पुस्तकहरु छाडिन्छन् । आखिरमा किसनलाई पुर्याइन्छ जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा र नाम खुल्न नसकेको आतंकारीको कोठाबाट तीन बोरा आतङ्ककारी दस्तावेज र पाँच थान नयाँ पुराना हतियार बरामत भएको झ्याली पिटान्छ ।
सानो कोठा । १५ जना मुस्किलले सुत्न हुने कोठा । कल त्यहीँ ट्वाइलेट त्यहीँ जताततै हिलै हिलो । मच्छडको ठूलो हुलले आतङ्क मच्च्ााएको हुन्छ त्यहाँ । कालकोठरी नामाकरण गरेको ठीकै रहेछ भन्ने हुन्छ उसलाई । पडका पड्काएको आरोपमा पक्राउ परेका १२ वर्षका केटाहरुदेखि लिएर नाती भगाएको आरोपमा गिरफ्तार गरिएका ७७ वर्षिय बूढासम्मका त्यहाँ हुन्छन् । आशाराम चौधरीजस्ता हतियार सहित पक्राउ परेका र भोजपुर-धनकुटा जिल्लाबाट आतङ्ककारीको आरोपमा जेल चलान गर्दै ल्याइएकाहरु पनि हुन्छन् त्यहाँ । पक्राउ गर्नु परेपछि खान बस्न र सुत्न दिनुपर्छ तर ती कुनै कुराहरु पनि त्यहाँ उपलब्ध हुन्न । मानव अधिकारकर्मीहरु त्यहाँको बिजोग हेर्न कहिल्यै पुग्दैनन्् । उसले पनि मान्छेको दशा नजिकैबाट हेर्न पाउँछ । प्रायः जसो सबै कैदीका शरीरभरि निलडाम हुन्छ । अर्को कोठामा महिलाहरु थुनिएका हुन्छन् । तीमध्ये अधिकांस थारु समूदायका हुन्छन् । उनीहरुका औंलाका नङहरु उक्काइएका हुन्छन् । हाम्रो हविगत यस्तो बनाए हेर्नुस् न भन्दै उनीहरु रोइरहेका हुन्छन् । पुरुषहरुमा पनि धेरैजसो थारु समूदायका हुन्छन् । जताततै विजोग वाहेक अर्थोक हेर्न बुभ्ाु्न र सुन्न पाइने अवस्था नै हुन्न । अरुहरुजस्तै प्रत्येक रात आधा पाउण्ड जति खुन मच्छडलाई चढाएर रात कटाउँछ किसन पनि । दिनहरु पनि उस्तै नमीठो तवरले वित्छन् । कैदी कोठा बाहिरका कस्ौले बोलाई हालियो भने पनि भन्ने गरिन्छ ूए आतङ्ककारी ! खुब पुलिस सेना मारिस् हैन बाहिर अब भित्रभित्रै मर्ने पालो तेरो ।ू
एक रात १२ बजे किसन डाकिन्छ । सोधपुछ केरकार गरिन्छ । आतङ्ककारी हुँ आतङ्कक मच्चाउँदै हिँडेँ भन्न कर गरिन्छ । किसनको मनले मान्दैन । उसले ठाडै भन्दिछ ूम मेरो मनले नस्वीकारेको कुरा भन्न सक्तिन ।ू उसको शब्दकोषमा आतङ्ककारीले देश र जनताको कुभलो मात्रै गर्दै हिँड्छन् उनीहरु राजनैतिक शक्ति हु्ँदै होइनन् भन्ने हुन्छ । ऊ आफूलाई सचेत नागरिक भन्न मन पराउँन्छ मुलुकको कुभलो चिताउने नागरिक कदापी हैन भन्ठान्छ । दिनरात सोधपुछको कार्यक्रम भई नै रहन्छ । प्रश्नहरु नाना थरीका हुन्छन् तर उसको जवाफ एकै थरीको हुन्छ । ूआस्था मर्दैन विश्वास हराउँदैन । आस्था जता पनि ढल्कन सक्ला । बुझ्नेहरु असल कर्मतर्फ आस्था ढल्काउँछन् । अबुझहरु आँखा चिम्लेर जता पायो त्यतैतिर आस्था र विश्वास खन्याउँछन् ।ू किसन बेलाबखत यिनै कुराहरु दोहोर्याउँछ ।
पाँच दिनपछि किसन मुक्त हुन्छ तर उसका प्रमाणपत्रहरु मुक्त हुँदैनन् । हप्ता दिन नवित्दै मेजरले सैनिक क्याम्पमा नै बोलाएर भन्छन्ूविद्वान् मान्छे भएर पनि विश्वले नै आतङ्ककारीको सूचिमा सूचिकृत गरेकॊ संगठनको छहारीमा किन बस्नुहुन्छ त्यस्ता विनासकलाई मलजल किन पुर्याउँनुहुन्छ तपाईँ र त्ापाईँको संगठन दिवास्पन्ाा देखिरहेछ । यो साँढेको राजखानी लिने दाउ तपाईँहरुको हो । यसका लागि ५ वटा घेरा तोड्नुपर्छ । एउटा दुइटा तोड्दैमा साँढे नजिक पुग्यौँ भन्ने भ्रममा नबस्नुस् । जनपथ पछि पर्ला सके सशस्त्रलाई पनि पछि नै पार्ने योजना होला तर कदापि हामीलाई हराउन सक्नुहुन्न । जबसम्म हामी छौँ तबसम्म साँढेको कसैले केही विगार्न सक्दैन । विश्व इतिहासमा कतै आतङ्ककारीहरुले सैनिकलाई हराएर राज्य कब्जा गरेका छन् त्यही पनि मान्नुस् कि हाम्रो घेरा पनि तोडिहाल्नु भएछ भने पनि त्यस साँढेलाई केही गर्न सक्नुहुन्न । साँढे जिउँदो छ । आफना तीखा सिङले सबलाई चटनी पारिदिन्छ किनकि जिउँदो साँढेको स्वभाव नै यस्तै हुन्छ । तसर्थ आउँनुस् हामी सबै मिलेर उसकै छहारीमा बसौँ अनि आतङ्ककारीहरुका हरेक आतङ्ककारी गतिविधिहरु निर्मूल गरौँ । शक्तिको उपासक बनौँ ।ू
मेजर बोल्दाबोल्दा थाक्छ र उसलाई बोल्न कर गरिन्छ । उसलाई मेजरको कुरामा दिलचस्पी हुन्न । उसले उही पुरानो भनाइ दोहयाउँछ । अरु केही बोदैन । दुई घण्टे बसाइलाई ऊ टुङ्गयाउन चाहन्छ । मेजरको पनि मुण्टो हल्लिन्छ । नागरिकता र केही शैक्षिक प्रमाणपत्रहरु मात्र ऊ फिर्ता पाउँछ । केहीे वर्ष वित्न नपाउँदैमा किसन परिणाम पाउँछ- जनमतका अघि सारा शक्ति र अहम्ताहरु निर्मूल हुने रहेछन् । शताब्दियौंदेखि जरो गाडेका हरेक जिउँदा साँढेहरु उसका हरेक मतियारहरु र उसका गार्डहरु पनि मुर्छित हुँदै जाँदा रहेछन् ढल्दै जाँदा रहेछन् ।

-नन्दलाल आचार्य-
तपेश्वरीः १ उदयपुर 

0 लेखक लाई प्रतिकृया यहाँ:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin