katha

अत्मा कथा

" त्यो दिन..."
chakendra


आज पनि काठमाण्डौंमा भिडभाड त्यस्तै होला । गाडिको नमिठो हर्न खलासि दाजुभाईहरुको चर्को आवज सडकमा पैदाल हिड्नेहरुको भिड गाडी भित्र पनि त्यस्तै भिडसिप¨ सेन्टर तिर पनि त्यतिकै भिड जता गयो उतै भिडै भिड । नेपालको राजधानि काठमाण्डौं भएर मात्र होईन एउटा मात्र अन्तरार्षिट्रय बिमानस्थल भएको कारणले बिदेशीहरु र नेपालीहरु पनि यहाँ बाट नै बिदेश जान्छन् र यहाँ नै ओर्लन्छन् । बिभिन्न अवसर खोज्न पनि मान्छेहरु काठमाण्डौलाई नै रोज्ने गर्छन र उच्च शिक्षा देखि राजनिति सम्मको लागी काठमाण्डौ नै सम्पुर्ण सेवा सुविधा सम्पन्न र उपयुक्त ठाँउ मानिन्छ अनि सानो ठाउँ भएकोले पनि भिडभाड त हुनै नै भयो ।

त्यो दिन जनवरी ७ को दिन थियो । मेरो त्यहि दिन कतार तिरको उडान थियो । आºनो जन्मभूमी बाट कोशौ टाढा जन्मभुमि र सम्पुर्ण आफन्ताहरुलाई छोडेर जानु पर्दाको नमिठो पिडा शायद मलाई जति कसैलाई लागेको छैन होला । मलाई नै पनि यस अघि कहिल्यै यति धेरै नरमाईलो लागेको थिएन । त्यो दिन मैले भर्खर भर्खर तर धेरै गहिरो गरी बसेको मायाँ र मायाँलुलाई पनि छोडेर जानु पर्ने नमीठो बाध्यता थियो । काठमाण्डौं को त्यो भिडमा कसैलाई कसैको वास्ता हुदैन । कसैले कसैलाई सोध्ने भन्ने सुन्ने र बु¤ने फुस्रद पनि हुदैन । तर मलाई भने त्यहि भिडभाडमा धेरै मायाँ गर्ने दिलकी रानी सरु तिमीलाई भेटन तिब्र चाहना थियो । भेटेर मन थाकिन्जेल कुरा गर्ने मन थियो । मन फुकाएर मायाँ गर्ने बिचार थियो । त्यसैले सरु तिमीलाई मैले गोपिकृष्ण चोक मा आउनको लागी निम्तो दिएको थिए । मेरो निम्तोलाई तिमीले खुसि साथ सहमति जनाउदा मेरो मनमा अनौठो खुसि र मिठो आनन्द मिलेको थियो । अघिल्लो दिनको कुरा अनुसार नै म एका बिहानै तिमी संग भेट गर्न गोपिकृष्ण चोक पुगेको थिए । सरु त्यति बेला मलाई थाहा भयो कसैलाई प्रतिक्षा गर्न कति गाह्रो हुदो रहेछ भनेर । तिमी सात दोबाटो बाट गोपिकृष्ण चोक आई पुग्नु भन्दा पहिले नै मैले दुई पल्ट फोन गरि सकेको थिए । गौशला तिर बाट आउने एक एक बसहरुलाई निहाल्दै तिमीलाई प्रतिक्षा गरि रहेको थिएँ । आºनो मन परेको मान्छेलाई भेट्न सबैलाई मन लाग्छ नै होला । मलाई पनि यस्तै हुदै थियो भेटेर रमाईलो कुरा गरौ ता कि बिदेशमा बसिन्जेल ती यादहरुमा समय काट्न सजिलो होस । निक्कै लामो समय पर्खे पछि तिमी माइक्रो बस बाट ओर्लदै गरेको देखें । म ज्यादै खुसि साथ तिमी तिर लम्कीए । त्यस दिनको हाम्रो औपचारिकता नमस्कार बाट सुरु हुन्छ । ॐ हस्पीतल को सामुमा सानो बस्ने ठाँउ रहेछ हामी त्यहि ठाँउमा बस्ने निर्णय गर् यौं । कुराको सुरुवात मैले नै गरे सरु ! जिवन त एउटा यात्रा रहेछ आज त्यहि यात्राहरुको क्रम उपक्रममा तिमी संग भेट भयो । तिमीलाई बिबाहाको ठुलो आशा दिलाएर विविध कारण जसको चर्चा यस अघि नै गरेको छौ अहिले त्यसको बारेमा कुरा नगरौ दुःख साथ भन्नै पर्छ मैले तिमीलाई धोका दिएँ भनेर । मलाई थाहा छ छोरी मान्छेहरु बिबाहा मा धेरै सिरीयस हुन्छन भनेर……… अनि फेरी तिमील्ाई फोन गरेर माफी मागे तिमीले मलाई माफी दियौ । अनि मात्र हामी त्यो दिन तिमी संग त्यसरी गफ गर्न जम्मा भएको थियौ । गल्ती गरेर माफी माग्ने म भन्दा त्यस्तो गल्तीलाई क्षामा दिने तिमी नै प्रत्येक अर्थ ले महान छौ सरु । त्यो दिन पनि तिमीलाई ॐ हस्पीटल अघाडी बसेर गफ गर्नु भन्दा पहिला पनि माफी मागे । त्यति बेला तिमीले भनेकी थियौ ूबितेको कुरा सम्झेर मन नदुखाउनु अब त कसरी उज्वल भबिश्य बनाउने हो त्यो पो सोच्न पर्छ तू भनेको कुरा आज पनि कानमा गुन्जिरहेको छ । त्यति बेला मलाई आºनो जन्मदिने आमा नै आएर यसरी सम्झाई रहेको होकि जस्तो पनि लाग्यो । किन कि आज सम्म मेरो आमा ले बाहेक अरुले कसैले मलाई जिन्दगीको बारेमा यति गहिरो र मार्मीक तरिकाले कुरा गरेको थिएन संझएको थिएन । आज पनि ति तिम्रो प्रत्येक शब्दहरु ताजा नै छ सरु मेरो धड्कनमा । मिल्ने भए त्यति बेला तिम्रो मुटु र मेरो मुटु लाई फलामको साङलोले बाधेर चाबी चाहि कसैले नभेट्ने ठाउँमा ºयाकि दिन्थे । तर साचे मान्छेको विश्वासमायाँ त्यो फलामको साङलो भन्दा हजार गुना बलियो हुन्छ नी हैन र सरु आज यो कुरा थाहा पाएपछि मलाई सबैले गाली गर्नु हुनेछ र तिमीलाई सहानुभुति र तिम्रो प्रसंसा गर्नु हुनेछ मलाई त्यति बेला ज्यादै खुसि लाग्ने छ । किन भने तिम्रो काम नै प्रशंसानीय छ सरु यो त शंकै छैन ।

हामी ॐ हस्पीटल अघाडी बसेर गफ गरी रहदा बिरामी कुरुवाहरु आउथे बस्थे हामीलाई पनि हेर्थे र जान्थे । हामीलाई को आयो को गयो भन्ने भन्दा पनि बिछोडीनु परेको पिडालाई एकले अर्काको आत्मालाई मलम लगाई लिने प्रयास गरी रहेका थियौ । त्यो दिन मेरो जिन्दगी कै पहिलो बिदेश यात्रा पक्कै पनि होईन । तर त्यो पल मेरो लागी शायद सितालाई रावणले अपहरण गरी लकां लैजादा सितालाई जुन पिडा भएको थियो दरबार हत्याकाण्डमा १५ मिनेट अघि मात्र बोलेर छुटिएको युबराज दिपेन्द्र हत्याकाण्डको शिकार हुदा देबयानीको आत्मामा जुन पिडाजुन दर्द भएको त्यो भन्दा कमी चाही अवश्य पनि भएको थिएन । तर के गर्नु सरु त्यति बेला मैले भावनालाई भन्दा कतब्र्यलाई नै अगाल्नु पर्ने नमिठो बाध्यता थियो । तिम्रो पनि ूउज्वल भविश्य बनाउनु पर्छू भन्ने तर्क को आशय त्यो दिन हामी छुठ्ठिनु नै पर्छ भन्ने नै हो सघर्ष गर्न पर्छ भन्ने नै हो । हुन पनि अनि मात्र हामीले उज्वल भबिश्यको मिठो सपना देख्न सक्थ्यो हैन त सरु त्यो दिन बिछोडको चोटलाई सहन नसकि डोको छाडेर रुन मात्र सकिन भित्र भित्रै धेरै रोए सरु । त्यो दिनको तिम्रो पिडा पनि त्यस्तै थियो तिम्रो अनुहारमा आत्मा भित्रको बेदना स्पष्ट झल्किन्थ्यो । सरु तिमीले नबोली नबोली धेरै कुरा सिकायौ । तिम्रँे म्ँँैनतामा मैलै धैरै कुरा सिकें । मँनव जीवन र बाध्यताको मिठो पाठ सिकाएको आभाष हुन्थ्यो । मान्छे प्रत्येक समस्याहरु सग मुकाबिला गर्ने आट गर्नै पर्छ । सामना गर्ने साहास बोक्नै पर्छ एउटा जिउदो मान्छेले भोग्ने सारा कुरा भोग्नै पर्छ भनेर हौसला दिई रहेको आभास हुन्थ्यो । त्यस दिन हाम्रो मायाँको अभिन्न अङ्ग ॐ हस्पीटल पनि बन्यो । किन भने यदि त्यहाँ ॐ हस्पीटल नहुदोहो त बस्ने ठाउँ हुदैनथ्यो यदि बस्ने ठाउँ नहुदो हो त हामी त्यहाँ बस्न पाउने थिएनौ । अनि बिदाहीका अन्तिम पलहरु माया साटसाट गर्ने उपयुक्त ठाउँ र मिठो एकान्त पनि पाउने थिएनौ । त्यो दिन हाम्रो लागी मायाँ गास्ने पवित्र ठाउँ भयो ॐ हस्पीटल । आज संझदा पनि कति आनन्द आउछ । यति लामो समयको अन्तरालमा जुन मिठो आनन्द तिमी सग बसेर गफ गर्दा भयो त्यो आनन्द कहिल्यै भएको थिएन र हुदैन पनि । अनि साँच्चि नै भन्ने हो भने म यति भाबुक भएर एकान्तमा कुनै छोरी मान्छे सग गफ पनि कहिल्यै गरेको पनि थिईन । सरु यो जिन्दगीको यात्रा तिमी बाट सुरु गरे र तिमी मा नै अन्त होस । मैले मनाकामना देबी सग पनि यहि प्रार्थना गरेको छु सरु । तिमीलाई भेटे पछि सरु एउटा छोरा मान्छेले देख्ने सबै सबै सुनौलो सुनौलो सपना देख्न थालेको छु सरु । म त चाहान्छु तिमी सगंको मायाँ नै मेरो जिन्दगी को अन्तिम मायाँ होस ।

अँ त्यो दिन त्यहि ठाउँमा फुफालाई पनि बोलाएको थिए । तर तिन घन्टा पछिको समय दिएको थिएँ । हामी गफ गर्दै गर्दा फुफा पनि आई पुग्नु भयो । हामीले फुफालाई देख्यौ तर फुफाले हामीलाई देख्नु भएको थिएन । अनि हामीले सल्लाहा गर् यौ एक छिन पछि बोलाउनु पर्छ । हामी आºनै गफ तिर मस्त थियौ । एक क्षण पछि त फुफा पनि देखिनु छाड्नु भयो हामीले सोच्यौ उहाँ कोठा तिर जानु भयो होला हामीलाई समयको पाबन्दि थियो । अनि हामी मन नलागी नलागी त्यो प्रतिक्षा लयबाट बिदा हुने निर्णय साथ हामी माथी सडकमा उक्लियौ । मैले त देखेको थिइन पहिला तिमीले नै देखेछौ उ † फुफा भन्दै मलाई देखाएको तर फुफले पनि सुन्नु भएछ । पर मुसुक्क हास्दै हुनुहुन्थ्यो । हामीलाई देखेर फुफा छक्कै पर्नु भयो । अनि उभिई उभिई हामी कुरा गर् यौ । समयले हामीलाई बिछोडको पल तिरै धकेली रहेको थियो । मेरो झोलाहरु लिएर भाई हरु त्यहि आई पुगे तिमीलाई अलिकति अप्ठ्यारो लाग्यो होला । तिमि बिदाहीको हात हल्लाउदै गौशला जाने माईत्रोमा चढ्यौ र हेर्दा हेदै त्यो माईक्रो बिलायो………। त्यो दिन म पनि गह्ौ मन लिएर कतारको उजाड उजाड मरुभुमी म पनि लागे ।

आज एक बर्ष नै बित्न लागेछ हामी छुठ्ठिएको त्यो दिन पनि । सरु तिम्रो आत्मालाई म हृदय देखि नै लाख लाख सलाम गर्छु । सरु तिमीले हिड्ने एउटा बाटो दियौ बुच्ने एउटा चाहाना दियौ र लेख्ने एउटा मिठो बहाना दियौ । त्यसैले आज म एउटा मुना मदन लेख्ने साहास गर्दैछु । आज म जति सम्म लेख्छु सरु त्यसको सम्पुर्ण श्रेय तिमील्ई नै जानेछ । सरु अब त तिमी मेरो लागी के हाईनौ यसो पो भन्न मन लाग्छ । तिमी धेरै टाढा छौ र पनि तिम्रो मायाँ तिम्रो याद नशा नशा बाट मेरो शरिरलाई चुमिरहन्छ । तिमी नै २१ औ शताब्दिको दुनियाकै सर्बोउत्कृष्ट प्रेमिका हौजसको भाग्यमानी प्रेमी म हँ भन्दा धेरै गर्व लाग्छ सरु । बिष जति पिएर अमृत जति तिमीलाई दिन मन लाग्छ । म मरेर तिम्रो काल टर्ने भए सरु म तिम्रो काल मा मरि दिन्थे । फोनमा कुरा गर्दा तिमी धेरै पल्ट रोएको छौ । रुनु आफैमा राम्रो त पक्कै पनि होईनमलाई कहिले कहि त लाग्छ यति धेरै मायाँ गर्ने प्राण प्यारीलाई मिठो मायाँको बद्ला आशु म कति पापी छु नी सरु तिमी माथी गरेको माहापापहरु के ले धुनु होला कहिले कहि सम्झदा पनि दिक्दार लाग्छ । त्यो सबै पापको सजाय मलाई नै मिलोस है सरु । सरु तिम्रँे आत्मा खुसि हुनु पर्छ जे गर्दा पनि हुन्छ तिमी आºनो खुसिमा रमाउनु पाउन पर्छु ………। तिम्रो आशुहरुमा हाम्रो मायाँ प्रतिको अपार श्रद्धा पनि स्पष्ट झल्कीन्छ । तिमी मेरो लागी अ_क्सजन नै हो । जो दुनियाँको प्राणीलाई जरुरी पर्छ । सरु यो धरती भासिए पनि आकाश खसे पनि हर आलतमा मैले तिमीलाई पाउनु पर्छ बस तिमी भन्दा टाढा मेरो कुनै गन्तब्य छैन तिमीलाई पाउनु देखि दोश्रो कुनै लक्ष्य छैनजिवन साथी बनाउने देखि अर्को कुनै स्वार्थ छैन । त्यसैले सरु मलाई मायाँ गर म तिमीलाइ कहिल्यै पनि घृणा गर्दीन । विश्वास गर तिम्रो विश्वासलाई कहिल्यै धोका दिने छैन । मेरो भावनालाई बुझ्ने प्रयास गर म तिम्रो भावनालाई कहिल्यै तिरस्कार कहिल्यै गर्ने छैन । सरु † अब यो बाँकी जिन्दगी तिमीलाई नै समर्पण गर्दैछु । अब मेरो मनको सारा चाहानाहरुलाई संकलन गरी राख्दै छु सरु जुन दिन तिमीलाई भेट्ने छु त्यो दिन तिम्रो पोल्टोमा राखी दिने छु । जुन दिन तिमी मेरा समिप्यमा हुन्छौ त्यस दिन तिम्रो दाहिने कान मेरो छातीमा टासेर सुनाउनु छ मेरो मुटु भित्रको आवाजहरु सरु त्यति बेला तिमीलाई थाहा हुने छ मेरो धड्कनले कस्को नाम बोलि रहेको छ भनेर । ए ! सरु सुन त यदि म तिमी भन्दा पहिला मरे भने कुनै पराई छोरी मान्छेलाई छुनु सम्म नदिनु है सरु मेरो लासलाई किनकी म मरेर पनि तिम्रै हुन चाहान्छु । जिउदो हुदाँ या मरे पछि पनि कसैको म माथी अधिकार हुन्छ भने मात्र तिम्रो हुनेछ सरु म्ाात्र तिम्रो………।

अन्त्यमा …………… गाली गर शराप गर म त तिम्रै शरण पर्छु ।
त्यो दिनले दिएको त्यो सुनौलो उपाहार कति मिठो छ नी सरु अहा ! त्यो दिन…………!!



चकेन्द्र राई "कैदी"
पाख्रीबास धनकुटा, हाल दोहा कतार

8 comments:

  1. Chakendra G dherai ramro chha hajur ko articles,

    keep it up

    Sanyog "Suman"

    ReplyDelete
  2. sanyog "suman " g derai derai dhanyadbad la tapaiko comment ko lagi .
    chakendra rai

    ReplyDelete
  3. Chakendra Sir, malai dherai hajurko man parchah sabai rachanaharu, aatmako gahiraai laai naaptaul ani relity laai sangaalera korin6 tapaiko bhawanaharu, yasai gari patak padhana paaiyos.

    Suman Dewan
    Yaaku, bhojpur
    hal: Brisbane.

    ReplyDelete
  4. dewan sir ! bhanchhan " garne bhanda garaune mahan hunchha re " tapai ra tapai jaste excellent commenter le mero galti ra malai hausala diyama ma pani try garne chhu aru aru pani lekhne . comments ko lagi derai dhanyabad la .

    ReplyDelete
  5. चकेंद्र जी धेरै राम्रो लाग्छ तपाइको रचनाहरु यसै गरी लेख्दै जानुहोला तपाईलाई साहित्यिक यातराप्रतीको शुभकामना

    बि जे बान्तवा
    भोजपुर

    ReplyDelete
  6. चकेंद्र जी धेरै राम्रो लाग्छ तपाइको रचनाहरु यसै गरी लेख्दै जानुहोला तपाईलाई साहित्यिक यातराप्रतीको शुभकामना

    बि जे बान्तवा
    भोजपुर

    ReplyDelete
  7. चकेंद्र जी धेरै राम्रो लाग्छ तपाइको रचनाहरु यसै गरी लेख्दै जानुहोला तपाईलाई साहित्यिक यातराप्रतीको शुभकामना

    बि जे बान्तवा
    भोजपुर

    ReplyDelete
  8. b.j. batawa ji tapaiko comment mero lagi mulbato ho jasle malai saphalatako mahal samma doraune chha .aaja tapai jasto manchhele malai yasto bhani dida singai duniya jite jasto lagdai chha .derai derai dhanyabad hajulai .
    ok bye .
    chakendra rai

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin