katha

सामाजिक कथा



दाइजो प्रथा
बोर्डिड्ड स्कूलमा शिक्षण गर्ने एक शिक्षकको पराजित मानसिकता र दाइजो प्रथाले आक्रान्त पारेको मधेस-तराईको समस्यालाई केन्द्रिय कथावस्तु बनाएर लेखिएको यस एकांकीले स्वाभिमानी शिर उच्च पार्न र समाजका वेथिति नष्ट गर्न एकतावद्ध क्रान्तिको विकल्प नभएको जनाएको छ । - एकांकीकार
पात्रहरुः
दिपेशः- विज्ञान शिक्षक वर्ष ४५
पि्र_िन्सपलः विद्यालका संस्थापक वर्ष ५२
हेडम्याडम :- विद्यालयकी संस्थापिका वर्ष ४८
लेखापालः- विद्यालयका कर्मचारी वर्ष २८
जुनु र मुनु :- दिपेशका छोरीहरु ९ र १० वर्ष

निजी विद्यालयका पि्र_िन्सपलको कार्यकक्ष । पि्र_िन्सपल आफ्नो कुसर्ीमा विराजमान छन् । नयाँ नियुक्ति हुनलागेका विज्ञान शिक्षक दिपेश सोही कक्षको एकापट्टि छन् । टेबलमा ठूलो ग्लोव छ । घरिघरि पि्र_िन्सपल सोही ग्लोब घुमाउँछन् । टेबलमा रहेको चन्द्रसूर्य अंकित राष्ट्रिय ध्वजाले सुन्दरता थप्ने काम गरेको छ । भुयाल नजिक राखिएको गमलामा फुलेको फूलको बासना आइरहेको छ । स्कूल छुट्टी भइसकेको कारणले गर्दा खलबल र आवतजावत कसैको छैन । जुनु र मुनु भने कार्यालय नजिकै खेलिरहेका छन् । विद्यालयका लेखापाल नजिकै रहेको आपुनै कक्षमा काममा व्यस्त छन् । केही पर हेडम्याडम आफ्नै धुनमा र काममा व्यस्त देखिन्छिन् ।
दिपेश तराईमूलका एमएस्सी उत्तीर्ण शिक्षक हुन् । उचित किसिमको तलव सुविधाको खोजी गर्ने क्रममा उनले एक दर्जन जति स्कूल परिवर्तन गरिसकेका छन् । उनको अधिकांश समय शिक्षण कार्यमा नै वितेको छ । दुई छोरीको विवाहमा दाइजो दिनुपर्ने चिन्ता उनमा छ । उनी पैसाको अगाडि अर्थोक कुरा फिक्का भएको महसुस गर्छन् ।
दिपेशः-केही सहज भावमा हेर्नुस् सर म जुनु र मुनुको पिता हुँ । मेरो ध्यान उनीहरु माथि नै छ । मसँग गरिने हर कुराहरु उनीहरुको मुहार हेरेर हुनुपर्छ ।
पि्र_िन्सपलः-आश्चर्य मान्दै म यहाँ पितासँग हैन शिक्षकसँग कुरा गर्दै छु । कुनै पनि शिक्षकको तलव सुविधा निर्धारण गर्दा उसको पारिवारिक पृष्ठमूभि हेरिदैन । उसको कार्यदक्षता हेरिन्छ ।
दिपेशः-एक योग्य शिक्षकमा हुनुपर्ने दक्षताको विकास मैले गरिसकेको छु जस्तो लाग्छ तर एक योग्य पिताको धर्म मैले निर्वाह गर्न नसकेको जस्तो लागिरिहेछ । त्यसैले मेरो यही अनुरोध छ - म शिक्षक एकातिर त्यो भन्दा शक्तिशाली पिता अर्कोतिर ।
पि्र_िन्सपलः-केही वाक्क हुँदै लौ भई गो । तपाइर्ं शिक्षक पनि पिता पनि । सुविधा के कस्तो लिने सोच्नुभएको छ ।
दिपेशः-केही उत्साहित हुँदै मेरा दुई पाटा छन् - एउटा विद्यालयले अहिलेसम्म खोजिरहेको अर्को ममा भएको दुर्बलता ।
पि्र_िन्सपलः-विद्यालयले खोजको त एक योग्य विज्ञान शिक्षक हो । दुर्वलता त खोजेको छैन ।
दिपेशः-दुर्बलता मेरो हो- पिता हुनु । यस हाँगोलाई नसमातीकन अर्को कुनै निर्णय नगर्नुहोला ।
पि्र_िन्सपलः-शिक्षक-पिता । पिता-शिक्षक । हामी यसैका वरपर घुमिरहेछौं । जो कोही पनि एक स्थानमा एक भूमिकामा हुन्छ अर्को स्थानमा अर्कै भूमिकामा हुन्छ । मानवीय जीवन भनेको अनेकन भूमिकाहरुको समष्टिगत स्वरुप त हो नि ।
दिपेशः-कुरोको चुरोमा नपुगीकन हामी अन्यत्र बटारिदै छौं ।
पि्र_िन्सपलः-छलफलले समय खान्छ मनपेट खोलेर शुरुमै छलफल हुनु वेस हुन्छ ।
दिपेशः-म पनि त्यही चाहन्छु । मेरो पनि त्यही कामना हो । त्यसैले म मेरा कुरा तपाई सामु राखिरहेको छु । अहिले तपाई म मेरा नानीहरुको भविष्य निर्माता हुनुहुन्छ । सर्वोच्च शक्ति धारण गर्नु भएको न्यायधिस हुनुहुन्छ । आवश्य पनि यहाँको न्याय हाम्रो भविष्य निर्माणको आधार हुनेछ ।
पि्र_िन्सपलः-छक्क पर्दै भविष्य निर्माणकर्ता त तपाई हुनुहन्छ । म मात्र संस्थापक पि्र_िन्सपल हुँ । यस वोर्डिङ्ग स्कूलमा वर्षेनी एकहजारकॊ हाराहारीमा नानीहरु पढिरहेका छन् । तिनीहरुको भविष्यनिर्माण गर्ने दायित्व म तपाईंको काँधमा सुम्पदै छु । सायद शिक्षक हुनुको कर्तव्यवोध हुँदा यो कुरो तपाइर्ंलाई पनि वोध भएको हुनुपर्छ ।
दिपेशः-अवश्य । अवश्य वोध भएको छ । मलाई यो पनि वोध छ कि जो अर्काको भविष्य हातमा लिएर हिँड्छ त्यसको भविष्य समुन्नत हुनुपर्छ । आफ्नो भविष्य नै धरमराउँदो आवस्था भएको देख्नेले अर्काको भविष्य बनाउन सक्तदैन ।
पि्र_िन्सपलः-तपाईंको सोचाइमा पनि दम छ । म पनि यस कुरामा बढी नै चिन्तनशील छु । तसर्थ हामी टेबल टकमा सरिक छौं । नत्र भने विद्यालयको न्युनतम नियम अन्तरगत तपाईंलाई पनि राखेर तलव सुविधा निर्धारण गर्दिने थिएँ । मैले तपाईलाई एक असाधारण शिक्षकको रुपमा हरेको छु ।

दिपेशः-मेरो प्रतिभा ठम्याउने कोशिस गर्नुभएकोमा धन्यवाद । म एम।एस्सी गोल्डमेडलिस्ट हुँ । मलाई विज्ञान विषयमा माध्यमिक तहमा कुनै किसिमको द्विविधा छैन । अंग्रेजी भाषामा पनि मेरो राम्रै दखल छ । यिनै आधारभूत कुराहरुको आधारमा मेरो मूल्याङ्कन गर्न सक्नुहुन्छ ।
पि्र_िन्सपलः-सालाखाला मूल्याङ्कन बिना नै कुनै व्यक्तिलाई शिक्षकको रुपमा छनौट गरिन्न । म तपाईका कुरमा सहमत छु । भन्नुस् तपाई कति समय यस विद्यालयमा सेवारत रहन सक्नुहुन्छ सेवारत रहने समयावधीले हामीलाई तलव सुविधा निर्धारण गर्न मद्दत मिल्छ ।
दिपेश असिनपसिन हुन्छ । जुनु र मुनु पनि छट्पटिन्छन् । उनीहरु कहिले झ्यालबाट भित्र चियाउँछन् र देख्छन् - संस्थापक पि्र_िन्सपल आफ्नै कुसर्ीमा विराजमान छन् । छेवैमा आफ्ना पिता बडो सकसमा छन् । पिताको मुहार नियाल्दा छोरीहरुलाई पनि त्यस दृश्यले छुन्छ । उनीहरु पितालाई अफिस बाहिर निस्कन संकेत गर्छन् ।
दिपेशः-छोरीहरुसँग नानीहरु हो । मलाई अझै केही समय लाग्ला जस्तो छ । पैसा िदंदै बरु क्यान्टिनमा गएर नास्ता खाओ र उतै बस । फेरि यता नआओ नि । तिमीहरुको मुहार हेर्नासाथ म तिमीहरुमा नै केन्द्रित हुन्छु । सरसँग आफ्ना कुरा राख्न सक्तिन । यसवेला म तिमीहरुको मुहारले डराएको छु । डर नै मेरो कमजोरी हो । कमजोरी हुनाले नै मैले मेरो बाटाका तगाराहरु पन्साउन नसकेको हुँ । नानीहरु हो प्लीज गो प्रुाेम हेयर । पैसा पाएपछि खुशी हुँदै नानीहरु जान्छन् ।
केही सहज हुँदै म यी नानीहरुको मुहारमा यस्तै प्रसन्नता हेर्न चाहन्छु । त्यो प्रसन्नता पैसाले मात्र दिन्छ । पैसा नदिइकन पठाएको भए उनीहरुको मुहारमा चमकता देख्न पाइन्थ्यो । मलाई त लागिरहेछ - पैसा छ सबथोक छ पैसा छैन केही छैन ।
पि्र_िन्सपलः-केही सहज भएर पैसा ठूलो कुरो हैन सर । पैसाले सुख िदंदैन । सुख पाउने प्रसन्नता ल्याउने धेरै माध्यमहरु छन् । ती माध्यममध्ये पैसा पनि एकाथोक हुनसक्छ तर सबैथोक होइन । पैसा नै जीवन हो कोही भन्छ भने त्यो पराजित मानसिकताको संकुचित सोच हो ।
दिपेशः-सरको कुरा काट्न पुगेकोम क्षमा चाहन्छु । पैसा परम्परा हो पैसा संस्कृति हो पैसा नै रहनसहन हो । तपाईं पैसाकै निम्ति यस बोर्डिङ्ग स्कूलको प्रोपराटर बन्नु भएको छ । म पैसाका लागि यहाँ कार्यरत हुने इच्छा राखिरहेको छु । पैसाको अभावमा यहाँ प्रतिभाहरु ओइलिइरहेछन् कुहेर गन्दे नलीमा खसिरहेछन् । यहाँका नेपाली ग्यालिलियो नेपाली न्युटन र नेपाली शेक्सपियरहरुले रातोदिन पैसाकॊ पछि दुगुर्नु परेको छ । गाँस वास कपास र भविष्यको अनिश्चित रुपरेखाका वारेमा वर्तमानमा चिन्ता गर्नुपरेको छ । म पनि भन्छु - वर्तमान शक्तिशाली छ वितेको समयबाट शिक्षा िलंदै वर्तमान सजाउनुपर्छ भविष्य आफैं सुधि्र्रन्छ । तर यहाँ वर्तमान सजाउन सकिएको छैन । भविष्यको कुरा त निकै टाढै छ ।
पि्र_िन्सपलः-हामी आवश्यकता भन्दा अनावश्यक कुराहरुमा समय बढ्ता दिन्छौं । हामी पछि पर्नुमा अनावश्यक कुरोमा बढी चिन्तनशील हुनु हो । अनावश्यक कुरोले मनोरोग ल्याउँछ । घर घरमा हामी मनोरोगी छौं । जहाँ मनोरोग छ त्यस सुख छैन शान्ति छैन । मात्र भ्रान्ति छ पश्चगमनतिरको क्रान्ति छ । त्यसै वखत पियन चिया लिएर आउँछ । पि्र_िन्सपल पानी पनि ल्याउन इसारा गर्छन् । ऊ जान्छ र तुरुन्तै ल्याउँछ । चियाको चुस्की िलंदै लेखापालको प्रवेश हुन्छ । दिपेश केही असहज अनुभव गर्छन् । दिपेशः-चियाको चुस्की िलंदै भन्नुस् त लेखापाल सर चिया मीठो केले भयो
लेखापालः-सहजरुपले मीठोको परिभाषा अनेकन् होलान् - यतिखेरको परिभाषामा म त यही भन्छु - चिया दूध र चिनीले मीठो भयो ।
दिपेशः-अनि भन्नुस् त दूध र चिनी केबाट आयो
लेखापालः-दूध गाई-भैंसीबाट आयो चिनी उखुबाट बन्यो ।
दिपेशः-मेरो प्रश्नले खोजेको जवाफ नआएको मलाई महसुस हुँदैछ - दूध र चिनी पैसाबाट आयो । पैसाले नै चिया मीठो बनायो । हाम्रो जीवन नै पैसा सोहोर्ने र पैसा फयाल्ने हो । जो पैसा सोहर्न जान्दैन उसले पैसा फाल्न पनि सक्दैन । पैसा फाल्न नसके जीवन सुखी पनि बन्दैन । पैसाकै लागि यहाँ सबथोक भएका छन् । पैसाको भरमा सबथोक हुँदो रहेछ । -क्रमशः
गतांकको बाँकी …।
लेखापालः-जुसुकै कुरालाई पनि पैसासँगै दाज्ने हो भने मानिसको जीवन नै धरापमा पर्छ ।
दिपेशः-पैसाको शक्ति त तपाईले पो राम्ररी जान्नुपर्ने हो बुझ्नुपर्ने हो । तपाई स्कूलको समयावधी भरि पैसा लिनुहन्छ पैसा दिनुहुन्छ । घर गए पछि पनि पैसा खानुहुन्छ पैसा ओड्नुहुन्छ । हर ठाउँ पैसैको राज छ । अनि पैसाको वखान त आउने नै भयो ।
लेखापालः-उसो भए नेकपा माओवादीको नेतृत्वको जनयुद्ध १९ दिने जनआन्दोलन दुई-दुई पटकका मधेस आन्दोलन र अन्य विविध वर्गका आन्दोलनहरु सबै पैसाका लागि भएका हुन् त पैसाकै तराजुमा तौलन मिल्छ त
दिपेशः-भन्न गाह्रो छ तर यी सब पैसाका उपज हुन् । पैसाकै लागि हुन् । यी सब पैसा प्राप्तिका माध्यम हुन् । मेरो पैसा कमाउने माध्यम र आन्दोलनका काइदाहरु फरक फरक छन् । बाटाहरु फरक फरक छन् गन्तव्य भने एउटै छ । पैसा सिर्फ पैसा ।
लेखापालः-लामो समयसम्मको भयंर पीडा खपेर देश यहाँसम्म आयो । बीस बाइस हजारको आलो रगतले यो उपलब्धी दियो । लाखौं घाइते र अपाड्डहरुको त्याग र परिश्रमले लोकतान्त्रिक गणतन्त्र नेपालका मालिक बन्न पायौं । अझ यसलाई पैसासँग तुलना गर्दा ती सहिदको श्राप लाग्दैन ती लाखौं घाइते र अपाड्डहरुको आँसुले पिरोल्दैन
दिपेशः-कुनै पनि कुरोको चुरोमा नपुगीकन सतही बुभुदा अर्थको अनर्थ लागेका अनेकन् घटनाहरु छन् । यहाँ पनि त्यही दोहरिएको हो ।
पि्र_िन्सपलः-उत्सुक हुँदै चाख लाग्दा कुरा झिक्नुभयो दिपेश सरले । यो त भिन्नै खाले दर्शन हो जस्तो लाग्न थाल्यो । तपाई आफ्नो मतलाई खुलस्तरुपमा विश्लेषण गर्नुस् त ।
दिपेशः-विश्लेषण गर्ने जिम्मा त अर्कैको हुनुपथ्र्यो । भन्ने पनि म नै विश्लेषण गर्ने पनि म नै हुँदा ूदूधको साक्षी बिरालोू त हुन्न म
पि्र_िन्सपलः-हाम्रा कुराकानी कुनै सैद्धान्तिक नियममा बाँधिएका छैनन् । तसर्थ स्वतन्त्ररुपले आफूले चाहे अनुसार विश्लेषण गर्दा हुन्छ ।
दिपेशः-हाई गर्दै र शरीर मर्काउँदै मेरो पैसो दर्शन आफ्नै प्रकारको छ । मलाई दरिद्र मानसिकताले जेलिएको र बेरिएको मान्छेको उपमा समेत भिराइएको छ । म त्यो उपमा भिर्न तयार छैन । अतः जसले भिराइरहेछ उतै त्यो उपमा फर्केर गइरहेछ ।
केही वेर गम खाएर जनता पैसाका अभावमा दरिद्र भए । हातमा सीप भएर पनि पाखुरीका सामथ्र्य रहेर पनि जनताले पैसो कमाउने अवस्था भएन । जनताले पाएको अधिकार ूबाँदरको हातमा नरिवलू भयो । यस आवस्थामा सामन्ती युग र संस्कारलाई आर्यघाटमा दाहसंस्कार गरी नयाँ युग र संस्कारको थालनी गर्ने लक्ष्य र उद्घोषका साथ जनयुद्ध शुरु भयो । यसको अर्थ बुभुनुपर्यो - जनयुद्ध पैसाको अभावमा जन्म्यो र पैसाको प्राप्तिमा टुड्डिन्छ । भ्रममा नपर्नुहोला । जनताको जनयुद्ध टुङ्गिएको छैन किनकि जनताको हातमा अझै पनि पैसो पर्न सकेको छैन । पैसो पक्कै कमाउने स्थिति आउला आउला जस्तो भाको छ । आइहालेको चािहंछैन ।
पि्र_िन्सपलः-यसको मतलब - जनताले रोजीरोटी भेटेमा जनयुद्ध वा जनआन्दोलनहरु समाप्त हुन्छन्
दिपेशः-अवश्य । जनताले विवेक खर्च गर्ने र पाखुरी लगानी गर्ने ठाउँ भेट्टाएमा मनमा असन्तुष्टी लिनुपर्ने कुनै काइदा नै छैन ।
लेखापालः-जनअसन्तुष्टि पैसाको अभाव देखापर्छ पैसाको प्राप्तिमा विलिन हुन्छ । मलाई पनि तपाईको मत गजवको लाग्यो ।
दिपेशः-यसलाई अझ विश्लेषण गर्ने जिम्मा यहाँहरुकै हो । चुरो चािहं पैसा नै हो ।
लेखापालः-अफिसबाट बाहिरिदै पैसो दर्शन सुन्न पाइयो । म आफ्नै धन्दामा लाग्नुपर्यो ।
लेखापाल गएतिर दुबै जना हेरिरहन्छन् । अलिक परैबाट जुनु र मुनु पनि आफिसका कुराकानी सुन्दै र दृष्य हेर्दैछन् ।
पि्रिन्सपलः-केही वेर गम खाएर सार्वजनिक कुरामा हामीले धेरै छलफल गयौर्ं । अब व्यक्तिगत कुरातर्फ ध्यान एकोहोर् याउँ कि
दिपेशः-व्यक्तिगत र सार्वजनिक बीच त्यत्रो भिन्नता म त देख्दिन । सार्वजनिक स्वार्थ भनेको सबैको समगं्र स्वार्थ हो । व्यक्ति व्यक्ति मिलेर नै समाज बनेको त हो नि । म जस्तै पैसाका भोकाहरुको समष्टिगत रुप नै समाज हो । मेरो भोक-तिर्खा मेटिए म असन्तोष प्रकट गर्दिन । ढुक्कले आफूले गनुृ्रपर्ने काम गर्छु । म जस्तै अरुको मनोकांक्षाको सम्बोधन भए कतै अनिष्ट देख्नु र भोग्नु पर्दैन ।
पि्र_िन्सपलः-भो धेरै बेर बसियो । कुरालाई छोट्याउँदै निर्णायक विन्दुतर्फ लागौं ।
दिपेशः-हाम्रो हडबडमा फैसला गरेर फुस्रदमा पछुताउने बानी छ । म पनि त्यसैको एक सदस्य हुँ । यति खेर भने म पछुताउने काम नगरुँ कि भन्दै छु । अतः समय लगाएर नै निर्णयक विन्दुमा पुग्ने मेरो रहर हो ।
पि्र_िन्सपलः-ठीकै छ । भन्नुस् - तपाई कति समयावधि विद्यालयमा योगदान दिनसक्नु हुन्छ कस्तो सुविधाको अभिलाषी हुनुहुन्छ
दिपेशः-प्रश्न त सहज रुपमा आयो । उत्तर भने सहज छैन । निजी विद्यालयका हरेक कुराहरु बुझेर नै मैले भन्नुपर्छ । र्मैले आफ्ना कुरा ून्युनतम सुविधाू को आकांक्षा संगालेर राख्नुपर्छ । विद्यालका हरेका गतिविधिमा यहाँ नै निर्णायक हुनुहुन्छ । म अहिले पैंतालीस वर्षको भएँ । साठी वर्षसम्म त राम्ररी नै काम गर्न सक्छु भन्ने लागेको छ । जीवनको उत्तराद्र्धकाल यसै संस्थामा विताउने इच्छा राखेको छु । बोर्डिड्ड स्कूलमा राखिएका पाठ्यक्रम न्युनतम योग्यता भएका शिक्षकले पढाउन सक्दैनन् । कसै कसैले पढाउन सके भने त्यो स्वाध्यायनको फल हो । म माध्यमिक तहभन्दा माथिको शैक्षिक योगताप्राप्त शिक्षक हुँ । तसर्थ यस मा।वि। तहको विद्यालयमा उच्च मा।वि।sाे सुविधा मैले खोजेको छैन । सरकारी स्कूलका मा।वि। तहका शिक्षकवर्गले पाउने तलव-भत्ता र सुविधा मेरो हकमा लागू गर्दिनुहोला ।
पि्र_िन्सपलः-केही असहज हुँदै म र यो संस्था सरकार हैन । सरकारको कुनै अड्ड पनि हैन र सरकारद्वारा संचालित वा संरक्षित पनि छैन । हामीबाट नै उल्टै विभिन्न खाले कर असुल्ने प्रयासमा सरकार लाग्छ । असल जनशक्ति उत्पादन गरेर हामीले राष्ट्रनिर्माणमा सहयोग पुर् याएकै छौं । सरकारी नीति अनुसार चल्न सक्ने स्थितिमा हामी छैनौं । सरकारी तलव स्केल उपलब्ध गराउन सक्ने हो भने त देश व्यापी विज्ञापन गरेर शिक्षक छनौट गर्दा भइहाल्थ्यो नि ।
दिपेशः-म उच्च माध्यमिक विद्यालका लागि योग्यता पुगेको शिक्षक हुँ । सो सुविधा मैले खोजेको छैन । म पनि कुरा बुझ्छु र सुहाउँदो इच्छा प्रकट गरेको हुँ ।
पि्र_िन्सपलः-फकाउने लवजमा म पनि तपाईको मतमा सहमत छु । सैद्धान्तिक रुपले सहमत भए पनि व्यवहारिक रुपमा कार्यान्वयन गर्न सक्षम यो संस्था छैन । तपाईं जस्तो शिक्षक संस्थालाई चाहिन्छ । यस संस्थामा तपाईलाई अटाउने मेरो सोच छ । मेरो सोचमा प्रतिकूल असर पर्ने अडान त्याग्नुहोला ।
दिपेशः-हेर्नुस् सर । म दुई छोरीको पिता हुँ । हाम्रो संस्कृतिमा दाइजो प्रथाले जरो गाडेको छ । दाइजो उपलब्ध गराउन नसक्नेले छोरीको विवाह नै गराउन सक्दैन । मलाई असफल पिता बनँूला कि भन्ने भय छ । मैले आजैदेखि दाइजोको लागि रकम जम्मा गर्नुपर्छ । समयमा नै सचेत नभए पछि पछुताउनु सिवाय मसँग अर्थोक केही रहन्न । मैले सरको वाध्यतालाई बुभुनुपर्छ भने सरले पनि मेरो वाध्यतालाई बुझिदिनुपर्छ । यस्तो महंगीको जमानमा थोरै कमाईले जीवनयापन गर्ने सकिन्न । दाइजोको लागि वचत गर्न सक्ने अवस्था आउँदैन आउँदैन ।
पि्रिन्सपलः-हो समस्या छ । म समस्या नबुभुने मान्छे हैन । हाम्रो आर्थिक स्रोत विद्यार्थी हुन अभिभावक हुन् । पढाइमा धेरै रकम खर्चिने प्रथा पनि हामीकहाँ छैन । समयको यही चक्रमा न्युनतम शुल्क लिएर संस्था चलाउन वाध्य हुनुपरेको छ । संस्थाले नै
न्युनम शुल्क असुल्छ भने आपुना कर्मचारीलाई पनि न्युनतम सुविधा मात्रै दिलाउँन सक्छ । यस बाध्यतालाई तपाई व्यक्तिगत हैन सार्वजनिक वाध्यता सम्झिदिनुस् ।
दिपेशःकेही अत्तालिएको भावमा उसो भए म दाइजोका लागि रकम वचत गर्न असमर्थ हुने भए
पि्र_िन्सपलः-विद्यालय र शिक्षकबीचको कुरामा दाइजोको कुरा आउनु असान्दर्भिक छ ।
त्यत्तिकैमा हेडम्याडमको प्रवेश हुन्छ । दुबै जना सहजभावमा नै हुन्छन् ।
दिपेशः-यो सान्दर्भिक छ किनकि वास्तविकता यही हो । मेरो ध्यान हरघडी ूदाइजोू कै वरिपरी घुमिरहेछ ।
हेडम्याडमःदाइजो त दिमाखको दुर्गन्ध हो । यो संस्कार हैन कुसंकार हो । यस्ता कुसंस्कारलाई तपाईंहरु जस्ता बौद्धिक वर्गले हटाउनुपर्छ । यसको पक्षपोषण तपाईंहरुबाटै हुने हो भने हटाउने कसले
दिपेशः-सरकारले ।
हेडम्यामडःसरकारले कानून अनुसार काम गर्छ । कानूनमा कतै दाइजो दिने र लिने कुरा लेखिएको छैन । सरकारको आँखा भनेको सतही आँखा हो । सरकार कसैको मनपेट छाम्न जाँदैन । तपाईजस्ता लाखौँ छोरीका बावुहरु ूदाइजोू सम्बन्धी कुरामा पिरोलिएका छन् । यस्ता कुरिती हटाउन क्रान्ति हुनुपर्छ । त्यो क्रान्ति आफैबाट शुरु गरौं । जनमत एकोहोर् याउऔं । यसैमा हाम्रो जय छ । यसैमा सारा छोरीहरुको कल्याण छ । छोरीको जीवन दुर्भाग्यको जीवन हैन सौभाग्यको जीवन हो । सौभाग्यको जीवन बनाउन आजैदेखि लागौं । हरेक कुरा सरकारको भागमा नछाडौं । जनमतले बनाएको नियम विपरीत जानेलाई कज्याएर ठीक ठाउँमा ल्याउने काम सरकारको हो । सरकारले क्रान्तिको विगुल फुक्दैन ।
दिपेशः-उसो भए दाइजोका पारखीहरुलाई बहिष्कार गर्नुपर्यो हैन र
हेडम्याडमःअवश्य ।
दिपेशः-त्यसो भए समाजबाट बहिष्कृत हुने पहिलो व्यक्ति म स्वयम् पर्ने भएँ ।
तीनै जनामा हाँसो छाउँछ । केही वेरको सन्नाटापछि
हेडम्याडमःूआफू भलो त जगतै भलोू भन्छन् । ूदाइजो नलिने पनि नदिने पनिू भन्ने सिद्धान्तवालाहरु एक ठाउँमा भए र विरोध जनाए भने विस्तारै विस्तारै समाजबाट दाइजो प्रथा व्यवहारिक रुपमै उन्मूलन हुन्छ । तपाईंका छोरीहरु त अहिले सानै छन् । विवाह गर्ने उमेरमा कस्तो समय आउला त्यसको स्पष्ट अनुमान अहिले नै निर्धारण गर्न सकिन्छ । यसका लागि आजैबाट काम थाल्नुपर्यो ।
पि्र_िन्सपलः-दिपेश सर । छोरीहरुका लागि दाइजोको चिन्ता गर्न छाडिदिनुस् । शिक्षादीक्षाको चिन्ता गरेर एक होनाहार नागरिक बनाउन कसरी सकिन्छ भन्नेतर्फ ध्यान एकोहोर् याउनुस् । लेखापालको सुस्त सुस्त प्रवेश हुन्छ
लेखापालः-चिन्ता । चिन्ता ॥ चिन्तै चिन्ता ॥ यस खाले चिन्ताले रोग निम्त्याउने रहेछ । रोगले गाँजेपछि अकालमै ज्यान जाँदोरहेछ । कुसमयमा संसारबाट विदा हुनुपर्दा परिवारजनको हालत कस्तो होला । सम्झदैमा पनि कहाली लागेर आउँछ । म त भन्छु- हामीले हाम्रो चिन्तालाई चािहं चितामा राख्नुपर्ने रहेछ । चिन्ता जलेर खाग भए पछिको जीवनआनन्द नै सच्चा आनन्द रहेछ । मान्छे भएपछि आनन्दको जीवन ज्यूँनु पर्ने रहेछ ।
दिपेशः-धेरै कुरा गरेँ । धेरै कुरा सुनें । धेरै कुरा बुझें पनि । तलव सुविधाको छलफलमा जोडिएका यी प्रसड्डहरु विचारेर म आजैदेखि नयाँ जीवन ज्यूने प्रण गर्दछु । मलाई पनि अनुचित नहुने गरी मेरो सुविधा कायम गर्दिनुहोला । म वचत गर्छु तर दाइजोको लागि हैन परिवारको आवश्यकता पूरा गर्न र भैपरी आउने संकटबाट बच्न ।
पि्र_िन्सपलः-ठीक छ सर । म तपाईको यथोचित मूल्याड्ढन हुने गरी उचित निर्णय गर्नेछु । यसमा कुनै संदेह नहोस् ।
दिपेशः-मनमनै संदेह त पुरापुरी छ । वेराजगारको मारले गर्दा संदेह प्रकट गर्नु भएको छैन । क्रान्तिकारी सोच-विचार मनमा छ प्रकट गर्नुभएको छैन । दास मनोवृति मनमा छैन । सामुन्नेमा त्यही प्रवृति हावी नगराई भाको छैन । विद्रोही बनँू मिलेको जागिर चट हुन्छ परिवार विचल्नीमा पर्छ । मैले फेरि कता हारगुहार गर्नु । जता पुगे पनि जता गए पनि काम नगरीकन माम पाइन्न । दास मनोवृति नहुकाईकन खुट्टा टेक्न पाइन्न । पैसाकै लागि आफ्नो अन्तस्करणलाई लात मार्नु पर्दो रहेछ ।
लेखापालः-के सोच्नुभएको दिपेश सर चिन्तामग्न हुन पो थाल्नुभयो कि क्या हो
दिपेशः-चिन्ता नाशक गुरु त मैले तपाईलाई ठम्याएको छु । गुरुकै अगाडि गद्दार गर्ने म शिष्य हैन । गुरुको आज्ञा अक्षरसः पालना गर्ने शिष्य हुँ म । सबैमा हाँसो छाउँछ हाँस्दै लौ त जम्ला हात गर्दै विदा पाऊँ । ऊ बाहिरिन्छ ।
हेडम्याडमःअसाध्यै समय विताउनुभयो । कि अरु लम्ब्याउँछु कि विल्कुलै छोट्याउँछु भनेर म आएकी थिएँ । कामयावी भएँ ।
लेखापालः-म पनि छलफलको लम्बे तान देखेर र सुनेर हैरान भएँ र मध्यान्तर गर्दिनकै निम्ति यहाँ प्रवेश गर्ने गथर्ंे ।
पि्र_िन्सपलः-कुरा त सबैका उपयुक्त नै लाग्छन् । व्यवहारमा उतार्न साह्रै मुस्किल । गरिब मुलुकमा जनतामा लगानी गर्ने क्षमता हुँदैन । आम्दानी बढाउने चाहना मात्र हुन्छ । सवै वर्ग सुविधाभोगी भए । सुविधा उपलब्ध गराउनै गाह्रो भो ।
हेडम्याडमःफेरि चिन्ता लिन थाल्नुभयो । ूजस्तो आम्दानी उस्तै खर्चू यही सिद्धान्तमा चल्नुपर्छ । जाऔं भान्सा घरतिर नास्ता तयार छ । सबै बाहिरिन्छन् । पर्दा खस्छ । समाप्त ।

नन्दलाल आचार्य
तपेश्वरी-१ गल्फडिया,उदयपुर

0 लेखक लाई प्रतिकृया यहाँ:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin