मैले तिम्रो फुस्रदलाई बिचार गर्दै सोधेको थिए तिम्रो फुस्रद मिल्छ भने अलिकति समय निकाल्न सक्छौ सरु मेरो लागी त्यति बेला तिमीले भनेकी थियौ निकाल्छु नि तपाईको लागी जति पनि समय निकाल्छु बरु तपाईलाई के को लागी हो फुस्रद भए म सग कतै घुम्न जाने हो तिमीले जाने ईच्छा देखाएकी थियौ तर मैले भनेको ठाउमा नै जाने भने मात्र म घुम्न जान्छु भनेकी थियौ । अनि मैले तिम्रो प्रस्तावलाई स्वीकार गरेको गरे । तिमीले गोदावरी जाने चाहाना ब्यक्त गरेकी थियौ । सरु त्यो मेरो लगी पहिलो भ्रमण थियो । त्यसैले होला मन उत्सुकताले फुरुक्कै भएको थियो । अघिल्लो दिनको सल्लाहा अनुसार नै म तिमीले भनेको ठाँउ सातदोबाटो एका बिहानै ७ बजे नै पुगेको थिएँ । एकै छिन पछि तिमी पनि आई पुग्यौ र हामीले गोदावारी को यात्रा सुरु गर् यौ । त्यति बेलाको कुरा सम्म गर्दा पनि मन भरी खुसीका तरङ्गहरु छछल्कीन थाल्छन्………… ।
आहा ! गोदावरी पहाडको फेदीमा फैलीएको निक्कै ठुलो फाट र हरियो चौरमा स्वातन्त्रले प्रेम भावहरु जताततै ब्यक्त भई रहेको देखिन्थ्यो । यसो हेर्दा बन पाखाहरुले पनि त्यहा आउने प्रेमी प्रेमीकालाई स्वागत गरि रहेको जस्तो आभाष हुन्छ । प्रेमी प्रमीको भाव बोलीरहेका जस्तो लाग्छ । जता हेरे पनि एक एक जोडी प्रेमी प्रेमीकाहरु बसेर गफ गरी रहेका देखिन्छ । आफ्नो मायाँमा सबै सबै दिन तत्पर रहेका ति अन्धा प्रेमी प्रेमीकाहरु कसैलाई देख्दैनथे । देख्थे त केवल आफ्नो मायाँलुलाई मात्र । उनिहरु स्वातन्त्रमा लिन देखिन्थे आफ्नै मायाँमा बिलीन देखिन्थे । हुन पनि मायाँले खोज्ने एउटा मिठो एकान्त यो भन्दा उपयुत्त ठाउ कहाँ होला र यसैको भरपुर फाईदा उठाउन सबै सबै आतुर र अग्रसर देखिन्थे । अनि एक पटक आँखाले भ्याए सम्म हामीले पनि राम्ररी हेरी सके पछि तिमीले सोध्यौ – कस्तो लाग्यो नी माईला यो ठाँउ तपाईलाई मैले भने यो त प्रेमी प्रेमीका को लागी धरतीको स्वर्ग रहेछ सरु जहाँ तिमीले मलाई ल्यायौ सरु साँच्चि नै मलाई त मन पर् यो । मेरो हृदयले खोजिरहेको स्वर्गमा नै ल्याएछौ तिमीलाई धेरै धेरै धन्यावाद भनेका थिए । तिमीले त्यती बेला भनेकी थियौ माईला म पनि हिजो अस्ती मात्र सिस्नो टिप्न आएको त्यती बेला मलाई मन परॆको ठाँउ तपाई सग आज आउन फेरी जुर् यो । तिमी पनि त्यतिकै खुसि थियौ ।
स्वतन्त्रको हरियो फाटमा त्यो पहारीलो घाम लागेका ठाउको हामी पनि बस्यौ । म तिमी संग लैला-मजुन को करा गर्न चाहान्थे । रोमीयो-जुलियटको कथा सुनाउन चाहान्थे । तर तिमी भने आफु र आफ्नो कुरा मात्र गर्न चाहान्थ्यौ । तिमीले आफ्नो कुरालाई यसरी मिठो सैलीमा सुरु गरेकी थियौ अँ माईला एक दिन मान्छे सबै मरिन्छ रे हो हामीले जे पनि देखि रहेको छौ त्यो सबै एक दिन बिलाएर जान्छ रे हो अनि भन्छन जहाँ मायाँ त्यहाँ नै घृणाजहाँ विश्वास त्यहा नै शंका यिनिहरु त एउटा सिक्का को दुईटा पाटा हुन रे हो माईला तिम्रो कुरालाई मैले सहमती जनाएको थिएँ । त्यहि मौका छोपेर तिमीले फेरि अर्को कुरा पनि सोधेकी थियौ माईला हाम्रो यति गहिरो मायाँ हुदा हुदै हाम्रो मायाँ भबिश्यमा असफल भयो भने तपाई के गर्नु हुन्छ यो प्रश्न ले मलाई र स्तब्ध बनाएको थियो । अनि निक्कै साहास बटुलेर भनेको थिएँ । सरु म यो त कल्पना गर्न पनि सक्तिन । र मेरो तर्फबाट यस्तो हुन पनि सक्दैन । यदि तिम्रो चाहाना र ईच्छा नै त्यस्तै भयो भने म तिमीलाई तिम्रो सफल भविश्यको लागी धेरै धेरै शुभ कामना दिनेछु । तिम्रो मन परेको मान्छेलाई म आफ्नो प्रेमिका दान गर्ने छु । त्यति बेला तिमीले मलाई फेरी शंका गरेकी थियौ माईला मलाई तपाई हृदय देखि नै मायाँ गर्नु हुदैन हो यदि मायाँ गर्नु हुन्छ भने कसरी आफ्नो प्रेमिकालाई नै दान गर्ने उद्धारता देखाउन सक्नु हुन्छ फेरी मायाँ कसैलाई दान दिने बस्तु हो र त्यति बेला मैले भनेको थिए – सरु तिमीले कुन कसम खानु पर्छ भन्छौ म त्यहि कसम खाएर भन्न सक्छु । म तिमीलाई हृदयको अन्तिम गहिराई बाट धेरै मायाँ गर्छु । मायाँ लिनको लागी मात्र गरीदैनमायाँ समर्पण पनि हो । सरु तिमीले जुन मायाँलाई शंका गरीरहेकी छौत्यो मायाँलाई नै म सबै भन्दा धेरै विश्वास गर्छु । अनि तिमीलाई मायाँ गर्न थाले देखि सारा सारा समपर्ण गरी रहेको छु । मायाँमा आफ्नो आत्मालाई जलाएर पनि मायाँलुको आत्मालाई खुसि बनाउन तयार हुन्छन् । तिम्रो खुसिमा सरु म जे अपनाउनु परे पनि जे छाड्नु परे पनि तयार छु । अलिकती भुसपोखरीमा छरेर माछालाई जालमा पारे जस्तै म मायाँको बल्सी थापेर तिमीलाई कहिल्यै धोका दिने छैन । यसैमा ढुक्क हुन मैले आग्रह गरेको थिए । अनि तिमीले भनेकी थियौ माईला मैले त तपाईलाई सोधेका मात्र पो त त्यसो हुनै सक्दैनर नहोस पनि । तपाईको मायाँतपाईको बिश्वास कहिल्यै खेरो जादैन माईला भन्दै मलाई विश्वास दिलाउदै गर्दा तिम्रो आखाँ भरी आशु टलपलाई रहेको थियो ।
एकै छिनको मौनाता पछि तिमीले प्रसङ्गलाई बदल्दै सोधेकी थियौ माईल्ा श्रीमान श्रीमति भनेको के हो मैले तिम्रो प्रश्नको छोटे उत्तर दिएको थिए एक रथको दुई पांग्रा मेरो यो निजी भनाई भने अवश्य पनि थिएन । यसमा तिमीले असहमती जनाएकी थियौ । तिमीले भनेकी थियौ म त भन्छु श्रीमान श्रीमती भनेको एउटा शरिरको दुईटा खुट्टा हुन एउटा रथको कुनै एउटा पांग्रा बिग्रीएमा अर्को नयाँ पांग्रा ल्याएर दुरुस्त बनाउन सकिन्छ तर एउटा शरिरको कुनै एउटा खट्टा बिग्रीएमा सग्लो खुट्टा जोडेर पहिले जस्तो दुरुस्त बनाउन सकिदैन । त्यसरी नै श्रीमान श्रीमतिको पवित्र नातालाई यसरी ब्याख्या गर्न चाहान्छु भनेकी थियौ । हामीले जुन उदाहरण मान्दै आएका थियौ त्यो भन्दा अलग्ग र विशिष्ट परिभाषा लाई हाम्रो दिग्गज अग्रजहरुलाई नै सोध्न चाहान्छु । तिम्रो भनाईलाई मुल्यङ्कन गर्ने मेरो हैसियत रहेन । सरु त्यति बेला मैले तिमी संग बैचारीक हारको महसुस गरे । तर यो कुरा तिमील्ई मैले भनीन । सदा म मात्र बोल्थे तर त्यस दिन तिमीलाई धेरै बोल्न मन लागेको थिएछ । तिमीले फेरी अर्को प्रश्न गर् यौ माईला विबाहा गरे पछि तपाई मलाई कहाँ राख्नु हुन्छ मैले यसको उत्तरमा भनेको थिए म तिमीलाई त्यहाँ राख्ने छु जहाँ मैले अहिले सम्म कसैलाई राखेको छैन त्यो ठाउ हो मेरो छाति भित्र । होईन के लाट घर पो त शत्रुको अघाडी एउटा सानो भए पनि घर ठड्याएर देखाउनु पर्छ है माईला अनि त्यहि नै बस्नु पर्छ ल………… मैले पनि तिम्रो कुराईलाई सहमति जनाएको थिए । त्यति बेला तिमी धेरै खुसि भएकी थियौ ।
सरु गफ गदै गर्दा मैले तिम्रो सलक्क परेका औलाहरु निक्कै लामो लामो आकर्षक नङहरुको फोटो खिचेको थिए । तिमीले मेरो छोटो छोटो कपाललाई प्रशंसा गर्दै भनेकी थियौ म त छोरा मान्छेको लामो कपाल मन पर्दैन र म छोरा मान्छेको सबभन्दा पहिला टाउको नै हेर्छु । तपाई छोरी मान्छेको सबभन्दा कहाँ हेर्नु हुन्छ भन्दै प्रश्न गरेकी थियौ मैले उत्तरमा भनेको थिएँ म छातिमा हेर्छु । तिमीलाई लाज लागेछ र अहिले गोदाई खानु होला है भन्दै रातो रातो भएकी थियौ । हामी यस्तै मिठो कुरा कानीपछि गर्दा गर्दै पत्तै भएन बेलुकाको ५ बजेछ हामी घर तिर फर् र्यौ ।
आज तिमी कहाँ अनि म कहाँ र पनि त्यहि गोदावरीको एक पलको प्रत्तिज्ञाले हामीलाई यति नजिक यति आत्मीयता र विश्वास दिलायो यति गहिरो मायाँ र यति समर्पित प्रेम सृजना गराई दियो । सरु सबभन्दा बिश्वास त किन पनि लाग्छ भने नी हिजो मात्र नेटमा देखाएकी थियौ । मैले मनकामना बाट ल्याएर दिएको एउटा माला पनि आज सम्म मायाँ गर्दै सुरक्षित राखेकी रहेछौ । सरु एउटा धागोको टुक्रालाई पनि तिमीले मलाई जस्तै मायाँ गरी आज सम्म राखेकी रहेछौ खुसि छु . सरु मलाई पनि त्यसरी नै मायाँ गरि राख सरु आज म पनि प्रतिज्ञा गर्न चाहाछु सरु तिम्रो मायाँ कहिल्यै खेरो जादैन । तिमी र मेरो बिचमा मायाँ देखि अर्को कुनै कुरा आउने हुदैन है । सरु तिमी जहाँ छौ खुसि भएर बस अलिकति धैर्य गरी बस मेरो अटुट आस्थाले तिमी सम्म आई पुग्ने छु । एक दिन त्यो पनि छिट्टै……… ।
चकेन्द्र राई कैदी
chakendra ji tapaiko kalpanik ak pal herera ta sachai kalpanama dubne khalko ramailo godabari tapaiko ramro lagyo lekhai yo wastabik ho bhane bastabik banos bhet bhai bhabisyma jodi banosh tapaiharuko lagi manokamanalai prathaana m pani garchhu.
ReplyDeletehello mina g aatmakatha kahile pani kalpanik hudaina, hola....
ReplyDeletemina ji tapaile lamo kathalai samaya lagayara heri dinu bhayachha ra mitho comment pani dninu bhayachha ani mero lagi kamana pani gari dinu bhayachha . i would like to say thank's alots mina ji . chakendra rai
ReplyDeleteChakendra jee, tapai ko aatma kathaako laagi maile real Godaawariko pic. haalna paaina maile kaalpanik pic haaleko chhu kripaya yadi tapai tyo pic laaii change garna chaahanu hun6 bhane plz ra yadi tapai ko "AATMAKATHAA" sanga mel khane pic bhae malai send garnu hola.
ReplyDeleteBJ Bantawa
bj bantawa ji ma saga tyo artical ko lagi upaukkta pic chhaina adi payama pathaidinechhu la .
ReplyDeletechakendra kaidi