katha

सामाजिक कथा

प्रलोभनमा फसेको गाउँले मन‏

बिहान घामको झुँल्कासँगै जन्महुन्छ प्रतिमाको। तेती बेला प्रतिमाको बाउ कुलबीर दुधदुधैँहुन्छ,भैंसीको गोठमानै त्यो अबोध बालीकाको तिखो आवाजले कुलबीरलाई झस्काउँछ। कुलबीर आवाजसँगै आफ्ना काँन ठाडाँठाडाँ पार्दै सुन्छ,तेतिकैँमा कुलबीरकी दिदी गौँथली फत्फताउदै ढोकाँबाट बाहिर निकलिन्छे, कुलबीरपनि आफ्नो हातमाभरी दुधँको बालटिन बोकेर के भित्रपस्न लागेको थियो. उसले एकतमासले फत्फताउँदै गरेकी आफ्नी दिदिलाई देखेर सोध्छ. हन "ए दिदी के भयो तिमीलाई? अनी आफ्नो भाई कुलबीरको सोधाईको आवाजसँगै उत्तर दिन्छे, रिसले आगो भएकी गौँथली के हुनुनी तेरी प्यारी जीवनसङ्गिले छोरी जन्माई । अब सातवटी छोरीले तेरो यो झुप्रो भरिदिने परि। केही नबोली कुलबीर भित्रपसछ। दुधँको बालटिन थपक्क राखेर थुचुक्क भुईमा बसछ, कुलबीर थाप्लोमा हातलगाएर। यता कुलबीरकी जीवनसङ्गी म्याउची मृत्‍युको मुखबाट आँफूलाई उम्काएर शिथिलभएर चिसोभूइँमा ईन्तु न-चिन्तु भएर पल्लटीरहेकी हुन्छे।त्यही छेउँमा अबोधबालीका प्रतिमा पुषमाघको जाडोले थरथरी काम्दैँ हातकोऔंला चुस्तै ठुलोठुलो आवाज निकालेर रुदै हुन्छे,कसैँको मायालु न्यानु र शितल काख खोजेको होला उसको अबोध शिशु मनले. तेतिकैँमा पल्लाघरकी छिमेकी जेठिआमैको आंगमन हुन्छ। जेठिआमै के ढोकाबाट भित्रपसछिन त्यहाँको भएभित अवस्थाले चंकित पर्छिन।
अनी कुलबिर तिर हेरदै कराउछिन। हन"ए बा केहो? कुलबिर तेरोपारा हनँ के भयो तलाई?खौलामा परेको गाई र माई ति दुबै एउटै हुनरे। अरुलाई त सेवा गर्नु पर्ने बेलामा "हन यो के भएको नि? आफ्नी जीवनसङ्गिलाई पनि यो दशा। लु बा छिटो तातो पानी तताएर यहाँ ल्याईदे.बच्चाको सालनाल बेडाउनु पर्छ, र बिचरा यो म्याउचीलाई पनि कती भोक लाग्यो होला?तातो भाँत र गुन्द्रुक छिटो उमाली दे?तेस्पछी जेठिआमै म्याउचीको छेउँमा जान्छिन। कुलबिर उठेर चुलोतिर लाग्छ।
आज भोली भन्दाभन्दै दिन्ले फड्का मारेर आज म्याउची सुत्केरी भएको दिन पनि "एघार दिन पुगेछ। कुलबिरले अगिल्लो दिननै पण्डीत खोजेर तयारपारेको थियो। कुनामा पसेको एघार दिनपछी आज म्याउचीले घामको पारीलो रापले आफ्नो आङ सेकाउन पाउने छ। र ति प्रतिमाका भर्खर बन्दैँ गरेका कलीला अङ्गप्रतङले पनि,रितीसंस्कार अनुसार न्वारनपनि सकिन्छ। र सबै आफ्ना-आफन्तपनि बाटो लाग्छन। कुलबिरका बाबु आमा त कुलबिर पाँचबर्षको हुँदा नै मासछर्न गएकारे. उसलाई उसैकी दिदी गौँथलीले हुर्काएर बैबाहिक सुत्रमा बाधिदिएकि थी। अब आज त कुलबिरकी छोरी सहित तीनजना भएका थिएँ। कुलबिरका परिवार,कुलबिर यसो एकदुई पैसाको मुख हेरनलाई दुधँ बेच्ने कामगर्थ्यो । यसरी नै उस्का दिनचर्य बितेका थिएँ ।
एकदिन सधैं जस्तै कुलबिर दुधँबोकेर बाटो लाग्छ,बाटोमा जाँदै गर्दा उसको पुरानो साथी धनेसँग भेट् हुन्छ। कुलबिर धनेलाई धेरै दिनमा भेटेर होला हतास र माया ति दुबैलाई एकैसाथ ओठमा निकालेर बोल्छ। हन "ए धने? यो त चिन्नैनसक्ने गरी मोटो भएछ बा शहर गएपछी. हनँ कहिले आएको अनी त? धने हिजो साँझसाँझमा आईपुगेको।धनेले उत्तर फर्काउछ। कुलबिरलाई, र सोध्छ धने अनी तेरो के छनी कुलबिर खबर? बिहापनि गरिसरे?अनी बिहा कहिले खुँवाउछस मलाई? अनी कुलबिर खुँवालानी निकैँ बसछस् क्यार ?बल्लबल्ल गाउँमा आएको छस धेरै बर्ष पछी? रमाईला र मिठा कुरा कानिका साथै भञ्ज्याङपनि आउछ।
र धने र कुलबिर अन्तरेको चिया पसलमा पुग्छन. अनी कुलबिर दुधँ दिन्छ अन्तरेको पसलमा, धनेले चिया मगाउछ। र दुबै बडोमिठा गफामार्दै चिया खाईसक्छन. त्यस्पछी अनी कुलबिर धनेतिर हेर्दै भन्छ. ल धने आफ्नो त अभागी कर्म. यिनै बस्तु भाउको सिँहारसुसारमा-नै दिनरात बित्छ,म अहिले लाग्छु घरतिर?अनी कुलबिर के उठेर हिड्न लाग्छ।भन्छ धने कुलबिरतिर हेरदै त पनि जान्छस भने हिड् क्यारे? कुलबिर यसपाली म सँगै शहर. अनी कुलबिर खैँ धने आँफू त एक्लो मान्छे सोच्नु पर्छ!त्यस्पछी कुलबिर धने सँगबाट छुट्टीएर घरकोबाटो लाग्छ!
बाटोमा कुलबिर धनेले भनेको कुरा पटकपटक सम्झिन्छ, जान्छस भने हिड्क्यारे,तिनै कुरासँगै कुलबिरलाई बाटो काटेको पत्तै नभैकन कतीखेर घरको आँगनमा आई पुगेछ।बस्तुको चर्को आवाजले उसलाई झँस्काई दिन्छ। घामपनि आज'त धेरैमाथि आईपुगेका थिएँ । बस्तुपनि भोकले आतिएर होला किलोबाट दाम्लो नै छिनालुम्ला झैँ गरी कराई रहेका थिएँ.अनी बस्तुको गोठमा पुगेर कुलबिर कराउछ हन "ए म्याउची ? यो त बा त्यो छोरीको गफ्फासंगै अल्मलिछे कस्ती आईमाई होली,कुनै सुर्ता छैन फत्फताउँदै बाख्राको टाटनामा हरियो घाँस लगाइदिन्छ कुलबिरले.अनी म्याउची पनि बुडाको बोलीसुनेर ढोकाबाट बाहिर पिडिमा आउछे। र भन्छे हन "ए प्रतिमा का बा? आज त सधैं भन्दा बेर गर्यौ नि"हन कहाँ अल्मल भयों ह? अनी म्याउचीको सोधाईमा कुलबिर जवाफ दिन्छ. कहाँ हुनु नि तेही धने मेरो साथी के मैले तलाई भनेको थिएनी शहर गएर धेरै धनी भएकोछ भनेर। हो त्यो बाटोमा भेट्भयो के त्यसैले अली बेरभयो। म्याउची "ए त्यो धने कहिले आएछ ह? हिजो साँझसाँझमा आएको रे कुलबिर म्याउचीलाई जवाफ दिन्छ।
र बस्तुलाई पानीदिदै भन्छ यि बस्तुका डाम्नाले पनि सारोसताए बा। भन्दै बाख्राको किलो र दाम्लो बोकेर बारी को पाटोतिर झर्छ। अनी म्याउची चुलो धुवाउनतिर लाग्छे। फेरी केही बेरमा कुलबिर "ए म्याउची ?अनी म्याउची पिडिमा निक्लिएर कत्ती कराउदा रहेछन यि त फेरी केभयो? कुलबिर भन्छ अनी भाँत पाक्यो?साह्रै भोकलागेको छ । अनी म्याउची पाक्दैछ। आमा पनि आएकी छिन् । कुलबिर कतीखेर नि? अली बेर भयो मलाई सुत्केरी खुँवाउन लिन आएकिन् रे। अनी कुलबिर ल-ल म आउछु यती बस्तुलाई पगालगाएर. त्यस्पछी म्याउची चुलोतिर लाग्छे।
म्याउचीकि आमा चुलोको छेउमाबसेर प्रतिमा लाई चिल्लो लगाईदिदै हुन्छिन। अनी केही बेरपछी कुलबिर भित्र पसछ, र सासु नजिकैगएर ढोगगरे आमा? म्याउचीकी आमा ज्वाँईलाई भाग्यमानी हुनुभएस, अनी कुलबिर घरतिर सबै बेसै छ? अनी सासू खैँ ज्वाँई तपाईंका ससुरा बा अली चिसोले होला रुघाँमर्किले बिरामी परेका थिएँ । अनी कुलबिर "ए अनी औषधीमुलो केही गर्नु भएन त? गरेको माथिल्ला'घरे बैँध्यबाको झारबुटी ल्याएर खुँवाएको!अनी म्याउची ल भन्शा तयारभयो।
भन्दै औंखोरामा पानी दिन्छे,हात धुनलाई अनी प्रतिमाका'बा तिमी पनि आउँ है अगिनै भोक लाग्यो भनेका होइनऊ? त्यस्पछी म्याउची आमाको तातो काखमा निदाएकी प्रतिमालाई झोलोङ्गोमा लगाइदिन्छे। र भातको लगाएको भाग आमालाई दिदैँ भन्छे ल आमा छोरीको घरमा आएकी के खानु छ र यिही रुखोसुखो तिम्रा ज्वाँईले कतिदिन भयो ठेकामा दुधँ पनि जमाएका होईनन यि भैंसीहरु पनि देखनलाई गोठैभरी सबै थाराभएका छन।तिम्रा ज्वाँईलाई यि बिचेर लैना ल्याउँ भनेको कानमा बतास लाएका होईनन्. भन्दै पहेला मकैको भाँत'र गुन्द्रुक्को'भाग सारी दिन्छे। अनी म्याउचिकी आमा यिही पनि ईश्वर दाहिनेभएर खानपाएका छौँ,बाबै पारी गाउँमा तेरी सानीमा यसपाली अन्नको अनिकाल लागेर एकथोपो उब्जाउन सकिएन दिदी. एसो केटाकेटीलाई खोले खुँवाउन पारी गाउँमा सुबिदारको घरमागएर घुन लागिसकेको मकै आउँदो बर्षमा एकको दुई दिन्छु भनेर लियाएर खोले खुँवाउदैछु भन्थी,त्यो पनि साह्रै अभागि रहिछे,छोराछोरी सानासानाछन! कहिले हुरकाउनु बराकठै तेरा सानुबाउलाई पनि औंलाको ज्वरोले लगि हालो चाँडै।
म्याउची के थपौ आमा? पर्दैन त पनि खानबस भातसेलाउछ। अनी म्याउची "ए प्रतिमाका बा तिमीलाई नि के थपौ नि? अनी कुलबिर अलिकती तिउँनको झोल भएँ ले र तँपनि खानबस। म्याउची कुलबिर लाई तिउँनको झोलदिएर आँफूपनि खानबस्छे। अनी कुलबिरकी सासूचै उठेर जुठेलनातिर लाग्छिन। अनी पिडिमा ओछ्याई राखेको सुकुलमा गएर बस्दै सालको पात पोल्टाबाट निकालेर चुरबेरेर एकधुनमा तान्छिन। अनी केहीबेरपछी कुलबिर पनि सासुको छेउमा आएर बस्छ। अनी सासु के गर्ने ज्वाँई गाउलेसत्रुका मुखेनजेल यसो लाजागाला ढाक्नलाई भएपनी छोरी लानु पर्‍यो, भनेर लिनआएकी?गुनासो पोख्दै भन्छिन कुलबिरलाई, उसकी सासू, यिही छे हाम्रो आँखाको नजिक एउटी पिरलाई भूलाउँनेबाटो.अनी कुलबिर ठिकै छ.नि आमा तपाईंलाई थाहाँ'नै छ. मता एक्लोमान्छे यो म्याउची नहुँदा त दैलो नै लाग्छ, चाँडै पठाईदिनु होला।
अनी सबै कामसकेर माइत जान फुरुक्क परेकी म्याउची नानीका थाङनाभुँकुटा पोकोपरेर बाटो लाग्छे। अनी कुलबिर लाई भन्छे.अलीतल पुगेर कतैजादाँ दैलोमा साँचो ठोकेर हिडँ है प्रतिमा का बा? यसो पानीखाने एउटा सिलबरेलोटा कसैले लगेभने पनि खाचैँ हुन्छ नि? अनी कुलबिर ल-ल जा छोटा दिनछन, मिलिक्कै जान्छन, घरमा पुँग्न अबेला हुन्छ। फेरी बाउ पिडिमा बसेर बाटोमा आँखा ओछाई रहदाहुन!अनी म्याउची बाटो लाग्छे,कुलबिर छिट्टै फर्किहै म्याउची ? तलाई थाहाँ 'नै छ! बस्तुको लठारोले भाँतपनि पकाएर खान भ्याउदिन, ल-ल चिँन्ता धेरै नगर लिनआऊँ क्यारे?कुलबिरलाई त्यसो भन्दै म्याउची आमाको पछीपछी माइती घरकोबाटो लाग्छे, पिडीको डिल्मा बसेर,कुलबीर फूरुक्कै परेर माइत हिडेकी म्याउचीलाई धेरै माथि पुगुन्जेलसम्म एककोहिरिएर हेरिरहन्छ। र मनमनैँ सोच्छ, कुलबीर यो दैबको लीला पनि कति अनौठो छ.कहाँ जन्मीहुर्की गरेकी यो म्याउची मेरो एकलो जीवन र यो झुप्रो घरको साहारा हुन आइँपूगी। बिचरा हो पनि किन खुशी नहोस् त,उ माइतिघर नगएकी पनि एकबर्ष भएछ। आफ्ना पो आमाबाउपनी सानैमा अघि लगाइहाल्यो। अहिले कठैबाबु थाकिसनी आइज बस भन्ने कोहि छैनन्। एउटी भएकी दिदी पनि उसैलाई घरधन्दाको चंटारोले कहिल्यै छोड्ने होइन उनीलाई। दिदीभाईको भेट् हुनलाई तिज र दशैं तिहार कुर्नु पर्छ। केटाकेटी मसिना भिनाजूलाई कच्कच गर्न शिवाए केहि आउँदैन,कहिले दयाँ मायाको त कुरैँ छैन उनीसँग।आफ्नै मन सँग बोल्दै कुलबीर धेरै गहिराइमा झर्दैथ्यो, बस्तुको चर्को स्वर उसको कानमा आएर एक्कासी ठोक्किन्छ। र कुलबीर झस्किन्छ। कुलबीर के उठेर गोठतिर लम्किन खोज्छ,अनायासै उसका कानमा धनेको आवाज आएर ठोकिन्छ।
के छ कुलबीर?
आरम छस्?
अनी कुलबीर धनेलाई उत्तर दिन्छ।
बेसैँ छ भन्नु पर्‍यो धने।
अनी तेरो के छ?
कुलबीरले पनि धनेलाई भन्छ?
सबै राम्रो छ,कुलबीर भोली शहर फर्किदै छु। अनी तलाइनी भनौँ भनेर आएको। अनी कुलबीर किन धने यति चाँडै?धने भन्छ यहाँ बसेर के काम त कुलबीर आँफू पैसा खेलाउँने बानी एकदिन हातभरी नहुँदा छट्पटी हुन्छ। कुलबीर एकछिनसम्म धनेको कुरामा हराउँछ।"ए बा शहरमा त पैसाको बोटै हुन्छ कि केहो!आफ्नो त सधैंको फाँटेको कपडा। कुलबीर त्यसरी टोलाएको देखेर धनेले भन्छ। के हो कुलबीर दिउँसै सपना देख्न थालिस् कि के हो? अनी कुलबीर सम्मालिदैँ उत्तर फर्काउछ। होइन होइन केहि हेर्न बस्तुनी साह्रै भोकाए आजै माइती गै'म्याउची नि। समयको पर्खाइमा बसेको धने बोल्छ। तलाई खैँ कसरी सम्झाउँ कुलबीर हाम्रा बाले भनेको आफ्नो खाएर कति अरुलाई सम्झाउँनु भन्नु हुन्थ्यो, तर त मेरो बल्यकालको साथी तेरो गरिबी देखेर साह्रै दया लाग्छ मलाई, त्यसैले भोली म संगै शहर जान्छस् भने जाऔं कुलबीर। म तलाई राम्रो जागिर लगाइ दिन्छु। भनेको मान है कुलबीर आघौं पराघौं भनेको को मर्दो को बाँच्दो।मौंका आउँछ पर्खदैन बगेको खोला फेरी फर्कदैन। धनेको कुरा सुनेर दङ्ग पर्छ कुलबीर, शहर गएपछी त बाठो पनि पो हुइदोरहेछ बा,कुलबीर धनेको कुरा सुन्दै मन्मनमा सोच्छ।
अनी कुलबीरले भन्छ हेर धने म्याउची नि घरमा छैन। तलाई थहाँनै छ मेरो जेठान पनि धेरै धन कमाउँने लोभमा फसेर त्यो एउटा भएको झुप्रो घरबारी बन्दगमा पारेर मुङ्गालान गएका अहिलेसम्म मरे बचेँको कुनै खबर छैँन। ससूरा सधैका रोगी छोराको पिरले सासू आमाको
आँखाका आँसु कहिल्यै ओभाएका होइनन्।
म कसरी त्यो सब देखेर पनि काखकी नानी एकली म्याउची छोडेर जाउँ?पाप र धर्म सबै पैसा संगै बेचेर खाएको धनेलाई अब ति कुराले के बद्लन सक्छ र। त्यो कोमल गाउलेको सोझो मन सोझा कुरा कठै। अनी फेरी धने मेरो बिस्वाश लाग्दैन तलाई? कुलबीर बिस्वाश नगरेको कहाँ होर हेरन यो लठीभद्र छाडेर कसरी जाँनु. फेरी सबैको भाग्य कहाँ तेरो जस्तै दरो हुन्छ र धने?अनी धने हेर कुलबीर म तेरो जेठान खोज्न पनि सघाउँछु। बिचरा कुलबीर अब चाही फकियो होर धने?होनी म शहरमा समाज सेवाको कामनी गर्छु । अनी कुलबीर यो समाज सेवा भनेको चै केहो धने?हराएको मान्छे खोज्ने काम गर्ने कर्मचारी के। साच्चै धने यो काम तैले गरिस् भने त कत्रो धर्म हुन्थ्यो तलाई मेरा सासूससूरा पनि मर्ने बेलामा आफ्नो छोराको मुख हेरेर स्वर्ग पुग्थे। कठै कस्तो कोशीको सङ्ग्लो पानी जस्तो मन होला कुलबीरको । त्यस्पछी चाँही धनेको कुरालाई सहमतिमा टुङ्गाउँछ। अनी धने उठेर बाटो लाग्दै भन्छ, तलाई बस्न मन भएन भने म पुराउँन आउँछु, भएन? कुलबीर जा धने म भोली त्यो माथिको चौंतारीमा पर्खन्छु!अनी धने ल ल ढिला नगर चाँडै हिड्नु पर्छ। बिहानको गाँडी भेट्ने गरी। भन्दै बाटो लाग्छ धने। अनी कुलबीर पनि गोठतिर लाग्छ। र घास लगाइदिछ,त्यो गोठको भैंसी आँखाभरी आँसु बोकेर घाँस खान्छ। न उसको आवाज छ रोक्नलाई,न पसुको भाँका आजको मान्छेले बुझ्न सकेकाछन्। अनी कुलबीर बस्तुभाउँ म्याउची माइतबाट नफर्कुन्जेल हेरिदेउँ भन्दै जिम्मा लगाउछ जेठी आमैँलाई,आँफू जागिर नभए पनि जेठान खोज्ने ठुलो रहर बोकेर शहर हिड्न लागेको कुरा बताउँछ।कठै उसले सोचेको जस्तो कहाँ छ शहर। अनी घरमा आएर लुगाफाँटा एउटा सानु झोलामा राख्छ। हिड्छ कुलबीर म्याउचीको भागमा केवल सिरानीमा सम्झेर रुने सम्झना मात्र बाँकी छोडेर. कुलबीर छिमेकी जेठीआमैँलाई बस्तु घर जिम्मा लगाएर।धनेले भनेको ठाउँमा पुग्छ। त्यहा धनेसँग अरु आफ्ना गाउँले सुन्तली जुनेली सानी र मनमायापनि थिएँ । ती सबैलाई देखेर कुलबीरलाई पनि ढुक्क लाग्छ।र धने अगीअगी सबैजना पछीपछी बाटो लाग्छन।जब घाम पनि झुल्किन्छ। गाउँको बाटोपनी सकिन्छ। अनी धने "ए दिदी भन्दै एउटा चिया पसलमा पस्छ। त्यहाँ भित्रबाट एउटी अध्बैंसे छोरी मान्छे बोल्छिन "ए धने भाई कति दयालु तिमी यि सबैलाई काम लगाइदिन लगेको?

अनी धने होनी दिदी गाउँले हुन माया लाग्छ। यिनिहरुको दु:ख देख्न नसकेर लगेको दिदी खाने कुरा के छ। दिनुन यिनिहरु भोकाएँ होलान।
अनी खाजाखाएको केहीबेरपछी। धने कुलबीरलाई बोलाउँछ। कुलबीर "ए कुलबीर त यहाँ भित्र आइँज त एकछिन?अनी कुलबीर धनेको आवाज सँगै भित्र पस्छ।अनी धनेले भन्छ कुलबीरलाई हेर न कुलबीर।कुरा के भनेनी यो शहर हो। यहाँ हामी चेली माइती भनेर हुँदैन। अब हामी गाँडीचढ्नु पर्छ।त्यसैले हामीलाई बाटोमा कसैले सोधेभने हामी लोग्ने श्वासनी हौं भन्नु पर्छ?बुझिस नत्र जान दिदैन। अनी धनेको कुरामा झस्किदै भन्छ कुलबिर हेर धने त अरु काम भन म'गर्छु। तर यि त हाम्रा गाउँले चेली हुन,सँगै खेली हुर्किएका म यो पाप बोक्न सक्दिन। साँचो कुरा भन्देन के हुन्छ,मान्छे शहरका भएपनी गाउँका भएपनी आखिरी कुरा त बुझ्छन होलानी?अनी धने भन्छ। आफ्नो त सिधा मन सबैले गरी खाउँन भन्ने सोचेर ल्याएको। तर त'चाँही कुरापनी बुझ्दैनस्? अनी कुलबीर कुरा त बुझेको होनी धने तर किन ठग्नु साँचो कुरा
भनिदेन भनेको होनी मैले त। आखिरी हामी चोर फटाहपनि त'होइँनौ,कामको खोजिमा हिंडेका मान्छे हौं। हामी महेनत र मज्दुरी गरेर खान्छौं । अनी किन अरुसँग डराउँने धनेलाई भन्छ कुलबीर, तर राँगाको अगाडि कसैको रुवाई के महत्व हुन्छ । कहाँ कुलबीरको सिधा मनले सोचेको जस्तो छ संसार। के गर्नु घर नै छोडेर हिडिसकेपछी आखिर धनेले भनेको कुरा कुलबीरले मान्नै पर्‍यो । त्यस्पछी सबै जना गाँडीचढ्छन्।अनी एकदिन र आँधी गाँडीको बाटोपछी त्यो धनेको शहर आउँछ। कुलबीरसँगै सबैजना खुशी हुन्छन। र गाँडीबाट ओरलिन्छन। र धनेसँगै पछी लाग्छन। केही पर पुगेपछी धनेले एउटा होटेलमा लान्छ। र कुलबीरको लागि खाँजा मगाइदिन्छ, र भन्छ धने हेर कुलबीर त यहाँनै बस्दै गर म यिनिहरुलाई काममा लगाएर तलाई लिन आउछु। त्यस्पछी केही अपरिचित मान्छे सँगै धने जान्छ। कुलबीरलाई त्यहाँनै छोडेर साँझ झमक्कैँ पर्‍यो तर धने फर्केर आएन होटेलमा खाँजा खाएको पैसा माग्दैथ्यो होटेल साउँले तर कुलबीरले भने उसले भनेका कुरा बुझेको होइन। न कुलाबीरले भनेको कुरा'नै होटेल साउँले बुझेको हो। अनी धेरैबेरको नबुझाईपछी एक्कासी कुलबीरको गालामा नमिठो थप्पड आएर बज्रिन्छ। र उस्को शरीर बाहिर सड्कको पेटिमा गएर पछारिन्छ। अनी त्यो शहरको अपरिचित मान्छेको भिड्सँगै लत्तिन्छन्। कुलबीरको सोझो मनको धेरै पैसा कमाउँने र जेठानलाई खोज्ने सपना एकाएक बिल्लिन हुन्छ!!!

गीता (दोषी)
ईजरायल

0 लेखक लाई प्रतिकृया यहाँ:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin