katha

बिस्लेसन

नियात्राको यात्रा पछि

मिना बान्तावा "मृदु" जी
साहित्यिक अभिवादन !

नियात्राको यात्रा पछि २ शब्द लेख्न मन लाग्यो । हुन त तपाईको सुन्दर अनि उच्च बिचारको न पथ प्रर्दशक हुन सक्छ न त मुल्याङ्कन नै दरिद्र बिचारका कंगाल म जस्तोको बिचार फगतः भ्रम मात्र पनि हुनसक्छ । यहाँका लेखहरु सामाजिक बिसंगती र नारी भित्रको बेदनाहरु प्रति मुखरित भए जस्तो लाग्छ । हरेक तपाईको सृर्जनामा कहि न कहि एउटा मिठो सन्देश बोकेकै हुन्छ । मलाई त लाग्छ त्यो नै हो असल सर्जक र बिशिष्ट सृजनाको बिषेशता । मिना जी अरुले बनाई दिएको सजिलो बाटो त जो कोहि पनि हिड्न सक्छ तर बहादुर त त्यो हो जो आफै आफ्नो सुन्दर नयाँ बाटो बनाउने अदब्य साहस गर्छ ।

भनिन्छ ूएउटा छोरा मान्छेको बिचारले उ आफुलाई मात्र हिड्न सक्छ तर एउटी छोरी मान्छेको बिचारले सिङ्गै परिवार र समाजलाई हिडाउन सक्छू त्यसैले पनि यी तपाईका सम्पुर्ण सृर्जनाहरु पशुपतिको यात्रा सिद्राको ब्यापार भने जस्तै भएको छ । मलाई आशा छ तपाईको चेतनाको उज्यालोले रुडीवादी र अन्धविश्वासका ति सबै बिभेदपुर्ण संस्कारहरुलाई हटाई एउटा साँच्चि नै नमुना समाजको निमार्ण गर्नमा तपाईको यो उच्च बिचारले ठुलै टेवा पुर् याउने छ ।

मैले सुनेको कुरा हजारौ माईलको यात्रा पनि एक पाईला बाट नै सुरु हुन्छ रे । तपाईको नियात्राले पनि लाखौं माईलको यात्रा पुरा गरोस । म र म जस्तै लाखौं शुभ चिन्तकहरुको र पाठकहरुको हार्दिक हार्दिक मंगलमय शुभकामना छ । अनि सम्पुर्ण साहित्यानुरागी मित्रहरु तपाईहरु संग पनि अलिकति समय भएमा मेरो नियात्रा मा लग अन गरि नियात्राको यात्रा गरेर मिठो उत्साहा थपी भानु भक्त बन्न नसके पनि मिना जी को लागी घासि भने अबश्य बन्न सक्नु हुने छ ।

मिना जी गल्ति भएमा अन्जान संझेर माफ गर्नु होला

धन्यावाद
चकेन्द्र राई " कैदी"

****************************************************************************
चकेंद्र जी यहाको बिस्लेसनले मलाई एक अर्को नया आयामको दुरी तिर दौडायो नगरौ भन्दा पनि गरौ नबोलौ भन्दा पनि बोलौ बनायो तपाइको बिस्लेसनले बाटो खुलस्त खुलाएको देखिन्छ, मानिस बास्तबमा कोहि पनि मेरो सोचाइमा सानो ठुलो कुनै हैसियतले म देख्दिन, बने दरिंद बनिए कुलांघर समयको सबै सापेक्षा हो हामी मानिस समयको कमारा हौ जस्तै उदाहरण जसरी म तपाइको बिस्लेसनको सस्लेसन गर्न तयार भएँ, मात्र मलाई लाग्छ बिचारहरु मात्र एक अर्कामा फरक हुन्छन त्यही फरक बिचारले त्यहाँ नौलो सिर्जनाको सुरुवात गर्दछ, मानिस मात्र असक्षम समयसंग हुन्छ समयले बाध्य गराउछ,यो गर्दिन भने पनि बाध्य हुनु पर्छ, त्यो हो "बाध्यता"
यहाको मेरो नियात्रा प्रतिको..बिस्लेसनलाइ मुरी-मुरी धन्यबाद दिन चहान्छु,
मेरो यो नियात्रा सानो बिनाताल मेलले मनको लड्डु घिउ सित जानी नजानी
फुर्सदको समयलाई सदुपयोग गर्न मैले मनको भावना टास्न मात्र लागेकी हुँ,
अनि संपुर्ण साहित्यिक प्रेमी मित्रहरु संग भेट गर्ने मनसाय लिएकी हूँ,
चकेंद्र जी यहालाईलाई मेरो नियात्राको यात्रा बिस्लेसनको लागि धेरै आभारी छु
यहालाई धन्यबाद!"

मिना बान्तवा "मृदु"

0 लेखक लाई प्रतिकृया यहाँ:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin