katha

परदेशीको एउटा पत्र ....

परदेशीको एउटा पत्र ..मायालुलाई

प्राण प्यारी सरु
आराम नै छौ होईन त कि कसो
दिनहरु त आराम सगै बित्दै होलान नि
कि जसो तसो
हेर न सरु तिमी सँग टाढा हुनु पर्दा
यो अभागी आत्मा रोयो कति कति
शायद
रुदिनन होलीन पोथी चखेवा पनि
आफ्नो जोडी गुमाउनु पर्दा त्यति…………॥

सर्व प्रथम त आराम रही आरम कै कामना ।
सरु हरेक परदेशीहरुले आफ्नो जन्मभुमी र आफन्ताहरु बाट टाडीनु पर्दा जुन पिडा महसुस गर्दछन म पनि आज त्यहि पिडा महसुस गरिरहेको छु । आत्माले अलिक शान्ति पाई रहेको छैन । सरु त्यहि अशान्ति आत्मा भित्र बाट भए पनि मेरो मिठो स्पर्श र न्यानो मायाँ तिमीलाई । अँ पहिला म यतातिरकै कुरा लेख्छु है । यता तिरको कुरा लेख्दा कानुनको कुरा उठ्छ जीवन शैलि र असह्य गर्मीको कुरा उठ्छ । जाती धर्म संस्कृतीको कुरा उठ्छ । सोच्छु धर्मले मान्छे मात्रलाई कत्रो विभाजन गराएको रहेछ अझ हिन्दु र मुसलमानहरु बिचमा त धर्म पनि दुश्मनी बढाउने कारण हो यसो पो भनु जस्तो लाग्छ । धर्मको कुरा गर्दा यहाँका छोरी मान्छेहरु कुरा पनि समेट्नै पर्ने हुन्छ । यहाँ आफ्नो टाउकोमा ढाकिएको कालो कात्रो हटाउने सम्म पनि अधिकार हुदैन एउटी छोरी मान्छेलाई अब भन्नुहोस बाकि के अधिकार पाएका होलान यहाँका छोरी मान्छेहरुले हामीले टाढा बाट झलक्क हेर्दा जति देख्छौ भोग्न बाध्य ति छोरी मान्छेहरुको पिडा त्यति मा मात्र अबश्य पनि सिमित नहोला । जे होस मैले आत्मा भित्रै बाट प्रार्थना गरेको छु । हे भगवान आफुलाई नै माहापुरुष संझने यी अहंकारी पुरुष माहयसहरुलाई कमसे कम एक पल्ट भएपनि ईडियाको सिलोङ पुर् याई देउ र त्यहा देख्ने छन छोरीहरुको हैकम अनि थाहा पाउने छन् यो त हाम्रो संकृर्ण सोचाई मात्र रहेछ भनेर । त्यति बेला यी माहशयहरुको घैटामा घाम लाग्ने थियो की । सरु यहाँ प्रचण्ड घामको ताप जति रापिलो हुन्छ त्यो भन्दा धेरै त जमिन तातो हुन्छ । कतार नै एउटा आगोको कोईला हो कि जस्तो लाग्छ । जति बेला म कतारमा पाईला टेकेको थिएँ त्यति बेला लाग्थ्यो जिन्दगी यति नै रहेछ । अब चाही अलिक बानी भएछु तर पनि काम गर्दा पुरै शरिर पसिनाले भिज्छ आफु उभिएको जमिन पनि पुरै पसिनाले िसंचित हुन्छ । त्यस्तो घाममा सेकेण्ड सेकेण्ड जोडेर जम्मा गरेको पैसा आफ्नै खुसिमा खर्च गर्न सम्म मन लाग्दैन । एक एक पैसामा एक एक थोपा पसिना बगेको छ । यसैलाई भनिन्छ होला ईमान्दारीको कमाई भनेर । तिमीले त भनेकी थियौ नि मलाई त बेईमानीको लाख रुपैया होईन इमान्दारीको एक पैसा चाहिन्छ । हो सरु आज म तिमीले भने जस्तै ईमान्दारीको एक पैसा कमाउदा नै आफुलाई गर्व गर्छु । यहाँ ठुल्ठुला घर हरु बनिएका छन् । यहाँ ठुल्ठुला इन्जिनियरहरु छन् तर के गर्ने बलको काम र सबै गार् यो काम नेपाली कै हात नपुगी हुदैन । थोरै पैसा मा आफ्नो पसिना बेच्ने ईन्मादार म र म जस्तै नेपाली दाजुभाई तथा दिदी बहिनी हरु नै कतार निर्माता हुन यसो पो भन्न मन लाग्छ । अभागी जन्ताहरु र भाग्यमानी नेताहरु भएको हाम्रो देश त्यसैले त भनिन्छ लाखौको लागी उजाड छ यो देश मुट्ठि भरलाई त स्वर्ग छ । यस्तो देशको जनता भए पछि यस्तै हुदो रहेछ । हाम्रा नेता जी हरु जनताको सर्वोउच्चताको लागी कसैले सरकार छा्ड्नै नमिल्ने कसैले फेरी सरकार चलाउनै पर्ने क्या गनबको बहाना छ । कुनै पनि सरकारले राष्ट्र जनताको सुरक्षा दिन सक्दैन भने यस्तो देशको जनताहरु हबिगत बिदेशिहरुको सामु सस्तैमा नाक रघेट्नु भन्दा अर्को बिकल्प के नै रहदो रहेछ र सरु यता तिरको कुरा यति नै ल ।

सरु ढुङ्गा भनेर मात्र पनि नहुदो रहेछ भाग्यमानी ढुङ्गाहरु त देबता पनि बन्ने पनि अबसर पाउदा रहेछन् । अनि फुल मात्र भनेर पनि नहुदो रहेछ । सरु कुनै अभागी फुलहरु त फुल्न नपाउदै टिपीदा रहेछन बास्ना दिन नपाउदै च्यातिदा रहेछन् पत्कार भै फ्याकिदा रहेछन् । कोपीला हुन नपाउदै मर्दा रहेछन । म त भन्छु फुलहरु मज्जाले फुलुन बास्ना दिउन र आयु भरी भरी बाचुन । कसैको फुलबारी मा फुलहरु फुली दिदा सम्म घरमा मिठो सुगन्ध छरी दिन्छनआकर्षक बनाई दिन्छन् सुन्दरता बडाई दिन्छन् । फुल भनेकै सुन्दरता हो कमोलता हो र बास्ना हो । फुलहरु टिपीन्छन् भने थुङ्गा थुङ्गाहरु धागोमा उनिएर एउटा आकर्षक माला बनुन र कसैको गलामा सजिउन् । भाग्यमानी फुलहरु आयु भरि बाच्न पाउदा रहेछन् । बास्ना दिन पाउदा रहेछन् र मन्दिरहरुमा चढाई्रदा रहेछन् । अनि आस्थाको पबित्र प्रसाद बनि सबैको हात हातमा पुग्दा रहेछन । त्यस्ता भाग्यमानी फुलहरु भुईमा खसेमा खुट्टाले लाग्छन भनेर बिष्नु बिष्नु पनि भनिदा रहेछन् । त्यस्तै कसैले दिएको उपहार मन्दिरमा चढाएको फुल जस्तै अमुल्य मानिदो रहेछ । हुन पनि उपहार भन्ने बित्तिकै त्यो पैसा सँग तुलाना हुदैन । उपहार त भावना सँग जोडिएको हुन्छ अनि आत्मीयता र आत्मा सँग गासिएको हुन्छ । सरु म आज तिमीले दिएको त्यहि अमुल्य उपहारको कुरा गर्दैछु ।


खास गरी त्यस दिन हामी नयाँ फिल्म गजीनी हेर्ने बिचार गरेका थियौ तर अलिकति ढिलो भएको कारण हामीले फिल्म हेर्न पाएनौ । अनि हामी शपिङको लागी काठमाण्डौं महल छिर् यौ । मैले तिम्रो लागी एउटा ज्याकेट किनेको थिएँ र तिमीले मेरो लागी एउटा घडी किनेकी थियौ । एक दुई घण्टा काठमाण्डौं महल तिरै घुमे पछि अलि अलि भोक लाग्यो अनि नास्ता गर्न गयौं । मःमः मेरो मन पर्ने परिकार पनि हो । तिमीलाई पनि मन पर्दो रहेछ हामीले मःमः नै खायौ । समय बाँकी नै भए पछि हामी रत्नपार्कको खुल्ला चौरमा एकै क्षण बस्ने निर्णय गर् यौ । त्यहि बेला तिमीले मेरो हातमा घडी बाँधि दिदै भनेकी थियौ माईला यो घडि सानो छ तर यसको महत्व यो दुनियाँ को जुनसुकै कुनामा जुनसुकै समाजमा र सबै मान्छेहरुमा त्यतिकै उपयोगीता हुन्छ । त्यस्तै मायाँको महत्व पनि जुनसुकै तह र तप्काको मान्छेहरुमा हुन्छ । मेरो मायाँ पनि तपाईको जीवनको जुनसुकै अवस्था र परिस्थितीहरुमा पनि त्यतिकै आबश्यकता रहोस । ता कि हाम्रो आत्मीयतामा नयाँ रङ नयाँ रुप भर्दै मिठो मायाँको आभास दिलाई रहोस । मैले पनि काठमाण्डौ महलमा किनेको ज्याकेट तिमीलाई दिएँ । दिनु त मलाई मायाँको सुमेरु पर्वत नै दिने मन थियो नि तर के गर्नु मैले मेरो बिवशताको कुरा दर्शाए । माईला मलाई त झन यो सिङ्गै पृथ्बी तपाईको हातमा राखी दिउ जस्तो लागेको छ तर के गुर्न्र माईला नमिल्ने रहेछ । तर म नै तपाईको भए पछि हरु त सबै सामन्य नै भई हाल्यो नी हाईन त माईला भनि प्रश्न गरेकी थियौ । हुन पनि सरु मलाई तिमी भन्दा अरु केहि पनि चहिएको छैन । तिमी त्यति बेला निक्कै भाबुक भएर भन्दै थियौ म तपाईलाई कति मायाँ गर्छु तपाई थाहा छैन म त तपाईको यादमा दिनमा कति पल्ट रुन्छु मेरो आशु कति खर्च भै सक्यो । मैले भने सरु मलाई थाहा छ सरु तिमीले मलाई धेरै मायाँ गर्छौ । म पनि तिमीलाई खुदलाई भन्दा धेरै मायाँ गर्छु । तिमी प्रतिको बिश्वासको त कुरै नगरौ तिमीले आज रात पर्दैन भन्यौ भने पनि मेरो मनले बिश्वास गर्छ । अनि बाँकी रर् यो तिम्रो आशुको कुरा सरु तिमीले जति मेरो लागी आशु खसाएकी छौ म पनि कुनै दिन हाम्रो मायाँको लागी त्यति नै पसिना र रगत बगाउनु परे पनि बगाउने छु । हाम्रो मायाँको लागी जे पनि छ सरु मेरो मुटु भित्र छ । यति भनि नसक्दै तिमीले टाउको मेरो छातीमा अडेस लगाउदै तिम्रो मलीन स्वार मा बिन्रम आग्रह थियो मेरो मायाँलाई तपाईको छाती भित्रै राखी राख्नु कहिल्यै ननिकाल्नु है माईला । मेरो साँच्चो मायाँ मात्र होईन यो त मेरो आत्माको परमधर्म पनि हो माईला । यो मेरो धर्म म कुनै हालतमा नष्ट गर्न सक्दिन । यी तिम्रो निर्दोस आत्मा बाट निस्किएको निश्छल शब्दहरु आज पनि कानमा गुन्जि रहन्छन त्यस दिनका परिदृष्यहरु आखाँ भरि नाचि रहन्छ । मैले मनाकामना देबि सगँ भाकल गरेको छु मलाई जुन धैर्यता दिएर मेरो मनको राजकुमारीलाई प्रतिक्षा गर्ने साहास दिएकी छौ तिमीलाई पनि त्यहि धैर्यता दिलाउनु भनेर ।

सरु सानो हुदा शुक्रबार आएपछि मनमा एक प्रकारको खुसि छाउन लाग्थ्यो । किन भने मेरो स्क्रल छट्टि हुन्थ्यो । अनि ममीले हाटा बाट बिस्कुट चक्लेट कपि फुलटिन अनि कहिले कहि चाँही कपडा र चप्पलहरु जे पनि पाईन्थ्यो भने यहि शुक्रबारको दिन नै पाईन्थ्यो । त्यसैले पनि मेरो जिन्दगीमा शुक्रबारको अलिक धेरै महत्व छ । आजकल पनि सरु मलाई शुक्रबार आए पनि एउटा ठुलै पर्व आए जस्तो लाग्छ । किन भने तिमी सग भेट हुन्छ गफ हुन्छ रमाइलो कुराकानि हुन्छ हप्त्ता दिन भरीको दुःख सुखको कुराहरु आपसमा बाँडिन्छ । उक्त समयमा जिवनको कुरा हुन्छ भबिश्यको कुरा हुन्छ मायाँको कुरा हुन्छ । जहाँ मायाँको कुरा हुन्छ त्यहाँ त्याग र समर्पणको कुरा हुन्छ । मायाँले हास्न सिकाउदो रहेछ जीन्दगीमा ठुलो उत्साहा जगाउदो रहेछ । सबभन्दा ठुलो कुरा त बाँच्न सिकाउदो रहेछ । यसलाई संयोग नै भन्नु पर्ला नि सरु तिमीलाई मैले प्रेमको प्रस्ताव गरेको दिन र तिमीले मेरो प्रस्तावलाई स्बीकार दिन पनि सु्क्रबार नै थिएछ । जुन मायाँले आजबाट एक बर्ष पुरा पनि गरेछ । आज त हाम्रो मायाँको जन्म दिन पनि परेछ नि सरु । अरुले त बार्षिक उत्सवलाई भब्य कार्यक्रमको आयोजना गरी मनाउछन् । सबै सबैलाई बोलाएर केक काटेर शुभ कामाना लिन्छन् । यसको सार केहो त भने सु स्वास्थ्य र दिर्घायुको कामना गर्नु हो सुख समृद्धिको कामना गर्नु नै हो । मैले पनि हाम्रो मायाँको जन्म दिन मनाउने बिचारले हाम्रो मायाँलाई सम्झेर तिम्रो संझनामा एउटा पत्र लेखे । यो पत्र पाए पछि तिमीलाई पनि एक बर्ष अघिको कुराहरु याद हुनेछ आशा छ तिमीलाई पनि ज्यादै खुसि हुनेछ ।

चकेन्द्र राई "कैदी"

0 लेखक लाई प्रतिकृया यहाँ:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin