katha

लघु कथा


यस्तो पनि हुदोरहेछ भाग्य‏

समयले कति छिटो फड्कामारेको थहानै भएन, तर आज सानी १२, पुगेर मात्र १३, मा हिड्दैछे। यता आमाबुवालाई भने कन्यादान गरेर ठुलो पुण्य कमाउँने सोचले दिनानुदिन भित्रभित्रै पिरोलिरहेको थियो। यता सानीको खेल्ने खाने रहर पानीपँधेरो गर्ने बनपाँखामा सुरिलो भाँकामा लयराखेर गीतगाउँने रहर भर्खर कतकता मनको एउटा कुनाबाट फंक्रिन खोजिरहेको बेला दुलही भएर नचिनेको गाउठाउँमा गएर अरुको अधिनमा बाँधिने दिनपनी नजिकिदैथ्यो । तर उसको कलिलो बाल-शुलभ मनले बिहे भन्ने कुराको अर्थ राम्ररी नबुझेको कारणले गर्दा नि होला उस्मा कुनै बद्लाब आएको थिएन। छोरीलाई पढाउँनु हुन्न हाम्रा लागि कामलाग्दैन,अरुको भित्ता टाल्ने जात हो,भन्ने उखानलाई सानीका आमाबुवाले सत्य पार्दै पढाईको प'नी चिन्न नपाएकी सानीले। आफ्नी आमा बाट सिकेर घरको काम गर्न चाँही राम्ररी आउँछ। त्यो शिक्षानी नितान्त जरुरी हुन्छ,तर सबै भन्दा पहिला त आफ्नो मनलाई उज्यालो तिर डोर्याउँने शिक्षा नभएपछी नारी त केवल पशु-सरहनै गोठमा बाँधेर पराल दिएनी ठिकै,मन लाग्दा हरियो घास दिएनी ठिकै,जेहोस यथावद कुराको महत्व आफ्नो ठाउँमा छदैथ्यो। तर सानीको बेहुली हुने दिन पनि नजिकिदै थियो। एकबिहान र एकदिन हिड्दा पुग्ने गाउँमा पढेलेखेको जागिरे आँफू भन्दा १० बर्ष पाको केटा सँग कुरा छिनेर पक्का भयो सानीको बिहाको,सानीका आमाबुवा त हुनेखाने जागिरे केटा ज्वाँई बनाउँन पाउँदा दङ्दाश छन्।
तर के थाहाँ एउटा जिन्दगी बन्दगीमा परेको। सानीको घरमा धुम्धाम सँगले बिहाको तयारी चल्दैछ। जब रात पर्छ, सानिकी आमा सानीलाई छेउँमा राखेर सबै कुरा यसरी अर्थाउँछिन। सासूलाई गोडामा चिल्लो नलगाई नसुत्नु त्यस्पछी सासूको गोडामा चिल्लोलगाईसकेपछी ससूरालाई नी ढोगेर आफ्नो श्रीमानलाई नी चिल्लोलगाएर मात्र आँफू सुत्नु ।श्रीमानले नखाइ आँफूले नखानु बिहान कुखुराको डाँक भन्दा अगी ब्युझनु, भन्दै बेली बिस्तार लगाउँछिन, आमा सानीलाई। छोरी मन्छेले बाउँमाइतीको इज्जत राख्न्नु पर्छ, बुझेस है सानी मैले भनेका कुरा, बिचरा सानी आमाको सारा कुरा सुनेर मुन्टो हल्लाउँदा-हल्लाउँदै निदाउँछे। गाउघर तिर सबैको मुखमा आजभोलि तिनै कुरा चल्छन्। सानिका आमाबाउँ कत्ती भाग्यमानी मालपोत कार्यलयको हाकिम छ रे सानीको केटा। अब गाउँले मनलाई त्यो भन्दा ठुलो कुरा अरु के चाहिन्छ ।
छोरीनी एउटा अंश हो, समाजकी भन्ने कुराको महत्व हिजो नै सबैले बुझिदिएका भएँ। आज सम्म आइपुग्दा हाम्रो नेपालले अरुको दाँजोमा पाइला राखी सकेको हुन्थ्यो होला। तर आज सम्म आइपुग्दा'त कुरा उस्तै छ। भने हिजोलाई सम्झेर के अनौठो मान्नु खै? अनी सानी बेहुली भएर पराइ घर पनि गै'आमाले भनेका कुरा अनुसार गर्दै गै'सानी दिन आफ्नै गतिमा बग्दै गयो। सानिनी दुई सन्तानकी आमा भै' घरमा एउटै भान्शामा मान्छेका नाता अनुसारको खाना तयार गर्नु पर्थ्यो। ती सारा कुरालाई झेल्दै गै'सानी। एकदिन सुख आउँछ। यी छोराछोरी नि ठुला हुन्छन्। छोराले बाउलाई सघाउँछ। छोरीले मलाई सघाउँछे पराइको घर नजाउँन्जेलसम्म, भन्ने कुरालाई ह्रिदयभरी पालेर थाकेको बेलानी खुशी हुन्थी सानी। घरमानै भएका कति कुरानी उसलाई थाहाँ हुदैन थियो। र सानीकी आमाले अरुको चाँसो राख्नु भनेर कहिल्यै पनि सिकाइनन उसलाई। त्यसैले उस्लेनी आफ्नो कामको लयभन्दा बाहिर कहिलयै सोचिन। पिंजडाको चरीलाई जे रटायो त्यो भन्दा बेसी आँफू जानेर के बोल्छ कठै।
एकदिन साँझमा चुलोजुठो सकेर सासूको गोडामा चिल्लो लगाउँन गएकी सानीलाई भन्छिन सासू सानी भोली बिहानै बारीको पाटोमा कत्तीको फूलफूलेको छ। कोनि? येसो शिलाखोजेर भएपनी एउटा माला गाँस्नु है?जेठाको सरुवा भएछ। शहरमा तेतिखेर पो सानी छँगाबाट झर्छे। कुनै प्रर्तीप्रश्न नगरिकन सानीले सासूको गोडामा चिल्लो लगाएर सक्छे। र ससूरालाई ढोगेर जान्छे। र श्रीमानको गोडामा चिल्लोलगाउँन बस्छे जेठाको एकाएक आवाज गुन्जिन्छ। मेरा कपडा सबै मिलाएर तयार पारहै सानी?सानी मुन्टो हलाउँछे। न सानीले नै कहीले मनका कुरा भनी दिल खोलेर न उसको श्रीमानले नै सोधेँको हो।यसरी नै जिन्दगीका ३०,बसन्तपार भएछन आज। भोली बिहानै सानी उठ्छे सासूले अर्थाएको सबै कुरा गर्छे। श्रीमानले भनेका कुरा पनि गर्छे। अनी जेठाको हिड्ने तयारी हुन्छ। आमाले गिलाशको दही सँगुन खुवाएर बिदावारी गर्छिन्। अनी जेठा अघिअघि भरिया पछिपछि बाटो लाग्छन्।
सानीका आँखा रसाउँछन।दिनहरु बित्दै गएँ।आज जेठा आउँदै छरे घर भन्ने कुरा फेरी सासूको मुखबाट सुनी सानीले। सानीलाई नि कताकता खुशी लाग्यो बाहिर आँगनमा खेलदै रमाएका छोराछोरी देखेर। उस्का छोराछोरी गाउँका केटाकेटीलाई भन्दै हुन्छन आज त हाम्रो बुवा नि आउँनु हुन्छ। हामीलाई धेरै पाप र नाना लिएर। त्यो सुनेर सानीको "आमा मन अती रमाउँछ।यता सासूससूरानी दङ्गछन्। तर "केथा सानीलाई यो खुशी सँगै "ब्रज्रपात पर्छ भनेर। कठै बस्तु र उस्मा के अन्तर, मनका भावना मनकोमनमै बिलाएँ उस्का। कहिल्यै मनखोलेर हाँसेको थाहाँ छैंन आजसम्म उ आँफैलाई, जागिरे जेठा घरमा त आएँ तर उसँगै एउटी मंहगा बस्त्र र सुनैसुनले सजिएकी नब दुलही जस्ती सँगै ल्याएर आएका थिएँ। नजिकै बसेकी सानीको छेउँमा जेठाले यसरी परिचय गराउँछन। उहाँहरु मेरा आमाबुवा अनी अपरिचित नारीको शिर परिचयपछि एक्कासी सासूको गोडामा झुक्छन!

गीता थापा (दोषी)
ईजरायल

1 comment:

  1. Gita ji jwailai hoina sampatilai chhori dine samajik kuriti ujagar garnu bhaye chha yasko bhag 2 lekhera yo sani lai bidhoha ma utarera lognelai prayaschit garne badhyata dekhaunus
    ramro lagyo

    Bimal Gautam

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin