katha

सामाजिक कथा


"बिभेदमा फक्रन नसकेको प्रेम.. !"

१.
"जुना ! तिमी त असाध्यै बाठी छौ!
अझै तिमी ठूलो कुल घरानकी छोरी भएर जन्मेकी भए के-के गर्थियौ हौली?"
"नाई... नाई के गर्नु सक्नु नि !
मेरो कर्म नै खोटी भएर त्यसरी ठूला-ठूला घर-घरानमा जन्मेकी हुन्थे भने केही नि गर्न सक्तिन थिए होला !"
"ए वावा ! के भनेको होला तिमीले?"
"हैन,, हैन,, मैले जे भन्दैछु त्यो सहि भन्दैछु।
म कुनै यौटा ठूलो सर्व सम्पन्न, शक्ति सम्पन्न परिवारकी केटी भएको हुन्थे भने मैले आफुलाई बुझ्दिन थे ! झुपडी नै मेरो जन्मघर हो, त्यसैले दु:ख र संघर्ष झुपडिले नै सहेको हुन्छ, बुझेको हुन्छ। महललाई त्यो कुरो के थाहा र ? हो विबश.. .. ! तिमीलाई थाहै छ, हामी एक अर्कालाई राम्रो संग चिनेका छौ !"
"त्यो त हो !
त्यही संखुवासभाको टुम्लिन्टार माथिको खाराङ् भन्ने गाउँ नै त हामी खेलेको, हुर्केको गाउँ हो नि ! हैन र ? तिमी र म त्यो गाउँको स्कूल सँगसंगै जान्थियौ, संगै आउँथियौ। हाम्रो बाल्यबस्था संगै बितायौ ! त्यो बेला कती रमाइलो थियो है !"
"हो नि ! तर,, तर.. त्यती मात्रै सम्झेको छ तिमीले? अनी संगै हामी गट्टी खेलेको, सेन्टर खेलेको, स्याउलाको चुङ्गी बनाएर खेलेको अनी ढुकुमुकु-ढुकुमुकु खेलेको बिर्स्यौ विबश ? तिमीलाई तिम्रो ढाड्मा ढुकुमुकु खेल्दा एक्दिन मैले यती बेसरी कुटेथें अनी तिमी रोएथियौ पनि !"
"था'छ था'छ, लु’भो ! तिमीलाई म त्यसै बाठी छ्यौ भन्छु त ? त्यती मात्रै हैन तिमी त छुच्ची पनि थियौ।"
"यसरी जुना र विबशले आफ्नो गाउँको पढाई सकेर उच्च शिक्षा हाँसिल गर्न संखुवासभाबाट मोरङको बिराटनगरमा 'महेन्द्र मोरङ कलेज' पढ्न झरे। एकदिनको कलेज पढाई सकेर कोठातिर फर्कनेक्रममा बाटोमा कुरोकानी गर्दै फर्के।"
२.
यतिखेर जुना र विबश एकअर्का बिच कलेजका साथी-साथी मात्र नभएर बालापन देखीका, बाल्यकालका साथी पनि हुन। उनिहरु आपसमा असाध्यै मिल्छन। हरेक सोंच, बिचार, धारणा र उदेश्य एकदमै पारसपरिक रहन्छ। पढाईको क्षेत्रमा दुवैजना मेहनती र तेजिला छन। आफु बस्ने कोठाहरु पनि नजिक भएकाले गर्दा होमवर्क गर्दा पनि नजानेको बिषयबस्तु माथि एक-आपसमा छलफल गर्छन् र आपसका सहयोगी हुन्छन। कहिलेकहीं बिशेष कामले जो कोही एकजनाको घर तिर निस्कने काम पर्‍यो र एक्लै कलेज जानु पर्‍यो भने उनिहरु बिच आफु एक्लो भएको महशुस गर्छन्। अर्थात एकजनाको अनुपास्थितिमा परेवा अर्थात ढुकुरको जोडी छुटेर टड्पिरहेको एक्लो पंक्षी झै हुन्छन। उनिहरुमा पवित्र साथी-साथीको नाताले कहिलेकहीं एकैजनाको कोठामा खाना पकाएर खान्छन, संगै बस्छन। अनी आफ्ना केटाकेटी अवस्थाका कुराहरु ऐनामा हेरे झैं गरेर अर्थात मनका डायरीहरु पल्ट्याउँदै मित्रवत गफ गर्छन्। अनी भविष्यका योजनाहरुमा पनि के गर्ने, कसो गर्ने, भन्ने बारेमा गफहरु दुई जनाको बिचमा चल्छ।
यतिकैमा जुनाको घरमा दिदीको बिहे हुने कुरो बताउँदै बिहुली लिन जन्ती आउँने दिन चार दिन मात्रै बाँकी छ, घरमा घरधन्दा र हरेक काम गर्नु पर्ने हुन्छ। भोलि नै तुरुन्तै घर आईज है जुना ! भनेर बेलुकी पख जुनाकी आमाले फोन गर्छिन। भोलिपल्ट बिहानै गाउँ जानको लागि विबशले जुनालाई बसपार्क सम्म पुर्‍याउँन जान्छ। जुना बसमा चढ्छिन अनी दुवै जनाले हात हल्लाउँछन। बाइ… जुना,,, बाइ… विबश... !
३.
करीव हप्ता दिन जति एक्लो रहेर विबश उदासीनतामा आफ्नो कोठामा ढल्किरहेको बेला अकस्मात फोनको रिङ्ग गोजीको मोबाईलमा बज्छ। हत्तपत्त उठाउँछ। "हाई विबश,, तिमीलाई घरबाट आमाले केही समान र बुवाले चिट्ठी पठाई दिनु भा'छ। म ऐले भर्खर आईपुगें। गलेकी पनि छु, मेरो कोठा आउ न ल?" जुनाको यो मिठासयुक्त आवाज सुनेर बहुत हर्षका साथ- ए जुना तिमी आयौ? ल.. ल.. म आएँ है त भन्दै फोन काट्छ। 'विबश जुनाकी कोठामा पुगेर ढोका ढक्ढक्याउँछ- जुना !'
एकैछिन उनिहरु हप्ता दिन पछीको भेटमा गफहरु साट्छन। जुनाले गाउँघर तिरको खबर लागायत आफ्नो दिदीको विवाह शुभ-सम्पन्न भएको कुरो बताउँछे। अनी सिरान गाउँका दाजु दिले र टारघरे थापाकाजीकी छोरी मैयाले पनि प्रेम विवाह गरेछन। अनी विबश के भयो तिमीलाई थाहा'छ? के भएछ, भन..नत ! - विबश सुन्न आतुर हुँदै सोध्छन। विबशको खुल्दुली मेटाउँदै सुनाउँछिन जुनाले- सानो जातको केटोले छेत्रीकी छोरी त्यो पनि बडा-खानदानकी छोरीसँग बिहे गर्ने… ! भनेर गाउँभरका मान्छे भेला गरेर थापाकाजीले कचहरी राखे। अनी पञ्चको सामु दिलेलाई थापाकाजीका खालले घोक्राई र मुन्ट्याई गर्दै बेसरी कुटें। उसको थुप्रै शरीरका हाडहरु पनि भाँचिएका छन। उसले अब जिन्दगी भरी केही गरेर खान सक्दैन। उनिहरुको फूलीरहेको माया पिरती तोडी मैयालाई पनि अर्कै केटो खोजेर करकापमा पारेर बिहे गरी दिए। त्यती मात्रै कहाँ हो'र? थानाबाट प्रहरी ल्याएर यसले मेरो छोरीचेली माथि हातपात गर्‍यो यसलाई जिन्दगी भरी खोर भित्रै सडाई दिनुस् हल्दार साहेब भन्दै थानामा कोची दिए। अरु ठिकैछ, यि लेउ तिम्रो सामानहरु- 'आमाले पठाई दिनु भएको सिन्कीको आचार र घिउ अनी बुवाले पठाउँनु भएको चिट्ठी।' विबश जुनालाई धन्यवाद दिंदै आफ्नो समान लिएर कोठा तर्फ लाग्छ। "बाई.. जुना भोलि कलेजमा नै भेटौं है।"
४.
'विबश आफ्नो बिस्तारामा बसेर बुवाले पठाउँनु भएको चिठ्ठी खुशी हुँदै खोल्छ।' सम्पूर्ण घर-परिवारमा आराम रहेको कुरो जानकारी गराउँदै बिहे गर्नको लागि आफुले खानदानी र पारिवारीक पृष्‍ठभूमी धेरै राम्रो रहेको घरानकी केटी हेरी दिई सकेको छु। त्यसैले यो मंङ्शिरमा घर निस्कनु है बाबु ! "विबश,, तँ घरको जेठो छोरो अनी मातापिताका भक्त पनि होस्। मलाई आशा छ, तैंले मेरो चाहना बिपरीत र हाम्रो समाजको मर्यादा बिपरीत गर्ने छैनस।" अहो ! तब पो,, बुवाको भावपुर्ण पत्रले विबश गम्भिर हुन वाध्य हुन्छ। अनी स्वंयम मनमा तर्क बितर्क गर्न शुरु गर्छ। मैले त वास्तबमा जुनालाई पो… जुनालाई मन पराउँछु। म जुनालाई माया गर्छु र उनले पनि मलाई नै माया गर्छिन। तर.. .. ’’ तर के गर्ने? म एक बुवा आमाको भक्त छोरो पनि हुँ। म सँग वहाँहरुले त्यो आशा गर्नु भएको छ, एउटा असल गुणवान छोरो भएर साह्रा मनको ईच्छा पुरा गरुँ ! जे होस् ! बुवालाई त म फोन गरेर आफ्नो आखिरी परिक्षा रहेको र उक्त मेरो बिहेले गर्दा बाधा आई पर्न सक्ने कुरो गरेर खुशी बनाउँछु। वहाँको भावनालाई पनि सम्मान गर्दै दुई तीन वर्ष पछी बिहे गर्ने भनी अनुरोध गर्छु। तर अब मैले यो सबै कुरो जुनालाई भन्नु पर्छ। "ताकी हामी आपसमा प्रेम गर्छौ नजानिदो गरी तर एकदमै गाढा।" हामी दुई बिचमा ब्यक्त गर्न सकिरहेका छैनौं। यसैक्रममा एकदिन विबशले रमाईला ठाउँ घुम्न जाने अनी मनोरञ्जन गर्ने जुनालाई अनुरोध गर्छ। सोहीनुसार, जुनाकी ईच्छा बमोजिम ईलामको कन्याम घुम्न दुवै जना बिराटनगर-पशुपतिनगरको बस चढे।
५.
कन्याममा उत्रेर उनिहरु केही समय चिया बगान भित्रको हरियाली फाँटहरुमा हराउँछन। उमेरको हदमा जुना १९ पूरा भै २० लागेकी छे अनी विबश २२ वर्षका छन। भर्खर-भर्खर मात्रै दुवै जनाले टिनएज पार गरेर व्यबहारमा परिपक्क हुँदैछन। तर बैंशले, जवानीले भने उनिहरु ५-७ बर्ष पहिले देखिनै परिपक्क छन। "जहाँ प्रेम छ, त्यहाँ जीवनको शहीरुप छ", जहाँ विश्वास त्यहाँ प्रेम,जहाँ प्रेम त्यहाँ शान्ति,त्यसैले; "बिना प्रेमको जिन्दगी मरुभूमी तूल्य हुन्छ।" त्यसैगरी उनिहरुमा बलापन देखीको विश्वाश भएकाले दुवैका आत्मा पवित्र प्रेममा परिणत हुन पुग्छ। दुवैका माया र पिरतीमय आँखाहरु एक अर्काको समिपमा पर्छन। विबश अली छट्पट्याई रहेको र निराश झैं अनुहारमा देखिन्छ। यसैबेला जुनाले प्रश्न गर्छिन- विबश… ! आज हामी यती रमाइलो ठाउँमा मनोरञ्जन गर्न आएका छौ तर तिमी किन... किन निराश छौ?- जुनाले प्रश्न गर्छिन। जुनाकी यो प्रश्नको प्रतिउत्तर दिंदै जुनालाई विबशले आफ्नो छातीमा अढेस लगाएर भन्छन- 'आधा उमेर निन्द्रैमा बित्यो, आधा चाँही हाँसखेलैमा' बोलको एउटा गीत सुनेकी छौ? "हो त्यस्तै हाम्रो बाँकी रहेको आधा जीवनलाई पूर्णता दिन आज हामीले हाम्रो वचन साट्नु छ।" तिमीले कतै... !? प्रेमको पोखरीमा डुबी सकेकी जुना पनि आफ्नो कोमल अनी मुलायम हातहरु विबशका अनुहार भरी डुलाउँदै, न्यानो मायाको स्पर्श दिंदै भन्छिन- भन न भन ,, म के !? 'यदी,, तिमी चाहन्छौ र तिमी भन्छौ भने तिम्रो लागि म जे पनि गर्न तयार छु।' यि माया पिरतीका मधुर आवाजहरु संगसंगै वरीपरी हरियाली हराभरा रहेको चिया बगान भित्रका चियाका पातहरुले पनि गीत-संगीतका धुनहरु पो दिंदैछन कि.. ! यस्तै-यस्तै महशुस गर्छन् दुवैजना... !
"जुना म तिमीलाई हृदय देखिनै माया गर्छु। तिमी नै मेरी दिलकी रानी हौ। मैले मेरो जीवन जिउँने जीवन संगिनीको रुपमा तिमीलाई नै रोजीसकेको छु।- लामो श्वास फेर्दै विबशले भन्छ।", यसरी आफुलाई पनि हृदय देखिनै मन परेको मायालुले महतूल्य शब्दले संगै जिउँने संगिनीको रुपमा ब्यक्त गरिदिंदा हर्षका आँशु खसाउँछिन- जुना। अनी भन्छिन- हेर विबश !,, हो हामी एकअर्कामा प्रेम गर्छौ। जिवीत प्राणी जागतमा प्रेम हुन्छ र प्रेम गर्नु कुनै पाप पनि त होइन। यो त समय र जवानीको माग हो। म स्वयंमलाई लाग्छ- म मेरो ठाउँमा ठिक छु। म सुन्दरीत्वमा पनि कमी छुइन। मसँग बिचार छ, भावना उही छ। क्षिशीत नारी हुँ। मलाई पनि लाग्छ- म पनि बहुन समुदायकी छोरी भन्दा कम छुइन। बुहारी र नारीको भूमिका निभाउँन सक्ने कला र क्षमता छ, म संग। आफु पढ्ने र बाँच्ने आधारको लागि तिमीसँग एउटा जागिर छ त म सँग पनि छ। हामीले आफ्नो लागि मात्रै नभएर परिवारको लागि पनि सहयोग गर्न सक्ने अवस्थामा छौ। तर के गर्ने विबश… !? के गर्ने… ? म एउटा दलित परिवारमा जान्मेकी केटी हुँ... ! तिमी,, तिमी बाहुनका छोरो हौ, त्यही पनि बाबुआमाका भक्त छोरो हौ। अनी के गर्ने? अस्तिनै मैले गाउँका दिले दाई र मैयाको कुरो पनि सुनाएकी थिए ! भोलि हाम्रो पनि त्यही अवस्था आई पर्ला ! फेरी हाम्रो समाज ठूला जाती र साना जाती, धनी र गरीव भनेर भेदभावको भुमरीमा फसेको छ !' प्रेममय पिरतीका बलिन्द्र आँशुका धारा बहाउँदै जुनाले आफ्नो कुरो राख्छिन।
गोजीबाट सानो रुमाल निकालेर जुनाकी आँशु पुछी दिंदै विबश भन्छन- जुना… ! जन्मदा कोही पनि हरेक क्षेत्र र वर्गमा पूर्ण भएर जन्मदैनन। एक न एक कुरोमा अपुरो नै महशुस गर्छन्। त्यसलाई पूरा गर्ने दायित्व हाम्रो हो। फेरी केही कुरो पाउँनलाई केही गुमाउँनु पनि त पर्छ ! त्यसैले तिमीमा भएको हरेक सक्षम र सबल नारीको गुण नै मेरो लागि काफी छ। हामीले बिहे गरेरै त्यसमा पनि अझै प्रेमबिबाह गरेर नै ठूला जाती र साना जाती भनेर दलित माथि गरिने बिभेदको अन्य गर्दै उदाहरणीय बन्नु पर्छ। 'त्यती मात्रै हैन जुना.. हैन ,, यदी.. यदी हाम्रो प्रेम नै असफल भयो भने ब्रमाण्डमा पवित्र प्रेम नै घृणित साबित हुनेछ।'
'विबश,, यदी यसो हो भने, मेरो निम्ति हृदयको राजकुमार तिमी नै हौ। तिमी मेरो हृदयको राजसिंहाशनमा राज गर्न सक्छौ।'- भन्छिन जुनाले। यि साह्रा माया प्रेमका गफ पछी जुना र विबश सोहीनुरुप पिरतीमा झन बाँधिन्छन अनी बिभेदको अन्त्य गर्न र उदाहरणीय बन्न रुचाउँछन। आफ्नो नजानिदो तर स्वच्छ अनी गाढा प्रेम त झन गहिराईमा जाने नै भयो। एकछिन भनेर चियाबगानमा पसेका थिए तर भरदिन लगाएर जिन्दगीभर संगै जिउँने-मर्ने कसम साटी मोड नै पुरै पिरतीमय बनाएर बिराटनगर फर्कन्छन्।
६.
गाउँबाट बिहे गर्नको निम्ति बुवाका जोड्का साथ दिनहुँ जस्तो फोन आउँन शुरु भयो। घरका जेठो छोरो भएको हैंसियतले पनि बिहे गराउँन र बुहारी भित्र्याउँन बाबुआमाको प्रबल चाहना त हो। "हामी धेरै दाजुभाइ छौ, अर्को भाइको बिहे गर्दै गरौं न बुवा ! हाल यहाँ मैले काम गर्दै गरेको अफिसको सहयोगबाट म विद्यार्थी भिषामा पढ्न र काम पनि गर्न २ वर्षको लागि रसिया जाने पूर्ण तयारीमा छु। यसो अलिअली कमाई पनि हुने, पढाई पनि हुने।" यसरी बुवाको कुरोलाई सम्झाउँदै विबश बिहे गर्न बुवा सित असहमती जनाउँछ।' अनी यता जुना र विबश दुई बिच पनि सोही अनुसार योजना बनाउँछन। वर्तमान अवस्थामा जुना अध्ययनलाई निरन्तरता दिंदै एउटा सानो बिज्ञापन एजेन्सीमा काम गर्दैछिन। भविष्यमा टिलिभिजन अर्थात कुनैपनी प्रत्यक्ष प्रसारणका मिडियाहरु मार्फत एउटा सफल सामाजिक एबंम जनमुखी कार्यक्रम सञ्चालिका बन्न रुचाउँछिन। त्यसैले,, उनी 'एङ्करीङ्' तालिम पनि लिईरहेकी छिन्। विबश पनि आफ्नो योजनामा ब्यस्त नै रहन्छन। उनिहरु बिच संगै कलेज जाने आउने क्रम पनि जारी नै रहन्छ। जुना एउटा दलित परिवारकी केटी भएर पनि स्वभावकी धनी मायाकी खानी छिन्। "ठूला-ठूला गोला-गोला आँखा, झपक्क झुलेका धानका बाला झैं बयेली खेल्दो केशराशी, पातली कम्मर चिटिक्क छिनेकी, कंञ्चनजंङ्घा जस्तै क्या मनोरम आनन्ददायक उठेका जवानीका छातीहरु, मुहारमा उषै सुन्दरताकी धनी, अनी बिनायो र मुर्चुङ्गोको जस्तो सुरीलो र खिरीलो मधुर आवाज।" तर विबश पनि कमी भने छैनन। 'गहुँगोरो सेतोवर्णका सुन्दरस्वरुप, अग्ला, भाबुक र दुरदर्शी छन। परिवर्तनशिल एबंम सहयोगी भावना भएका यूवा हुन्।' यही एकअर्काको सुन्दरताका साथ बालककाल देखिको आचारण मन पराउँन कै कारण पनि उनिहरुको माया पिरती यती धेरै गहिरो हुन जान्छ। प्रेम पनि यस्तो होस्- 'यही प्रेमको जोडी देखेर आफ्नै हितैंशी तर आहारिसे साथीहरुबाट यो खबर दुवैका घर-घरमा पुर्‍याई दिएछन।'
बिचरा ! जुनाकी घर भनेको त एउटा दलित परिवारको घर न हो। के नै हुन्छ र ! उल्टै भयले तै चुप, मै चुप पर्छन। त्यहींपनी गाउँकै मुखियाका छोरोसंग आफ्नो छोरीको यस्तो संम्बन्ध कसरी हुन गयो? हामी कहाँ एउटा दलितको घर,, कहाँ वहाँहरु बहुन ! हाम्रो समाज कै बडे जाती भनेर कहलिन खोज्छन। यस्तै के होला, कसो होला भनेर त्रासले छाउँछ- जुनाकी घरमा।
तर यता विबशको घरमा भने निकै ठूलो खैलो-बैलो चल्छ। मुखिया बा निकै रिसले पारो तताउँछन। घरवरी एउटा ठूलो वरको रुख र चौतारो छ। जुन ठाउँमा गाउँघरमा केही पर्दा कचहरी बस्ने र मेलमिलाप गर्ने ठाउँ हो, त्यो। त्यही वरको फेदमुनी थुप्रै गाउँलेहरुको भेला छ। भिड्भाँड र कोलाहल चर्को छ। "एई.. बजिया,, तँ मेरो घरको टालेको फाटेको कपडा सिलाएर हात थापेर खानेका छोरीले मेरो छोरोलाई कसरी फसाउँन सक्छ? यो सब तेरो चालबाजी हुनुपर्छ… !" वारीपारी थर्कने गर्जनमा बुवाको आवाज सुन्दै विबश त्यहाँ पुग्छ। यसमा मेरो केही चालबाजी छैन हजुर... ! म जस्तो एउटा सानो मान्छेले मुखिया हजुरको घरमा चालबाजी गर्न कसरी सोंच्न सम्म सक्छु र हजुर..र र र.. ? भन्दै जुनाकी बुवा पञ्चका बिचमा थर्थर काप्दैछन। कोही भने मुखिया बा खुब मैहुँ भन्थे,, ठिकै परेछ भन ठानेर भित्र-भित्र खुशी रहेको अवस्था झैं देख्छ- विबशले।
७.
विबशले आफ्नो झोला थपक्क छेउतिर भुईमा राखेर बुवालाई सम्झाउँदै भन्छ- "बुवा यसमा कसैको दोष छैन। यसको दोषी म अर्थात हामी नै हौं, जो हामी जुना र म आपसमा पवित्र प्रेम गर्छौ।" जुना ऐले आफ्नो उदेश्य प्राप्तिमा तल्लिन छिन्। म पनि रसिया पढ्न जानको लागि पर्सीको दिनको उडान निश्चित भएको छ। त्यसैले घर-परिवारसँग राम्ररी बिदा लिनको लागि गाउँ निस्केको हुँ। बुवा,, त्यसैले यो वाहियात होहल्ला नमच्चाउँ !
"उ.. उ.. ,, अझै यसको पर्सी उडान अरे अचानक ! कुनै यो भन्दा अगाडि खबर न समाचार ! यहाँ पक्कै मेरो घरमा केही कसैको चालबाजी, षड्यन्त्र हुँदैछ। दिलेलाई जस्तै यिनीहरुलाई पनि परिवार नै सबै थानाको चिसो भुँइमा जीवन भर कोच्नु पर्छ।" बुवाको यो रुखो स्वर सुनेर विवश भन्छन- 'हैन हैन,, यो सरासर बुवाको गलत सोचाई हो। यहाँ कसैको चालबाजी, षड्यन्त्र छैन। यो कुरो सहि हो, जुन हामी जुना र म एकअर्कामा प्रेम गर्छौ। यो परीबेशमा बिहे गर्नु भनेको बिल्कुलै निजी मामिला हो र त्यो अधिकार स्वयंम ब्यक्तिहरुमा हुनु जरुरी छ, चाहे प्रेम विवाह होस् चाहे परम्परागत विवाह।' यहाँ कसैले कसैलाई दोष लागाउँनु आवश्यक छैन। हो मलाई मेरा बुवाले जात मिल्ने र धनीकी छोरी बिहे गराई दिन चाहनु भएको थियो। तर मैले तपाईंको ईच्छा पूरा गर्न सकिन। बुवा म तपाईंको भक्त छोरो हुँ, मलाई हुर्काउँनु भो, बढाउँनु भो, पढाउँनु भो ! तैपनी हामी समानुपातिक, भेदभावरहित सामाजिक शिक्षाबाट ओझेल नै छौ। त्यसैले पनि म परिवर्तन चाहन्छु। त्यसकारण,, यदी जुनालाई सहर्ष बुहारी स्वीकार गर्नुहुन्छ भने म ऐले जुनासंग बिहे गर्छु। हैन भने, एउटा झगडा र कोलाहल मच्याउँने मात्र नभएर यदी जो कोही ब्यक्ति दोषी नै छ भने दोषीउपर करबाही गर्ने अनी अन्याय, थिचोमिचोमा परेकाले न्याय पाउँने र न्याय दिलाउँने यो चौतारो हो। साँक्षी यि वर-पिपलका रुखहरु हुन। हाम्रो आ-आफ्नो परम्परा, धर्म, संस्कार, सस्कृति आफ्नो-आफ्नो ठाउँमा छँदैछ। तर,, अब आज देखी कसैलाई दलित भनेर घृणाको स्वभाबले नहेरौं। गरीव छ भने नहेपौं। यदी त्यो हाम्रो पुरानो सोंच र बिभेदको चिन्तन रही रह्यो भने कहिल्यै पनि हाम्रो सभ्य र सवल समाज निर्माण हुनेछैन। त्यो बिभेद शदिऔं देखी आएर अझै पनी यथावतरुपमा रहीरहेको खण्डमा अन्यायमा परेकालाई न्याय दिलाउँने यिनै वर-पिपल अनी चौतारो पनि घातक बन्न सक्छ। उसले पनि निर्जिव आँशुहरु खसाउँन सक्छ। हामीलाई धिक्कार्छ। आदर्णीय गाउँलेबासी आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरु- 'यहाँ अब कसैले कसैलाई दोषी नबनाऔं। जुना मेरी हुन। यदी ऐले जुना र मेरो बिहे हुन सक्तैन नै भने पनि २ वर्ष पछी म रसियाबाट फर्केर हामी दुईको बिहे हुनेछ।'- विबशले यसरी आफ्नो धारणा गाउँलेहरुमा सार्वजनिक गर्छ।
विबशको सो भनाईलाई सरासर काट्दै उनका बुवा आगो भएर तात्छन- "ए मैले तँलाई हुर्काएँ, बढाएँ, पढाएँ अनी अब बुझ्ने बुद्धीजिवी हुन्छस, ठूलामान्छे हुन्छस, भलाद्मी हुन्छस भनेको त ठाडै महसुर भईस... !? आँफै बाठो भईस… ? यो कदापी हुनै सक्तैन। लौ हेरुँ त !,, मेरो बिमतीमा कसरी एउटी सानो जातकी केटीसंग बिहे गर्दो रैछस् ?’’ यदी त्यसै गर्छस भने, आज देखी मलाई बा’ भन्नु पर्दैन! तँ जहाँसुकै जा, जे गर मलाई सोध्नु पर्दैन !"
तर,, सवै गाउँलेहरु भने विबशको कुरोलाई नै मनन गर्दै सबै आ-आफ्नो घर तर्फ लाग्छन।
८.
विबशको भोलिको उडान छ। विबशको परिवर्तनशिल चाहना तर बुवाको ईच्छा बिपरीत हुन पुगेकाले घरबाट पनि राम्रो हाँसो-खुशीका साथ बिदा नपाएका विबश आज साँझपख अन्तिम पटक जुनालाई भेट्न जान्छ। माया-पिरतीको तलाउमा डुबुल्की मार्दै प्रेमका गफहरु गर्दा-गर्दै झमक्कै भएछ। जुनाले पनि उक्त दिन अन्तिम दिन भएकोले संगै बसौ भनी अनुरोध गर्छिन। संगै बस्छन दुवैजना। के गर्ने… ?,, 'आगोको छेउमा घिउ राख्दा पक्कै पनि पग्लन्छ' भन्ने उखानस्वरुप- "उनिहरुले जवानीका माया पनि उसै रात साट्छन।" हुन पनि हो, यो पनि कुनै त्यस्तो अपराधीक कृयाकलाप पनि त होइन,, .. !" समय, परिस्थिती अनी जवानीको माग नै त हो। उक्त रात एकअर्काको मायामा लिप्त भएर रात बिताउँछन।" अब विबशको उडानको दिन दुवैजना एकआपस अंकमाल गरेर चुम्बन गर्छन्। अन्तिममा दुवैजनाले बिदाईका हात रुञ्चे हाँसोमा एकैसाथ हल्लाउँछन।
९.
जुना र विबश बिच टेलिफोन मार्फत पनि ५-७ दिन, हप्ता दिनमा आफ्नो मायाका कुराहरु घण्टौं सम्म साटासाट गरिरहन्छन। समय बित्ने क्रममा करिव ६-७ महिना भयो। जुनाको गर्भमा उनिहरुको मायाको चिनो हुर्किरहेको रहेछ। यो कुरो विबशलाई पनि सुनाउँछिन। जुना, बेलाबखतमा बिराटनगरबाट गाउँघर तिर पनि जान्छिन। सबै-सबैले बाउ बिनाको कस्को घाँडो बोकेर हिड्दैछेस !"" यि साना जातकाहरुलाई माया गर्‍यो र उचाल्यो भने यस्तै हुन्छ। गाउँकै सबै छोरीचेलीहरुको नाक काटी दिई यस्ले। त्यही पनि अलिकती पढेलेखेकी भनेर यस्को खुट्टै भुइमा न भाँडामा भएर यस्तो भयो।'- भनेर सबै वल्लोघर पल्लोघरका सबै दिदीबहिनीहरुको वचनले खप्नु हुँदैन जुनालाई। हुन पनि हो, यो कुरो फोन मार्फत विबशलाई बताउँदा त्यसो हो भने म अब तीन महिना भित्रमा घर आउँछु अनी बिहे गर्नु पर्छ। हाम्रो नयाँ जीवन शुरुवात गर्नु पर्छ भनेका छन। जुनाले आफ्नो घरमा त्यही कुरो बताएकी छिन्- जुनकुरो विबशले तीन महिना पहिले भनेका थिए। 'त्यसो हो भने म अब तीन महिना भित्रमा घर आउँछु अनी बिहे गर्नु पर्छ। हाम्रो नयाँ जीवन शुरुवात गर्नु पर्छ ।'
यतिकैमा तीन महिना पुगिसकेछ। पटक-पटक दैनिक जसो फोन लगाउँछिन- विबशको मोबाईलमा सम्पर्क हुँदा एक जना केटीको आवाज आउँछ, महिलाले उठाउँछिन। अनी के-के भन्छिन। शायद, रसियन भाषामा नै हुनुपर्छ। जुनाले केही पत्तै पाउँदिनन। दिनदिनै साथीभाइको नजरमा घृणित, गाउँघरको नजरमा घृणित, यता आफ्नो स्वास्थ्य स्थिति झनझन नाजुक बन्दै गएकोले 'बिराटनगरका एक स्थानीय रेडियो' कार्यक्रम सञ्चालिकाका रुपमा काम पनि गर्दै आई रहेकी जुना जिन्दगी देखी हरेस खान्छिन। घरीघरी बेहोस् समेत हुन्छिन। जुना सोंच्न वाध्य हुन्छिन- "मनिसको जिन्दगी जन्मे पछी एकदिन मर्नै पर्ने हुन्छ, यस्तो मरेतूल्य भएर बाच्नु भन्दा मर्नै बेश हुन्छ।"- निर्णय गर्छिन। विबशको नाममा एउटा चिट्ठी लेखेर रातको १२ बजे घरबाट निस्किन्छिन। त्यही परको वर-पिपलको रुखमा गएर विबशसँगै खिचेका तस्विरहरु अनी उसको नाममा लेखेको चिट्ठी आफ्नो सानो ह्यण्ड ब्यागमा रुखको फेदमुनी छाडेर वरको रुखमा चढ्छिन। अनी आफ्नो श्वल प्रयोग गरी आत्महत्या गर्छिन।
१०.
विबश निमोनियाले सिकिस्त बिरामीको कारणले हस्पिटलमा भर्ना भएछ। उ एकदमै सिरीयस र अचेत भएपछी उस्को मोबाईल पनि त्यहाँका फिमेल डाक्टरहरुले लिईदिएका रहेछन। महिनौंको बिरामी अवस्थाबाट निको भै स्वास्थ्यमा सुधार आएपछी उसलाई हस्पिटलबाट डिस्चार्ज गरेछन। बिहानै उठेर कोठामा इन्टरनेटमा नेपाली अनलाईन खबर हेर्छ। 'बिराटनगरका एक स्थानीय रेडियो' कार्यक्रम सञ्चालिका "जुना" ले आफ्नै गाउँमै वरको रुखमा झुण्डिएर आत्महत्या गरिन, भन्ने समाचार पढ्छ। उक्त समाचार मुख्य पृष्‍ठमा तस्वीर सहित छापिएको रहेछ।
११.
सो अनलाईन खबर पढ्दापढ्दै आफ्नो हृदयभरी सजिएर बसेकी प्राणप्यारी जुनासंगको साह्रा अतितहरु सम्झिंदै बेहोस् भै टेवल मुनी ढल्छ। वल्लोकोठा-पल्लोकोठा बस्ने साथीहरुले उनलाई उठाएर पानी छ्याप्दै गरेको अवस्थामा ३-४ घण्टा पछी उ चेतमा आउँछ। उक्त घटनाले त आफुलाई मरेको र बाँचेको कुनै अर्थ नरहेको महशुस गरी विवशले पनि बिष सेवन गर्न खोज्छ। तर उसलाई आफ्ना साथीहरुले घण्टौं लगाएर सम्झाउँछन। सवै साथीहरु मिलेर विवशलाई सहानुभूति दिन्छन। अनी आफ्नो कार्य र अध्ययनमा निरन्तरता दिनमा प्रोत्साहन गर्छन्। आफुले जुनासँग प्रेमबिबाह गरेर समाजमा परिवर्तन ल्याउँने, बिभेदको अन्त्य गर्ने अनी दुई बिचको पवित्र प्रेम सफल पारी उदाहरणीय बन्ने ईलामको कन्याममा चियाबगान भित्र खाएको कसमको स्मरण गर्दै साथीहरुलाई सुनाउँछ- विबशले।
"के गर्ने र विबश... ! जिन्दगी भोगाई हो, भोग्दै जानु पर्छ !,, हरेस खानु हुँदैन।'' तिमीले यहाँबाट अब एक वर्षपछी आफ्नो पढाई सिध्याएर नेपाल फर्केपछी त्यो दुईजानाको चाहना पूरा गर्नुपर्छ। त्यो तिमीहरु दुई बिचको बाचा-कसम पूरा गर्नुपर्छ। तिमी स्वयंले त्यो बिभेदकारी नीतिमा ओकालत गर्दै अन्त्य गराउँनु पर्छ। त्यसैमा दुवैको कल्याण हुनेछ। उता जुनाको चिरात्माले पनि शान्ति पाउँनेछिन।"- समुहका एकजना साथीले उसलाई सम्झाउँछ।
विबशले सम्झिन्छ- वास्तवमा सहि कुरो हो। "जुनाले त मेरो बिरामीको कारणले संम्पर्क नहुँदामा अञ्जानमा नै आतिएर अनी त्यो परेको बेलामा उनलाई शहारा र सहानुभूति दिने कोही नभएर मलाई नै त्यगी यो दुनियाँबाट बिदा लिईन।" तर,, तर मैले त जानी-जानी त्यसो गर्न हुन्न ! मैले त बाँचेरै त्यो हाम्रो चाहनालाई पूरा गर्नु पनि,, हाम्रो प्रेमले चाहेको प्रेमभाव पूरा गरेझैं हुन्छ। ऐले यो जुनीमा हामीले संगै हाम्रो दाम्पत्य जीवन बिताउँन नपाएपनी अर्को जुनीमा अवश्य भेट हुनेछौ। मेरो यो जुनीको जिन्दगीलाई साधुबाद… ! यसरी विबशले प्रण गरे। ऐले विबशले रसियाबाट "सर्बाहारा वर्गको उत्थान तथा जनवादको नीति" मेजर बिषयमा आफ्नो पढाई पूरा गरी घर फर्किएर गाउँघर, समाजमा परिवर्तनशिल र सामाजिक कार्यमा लागि परेका छन। जुनासँगको सुनौलो जीवनको उदयसंगै गर्न भनी चाहेको कार्यमा एक्लो अनी आफ्नी आँखामा राख्दा पनि नबिजाउँने प्रेमिका जुनाको स्मरणमा पलपल डुब्दै तैरींदै गर्न विबश छन- विबश।


अर्जुन दुङ्मेन्,
बगदाद,इराक।
मिती: २०६६ मंङ्शिर ३ गते, बुधवार।

0 लेखक लाई प्रतिकृया यहाँ:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin