katha

अनुभुती


मन शान्ती....!

"मान्छे परिबर्तन हुनु छ भने, पहिले मनलाई परिबर्तन गर्नु पर्छ" यो भनाई श्री साई बाबाको हो, मैले यो शब्दलाई नियाले मनै देखी, साँच्चीकै मान्छे भित्र नै ईस्वर रहेन भने त्यो मन्दिरको मुर्तीलाई मात्र पुजेर के काम? मन भरी पापको कुण्ड बोकेर मन्दिरमा गई पुजा गरेर के काम? मनमा हामीले सफा र सुन्दर ईस्वर राखेनौ भने मन्दिरमा गएर ईस्वर खोज्दैमा कहा पाईन्छ, मान्छेले मनको ईस्वर नजगाई मन्दिरको मात्र ईस्वर जगाउन खोज्यौ भने शायद त्यो हामी कहिले सिद्वी प्राप्त गर्न सक्दैनौ,जो हामीले सम्झेर ईस्वरलाई मागेको त्यो शायद नमिल्न सक्छ। मानब जातीले पहिले त मन भित्रको शैतानलाई हटाउन सिक्नु पर्छ भन्ने भनाई बिभिन्न धर्म ग्रन्थ मा पाईन्छ, बाईबल, कुरान, हिन्दु बिभिन्न धर्म ग्रन्थहरुमा तर मान्छे शैतानी दृष्टीबाट कहिले पनि अछुतो रहन सक्दैन, किनकी मान्छेको रुप भनेको नै लोभ मोह हरेकौ बस्तुले भरिएको हुन्छ। जहाँ लोभ र मोह हुन्छ त्यहाँ अबस्य शैतानी सञ्जालले अखडा जमाई हाल्छ। मान्छे शैतानी शक्तीको पछि पनि रहन्छ र दैबिक शक्तीको पनि पछि रहन्छ, शायद यो संसार चलाउन यि दुवै शक्ती हुनै पर्ने होला। हिन्दु धर्म सँग समेटिंदा देवताका पालामा पनि दैंत्य, दानवको कथा छ जुन देवता भन्दा शक्तीशाली देखाईन्छ। दानव भनेका नै शैतानी शक्ती हुन र यिनिहरुको पतन पनि सिघ्र देखाईन्छ, यसको अर्थ बुझ्दा खेरी शैतानी शक्ती धेरै शक्तीशाली हुन्छ तर त्यो कहिले पनि टिकाउ रहदैन, शैतानी शक्ती छिट्टै पतन भएर जान्छ। यसको कुनै दिर्घकालीन पकड हुन्न भन्ने भनाईलाई प्रष्ट्याउन खोजेको पाईन्छ। मान्छेले गर्ने कुनै पनि गलत कार्य शैतानी मनको उपज मानिन्छ भने कुनै पनि असल राम्रा कुरा सबै ईस्वरिक शक्तीको उपज मानिन्छ।
मान्छेले सधै अरुको भलाई सोंच्नु दुखमा परेका सेवा गर्नु, गलत बाटोमा हिंडेकाको सहिमार्गदर्शन दिनु यो नै मान्छेको हृदयमा इस्वर रहेको एउटा रुप मानिदो रहेछ र त्यो ईस्वरको बास भएको मनमा सधै सत्य मार्गमा हिंडेको पाईन्छ रे। मान्छेले बोल्ने मान्छेले गर्ने कर्ममा शैतानी र दैबिक असर देखा पर्छन भन्ने बिभिन्न धर्म गुरुहरुको भनाई पनि थुप्रै पुस्तकमा पढ्न सकिन्छ। शैतानी मगजका मान्छे सधै अरुका लागी नराम्रा बोल्ने, नराम्रा काम गर्ने, अरुको कुभलो चिताउने, अरुको काममा बाधा अडचन हाल्ने, घमण्डी, दुनियाँलाई आफ्नो बसमा राख्न खोज्ने, तोड्ने फोर्ने सबै बिगारको कार्यमा आफुलाई ब्यस्त राख्ने मान्छेनै शैतानका रुप हुन। उसले न भबिश्य देखेको हुन्छ न बर्तमान नै। ऊ केवल आफ्नो बाहुबल र आफ्नो शैतानी मगजको घमण्ड गरेको हुन्छ भने उता जसको मन सफा छ, जो ब्यक्ती आफु भन्दा अरुको भलोको मार्ग देख्छ, अरुले गरेको गल्ती बाट आफु लाइ सुधार्छ, आफुलाई शक्तीशाली सम्झि अरुलाई दुख दिदैन, सत्तमार्ग अरुलाई दिन्छ उसमा ब्यर्थको लोभ, मोह छैन भने त्यो ब्यक्तीमा ईस्वर समाहित छ भन्ने बुझिन्छ भन्ने भनाई बिभिन्न धर्म ग्रन्थमा लेखिएको पाईन्छ र धर्मगुरुहरुको भनाई प्रबचनमा सुन्न पाईन्छ।

हामी साँच्चीकै लोभ, मोह सञ्जालमा फसेर नै त पाप गर्छौ होला, हामी त्यहीं क्रोधित शैतानी मनको उपज नै त अरुको हत्या गर्छौ होला, दुख दिन्छौ होला, हामीले लोभ, मोह, भन्दा पनि शैतानी सञ्जाल लोभ, मोह, क्रोध, घमण्ड जस्ता मुख्य जडलाई त्यागन सक्यौं भने अबस्य हामीमा बिगत, बर्तमान, र भबिस्यको पुरापुरी ज्ञान हुन्छ, ताकी हामीले यो गर्दा भबिस्य र भबिस्यमा यसको असर यस्तो आउछ र बर्तमानलाई यसरी सुधार्नु पर्छ र बिगतलाई यसरी लिनु पर्छ भन्ने पुरापुरी ज्ञान हुन्छ। म कुनै धर्मबेत्ता पनि हैन न म कुनै साधु सन्त नै हुँ तर मैले देखेको पुस्तकको केहि पानामा यसरीनै कोरिएको देंखे जुन मान्छेहरु ढोगी ढोगी पाठ गर्छन, पुजा गर्छन, र यसको अर्चना गर्छन। यसलाई पढेर मात्र के काम हामीले सही मार्ग दिन सकेनौ भने, हामीले पढ्नको साथै त्यसलाई आत्मसाथ गर्न सक्यौ भनेमात्र त्यो पुस्तकको सार र त्यो हामीले लिएको शिक्षाको महत्व झल्किन्छ भन्ने भावना मेरो मनमा जागृत भै रहन्छ। मान्छेको मन जहिले पनि परिबर्तनशिल हुन्छ रे, त्यो परिबर्तनलाई काबुमा राख्नु नै असलमान्छेको उपज हो रे, किनकी हामीले हाम्रो मनलाई काबुमा राखन सकेनौ भने हरेक मोह लोभमा फसेर अरुले गरेको खाएको बस्तुहरुमा र्‍याल काढ्न पुग्छौंहोला। अरुको श्री सम्पत्तीमा आँखा गाड्छौं होला, तर मनलाई काबुमा राख्न सकियो भने अबस्य हामीमा जे छ त्यो नै हामीलाई सर्बोत्तम हुन्छ रे, मलाई पनि यो कुरो सहि लाग्यो हुन त मान्छे पिच्छे भावनाहरु बेग्लाबेग्लै भेटिन्छ, धारणा हरुपनि बेग्लाबेग्लै भेटिन्छ, मलाई जहाँसम्म लाग्छ यो पनि एउटा मनुष्य हुनुको गुण र एउटा प्राणी हुनुको गुण हो भनेर। बिभिन्न दार्शनिकको भनाई छ नि आफुले स्वतन्त्र भएर आफ्नो राय प्रकट गर्न पाउनु बिशेष अधिकार रे, शायद मैले तपाईहरुको समय बर्बाद गरें त्यसको लागी क्षमा चाहन्छु, तर यो मेरो मन बाटै प्रष्फुटिट भएर आयो जब सत्य श्री साईबाबाको एउटा बचनलाई नियालेर हेरें मनै भरि थुप्रै उकुसमुकुस भावनाले जन्म लियो, त्यसैले शब्दको सहि प्रयोग गर्न नसकेपनि दुईचार शब्द कोर्न बाध्य भएँ आफ्नै मन शान्तीको लागी। यदी मेरो लेखाईमा गल्ती भए क्षमा चाहन्छु, धन्यबाद।

श्री सत्य साईबाबा की जय!!

बि जे बान्तवा "पराईमान्छे"
ठुलोदुम्मा-९, भामलबस्ती
भोजपुर कोशी, नेपाल

3 comments:

  1. wow b.jjee, yahako lekhai malai sahi lagyo
    hamra sabai nepali man yastai bhae aaja hamro nepal kasto hunthyo holaa.yahako kalam jasto sukai absthamaa pani narokiyosa. yahi kamana gardachhu, euti subha chintakko naataa baata.
    geetaa thapa (doshi)
    israel

    ReplyDelete
  2. इन्द्र पुन मगरNovember 25, 2009 at 5:00 PM

    राम्रो छ लेख
    मलाई पनी यस्तै लाग्छ यदी ईश्वर कतै छ त आफ्नै मन भित्र छ

    ReplyDelete
  3. Dherai nai yatharthabadi chintan lekhnu bhayo, sahi kura chha yo lekhaai ma, yasari nai sabdaharu furos,
    congratulation...

    Shanti Nishan

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin