katha

सामाजिक कथा


अहंकार छाडेको दिन‏

एउटै गाउँ एउटै परिवार,जोडिएको आँगन, साईनोले देउँरानी जेठानी। शिला र शुलोचना कि आमाहरु तर उनिहरुमा मेलमिलाप थिएन। ति दुबैमा देखिसेखी गर्ने बानी एक अर्कालाई होच्चाएर रमाउँन ति दबै कम थिएनन। आँफू मात्र ठुलो हौं भन्ने मानसिक चिन्ताले कहिल्यै छाडेको थिएन शिलाकी आमालाई तर शिला र शुलोचना भने एक अर्कालाई अती नजिक राख्थे। साईनोले दिदीबहिनी भएपनी तर ब्यवहार साथी-साथीको जस्तै थोरै कुरा नि बाँडेर खन्थे,हेरेक कुरा साँटासाट गर्थे शिला र शुलोचना। मानौ एउटीलाई चोटलाग्दा दुबैलाइ दुख्थ्यो। हुन पनि हो एउटै आँगन संगै खेली हुर्किएका थिएँ। तर शिला र शुलोचनाको स्कूल भने फरक थियो। साँझबिहान पानीपधेरो गर्दा संगै हुन्थे।आमाहरुको मेलमिलाप छैन,भनेर होला सबै गाउँले मुखामुख गरेर सधैं एउटै आवाज भन्ने गर्थे। आमाहरु भने देख्दानी मुख फर्काएर हिड्छन। छोरीहरुको चाँही जहाँ गएनी साथ एकैछिन छुड्दैन। तर ति सब कुरालाई शिला र शुलोचना ब्यवास्ता गरेर आफ्नो कामतिर मात्र ध्यान केन्द्रित गर्थे। हो पनि बिनाअर्थको कुरालाई जवाफ लगाइरहन पनि उनीहरु राम्रो ठान्दैन थिएँ।गल्ती आफ्नै आमाहरुको थियो । अनी गाउँलेको त कुरा काँट्ने काम हो। के दोष उनीहरुको। तर शिला र शुलोचनालाई यो कुराले एउटा गाउँलाई नै असर पारिरहेको छ। भन्ने महसुस भएको थियो। तर आमाहरुलाई समझाउन लाई उनीहरु बँच्चा पनि थिएनन। के भनेर समझाउने, केही कुरा कोट्टायो कि सुन्न मान्ने थिएनन ।तै रानी मै रानी कसले भर्ने कुवाको पानी समय बित्दैगयो। सधैं मान्छेलाई धनसम्पत्ति बलबैंशले साथ कहाँ दिन्छ र जति बहादुर भएँ पनि मान्छेले एकदिन समय सँग हार्नु पर्छ। यो नै तितो सत्य हो। एकदिनको कुरा घरपरिवारको राम्रो मेलमिलाप नभएपछी सबैले हेप्छन। त्यो कुराको महसुस शिला र शुलोचनाको आमाहरुको त्यो अहंकारले भरिएको मनमस्तिष्कले कहिल्यै सोंचेको थिएन। शिलाकी आमा शुलोचनाकी ठुलोआमा थिइ। एकदिन जे सोंचेको थिएन त्यो नै भयो। शिलाका बुवालाई ग्याँस्ट्रिक बिग्रिएर अलसर को सम्भावना धेरै छ भन्ने कुरा डक्टर को चेकपपछी थाहाँ भयो। अनी डक्टरले यो सल्लाह दिएको थियो। बेलैमा यसको उपचार गरेन भने सानु कुराले ठुलो रुप लिनसक्छ। तपाईंहरुले हेल्थको कुरालाई कहिल्यै पनि हेल्चेक्राई नगर्नु होला। होपनी घरब्यवहार चलाउँन मात्रै ठीक्क हुने कमाई भएका हामी ग्रामिण भेगका मान्छे। गरिबीको महामारी चपेटाबाट कहिल्यै पारपाउँन सकेका भने थिएनौ। यसो गरि बसको पनि झन्डैं बर्ष दिननै नाँघ्न लागेको थियो। शिलाको बुवाले अब त साह्रै नसक्ने अवस्था नजिकिदैथ्यो। अनी शिलाकी आमाले आफ्नो बुडालाई शान्त्वना दिदै भन्छे। केही हुदैन भोली म पारी साइँला को घरमा गएर थोरै ऋण ब्याजिमा मागेर ल्याउँछु। अनी शहर गएर औषधी गरौँला। त्यो दिनको तेती कुरा पछि साँझको खानाखाएर सुत्ने तर्खरतिर लाग्छन शिलाका बुवाआमा। तर शिला भने पढ्दै हुन्छे। उसको जिल्लास्तरिय परिक्षा नजिकिदैथ्यो। यो घरको लागि शिलाले नै पढेर केही गर्नु पर्ने थियो। दिनानुदिन काम गरेर घरचलाउँने बुवाको रोगले शरीर कमजोर हुदैथ्यो। एउटा दाँजु पनी पढाई अपुरोमा छाडेर गाउँका आवारा केटा बटुलेर हिड्ने लतमा उ भाँसिदैथ्यो। अफ यो जिन्दगी पनि कति झन्झटिँला कुराको मिस्रन बाट बनेको रहेछ। रात पनि धेरै छिप्पिए जस्तो छ। मान्छेको चालचुल थिएन। अनी शिला पनि नजिकैको बत्ती मुखले फूकेर हाइकाँड्दै बिछ्यौनातिर पस्छे।
नजिकै बाट आमाबुवाको मस्त निन्द्राको आवाज सुन्दै थिइ। शिला निन्द्रा देवीको काखमा नपुगुन्जेल। तर कतिखेर भुसुकै निदाइछे। बिहान आमाले चूलोजोडेर खानापकाउदै गर है शिला उठेर भनेको आवाजले उसलाई निन्द्रारले छाड्छ अनी शिलापनी उठछे। स्कूलपुग्न ढिला हुनेबेला सम्म पनि शिलाकी आमा घरमा आएकी थिनँ । तर शिला भने खाना खाएर स्कूलतिर लाग्छे। तर शिलाकी आमा साइँलाको घरमा पुग्दा। साइँलाकी श्रीमतीसँग मात्र भेटहुन्छ। त्यस्कारणले केहीबेर पर्खनुपर्ने भयो। अनी धेरै बेरको पर्खाइपछी साइँला घर फर्किन्छ। अनि शिलाकी आमाले आफ्नो दु:ख बिसाइ साइँलासित, तर साइँलाले यस्पाली म संयोग गर्न सक्दिन। पुरानै बाँकी रकम पनि खै बुझाएको तपाईंहरुले भाँका नाँघ्न लाग्यो। मेरो छोरा पनि यस्पालिनै बिदेशतिर लाग्यो पढ्न उसैलाई खर्च पठाउँदापठाउँदै ठीक्कँछ। भन्ने कुराले टार्यो साइँलाले उसलाई अनी त्यस्पछी शिलाकी आमा अँध्यारो अनुहार लगाएर घरतिर फर्कन्छे। अब कहाँ जाने र आफन्त सँग राम्रो मेलमिलाप थिएन। झन यो कुरा सुनेभने त ठीक्क पर्‍यो भन्छन। भन्ने मानसिक चिन्ताले दिनदिनै सताउँदै गयो शिलाकी आमालाई भित्रभित्रै। मान्छेको अश्नपानीको शरीर पिर र चिन्ताले न खानु मन हुन्छ न आफ्नो गल्ती सुधारेर समझदारी गरेर, साधा जीवन उच्च सोंचको अनुसरण गरेर मान्छेले आँफू शान्ति रहेर अरुलाई शान्ति र हौंसेला दिनजान्दछ । आफ्नै अहंकारले शिलाकी आमालाई रोगी बनाउँदै लग्यो। तर शिलाको बुवाले धेरै चोटि बुझाएकोथ्यो। शिलाकी आमालाई हेर शिलाकी आमा एउटा घर बलियो बनाउँन सबै भन्दा बडीभूमिका छोरी मान्छेको हुन्छ।त्यो शुलोचनाकी आमा भनेकी त भन्दा सानी पनि हो। आवेसमा गल्ती जो बाट धेरै भएपनी आ-आफन्त मिलेर बस्नुपर्छ। यो नचाहिँदो झँगडाले राम्रो हुदैन। तर शिलाको बुवाको अर्तीलाई शिलाकी आमा नाना थरीका कुराले मुखमा बुझो लगाइदिन्थी। शिलाकी आमाले कहिल्यै पनि मानिन शिलाको बुवाको कुरालाई, सधैं उस्कै कुरा माथि पार्थी शिलाकी आमा।भन्थी म त उसले मान्नुपर्ने जेठानी पो हौ त। म कहिल्यै पनि त्यो सँग निहुँरिन जान्छु भनेको। अनी शिलाको बुवा पनि उसको अबुझपन देखि हारेर चुप बस्दानै ठीक ठान्थ्यो।तर आज यो कुराले ति दुबै घरपरिवारलाई असर परिरहेकोथ्यो। मानौ एउटा गाउँनै दुखित थियो। उनीहरुको बैंरी भावानाले। तर के गर्ने समय र रोगले मान्छेलाई पर्खदैन। जे हुनुपर्थ्यो त्यो भएरनै छाड्छ, मेलमिलाप र सबैको भलो देख्ने बानीले मान्छेलाई बाँच्नलाई भने केही हतसम्म शान्ति को महसुस अवश्य गराउँछ। मान्छेको सत्रु आफूभित्र भएको अहंकारनै हो। समयले आज शिलाको बुवालाई संसारबाट लग्यो। कहीले नफर्काउने गरि एउटा भएको छोरा कुलतको शिकार। कमाउँने मान्छे नभएपछी आवश्यकता टार्दाटार्दै सानो टुक्रा भएको खेतबारी घर सबै साउँको नाउमा पर्‍यो छोरीको पढाई पनि पूरा गरेको थिएन। जागिर पाउने त कुनै आशा थिएन। साउँले घर छाड्नको लागि चेत्वानी दिइसकेको थियो। शिलाकी आमा पहिलाको भन्दा झन कमजोर हुँदैथी पिर र चिन्ताले। उसले आज साहाराको खाचोको महसुस गरिरहेकी थि। साँझसाझमा शुलोचना शिलाको घरमा आउँदा शिलाकी आमा खोक्दै ओछ्यानमा पल्टिरहेकी हुन्छे, अनी शुलोचना नजिक गएर भन्छे। हेर्नुस ठुलोआमा आमा र तपाईंको बिच्मा कुन कुरा नमिलेर यति नजिक भएर पनि पराइ हुनुहुन्छ त्यो मलाई थाहाँ छैन। तर अब हजुरले हामीलाई छाडेर जना पाउनुहुन्न। शिला दिदीको पढाई पनि अधुरो छ। दादा को हाल्त त्यस्तो छ। तपाईं बिरामी अब्स्थामा हुनुहुन्छ। ठुलोबुवा पनि अब हामी सामु रहनु भएन। अब हामी पढेर बढेर केही गर्छौ। तपाईं र आमा मिल्नु पर्छ। र यही गाउँमा बसेर हाम्रो शत्रुतालाई मित्रुतामा बद्लेर हामी सबै हाँसी खुशी बाँच्नु पर्छ।
अनी पो शिलाकी आमाको आँखा खुल्यो। कि हिजो शिलाको बुवाले मलाई सम्झाउँदा मानेकी भए।मनमनै सम्झिन्छे शिलाकी आमा । आहाँ शिक्षाले मान्छेको मनको अन्धकार हटाएर ज्ञानको ज्योति जगाइ दिदोरहेछ। यो हिजो अस्तिकी बच्चा कति धेरै कुरा जानेकी अब यसको कुरा मैले मान्नै पर्छ मैलेनी यिनिहरुबाट सिकेर आफूलाई चेतन्शिल मान्छेको पहिचान दिनै पर्छ। भन्ने सोंच आयो शिलाकी आमालाई। र सानु ठुलो भन्ने अहंकारी शत्रुतालाई हटाएर शिलाकी आमा शुलोचनाको आमा सँग गएर माफि माग्छे। अनी सबै परिवार हाँसी खुशी मिलेर दु:ख शुख बाडेर बस्छन। चेतनाहिन मान्छे पशु समान हुन्छ भन्ने कुराको महसुस भयो आज शिला र शुलोचनाकी आमालाई एउटा घरको शुभकार्यको सुर्वातले मानौ एउटा गाउँनै उज्यालो भएको छ आज।

गीता थापा (दोषी)
हाल ईजरायल

1 comment:

  1. Gita G, dherai ramro katha prastut garnu bhae chha, malai dherai khusi lagyo. yasri nai tapaiko rachanaharu padhana pairahu.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin