छक्कु "उदासी" जी
नमस्कार ।
यो मन अलिक आरिसे छ । मंसिरमा अरुले धान थन्काउदै गरेको देखे पछि बाजो बगर खोस्रन थाल्छु । तर अर्को असार आउद नपाउदै मेरो बाजो खोस्रने जोस मरि सकि सकेको हुन्छ । मलाइ अलिक हतार हुन्छ मन जस्तै चाडो चाहिन्छ । त्यसैले मेरो बाजो बगरमा खेत खनि आबधि बनाई धान फलाउने मेरो भोको छेपारो को कथा जस्तै भएको छ । अलि कति पहिला एक जना साथीले गाली गर्दै नेट हेर्न सिकाएको थियो । अनि उसैले नारी संन्जाल राम्रो छ भनेर हेर्न भनेको थियो । कामले लखतरन भएको बेला अलिकति समय मिल्यो । फेरि थकाई पनि लागेको थियो । तर मन भए पछि त्यो थकाईले के छेक्दो रहेछ । हेर्नको लागी पनि साथीको खुट्टा मोल्नु पर्छ । त्यो पनि सामन्य नै हुदो रहेछ । अनि खुसामती गर्दा गर्दै १५ मिनेट बितेछ । लौ आईजा ५ मिनेट हेर भन्दै अनुहार खुम्चाउदै हर्ने अनुमति दियो । खुसि भए ५ मिनेटको लागी हेर्न मौका पाए ।
तपाईको नारी संजाललाई खोलि हेर्न थाले । पहिलो नजर नर र नारीको समान अधिकार पहिले समान चेतना हुनु पर्छ । दासं्रो बिश्वकै ति नारीहरुको अनुहार देखे जुन अनुहालाई मानब जाति र मानब शभ्याताले कहिल्यै भुल्ने छैन । नेपाल देखि बिश्व कै ति महिलाहरु मानव जाति कै असल पात्रको रुपमा लिइन्छ । अनि अर्को भनाइ रहेछ मेरो आवाज पुरुषहरु बिरुद्ध होईन । अनि तल लेखिएको रहेछ । अरुको अनुग्रह भित्र सुखि हुनु भन्दा दुःख भित्र आफ्नो भाग्य आफै कोर्नु स्वर्गीय आनन्द हो । साँच्चि नै पनि आजको यो युगमा महिलाहरु पुरुष प्रति निर्भरता र पराजिबी बनीनु हुदैन । तपाई र तपाई जस्तै साहासि र सृर्जनशिल महिलाहरुले नै यसको पहल कदमी गर्नु पर्छ । निश्चय पनि सृष्टिले नर नारीलाई बारबरी स्थान दिएको छ । दिन र रात जिवन र मृत्यु जस्तै हो नर नारी पनि जो एकको अभावमा अर्को को कल्पना पनि गर्न सकिदैन । त्यो कुरालाई तपाईले हृदय देखि नै स्वीकार गरेको कुरा तपाईको लेखले नै प्रष्ट पार्दछ । आज हाम्रो देशमा महिला अधिकारको बारेमा चर्को बहस भई रहेको छ यो जायज नै छ । तर मेरो कामना छ महिला आरक्षण भोली दुभाग्यबस सिलिपिङ ट्याब्लेट मात्र नबनोस……॥ । यो दुनियालाई पुरुषबादको दल दल बाट मुक्ति दिलाउन अन्तमा बैचारीक हैसियत नै जरीरु पर्छ उच्च चेतना कै आबश्यकता पर्दछ । तपाइको यो समग्रह सोचलाई एक शब्दमा भन्नु पर्दा गान्धिबादी सोच भन्न मन लाग्यो ।
आफ्नो कुरामा तपाईले बिगतका भोगाईहरुलाई पनि समेटेनु भएको रहेछ । आफ्नो जिन्दगीको बारेमा पनि लेख्नु भएको रहेछ । आज तपाई को सबै कुरा सुने पछि एउटा भनाई को याद आयो ढुङाको काप फोरेर पनि उम्रन्छ पपिल सृर्जना शक्ति संसार मा कहिले हुदैन बिफल । अनि त्यहा समेटिएका सबै बिषय बस्तु चेतना मुलक साँच्चि नै उच्च स्तरीय लाग्यो । त्यो पनि एकल प्रयास हो भन्दा झनै आश्चर्य चकित मात्र होईन म त साच्चि नै नतमस्तक भएँ । हुन त म तपाईको भावनालाई त अबश्य पनि तौलन सक्दिन नै तर तपाईको यो स्रहानिय कार्यलाई मज्जाले धित मरिन्जेल तालि बजाउने बिचार गरे । मित्रहरु तपाइहरु पनि यो एउटी नेपाली परदेशी चेलीको एकल प्रयासलाई धधध। लबचष्कबलवबि।अयु मा लग अन गरी हेर्न सक्नु हुनेछ । कम से कम मैले चाहि छक्कु उदासी जीको अटल प्रयास बाट बाजो बगर खोस्रन थाल्ने बिचार गरेको छु । छक्कु जी ५ मिनेट को लागी साथीले नेट हेर्ने अनुमति दिएको थियो । अन्तमा तपाईको बिचार र उदेश्यले एक दिन अबश्य पनि सफलता पाउने छ भन्ने अटल बिश्वासका साथ निरन्तरताको कामना गर्दछु ।
चकेन्द्र राई "कैदी"
धनकुटा
Subscribe to:
Post Comments (Atom)
गौरवान्वित चेली छक्कु उदासी ज्युलाई भोजपुरे ब्लग परिवार सदा सदा सलाम गर्दछ, नारी भावना को कदर गर्दै अनी उनको सम्पूर्ण कार्य कुसलताको सदा सम्मान गर्नेछ, धन्यवाद ।
ReplyDeleteUdashi G, hajurko sampurna karya kusalatako kamana gardachhu, hajur ko sadhai yasari nai gungan gaieko sunna paaiyos.
ReplyDeleteAbiral-yatri Nabin
Ilam, haal abroad.
छक्कु बैनी धेरै राम्रो प्रयास हो, तपाईंको सम्पूर्ण यि चेलीहरुको बेदनाको संगालो भित्र मेरो अशिम माया है।
ReplyDeleteरविन चाम्लिङ
एउटी नारीको कदम र चकेन्द्र सरको जस्तो बिशाल सोच अतुलनिय लाग्यो । हाम्रो समाजमा छक्कु उदासी जस्ती नारी र चकेन्द्र सर जस्तो पुरुषहरुको खांचो छ ।
ReplyDeleteसुरेश
HK
namasre ! sabai mitraharulai mero sochai matra pani huna sakchha malai ta lagchha hamro nepal ramro neapl banaunu chha bhane pakka pani chhakku udasi jasti nepali cheli haru lai hausala dinai parchha . ani matra nepal yo ya tyo jasto huna sakchha . comments ko lagi pheri pani dhanyabad chha sabailai .
ReplyDeletechakendra rai
मिठो प्रर्तिकिया दिनु हुने सबै लाई धेरै धेरै धन्यवाद छ । बिशाल सोच त होइन । तर पनि यो हाम्रो नेपाल राम्रो नेपाल बनाउन छक्कु जि जस्ता धेरै चेलीहरुको जरुरत पर्ने छ । जसलाई फेरी तपाईंहरु जस्ता युबाहरुको पनि जरुरत पर्ने कुरालाई शायद नकार्न सकिदैन । अनी त मलाई उहाको प्रगतिको कामना गर्न मन लाग्यो ।
ReplyDeleteचकेन्द्र राइ "कैदी"
चकेन्द्र सरको जस्तै सकरात्मक भावना सबैमा भया........अब हाम्रो मुलुकले कांजुली फ़ेर्न समय लाग्दैन । छक्कु उदासी जीको एक्लो प्रयासलाई हामी सबैले प्रमोद गर्नु पर्छ ।
ReplyDeleteदिपक गौतम
आज दिपक सर तपाईं जस्ता युबाहरुको खाचो यो देशले महसुस गर्न नसक्नु को पिडा हामीले भोगिरहेक छौ जस्तो लाग्छ मलाई त । कमेन्ट को लागि आभारी को पात्र हुनु हुन्छ ।
ReplyDeleteचकेन्द्र राइ ''कैदी ''