katha

मनोबाद कथा

अझै स्वच्छ नेपाली मन किन छैन यहाँ ??‏

आफ्नैले आफ्नालाई किन कालो नज़रले हेर्छन अझ नेपालीका को मन नेपालीको जस्तो किन भएन कहिले सास्कृतिक कार्येक्रम मा रक्सीको कमाल सुनिन्छ कहिले मलियाको पार्कमा नेपाली नेपाली को झगडा देखिन्छ आखिर घर घरका भाइ भाई किन दुस्मन बन्ने ? हरेक नेपालीको पनी आफ्नो मन सोचाइ हुन्छ तर सहि र सत्य सोच कमै मान्छेमा होला जब एक्ली केटी देख्ने बित्तिकै नेपालीनै त्यसको फाइदाको पछी खुद लाग्ने किन ?

जे देखियो त्यहिँ लेखियो कुरा २३ अप्रिल सुक्रबारको हो कुवैतमा सुक्रबार सबै जमघट हुने नेपाली पार्क भनिने मिलनको चौपारी भनिने आफन्तको घर भनिने त्यस विश्रामालय नजिकको कुरा गरौ l म नेपाली पत्रकार महासंघको पुनर्गठनको सभा सकेर मालीया एसिया एसिया होटलमा पस्दै थिए मेरो साथ २ बैनी र १ भाई गफैम़ा व्यस्त छौ सुकवातिया भनिने मार्केटम़ा पुगेपछि अचानक एक दृश्यले हामीलाई चकित बनाउछ एक त्येस्तै ३० ३२ वर्षको नेपाली दाइ अनी अन्जादी २२ वर्षकी नेपाली बैनी बीच घम्साखान झगडा परेको यी आँखाले देखना साथ म पनी आतुर भएर त्यसतिर बढें l मीना नाम गरेकी (नाम फेरिएको) बैनी असिना पशिना भएर एक्लै आँखाबाट आँशु खसाल्दै ति दाइलाई आफ्नै चप्पल प्रहार गर्दै नेपालीमै नाना गाली दिदै गएको देखेर मेरो मन उनलाई वास्तविकता नसोधी बस्न सकेन र केही सान्त माहौल भएपछी त्यसको असलियत बुझ्न थालें l आफ्नै भाई संग ति मिना बैनी सोपिंगको लागी हिडेको बेला एक जना अलि हेर्दा ट्यापे टाइपको राजधानीको गल्लीम़ा दादागिरी गर्ने सम्झेर होला ति दाइले चिनजान गर्न खोजेछ्न l नचिनेको संग किन बोल्ने भने र ति बिचारा बैनी वास्ता नगरी आफ्नो बाटो लागेको देखेर ति दाइले आफ्नै हातले ति बैनीलाई समातेर तिमीलाई मैले धेरै मन पराउछु सालौ देखि मैले तिमीलाई चिनेको छु किन आज भाई छ भनेर नचिनेको जस्तो गरेकी म संग साथी किन तोड्न खोजेकी ? आदि आदि भनेर १ घण्टा देखि पछी परेको र आखिर मेरो भाइलाई सानो देखेर हेप्या जस्तो गरेर मलाई मान्छे मान्छे को बिचमा कहिले यताबाट कहिले उता बाट धकेल्दै थियो नेपाली हो भनेर मैले कुरा सुनेको नासुनेई गरें तर अहिले मेरो हात समाएर तिमीलाई मैले धेरै दिन देखि चिनेको छु तिमी कस्तो केटि हो भन्ने मलाई राम्ररी थाहा छ भनेर मेरै भाइको अगाडी भन्दा भाइले मलाई के सोचेहोला भाइ आएको १ मैना मात्र भएको छ भनेर धरधरी रुन थालिन सम्झाई बुझाई गरी ति बैनी संग बिदाइ त पाएँ मैले तर छुटेपछि त्यो रात भरि मेरो मनमा कुरा खेली रह्यो आखिर नेपालीको मन त सरल निर्मल स्वभाव को हुन पर्ने किन परदेशमा पनी आफ्नैले लिला गर्छन आखिर त्यस्तो मानब मन किन हुन्छ जसले प्रवासमा आएको चेली को मर्म बुझ्दैन घरायेसी समस्याले परदेश पलाएन भएकी एक चेलीको चलित्र के सबैको एकै हुन्छ? त्यहाँ दुनिया को सामुन्ने नेपाली नेपाली को त्यो हालत हुदा अरु देशकाले के सोचेहोलान? आफ्नो सम्मान इज्ज़त अनुशासन मा रहेर नेपलली को पहिचान गर्न सके कती राम्रो होला ?? सबै दाजु भाइले बुझ्नु आवस्य पर्छ हामी आफैले आफ्ना चेलीबेटी गलत अर्थमा हेर्छु भने के अरुबाट चेलीबेटी सुरछित रहन सक्लान? प्रश्न माथि प्रश्न उठ्छ ??? किन अझै स्वच्छ नेपाली मन किन छैन यहाँ ??


मनोज काफ्ले "मनसुन"
ऐलादी-४, स्याङ्गजा
हाल :कुवेत

0 लेखक लाई प्रतिकृया यहाँ:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin