katha

सामाजिक कथा


बसाईं सरेको एउटा बिशाल भावना.........!

म सधैं रिक्सा लिएर त्यहीँ बाटो हिंड्थे| किनकी मैले बसेको डेरा उनकै घरको छेउमा पर्थ्यो। अनि सधैं खाना खान मात्र १२ बजे तिर फर्किन्थे। उनी महाजनकी छोरी म एउटा रिक्सा चालक तर हामी किन किन त्यो भिन्नता महसुस हुन्नथ्यो। उनको परिवारले ओई रिक्सा भनेर बोलाएपनि उनले कहिल्यै "ओई" भन्ने शब्द प्रयोग गरिनन। शायद उनी धेरै धेरै पढेकी हुनाले होला उनी म जस्ता निम्न र साना संसारमा रम्नेका लागी उनी सधैं नम्र भएर बोल्थिन। म उनलाई मेमसाहेब भनेर बोलाउने गर्थें। तर उनी मन पराउँदैनथिन, उनी जहिले पनि मलाई बहिनी भने भै हाल्यो नी किन मेमसाहेब भन्नु पर्‍यो, भन्थिन तर म डराँउथे किनकी मैले उनको जुँगे बाबुको एकपल्ट गाली खाइसकेको छु| उनलाई बहिनी भनेर पुकार्दा। त्यसैले फेरी फेरी जुँगे बाको गाली खानु भन्दा मेमसाहेबनै भनेर पुकार्दा ठीक होला भनेर मेमसाहेबनै नै भनेर पुकार्थे।

उनी शिबजीको भक्त, बिहानै उठेर पूजापाठ उनको दैनिकी थियो म आफ्नो यो थोत्रो पेटको सहारा मेरो रिक्सा लिएर बाहिर निस्कन्थे त उनी पूजापाठ सकेर मन्दिरदेखी फर्कदै गरेको बाटोमा भेटिन्थिन। उनले जहिलेपनि आज दाईको मनोकामना भोलेबाबाले पुरा गरिदिउन भन्दै मलाई टीका अनि एकथुँगा फूल कानमा सिउरी दिन्थिन। उनको त्यो निर्दोष अनि निस्वार्थ भावना देखेर म जहिले दंग पर्थें अनि ईस्वरलाई सदा धन्यबाद दिन्थे। यो दुनियाँमा कोई न कोई तिम्रा निस्वार्थ भक्त पनि भेटिंदा रहेछन प्रभु भनेर। म सधै रिक्सा चलाउने उनको घरको सम्पुर्ण मालसमानहरु ओसारपसार मै गरिदिन्थे। धानहरु कुट्न मीलमा लाँदा वा कुनै पनि गह्रौं समानहरु ल्याउँदा सबै मै गरिदिथें। यसरी समयपनि चलीरह्यो दिन,महिना,बर्ष,अनि दशक हुदैं पार। उनी ठुलो घरानाकी कान्छी छोरी ठुली छोरीको बिबहा उतै अमेरिकन सिटिजन नेपाली सँग गरेको कान्छीको पनि उतै गर्ने कुरो चल्दै रहेछ। उनको पढाई पनि यता सकिएको ले अमेरिकै तिर पढ्न पनि पाउने र दिदी बहिनी उता सँगै भन्ने कुरो भएको रहेछ उनको परिवारमा। यो पनि उनले एकदिन सपिङको लागी मेरो रिक्सामा चढ्दा बताईन। मैले मनैले जितेर एउटा प्रस्न गरुँ मेमसाहेब भने, उनले भनिन मलाई आजदेखी मेमसाहेब हैन बहिनी भनेर बोलाउनु भनेर भनिन अनि अनुमती पनि दिईन। फेरी सानो मुख ठुलो कुरा त हुन्न होला नी हैन बहिनी? उनको ठेगो थियो "लौ" भन्ने, उनले भनिन लौ दाई पनि कती सारै म सँग ठिक पार्नु परेको भन्नु नी नडराई के हो त्यस्तो कुरा? मैले पनि मन ढुक्क बनाएर सोंधे अनि तपाई अमेरिकामै बिहे गर्नु हुन्छ त? मेरो प्रस्नको उत्तर लामो स्वास तानेर दिइन, खै दाई के हुन्छ? अब नमानौ भने पनि आमाबाबुको ढिपी सामु मेरो केही लाग्दैन र दिदीपनि पछि परेकी छे। त्यो केटा पनि पछि परेको छ । मलाई कति पल्ट फोन गर्न खोजिरहेछ तर म अहँ कहिलेपनि उसको फोन भनेर थाहा पाएँ भने कट गरि दिन्छु। अनि मैले बिचैमा एउटा प्याच्च प्रस्न सोधीहाँले अनि तपाईको इच्छा नि? मेरो त दाई मेरो नेपालनै मलाई प्रिय छ। फेरी म आफ्नै खुट्टामा उभिन सक्छु। मलाई कुनै अमेरिकाको मस्ती देख्नुछैन, वाह बिहिनी तपाईं यत्ती ठुलो घरानाकी छोरी र पनि कति महान बिचार तपाईंहरु जस्ता पढे-लेखकाले हाम्रो देश छाडे के होला बहिनी, एक पल्ट सोंच्नुस, हुन त म पढिन मलाई पढाउने आमाबुबा कुनै गार्जननै पाईन सडक देखी पलेको म एउटा मेरो बाल्यकाल फोहोरको थुप्रोसँग लडाईं गर्दै बित्यो जन्मिन साथै मरिन छु, आज यो दाषी पेटको लागी भौतारिंदै यता उता घुम्छु। मेरो पनि रहर थिए होलान बहिनी, घुम्ने मेंचमा बस्ने अनि ठुला ठुला सभा सेमिनारमा बोल्ने आज म सबैको सामु एउटा रिक्सा चालक बन्नु परेको छ। शायद मेरो कुराले उनलाई उनको मनमा अलि बोझ भयो होला अनि कुरा मोड्न खोजिन म त दाई बिहे गर्दिन मलाई बिहे गरेर देशलाई रजनी दिदीले झै भुल्नु छैन बढेको हुर्केको ठाउँनै प्यारो। अनि मैले पनि उनको कुरामा सहमती जनाएँ हो बहिनी तपाईंको त सिप छ पढ्नु भएको छ अफिसमा काम पनि मिल्छ हामी जस्ताको कहाँ मिल्नु अमरिका हामी पो जानु पर्ने त बैनी किनकी त्यता हामी जस्ताले गर्ने काम शायद होलान किनकी सबै पढन्ते होलान अब बलले गर्ने काम थोरै होलान त्यसैले हामी अनपढहरु त्यहाँ गएर रिक्सा तान्दा मजै होला तर तपाईहरु जस्तो बुझ्नेहरुको लागी त नेपालनै ठिक छ बैनी। अहिले अलिकति मुसुक्क हाँसिन किनकी नपढेको मान्छे अमेरिका गएर रिक्सा तान्ने कुरा देखी होला मनमनै सोंचे किनकी यो असम्भव महा असम्भव थियो। यत्तीकैमा एक हुल आवाराको जमात छ सात वटा मोटर साईकल हुईँकाएर मेरो अगाडी रोक्छन अनि आवारा तालमै बोल्न शुरु गर्छन। आँच हो रिक्सा माल त क्या लिएर हिंडिस नी, कता तिर तेरो सवारी नि? होटल सोटल तिर सिफ्ट गर्न थालिस कि क्या हो? हाम्लाई पनि सेवा गर्ने मौका दे न यार। म त्यस्ता आवाराहरु सँग दिनहुँ जस्तो पर्नु पर्थ्यो आज त झनै बिहानै पर्नु पर्दा के गर्ने सोंच भयो भने मैले पनि त्यहीं पारामा भनिदिएँ आँच हो ब्रो हरुलाई थाहा छैन होला उहाँ मेम साहब त डिस्को डान्स स्टार नभै डि. आइ. जी. साहेबको बहिनी हुनुहुन्छ चाहियो डि. आइ. जी. साहेबको पिटाई? क्या झुर भयो यार बिहान देखी आज लास्ट कुसाईत भै रहेछ सोरी यार हामीलाई अघीनै भन्नु पर्दैन कुलेलाम ठोक्छन, अनि बिचरीको ओंठ तालु सुकीसकेको महसुस गर्छु। मै बोल्छु बैनी के भो? दाई म त आज सकिएछु भनेको नी तर कसरी तपाईको दिमागमा यस्तो आईडिया आयो म त छक्कै परें। बहिनी यदि कसैको जिबन जोगिन्छ एउटा झूटले भने सयौं झूट पनि बोल्न सक्नु पर्छ। यसो हो बहिनी आजकल आवाराहरुको बिगबिगी यता धेरै नै जोगिएर हिंड्नु पर्छ। दिनपिच्छेको को एउटा खराब पाना थप्न ब्यसत छ आजकल यो शहर। यहाँ मान्छेले जिउँनको लागी कुनै न कुनै नयाँ दिमागको प्रयोग गर्ने बेला आएको छ। अपहरण, चोरी, डकैती अनि ती चोरी डकैती गरेर मस्ती गर्ने ठाउँहरु बन्द गर्दा हाम्रो शहर एउटा नमुना शहर बन्थ्यो बहिनी, म र मेरो रिक्सा दिनहुँ यो गल्ले गल्ली घुम्छौं सकि नसकी म पसिनाका धारा बगाउछु तर कहिले काहीं बहिनी यहाँ एउटा जाबो रिक्सावललाई लुट्न आउँछ्न यहाँका आवरा ठिटाहरु। उनीहरुलाई दयाको कुनै एउटा धर्सा उनीहरुको निधारमा कोरिएको छैन साँच्चीकै रामायण महाभारतका दैंत्य जस्तै लुछ्छन सबैलाई अनि सिध्याउछन सबैलाई यिनीहरुलाई त बहिनी पाता कसी कसी झुण्ड्याएर मार्नु पर्ने। ताकी यस्ता घट्ना नघट्ने थिएकी। उनीले अगाडी भनिन हैन दाई यिनीहरुको त्यति दोष छैन तर यिनीहरुलाई यसरी छाडा छाड्ने यो समाज को दोष हो। यिनीहरुपनि शायद राम्रै भएर हिंड्न मन पराउछन तर आज कुलतमा लपेटिएका छन। यिनीहरुलाई सरकारले केही यस्तो मौका दिए कति माथी र महान हुने थिए होलान यिनीहरुलाई सानै देखी मायाको अभाव अनि शिक्षाको अभावको कारण यस्ता हदसम्ममा आईपुगे।

यसरी उनको महान भावना सँग म अलमलिन्छु। म सँग जवाफ हुन्न किनकी अघि मैले भनेको थिएँकी आवरालाई झुण्ड्याएर मर्नु पर्छ भनेर तर उनीले उल्टै माया गरेको देखेर, हुन पनि म पनि बुध्दु हुँ नी उनले सबैलाई धेरै माया दिन्छिन ईज्जत दिन्छिन यो नै उनको महानता हो। यसरी मैले उनलाई सपिङमलमा उतारेर रिक्सा मा चढी पर्खी बसें उनी आफ्नो काम सकाएर आईन सपिङमल बाट बाहिर उनका सबै समानहरु म रिक्सामा हाली दिन्छु अनि उनी चढछिन म रिक्सा लिएर उनीको घर तर्फ आफ्नो रिक्सा मोड्छु।

यसरी समय नजिकिदैं टाढिन्दै जादा आज उनको अमेरिका उड्ने दिन रहेछ। मैले जिबनमा कमाएको एउटा नाता धेरै टाढा म देखी हुन लागेको महसुस गरें। अरु केही पनि मेरो आपद बिपदमा उनी नै थिईन एउटा मेरो नजिकको सहारा आज उनी पनि टाढा, मलाई दैबले धेरै चोट दिएपनि मुटुलाई चट्टान बनाई ति खन्जर रुपी उपहारहरु सहेकै थिएँ तर आज फेरी मलाई एउटा बेसहारा बनाएर छोड्दै छौ दैब, शायद मैले पहिलो जनममा तिम्रो सामु धेरै गल्ती गरेको रहेछु, तिम्रो सामु मैले धेरै हत्या गरेको रहेछु, जो आज गनी गनी लि रहेका छौ भन्दै धेरै बेर रोएँ म त्यो बिहान रिक्सा पनि चलाईन चुपचाप बसीरहें। उनी आउँछिन पक्कै भन्ने मलाई बिस्वास थियो, मलाई हरेक पल्ट बिमार पर्दा उनका बुबा बाट ढाँट्दै भएपनि धेरै सहयोग गरेकी थिईन उनीले अब म कसरी उनको त्यो ॠण तिर्न सकुँ?? यो प्रस्नले मलाई खान थाल्यो न म सँग त्यतीका पैसानै जो की उनीलाई त्यो उपहार दिन सकुँ। बिहान निस्कन्छु यो शहरको पश्मिना बर्को त होला बिदेशमा नपाउने म मेरो अनपढ दिमागबाट यही निकालेर दुइटा पश्मिना बर्को भिन्न भिन्नै रंगको किनेर ल्याउछु। अनि उनीलाई पर्खिन्छु। उनी आउछिन भन्छिन दाई के गर्ने आमाबुबा भन्दा हाम्रो अर्को देउता हुन्नन रे उनीहरुले भनेको मान्नु नै त हाम्रो धर्म हो त्यसैले दाई बुबा र आमाको कुरालाई स्विकारेर आज म जाँदैछु। दाई तपाईलाई धेरै धेरै मिस गर्ने छु, जुन तपाईंको त्यो सेवा थियो म कहिल्यै आजन्म भुल्ने छैन भनेर उनको हातमा भएको एउटा पोको मेरो हातमा थमाएर उनी आँखा भरी आँशु पारिन। उनको आँखाको त्यो आँशु सह्य थिएन मलाई म बोल्नै सकीरहेको थिईन तर पनि हरेक कोशिस बावजुद म भन्छु, बहिनी यो जन्म मा त हजुरको दाई बन्न सकिन अबस्य ईस्वर त्यतिकै शक्तीमान छन भने अर्को जुनी बहिनीलाई मेरी बहिनी वा मेरी छोरी पाउँ भनी प्रार्थना गरीरहने छु। मैले ल्याएको त्यो दुईटा बर्को को प्याक मैले हातमा थमाएर उनीलाई बिदा गरें। म त्यो दिनभरी कता कता आफ्नै परिवारको सदस्य हराएको महसुस भै रह्यो एउटा बिशाल भावनाले बसाईं सरे झैं लागीरह्यो, मैले त्यो चेली सँग बिछोडिनु पर्‍यो जो मेरो जिबनमा सदा सदा एउटा बेसहारा दाईलाई सम्हाल्दै आईन।

बि. जे. बान्तवा “पराईमान्छे”
ठुलोदुम्मा / भोजपुर

4 comments:

  1. आदर्णीय पाठक मित्रहरुमा मेरो नमस्कार। मैले यो आज भन्दा ६-७ बर्ष अघी काठमाडौमा भौतारी हिंड्दा एउटा रिक्साको र त्यो रिक्सा चलाऊने दाईको आत्मा भित्र समेटिएर लेख्न खोंजे तर अली अल्छिका बावजुद पुरा गर्नै सकिन अपुरोनै भएपनी पुरापुरी पढिदिनुहोला धन्यवाद।

    बि.जे. बान्तवा

    ReplyDelete
  2. बीजी जी, धन्यवाद एकैछिन भएपनी कथा भित्र डुबेर दुइथोपा आँशु
    चुहाउँने मौकादिनु भयो। हार्दिक आभर ब्यक्त गर्दछु।
    गीता थापा (दोषी)
    ईजरायल

    ReplyDelete
  3. मित्र बिजे जि, नमस्कार।

    तपाईंको भनाई अनुसार ४-५ वर्ष पहिले नै लिखित "बसाई सरेको एउटा बिशाल भावना… … … !" शीर्षकको कथा भित्र वास्तबमा एउटा गरिव रिक्सा चालक दाजु र धनी बाबुकी छोरी तर ज्ञानी बहिनी बिचको बिशाल मित्रवत बिछोडिएको भावनाले सिङ्गारिएको पाएँ। प्रिन्ट गरी प्रिन्ट पेपर रुममा लिएर गई मज्जाले पढें। शन्देश मुलक लाग्यो। साह्रै चित्त बुझ्यो। पढ्ने अवशर दिनु भएकोमा यहाँलाई धेरै-धेरै धन्यवाद।

    ReplyDelete
  4. सम्पूर्ण मेरो लेख मन पराई हौसला प्रदान गर्नुहुने मेरो साहित्यिक साथी हरुमा मेरो साहित्यिक अभिबादन। मेरो कथाहरु सबै पढेर हरेक पल्ट आफ्नो अमुल्य सुझाव चुहाउने गीता थापा, अर्जुन दुङ्मेन, सरु "सुसेली", बिष्णु जी एबं समस्त मेरा पारखिहरुमा म बि. जे. को साहित्यिक सलाम, हुन सक्छ आगमी दिनहरुमा यसैलाई प्रेरणा बनाएर अरु अघी बढ्ने जोस प्रदन गर्नेछ, धन्यवाद।

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin