katha

सामाजिक कथा


स्वाभिमानी हुनुको पिंडा......!

ऊ स्वाभिमानी मान्छे, स्वाभिमानीहरु सधैं आफ्नै खुट्टामा उभिन खोज्छन। यो एउटा असल मान्छेमा हुनु पर्ने गुण पनि हो। यसरी आफु मान्छे हुनुको परिचय यो धर्ती र त्यो अन्धो समाजलाई दिन चाहन्थ्यो। त्यो समाजलाई देखाउन चाहन्थ्योकी मानव भएर जन्मेपछि कसरी आफ्नो पाईतलामा उभिनपर्छ यस्तै सोंचले ओतप्रोत भावना लिएर राजु सधैं आफ्नो जिन्दगी दोर्‍याई रह्यो। थकाईको महसुस त कहाँ हुन्नथ्यो होला तरै पनि घिसार्दै हिंडीरह्यो। उसलाई थकाई नलागेको त होइन, उसको शरिर कुनै धातुले नबनी सबै प्राणी जस्तो हाड,छाला,रगत, मासुले बनेको थियो। उसलाई पनि दुख्थ्योहोला? सबै मान्छेमा वा प्राणी झै उसलाई पनि महसुस हुन्थ्यो होला, तर उसले त्यो कुनै पनि बोझहरुसँग आफ्नो यात्रालाई रोकेन। ऊ हिंडिरह्यो निरन्तर हिंडिरह्यो निरन्तर गन्तब्यको खोजीमा।

समय दिन, महिना, बर्ष हुदै टाढा टाढा छोड्दै गयो। उसले गाउँ छोडेको पनि धेरै साल नै बितेछ। उसले घर छोडी कमाउन हिंडेको ३ साल भैसकेको थियो। उसले सामजिक र प्रकृतिको नियम पालना गर्न परदेश लाग्नु अघि सरितासँग आफ्नोजन्म जन्मको नाता समेत जोडेको थियो। यसरी सरिता सँग बिबहा गरेको महिना दिन पनि नबित्दै भिसा आएको हुनाले आफ्नी जिबनसंगिनीसँग क्षणिकपलमै छुट्टिनु परेको थियो। उसले त्यो ३ सालको अवधि ३ दशक झैं लामो बिताएको थियो। उता सरिताको हाल पनि त्यस्तै थियो। दुवैमा बिभिन्न जिम्मेवारीको बोझ थिए,त्यो निभाउनु उनिहरुको कर्तब्य थियो। यसरी दुवैमा भेट हुने भन्ने दिनहरु राजुको छुट्टी कागज सँगै उमंगले भरिन्छन, जहाँकी सुख्खा पँधेरोमा पानीको भरि-भराउ उन्माद जस्तै उनिहरु दुवैमा पनि भेटको कुराले नयाँ ज्योती प्रदान गर्छ। सरिता राजुको पर्खाईमा दिनहरु गनिरहेकी हुन्छिन भने उता राजु घरको लागी अनि छरछिमेक अनि नातागोता सबैको लागी समान किन्न ब्यस्त रहन्छ। यसरी राजुको छुट्टिको दिनपनि आईपुग्यो। राजु बिभिन्न उमंग लिएर नेपाल हेर्न आतुर नयन सँगै आफ्नो उडानको पर्खाइमा एयरपोर्टमा आफ्नो टिकट अनि पासपोर्ट लिएर बसीरहेको हुन्छ। सबै आ-आफ्नै धुनमा फ्लाईटको टाईमिङ्ग पर्खीरहेका हुन्छन उसले हेर्छ अनि सोंच्छ, यी सबै म जस्तै होलान, कति तडपीरहेका अनि कति आतुर नेपालको त्यो हरियाली दृष्य हेर्न। मनमनै यो सोंच्दै कन्ट्रोल रुम बाट होस्ट हुन्छ, आफ्नो फ्लाईट टाईमिङ्ग भएको भनेर। आफ्नो समान सबै चेक गराएर राजु आफ्नो हेण्ड ब्याग लिएर चेकिङ्ग ढोकाहरुमा आफ्नो समान चेक गराउँदै हवाईजहाज भित्र छिर्छ। उसको टिकट हेर्छ अनि आफ्नो सिट मा बस्छ। यसरी सबै सकिएपछि ऊ उडने हवाईजहाज जमिन छोड्दै आकासिन्छ। चार पाँच घण्टाको अवधिमा सबै खानपिन हुन्छ त्यहीं जहाज भित्र हुन्छ। अब भने धेरै बेरको उडाई पछि थोरै छिमेकी देशको दृष्यहरु देखिन थाल्छन, उसले सोंच्यो अब भने म मेरो प्यारो जन्मभुमी आईपुग्दै रहेछु। म मेरो आमाको काखमा आईपुग्न लागेछु, भनेर ऊ हृदयभरि धेरै हर्ष अनि खुशीका उन्मादले भरिन्छन। जहाज भित्र त्रीभुवन ईन्टरनेसनल एयरपोर्ट आईपुग्न केवल आधा घण्टा मात्र रहेको सुचित गरिन्छ अनि सबै आफ्नो सुरक्षार्थ आफ्नो बेल्ट बाँध्ने अनि सबै आफ्नो सिटमा नहल्ली बस्ने सुचित गरिन्छ। राजु पनि त्यसै गरी बस्छ। अनि जब जहाजले नेपाली भुमीमा आफ्नो स्थान खोज्दै बिमानस्थलमा ओर्लन थाल्छ, तब सबै यात्रु तयारी र राजु पनि त्यहिं हुलमा मिस्सिन्छ लहरै, अनि ओर्लन्छन, उराठ लाग्दो बिदेश बसाई पछिको आफ्नो हरियाली देश टेक्न पाउँदा कसलाई उन्माद हुन्न, कसमा हर्षका आँशु बग्दैनन र? यसरी सबै आफ्नो आफ्नो समान लिएर समान एअरपोर्ट देखी बाहिर आउँछन। राजु पनि त्यहीं लहरमा हुन्छ।सबै ट्याक्सी ड्राईभरहरु र बिभिन्न होटलका कर्मचारीहरु यता आउँ र उता जाउँ लुछाचुँडी बिच आफुलाईनै जोगाउन गाह्रो हुन्छ केही बेर, लाग्छ राजुलाई कति अब्यबस्थित हाम्रो देश न कुनै ट्याक्सीको पालो छ जसको शक्ती उसैको भक्ती उखानको चरितार्थ, ऊ पनि एउटा यस्तै ट्याक्सीमा होटल सम्मको त्यो दिनको यात्रा भयो। भोलिपल्ट आफ्नो घर राजधानीबाट टाढा सुदुर गाउँमा पर्नेहुनाले बसको टिकट काटेर बसपार्कमा पुग्छ। बसको छुट्ने समय भएपछि हुइँकिन सुरुहुन्छ। बिभिन्न ठाउँमा यात्रुलाइ खानापिनाको ब्यबस्था गराउँदै बस १४ घण्टाको आफ्नो यात्रा लगभग पुरा गर्दछ। राजु आफ्नो सुन्दर प्यारो जन्मथलो आईपुग्छ। यसरी राजु आफ्नो जन्मथलो अनि आफ्नो कर्म र जन्म दिने आमाबुबा अनि आफ्नो प्राण प्यारी सरितासँग भेट्न पाउँद जेल बाट मुक्त कैदी झैं आफै हर्षले बिभोर भएर पागल आफ्ना दुई नयन बाट अश्रुधारा बर्साउन पुग्छ, मनै त हो सुखमा नि रुन्छ अनि दुखमा त झनै,,,, यसको न पर्खाल हुन्छ न कुनै परिधी, मनले जे भन्यो मस्तिष्कले त्यहिं गर्छ, अनि शरिरका अंगहरु बोल्न थाल्छन, प्रतिकृया देखाउन थाल्छन, कुनै रिमोट जडित मेसिन झैं। यसरी खुसीका आँशु धेरै बेर रोए सबै मिलेर, अनि आफ्नो २ महिना को छुट्टिलाई परिवारसँग बिताउन लाग्यो राजुले, उस्ले आफ्नो अबिष्मरणिय पलहरुलाई आफ्नो मष्तिस्कको क्यानभासमा उतार्न चाह्यो। खुइलिएका डाँडापाखा अनि चैतको हुरहुरे मौसम जतिनै खुसीको मौसम भएपनि केही न केही उराठ लाग्दो त हुन्छ नै तरै पनि राजुले त्यो महसुस गरेन, उसले आफ्नी प्राणप्यारीलाई लिएर उसले ति लालीगुराँसको लालीसँगै लुकामारी खेल्न थाल्यो, ढकमक्क फुलेका लालीगुराँसका ति मनमोहक अनि उत्तरमा सेतै चाँदीका दन्तझैं हिमाल हाँसीरहेको नेपाल कति रमाईलो छ, उस्ले मनमनै ईस्वरलाई धन्यबाद टक्र्यायो, किनकी ऊ त्यहिं मनमोहक हिमालको फेदमा जन्मेको थियो अनि लाली गुराँसको लालीले सजिएको पखेरोमा जन्मिएको थियो। उसको सबै भन्दा राम्रो प्रकृतिलाइ सधै सलाम गर्‍यो। यसरी नै छुट्टीका दिनहरु सकिंदै गए राजुको आजभोली भन्दै जाने दिन पनि नजिक भएछ, राजुलाई परदेश नजाने कतिनै आग्रह गरिन सरिताले ३ बर्ष सम्मको पर्खाईको चोट सहिसकेकी सरिताले हरेक अनुनयबिनय गरेपनि राजु आफ्नो अठोटमा अडिग रह्यो, उसको सपना थियो केही गरेर सबैको दुखलाई टाढा राख्ने अनि सबैलाई सुखको महसुस गराउने, यसै गरी राजुको जाने दिन पनि आइपुग्यो, ऊ भोलि आफ्नो गाउँ छोडेर फेरी त्यहिं मरुटटको सेवामा बनबासी हुन बाटो लाग्यो, आफ्नी आमाजो आँशुले त छेकेन अब सरिताको समेत आँशुको कुनै प्रबाह नगरी राजु कठोर भएर बाटो लाग्यो। उसले फेरी त्यहिं एयरपोर्टमा देश छोड्न लागेको अवस्था कति दयनिय हुन्छ। पहिलो यात्रा रहर मिंसिदा त्यति दर्दमय बन्न सक्दैन तर दोस्रो यात्रा अनि आमाले नजा बाबु हामीलाई तैले सके जिउदो पाउदैनस बाबु हाम्रो मुख पनि हेर्न पाउदैनस बाबु भन्दै आमाको त्यो रुवाई अनि अनि जिबनसँगिनीको त्यो अनुनयबिनय सम्झेर राजु भक्कानिन्छ। उसका पाईलाहरु डगमगिन्छन र पनि उसमा त्यो सबै आग्रहहरु उसका जिबनका खुडकिलो सम्झेर अघि बढ्छ।

यता राजुको उपहार सरिताको कोखमा हुर्कदै गरेको हुन्छ, सबै परिवार खुशीले मस्त हुन्छन। राजुलाई पनि यो खबरले अझै जोस जाँगर प्रदान गर्छ। सरिताको अवस्था आजभोली गर्दै ९ महिना नजिकिदै आईपुगेको हुन्छ। गाउँघरमा के थाहा सुत्केरी अवस्थामा स्वस्थ्य चौकीमा गै चेकअप गराई रहनु पर्छ, अनि स्वास्थ्य पुरक खाना खानु पर्छ। यसरी त्यस्ता कुनै सल्लाह सुझाव सम्म दिने कुनै संघ संस्था हुन्न त्यो गाउँमा, अब बुढा आमाबुबा अनि ति गाउँमा ७-८ कक्षा पढेकी सरितालाई के थाहा कस्तो अवस्थामा के गर्नु पर्छ भनेर, यसरी समय आईपुग्यो सरिताले डेलिभरी कुनै हस्पिटलको कोठामा नभ्ई त्यहीं राजुको घरको एउटा कोठामा, यसरी सरिताले शायद पौष्टिक आहाराको कमीले हुन सक्छ शिशुलाई समय मा जन्म दिन सकिनन, उनको ब्यथाले समय लियो, आमाबुबा आत्तिएर गाउँभरिका जँड्याहा सुडेनी बटुले तरै पनि कुनै अत्तोपत्तो लागेन, आखिर १०-११ घण्टाको लडाईं पछि सरिताले हार मानिन, उनले राजु र उनको मायाको चिनो छोरी उपहार दिएर उनी यो धर्तीलाई छोडी टाढा भईन। दुनियाँलाई छोड्न बाध्य भईन, उनले छोरीलाई जन्म दिएर उनले यो पृथ्बीबाट सधै सधैको लागी हात हल्लाईन अन्तिम पटक उनको मुखमा राजु,,,,, शब्दसँगै उनको प्राणपखेरु उडीसकेको थियो। सबैमा सोकाकुल अवस्थाको सिर्जना भयो। सबै छरछिमेकी र आफन्तको भेला भयो त्यहीं आफन्तको बिच बाट सरितालाई अन्तिम दागबत्ती दिइयो।

राजुले यो खबर थाहा पायो, ऊ बेहोस भई दङ्ग लड्छ, हत्त न पत्त सबै साथी मिलेर ब्युंताउछन। सरु सरु भनेर रोईरह्यो, सरुले गरेको अनुनय बिनय सम्झि अलापबिलाप गर्दै पछारिदै रुईरह्यो। अनि उस्लाई आत्मग्लानी भयो, मैले सरुलाई छोड्नु ठुलो भुल गरें भगवान भन्दै आफ्नो निधार भित्तामा ठोक्न सिबाय उसमा केही उपाय रहेन, सबै उसका ति सपना चकनाचुर भयो। उसको स्वाभिमानी मन बिक्षिप्त भयो टुक्रा टुक्रा भयो।

मान्छेले जिन्दगीमा सबैकुरा समयको दौड सँगै गर्नु पर्ने हुन्छ, न हामीले समयलाई जित्न सक्छौ, न समयलाई हाँक्न, यदी राजुले सरिताको कुरा मानेको भए ऊ त्यो ठुलो स्वाभिमानको आगोको लप्का मा जल्दैनथ्यो होला। उसले आफ्नो स्वाभिमानताको लागी हिरा छोडी ढुङ्गा बटुल्न लाग्दा उसले हिरा नै गुमाउन पुग्यो जुन जिन्दगीमा कहिल्यै फर्कन्न। हामीले आफ्नो स्वाभिमानताको पनि सिमाना हेर्ने गर्नु पर्छ, जुनै पनि बस्तुको आफ्नो-आफ्नो पर्खाल हुन्छन, र मान्छे धेरै लोभ अनि मोहजालमा फस्न हुन्न राजुको स्वाभिमानता र उसको गुमेको त्यो हिरा कहिल्यै फर्कन्न, कहिल्यै।

बि.जे. बान्तवा "पराईमान्छे"
ठुलोदुम्मा-९, भोजपुर
कोशी नेपाल

5 comments:

  1. thank you so much b.j jee nice kathaako laagi
    geeta thapa (doshi)
    belbari morang
    haal israel

    ReplyDelete
  2. कथा अत्यन्तै राम्रो लाग्यो । आत्माब्यथानै कथा, कथानै आत्माब्यथा हो भन्ने म सहि नहुन पनि सक्छु । तर कथाले नितान्त सत्य तथ्य ब्यथा ओकलेको छ ।
    बिष्णु

    ReplyDelete
  3. Dherai yatharthalai chiran gareko katha chha BJ g, paradesi mann ani tyo swaabhimani ko chitran euta tyag ani balidan ko sangam, badhai, yasari tapaiko paila lamkiyos.

    Saru 'Suseli'

    ReplyDelete
  4. सम्पूर्ण मेरो लेख मन पराई हौसला प्रदान गर्नुहुने मेरो साहित्यिक साथीहरुमा मेरो साहित्यिक अभिबादन। मेरो कथाहरु सबै पढेर हरेक पल्ट आफ्नो अमुल्य सुझाव चुहाउने गीता थापा, अर्जुन दुङ्मेन, सरु "सुसेली", बिष्णु जी एबं समस्त मेरा पारखिहरुमा म बि. जे. को साहित्यिक सलाम, हुन सक्छ आगमी दिनहरुमा यसैलाई प्रेरणा बनाएर अरु अघी बढ्ने जोस प्रदन गर्नेछ, धन्यवाद।

    ReplyDelete
  5. बान्तवा जी, कथा कोर्नलाई कतै जानु पर्दैन, हाम्रै अगाडी अनेकौ कथाका तरेलीहरु असरल्ल छन्, वास्तविकतामा कोरिएको यो कथा मलाई उत्कृष्ट लागेको छ, कथाका राजु जस्ता सयौ पात्रहरुको कथा, व्यथा हो, तपाइको यो कथा !! धन्यवाद पढ्ने मौका दिनु भयो !!!

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin